Saturday, August 1, 2020

पाठ्यक्रम र पाठ्यभार

 पाठ्यक्रम र दैनिक कार्यतालिका ; तुलनात्मक अध्ययन
(कार्यमूलक अनुसन्धान)
शैक्षिक उपलब्धि मापनको पहिलो पूर्वाधार,
दैनिक कार्यतालिकामा सन्तुलित पाठ्यभार !

१. अनुसन्धानको पृष्ठभूमि ः सिक्ने–सिकाउने प्रक्रिया मानव सभ्यताको आदिकालदेखि नै शुरु भई उमेर समूहका आधारमा अग्रजहरूले अनुजहरूलाई ज्ञान÷अनुभवहरूको संप्रेषणबाट जीवनोपयोगी अवसर र अवस्थाप्रति सचेत गराउने प्रचलनकै निरन्तरताको परिष्कृत पद्धतिका रूपमा विद्यालय शिक्षाको उदय भएको हो । ज्ञानार्जन तथा संप्रेषणको आ–आफ्नै मौलिकता रहँदारहँदै पनि औपचारिक शिक्षासँगै विज्ञान र प्रविधिको उन्नतिले संसार नै साँगुरिएझैं एउटा गोलार्दका मानिस अर्को गोलार्दका मानिससँग पनि परिचित हुन पुगे र समकालीन विश्व परिवेशअनुसार ज्ञान÷चेतनाको विकास र विस्तारमा पनि चासो राख्न पुगे जसको परिणाम ज्ञानार्जनको  औपचारिक पद्धतिको पनि सीमा, समय र कालक्रमानुसार आयामहरूको प्रादुर्भाव हुन पुग्यो । यसरी प्रादुर्भाव भएको पद्धतिले नै शिक्षाका तह÷स्तर,कक्षा,विषय, अवधि, क्रियाकलाप, उपलब्धि आदिजस्ता सवालको अवधारणा निर्माण गरी सिकाइका लागि समय, सीप र सीमा समेत निर्धारण भएको पाठ्यक्रम र सोहीअनुसार शिक्षण गरिने संस्था÷विद्यालयमा दैनिक कार्यतालिकाको अवधारणा स्थापित हुन पुग्यो ।
२. अनुसन्धानको परिचय ः दैनिक कार्यतालिका दिनदिनै गरिने कामहरूको प्रारूप हो । मानव जीवनका दिनचर्याका प्रायः सबै क्षेत्रमा नै दैनिक कामकाजको समय सारिणी आवश्यक रहने भए तापनि यस अध्ययनका क्रममा भने विद्यालयमा दैनिक रूपमा सञ्चालन गरिने शिक्षण सिकाइ क्रियाकलापको समय सारिणी प्रारूपलाई लक्षित गरी त्यसबाट प्रत्यक्ष परोक्ष प्रभावित हुन सक्ने संवद्ध सरोकारका सवालको संक्षिप्त आरेखन गर्ने विद्यालयको दैनिक कार्यतालिका र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम ढाँचाको तुलना गरी यी दुईको सन्तुलनको अध्ययनलाई कार्यमूलक अनुसन्धान मानिएको छ ।  
३.अनुसन्धानको औचित्य तथा उद्धेश्य ः  औपचारिक शिक्षामा शिक्षाका संरचना, कक्षा, विषय, कार्यावधि, क्रियाकलाप, अपेक्षित लक्ष, उपलब्धि निर्धारण, कमजोरी पहिचान र निराकरणजस्ता कुराहरूसमेत निर्दिष्ट गरिएको हुन्छ  जससँग मानव शक्तिको सम्बन्ध, भौतिक व्यबस्थापन र वातावरणको प्रभाव नै दैनिक कार्यतालिकाको सफलता औ असफलताका आधार सावित हुन्छन् । यसर्थ यस अध्ययनले दैनिक कार्यतालिकाको निर्माणका चुनौति तथा कमजोरीको पहिचान गरी त्यस्ता चुनौतिबाट विद्यालयको कुनै एक दिन विशेषको कामकार्यबाहीमात्र नभई समग्रमा शिक्षाका नीतिगत व्यबस्थापन एवं राट्रिय आकांक्षामा समेत पर्नसक्ने नकारात्मक प्रभावलाई पहिचान गरी सुधार गर्न टेवा पु¥याउने उद्धेश्य र औचित्यतालाई प्रस्तुत गर्नेछ ।
