Wednesday, July 15, 2020

मुक्तकहरू


राहदानी बिहीनझै लाग्छ राजधानी अचेल,
बहाव बिहीनझैं लाग्छ यहाँ नदीको पानी अचेल,

भोक प्यास पनि यस्ता लाग्न थाले कि अर्थहीन ,
ज्सरी आकर्षण बिहीन झैं लाग्छ जवानी अचेल !



भमरा झैँ हुँदै नजिक भुन्भुनाउँदाखेरि,
लाडप्यारले काखै बीचमा छुन्मुनाउँदाखेरि,
कति मिठो हुन्थ्यो तिम्रो स्वर माधुरीले,
बगैचामा मधुर ध्वनि गुन्गुनाउँदाखेरि !

सागरजस्तै सङ्लो उसको मन भएको भए,
वासना बोकी उड्थे म नि पवन भएको भए,
ऊ तलाउ म कमल बनी शोभा सौन्दर्यको,
भर्थे कति हृदयमै कज्चन भएको भए !

हर साँझका आरतीमा मैले तिम्रो यही तसवीर देख्न पाएँ भने के हुन्छ ?
निन्द्राभन्दा पनि अबेरसम्मका सपनामा यही रूपलाई सजाएँ भने के हुन्छ ?
प्रभातले संझेर रजनीलाई पटक पटक गिज्याइरहोस फेरि सबेरैदेखि
तर सुटुक्क त्यै बेला बस्तीबाट मैले तिमीलाई भगाएँ भने के हुन्छ ?

अक्सर घनसँग ढुङ्गाको दुश्मनी छ,
जसरी नदीसँग डुङ्गाको दुश्मनी छ,
पराग चुस्न आफ्नै पत्र पल्टाउँदै आउने,
भमरासँ फूलका थुङ्गाको दुश्मनी छ !


जीवन वसन्तझै बनाएर पुषपाहार यहाँ यामका फूलहरु फुलाउन सक्नुपर्छ,
उध्दात्त होऊन सँधै हाम्रा साझा सपना रहरका बालीहरु पनिुदझुलाउन सक्नुपर्छ,
हिमालझैं कन्चन हाँसेका उभिएका छन शोभायमान गौरीशंकर चुचुरा,
बगाइदेऊ मौसमी प्यला निस्फिक्री त्यहींबाट जहाँ मैले यो मन भुलाउन सक्नुपर्छ !


युग एउटै हो हामीले बाँचेको याम एउटै हो,
हिंड्ने बाटो एउटै, पुज्ने धराधाम एउटै हो,
वय फरक हुँदैमा हाम्रो भिन्न हुनुहुन्न जीवनको लय,
यहाँ त हामीले बस्ने छाञा र ताप्ने घाम एउटै हो !

कहिले झरी आउँछ जीवनमा कहिले घाम आउँछ, 

हुरी बतास बनेर कहिले यही जीवनमा बदनाम आउँछ, 
मान्छे आफैं दुराचारी भएपछि कहाँ रहन्छ र निष्ठाको रीत , 
सुपर्णखा भोग्न कहिले लक्ष्मण आउँछ यहाँ कहिले राम आउँछ

कथा

                                               अर्मल

बैशाखको महिना , खडेरी परेको निकै दिन भएकाले टन्टलापुर घामलाई पनि तुवाँलोले छकेर मधुरो पारेको थियो । छिनछिनमा हुरीबतास र भूमरीले गर्दा खुल्ला ठाउँमा बस्न कठीन नै हुने, चिस्यानीको पाखामा गाईबाख्रा छाडेर चप्लेटीको फेदीमा सीमलको रुखको आड लागेर बसिबियाँलो चोया केलाउँदै थिएँ । बेलाबेलामा चप्लेटीमा चढेर गाईबाख्रा हेर्दै फेरि उही फेदीमा ओर्लने गर्थें । नत्र कि त उही हुरी र धुलो सहनु पर्ने कि त गाईबाख्रा चौतारेका गहुँबारीमा जालान् भन्ने डर । खडेरीले खुत्रुक्क गलेको जीउ, थाकेर लखतरान, मासी भुतुक्क भएर थाकेकाले निन्द्राले झप्प झप्प उँघाउँथ्यो ।
“हौ जेठाउ ! निदाउँछौ कि कसो ....., चौतारे साइँलीका  गहुँबारीमा बाख्रा पुगेभने तिम्रो झार्छे झाँको .....” कसको कसको आवाज मेरो कानमा आयो र झस्किएँ । आँखा सोझी त कोही पनि देखिएन ।“ २....३ .....४.....५.....छ..., गाई गोरु त छ वटा पो बनाइसकेछन् हाम्रा जेठाउले ...” फेरि पनि मेरा कानमा आवाज आयो र चप्लेटीमा चढेर हेरेको त खरीबोटे कान्छाको छोरो पो रहेछ ! झकाएको बेला परेर मात्रै नभए त म उसलाई वोलीबाटै पनि चिन्दथें । कान्छो पनि छेवैमा आयो । ‘ मोरा ...! झकाएका बेला कहाँबाट लुकेर कराउँछस ? चिन्नै सकिन  नी ! कताको चौतारेका गहुँबारीमा पुग्छन ,कैले  न मैले  त्यसमा पनि भर्खर हेरेर ओर्लदैं मात्रै छु, यतिको चरिराखेका छन्, ऊ त्यो यौटा गाई चाहिं माथ्ला डीलमा पुगेछ अरु त जाँ को ताँहीं । अनि कान्छा कताबाट आइस त .... ?’ भनेर उसलाई सोधें । “खै कताबाट भन्नु हौ जेठाउ ...तिनै दुईवटा बोका बाँधेको छु, फुकाएर चराउन लैजाऊँ कता लैजाऊँ नाथे दुइवटा बोका बरु यसो दुइचार स्याउला भँचेर लग्यो पुगिहाल्छ, अरु काम गर्ने फुर्सद पनि हुने भनेर हौ जेठाउ, अनि हौ जेठाउ  उ... त्यो माथ्ला डीलमा चर्ने ठाठाडा सिङ्ग गरेको गाई त तिम्रा बगालको होइन त, कहाँबाट ल्यायौ ...,?” भन्दै कान्छाले सोध्यो ।“उही चौतारेकाबाट ल्याको नि, त्यसैले त अलिक त्यो चाहिं उँभो जान खोज्छ ,। के गर्नु कान्छा ! खाने बानी लागिहाल्यो, यसो भागाँ सेतो नभए गलाबाट जान मान्दैन,यसपालि घरमा भाका सबै थारै बसे, पैसाको डोहो त्यस्तै त हो नी ! अनि अन्त गएर ल्याउन सकिएन, दुई मल्ल रोजी बाख्रा र द्ुईवटा खसेडा समेत थपिदिएर ल्याएको, तै अझै त ठीकै छ यसो भाग बस्नसम्म पु¥याउँदै छ कान्छा...!” ’भन्दै आफ्नो ब्याथा उसलाई सुनाएँ । “बेसै ग¥यौ जेठाउ ! जसरी भए पनि निर्वाह त हो नी ” भन्दै कुवा माथि पहराको  भोगटेको रुखदेखाएर त्यसैको घाँस काटौं गाई बाख्रा रुंगिदेउ न भन्यो ।ठूलो रुख कान्छाका दुईटा बोकाले कति पो खान्थे र ..?मलाई पनि हुने भनेर दुबै त्यतातिर लाग्यौं । दिनभरि गोठालो पनि गरिने  साँझ थलामा देखाउन पनि हुने भन्ने लाग्यो । 

सेते रुखमा चढेर घाँस छास्न लाग्यो ,चैत÷बैशाखको खडेरी धुलो शिवाय केही पनि छैन , गाई बाख्रा सोहोरिएर घाँस छासेतिरै आए ।छाडौ भने बेलुकिको छाकलाई सम्झिएर काट्न थालेको घाँस, उता सेतेका टाट्नामा बाख्रा भोकै बाँधिराखेका, गाई बाख्रा छेक्दै घाँस सम्हालें । यसो दुई चार फुर्का छरी पनि दिएँ । बोटबाट घाँस छासिसक्दा समेलेर पनि सिद्याएँ । गाई बाख्रा वरिपरि, दुबै जनाले एउटा एउटा सुर्तिको लुँडौ पनि बे¥यौं । खडेरीको वेला घामले टिप्ला जस्तो राङवाङको झुलो, दलसिंङ्ग ढुङ्गामा एक चोटी भोटे चकमक ठोसेको थियो  आगो परिहाल्यो । सुर्ति सल्कायौं खाई सिध्यायौं । कम्मरको पटुका फुकाएर घाँसको भारी बाँधें, खुकुरी भारीमा सिउसरिएँ ,“जेठाउ ..! यो घाँसको भारी म  चप्लेटीसम्म पु¥याउँला, यो  चाहिं तिमी च्यापिदेऊ है” भन्दै सेतेले उसका बोकालाई लाने घाँस मलाई बोकाएर मेरो  भारी उसैले उठायो ।अँगालामा घाँस च्यापेर  म पछिपछि आएँ । चप्लेटीमा हामी दुर्बैले बिसायौं ा केहीबेर दुःखसुखका वात मा¥यौं । सेते बोकालाई अँगालामा घाँस बोकेर आफ्नो बाटो लाग्यो । एकचोटी गाई बाख्रा टहल गरेर शीतलमा जानु प¥यो भनेर गिन्ति गर्न लागेँ, उही चौतारेकाबाट ल्याएको गाई चाहिं छैन ।वरपर आँखा लाएँ  देखिएन । घामले घाँस पो सुक्ला कि भनेर आफैंले लाएको भाङ्ग्रा फुकालेर घाँसको भारी छोपें र गाई खोज्न लागें ।

साइनाले त चौतारे साइंलो मेरो काका ससुरो पनि हो ।गाई दिंदा पनि “ज्वाइँ ..! गाई त रोजी नै लग्यौ नी ! के गर्नु .. अरुलाई भए  बरु मरे गिद्घ घुमाउने थिएँ ,त्यति मै  त गाई दिने थिइँन, तर आफ्नामा कसरी नदिऊँ  भन्ने लागेर मात्रै हो, फेरि चलाउने भयौ भने त अरुलाई नदेऊ है ..!” भन्दै गाई बाटो लाइदिएका थिए तर त्यसको साँढे चोर्नमा रिपु रहेछ, मलाई के थाहा र ..?कहिले थलाबाट फुकेर त कहिले चरनबाट बगालै लिएर गएर टाहारको गहुँ उहिल्यै सिध्याइ सकेको रहेछ । गर्मीको वेला  हो न हो कुनै सिंयालतिर अल्मलिएको होला भन्ने ठानेर खोल्सी शितलतिरबाटै खोज्न लागें । खेज्दै जाँदा टाहारको डील मुन्तिर मात्रै के पुगेको थिएँ डाँडाबाट चौतारे साइली बर्नाउन थालिन् “..हैन.. ए...ऽ...ऽ  लुरिका पोइ ...! कि  को छ हँ गोठालो ...?अर्काका कोठेबारीमा त्यसका डाम्ना छाडेर कहाँ ढौंटारी मार्न पड्किएछन् कि....?” यस्तै बाणी फुत्कन लागे चौतारे साइली (मेरी साइंली सासु) का मुखबाट  । हुन त म पनि नजिकै पुगिसकेको थिएँ तर के गर्नु ...सासुका मुखबाट त्यस्ता शब्द बाण छुटिराखेका छन् , आफ्नै गाईले बिझ्याइँ गरेको छ जस्तो पनि भयो झट्ट वोल्न सकिन  पनि । एकछिन त नसुने झैं गरी चुपचाप लुकेरै बसें तर मेरो केही सीप लागेन ,लाजभाँड सबै वोल्न थालिन् । अरु भए त बरु २÷४  थप्पड लगाएर नाङ्गो पनि फेराइदिने थिएँ अर्मल पनि तिर्ने थिएँ जस्तो लाग्यो तर के गर्नु सासु परिन् ।

” ए बाबा हो..! लाएको बाली त पकाएर खान पाइन्छ है ...! कसैले नपालेका डाम्ना पो पालेछन् है लुरीका पोइले त .., कि को म¥यो र साँडे छाडेको हो कि के हो...?हैन भने यतिको बिझ्याइँ गरुञ्जेल आफैं आइसक्नु पर्ने हो , घाँटी सुकुञ्जेल कलासी  सकें र पनि कोही देखा पर्दैनन्....”  भन्दै उत्पातै गर्न थालिन् । केही सीप नलागेर “ए सासू बज्यै  ! कति खसालेर भन्न सक्नु भएको , म पनि आउँदै त छु नी ” भन्दै देखा मात्रै परेको थिएँ ,“ आफ्ना मान्छे, सारो गारो त्यस्तै हो भनेर ढुङ्ग्राभ।िको दूध दिने गाई, बाख्राका पाठासङ्ग साटिदिएँ, ल्याएर आफ्नै कोठेबारी सखाप, अझ खसालेर वोलिस् रे !  कहाँसम्मका होइनन्, मान्छेलाई दिएर आफ्नो हुँदैनन् भन्थे, यस्तै त होला नी ...?” भन्दै डाडा पाखा नै थर्कने गरी कुर्लन थालिन् ।सुन्नेलाई सुनिसक्नु छैन ...., ए  के  के न भएछ कि जत्तिकै पारिहालिन् । वल्लाघर पल्लाघरका सबै मान्छे जम्मा भए ।

सासुले हुने नहुने जम्मै वोल्न थालिन् । भेला भएका कसको आँट र चौतारे साइलीलाई रोक्ने । सबै चुपचाप कुरामात्रै सुन्न लागे । अचाक्ली भएपछि मेरो पनि कन्सीरी तातेर आयो ,“ हैन ए सासु आमा ! के के भन्न सकेको हँ, दुईखुट्टामा सुराल लाउने लोग्ने छोरो हुुँ , बरु ५ को १० तिर्न राजी छु  गाली खप्न सक्दिन ..!” मात्रै के भनेको थिएँ ,“ के रे के रे अभैm धाक लगाउने , भाङ्ग्रा फुकालेर चप्लेंटीमा टाँगेको देख्छु , कम्मरको पटुकासम्म कहाँ फ्याँके पत्तो छैन, लरीलाई चिची र भूँडी स्याहार्न लाएर कुन नखरमाउलीसङ्ग ढौंटारी मार्न गएका थियौ र अर्काका बालीमा तिम्रा डाम्ना छाड्यौ ...? कि के छ विचार र अभैm पाखुरा सुर्कँदै धाक लगाउँछौ...?ए समाज हो सोध सोध यिनलाई ” भन्दै कङ्कलाश्री नै गर्न लागिन्।

