Sunday, July 12, 2020

कथा

                                                                        भाइटीका

 
साइनोले शशी र ममा कुनै बन्धन थिएन । म मंगोल सम्प्रदायको र उनी आर्य सम्प्रदायकी, तै पनि धार्मिक दृष्टिीले चाहिं उनी र म दुबै हिन्दु भएकाले केही सामिप्यता चाहिं थियो नै ।त्यसमा पनि मैले धेरै भाइटीकाहरुमा गला र निधार उनलाई सुम्पिएको थिएँ ,यसर्थ उनी र मबीच सहोद्धर दाजुबैनीकै झैं नाता थियो ।

शुरुशुरुका एकदुई भाइटीका त शशीको चुलबुले बालस्वभावमा बितेका थिए । जब म भाइटीकाको निधार सजाउन उनको घरमा जान्थें उनमा सर्दाम जुटाउने सामथ्र्यसम्म हुँदैनथ्यो ।सबै उनकी आमाले तैयार परिदिन्थिन् ।आमाको निर्देशनमा नै उनले मलाई भाइटीका पहिरने गरेकी थिइन् ।“बाबु.!यसका माइति छैनन्, मेरा कोखमा छोराले जन्म लिन सकेनन्,केगर्नु ...? कर्मको खेल , भाग्यले नदिएपछि चाहेर मात्रै नहुने , तैपनि बाबु..!भाग्यले तिमीलाई नै यसको माइति बनाइदियो , सँधैभरि यस्तै होइरहनु है...!” उनकी आमाले मलाई भनेकी थिइन् ।

ह्ुन त एकै कलेजीको शिरानी थापेका मेरा सहोद्धर चेलीहरु एक हातका औंला भाँचेर गन्दा सबैको गिन्ति हुन सक्दैन तर पनि बागदत्त दिएर किरिया सारेका चेलीका घरमा गएर भाइटीकाको पालो पर्खिरहन पनि मलाई मन नलागेर नै मैले शशीलाई चेली मानेर उनका हातबाट भाइटीका लगाउने गरेको थिएँ ।दुई चार बर्षका भाइटीकाहरुमा त उनले आमाको निर्देशनमा नै मलाई सजाएकी भए तापनि क्रमशःसमयसङ्गै बेग हान्दै गरेको उनको स्वभाव , बानी र कौशलताले पनिआपैंm भाइटीका सजाउन सक्ने बनाउँदै लैजाँदै थियो । “दाजु..!अरुदिन वहाँ गए पनि भाइटीकामा त कहिल्यै नभुल्नु है ...!” भनदै उनले मलाई टीका माला लगाइदिएकी थिइन् कैयौंपटक । पत्युत्तरमा म मुसुक्क मुस्कुराउँथें र उनैले तयार पारेको केशरी टीकाले उनको निधार सजाएर दुईथुङ्गा सयपत्रीले उनको चुल्ठो सजाइदिन्थें ।उनका लागि सयपत्री फुक्का गरिदिन्थें ।दुईचार रुपैंयाँ भेटी समेत अर्पिएर उनलाई ढोगिदिन्थें ।यसरी मैले थुप्रैवटा भाइटीका बिताएको थिएँ ।हरेक पछिल्ला बर्षहरुमा उनको धैर्यता बढ्दै गएको देख्दथें । पहिलेको चुल्बुले स्वभाव उनमा हराउँदै गएको पाउँदथें ।बहिनीको स्वभाव र सक्षमताको मनमनै कदर पनि गर्दथें । औकातले भ्याएसम्मको उनको दाजुप्रतिको आदरभाव ÷सम्मान र सत्कार देख्दा मैले साँच्चिकै बहिनी पाएँछु भन्ने गर्भ पनि मलाई लाग्दथ्यो ।

प्रकृतिको बसमा परेको मान्छेलाई प्रकृतिले नै आपैंm भर्दै लाँदो रहेछ ।समयचक्रमा पिंधिएर शशीको शरीर पनि कसिलो हुँदै गयो ।यौवन फक्रिएर ढक्मकाउन लागेकी थिइन् ।शरीर पुष्ट हँुदै गएको थियो ।पहिलेका भन्दा कता हो कता धैर्य र लजालु बनेकी थिइन् ।किन हो किन उनको घरभन्दा पर÷अन्यत्र  अझ त्यसमा पनि मसङ्ग होस् वा उनीसङ्ग नै कुनै साथी हुँदा त हाम्रो भेट हुनलागे पनि उनी तर्कन्थिन अथवा लुकेर मात्रै चियाउने गर्थिन् । जम्काभेट भै हाले पनि अनुहार भरि लाली छरेर लजाउँदै आफ्नो बाटो लाग्दथिन् तर जब म उनको घरैमा पुग्दथें तबभ ने उनी दाजु प्रतिको आदरभाव दर्शाउँदै मेरो आतिथ्यलाई आतिथ्यकै रुपमा सहजै स्वीकार्थिन् ।

समय यसरी नै बित्दै थिए, एक बर्षको तिहारमा मैले शशीकहाँ गएर उनका हातले निधार सजाउन सकिन ।आफ्नै विवशताले गर्दा त्यस बर्ष मैले भाइटीकाको निधार र गलालाई रित्तै राखेको थिएँ ।सँधैक ा झैं त्यस बर्षका  पनि अघिल्लै दिन देखिका देउसी भैलेका रमाइला कलरवहरु क्र्णकुहरमा नगुञ्जिएका होइनन् मेरा । आगनीको डील र पूmलबारी भरि नै मखमली , सयपत्री,जाही÷जुही, गोदावारी र त्यस्तै त्यस्तै  अनेकौ फूःलहरु फक्रिएर तिनमा पुतली र भमराहरु घुम्दा मन मडारिएर आफैंलाई घच्घच्याउँथ्यो ।सवेर सवेरै देखि रातभर सम्म पनि हुरीका हुरी सङ्गीनी र बालनका समूहगानहरु  ,मारुनीका सुसेली र स्वरहरु लिएर आउने साथी सङ्गीको सम्झनाले नसताएको पनि होइन । कति मिठो भाका सुसेलेर नाँच्दै रमाउँदै आउँदै गरेका देउसे र भैलीका समूह , उनीहरुका भाका , शब्द र स्वरलहरीहरु क्ति मिठासपूर्ण हुन्थे ।पोषाक बदलेर छदम रुपमा आउने मारुनीहरु प्राय युवा नै हुन्थे ,नाच्थे ,गाउँथे रमाउँथे ,घर आँगन नै कति रमाइलो बनाउँथे ।के राम्रो सुहाएको हुन्थ्यो कपोकल्पित दुलाहा दुलहीलाई पनि ।