४.अनुसन्धान सन्दर्भको कथन ः औपचारिक विद्यालय शिक्षाको प्रमूख आधार भनेको पाठ्यक्रम हो । पाठ्यक्रम विकास केन्द्रले विशिष्ट प्रक्रिया पुरा गरी तयार गरेको पाठ्यक्रमले विषय, समय र शिक्षासमेतलाई निर्धारण गरेको हुन्छ । प्रचलित नियम कानूनका आधारमा शिक्षा प्रशासन तथा शैक्षिक क्रियाकलापको निगमन, नियन्त्रण गर्ने प्रशासनिक निकायहरूको संगठनात्मक संरचना पृथक भए तापनि पाठ्क्रम विकास केन्द्रले प्रस्तावित गरेको पाठ्क्रम ढाँचाउपर छलफल गरी पारित गरिएको निर्धारित कार्यक्रम नै पाठ्यक्रम हुन्छ जसले विद्यालय तहका प्रत्येक कक्षाका औसत उमेर समूहका बालबालिकाको बृद्धि तथा विकासको पूर्वानुमानका आधारमा विषय, शिक्षण सिकाइको कार्यसमय र उपलब्धिसमेतको न्युनतम अवस्थालाई निर्धारण गरेको हुन्छ । निर्धारित उपलब्धि हासिल विद्यालयको दैनिक कार्यतालिकामा निर्भर रहन्छ । यसरी पाठ्यक्रम साध्य र दैनिक कार्यतालिका साधनझैं रहेको अवस्थामा एकार्काको सम्बन्ध सन्तुलित हुन नसक्दा एकातिर सरोकारवाला व्यक्ति, समूह÷समूदाय, बान्छित उपलब्धि हासिल गर्नबाट नै बन्चित हुन्छ भने अर्कातिर त्यसप्रति गरिएको व्यक्तिदेखि राज्यसम्मको लगानी निकम्बा सावित हुने जोखिम पनि दैनिक कार्यतालिकासम्म जोडिन आइपुग्छ । यसर्थ यस अनुसन्धानमा श्री जनपथ माध्यमिक विद्यालय, विराटनगरको कक्षा १—५ को विद्यमान दैनिक कार्यतालिका र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम ढाँचालाई तुलनात्मक अध्ययनको विषय बनाइएको छ ।
५. अनुसन्धान सन्दर्भको पहिचान ः दैनिक कार्यतालिकाको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी, शिक्षक तथा विद्यालयको शैक्षिक भौतिक व्यबस्थापनका साथै समुदायसम्म नै सम्बन्ध जोडिएको हुन्छ र यो सम्बन्ध आपसमा अन्योन्याश्रित रहेको हुन्छ । यही सम्बन्ध सन्तुलित र पुनर्ताजकी हुन नसक्दा कसले, कहिले, कहाँ, के, कसरी, कोसँग सिक्ने वा सिकाउने भन्ने कुराको एक्किन नभई अन्ततः निर्धारित अवधि पुरा भइसक्दा पनि न्युनतम उपलब्धिसमेत हासिल हुन नसकेको अवस्था रहन्छ । कामको शुरुआत सही ढङ्गले सही स्थानबाट गरिएन भने परिणाम पनि सही आउन सक्दैन । अन्ततः कामको कमजोरी ढाक्न आएको परिणाम कमजोर भए तापनि सवल तथा गुणयुक्त बनाउने परम्पराझैं बनेर विद्यार्थीहरूको कक्षोन्नतिको विद्यमान अवस्थासम्म आइपुग्दछ जसका कारण हरेक बर्ष औसत उपलब्धि हासिल नै गर्न नसकेका विद्यार्थीहरूको कक्षोन्नति र अभिभावकमा सन्तुष्टि पाइए पनि शैक्षिक गुणस्तर भने घट्दो दरमा गएको अर्थात औसत विद्यार्थीहरूमा अध्ययनरत कक्षामा पुग्दा हासिल हुनुपर्ने नयुनतम क्षमताको पनि अभाव देखिन्छ । यद्यपि कक्षोन्नति भनेको उमेरसँगसँगै शरीरिक रूपमा हुने बृद्धिमा निहीत नभई मानसिक विकास र व्यबहारिक परिवर्तनमा आधारित हुनुपर्छ ।
६. तथ्याङ्क संकलन र तुलना ः यस अनुसन्धानका लागि श्री जनपथ माध्यमिक तहको कक्षा १—५ को विद्यमान दैनिक कार्यतालिका र पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम ढाँचालाई लिइएको छ ।
  कक्षा १—३ को दैनिक कार्यतालिको तुलना
क्र.स.    विषय    स्कलको पाठय्भार    पा.वि.के.को पाठ्यभार    कैफियत
१    अंग्रेजी    ६    ५    निर्धारित समयलाई मिलान गर्न
सकेको पाइँदैन,
अन्तरसम्बन्ध रहेका विषयको स्पष्टता देखिंदैन, विषयको महत्वलाई पहिचान गर्न नसकी १ कक्षाको विज्ञान जस्तो विषयलाई पनि ७ औं घण्टीमा रखिएको छ जुन समय कक्षा १ का विद्यार्थीका लागि औपचारिक र अनिवार्य मानिदैन  ।
२    नेपाली    ११    ८   
३    गणित    ६    ६   
४    सामाजिक    ६    ६   
५    सि.अ.क.    ०    सामाजिकसँग लिाउने   
६    विज्ञान    ६    ५   
७    स्व.शा.    ०    विज्ञानसँग मिलाउने   