गाई अघि नै लगेर बाँधिसकेकी रहिछन्, कुरा चपाइचपाई समाजले पनि उनकै पक्षमा वोल्न पर्ने नत्र समाजलाई नै हम्मे । के भएको हो, कति बिमाख भएको छ ? हेर्नु ठहराउनु प¥यो नि त भन्दै समाजले पनि मलाई नै केरकार गर्न थाल्यो। “आएर पसेकोसम्म थियो होला ,हेर्दाहेर्दै आएर पसेकोसम्म मात्रै हो तर उस्तो नोक्सानी नै पु¥याउने वेला त भएको पनि थिएन ‘....”भने , यावत कुराहरु वताएँ ,भएको पनि त्यस्तै नै थियो तर चौतारे साइंलीले मेरो कुरा टिक्नै दिइनन् ,“ ए वावा हो ..., हेर्दा पनि त थाहा हुन्छ नी , लौ तिम्रा पनि आँखा फुटेका छैनन् होला ..., हिंड न हेर्न , हिउँदभरि गाई बाख्रा थला सारी सारी मलें अझ विकासी मल पनि ल्याएर हालें, रातारात नसुति कुलो ल्याएर लाएँ , त्यति गरेर मुखाँ ल्याको बाली ,....बारीमा गएर हेर्दा त छाती राख्ने ठाउँसम्म पो छैन त ....ऽ....ऽ...” भन्दै क्वाँ ...क्वाँ गरेर रुन थालिन् । जुटेका समाजसङ्गै बारीमा गएर हेरें, साँच्चै टाहारको गहुँ त सखाप नै रहेछ । कहिले देखि खाएर सुकेका ठूटा ,,गुइँठा गोबर मात्रै छ । “ आजै खाएको त होइन होला ,पहिल्यै खाएर सुकेको जस्तो पनि छ ” मात्रै के भनेको थिएँ ,सासू उर्लन थालिहालिन् ।“ लोग्ने छोरो रे ,अगि चाहिं ५ को १० तिर्ने फुर्ति लाउने , अहिले चाहिं आज खाएको होइन रे ...., हैन कसरी भन्न सकेको हँ ..? यस्तो खडेरी छ ,ढुङ्गोमाटो नै सुक्ला बल्लाजस्तो भएको ,कसरी सुक्दैन ..? चुँड्नेवित्तिकै पराल हुँदैन कि ...?” भन्दै । चौताराको शितलमा बसेर निर्णय गरौं भन्दै सबै चौतारातिर लाग्यौं ।

अहिले कि पहिले खाएको भन्ने निक्र्यौल गर्नु थियो । सबै शितल छहारीमा बस्यौं ।उता पाखामा छाडेका गाई बाख्रा कता पुगिसके पत्तो छैन । बाख्रा बगाल छुट्टिएर एक बगाल चप्लेंटीम चढेर अघि राखेको घाँस सखाप ,अर्को बगाल चर्दै चर्दै उही टाहारमा आइपुगेछन् ।सासूका आँखा त्यतै पुगेछन् उनलाई पुगिहाल्यो । “हेर ए समाज हो.....टाहारमा ..! आजमात्रै हो रहेछ र ...?कहिले देखि पल्काएर सकेका रहेछन् ,” भन्दै सासूले सबैको ध्यान त्यतै खिचिन् ।अब भने मेरो केही लागेन । बिचरा पशु न हो , चर्दै जाँदा त्यहीं पुगे, त्यो पनि त्यसै दिन मात्रै हो, तर के गर्नु परिबन्धले गर्दा सँधै खाएको ठहरियो अर्मल भयो २ मुरी ११ पाथी, गहुँ तोरी बराबरी मिलाएर तिनृुपर्ने भयो ।ाथमा पैसा छैन ,न त मनग्यै बाली नै आपूmसङ्ग, भाका माग्न नपाइने , साह्रै गल्जो प¥यो ।“पञ्चकिर्ति मोल गर , म यही गाई बुझाउँछु , बढी भएको थपिदिऊन्” भने । साटासाट गरेको हुनाले दाम नगरेको गाई थियो । “यस्तो चोक्रे देशान् ,मलाई चाहिंदैन, जे बिमाख भाको छ त्यही भरपूर गरून् ...!” भन्दै सासूले बाउँठा कुरा झिकिन् । दाम त्यतिमा पाइने गाई त थिएन तर के गर्नु लेऊ लेऊ र देऊ देऊ नमिल्ने बिन्तिभाउ गरेर बल्ल तल्ल मनाएँ ।“ के गर्नु ,आफ्नामा कसिकसा उगर्न पनि कसरी, फेरि भएन मेरा पनि २÷४ गाईबाख्रा छन् नि त, पशु न हो , कोही दिन  अर्काका बालीमा नजाला भन्न सकिन्न, अझ  अर्मल उठाएर त नखानु पनि भन्छन्, कोहीदिनको भरअभर यस्तै हो, भेटें भन्दैमा रेट्नु पनि त भएन, भैगो न त यही गाईमा चित्त बुझाउँला, जे भए पनि दुहुनु गाई हो मानो मुठी जति भा पनि देला नी त । त्यही खाउँला चित्त बुझाउँला ,” भन्दै मुसुक्क हांसिन् । बाँकी गाईबाख्रा जम्मा पारेर लिएर घर आएँ ।

साँझ पर्न लागेको थियो । म अँगेनोको छेउमा बसेर सुर्तिको लुँडो बेर्दै थिएँ । टाट्नामा बाछो ट्वाँ टवाँ गरेर कराइरहेको थियो । भतिजो भुण्टेलाई साथी लिएर सासू बज्र्यै आइपुगिन् ,“हेर.. यता बाछो भोकाएर ट्याँ ट्याँ गरेर कराइराखेको, उता माउ दूध गनिएर बाँ बाँ ..., ए भुण्टे ..! भिनाजुलाई भन्भन् ,बाछो लिन आयौं भनेर ” भन्दै भुण्टेलाई अह्राइन् । म भित्रैबाट सबै कुरा सुन्दै थिएँ , सुर्ति सल्काएर बाहिर आएँ ,कटेरामा गएर बाछो बाँधेर ल्याएर सासूकै हातमा दाम्लो समाउन दिएँ र मैले अर्मल तिरें । बाटो लाग्ने वेलाम “आउँदै गर्नु है ज्वाँइँ, खाने बानी परेका केटाकेटी छन्, यसो पालाँ मानो मुठी मोही लगेर दिंदै गर्नु है ” भन्दै आफ्नै हातले अर्मल असुलेर सासू आफ्नो बाटो लागिन् । 

३ दिन पछि उही गाईले आएर मेरा जुठेल्नाका चिसामा रोपेको २ , ४ बोट साग उगालिदियो, तर खै कस्ले हेरिदिने मेरो नोक्सानीको अर्मल ।
२०५३÷१२÷ ०६ ,(चुङ्खुरुङ) 

कथा


                                           उधारो


(“नरहे बाँस नबजे मुरली” सुधा र सागसमा कसैको रित्तो वर्तमान अहिलेसम्म ज्यूँका त्यूँ नभैदिएको भए उनीहरुबिचको सम्बन्ध आज उधारो भन्नु पर्ने थिएन ।)

‘दुई दर्जनभन्दा बढी हिउँद र गृष्महरु सागरका निम्ति कुखुराको विहानीसङ्गै उदाउँथे र सन्ध्याको सुस्केरा हाल्ने कन्धरामा आश्रय खोज्न पुग्दथे । उही ठाउँलाई चट्ट माया मारेर छाड््््््न सागरले नसके पनि जीवनको गन्तब्य खोज्ने क्रममा केही बर्ष यता आफ्नो यात्रालाई सागरले अलिक कोल्टो फेरेर बढाएको थियो । आफैं भित्रको जीर्णकथा अरुलाई सुनाउन सागरले उत्तिको ठीक नठानेर आजसम्म नै भेद खोलेर कसैलाई भनेको पनि छैन र भनेको जति चाहिं ढाँटेको पनि छैन ।’

हिउँदको दिन भए तापनि धेरै दिनसम्म पानी नपरेकाले आकाशमा तुवाँलो छाएको थियो । भोगटे भीरको फेदिबाट खानी खोलाको तीरैतीर हिंड्नुपर्ने, बेलाबेलामा भूमरी परेर खोलाको बालुवा ह्वा...र्र ह्वा..र्र हुँदै लुँडिएर बाटो सम्म आउँथ्यो । ‘खोलाको किनारको बाटो जति चाँडै काटिसक्न पाए चिसेनी पाखाको उकालो त बेलुकीको पहरमा बिस्तारै उक्लने थिएँ’ भन्ने सोच्दै सागर आफ्नै सुरमा फटाफट हिंड्दै थियो। मूलबाटो भएकाले अरु बटुवाको पनि कमी थिएन तर सबैको हिंडाइ एकनास भएको चाहिं होइन । कोही नौला त कोही पुराना, कोही चाँडै हिड्ने त कोही बिस्तारै हिंड्ने धेरै किसिमका बटुवाहरु भए तापनि बाटाको माम्लो भरअभर एकले अर्कालाई हेर्नै पर्ने, सागर हूलमा मिलेर हिंड्न थाल्यो । त्यही हूलमा थिई सुधा पनि ।केहीवेरको हिंडाइपछि सुधा र सागरबीच वोलचाल शुरु भयो ।वास्तवमै यी दुई (युवा–युवती)बीच औपचारिक परिचय पनि भएन ।हेर्दामा आधुनिक समाज र संस्कारका अनुयायी नै हुन् भन्न सकिने यी दुईले औपचारिक परिचय त नभई नै एकले अर्कालाई राम्ररी जान्ने भए ।साहसका बलिष्ट बाहू र विचारका सम्राट जस्ता देखिने यी दुईमा न त पुरानो सम्बन्ध भएको अनुमान लगाउन सकिन्छ न त नयाँ सम्बन्धको नै शङ्का गर्न । न त खुलेर वताउँछन् न त बनाउँछन् नै ।

जीवनको यात्राजसरी पदार्पण गरेको यो बाटो आवधिक बिसाउनी पनि थियो । जहाँ प्रायः समान उमेर समूहका, औकात,ओहदा र औपचारिक जीवनशैली हुनेहरूको जमात हुन्थ्यो आवधिक रूमा नै ।

कुरा काट्नेहरु कतिले पुरानै सम्बन्ध्को अनुमान लगाएर सुधा र सागरको सम्बन्ध केलाउन खोजे । कसैले नयाँ सम्बन्धको शङ्का गरेर हँस्सी उडाउन खोजे तर उनहिरुको साम्नेमा हैन पछिल्तिर मात्रै र जति खोतल्न खोज्दा पनि त्यति नै जवाफ पछिल्तिर बाटै अरुहरुले नै दिने गर्थे ÷पाउने गर्थे । उनीहरुमा न त पुरानो सम्बन्ध नै थियो न त नयाँ....? तर पनि आपसमा नजिकिएका चाहिं हुन पनि । न त पुरानो महत्व छ न त नयाँको कुनै रहस्य नै ।समयले समयलाई भन्दा पनि यथार्थलाई भुत्ल्याउने र नङ्ग्राउने गर्छ । हेर्दामा झण्डै एउटै उमेरका हुन कि जस्ता देखिने सुधा र सागरले एक अर्कामा आफ्नो उमेर पनि वताएनन् सम्बन्ध पनि देखाएनन् र बनाएनन् पनि ।दुरीकै समेत सामिप्यता थियो उनीहरुको बसाइमा । समाज, जीवन र जगतप्रतिको उनीहरुको समान हेराइ, समान सामाजिक मर्यादा अनि मित्रत्व पनि । प्रत्येक दिनको पहिलो भेटमा अभिवादनको आदान प्रदान हुनेगथ्र्यो र केही समय बितेकै पनि थियो ।नखोजी पनि उमेरमा सागर केही जेठो भएको प्रमाण लाग्यो त्यसैले सुधा आदरभाव राख्न चाहन्थी, सागर चाहिं समान हैसियत नै राख्न चाहन्थ्यो ।नजाने अन्तर मनभित्र कस्ता चाहनाहरुले घर गरेथ्यो कुन्नी ...? तर एकअर्काको प्रशंसा गर्न यी दुईले कहिल्यै जानेनन् र आफैं मध्येको अर्काले गरेको टीप्पणी पनि कहिल्यै स्वीकारेनन् ।

भिन्दा भिन्दै ठाउँको प्रकृतिले सुम्सुम्याएर पनि समयको हुरीमा भने एकै ठाउँ होमिएका सुधा र सागरको सामिप्यता, एकले अर्कालाई कति सुन्दर, शान्त, स्वच्छ, सरल र पवित्र देख्ने गर्थे । कुरा काट्नेहरुको शङ्कालाई चुनौति दिएको उदाहरण आफैं बन्दथे । आपसी ब्यबहार र आचरणमा आदर्श देखिएका यी दुई युवायुवती को थिए ? को हुन ? र को हनेछन् ?यी प्रश्हरु दुबैसित थिए तर अनुत्तरित नै ।समय बित्दैजाँदा बरु उनीहरुले एकले अर्कालाई आफ्नो जीवन कथा जम्मै सुनाए तर आपसमा को हौं ? र को हुनेछौं ?यो भन्न चाहिं कहिल्यै जानेनन् । यात्राको एक अध्यायको अन्त्य पनि हुनेवेला भइसक्यो ।

सुधा र सागरको भेट पातलिंदै गयो ।हात पसारेर क्षणिक अवधि सिदा पाएका नियतिहर अर्काकै निम्ति चाहिं आदर्श नियति बनेका थिए तर आफ्नो लागि भने सोचे सोचेनन् ...? एकले अर्काका निम्ति पनि सोचेको थाहा पाइएन । सोचेकै भए पनि कहिल्यै ओकलेको पाइएन । निकै दिन पछिको एउटा भेटमा सागरले सुधालाई भन्यो “सुधा..! म तिम्रो अलिकति समय लिन चाहन्छु , दिन सक्छ्यौ ..?” उत्तिको निकटमा रहने एउटा मान्छेले अलिकति समय लिन चाहनु कुनै अनौठो त होइन तथापि सुधाको निम्ति छिनछिनको महत्व रहेको त्यस घडीमा समय दिनु चाहिं सुधालाई सहज त थिएन । आजभन्दा अघि सागरको चाहनालाई कहिल्यै घिडघिडो नपारेकी सुधाले आजको सागरको प्रस्तावलाई उधारो पार्न त चाहिन र अप्ठ्यारो मान्दै भनी “दिन नसक्ने त होइन तर कति समय होला ..?” “थोरै मात्रै लिन चाहन्छु ”सागरले झट्ट जवाफ दियो ।सुधाले त्यतिखेरै समय दिन चाही तर सागरले मागेको समय तयो थिएन । अर्कै समयलाई माग्यो , सुधाले स्वीकारी ,अर्को भेटको निश्चय गरी त्यसदिन उनीहरु छुटे ।