प्राय भाइटीकाको अघिल्लै दिन म शशीको घरमा पुगेको हुन्थें ।दिनभरको तिहारको त्यो रमणीयतालाई म र शशी पिंडीको डील र आँगनीको छेउमा सरी सरी  बसेर हेर्ने गथ्र्यौैैं , अझ रात परे पछिका नाच र सोरठीहरुलाई बारदलीको बेराबाट टाउकोमात्रै बाहिर निकालेर हेरिरहन्थ्यौं ।कहिले त नाँचसमूहबाटै चेली र काइतिको बिरहवेदना पोख्दा रुञ्चेहाँसो हुँदै “कति रामैो मिलाएको नी कुरा पनि ” भन्दै विमुग्ध हुन्थ्यौं ।“ दाजु..! हामीलाई त त्यस्तो दिन कहिल्यै पनि नआओस हगी...!”भन्दथिन् शशीले । त्यसवेला मुटुको ढुकढुकी बढ्न खोज्थ्यो ।छाती पूmलेर आउँथ्यो मेरो पनि ।जब समूहबाटै “ पाक्यो...ऽ...पाक्यो...! ”भनी शिरको टोपी उल्टाएर हातमा लिंदै सबकासब कराउन लाग्थे तब नाङ्लामा धान , धानमाथिटपरीमा  चामल,चामलमाथि बलेको दियो ,नाङलाभरि छरेका पूmल ,२÷४ दाम भेटी भएको सीदा लिएर शशी जान्थिन् र नाच्दै गरेको समूहको बीचमा राखिदिन्थिन् ।दिएको सीदा भेटी उठाएर पूmल कानकानमा सिउरिंदै केही पूmलका थुङ्गालाई मसिनो गरी धुजाधुजा पारेर नाङ्लाभरि छर्कँदै कति मीठा आशिष दिनेगर्थे उनीहरु ।अलापविलापमा नाच्नेहरु पनि कति चाँडै रमाउँदै हिड्ने गर्थे ।त्यस्तो थियो पूर्वेली संस्कृतिको हिन्दु परम्पराको तिहार ।बली राजाको हुकुम लिएर आएका हौं भन्दै कथाबस्तुको तुक्का हाल्ने देउसेहरुले पनि मन्त्रमुग्ध नै बनाइदिन्थे ।रातभरि जागा जत्तिकै भएर रमिता हेर्ने गथ्र्यौं हामी ।यमपञ्चकको कथा शशीकी आमाले सुनाउँदा म र शशी कुनै तिहारमा पनि खल्लो नपार्ने गरी मनमनमा दृढता लिने गथ्यर्नैं ।

विधिको विवशताले गर्दा त्यस एक बर्षको तिहारमा म तयहाँ पुग्न नसके पनि विगतका सारा अनुभवहरु भ्ने मेरो मनमा ताजै थिए ।भाइटीकाको विहानैदेखि सबैको गलामा माला र निधारमा टीका देख्दा मेरो मुटुमा भक्कानो परेर आउँथ्यो ।आफ्नै रित्तो गला र खाली निधारलाई छाम्थें , विगतका बर्षहरुका सारा दृष्यहरुको सम्झना आउँथ्यो ।आँखाभरि मैले मानेकी चेली शशीको छायाँ नाच्दथ्यो ।उनले मलाई लगाउँदै गरेकककको पहिलो सालको माला सम्झन्थें ।मैले उनलाई फुकुवा गरिदिएको सयपत्री सम्झन्थें ।थाम्न खोज्दा खोज्दै पनि घुँक्क घुँक्कको हिक्का आएरै छाड्थ्यो ।आँखामा सालीग्राम कुँदेर ऐरावती उर्लन्थ्यो ।त्यस दिनको भाइटीकामा मेरो निधारमा कसैको हात परेको थिएन औन त मेरो हात नै कसैको निधारमा परेको थियो ।आँखा उदास बनेका थिए ,कानमा सन्नाटा छाएको थियो ।हृदयमा भुइँचालो थर्किएर मुख निन्याउरो पार्दै बितेथ्यो मेरो एक बर्षको भाइटीका ।

म परुष प्रकृतिले पनि महिलाभन्दा केही कठोर हृदय दिएको , मेरो त यो गत भयो, अश्रुपातका थुङ्गाहरुले गाला सिञ्चिए ,कता कता के नपुगेर जीवन अपूर्ण जस्तौ भयो । देखने फाँटभरिका शारदी शोभाले पनि मन खिच्न नसकेर उराठलाग्दो भयो भने प्रकृतिले नै पुर्पुरोमा झापट दिएर कोमल हृदयका सप्काले शरीर बाँधिएकी मेरी चेली शशीले यस बखतको ब्याकुलतालाई कसरी थामेकी होलिन् नी भन्ने चिन्ताले पनि मलाई पिरोलि राखेको थियो ।सदा भैंm अघिल्लै दिनदेखि पिडीमा मालाको तान लगाएर सयपत्री उन्दै मेरो बाटो नियालीरहेकी हुँदीहुन् , अवस्य आउँछ माइति भनेर भाइटीकाको विहानैदेखि तयारीमा जुटेकी हुँदिहुन् ,सबेरै पँधेराबाट आई केशरी टीका तयार पारेकी हुदिहुन् , सीप र सामथ्र्यले भ्याएसम्मका मिस्टाङ्ग तयार पारेर पनि पर्खेर निराहार बस्दिहुन् , निधारमा केशरी टीका र गलामा सयपत्री माला पैरिएका हूलहरु देउसिरे भन्दै आएका देख्दिहुन् र कलेजो कटक्क काटिएकोजस्तो पीडा भोग्दिहुन् र आसा पालेर साँझसम्म बाटो नियालेर पनि केही सीप नलागेर साँझमा त पक्कै हिक्का थाम्न नसकेर सहश्रसिनधु बहाउँदिहुन् , बुट्टा भरेको माला र केरेको केशरी त्यसै राख्नुपर्दा बहिनीको चित्त कस्तो भयो होला नी भन्ने चिन्ताले मलाई एक पटकको तिहारमा त विह्वल नै पनि बनाएको थियो ।

अर्को बर्षको तिहारमा भने यमपञ्चकको शुरुकै दिन बहिनी शशस्को घरमा जाने र भाइटीकाभन्दा अघिका दिनहरुमा नै गएका बर्षका आहतहरुलाई खाटा बसाएर तिहारको रमाइलो मनाउने दृढता मनमा लिएर यम पञ्चकको पहिलो दिन नै पनि सबेरै म शशीको घरमा पुगे ।जन्मैदेखि पूmलसङ्ग नङमासुको जस्तो सम्बन्ध लिएर आएकी शशीले पूmलबारी गोडेकै थिई ।वरपिरि पर्खालले घेरिएको बगैंचामा पूmलहरु ढकमक्क ढक्मकाइरहेका थिए । कोठेबारी र फाँटका गराहरुमा लहलह बाली लहराएर झुल्न लागेको थियो ।आँगन चौक सफा थियो ।भर्खर हिलो हराएर ओवानो सफ ाबनेको आँगन ÷जमिन र बादल हटेर कञ्चन बनेको आकाश पनि मुक दर्शक बनेर मेरो आगमनलाई बिगत बर्षको पत्थरिलो प्रतिक्रिया दिइरहे भैंmलाग्दथ्यो ।  दुई बर्ष अघिको भाइटीकामा भेटेकी मेरी चेली शशी आज कस्ती भएकी होलिन नी भनेर नियाल्ने अनेकौ जमर्को गरें । घर बाहिर काुही देखिएन ।“आइज काग आइज ..,पूःलमाला लाइजा ..,घिउ भात खाइजा...” को मधुरो स्वर मेरो कानमा प¥यो ।पूmलबारीको अमलाको बोटैनिर कुनै मानिस भएको भान प¥यो ।एकछिन त्यतै नियाल्न लागें ,त्यो आवाज सङ्गको आकृति कुनै महिलाको नै थियो भन्ने ठहर लाग्यो ।तर त्यो शशीले गोडमेल गरेको बगैंचामा अरु को हुन सक्छ र ..?मैले आफैंलाई प्रश्न गरें ।सायद त्यहाँ शशी छिन र उनी गत बर्षको तीतो यथार्थसङ्ग फेरि ससङ्कित भएर आतुर छिन ,यही शङ्काले ममा बलियो घर बनायो ।