८    ऐ÷स्थानीय भाषा    ५    ४   
    जम्मा पाठ्यभार    ४०    ३४   
कक्षा ४—५ को दैनिक कार्यतालिको तुलना
क्र.स.    विषय    द्यिालयको पाठय्भार    पा.वि.के.को पाठ्यभार    कैफियत
१    अंग्रेजी    ६    ५    निर्धारित समयलाई मिलान गर्न
सकेको पाइँदैन ।
कुनै विषय नै लोप भएका छन्, एउटै कक्षाका पनि भिन्न सेक्सनमा भिन्नभिन्न पाठ्यभार कायम गरिएको पाइन्छ ।
२    नेपाली    ११    ८   
३    गणित    ६    ६   
४    सामाजिक    ६    ५   
५    सि.अ.क.    ०    ३   
६    विज्ञान    ६    ४   
७    स्व.शा.    ०    ४   
८    ऐ÷स्थानीय भाषा    ५    ४   
    जम्मा पाठेयभार    ४०    ३९   

८. अनुसन्धान सन्दर्भकोे विश्लेषण ः पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम विकास केन्द्रले गरेको प्रयत्न, प्रयोग एवं परिक्षण पश्चात मात्र उद्धेश्यहरू निर्धारण हुन्छन् । तहगत, कक्षागत, विषयगत हुँदै पाठगतसम्मका सुक्ष्मतालाई आधार बनाएर निर्धारण गरिएका उद्धेश्यहरू प्राप्तिका लागि कार्यावधि निर्धारण गरिएको हुन्छ । एउटा कक्षाको पठनपाठनका लागि निर्धारित एक बर्षको अवधिमा बार्षिक रूपमा आर्जन हुनुपर्ने न्युनतम उपलब्धीका लागि निर्धारित विषय र विषयका लागि समय निर्धारण गरिएको दैनिक कार्यतालिकाले एक हप्ताभरिको समय सारिणीलाई सन्तुलित बनाउनु पर्नेमा यस अध्ययनको विषय रहेको दैनिक कार्यतालिकामा पाठ्यक्रम ढाँचाको ज्ञान नभएर वा पर्वाह नगरेर सो को सन्तुलन नमिलेका कारण शैक्षिक उपलब्धीका आवधिक समिक्षा, कमजोरीको पहिचान, सुधारका उपायहरूको अवलम्बन एवं पुनःयोजना, प्रयोग र मूल्याङ्कनसमेत प्रभावित भएको पाइन्छ ।
७. दैनिक कार्यतालिकाको पाठ्यक्रम ढाँचासँग बेमेल देखिएका कारण ः
ड्ड    विद्यालय स्तरबाट सञ्चालन गरिने शैक्षिक कार्यक्रमको तर्जुमा सहभागितामूलक नहुनु ।
ड्ड     कार्यतालिका निर्माणको मूल श्रेय प्रधानाध्यापकमै रहे तापनि कार्यान्वयनको श्रेय समन्वयात्मक पर्नेमा कुन कक्षाको कुन विषयको अध्यापनको जिम्मेवारी कसलाई दिने भन्ने कुरामा मनोगत निर्णय हुनु । 
ड्ड    दैनिक कार्यतालिका बनाउँदा पाठ्यक्रम ढाँचाले निर्दिष्ट गरेको पाठ्यभार र विषयको महत्वको न्युनतम सर्तसमेतको ज्ञानाभाव
ड्ड     एउटै कक्षाका भिन्न सेक्सनमा उही विषयमा भिन्नभिन्न पाठ्भार रहेको,
ड्ड    अनिवार्य विषयलाई अतिरिक्त समयमात्र दिएर विषयको महत्व र बालमनोविज्ञानमा समेत बेवास्ता गरेको
ड्ड     सबै तह र कक्षाका लागि विषयगत शिक्षकको सन्तुलित व्यबस्था नभएको विद्यमान अवस्थामा भएकै स्रोत, साधन एवं जनशक्तिबाट रुची, सामथ्र्य, अनुभव, अवस्था र तत्परताका आधारमा विषय वितरण नगरिनु,
ड्ड    देखासिकीका भरमा कार्यसमय बृद्धि गरिए पनि पुरक सामग्रीका बारेमा विषय शिक्षकसँग परामर्श नै नगरी स्वेच्छा, दवाव वा प्रभावका आधारमा थप विषयको समावेश गरिनु
ड्ड    निर्धारित विषय भने कार्यतालिकामा समावेश नै नहुनु, पाठ्यभारलाई मनगढन्ते रूपमा राखिनु जस्ता कारणहरूले ढाँचा र तालिकामा बेमेल भएको पाइयो । 