सागर आफ्नो गन्तब्य खोज्ने दौरानमा अर्काको निम्ति पनि पर्याप्त सोच्ने गथ्र्यो । कसैका निम्ति सोच्न ,अनुमान लगाउन न त साक्षात्कार नै हुनुपर्ने ....न त स्वीकृ िनै लिनु पर्ने ..?सागरले सुधाको भावी दिनका विषयमा सुदीपसङ्ग केही कुरा गरेको थियो । वास्तवमा सुधा तनभरि यौवन भरिएर पनि खाली सिउँदोका दिनहरु बिताइरहेकी थिई । जीवन जिउने गोरेटोमा कतै अघि र कतै पछि हुँदै सुधा र सागर सङ्गै हिडिरहेको शैलेस आफ्नो खाली अङ्गालोमा सुधा रहन्छिन भने स्वीकार गर्न तैयार थियो । यो कुरा पनि सागर र सुदीपलाई थाहा थियो ।सुधा र शैलेशका मनभित्रका चाहानाहरु एकआपसमा मेल खाने खालका भए एक जोडी आदर्श दम्पत्तिको पनि परिकल्पना गर्न सकिन्थ्यो भन्ने ठहर सागर र सुदीपको थियो ।अपितु सागरले मागेको सुधाको समयको उपयोग सागर र सुदीप्ले नै गर्ने श्चिय पनि थियो ।

योभन्दा अघि कहिल्यै पनि सागरले यत्तिको अप्ठ्यारोमा पारेर सुधासङ्ग कुनै सम्झौता गरेको थिएन ।कहिल्यै वोलेकोसम्म थिएन ।आफ्ना नितान्त ब्क्तिगत मामलामा सुधाको भावनालाई कहिल्यै पनि खल्बल्याएको थिएन तर आजको यस्तो ब्यस्त समयमा किन ......? सुधालाई साह्रै खटपटी भयो ।उसले उही वाक्य सम्झी “सुधा ! म तिम्रो अलिकति समय लिन चाहन्छु , दिन सक्छ्यौ ?”अनि कल्पनाको अनन्त सागरमा हाम्फालेर विचरण गर्न लागी ।“कतै मैले अक्षम्य अपराध गरेको भएर मलाई बेस्कन गाली गर्न र प्रायश्चित गराउनलाई त वोलाएको हौइन ...?” फेरि आफैं सम्यमित हुँदै सम्झन्छे “ हैन मबाट त्यस्तो कुनै गल्ति भएको पनि छैन ,आजभन्दा अघि पनि मबाट कुनै गल्ति हुनलागेको थाहा लाग्दा आफ्नो सारा काम छाडेर पनि मलाई गल्तीबाट जोगाउने त्यस्तो उद्धार हृदयको सागर कदाचित मबाट भूल भएको भए पनि शान्त र संयमभ एर नै सच्याउने आग्रह गर्दथ्योे । कतै सागरबाटै गल्ति भएर आफ्नो गल्तिको प्रायश्चित गरेको साक्षी बनाउन त मलाई वोलाएको होइन ...?मेरो यस्तो ब्यस्त समयलाई सागरजस्तो संवेदनशील मान्छेले माग्नु ..त्यो पनि जानाजान ....? पक्कै कुनै रहश्य त हुनैपर्छ ।” सोच्दा सोच्दै चिन्ताको भयावह गहिराइमा सुधा चुर्लुम्म डुबी । अब उसलाई समय दिन हतार हुन थाल्यो ।थोरै समय भनेकोमा सुधा अब धेरै समय पनि दिन तयार भई परन्तु सागरले मागेको समयमा पुग्न भने प्रक्षिा नै गर्नु पर्ने थियो । सुधाको निम्ति समय पला घडी बन्यो ,घडी त बर्ष नै हुने भयो र समय त घिस्रेर पो चल्ने भयो ।उसका लागि जिन्दगीको सबैभन्दा लामो घडी भनेको त्यही भयो जुन सागरले मागेको समयको प्रतिक्षाको घडी थियो ।भावनाका श्रृङ्खलाहीन तरङ्गहरु सुधाका मनमा तरङ्गिन लागे ।केही दिन अघिमात्र सुधाले आफ्नो घरमा सागरको विषयमा भलिभाँति कुरा गरेकी रहिछ ,त्यो कलुषित होस् वा पवित्र ...?झट्ट उही कुराको सम्झना आयो र ऊ झस्किई ।कतै त्यही कुराको भेद खुलेर पो सागरले अब के भन्न लागेको हो ..?रगतको साइनोले सानीमाको एघार पुस्तासम्म साइनो नजोडिएको मान्छे ,कतै....! सुधा आफैभित्र हराउन लागी ।अब उसलाई यतिमात्र हेक्का रह्यो ‘सागरले समय मागेको छ र त्यो समय भनेको यतिखेर हुनेछ ।’ सागरकी चीरप्रतिक्षित सुधालाई न त निद लाग्यो न त भोक नै । हरहमेसा आफ्ना थुप्रै कल्पनाहरु सजाई , कति सपनाहरु हेरी र जलाई ।साहै्र बेचयनको घडी भयो सागरले मागेको समयसम्म पुग्नलाई । किन मेरो ब्यस्त समयमा सागरले मसङ्ग समय माग्यो ..? अन्त्यहीन र अनुत्तरित प्रश्नहरु किन किन ?मात्रै सुधाले पाउन थाली ।

“ आज सुधासङ्ग साह्रै संवेदनशील कुरा गर्नु पर्ने छ ,हगी..!”सागरले सुदीप्सङ्ग भन्यो ।सुदीप् कुनै कुराबाट पृथक थिएन ,हो ! को संकेतमा मुन्टो हल्लायो । साथमा सन्तोष पनि थियो तर ऊ भने यतिका कुरासङ्ग परिचित थिएन । केही वुझ्न चाहेको थियो तर न त सागरले नै केही भन्यो न त सुदीपले नै ।उसकै लागि समेत कौतुहलको विषय बन्यो त्यो अवस्था ।प्रतिक्षाको डोरी समातेर बसेकी सुधा ठाउँ र समयलाई फरररक नपारी आइपुगी ।मनभरि भावनाका तरङ्गहरु र कौतुहलताका झन्कारहरुले थर्काइरहेको सुधाको अर्धलज्जित अनुहार , उसको ब्यस्त समय त बिस्मृतिको आकाशमा पखेटा फिंजारिरहेछ तर पनि ‘किन समय मागेको हो ?’भनेर झट्ट  सोध्न चाहिं सकिन , मनभरि जिज्ञासा कौतुहलता र धुकधुकी  बोकेर प्रतिक्षा गरिरही ।

भन्नुपर्ने विषयबस्तुलाई भन्दा भूमिकालाई बढावा दिंदै सार र सुदीप् पालै पालो गरेर कुरा खोतल्न थाले ।कुराको थालनीबाटै प्रष्ट भएको थियो  कि सुधाले शङ्कागरेअनुसारको कुनै गल्ति त सुधाबाट भएकै छैन तयसैले त्यस बापद कुनै सजायको भागी बन्नुपर्ने छैन । तथ्यभित्र कति शङ्का लुकाउने ठाउँ हुन्छ तर प्रमाणयुक्त भएपछि लुकाउन सकिंदैन । थालनीबाटै विषयबस्तुको अनुमान लगाइसकेकी सुधा आफू र आफ्नो फक्रँदो यौवनलाई  नियाल्न लागी ।  आखिर उसको कल्पनाभन्दा बाहिरको कुरा थिएन ।उसलाई संकोच, लाज ,भय, सबैले एकैचोटी गाँज्यो । अनुहार भरि लज्जाका धर्साहरु कोरिए ,धुकधुकी बढ्न थाल्यो ।  शिर निहुराएर संयम बन्न  खोजी  तर संयमताको बाँध फुट्लाजस्तो भयो ।ऊ अवाक भई , भूमिकाबाटै कुरा बुझिसकेकी  भए पनि बुझ पचाएर सोधी “के  भन्न खोज्नुभएको हो..? कुरा वुझिन नी त ...!” कुरा बुझिन नी त भने पनि  कुरा बुझेर निर्णय लिनु छ भन्न्ो कुरामा ऊ सजग पनि थिई  ।यस घडीमा सुधा आफ्नो कल्पनाको महाआकाशमा उड्न लागी ।मानौ अहिले ऊ जीवन यात्राको महासमरमा भोलि खोज्न आतुर छे ।उसको ककलपना रणचण्डी भएको छ र लक्ष्मणरेखा भित्रैबाट ऊ धनु चलाएर सरले रावणको टाउकोको निशाना  राखेको छ उता मनभित्रबाट अनुमानले लङ्का जलाउँदै छ ।उसलाई सीताको निसाले सताएको छ  मानौ अहिले ऊ दरबार हैन सानो घरबार समेत  त्यागेर  रामसङ्ग वनबास जाने तयारीमा लागेकी छ ।उसले अहिले नयाँ संसारको कल्पना गरेकी छ ।उसलाई थाहा छ ‘अहिले मेरो विवाहको कुरा भइरहेको छ र ऊ जान्दछे पनि अब ऊ विवाह योग्य भइसकेकी पनि छ ।तर ऊ भन्न सक्दिन यही मान्छेसङ्ग मेरो विवाह होस भनेर । उसभित्रको बिस्मृतिको संसारमा अलिे नयाँ आत्माले सिंहासन जमाएको छ ,यस वर्तमानसङ्ग उसको कति सम्बन्ध छ ...? उसको निर्बल हृदयले बुझ्न सकेन । ऊ मात्रै त्यहाँ राखिएका सर्तहरु सहजै स्वीकार्छे र आपूm जो संग चाहन्छु उसैसंग मेरो विवाह हुने कुरा हुँदैछ भन्ने उसले सोचेकी छ तर उसलाई भनिएकै छैन कि दुलाहा को हुन्छ भनेर ...!

कुराको अन्तिम बिसाउनीमा सम्भावित दुलाहाको नाम प्रस्ताव गरियो ।उही सुधाको चिरपरिचित शैलेश नै सुधाको जीवनसाथी बनाउा चाहेको थहा पाउनासाथ यतिञ्जेलको सुधाको भावनाको महलभित्रको महल भत्किएर भग्न भग्न भयो ।उसको अनुहार फुस्रो भयो ,घाँटी सुक्यो ,झस्किई ,मानौ ऊ कुनै छाँगाबाट झरेकी छ ,तर उसमा भएको अघिको विक्षिप्त भाव हराएको छ ।ऊ हाृसमा आई र सञ्चित गरिराखेको आफ्नो प्रतिकार जनाई । “हुनै सक्दैन ....!” हृदयले स्वर सुन्नेहरु त यस संसारमा नै कमै मात्र पाइन्छन् ।‘किन सक्दैन ..?’ फेरि सुधापट्टी नै प्रश्न खनिन शुरु भयो ।जति खोतले पनि कुरा कैंचे नै रह्यो ।सुहाए पनि मिल्दैन ,मिले पनि जुर्दैन ,जुरे पनि सम्भव छैन ,सम्भव होला तर .....!यस्तै यस्तै अनगिन्ति अप्ठ्याराहरुको नै भेल आयो ।सबै अप्ठ्याराहरुको पहिचान ,सामना र फैसला गर्ने जिम्मा सागरकै ठह¥यो ।सुधाले आपूmलाई कति सम्यम बनाएकी थिई तर अन्तमा सागरलाई प्रश्न त रखेरै छाडी “ सागर..! तिमी चाहिं विहे गर्दैनौ...?” गर्भे कुराको अर्थ लाग्ने युगमा जन्मिसकेको कु्राको अर्को अर्थ नै किन खोज्नुपथ्र्यो र...?सागरले कुरा बुझिहाल्यो र उत्तर दियो “गर्नेछु सुधा..तर तिमीसङ्ग होइन ।”

सुधा र सागरकाबीच रगतको भने नाता लाग्दै लाग्दैन तर आत्मीयताको भने साह्रै नजिकको नाता छ सम्भावित दम्पति भन्न पनि सुहाउँदा नै छन् तर सागर भने सुधाको हातको भाइटीका लगाउन चाहन्छ त्यसैले विवाह सम्बन्भि लामो बहस पछि आसय खुल्नेगरी सुधाले ‘तिमी चाहिं विहे गर्दैनौ..?’भनेबाट सागरको पवित्र भावका श्रृङ्खलाहरु टुक्राटुक्रा भएका छन् ,यद्यपि सुधासङ्ग विहे गर्न त ऊ अझै पनि चाहँदैन तर आफ्नो पवित्र आस्था र विस्वास माथिको बज्रपातको बदलामा ऊ सुधालाई पनि छियाछिया बनाउन चाहन्छ ।उसले रोजेको भाइटीकामा कलङ्क देख्छ र सुधालाई आपूmसङ्ग विवाह भएको कल्पनामा उडाएर रमीता हेर्न चाहन्छ ।भाइटीकाको केशरी टीका र सयपत्री मालालाई विवाहको सिन्दुर र पोतेसङ्ग जुवारी खेलाउन खोज्छ । जसरी तिमी चाहिं विहे गर्दैनौ सायर ..? ले सागरलाई पिरोलेको छ त्यसैगरी गर्नेछु तर तिमीसङ्ग होइन ले सुधालाई पनि नङ्ग्राएको छ । सागरको पवित्र संंसार सल्किएको छ ,डढेको छ भने सुधाको सपना जलेर आफैंपिरोलिएकी छे । सुधाले सोचेकी थिई सागर र सुधा भन्ने यी कुमार कुमारीहरुको अन्तिम कडी भनेको सागरले मागेको समय हो र त्यसपछि उनीहरु प््रणय सूत्रमा बाँधिएको आ–आफ्नो चोखो अङ्गालोमा एकले अर्बालाई लिनेछन् । इन्द्रेणी कल्पना र सुनौला सपनाहरुमा विचरण गर्नेछन् ।तर त्यसो हुन नसकेपछि सुधालाई हीन भावले पिरोल्न थाल्यो ।उसको ब्यस्त समय पनि हुरीमा बालुवा उडे झैं उड्न थाल्यो ।समयको महत्व विर्सिएर  वा सम्झिएर पनि समयलाई सदुपयोग गर्न छाडी । उपायको खोजी गर्दै रहँदा झिनो आसासम्म पलाउन सक्ने उपाय देख्दछे सागरसङ्ग फेरि एकपटक भेट गर्नु ।तर कहाँ र कसरी भेट््ने ....,?