कतिबषर्बदेखि मेले खाई खेलेको घर हुनाले निशङ्कोच , निर्बिध्न आगनीको डीलमा पुगेर त्यहीको पर्खालमा एकछिन थकाइ मेट्न बसें । हेर्दा हेर्दै अघिको पूmलबारीको अष्पष्ट आकृति प्रष्टियो र पूmलका थुङ्गासङ्ग खेल्न थाल्यो । पूmलमा कुनै चञ्चलता त थिएन जति थियो सुन्दरता र सुभाश मात्र ।पूmललाई जतनसाथ सुम्सुम्याएर आफ्नो गालासम्म ल्याइपु¥याउन तयो आकृति कहिले निहुरन्थ्यो  त कहिले आफ्नो कम्मरसम्मका पूmलहरु ीबस्तारै तान्दै र छाड्दै गथ्र्यो त कहिले कुनै सखा त्यहीं भए जसरी नै पूःल्को झाङभित्र लुक्ने गथ्र्यो ।अपशोच..! मैले खाइखेलेको त्यस घरमा भएको कुनै मानिसकोसम्म लागेन मलाई त्यो आकृति । तयही मानिस ठम्याउने धुनमा मग्न भएर म एकोहोरिएको थिएँ र त्यतैमात्र हेरिरहेको थिएँ ।कुन्नी के कामले हो शशीकी आमा घरबाहिर निस्किछन् र आँगनीको डीलमा एकाग्र भएर पूःल्बारी नियालीरहेको मलाई देखिछन् ।सायद तयस बर्ष पनि उनीहरुले माया मारेकै थिए क्यारे..! मेरो आगमनलाई र होला...“आम्मै सन्तवीर ...! ..बाबु कतिवेला देखि आएर के सोचि बसेका , वोल्नु वोलाउनु पनि छैन ,नौला पाहुनाजस्तो भएर आँगनीमा बसिरहेको ,आऊ बाबु ..यतै खाटमा बस , हिंडेर आएको कति थकान लागेको होला ...?” भन्दै खाटमा आसनी हालिदिइन् , म त्हीं गएर बसें ।“आफ्नै घर त हो नी बाबु यो , यसरी नौलो मान्नुपर्ने होइन त ...।” भनिन् उनले ।मैले पनि उनलाई आमाकै साइनो लगाउने गरेको हुनाले सकेसम्म अरु दिन जे भए तापनि तिहारमा चाहिं आफ्नै संस्कृतिको पालना र वोलिचालिको शब्द ‘जेठ्यामा ’ भन्न अप्ठ्यारो लाग्थ्यो र आमा मात्रै भन्ने गरेको थिएँ ।“ होइन नी आमा नौलो मानेको त कहाँ हो र ..? तै पनि धेरै पछिमात्र आइपुगेको हुनाले यसो वरिपरि हेरेर टोलाएको मात्रै पो हो त ..।” मैले उनलाई भनें । “ बाबु.. पोहोर सालको तिहारमा कहाँ गयौ ..? कि के परेर आएनौ ..?सँधै आइरहने मान्छे नआउँदा त हामीलाई कति नरमाइलो लाग्यो ” उनले भनिन् ।मैले सबै बेलिबिस्तार लगाएँ ।आपूः पोहोर साल आउन नसकेको यथार्थ खुलाइदिएँ ।आफ्ना मनमा परेको चोट ,भोगेको ब्याकुलतालाई दर्शाएर “ के गर्नु आमा...मनमा त्यसै गरौंला भन्ने त सोचेको पनि थिइँन नी र पनि त्यस्तै भइहाल्यो ।तर अबका बर्षमा त किमार्थ तयसो हुन दिने छैन नी आमा”भने । मेरा यी भनाइले उनको अनुहारमा प्रशन्नता ल्याएको प्रष्टै देखिन्थ्यो ।

संभ्रान्त परिवारको घरदलान भएकाले पहिले देखि नै दलानका भित्तामा अनेकौं बुट्टा कुँदिएर रहेका थिए ।आस्था र विस्वास अनुसारका देवदेवीहरुका तस्बीरहरुले सजाइएको थियो ।छेवैमा शशीका बाको फोटालाई पनि ठूलो ऐजाभित्र वरिपरि मालाले घेरेर सजाएर राखिएको थियो । आमा उनै जसबीर(बूढा)  खत्रीको फोटोलाई दिनदिनै पूज ागर्ने गर्थिन् ।जसबीर बूढा यस संसारमा थिएनन् । त्यसदिन देखें दौरा ,सुरुवाल, कोट लाएको काँधमा गलबन्दी बेरेको त्यस शान्त र धैर्य फोटोको छेवैमा अर्को एउटा फोटो पनि उसरी नै सजाएर राखिएको रहेछ ।नियालें त्यो शशीको फोटो हो तर बितेका दुई बर्षमा खै...?उसमा कस्तो परिवर्तन आएछ आएछ । चौबन्दी माथि फरियाको सप्को लाएर शिरमा क्लिप÷चिम्टी, फुर्के धागोले कसिएको कपाल भएकी पहिलेकी शशीको फोटो त्यही हो भन्न कसरी सक्नु ?ऊ सानै छँदा थिगीरी नानी थिगीरी भन्दै खेलाउँदाको छिनछिनमा आची र सु गरेर फेराइरहनु पर्दाको कच्छी र पेटे भोटोजस्तो लगाएको ,शरीरका एक चौथाई भाग पनि नछोएिको र चिउँडोबाट सिधा पारेर गोलो पारेर काटिएको कपाल भएको टाउको ,खिस्स देखाइएका दाँत भएको त्यो फोटोलाई ?।तर नभनी सुखै थिएन ।त्यो शशी कै फोटो थियो ।फोटोबाटै थाहा लाग्थ्यो अब शशीको शरीरबाट यौवनको गन्ध आइरहेको छ ।