८. निष्कर्ष एवं सुझाव ः दैनिक कार्यतालिका विद्यालयको नियमित कार्य सम्पादनको मूल आधार हो । यसर्थ यो मनोगत नभई तथ्यगत हुनुपर्छ । त्यसमा पनि सामूदायिक विद्यालयको हकमा त पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका नीति, सिद्धान्त, पाठ्यक्रम, पाठ्यपुस्तक नै उद्धेश्य प्राप्तिका आधारहरू हुन् जहाँ राज्यकोशको ठूलो हिस्सा एवं मानव संसाधनसमेतको लगानी भएको हुन्छ । यसर्थ दैनिक कार्यतालिका निर्माण गर्दा ः–
ड्ड    राष्ट्रकै आकांक्षा पुरा गर्ने एउटा आधारको रूपमा रहेको विद्यालयको दैनिक कार्यतालिका निर्माण हुनुपूर्व यससँग सरोकार रहने व्यक्ति, पात्र, स्रोत, सामग्री, वातावरण, उपलब्धि आदिसमेतको वस्तुगत समिक्षा हुनु आवश्यक छ ।
ड्ड    सहभागितामूलक र समन्वयात्मक रूपमा निर्माण गरिने दैनिक कार्यतालिकाको अग्रणी भूमिका बहन गर्नेले म को हुँ ? मेरो सामथ्र्य कति ? मेरो रुची के ? विशेषाधिकार कस्तो ? भन्ने भन्दापनि कार्यान्वयन हुने ठाउँ, सम्बद्ध पात्रको रुची, क्षमता र तत्परता बीचको समन्वय,  विद्यालयको अवस्था, प्रयोगको प्रभावकारिता एवं मापनका आधारलाई हृदयङ्गम गरी निर्माण गरिनु पर्छ ।
ड्ड    स्वीकृत ढाँचाका आधारमा तालिका निर्माण गर्न सकिएन भने कुनै विषयका लागि अधिक समय हुनाले पट्यारिलो, कुनै विषयका लागि समय कम हुनाले अन्तरसम्बन्ध रहेकै विषयको अध्यापन अधुरो हुनगई  सिकाइ क्रियाकलाप उत्साहप्रद नहुने हँुदा यसतर्फ ध्यान पु¥याउनु पर्छ ।
ड्ड    साविक तालिकाबाट प्राप्त उपलब्धिलाई मूल्याङ्कन गर्दा राष्ट्रिय अपेक्षाभन्दा पनि उक्त तालिका कार्यान्वयनको अवधिभरिमा विद्यार्थीमा आएको व्यबहायिरक परिवर्तन वा उपलब्धिका आधारमा भएको प्रगतिको लेखाजोखा गरी पाठ्यक्रमका मूलभूत सिद्धान्दलाई आत्मसात गरी भावी दैनिक कार्यतालिका निर्माण गरिनुपर्छ ।
९.पुनः योजना र प्रयोग एवं मूल्याङ्कनः एक शैक्षिक बर्षभरिमा विद्याथीको ज्ञान, सीप र व्यबहारमा आएको परिवर्तन, शिक्षकले आर्जन गरेका अनुभव, समूदाय, अभिभावक एव. सरोकारवाला अन्यान्यसमेतबाट प्राप्त प्रतिक्रियासमेतका आधारमा पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका विषय र भारलाई  सन्तुलित संयोजन गरी प्रयोग गरी निर्माण गरिएको दैनिक कार्यतालिकाका आधारमा पठनपाठन गरेगराएमा अपेक्षित न्युनतम उपलब्धि हासिल हुने प्रवलता पाइयो तथापि उपलब्धि निर्धारण भने राज्यले निर्दिष्ट गरेकै सरहका भने हुन कठिनाई देखिए पनि कार्यारम्भ हुँदाकाबखत विद्यार्थीहरूमा रहेको ज्ञान, सीप र दक्षताअनुसार समयावधिका आधारमा हुनुपर्ने विद्यार्थीको व्यबहारका न्युनतम परिवर्तनका निश्चिततालाई चाहिँ स्मरण गरिरहनु पर्ने देखिन्छ ।
                                                                       
                                                                              खोज, सम्पादन एवं प्रस्तोताः
                                                                                   शंकरप्रसाद सुवेदी
                                                                                   नि.मा.शि. तृत्तीय
                                                                                  शिक्षक संकेत नं.१०७२४१
                                                                                 श्री जनपथ मा.वि., विराटनगर

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...