सागरसङ्ग भेट गर्ने  कति उपायहरु सुधाले रचीसकी तर कुनै पनि सजिलो ठहरेन ।अनायास उसको मनमा के ले झम्टियो कुन्नी सागरलाई एउटा पत्र लेखी ,पोष्ट गर्न गई उसलाई डर लाग्यो ,हातगोडा कामे ,कतै अनर्थ हुनेगरी त केही लेखेकी छुइन भन्ने शङ्का लाग्यो र पोष्ट गरिहाल्न सकिन ,एकान्तमा गई र आफैं एक पटक पत्र हेरी ,फेरि पट्याएर खाम भित्र हाली ।पोष्ट गरी र अनेक तर्कना मनमा खेलाउँदै घर फर्की ।अझै पनि पत्रमा अनर्थ केही लेखिन गएको छ कि भन्ने डर उसलाई रह्यो । यदि त्यसो भएमा सागर रिसाउला भन्ने डर उसलाई भयो र रिसाएको सागरको अनुहारको कल्पना कति गरी तर मिलाउन सकिन किनकी आजसम्म सागर उसङ्ग कहिल्यै रिसाएकोसम्म थिएन ।फेरि सम्झी सागरले आजसम्म त उसको कुरालाई अस्वीकार गरेको भनेको मात्रै विवाहको कुरा हो अब फेरि भेट गर्ने कुरालाई पनि अस्वीकार ग¥यो भने चाहिं आफ्ना सारा सपनालाई नै जलाइदिने अठोट गरी सुधा आफ्नो घर पुगी ।

आफ्नो अस्तित्वको लेपन लगाएर रङ्गीबिरङ्गी फूःलका बुट्टा कुँदिएको  कल्पनाको ऐनालाई साम्नेमा टाँगेर आफ्नो अनुहार ,अस्थिपञ्जर ,यौवन ,क्षमता र जवानीलाई आपैंmभित्र कल्पिएको रङ्गीन फित्ताले नाप्नथाली सुधा। त्लाउको कमलको पूmल पहिलोपटक  फक्रिए झैं लाग्यो आफ्नो रुप र उही तलाउको हिलासङ्ग आफूःलाई दाँज्न खोजी तर प्रशस्त अन्तर देख्न थाली र देखिरही आपूm वासनामय पूःल र अनि चुम्दै र घुम्दै रहेका भमराहूरु ।वास्तवमा एउटा कमलको पूmःलले तलाउ र हिलोभन्दा पृथक आफ्नो जिन्दगीको कल्पना गर्नु सरासर गलत थियो तर सुधाले तलाउको बीजलाई पूmःलाउन सुन्दर गमला चाही ।यथार्थमा कुनै कोही तलाउभन्दा छुट्टै आधार र अस्तित्व नभएका भए पनि सुधाको दृष्टिमा सागर नै एउटा गमला ठह¥यो र यो उसको दृष्टि भ्रम मात्रै नै थियो ।कल्पनाको ऐनालाई पनि अगाडि मात्र राखेर रुप श्रृङ्गार्ने सुधाले पछितिर फर्किएर आफैंलाई नियालेको भए उसका घुँडीखोप्रामा कति पत्र मैलो जमेको थियो ....? मात्रै अनुहार सुम्सुम्याउने सुधाको गोलीगाँठाले कति हिउँदको तुसारोमा काँचुली फेरिसकेको थियो .....?त्यो त सुधालाई पत्तै भएन ।हजरवाले जुत्ता फुकालेर जँघार तरेको खोलामा पक्की पुल बनेर त्यसै माथि रेलमोटर दगुर्न थालेका छन् तर सुधाजुत्ता हातमा बोकेर तर्न चाहन्छे । बेंसीको घाँस दाउरा गर्ने फड्के मक्किएको थाहा नपाएर चुच्चे जुत्ता लगाईलगाई तर्न खोज्छे ।कतै.....?.....?

आपूmःलाई सुम्पिएको श्रेय सम्हाल्न नै सागर तल्लीन थियो किन्तु केही विचलित पनि । कतै सत्यकै निम्ति भनेर सत्य वोली पाइएमा सुधाको भावनाको प्रतिकुल निर्णय लिनु पर्ने त होइन ....?आजभन्दा अघि उसको भावना नमारेको सागर यदि त्यसो हुन गएमा आपूm अक्ष्यम्य अपराधी बन्छु जस्तो मान्दै थियो ।उसको सोचाइलाई नै भताभुङ्ग पार्दै हुलाकीले एउटा पत्र दियो सुधाले लेखेको र आफ्नो बाटो लाग्यो ।सागरले पत्र खोल्यो —

“सागर..! तिम्रो श्रेय सम्हाल्न हतार नगर जुन म र शैलेससङ्ग सम्बन्धित छ । परन्तु फक्रने पूmललाई भमराले चुम्नु पनि अनौठो थिएन तर पवनभरि खोजे पनि शुभाष छर्ने ठाउँ नपाई अल्मलिएकी छु ,अप्ठ्यारो मान्दैनौ भने फेरि पनि सागर....?किन...?किन....?शरदमा नै शिशिरले उजाडे जस्तो लाग्छ ,एउटा जुनेली हेर्ने धोको बोकी बोकी ब्याकुल भएकी छु ,जसरी भए पनि भेट गरौं न ...!म यसै नओइलाऊँ ,...पत्रमा अटाउन सकिन अरु भेटमा ।”— सुधा ः  
  प्रत्येक वाक्यको आसय भलिभाँति हुनसक्थ्यो । सागरले जबरजस्ती अर्थ लगायो । सुधासङ्ग भेट गर्न मन लागेन तथापि ऊ भेट चाहिं दिनै चाहन्थ्यो ।किनकी ऊ सुधालाई पराइ ठान्दैन ।किन्तु सुधा आफ्नी बन्न चाहन्छे ऊ त्यो पनि मान्दैन । आफैं अठोट गर्छ ‘सुधालाई भेट दिन्छु भन्ने र उसको भावना फुलेको फुलबारी र कल्पना फैलिएको आकाशभरि उसलाई उडाइदिन्छु । ऊ खुसी हुन्छे म त्यही रमीता हेर्छु । उसको खुसिलो पन नै मलाई मन पर्छ ।’सागर भेट दिन पनि जान्छ ।

सूर्य ओरालो लागिसकेकाले दिउँसोको प्रचण्ड गर्मी घट््््््््््न थालेको थियो ।आँपको सिंयालमा गुन्द्री ओछ्याएर सुधा र शशीका आ–आफ्नै धुन छन् ।सुधा हातमा एउटा पुस्तक लिएर मनमा दश थोक सोच्दै घोत्लिरहेकी छ ।दशबाह्र बर्षकी केटी शशी कमिलाको ताँती हेर्दै र बिथोल्दै गर्छे । सुधाको अनुहारमा कमिलाको ताँती छरपष्टिए झैं र सम्हालिए झैं गरे जस्तै उसका कल्पनाहरु छरिने र बटुलिने गर्छन्। सागरलाई वोलाएको अरुलाई भनेकी छैन । ऊमात्रै वेलावेला आँखाबाट आशाको त्यान्द्रो सागर आउने बाटोतर्फ हुत्याउँछे । नभन्दै सागर पनि आइपुग्छ । सुधा सदा झैं अभिवादन गर्छे । अरु कुरा हुन नपाउँदै सागरले आफ्नै शैलीमा भन्यो –“निम्तो केको हो ?थाहा नपाए पनि स्वीकारेको छु । ” के भन्न वोलाएको थियो कुन्नी सुधाले फटाफट भन्न त सकिन । उदाउँदै गरेको सूर्यजस्तै रातो अनुहार बन्यो र उसैमाथि लज्जाका रेखाहरु कोरिए । लाडे स्वरमा भनी “तिमी पनि मलाई केके भन्छौ ?म भने आफ्नै रापले जलेर खाक हुन लागें भने तिमी के गर्छौ ......?.. ” अरु वोल्न खोज्दा खोज्दै सुधाको गला अवरुद्ध भयो । एकछिनको सुनसान पछि सागरले गम्भीर हुँदै थोरै मुस्कुराउँदै वोल्यो —“एउटा ओइलिएको सयपत्री सिरानीमाथि झुण्ड्याई राख्नेछु ” वस् ! कुरा यति मै टुङ्गियो ।दुबै आम्नेसाम्नेमा छन् ।सागरले शशीलाई आफ्नो काखमा लियो ,स्तर सुहाउँदा अनेक ठट्यौली प्रश्नहरु गर्दै सुम्सुम्याउँदै रह्यो ।शशी पनि बालकै थिई ।उसका बालसुलभ भावहरु झल्किरहेको चेहरा त्यस्तो देखिन्थ्यो मानौ अहिले ऊ आफ्नै दाजुको काखमा आल्हादित हुदै रमेकी छ र उसका कोकिल कण्ठहरुले प्याउलिएकै स्वरमा सागरका प्रश्नहरुको उत्तर दिंदैछन् तर सागरको ध्यान शशीका स्वरतिर केन्द्रित छैन , ऊ त सुधाको अनुहारलाई कितावका पाना जसरी नै पल्टाउँदै र पढ्््््््््््््््दै छ ।

(सागरले विहे गर्छु त भनेन गर्नेछु मात्रै भनेको छ , जतिवेला गर्छु भन्नेछ त्यसवेला सम्ममा शशी पनि विहे गर्न योग्य भै सक्नेछे । आजैदेखि आपूःmसङ्ग झ्याम्मिएकी शशीको यौवन फक्रिएको देख्दा सागर लालाहित हुनेछ र यी दुईबीच प्रेम बस्नेछ र भावी दिनका दम्पति यी दुई नै बन्नेछन् ,मेरा सारा सपनाहरु शशीका निम्ति सार्थक हुनेछन् ........। नत्र आज शशीलाई दिएको प्यार स्नेह र स्पर्श मलाई नै भै दिएको भए ....?)
सागर र शशीको अहिलेको ब्यबहार र दीर्घकालिन सम्भावनाको ईष्र्या सल्किरहेको सुधाको अनुहारबाट एउटा पर्दाको दृष्य पढिसकेर सागर आफ्नो बाटो लाग्न चाह्यो ।सुधाको सागरप्रकिो प्रतिक्षित हृदय दण्डित भएजस्तो भयो । मलिन अनुहार र आँसुमा डुबेका आँखाले पुलुक्क सागरतिर हेर्दै विनित स्वरमा भनी— “सागर ! तिमीले लिएको श्रेय छाडिदेऊ है ! ” योभन्दा बढी सुधा वोल्न पनि सकिन , सागर आफ्नो बाटो लाग्यो । सुधा र शैलेश बीचको मामलाबाट सागरले छुटकारा पाएको भए तापनि सुधासङ्ग सागरको न त अर्को सम्झौता छ न त बिरोधाभाष नै ...?

संयोग नै त्यस्तो प¥यो ,सुधा र सागरको अप्रतयासित भेट भयो फागु पूर्णिमाको दिन । सबैले सहेको पर्व , कोही कसैमा केही भेद छैन सबका सब होली खेल्नमा नै ब्यस्त ।मौका छोपेर सुधा पनि हातमारङ्ग बोकेर सागरलाई रङ्गाउन भनेर आई  । सागरले सुधाको हात समातिदियो । देख्नेहरुले फागुको वेला वास्तासम्म गरेनन् तर सुधाको हृदयले यतिवेला कल्पनाका चल्ला कोरल्न पुग्यो । ऊ अहिले विवाह कक्षमा उभिएकी छे । वरिपरि हातमा रङ्ग बोकेर होली खेल्न उभिएकाहरु एसको विवाह मण्डपमै दियो ,कलश ,माला आदि आदि बोकेर उसको छेउछाउमा रहेका गाउँलेहरु ् दिदीबैनीहरु ह्ुन् ।मनौ उसको हातमा अब सागरले स्वयम्बरको औंठी लगाइदिनेछ । आफ्नै सुरमाहाँस्नेहरु पनि लाग्छ  अब उनीहरुलाई नै हेरेर हाँस्दैछन् ।अब उसले ठाडो शिर परेमा उत्ताउली ठहरिन्छे ।कडा प्रतिकार केहीमा गर्नु हुन्न ,लज्जालु बन्नुपर्छ ।मनोलोकको यही भ्रमले उसको हात लुलो भयो ,मुट्ठी फुक्यो , रङ्ग सागरले हात पा¥यो र सुधाको टाउको भरि पोतिदिन चाह्यो ।सुधा मनमनै विवाहको जग्गेमा (यज्ञमा) बसेकी छे र उसको सिउँदोमा सिन्दुर पुरिइंदै छ सागरबाट । उसको आङ्ग सिरिङ्ग भयो ,शरिरभरी काँडा उम्रिए ,धुकधुकी बढ्न थाल्यो । उसको शिरबाट सागरको हात हटेको धेरै पछिमात्र उसलाई पूर्ण होस आयो ,मात्रै होली खेलेको रहेछ ।

सुधा र सागर हिजो जस्ता  थिए आज पनि त्यस्तै छन् ।सागर अब आफ्नै बाटो लाग्न चाह्यो सुधाले रोक्न खोजेर पनि रोक्न सकिन । छुट्ने वेलामादुबैका आँखा जुझे र आँखामा नै प्रश्न खडा थियो ‘ अबको भेट कहिले होला...?’ तर उनीहरु दुबैमा यसको न त सही न त सम्भावित उत्तर नै थियो ! न त सुधाको सपना फुलेको थियो न त डढेको , न त सागरको सयपत्रीे फुलेको न त ओइलिएको ....। दुबैका विचारहरु उधारो नै छन् र सम्बन्ध पनिउधारो नै ््।
                                                                                                                                                  
                                                                                                                                                          (स्मृतिको पानाबाट ०५२÷०१÷२७)

प्रश्न्



                               विषय— अनिवार्य नेपाली                 
         कक्षा —११,                                                                 पूर्णाङ्क — १००          
         समय ः– २ः१५ घन्टा                                                   उत्तिर्णाङ्क — ४०                               

  
       अङ्क दिंदा विद्यार्थीको मौलिक उत्तरलाई प्राथमिकता दिइने छ । प्रश्नको दायाँ किनारमा राखिएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
१.     कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।                                                        ५                                               
      क) दिइएका वर्णहरुको उच्चारण स्थान र उच्चारण प्रयत्न निर्धारण गर्नुहोस् ।                            
             ग,  छ,   प,   य,   ह

     ख) दिइएका शब्दहरुको अक्षर संरचना देखाई अक्षर संख्या लेख्नुहोस् ।                        
       खाम,   कलम,  पौरखी,  अन्तराष्ट्रिय,  महान्यायधिवक्ता

२.)   दिइएको कथनलाई शुद्ध पारेर सार्नुहोस् ।                                                   ५

नागरिक आफु सछ्यम भएमात्र पनि समाजलाई योगदान दिन सक्छ कर्मशील ब्यक्ति नै प्रशंसित हुन्छ ।भने एस्ता व्यक्तिले विनयशिलता पनि ग्रहण गरेका हुन्छन् मातृभूमिको रिण चुक्ता गर्न पनि कर्मलाई मुख्य पेशा बनाउनुपर्छ ।