आमा भन्दै गइन्“ बाबु ..! पोहोर सालको दीपावलीको रमझममा पनि घर अँध्यारो जस्तै भयो । कति बाटो हेर्दा पनि तिमी आएनौ ।बढेको छोरो देशप्रदेश लागेर पनि त चाडबाडमा त आउनु पर्ने , आफ्नो काखमा छोरो नआए पनि तिमीलाई नै छोरो मानेकी थिएँ तर के गर्नु आफ्नो दुःख आफैंसङ्ग हुँदोरहेछ अरु त खै कसले पो बुझिदिनेरहेछन् र..?देउसे ,भैले ,मारुनीका हूल ,सङ्गीनीका लस्कर कति आए कति गए केही हेक्का रहेन ।चुड्का र ख्यालीले पनि नियास्रो मनलाई हँसाएन बाबु..! यतिको नियास्रो त शशीका बाबुले छाडेर गएका बर्ष पनि भएको थिएन जस्तो लाग्यो ।...!” भन्दाभन्दै आमाका गलामा शब्द अड्किए ,गला अबरुद्ध भया,आँमा शालिग्राम कुँदेर अश्रुपातका थुङ्गाहरु बरर गरेर सहस्र सिन्धु झैं बर्सिए ।थाम्न नसकेर मैले पनि आँसु खसाल्नै प¥यो ।फेरि सम्हालिंदै भन्दै गइन् “ मलाई त त्यस्तो भयो भने बाबु ,झन शशी  त तिहार गएर पनि कतिदिनसम्म दिनसङ्ग टोलाएर र रातसङ्ग रोएर बसी, चेलीको दुर्बल हृदयमा अरु के नै अटाउने र बाबु ..?भाइटीकाको माइतिको गला र निधार नै सबथोक हुँदो रहेछ ।...आमा !मैले जीवनमा माइतिको सहारा जति पाउनु पाइसकेंछु , अब त मेरो हातबाट निधार र गला सजाउने माइति यो संसारमा खै को होला र...?रगतको नाता नभए पनि त्यत्तिकै नाता आत्मीयताको थियो अब टुटेछ भन्दै रुन्थी बाबु..! त्यसरी नटुटोस है , यो तिम्री बहिनी हो ,पराइ नठान्नु ”आमा यसरी नै दुखेसो पोख्दै थिइन् । नेपथ्यमा कता कताबाट सङ्गीतात्मक मधुरो ध्वनी गुन्गुनाउँदै र क्रमशः नजिकिंदै पनि आइरहे झैं लाग्दथ्यो ।एकछिन हामी आमा र म निशब्द बस्यौं र आमा त्यहाँबाट उठेर भित्र पसिन् ,टक्टक् भ¥याङ चढेको आवाज दिंदै तलामा चढिन् ।“शशी तेरो दाजु आएकाछन् छोरी , आइज नानी घर ” भनिन् ।..“ को दाजु ...आमा..?” लाडे स्वरमा अर्को आवाज  पनि आयो ।त्यो आवाज उत्तिको टाढाबाट नआएको  प्रष्टै थाहा पाइन्थ्यो ।“को तेरो दाजु क्या ...सन्तबीर ”आमाले भनिन् ।केहीवेर सन्नाटा छायो ।

दलानको भित्तामा ठूलो ऐना टाँगिएको थियो । ऐनाको साम्नेको खाटमा म बसेको थिएँ ।मेरो अनुहारलाई ऐनामा  प्रष्टैसङ्ग देख्न सक्थें म । ऐनाकोएक छेउमा घरको बहिरी भित्ता(गारो) घरको पछाडिपट्टिको सुरसम्म देखिन्थ्यो । पछाडिपट्टिको सुरमा सजाएर राखेको गमलाको पूmल रातो बैजनी रङ्गमा ढकमक्क भएर पूmलेको थियो ।म ऐनामा त्यस पूmललाई हेर्दै बहिनी शशीका े आगमनको प्रतिक्षामा उनको पदचापको मात्रै पनि आवाज उम्कन नदिने गरी कान थापेर बसेको थिएँ ।हेर्दाहेर्दै त्यही गमला छेउमा एउटा मानव आकृति सजधजसहित सिङ्गारिएर निस्कियो र टक्टक् टापको जस्तो आवाज दिंदै दलानतर्फ अघि बढ्न थाल्यो ।ऐनामा त्यस आकृतिलाई पैतालादेखि टुप्पीसम्म नियाल्ने मौका पाएँ ।पैतालामा अप्ठ्यारो जस्तो गरी लगाएको देखिने कुर्कुच्चा निकै उचालिएको चप्पल ,मास्तिर पुष्ट पिंडौला ,घुँडासम्म पुग्न पनि नरमाएको झण्डै लवेधा भन्न सुहाउने खालको कुमदेखिनै लम्रङ्ग झरेको गुलावी रङ्गको पहिरन ,त्यसको नाम त मलाई थाहा पनि भएन  त्यसैमा ठाउँठाउँमा बुट्टा पनि जडिएको देन्थ्यिो भने गौरीशङ्करको मझेरीसम्म गला खोलिएको थियो ।फुकेको हीप ,कसिलो कम्मर ,पुष्ट छाती लाली चढेका गाला ,मुसाको पुच्छरजस्ता आँखिभौंका परेला ,शिरमा टपरीमा राखेर सुकाएको गुन्द्रुकजस्तो केश ,ओठमा लाली तर निधार भने खाली भएको त्यो आकृति उही मेरी बहिनी शशीको थियो ।पहिलेको त्यो साधा पहिरन ,पौरखी हत्केला ,चौबन्दी माथि सप्को मारेको सारी ,लरक्क लर्किएको चुल्ठो भएकी मेरी बहिनी शशी र अहिलेकी शशीमा कुनै सामन्जस्यता थिएन ।एकछिन त मलाई नै मेरो दृष्टिभ्रम पो हो कि जस्तै पनि लाग्यो र आपूmलाई सकेसम्म सम्हाल्ने कोशिस गरे । म आपैंmमा सही थिएँ कुनै असर देखा पनि  परेन । म यथावत आफ्नो सोचाइमा लीन रहेर उनै बहिनीका वरिपरि आफ्नो सारा ध्यान केन्द्रित गराउन लागें ।

जतिजति शशी नजिक पर्दै जान्थी उतिउति ऊ शशंकित र भयभित पनि देखिन्थी । ऐनामा भएकी शशी र खाटमा बसेको म हाम्रा आँखा जुझे ।शशीको अनुहार दन्दनी सल्किएको आगोको ज्वाला जस्तै भयो ।बायाँ हातको चोरी औंला मुखमा कोचेर ओठ खोली र दाँतले हलुकासङ्ग आफ्नो औंला च्यापी , बाँकी सबै औंलाको नङपालीस प्रष्टै देखिन्थ्यो ।पेटीको आल्लो छेउ जहाँबाट एकै पाइलो अगाडि बढ्नासाथ मसङ्ग साक्षात्कार हुन्थ्यो त्यहाँ आइपुगेर ऊ टक्क अडिई ।ऐनाको मेरो प्रतिरुपसङ्ग उसका आँखा जुझे , मुसुक्क मुस्काइ र कम्मरमा एउटा हात राखेर भित्तामा टाँसिइँदै लुकामारीको भान दर्शाई ।प्रउित्तरमा म मुसुक्क हाँसेको मात्रै के थिएँ बिजुली चम्किए झैं झट्टै उफ्रिएर आएर मेरो गालामा प्यारको एक चड्कन लगाई र ‘दादा’भन्दै मेरो गालामा उसको गाला टाँसी । उसको घुंग्रिएको र खस्रिएको कपालले मेरो गाला र आँखासम्म फ¥यायो ।उसले मेरो गालामा चुप्प म्वाँइँ खाई र म बसेकै आसानीमा थचक्क अटेसमटेस हुँदै बसी ।“मेरो दादा ” भन्दै मेरो काखमा शिरानी लगाएर अट्टाहसपूर्ण ढङ्गले खित्का छाडेर हाँसी ।मलाई अनेकतिरबाट घच्चा दिएर ढेस्सिएर बसी ।साम्नेको ऐनामा यी सबै लीलाको प्रत्यक्ष दर्शी म आफैं बनिरहेको थिएँ ।।दुई बर्ष पछिको बहिनीसङ्गको भेटमा जति खुसी अटेको थियो तयाभन्दा बढी नै कष्ट झेल्नु प¥यो मैले लखतरान भएर गलेको वेलामा । थकित अनुहारले आपैंmलाई ऐनामा नियालेको त उसले मेरो गालामा म्वाँइँ खाँदा उसको ओठको लालीले मेरो गाला पोतिएर हनुमानकोजस्तै भएको रहेछ ।गोजीको रुमाल झिकेर आफ्नो गाला पुछ्दै उसलाई काखबाट जतनसाथ पन्छाउँदै ‘शशी’भनेर उसको अनुहार सुम्सुम्याएँ । अहिलेकी शशी उत्ताउलिएर पहिलेकी जस्ती शाान्त थिइन ।अनुहार भरी उन्माद कोरिएको थियो ।पहिलेको धैर्यता उसमा थिएन ।

