Tuesday, September 15, 2020

( कविता)

 

राष्ट्रिय बाल दिवश

 
समयलाई रङ्ग दलेर
दुनियाँकाे अाँखामा हामी गरिरहेछाैं
रेसमकाे खेती
जहाँ
भुवाकाे भ्रम छरेर कङ्क्रिडले रेटिरहेछाैं
काेमल हृदयका दिलदार सपनाहरु
अधिकारकाे अावाजका मुर्च्छनाहरुमाथि नै
काेर्रा बर्साएर
यातनाका शिविरमा काेच्दै बालबालिका
अाक्रान्त महामारी भाेगिरहेछाैं यतिबेला हामी
अाकासकाे छानामुनि सडकपेटीमा बास खाेज्ने
फाेहाेरकाे डङ्गुर उधिनेर
अाफूले टार्ने छाक राेज्नेले पनि त देख्छन्
सुदुर जीवनका सुन्दर सपना
अालिशान महलका संभ्रान्त घरानामा जन्मिएर
असन्तुष्टिकाे भाेकले मडारिनेसँग
समान अवसरकाे साक्ष्यमा बुन्न पाऊन
हरेक बालबालिकाले जीवनका खुसी
र बालदिवसकाे उद्धार छातीमा
छुसी बनेर नअाअाेस पुस्ताैनी दर्जा
राष्ट्रिय बालदिवसकाे पावन घडीमा
संबृद्ध भविश्यकाे शुभकामना ! ! !
(२०७७ भाद्र २९)

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...