३.      निम्न लिखित रेखाङ्कित शब्दहरुको शब्दवर्ग ( नाम, सर्वनाम, विशेषण, अव्यय) छुट्याउनु होस् ।   .  (३)
 धेरै पढ्ने व्यक्तिले आजभोलि जसरी पनि समय निकालि छाड्छ किनभने बदलिंदो युगको माग नै यही
        भएको छ ।
४)    दिइएको अनुच्छेदबाट दुईवटा  तत्सम शब्द र दुईवटा आगन्तुक शब्द खोजेर टिप्नुहोस् ।               २
बुढेस कालमा मनुष्यको जीवन ज्यादै कष्टप्रद हुन्छ ।यस्ता बेलामा उसले सन्तानबाट सेवा र कदर पाउने अपेक्षा गर्नु स्वभाविक नै हो ।आफूलाई जन्माउने आमाबाबुको सेवा गर्ने मौका पाउँदा पाउँदै पनि त्यसलाई मतलव नगर्ने सन्तानको तकदिरमा सुख त लेखिएको हुँदैन; तिनको पनि भविष्य मुस्किलमा पर्ने निश्चित छ ।
५.    कुनै दुई प्रश्नकोे उत्तर लेख्नुहोस  ।                                                        २×३=६                                 
क) दिइएको अनुच्छेदबाट ३ वटा उपसर्ग व्युत्पन्न र ३ वटा प्रत्यय व्युत्पन्न शव्द पहिचान गरी व्युत्पादन संरना देखाउनुहोस्   ।
प्रकृतिको अनुपम उपहार नेपाली भूमिमा रहेका प्राकतिक सम्पदाको सौन्दर्यसँग लोभिएका विदेशी पर्यटकहरू यहाँको साँस्कृतिक विविधताभित्रको एकता देखेर छक्क पर्छन् । यहाँको  सामाजिक जीवनको मौलिकता, घरेलु उत्पादनका साधनको उपयोग नै पाहुनाका लागि आकर्षणका आधारहरू बनेका छन् ।    
उपसर्गः अ, परि, वि
प्रत्ययः औना, इलो, ले
ख) तलको अनुच्छेदबाट ३ समस्त शव्द र ३ द्विरुक्त (द्वित्व) शव्द खोजी समस्त शव्दलाई बिग्रह र द्विरुक्त      शव्दको द्वित्व बिच्छेद गर्नुहोस् ।                                                         
हात्तीपाइले रोगले थलिएको पिताम्बर खर्चबर्चको जोहो गरेर आफ्नो जेठोबाठो छोराका साथमा उपचार गर्न राजधानी आउँदा आधा पैसा बाटाखर्चमै सकिएपछि सङ्कटमा परेछ । सहरका ठाउँठाउँमा मानिसहरूको ठेलमठेलमा हुत्तिएका बेलामा कहाँ पकेटमारले बचेको पैसा पनि कुम्ल्याएछ । त्यसपछि त दुबै बाबु छोरा अब के गर्ने हो भनी आपसमा सरसल्लाह गर्न थालेछन् ।
ग) दिइएको अनुच्छेदबाट तीनवटा सन्धियुक्त ब्युत्पन्न शब्द छानी तिनको सन्धि बिच्छेद
गर्नुहोस्।
         घरेलु अत्यावश्यक सामान किन्न मानिसहरु बजार जान्छन् ।बजारको भिडभाडमा कहिलेकाहीँ वयोबृद्ध तथा केटाकेटीहरुलाई अप्ठेरो पनि हुन्छ ।यस्तै हुलमुलमा चोरीको बिगबिगी हुन्छ भने रक्स्याहाहरुले पनि बाटाघाटामा दुःख दिन्छन् । सडक पेटीका व्यापारीले सोझासाझा गाउँलेहरुलाई सक्कली माल भनी नक्कली माल बेचेर ठग्छन् ।                                                                  
६ )   दिइएको अनुच्छेदमा भएका वाक्यहरूलाई स्त्री लिङ्गमा भए पुलिङ्गमा र पुलिङ्गमा भए स्त्री लिङ्गमा परिवर्तन गरी पुनर्लेखन् गर्नुहोस् ।                                                                   ५
      गुरुले पाठ पढाउँदै हुनुहुन्थ्यो । एउटी केटीले नबुझेर रुन थालिछ । सबै केटाहरूले उसलाई जिस्क्याउन थालेछन् । गुरुले हाँस्ने केटाहरूलाई सम्झाउनु भएछ । त्यो केटी पनि खुसी भएर हाँस्न थालिछ ।
७)    कुनै एक प्रश्नको उत्तर दिनुहोस्  ।                                                             ६
      क. दिइएको कथनलाई पदसङ्गति मिलाएर पुनर्लेखन गर्नुहोस् ।
       आमाले हामीलाई भन्यो —तिमीहरू राम्ररी पढ् । आमाले भनेको त्यसबेला मैले मानेन । भाइले चाहिं मानेर
       राम्ररी पढिन् । थाहै नपाई समय बित्नुभयो । परीक्षा पनि आएछन् । दुबै जनाले परीक्षा दियो । परीक्षाफल आईन् । म फेल हुनुभयो । ऊ पास भए । हाम्री नतिजा देखेर गुरु पनि छक्क परो ।
       ख. छ वटै कारकको प्रयोग गरी कुनै घटनाको बारेमा एउटा अनुच्छेद लेख्नुहोस् ।
८.    सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
      क)दिइएको सरल वाक्यमा भएका पद÷पदावलीहरू वाक्यतत्वका आधारमा (उद्देश्य, विधेय, उद्देश्य बिस्तारक
      र बिधेय बिस्तारक) छुट्याउनुहोस् ।                                                           ४
      हरिका काकाले बजारबाट ल्याएको टोपी सारै न्यानो रहेछ ।
      ख) दिइएको अनुच्छेदमा भएका वाक्यहरू करण भए अकरण र अकरण भए करण बनाएर पुनर्लेखन
      गर्नुहोस् ।                                                                                 ४
      रामले किनेको कलम निकै राम्रो रहेछ । उसकी बहिनीलाई त्यो कलम मन परेनछ । उसले त्यस कलमले
      लेख्न मन गरिनछ  तर रामले उसलाई त्यो कलम दिएछ ।
९.    निम्न लिखित अनुच्छेद पढी त्यसको अन्तिममा सोधिएका प्रश्नहरुको उत्तर लेख्नु होस् ।         (१०)
      म्ोरो देशको शिर हिमाल,शरीर पहाड र चरण तराई हो ।मेरो शिरभित्र हिमालझैं स्वच्छ विचार र पहाड झैं
 उच्च हृदय लिएर म तराईका समतल चरण टेकी सहत रुपमा यात्रारत छु ।गतिशील छु । म पहाडलाई सिंगार्न चाहन्छु ।म अविरल बर्षादले आत्तिएर अनि पहाडको बिकटताले विरक्तिएर तराइतिर बगिरहेको पहाडको माटो  जोगाउन चाहन्छु ।त्यसका लागि म बृक्षका दूत पठाई पहाडको माटोलाई संरक्षण दिने अभियान थाल्न चाहन्छु ।पहाडको पहिरो देखि विरक्तिएर तराईको ताताु पानी र हावा खान झरेका पाइलाहरुलाई म बीच बाटामै रोक्न चाहन्छु अनि पहाडी झरनाको चिसो पानी र हिमाली झोक्का परेको चिसो मीठो बतार ,उनीहरुको श्वासप्रश्वास भएको यथार्थ वोध गराउन चाहन्छु ।म हाम्रो हाडमासु भएको शरीरु जस्तो छ पहाड पनि त्यस्तै छ भन्ने शैक्षिक अभियान चलाउन चाहन्छु ।यसका अतिरिक्त म सगरमाथालाई उच्छिन्ने अभियानमा थुप्रिएको फोहोरको थुप्रो सम्मिएकोृ देख्न चाहन्छु ।त्यस सत्कार्यमा म पनि सक्रिय रुपमा कुनै ठोस निकायको आडभरोसा लिएर क्रियाशील हुन चाहन्छु ।
प््राश्नहरु
क) हामी के गरिरहेका छौं ?
ख)पहाडलाई सिंगार्न के गर्नुपर्छ ?
ग) पहाडको माटोलाई कसरी जोगाउन सकिन्छ ?
घ) तराईतिर झरेका  पाइलाहरुलाई कसरी पहाडमै रोक्न सकिन्छ ?
      ङ) ‘अविरल’ र‘ दूत’ शब्दको अर्थ लेख्नुहोस् ।

१०.  दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्द सम्मको निबन्ध लेख्नुहोस् ।                       १०                        
     क. मेरो सपना ःसमृद्ध नेपालको परिकल्पना
    ख. लोकतन्त्रको महत्व
     ग) नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको भूमिका
११.  ‘माघे सक्रान्ति’ शीर्षकमा १०० शव्दमा एक अनुच्छेद लेख्नुहोस् ।                                   ५
१२.   आफ्नो घरमा ‘खाने पानीको धारा जडान गरिदिनुहुन’ भनी खाने पानीका संस्थानमा पेश गर्ने निबेदनको
      नमूना तयार पार्नुहोस् ।                                                                      ५                                                                 
१३)    तल दिइएका ‘एक चिहान’ उपनयासका अंश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।             १०
      ”भो भो धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौं ? कुन किसानले दरबार बनाउन सकेको छ । ‘खेत’भनी सँधै यसरी मरिरहेका छौं । खाने वेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौ , अझ बर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नुपर्छ ।”मुसुक्कै हाँस्तै हाकुमायाले भनिन् ।
      ”खान त पाएनौ हामीले , लौ हो भनौ , तर संसारलाई ख्वाउन त पाएका छौं ।यो हाम्रो सानो अहोभाग्यको
       कुरा हो ?” शिवनारानले पनि हाँस्तै भने 
प्रश्नहरु
क )माथिको पहिलो अनुच्छेदमा श्रमजिवी किसानको कस्तो अवस्था उल्लेख भएको छ ?उपन्यासका आधारमा चर्चा गर्नुहोस् ।
ख )दोस्रो अनुच्छेदको अभिव्यक्तिका आधारमा शिवनारानको चरित्र चित्रण गर्नुहोस् ।

 १४   .दिइएका सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।                                                 १५
       अ) दिइएको कविताका आधारमा सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
       आकाश छुने टाकुरा हाम्रा भेटेर भेटिन्न
       पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न
       बिम्झौंला कहाँ पूर्वको पैलो उज्यालै नरहे
       नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
   
      प्रश्नहरुः—
       क) ‘आकाश छुने टाकुरा हाम्रा भेटेर भेटिन्न’ भन्नुको तात्पर्य के हो ?
       ख) पूर्वको पैहिलो उज्यालोले के कुराको वोध गराउँदछ ?
       ग) पूर्खाको पौरखी पाइला किन मेटिन्न ?
       घ) यस कवितांशले नेपालका के कस्ता बिशेषताहरु देखाउँछ रु
       ङ) यस कवितांशको मुख्य भाव के हो ?

      आ) दिइएको कथा अंशका आधारमा सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
      ”के रुपियाँको लोभ देखाउँछौ साहु , गरिव छु, निमेकमजुरीले छाक टार्नुपर्छ तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यतिसारो नीच भएको छैन्। छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्छन् । यस्ता बेलामा चटकक् छाडेर भारी खेप्न हिँडे मर्दैन? तिमी त ठमठमती छौ र रुपियाँको धाक देखाउँछौ । धनजितेका झै चार दिन अन्न न पानी भएर लड्नु परे थाहा पाउने थियौ ।”
    ”इस्, छिमेकी । अस्टि चौटारामा झन्नैले मारेठ्यो, ठा पाउलास् ।”
      प्रश्नहरुः–
      क)   माथिका भनाइ कसकसका हुन?
ख) माथिका पहिलो र दास्र्र्रो उद्धरणमा बक्ताको दृष्टिकोण मा के भिन्नता छ?
ग) ‘पैसाको लागि आत्मा बेच्ने नीच भएको छैन् । भन्नुको तात्पर्य के हो?
घ) छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ किन भनिएको हो?
ङ) छिमेकीको महत्व कतिवेला थाहा पाईन्छ?

इ .    दिइएको निबन्ध अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
भैतिक शरीरको सौन्दर्य जीवनको संपूर्णता होइन , मान्छेको मन चाहिं कदापि कुरुप हुने हुँदैन । यो सहरको स्पर्शले यस शरीरलाई कुरुप बनाए पनि मन भने तिमीले जस्तो बनाइ दिएकी छौ त्यस्तै छ ।त्यसैले त म तिमीभन्दा यति पर बसेर पनि तिमै्र मायाले द्रवीभूत भएकी छु र यी प्रत्येक अक्षर रुपमा पग्लँंदै पग्लँंदै झरिरहेकी छु ।
प्रश्नहरु
क )‘भौतिक शरीरको सौन्दर्य जीवनको संपूर्णता होइन’भन्नुको तात्पर्य के हो ?
ख ) निबन्धकारका दृष्टिमा मान्छेलाई शरीर वा मन केले सुन्दर बनाउँछ ?
ग ) निबन्धकारको मन किन नफेरिएको हा ?
घ ) निबन्धकारको सुनखानीप्रतिको माया कसरी पग्लिएको छ ?
ङ ) ‘कुरुप’ र ‘द्रबिभूत’ शव्दको अर्थ के के हो ?

१५ .  हर्कबहादुर’ कवितामा कविले राष्ट्रियता, स्वाधीनता र नागरिकताको महत्व कसरी प्रष्टिने सङ्केत गरेका छन् ? स्पष्ट पार्नुहोस् ।                                                                      ५

परियाेजना कार्य २०७५


                                   नेपाली भाषा शिक्षणमा वाक्य गठनकोे महत्व

परिचय ः
    मानिस भाषिक अनुभूति र भाषागत सामथ्र्य बढी भएको प्राणी हो त्यसैले भाषामा उसकै बढी अधिकार तथा प्रयोजन पनि रहेकै छ । सबै मानिसहरुमा अनुभूति सामथ्र्य प्रायः उस्तै  हुँदैन । ठाउँ परिवेशअनुसार आफैं सिर्जित तथा विकसित बन्ने भाषामा पनि आफ्नै वर्ण÷व्याकरण तथा वाक्य गठनकोे व्यवस्था हुन्छ । क्षणमा फड्को तथा दिनमा फन्को मार्नसक्ने भाषिक सामथ्र्य नेपाली भाषालाई भएकाले वाक्य गठनको पनि यसमा आफ्नै व्यवस्था  रहेको छ ।
भाषाको न्युनतम एकाइ ध्वनिबाट शुरु भई एउटा पूरा कुरा बुझाउन सक्ने सामथ्र्य भएको एकाइ वाक्यस्तरसम्म पुग्दा वाक्यमा प्रयुक्त सबै वर्गका पदपदावलीहरुकोे आफ्नै व्यवस्था  तथा रुपायन भई एकअर्का बीचको सम्बन्धमा बाँधिएर रहने हुनाले त्यस्तो सम्बन्धतर्फ निर्देश  गर्नका लागि भूमिका अनुसारको पद तथा पदावलीको संगठनबाट बनेका वाक्यहरु बनावटका आधारमा तीन प्रकारका हुन्छन् । जसअनुसार ः
१.एउटामात्र समापिका क्रियाले बनेको वाक्य सरल वाक्य,
२.एकभन्दा बढी सरल वाक्यलाई निरपेक्ष संयोजकले जोडिएर बनेको संयुक्त वाक्य र
३.दुई उपवाक्यलाई सापेक्ष संयोजकले जोडिएर बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ, । (जसमा रहेका दुई
        वाक्यहरूमा एउटा स्वतन्त्र र एउटा आश्रित वाक्य रहेका हुन्छन् ।)