“शशी ..!कति थाकेर आएका दाजुलाई के औधी दुःख दिएकी नानी तैंले ? दाजुसङ्ग कति ठट्टा गर्न मन लागेको तँलाँँँँँँँँँँँँई , एकछिन थकाई मार्न त दे ..अनि त तेरो दाजु छँदैछन् नी ..,जति गफ गरे पनि भएकै छ त ..,आखिर अब तिहारका चारपाँच दिन त बसिहाल्छन् त ” घरभित्रैबाट आमाले भनिन् ।“कति खुसी भइ नी मेरी छोरी बिचरी ...!उसका बाले छाडेर जाँदा सानै थिई ,थाहा पनि पाउँदिन हाला ..?आफ्नो खुसी यसले अरु कसलाई बाँडोस र ..!सप्पै उही दाजुलाई त होनी ”भन्दै आमा घरभित्र आफ्नै सुरमा अल्मलिइन् ।आमाको आज्ञाले नै होला शशी बसेको ठाउँबाट उठी र कर्के आँखाले मलाई हेर्दै तल्लो ओठलाई दाँतले समाएर नक्कलको उद्धण्डता देखाई र मुसुक्क हाँस्दै घरभित्र पसी ।

त्यस तिहारका पाँचवटै दिन अर्पिएर म शशीको हातबाट केशरी टीका र सयपत्री माला लगाउने मनसायले नै गएको थिएँ ।समयको यतिको लामो अन्तराल पछिको भेटमा शशीआफ्ना उकुसमुकुस भावनाहरु क्ति संयमित भएर पोख्दिहो , तन्मयले दाजुको कस्तो आदर दर्शाउँदी हो ,गएका बर्षको तिहारको तिक्तता ओकल्दा आँखाबाट बरर आँसु झार्दी हो  र तयसबखत बहिनीको मर्मष्पर्शी ब्याथाजन्य चेहराले मलाई चिथोरेर म पनि आँसु थाम्न कसरी सकौंला नी ‘! भन्ने भयले मलाई सताइरहेको थियो । बाटाभरिको मेरो कल्पना —फरियाको सप्को मिलाएर एक छेउले आँसु पुछ्दै गरेकी संयमित बहिनी शी त्यहाँ आइन । दाजु भन्ने कति सरस शब्दलाई बिटुल्याएर दादा भन्दा कताकताबाट एउटा तीरले लागेको अनुभव त्यस भेटको पहिलो चरणमा नै मलाई हुन पुग्यो ।

रहँदा बस्ता कहिले जीलजील परेको पहिरनले सजिएर शशी देखा पर्थी भने कहिले शरीरका हरेक अङ्ग आकृति देखिने टमक्क परेको पहिरनमा हुन्थी र नखर्माउलो हाउभाउमा उसका दिनचर्याहरु बित्ने गर्थे ।“यसपालिको भाइटीकामा त नी दादा ...!”भन्दै मुख चेप्राएर कानको छेउसम्म पु¥याउँदै आँखा कर्काउने गर्थी । कथंकदाचित म उसको कोठामा पुग्दा पनि या त ऊ टोलाएकी हुन्थी या त असंयम भएर नै मेरो पौरषतवलाई समेत चुनौति दिउँला झैं गर्थी ।छिनछिनमा उसका चेहरामा अनेकन भावहरु पलाउँदै र हराउँदै गर्थे ,उसमा सावधानी नै थिएन ।

विहान जतिवेला म धारामा जान्थें उही मौका छोपेर शशी धारामा जान्थी र निशंकोच एवं निर्भयताकासाथ भित्री धोतिमात्रै लगाएर धारामा थापिन्थी ।धोती शरीरमा च्याप्प टाँसिन्थ्यो । छोपिएकै भए पनि सारा शरीर प्रष्टै देखिनथ्यो । म उसको भाइटीका थाप्ने माइतिको स्वाभिमानमा खुम्चिएर अन्तै आँखा टोलाएर उसले नुहाइसकुञ्जेल पर्खन्थें ।उसको थेत्त¥याइँले कहिले त मलाई घण्टौसम्म पनि पर्खाउँथ्यो ।
त्यस पञ्चकका चार दिनसम्मका मेरा दिनचर्या र शशीका दिनचर्यामा कुनै नियमितता रहेन । आकस्मिक रुपमा जे आइपथ्र्यो तयसैको सामना गरेर नै बिताउनु परेको थियो ।शशीमा कुन मुरादा रहेको थियो त्यो त मलाई थाहा भएन पनि वा भना ै म  अनविज्ञ नै थिएँ ।लाग्थ्यो आफ्नो दाजु प्रतिको पवित्र हृदय दिएर गरेको अभिनयमा समयको वा कुनै सङ्गतको प्रभाव रह्यो र आधुनिकताको लेपनले सकेसम्म सजाएर ऊ मलाई आदर गरिरहिछ । हुन पनि शशीले धक फुकाएर वोल्ने पुरुष म मात्रै एउटा थिएँ जससङ्ग उसकी आमाको अनुमति विना नै ऊ आफ्ना जीर्णकथा सुनाउन सक्थी । आत्मा अर्पिएर मानेको दाजुसङ्ग भयभित वा शशंकित हुनु पनि आवस्यक थिएन ।आमाको एकलौटी लालनपालनमा हुर्किएकी शशीमा सहज रुपमा नै चेब्राइँले घर गरेको थियो ।म उसका हरेक क्रियाकलापलाई त्यही अर्थमा सहज रुपमा नै स्वीकार्दथें । उसका उद्धण्डतालाई पनि खुसी प्रष्टिएको मधरताको भावनामा बुझ्ने गर्थें ।मैले शशीलाई रगतकै नाता सरहकी बहिनी मानेको थिएँ ।

सँधैको तिहारमा भाइटीकाको माला गाँस्दासमेत शशी र म सङ्गै हुन्थ्यौं । आफ्नो गलामा पर्ने मालाको तान मिलाउन म आफैं उउलाई सहयोग गर्थें । “यतिको भए हुन्छ नी दाजु ” भन्दै मेरो गलामा नापेर शशीले माला बनाउने गरेकी थिई । पूmलका थुङ्गा र रङ्गहरु मलाई रोजाएर मालामा उनने गरेकी थिई शशीले ।पटक पटक मलाई सबथोक सर्दामको तयारीमा सल्लाह माग्ने गरेकी थिई उसले र मेरो सल्लाह अनुसार नै पनि सबथोक तयार पार्ने गरेकी थिई तर यसपालिको तिहारमा उसले के कस्तो तयारी गरेकी छे भन्ने कुराको मलाई कुनै जानकारीसम्म भएन ।
भाइटीकाको विहानी भइसक्यो ,मलाइ रत्तिभर पनि उसले सोधेकी थिइन ।आफ्नो बेढङ्गको र असंयमको चुरीफुरी मात्रै गरेर शशी तयारीमा लागी ।यमराजको हुर्मत लिएर माइतिको चिरायुको कामनाको त्यो क्षण पनि मलाई उत्तिको सरस लाग्न छाडिसकेको थियाुे ।ममा झिनो आससम्म थियो हरेक कामका लागि ऊ आपैंm सक्षम भएकी छ र बिना सोधपुछ गरिरहेकी छ ।आफ्नी आमाको सम्म पर्वाह नगरी काम गर्न उसलाई कसैको परामर्श चाहिएको छैन ।
हेर्दाहेर्दै शशीले पूजाको सर्दाम तयार पारेर तयहाँ राखी जहाँ सँधैको तिहारमा राखिन्थयो ।ऊ आपूः पनि आधुनिकताको उदाङ्गो फेशनमा तयार भएर आई र मेरो लागि बस्ने आसन पनि बनाई , म त्यही गएर बसें । बलेको दियो बाहेक त्यहाँ केही पनि ठम्याउन सकिन्नथ्यो ।सबैमा जाली रुमालको ढकनी लगाएर राखिएको थियो ।सानो करुवामा पानी लिएर पानीको रेखी हाल्दै सम्पूर्ण सामग्रीसमेत मलाई छेको हालेर बिस्तारै गुन्गुनाउँदै उसले परिक्रमा गरी ।छेवैमा ओखर र बिमिरोसमेत राखेर डपूजा गरी ,धूप जलाई ,वातावरण वास्नामय बन्यो ।किस्तिमाथिको जाली रुमालको ढकनीलाई बिस्तारै अलिअलिमात्रै पन्छाउँदै सानातिना चिजहरु झिक्दै मलाई जतनसाथ सजाउन थाली उसले तर किस्तीभित्र के कति र कस्ता सामग्री छन् भन्ने कुरा उसैलाई मात्रै थाहा थियो ,मैले केही पनिदेखेको थिइँन । सुगन्धले भरपुर तेल दलेर मेरो कपाल कोरिदिई उसले । अर्काे किस्तीबाट माला झिकेर मेरो गलामा पहिराई ,मिष्टाङ्गको किस्ती मेरै हातमा थमाइदिई । अन्य सबै सहज देखिए पनि मेरो गलामा परेको मालामा भने सदाकोभन्दा बिल्कुलै फरक थियो । मखमली र सयपत्रीको माला लगाउने माइतिको गलामा दुबो , बत्तु , जरी र त्यस्तै त्यस्तै के केले बनेको माला मलाई लगाइदिएकी थिई उसले ।त्यसमा भाइटीकाको ऐभात पटक्कै थिएन ।जे भए पनि बहिनीले लगाइदिएको तिहारको माला स्वीकार्नै पथ्र्यो तर मनमा भने विष्मयको ज्वाला सल्कन लागेको थिया क्षोभ र घृणाका घृणाका लहरहरुले मलाई हँुडलो मच्चाउन थालेको थियो । तैपनि चौका पोतेर आसनीमा राखेर पूजिएको माइति भएर बहिनीको निधार सजाएर सयपत्री फुकुवा गरिदिनु थियो ।म शशीलाई टीका लगाइदिन लागें ।“दादा ! यो रातो केशरीमात्रै लामो धर्का पारेर लगाइदिनु है !” शशीले भनी ।म सानो सिन्काले रातो केशरी उसको निधारमा लगाइदिन लागें तर त्यो त केशरी त हैन रहेछ ,केशरीको बाहानामा क्यान्भासमा सिन्दुर राखिएको रहेछ । मेरा हात थरररकामे तापनि भावनाले केशरी मानेर उसको निधार सजाएँ । अरु कुनै रङ्ग उसले मलाई दिइन ।अर्को किस्तीबाट थुङ्गाथुङ्गा सयपत्री छानेर लिएँ । त्यही पनि सिन्दुरबाट अछुतो रहेनछ ,त्यस्तै पनि लिएर उसको चुल्ठोमा सिउरिन चाहें तर उसले अप्ठ्यारो मानी , लाग्यो उसको चुल्ठो नभएर होला भन्ने र हातैमा सयपत्री थमाइदिएँ । दुईचार दाम भेटी समेत तयार पारेर मैले शशीलाई ठूलीगर्न लागेको थिएँ ।उसले मलाई आफ्नो गोडा दिइन र पछि सरी र एकपटक खित्का छाडेर हाँसी र भनी “ अब ढोगिदिने पालो मेरो , नभए गलाको मालालाई सोध्नोस् त्यसले के जनाउँछ ? ” भन्दै ऊ पो निहुरिएर अघि सरी । मलाई पर्नु फसाद प¥यो । आफुले भाइटीका मानेकी चेलीबाट यस्तो बिभतसता भोग्नुपर्दा त्यस भेटका पहिला दिनदेखिका हरेक घटनाले मलाई चिथर्न थाल्यो । आपूmसङ्ग आफैंलाई घृणा लाग्न थाल्यो । हतार हतार उसका सौगात तयहीं छाडेर म भागें ।ओखर फुटाउने वेलासम्म रहने र ओखर फुटाउनै पर्ने औचितय पनि देखिन र म कहिल्यै पनि शशीका हातको भाइटीका नलाउने निर्णय मनले गर्दै आफ्नो यात्रालाई बढाएँ मेरो मन कब्जा गरेर आफ्नै सहोद्धर नाताका चेलीको निधार खाली पारिदिने शशी अब मेरी चेली हुन सक्दिन, अब कहिल्यै पनि उसले मलाई भाइटीका लाउन पाउने छैन र अबका तिहारमा मलाई पालो पर्खनुको भय हुने छैन , मेरै चेलीका हातबाट भाइटीका लगाइछाड्नेछु भन्ने अठोट गरे ।

प...छि सुनेको थिएँ बर्षेनीका भाइटीकाहरुमा शशी आफैंलाई धिक्कारेर खाली निधार बसेकी छ रे ।     
                                                                    २०५४÷०५÷२४


                                                                                                 