उद्देश्य÷औचित्य

वाक्य गठनमा प्रयुक्त पद पदावलीअनुसार  वाक्यका पनि  आफ्नै प्रकारका नियमहरु ह्ुन्छन् यसर्थ  वाक्य तत्वका आधारमा वाक्यमा अपरिहार्य मानिएका उद्धेश्य र विधेय अनि त्यसका बिस्तारक पदहरुको अन्तरसम्बन्धले सरल वाक्यमा रहने विशिष्टतालाई मात्र प्रष्ट्याउँछ तर एउटै सरल वाक्यभित्र पनि एउटा भन्दा बढी वाक्यहरुको कार्य कारणको समन्विति रहेको हुन्छ र तिनीहरुलाई बेग्लाबेग्लै वाक्यमा पनि सरल रुपमा प्रस्तुत गर्ने यथेष्ट आधार र प्रयोगका सम्भावना छन् भन्ने कुराको वोधसहित वाक्य परिवर्तनका लागि विद्यार्थीहरूमा सीप विकास गराउनु नै यस कार्यको उद्धेश्य रहनेछ ।

 यस कार्यका उद्धेश्यहरु ः—
१. वाक्यका प्रकारकोे पहिचान गर्नु
२. वाक्यका प्रकारकोे निर्धारण गर्नु
३. वाक्य परिवर्तनका आधारहरू जान्नु
४.भाव यथावत रहनेगरी वाक्य परिवर्तन गर्न जान्नु
५. भाषिक अभिव्यक्तिमा  वाक्यको क्रम स्तर जान्नु
६. भाषिक अभिव्यक्तिमा  वाक्यको क्षमता जान्नु

के गर्ने ?
१. दैनिक प्रयोगका अतिरिक्त ÷थप शैक्षिक सामग्रीको प्रयोगको सहायताले शिक्षकले विभिन्ने रूपका वाक्यहरु
   विद्यार्थीहरूलाई देखाउने ।
२. फरक वाक्यलाई चिन्ने आधार देखाउने, सुनाउने ।
३. उस्तै भाव भएका वाक्यहरू पनि गठनका आधारमा फरक भएको देखाउने ।
४. तीन प्रकारकै वाक्यहरू नमूनाका रुपमा देखाउने ।
५. वाक्य परिवर्तन गर्दा बन्ने संरचना उदाहरणसहित देखाउने ।
६. साबिक वाक्यमा रहेको रूप र संरचनाअनुसार परिवर्तन गर्दा केन्द्रित बन्नु पर्ने आधार सिकाउने ।
७. बिभिन्न प्रकारका वाक्यहरू दिई परिवर्तनका लागि सहजीकरण गरी  अभ्यास गराउने ।

कसरी गर्ने ?

१. वाक्यका प्रकार र परिवर्तन् उदाहरणसहित देखाउने ।
२. वाक्यका प्रकारको निर्धारण गर्ने आधार सिकाउने ।
३. बिभिन्न प्रकारका वाक्यका नमूना देखाउने ,जस्तैः—
   रामले झोलामा किताव राख्यो । जतिबेला तिमीले बोलायौ त्यतिबेला म खाजा खाँदै थिएँ । राम मामाघर गयो
   र मामालाई लिएर आयो ।
४. मिश्र वा संयुक्त वाक्य निर्माणका लागि प्रयोग हुने संयोजकका बारेमा उदाहरणसहित बुझाईदिने ।
५. बिभिन्न प्रकारका वाक्यहरू दिई परिवर्तनका लागि सहजीकरण गरी  अभ्यास गराउने ।
६. विभिन्न पद तथा पदावलीका शव्दपत्तिहरु विद्यार्थीहरूलाई दिएर विभिन्न वाक्य सन्दर्भको निर्देशनसहित
   शब्दपत्तिबाट वाक्य निर्माण गर्न लगाउने ।

कसकसले गर्ने ?

१. सन्दर्भ शैक्षिक सामग्री निर्माणमा अधिक भूमिका विषय शिक्षक ,विद्यालय र सहयोगी÷पूरक भूमिका
    विद्यार्थीहरुको भई विषय शिक्षकको मुख्य निर्देशनअनुसार कक्षाकार्य गर्ने÷गराउने ।
२. शिक्षकले विद्यार्थीहरूलाई कक्षाकार्यमा सहजीकरण गर्दै विद्यार्थीहरूबाट अधिक सक्रियतापूर्वक साधनरत हुने ।
३. स्रोतव्यक्ति ,प्रधानाध्यापक, विद्यालय निरीक्षक,वियषविज्ञ तथा अन्य पत्यक्ष÷परोक्ष कुनै रूपमा संलग्न भए
  अनुगमन ,राय÷सल्लाह÷सुझावसहित भाषिक प्रयोग कर्ताले  समेत अभ्यस्त रहने ।
४. कक्षाकार्यको प्रतिफलका आधारमा पृष्टपोषण तथा सबलीकरणसहित अभ्यासका लागि गृहकार्य गर्ने÷गराउने ।

कहिले गर्ने ?

१. नियमित कक्षाहरुमा प्रायः सबै भाषिक अभिव्यक्तिका लिखित वा मौखिक रूपहरूमा
२. नेपाली विषयका नियमित कक्षाहरुमा अधिक सचेतता अपनाई
३. व्याकरण शिक्षणअन्तरगत वाक्य शिक्षणका क्रममा अनिवार्य रूपमा
४. भाषिक प्रयोगका क्षेत्रमा अभ्यस्त बन्दा

स्रोत के ?

       पाठ्यपुस्तक, ब्याकरणका सन्दर्भ सामग्री, पुस्तकालय, विभिन्न मातृभाषीहरूका जनबोलीका वाक्यहरू
   सन्दर्भ÷उदाहरण, कक्षा व्यबस्था, शिक्षक, प्रधानाध्यापक, स्रोतव्यक्ति, विद्यालय निरीक्षक ,समाज आदि क्षेत्रबाट
   सामग्री संकलन र प्रयोग ।

 प्रतिवेदन तयारी तथा प्रस्तुतीकरण

 भाषा मानवीय गुण हो । यो आर्जित गुण पनि हुनुले प्रयोगको बारम्बारताले नै यसलाई शुद्ध तथा संबृद्ध बनाउँछ । मानिसमा भने अन्य प्राणीका भाषमा भन्दा अधिक भाषिक सामथ्र्य हुनुले उसका हरेक कार्यहरू यसैमा आधारित हुन्छन् । शिक्षाको बढोत्तरी ,भाषिक सामथ्र्यको आधार ,साझा तथा मान्य भाषाको प्रयोगजस्ता व्यवहारिक तथा सैद्धान्तिक कुनै पनि रूपमा भाषिक सवलताको विकास गराउन नेपालको विद्यमान शिक्षा नीतिले मूख्यतः अनिवार्य रूपमा दुई प्रकारका भाषालाई पाठ्यक्रममा समावेश गरेको छ । त्यसमध्येको एउटा भाषा नेपाली हो ।
निम्न माध्यमिक तहका विद्यार्थीहरुले नेपाली भाषामा आर्जन गर्ने क्षमता भनेकै भाषिक एकाइका विभिन्न विधाहरूबाट वोध ग्रहण र देखे÷जानेका, सुने÷बुझेका कुराहरूलाई सहज रूपमा अभिव्यक्त गर्ने क्षमताको विकास गर्नु हो । कलात्मक÷काव्यात्मक÷रागात्मक÷आख्यानात्मक÷प्रबन्धात्मक÷विचारात्मक अभिव्यक्तिका लागि सामथ्र्यको विकास गराउने हेतुले निर्धारण तथा निर्माण गरिएको निम्न माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रम÷पाठ्यपुस्तकबाट उल्लेखित क्षमताको अभिबृद्धिका लागि व्याकरणका आधारभूत ज्ञानको पनि उत्तिकै महत्व रहेको हुन्छ र त्यसै महत्वलाई चरितार्थ गर्नका लागि निर्धारित पाठ्यांशमा वाक्यका प्रकार र परिवर्तनको प्रयोगजस्तो व्याकरणिक व्यावहारिक सीपको विकास हुनु पनि उत्तिकै आवश्यक हुन्छ  जसका लागि वाक्य गठन प्रयोग र परिवर्तन् शिक्षणको प्रयोग सम्बन्धी उल्लेखित चरणहरुबाट प्राप्त उपलब्धी÷परिणाम, प्रतिविम्बनको निष्कर्षसहित योजना कार्य सम्पन्न गरिएको छ ।

लेखाजोखा÷मूल्याङ्कन

नेपाली भाषालाई मातृभाषाकै रूपमा ग्रहण गर्नेहरूका लागि विद्यालय तहमा आउने वेलासम्मको घरायसी÷पारिवारिक वातावरणले एउटा पूरा भनाइको पूर्णता सम्बन्धि सीपमा स्वतस्फुर्त अभ्यस्त भई शुद्ध भाषामा वाक्य गठन गर्न सक्ने भएता पनि यस योजना कार्य प्रयोजनको विद्यालय र सन्दर्भ पृष्ठभूमि भिन्न प्रायः भएकाले अपेक्षित लक्ष पूरा गर्न धेरै जटिलताहरूको सामना  गर्नु प¥यो । प्रायः गैर नेपाली मातृभाषीहरूको पारिवारिक पृष्ठभूमि ,समूदायमा शून्य प्रायः रहेको नेपाली भाषाको प्रयोग, सामाजिक ,साँस्कृतिक परिवेश पनि नेपाली भाषाभन्दा बढी अन्य मातृभाषा तथा अन्य भाषाको प्रयोगको बाहुल्यता र यसै पृष्ठभूमिबाट विद्यालय आएर नेपाली भाषाका सामान्य शब्द र अर्थको  जानकारीमा सीमित रहेका विद्यार्थीहरूको पृष्ठभूमिले गर्दा आंशिक रूपमा मात्र लक्ष्य पूरा हुन सकेको यथार्थ स्वीकार्नु पर्छ ।

सामान्य अवस्था र अर्थ वोधका वाक्यहरुको गठन प्रक्रियामा कार्य सम्पन्न गरिसक्दा केहीहदसम्म सुधार भएको पाइयो तर विशिष्ट अर्थवोधका लागि समान रूपका जस्तादेखिने भिन्न वाक्यहरुको प्रयोग गर्ने तरिका एवं उस्तै वाक्य रहेर पनि सन्दर्भ र कार्यमा त्यसले पारेको प्रभावका वारेमा अधिकांश विद्यार्थीहरूको वुझाइमा पूर्णता हुन भने सकेको पाइँदैन । मूलतः भने, भन्ने, भनी जस्ता सापेक्ष संयोजक चिह्नलाई प्रयोग गर्न स्पष्ट ज्ञानको विकास हुन नसकेको पाइन्छ ,त्यस्तै गरी र अक्षर को प्रयोगले संयोजकको काम वा असमापिका क्रिया निर्माणमा हुने  प्रयोगका सन्दर्भमा पनि स्पष्ट धारणाको विकास हुन सकेको पाइएन । एउटामात्र संयोजकको  प्रयोगबाट मिश्र वाक्य निर्माणका लागि अझै स्पष्ट धारण तयः हुन बाँकी नै रहेको पाइयो ।

पुनः योजना र प्रयोग

भषिक शुद्धता ,व्याकरणिक संरचना , अर्थगत स्पष्टताका लागि सहज पदावलीको संयोजन एवं व्याकरणिक परिधि भित्रको प्रयोगको बारम्बारता नै प्रमुख आधार तथा प्रयास हुन्छ यसर्थ आर्जित उपलब्धीबाट प्रेरित गराउँदै वाक्य वोध, गठन, प्रयोग र परिवर्तनमा रहेको अष्पष्टताहरू हटाएर शुद्ध प्रयोगमा बारम्बारता अपनाउनु पर्छ । हरेक अभ्यास पछिका उपलब्धीको मापन गर्दै देखिएका कमजोरीहरुलाई सच्याउँदै लैजानु पर्छ ।
                                                              
                                                                                                                                   प्रस्तोता
                                                                                                                               शंकरप्रसाद सुबेदी
                                                                                                                               नि.मा.शि.तृ
                                                                                                                               जनपथ मा.वि.
                                                                                                                               विराटनगर ,मोरङ
                                                                                                                  २०७५ बैशाख २८ गते शुक्रबार

प्रश्न




दोस्रो त्रैमासिक परीक्षा २०७३
 जनपथ स्रोतकेन्द्र
विराटनगर १५


 कक्षा— ८                                                                                           पूर्णाङ्क — ५४    

 विषय— नेपाली                        समय ः— २ः०० घण्टा                           उत्तीर्णाङ्क — २२

१. (अ).समूह ‘क’ मा भएका शब्दहरुको समूह ‘ख’ मा भएका अर्थसङ्ग जोडा मिलाउनुहोस् । २                

समूह ‘क’                                     समूह ‘ख’

ज्यामी                                       विचारशील
मुहान                                       कडा चट्टानले बनेको भीर                                      
अलप                                       आदरपूर्वक                                  
चिन्तनशील                               लोप                                   
                                                ज्यलामा काम गर्ने मानिस
                                                मूल स्रोत

                                           
२. कोष्ठकबाट मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस्                                                     २

क) शाकाहारी शब्दको उल्टो अर्थ दिने शब्द..........हो । (मांशहारी ,फलाहारी ,बेइज्जत)
ख) मृत्यु  शब्दको उस्तै अर्थ दिने शब्द ...........हो । (निधन , पर्वत ,बयान)
ग) सहेली शब्दको अर्थ........हो । (साथी , अचम्म , किताब )
घ) रेखा तानेर बनाएको चित्रलाई........भनिन्छ । (टावर,मस्जिद ,रेखाचित्र )

३. दिइएका शब्दहरुको प्रयोग गरी अर्थ स्पष्ट हुने गरी वाक्य निर्माण गर्नुहोस् ।                               ३
    अनौठो , गुम्बा ,खुत्रुक्क

४.तल दिइएको भनाइलाई शुद्ध पारेर सार्नुहोस् ।                                                          २
विद्यालएका तर्फ बाट खेल खेलेको भोलिपल्ट कुनै कक्षा खालि रह्यो भने ऊ खेलकै कुरा गथ्र्यो

५. रेखाङ्कित शब्दहरुको पदवर्ग (नाम,सर्वनाम, क्रिया ,विशेषण आदि) छुट्याउनुहोस् ।                           २
 परिश्रमी किसानले सँधै परिश्रम गर्छ र यस धर्तीमा आफू बाँचेर अरुलाई पनि बचाउँछ ।

६.खाली ठाउँमा   मिल्ने विभक्ति भरी वाक्य पूरा गर्नुहोस् ।                                                 २
क)  छोरा.........बाबुसंग पैसा माग्यो ।
ख) झोला..........किताब झिक ।
ग) म कलम........चिठ्ठी लेख्छु ।
घ) तिमी कमल..........बोलाऊ ।