समिक्षा




                                                 ‘आजकाल’ कवितामा कवि बल              
                                                                                                       


संयोगले मात्रै हो जीवन सोचेजसरी नै बग्ने वा बगेजसरी नै सोचिने । नभए त जीवनको सोचाइ सपनासरि हो देखुन्ज्यालको सत्य त्यस पछिको भने सपना मात्रै । तर सपनाका ब्याडहरुमा भावनाको वीउ छरेर अनुभूतिका लहराहरु झाङ्गिन दिन कसैले सक्छभने त्यो सर्जक स्रष्टा हो कवि , त्यसैले भौतिक रुपको देह ढलेर गए पनि विचार बाँचिरहने युगयुग पनि हो स्रष्टा । त्यसैले भनिन्छ  कवि स्रष्टा कालजयी हो उसका सिर्जनाले हरेक क्षण जितिरहेको हुन्छ साथै समय र सन्दर्भ अनुसार उत्तिकै प्रभावशाली विचारहरु संप्रेषित भइरहन्छन्   एउटै कविताका पनि भिन्न भिन्न समयमा । त्यस्तै कालजयी रचनाका कुशल शिल्पी हुन कवि कष्णभूषण बल (२००४—२०६९) ।
आधुनिक नेपाली कविता,काव्य साहित्यको समसामयिक धाराका सशक्त कवि कृष्णभूषण बल अनुहारको शालीनता जत्तिकै भावको गम्भीरताका कवि हुन् । नेपाली जनजीवनको साझा यथार्थभन्दा  पृथक जीवन गति ,शैली र पद्धति प्राय नभएका कवि बल साँच्चै नै आप्mना रचनाहरुमा पनि नेपाली जनजीवनले सामना गरेका यथार्थहरुलाई प्रस्तुत गर्दै त्यसभित्र रहेका विकृति तथा विसंगतिहरुबाट मुक्त हुन साहसिक सन्देश संप्रेषण गर्ने अब्बल दर्जाका खप्पीस कवि हुन् । प्रकृति बर्णन र माटोको ममता पनि उनका रचनामा  मग्मगाउने सौरभमयी भावहरु ह्ुन् । रचनाको संख्यात्मकता उनको उल्लेख्य पाटो होइन ,बरु पाठककै मनभित्र पसेर सरल भइकन पनि खँदिलो ,छोटैमा अटाएर पनि विश्लेषित विचारको संप्रेषणीयता , संक्षिप्त संरचनामा सागरसरिको प्रवाह र सामथ्र्य कवि बलका रचनाका गुणत्मक पक्षहरु ह्ुन् । लाग्छ भोगाइ बाध्यता भए पनि सत्य त्यतिमात्र  होइन , खोज्न बाँकी पनि सत्य हो खोजिरहनुपर्छ । प्राप्ती अन्तिम होइन प्रयत्न निरन्तर भइरहनु पर्छ । कवि बल हृदयको यस्तै भाव पूञ्ज हो ‘भोलि बास्ने बिहान’ कविता संग्रह र त्यसैभित्रको एउटा कविता  हो ‘आजकाल’। जहाँ कविले अभावैअभावका पुन्तुराहरुले जेलिएको समसामयिक नेपाली जनजीवनको बाध्यात्मक यथार्थको प्रस्तुति सहित परिवर्तनको अपरिहार्यतालाई  प्रस्तुत गरेका छन् ।
‘अन्तरमनमा रहेका अनुभूतिहरुलाई शव्दको सप्कोमा बाँधेर हुलुक्क पारेर ओकलिदिनु त्यो पनि पाठक हृदयले आस्वादमा रमाउन सक्ने गरी’ यही नै बन्छ कविता । त्यस्तै पनि लाग्छ  बलको ‘आजकाल’ कविता । जहाँ कला पक्षको सराहनाको कुनै सीमा छैन ,बिम्ब संयोजनको कौशलता उत्तिकै प्रवल छ । हो ,साँच्चै नै उनले कविता लेख्दाको आजकाल विगत हुन सकेको छैन अझै ज्यूँका त्यूँ छ । विसंगतिको जालोमा बेरिएको होस् वा विपत्तिको मारमा पेलिएको अवस्था समय उस्तै निरस, नियति झन निकृष्ट बनेको छ । हरेक क्षण जोखिमयुक्त हुँदा  अवसर विहीन भएका छन् मान्छेहरु । जसले गर्दा प्राकृतिक अधिकारबाट समेत कुण्ठित बनेर लाचार जीवन बाँच्नु परेको हाम्रो वास्तविकता कवितामा पोखिएको छ ।  दिनको आङमा काँडा उम्रनु ,निश्सारताको प्रतिकात्मकता अनि सिरक ओढेर घाम सुत्नु प्राकुतिक अधिकारबाट समेत कुण्ठित हुनुपरेको भाव कवितामा पाइन्छ । समकालीन समाज वा विश्व परिवेशले मानवीय मूल्य मान्यतालाई जत्तिकै महत्व दिएको भए पनि हाम्रो सनदर्भमा सीमित शक्तिकेन्द्र भन्दा पर न त यसको चर्चा ,न त अवसर र संरक्षण नै छ । केवल दुई चार कपट तथा शक्ति सम्पन्न निकृष्ट व्यक्तिहरुको बोलवाला  सहनु नेपालीहरुको बाध्यता बनेको छ र असल विचार र विवेक हुनेहरु पनि समाजमा व्याप्त सामाजिक विकृतिहरु ह्टाउन नसकेर कुण्ठित बन्नु परेको यथार्थ दर्शाउँदै नेपाली रानीतिमा देखापरेको निरङ्कुस एवं अवसरवादी प्रबृत्तिलाई प्रस्तुत गरिएको छ कवितामा । युग परिवर्तनका संवाहक कलमजीवी स्रष्टाहरुले जनचेतनाको लहर ल्याएर आमूल परिवर्तनको अग्रणी भूमिका लेखक कलाकारहरुको पनि हो तर त्यो पूरा हुन सकेको छैन भन्दै क्रान्ति चेतनाको उद्घोष कवितामा भएको छ ।
शित र खडेरीको भौतिक स्पर्श सडकले गरे झैं कवि हृदयले समय र समस्याको भाव स्पर्श गर्छ ,त्यसैले कविको छाती आकारले होइन अनुभूतिले पीडा झेल्दैछ अभावको । उदासिनताले जानी नजानी कवि हृदयमा हिर्काइरहेछ । विश्रृङ्खल भावहरु सल्बलाउँदा कवि हृदय पनि आक्रान्त बनेको छ । एकैचोटी भङ्गालो झैं भएर बगेका कविका कल्पनाहरु कविलाई नै क्रम मिलाउन गाह्रो भए झैं प्रतीत हुन्छ । मान्छेमा माटोको ममता मुटमा ुभरिदिने, मनका आवाजहरु कवितामा रचिदिने विचार कविमा रहेको  छ ।
हो हाम्रो आजकाल भनौ वा हामीले भोगिरहेको हरपल साँच्चै नै शान्त  बन्न सकेको छैन । कोलाहल कालजयी बनेर  चरा र पुतलीका प्राकृतिक अधिकार खोसिए झैं मानिसका विचारहरु लुटिएका छन् । आफ्नै भावभूमिका नैसर्गिक स्वरहरुको पनि अभाव र मनमष्तिष्कमा छाएको त्रासदीप्रति कवि चिन्तित छन् । श्रमजीवी किसानका पसिनाको मूल्य होस् वा पेशाको मर्यादा, विचारका खानी भोलिका भविश्य थेग्ने सन्ततिहरु सबैसबैप्रति श्रद्धा राख्ने कवि साँच्चै नै युग÷समय÷काल कुनै अवधि विशेषलाई मात्र नभई अविछिन्नतालाई भनिरहेछन् ।
काल अवधि विशेषलाई मात्रै भनिएको छैन कवितामा ,काल आचरण बनेको छ । आज बेला होइन व्यक्ति बनेको छ । त्यसैले त कवि  हृदयले बिद्रोहको बिउ रोप्न चाहन्छन् ,चेतनाले गोड्न चाहन्छन्  । व्यभिचारको पराकाष्टमा पुगेको व्यक्ति र उसको आचरण नै कविताले ठानेको आजकाल हो , कवि यसलाई अनिष्टताले घेरेर डरलाग्दो भए झैं देख्छन् । अन्त्यको अवस्यम्भावी संघारमा आजकाल पुगेको ठान्ने कवि परिबर्तनप्रति आश्वस्त बनेका छन् अनि त्यस परिवर्तनकारी संग्राममा आफू सँधै संगै संगै हुने प्रतिवद्धता राख्ने कवि मानवताको जयगान गर्दै उन्मुक्तिको इतिहास लेख्ने श्रेय पनि स्रष्टाहरुकै ठान्छन् । लेखक स्रष्टाहरु नै इतिहासका स्रष्टा र द्रष्टा पनि हुन भन्ने विचार कविले कवितामा राखेका छन् ।
समग्रमा आजकाल कविता हाम्रो अतीत पनि हो र वर्तमान पनि हो । हाम्रो अनुभूति, विशेषतः नेपालको राजनीति र त्यसको हरेक खण्डहरको शासन पद्धति र यसले स्वीकार्नै नसकेको मानवतावादको समकक्षमा नेपाली जनजीवनको यथार्थ अनि नेपाली जनमानसले राखेको आसाको कलात्मक प्रस्तुति, बिद्रोही भाव ,परिवर्तन प्रतिको  विश्वस्त विचार नै कवि बलको आजकाल कविताको मूलभाव भूमि वा साङ्गोपाङ्गो विचार मान्न सकिन्छ । (२०७४ कार्तिकमा अन्तर्वोध त्रैमासिकमा प्रकाशित)