७. कोष्ठकमा दिइएका धातु र संकेतका आधारमा वाक्य पूरा गर्नुहोस् ।                                     २
क) रमेश बजार ........। (जाः अपूर्ण वर्तमान काल)
ख)सीताले कलम .....  । (किन्ः सामान्य भविश्यत काल )
ग) बहिनी पाठ .........  । (पढ्ः अपूर्ण भूत काल )
घ) विष्णु स्कुल ......... । (जाः अभ्यस्त भूत काल)


८. कोष्ठकमा दिइएको निर्देशन अनुसार वाक्य परिवर्तन गर्नुहोस्  ।                                           ३
(क)म बजार जमन्छु  । (बहुबचन्)
(ख)तिमीले भनेको मानेनौ । (तेस्रो पुरुष)
(ग)उनीहरू खेल खेल्दैनन् । (करण )       

९.तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।                                               ४

जनसङ्ख्या बृद्धि ,अव्यवस्थित सहरीकरण र प्राकृतिक स्रोतको स्वार्थपूर्ण प्रयोगले प्रकृति र वातावरण दुबैको विनाश गर्छ । वातावरण स्वच्छ नभए मानिस अस्वस्थ हुन्छ । मानिसको सोच ,स्वास्थ र सन्तुष्टिका लागि वातावरण स्वच्छ हुनुपर्छ । सुन्दर प्रकृतिले स्वस्थ विचार जन्माउँछ । प्रकृतिमा सङ्कट आए मानिसको मन र मस्तिष्क स्वस्थ हुँदैन । वातावरण विनास भए मानिसको अस्तित्व सङ्कटमा पर्छ । प्राकृतिक असन्तुलन भई प्रकृति विनासको पुञ्ज बन्छ । यसबाट बच्न हामी सबै सचेत बन्नुपर्छ । कञ्चन प्रकृति र वातावरणका लागि जनस्तरमा चेतना फैलाउनुपर्छ । प्रकृति ,वातावरण र मानिसको अन्योन्याश्रित सम्बन्धलाई बाचर्य राख्नुपर्छ । शिक्षा र व्यवहारले यसलाई पुष्टि गर्नुपर्छ । असल विचार र सत्प्रयत्नले प्रकृति र वातावरण सुन्दर बनाउनुपर्छ ।

प््राश्नहरु 
    क.प्रकृति र वातावरणलाई के कस्ता कुराले विनास गर्छ ?
    ख. मानिसको अस्तित्व सङ्कटमा पर्ने कारण के हो ?
    ग .केका लागि जनस्तरमा चेतना फैलाउनुपर्छ  ?
    घ .कसकसका बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ?

१०.कुनै एक प्रश्नको उत्तर लेख्नुहोस्  ।                                                                  ४

क) दिइएका बुँदाका आधारमा छोटो जीवनी तयार पार्नुहोस् ।

नामा . लक्ष्मीप्रसाद देवकोटा
जन्म .वि. सं. १९७६ कार्तिक २७ गते ,धोबिधारा , काठमाण्डौ
पिता÷माता. तिलमाधव देवकोटा÷अमरराज्यलक्ष्मी देवकोटा
शिक्षा.  बी.ए.,बी.एल.,अंग्रेजी विषयमा एम .ए. सम्मको अध्ययन
पुरस्कार.त्रिभूवन प्रज्ञा पुरस्कार, साझा पुरस्कार
कृति.कविता संग्रह—पुतली ,सुनको विहान ,भिखारी ,मनोरञ्जन आदि ।
खण्डकाव्य—मुनामदन, लुनी ,पहाडी पुकार आदि
महाकाव्य—शाकुन्तल, शुलोचना ,वनकुसुम, प्रमिथस ,महाराणाप्रताप, पृथ्बीराज चौहान आदि
लक्ष्मी निवन्ध संग्रह, लक्ष्मी कथा संग्रह ,चम्पा उपन्यास
साहित्यिक योगदान–नेपाली साहित्यका महाकवि, आत्मपरक निबन्धकार,एकेडेमीका संस्थापक
 विशेषता—स्वच्छन्दतावादी,प्रगतिवादी,मानवतावादी,प्रकृति र देशप्रेमी
निधन. बि. सं. २०१६ काठमाण्डौ ।

ख. दिइएका बुँदाहरुका आधारमा १०० शब्दमा एउटा प्रबन्ध तयार पार्नुहोस ।   
   ०  म्ूर्तिकलाको इतिहास प्राचीन कालदेखि शुरु भएको
    ० धर्मिक कार्यहरुमा मुर्ति पूजाको विशेष महत्व रहेको
   ० पहिलेदेखि नै मन्दिर बजाउने र मुर्ति राखेर पूजा गर्ने चलन भएको
   ० हाल उपहारका रुपमा पनि मुर्ति बनाएर दिने चलन भएको
   ० पहिले मुर्ति बनाउँदा काठ,ढुङ्गा, धातु ,माटोको प्रयोग हुने गरेको
   ० धर्मिक विधिअनुसार कुँदेर बनाइने गरेको
   ० हाल मुर्तिहरु बनाउँदा विभिन्न माध्यम र प्रविधिको प्रयोग हुन थालेको
   ० मूर्ति बनाउँन मेसिन, विद्युतीय औजार , रबर ,मैन, धातु आदिको प्रयोग गरिने
   ० मूर्तिहरु बनाउँदा देवतालाई वयस्क, कोमल आकर्षक ,
   ० सुन्दर शरीर ,कम बस्त्र,शिरमा गहना लगाएको हुने
   ०  म्ूर्तिकला दिनपरदिन लोकप्रिय हुँदै गएको 
   ० नेपाली समाजमा धार्मिक दृष्टिले मूर्तिकलाको विशेष महत्व रहेको ।


११). कुनै एक को भाव विस्तार गर्नुहोस् ।                                                                  ४
(क) ज्यामी, सिपाही र किसान सारा
          छन् आज हाम्रा बलिया सहारा   ।
    (ख)  नेपाल प्राकृतिक विविधताले भरिपूर्ण विश्वको सुन्दर मुलुक हो ।
१२.कुनै एक प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस् ।                                                               ४                                                  
      (क) हामीले हाम्रो सीप र श्रमलाई  किन देशका लागि खर्चिनुपर्छ ?
      (ख) मानिसका कस्ता कस्ता क्रियाकलापले गर्दा वातावरण प्रतिकुल हुन्छ ?
१३.आफ्नो विद्ययालयले आयोजना गरेको कुनै कार्यक्रमको बर्णन गरी साथीलाई चिठी लेख्नुहोस्
अथवा
   ‘जागिरभन्दा ब्यापार वेस’भन्ने वादविवादका पक्षमा आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।                          ४

१४.कुनै एक प्रश्नको लामो (विवेचनात्मक)उत्तर लेख्नुहोस् ।                                                 ८

(क) ‘एउटा घटना’ कथामा अहिलेका विद्ययालय स्तरका विद्ययार्थीहरुको कस्तो मनोविज्ञानको विश्लेषण गर्न खोजिएको छ
     ?बर्णन गर्नुहोस् ।
(ख).‘देवकुमारी थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदानका बारेमा  आफ्नै शव्दमा लेख्नुहोस् ।
१५. दिइएको कुनै एक शीर्षकमा १५० शब्दमा निबन्ध लेख्नुहोस् ।                                                ८
 क. विद्यार्थी जीवन र अनुशासन् 
  ख. नेपालमा कृषि बयावसाय 
  ग. मलाई मन पर्ने शिक्षक