कविता

   जन्मस्थलप्रति


तीनजुरेदेखि मिल्केको भञ्ज्याङ पूर्वको नागीधार
रश्मीका धर्का छर्दछन् उस्तै सुनौला उपहार ।
साँझ र विहान स्वर्णझैँ हुने मकालु साक्षी छ
सुनसान बग्ने अरुणको मुहान त्योभन्दा माथि छ ।

वर र पर हिमालको ताँती झर्दछन् भङ्गालो
त्यो अर्को पाटो लाली गुराँसको नौरङ्गी संगालो ।
त्यसको माथि लेकाली चहुर चौरीका बथान
छेवैमा धुपी पवित्र पनको छर्दैछ वासना ।।


डाँफे र मुनाल कस्तुरी मृग लेकाली पाखामा
कानमा बुकी सिउरेर डुल्छन पहाडी भाकामा ।
ती मेरा गाउँले साथी र संगी त्यहींछन् रमेका
बाउसे लाउँदा दोहोरी गाउँछन् भाका छन् अनेक ।।


घर र बारी बेंसी र भीर वनपाखा पनेरो
समूच्च एउटै प्रकृति पुञ्ज त्यो गाउँ हो मेरो ।
सम्झेर कति श्रद्धाका सुमन चढाउँथें पैलेनी
अपुग नै हुन्थ्यो अर्पिन्थे मैले हृदय जैलेनी ।।


थपिन्छ भाव पुग्दैन भक्ति के दिऊँ अरु खै..
जन्मेको ठाउँ पवित्र हुन्छ यै जानी लिएँ है ।
छोएको माटो, हिंडेको बाटो पहिलो धराधाम,
जन्मेको ठाउँलाई सम्झेर श्रद्धा गर्छु म जप्दै नाम ।२। 

चेलीको सम्झना





   चेलीको सम्झना


चेली र माइति मनको भाव तिहारको निधार
सयपत्री थुङ्गा मखमली माला हँसिलो मुहार ।
गर्भले फुल्थ्यो यो मेरो छाती माइति हुनाको
हर्षैमा भुल्थें  विर्सन्थें ब्याथा अतीतका कुनाको ।।


साथैमा चेली माझैमा माइति रमाइलो त्यो सब
छाडेर जाने भुल्दथ्यौं सबै मनाउँथ्यौं उत्सव ।
तीजमा चेली संघारमा आउँदा लक्ष्मी नै मान्थें म
जमरा टीका दशैंमा लाउँदा भाग्य नै ठान्थें म ।।


तिहारका वेली नओइली जाने गलामा गुथेर
धन्य थिन चेली यमको पूजा गर्दथिन् बुझेर ।
साँझ र विहान चुड्का र ख्याली मालश्री बालन
घन्कँदा कति रमाइलो हुन्थ्यो यै घर आँगन ।।


ढिंडो र साग गुन्द्रुक खोले चौरासी ब्यञ्जन
लाग्दथ्यो मलाई मनाउँथें चाड आनन्दी भै मन ।
दैवको लेखा भाग्यको खेल त्यो दिन हरायो
असुभ बोल्ने कहाली लाग्ने हुच्चिल करायो ।।


रहिनन् चेली साथमा ऐले म माइति भएर
पाइन थाप्न आशिष माला गलामा गएर ।।
हुरीको हुंकार त्यो दिन गयो चुडायो बन्धन
चेली र माइति रहेनौ सङ्गै को सुन्ने क्रन्दन ...?


रित्तो भो निधार खाली भो गला तिहार सजाउने
हरायो बाटो छेनन् ती चेली खै के ले रमाउने ।
छिमेकी गाउँले वारि र पारि भैलेनी नाँचेर
रमाउँछन् दिल काटिन्छ मेरो ब्यर्थै छ हाँसेर ।।


यहीं थें माइति उनै थिन चेली चिनेर के गर्ने
नियति यस्तो भोग्दाछौं आज को बाँच्ने को मर्ने।

प्राणको घुड्को छातीको धड्कन बिलौना बिसाउने
यै पर्व पनि कालको निम्तो दिएर रिसाउने ।।


ओइलाइ आसा मारेर मन कति दिन बाँच्नु म ...
एउटै शिरान आँतको छुट्दा कति दिन हाँस्नु म ..?
सुन न सुन ए मेरा साथी हे भाइ बहिनी
छौ भने  अरु सुन्दिने काही प्रलाप कहानी ।।।


दुःखको भोक दुखैले मेट्ने साहस भएमा
तप्काइ देउ श्रद्धाका आँसु सम्झना रहेमा ।
भन न भन ए भाइ बैनी साथी र सहभाव
लिएका जति छौ भने मेरा कोही पनि अदवसाथ ।।


दुःखको भाव पोलेको घाउ थाकेन कैल्यै नी
एउटा टीका पवित्र दिलको लाइदेउ ए बहिनी ।
त्यसैमा मेरी हृदयबाटै छुटेकी बहिनी
सम्झँदै श्रद्धा गर्नेछु जैल्यै बिर्सन्न कैले नी ।।

                                    (काल्पनिक)



मुक्तक


मुक्तक
 
जुन पाउँन सकूँ, सँधै यस धरामा मनसुन पाउँन सकूँ, 
वसन्त ब्युँझाउँदै यहाँ अविरल भमराकाे धून पाउँन सकूँ, 
ताराहरु ओढेर आकाश अझै निश्चिन्त भै निदाओस तर 
हर यात्रामा तिम्राे लागि शुभेच्छाकाे भाव सगुन पाउँन सकूँ ।

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...