                                                                                                     समाप्त

कथा

                                           दिवङ्गत प्रेम

उनीसँग मेरो अन्तरसंवादको अतीत जीवन्त त कति पनि छैन । यद्यपि भविश्यमासमेत अन्तरसंवादका संभावनाहरु शुन्य नै त नहोलान् । समयले जीवनको अन्तिम लेखा नबुझाउञ्जेल त ती दिन र त्यस्ता अवसरहरु आए पनि पछुताउनु सिवाय केही पनि हुने छैन ।
नियमित भएर पनि अप्रत्यासितझैं लाग्ने संयोगका निरन्तरता थिए ती । पूर्वजले आर्जन गरेको पुन्यले अलिकति अवसर नासो दिएको रहेछ हामीलाई तर जन्मजात रुपमा लिएको पैतुक स्वामित्व वा पुरुषार्थ देखाएर पाएको बिर्ताझैँ अबिनासी ठानिएछ उसबेला त्यसैले आफ्नै आँखाको नानीबाट आफैँले देखेका सुन्दर सपनाहरु खोसी लैजाने जब्बर नियति सहेर  पराजयको रजत बर्ष मनाउँदै लेख्न बाध्य बनेको छु यो आत्मकथा ।
उसबेला उमेरले सायद १७ बर्षको वरिपरिको वय हुँदो हो उनको । अड्कलको अक्कल लगाएर रमाउँने मात्र म र मेरो अनन्य मित्र गणेश । गाउँ बेंसीमा बयेली खेलेरै पुष्ट भएको तन, कोपिला पट्ट भै फुटेर पराग छाड्दैै गरेको बेली चमेलीले शोभायमान चुचुराझैं बक्ष्याकार, पहाडी झरनामा नुहाएको कञ्चन अनुहार मानौ कालीगडी कलाको उत्कृष्ट नमूनाझैँ लाग्थ्यो उनको पूर्ण वदन । चर्म चक्षुले छरिरहेझैँ लाग्थ्यो निश्छलताको निखार । कति पटक उनका र मेरा चार आँखाका रोशनीहरु हाम्रा दुरीबीचको शुन्यमा एकाकार भएथे उसबेला । मनको मझेरीमा उनको स्वागतार्थ मैले भुवादार आसानी नबिछ्याएको पनि हैन तर वाकद्वारबाट एक बचन पनि बाहिरिएनन् उनको कर्ण कुहरलाई निशानी लगाएर र उनकै आवाजबाट श्रवणको सौभाग्य नपाए पनि मलाई थाहा थियो उनी थिईन् ‘लक्ष्मी’ । वैभव सम्पन्नताका मणी,माणिक्य जुहारात, आभूषण जे भने पनि मेरो लागि उनको मुहार नै यथेष्ट थियो ।
म र मेरो अनन्य मित्र गणेश, हाम्रा मन र पनको तादात्म्यताले भावात्मक रुपमा रहेको हामी बीचको अभिन्नतालाई बारम्बार रुपमा झल्काइरहन्थ्यो । सर्ब स्वीकार्य साझा शव्दहरुको प्रवाहबाटै हुने गरेका हाम्रा अन्तरसंवादहरूले ब्यक्त गरेका हाम्रा  विचार÷आशय पनि हामी दुईबाहेकका लागि  दुर्वोध्य नै सावित हुन्थे उसबेला ।
हामी बीचको उमेरको अन्तरजस्तै अन्तरको पनि मेल भएका थिए लक्ष्मी र मीरा । हाम्रा मनका लहडले बुनेका वायुयान प्रक्षेपण गरेको आश्मान र पदार्पण गरेको जमिन अनि त्यस प्रतिको अपनत्वको पनि उस्तै हुन्थ्यो लहड आफैँ । हामी दुईले उनीहरु दुईप्रति अघोषित नाता कायम गरेका थियौं र हृदयद्वारबाट मात्र सुटुक्क भित्र्याएका थियौँ मनोलोकमा ।
मनले मथेका कुरा हामीबाट कतै प्रवाह पनि भएन र समयको गति पनि हामीसँग रहेन । आत्मरतीका सुन्दर सपनाहरु चहार्दा चाहार्दै हाम्रै लागि एउटा अप्रत्याशित धून छाञासँग बज्दै र बग्दै आयो सल्लेरीका घुम्ति हुँदै र एक टहकले हामीले हेरिरहँदा नै आकाशिंदै गएको जेठको धूपको घामको राप र तापले जनजीवनलाई तताउँदै र सताउँदै गएजसरी नै बेलाहारा, गुठीटाहारको बाटोबाट तमोरका सुशेलीको गुञ्जायमान लहर पछ्याउँदै मूलघाटतर्फ लागेर छेलियो हृदयाकाशको ऐना । लक्ष्मीको दाम्पत्य यात्राको पहिलो पहर रहेछ त्यो । हाम्रा सपनाहरु एकै पटक बगे र पुरिए त्यो क्षण । हाम्रा चार नयनका रोशनीका शालीन संवादले अप्रत्याशित मुस्कान जन्माई दिए दुबैका अधरमा तर इच्छाको अवशानका पीडाका घाउहरू निकै दिनसम्म सुम्सुम्याएर मलमपट्टी लायौँ र खाटा बसायौँ हामीले । यादमा अल्झिएका ती तरङ्गहरूलाई विस्मृतिको भण्डारमा थन्क्याएर जीवन यात्राका आवधिक अवसरहरुबाट पारङ्गत हुँदैछौँ यतिवेला तथापि मनोलोकमा रहेको रहस्यले स्वप्नलोकमा गरेको आजको प्रक्षेपणबाट यी शव्दहरु बुनिए आज ।
आफ्नै हृदयाकाश नियाल्ने मनोलोकको त्यो ऐना छेलिएको पनि २५ बर्ष पुगेछ । अहिले फेरि आँखामा त्यही आकार नकुँदिएको भए दमित मनका अवशेषहरू यसरी चाङ बनेर बसेका पदावली मौसमी खहरेझैं बनेर बेगवान पनि हुने थिएनन् होला, तर आज फेरि नसोचेको खुसी ! म त्यसरी नै साक्षात्कार भएँ उनीसँग जसरी २५ बर्ष अघिको त्यो हाम्रो वयपनमा संवादहीन साक्षात्कार हुन्थ्यौं लक्ष्मी र म ।
मैले मेरो सामथ्र्यले निफनेर बनाएको विनयसहित एक घुट्को प्रेमलाई शव्दाकार बनाएर उनलाई सम्वोधन गरें “लक्ष्मी !”जुन शव्द बतासले पनि नसुनी उनको कानबाट सुछक्क छिरेर उनकै हृदयमा पुगोस्झैँ लाग्थ्यो । सोचमग्न तन्द्राबाट स्वभाविक प्रतिक्रिया जनाउँदै मेरो अनुहारमा पुलुक्क हेरेकी थिइन उनले त्यतिबेला । उही दुई निश्छल आँखामा शालीग्रामझैँ कुदिएका नानीमा मेरो हृदय समर्पणको याचना बिम्बित भएझैं लाग्थ्यो त्यसबेला । अधरहरु हलुका कम्पनसहित फारिंदा माथितिरका आधा दर्जन सेता चम्किला दाँतबाट संयमतापूर्वक फुस्किएको हाँसोले सुन्दरता छल्काइरहेझैँ लाग्थ्यो उनको मुहार । चर्मचक्षुको घेराभित्र दुबै आँखाका दाञा किनारका सेता भाग चलायमान बनाएर छड्के हेराइले मेरा  शव्दको स्वागत गरेझैं आभास हुन्थ्यो त्यसबेला तर शव्द संवादमा उत्तिखेरै तत्परताको अभाव झल्किन्थ्यो । लाग्थ्यो ‘हजूर !’ भन्छिन् र त्यही शव्द हावालाई पनि छुन नदिई म आफैं घुटुक्क निलौंला तर उनको मौनताले गर्दा उनको गलासँग मेरो श्रवणको सम्बन्ध अझै नजिकिन सकेको थिएन ।  संवाद सहज बनाउने ध्येयले पुनः भने “सञ्चै छौ नी ?”अघिको उनको शिर अलिकति लच्कियो र आफ्नै बदन सरसर्ति नियाल्दै मस्रीण आवाजले बोलिन् “हजूर, मलाई त ठीकै छ, अनि हजूरलाई नी कस्तो छ ?”अघिको मौनताको अप्रत्याशित अन्त्य गरेर एकै पटक यतिको वाक्यात्मक रचनाको उनको मधुर आवाज मेरा लागि एउटा पूर्ण वसन्तको श्रृष्टिझैं भयो । सबै सन्देहहरु पाखण्डी शिशिरको अवशानझैं भएर टाढिए । यो अप्रत्यशित÷अनपेक्षित भेट नै जीवनमा छुट्टै अध्यायको थालनीझैं बन्यो त्यसबेला ।
मेरो उनीसँगको साक्षात्कार संवादका लागि रहेको अघोषित तपश्या अन्त्य भयो । हृदयद्वारबाट उनलाई सुटुक्क भित्र्याएर ढुकढुकीको धून बनाउने मेरा चाहानाहरु निराकारबाट आकारतर्फ रुपानतरण हुन उद्धत्त बने । समयको गतिभन्दा पनि हतारिएर म । उनी र म बीचको दुरीलाई मेटाएर उनको छेवैमा नजानिदो गरी शारीरिक स्पर्श लिएर बसें । परमपरागत सोमतकै लागि होला सायद स्पर्श बिच्छेदको आशयसहित उनी नजानिदो सरेझैं त गरिन् तर उनको बाञा पाखुराबाट सरेको उनको शरीरको ताप मेरो दाञा पाखुरा हुँदै शरीरभरि सल्बलाउन लाग्यो । यतिञ्जेलमा उनले लुकेर धेरै पटक मेरो भावभङ्गी नियाली सकेकी थिइन् । मैले भने निर्धक्क मेरा चर्मचक्षुले उनको पुरै बदन क्षणभरमै पटक पटक गिजोलेर कुण्ठालाई सहज बनाउँदै थिएँ । आफैंलाई सहज बनाउने मेरो भगिरथ प्रयत्नले भने अझै मलाई काबुमा ल्याएको थिएन । मेरा धड्कनको ध्वनि आफ्नै कानमा ढुकढुक हुँदा कञ्चटबाट शिरतिर झट्झट झड्का हान्थ्यो । तत् क्षणको उनको हृदयानुभूत सत्यको स्पर्श उनमै रहे पनि अनुहारमा पोतिएको लज्जा लाली र ढुकढुकीको धड्कनले कण्ठस्थानमा तिब्र कम्पन दिएर बक्षस्थलको माथिल्लो भागमा कसिएको चोली पनि थर्किरहेको प्रष्टै देखिन्थ्यो । मनमा जिज्ञासाको खलियो र वाकद्वारमा शव्दको बेग भएर पनि फेरि निःशव्द भयौं हामी एकछिन ।
“लक्ष्मी ! जीवन सोचेजसरी मात्रै चल्दो रहेनछ हगि !”हाम्रो संवादका लागि सहज भूमिका बनाउन मैले भनेको थिएँ । उनको भावभङ्गीमा पनि आज खुलेरै केही भनौलाको आशय झल्कन्थ्यो । तर संक्षिप्त मात्र बोलिन् “नत्र जीवन जसरी नै सोच्न पनि त पर्ने रहेछ नी !”मैले त उनीसँगको संवाद सहजताका लागि मात्र उठाएको सन्दर्भमा विचारको निखार त थिएन तर उनको जवाफले कुण्ठा मिश्रित कुनै दर्शनको भान दिन्थ्यो । एउटा अभियानमा पटक पटक ठुङ्न आउने समय हाम्रै अतीतका सामू निरीह बनेथ्यो मुक साक्षी मात्र २५ वसन्तसम्म फक्रन नसकेको जडझैं । तर यसबेला हामी दुबै आतुर भएछौं २५ बर्षका अनुभूतिका आआफ्ना फेहरिस्ता बुझाउन । हावा र पानीको भूमरीका मूल झैं भएछौं हामी दुबै । म भूमरी हावामा बेरिएर आकाशिंदो रहेछु बिना संकोच पत्करदेखि पातीसम्म उडाएर, देख्नेहरुका लागि रामरमिता औ बिनासको त्रास तर उनी पानी भूमरी परेर दहझैं गहिरिंदै रहिछन् बहिरबाट नखेखिए पनि भित्रभित्रै भयानक । यसबेला मेरो दाञा हातको पञ्जाभित्र उनको बाञा हातको मुट्ठी परिसकेको थियो । दुबैका हातपाखुरामा काडा परेर रौंहरु सिरिङ्ङ भै ठडिएका थिए । समयले आफैंसँग घिस्याउन नसकेर छोडिएका हामी समय दोहोरिएर आउँदासम्म पर्खिरहेछौं उही ठाउँमा । यी दिनहरू उसबेला पनि नआएका भने होइनन् भोग्न जानेनछौं हामीले । यही सौहार्दता उसबेला भएको भए अनुभवका समान भागिदार भएर सुदुरसम्मको अविश्रान्त सहयात्राका कति खण्ड त पुरा पनि गरिसक्थ्यौं होला । यात्रा भाँजिएपछि एकै पटक लिएको आयुमा पुनर्जीवनको यात्रारम्भझैं भएको थियो हाम्रो लागि त्यो क्षण ।
हाम्रो मौन संवादले शव्दाकारमा बदलिन हतारिइरहेको थियो । “लक्ष्मी ! आज तिमी फेरि कसरी यहाँ ?”मैले आश्चार्यजनित प्रश्न गरेका थिएँ । नदीका दुई किनारझैं भएर पनि नदीको पानीझैं बगेको हाम्रो जीवनको अविश्रान्त यात्रा किनार भएरै जोडिनु त असम्भव थियो तर कत्रो तप कि आश्चार्य ! भँगालो भित्रै बगेर पनि किनार जोडिएको थियो त्यसबेला तर उनले त मेरो प्रश्नप्रति नै अचम्मित हुँदै भनेकी थिइन्, “म त यहीं छु सँधै तपश्विनीझैं बनेकी !”उनको यस जवाफले म संवेदना शुन्यझैं बने, उनको भावुकता मेरो लागि धारिलो तरबारझैं बन्यो । अघि सल्बलाउन हतारिएका हातहरु शिथिल बने । उनले बोलेको तपश्विनी शव्दका दुई छेउमा करुणा र निष्ठाको सीमा देख्न थाले । उनी हतभागी र म अपराधीझैं लाग्न थाल्यो । बलपूर्वक आफैंलाई सम्हालें । २५ बर्ष अघि नै छेलिएको हृदयाकाशको ऐना र बगेका सपना झल्झली स्मृतिमा आएर पनि मिथ्याझैं लाग्न थाल्यो । दुबै हातले उनका दुबै गालामा आश्रय दिएर उनका अनुहारलाई उठाएर भावभङ्गीका पानाहरु पढ्न थालेँ । निधाभरि चिट्चिटाहट, दुई शालीग्रामहरु कुँदिएर गङ्गा सागरमा टप्किएका, दुबै ओठलाई मुखभित्र मोडेर च्यापी गलाबाट घुटुक्क एक घुट्को वेदना निल्दा आँखाका ढकनी टप्प जोडिए र बाहिरी दुई किनारबाट बगेका ऐरावतिका वेग गहमा गोरेटो बनाउँदै छातीमा तप्प तप्प झरेर यसै बिलाए । नाकका प्वालहरुमा मौनमहाँरुदन मडारिएर घट्दै बड्दै गरिरहे । हृदयबाटै उठेका हिक्काका आवाजहरु गलामा बाडुल्की र नाकबाट सुँक्क सँुक्क हुँदै शुन्यमा बिलाउँदै थिए । मप्रति उनको समर्पण नै होला शरीरको भार पुरै छाडिदिएर उनी मेरो काखमा घोप्टिईन् । स्नेहरसले मेरा चक्षुद्वारहरु पनि भरिए । “गएको समय र गुमेका अवसरसँग  अहिले पछुताउनु हुन्न लक्ष्मी ! लिएर आएको आयुलाई अझै भोग्नु छ हामीले, सम्हालिऊ !”भन्दै ढाडस दिएर मैले उनलाई शिरदेखि पयरसम्म पटक पटक सुम्सुम्याएको थिएँ । स्पर्शका अनुभूतिहरु अत्यन्त गतिशील हुन्थे । अनौठो आनन्द आइरहन्थ्यो ।
“लक्ष्मी ! किन ? के को तपश्या ? कहिलेसम्म ?”उनी अलिक सहज बन्दै गएपछि मैले उनलाई सोधेको थिएँ । उनी भन्दै गईन् “म स्वस्थानीकी सत्यदेवीजस्तै भएकी छु यसबेला । उसबेला १८ बर्षकी थिएँ । साथीसँगीकै जस्तो रमाउने मन हुन्थ्यो । भविश्य नसोचेको पनि होइन, न मैले नै भन्न सकें न हजूरले नै भन्नुभो उसबेला ? आँखामा हुने मुक भाषाले समयलाई कजाउन सकेन । मसँग बा आमाको इच्छाभन्दा परको कुनै न कल्पना न साहस ? अरुहरुले के भन्लान् भन्ने पीर । मेरो संसार साँगुरिंदै गयो । एक दिन बिहानै आमाले एउटा खगौतोमा अलिकति पानी राखेर मलाई  दिँदै भन्नुभएथ्यो छोरी आज राती सपनीमा मैले तिम्रो कन्यादान गरेकी छु त्यहीबेला तिम्रो र तिम्रा खसमको पाणि पखालेको पानी यस खगौतामा रहेको छ । जसलाई तिमीले चाहेकी छ्यौ तिम्रो तपश्याले खुसी भएर उनी आई तिमीलाई लिएर जानेछन् , सत नछाड्नु है ! भन्नु भएथ्यो । अहिले इह लोकमा बा आमाको देह त बाँकी रहेन तर मेरो तपश्या पुरा भएर नै होला हजूरको यहाँको आगमन, हजूर मेरो नाथ..” मात्र के भनेकी थिईन् उत्तिखेरै अलौकिक आश्चार्य हुन गयो । मेरासाथ विवाह वरियाती भए । यज्ञ समाधि र सामग्री स्वतः तयार भए, सजधजसहितको विवाह मण्डप भींडले भरियो । उनी दुलहीका रुपमा प्रकट भईन्, वैद्धिक विधिले हवन यज्ञादि हुन लाग्यो ,उनको दाञा हातको बुढी औलासँगै मेरो दाञा हातको बुढी औला जोडाएर उही उनले अघि भनेको खगौतामा पर्ने गरी पानी खन्याउँदै  कन्यादान दिन कुनै बृद्ध तपश्वीजस्ता व्यक्ति तयार भए । उता पण्डित ठूलो स्वरले अनेक शीर्षकमा भन्दै थिए कन्यादान लिने दिने तयार ? हरेक पटक तयार तयार को ध्वनि गुञ्जन्थ्यो ।  मण्डपमा सामूहिक ध्वनि गुञ्जदै थिया,े  शुभलगन भो...! शुभ लगन भो...! जन्मी हुर्किएको आँगनबाट परायका हातमा अर्पिइने बस्तुसमान अर्पिइनुको पीडाबाट उत्पन्न रोदन अरुले सुन्न नपाऊन भनेर नै होला त्यस रोदनको आवाजलाई शुन्यसमान बनाउने गरी नौमति बाजाको उराहा गड्गडाउन थाल्यो । म उनको पछ्यौरीलाई सम्हाल्दै मण्डपबाट बाहिरिंदै थिएँ । त्यतिबेलै बाधकको हातबाट चिप्लिएर झ्याली भुइँमा बजारिन पुग्दा झ¥याम्म गरेको ठूलो आवाज आएथ्यो । त्यति नै बेला झल्याँस्स तन्द्रामा पुगेँछु । उता भान्सामा श्रीमतीका हातबाट चिप्लिएर २ किलोको झर्काथाल झ¥याम्मझुरुम । पल्लो कोठामा ठूलो आवाजले टि भी घन्किरहेको थियो र  त्योभन्दा पनि अझै चर्को आवाजले छोरी कराईरहेकी थिईन्, “बाबा..! आज अफिस जानु पर्दैन ?”   

कथा

                                                    पुनराबृत्ति

    स्मृतिका अनगिन्ति उच्छलनहरुको छाल र तरङ्ग आफैंमा एउटा कहाली लाग्दो कहानी बनेर सजिइन पनि वेर लाग्दो रहेनछ वा जीवन बृतान्तको पुनराबृत्ति बनेर धीत मरुत्तजेल सम्झन मन लाग्ने रोमाञ्चकारी कथा पनि त्यही बन्न सक्दो रहेछ । कथा बन्नका लागि कुनै कपोकल्पित कथाबस्तुभन्दा तथ्यपरक कहानी घतलाग्दो हुँदोरहेछ । त्यस्तै आफ्नै भोगाइको एकपाटो जीवनको एक खण्ड एउटा कथा यसरी बन्न पुगेको छ मेरो ।

    उमेरले भर्खर सात बर्ष पूरा गरेर आठ बर्षमा पदार्पण गरेका थियो मेरो ।भौगोलिक बिसमताले भनौ वा सामाजिक अकर्मण्यताले ,मैले त्यही वेलामा आफ्नो जन्मस्थल र आफ्ना समूहका चुलबुल पृयताका अनेकानेक आकर्षण एवं वुवाआमाको अनन्य स्नेहको काख छाडेर आफ्नै भविश्य निर्माणका लागि दुईचार अक्षर जान्न भनेर अन्यत्र जानु परेको थियो । आफ्नो कुनै नजिकको आफन्तकाहाँ आश्रय लिएर आफ्नो वोली र ब्यबहार परिष्कृत गराउनकै लागि म चार कक्षामा पढ्दै पनि थिएँ ।एउटा मध्यम विद्यार्थीको औकात वा सामथ्र्य लिएर मेरा दिनचर्याहरु बित्दै थिए जसरी अरुहरुका बित्दथे ।

    त्यही डाँडा हो जहाँ त्यसताकाको निम्न माध्यमिक र हाल उच्च माध्यमिक विद्यालय रहेको छ ।एउटा सानो टापु जस्तो ठाउँम अवस्थित विद्यालय ,आसपासका हरिया पात्लेका बुट्यानहरु ,मकालुबाट सिर्रसिर्र बहँदै आएको सिरेटो ,तलतिरका घरबस्तीहरु र अझै तलतिरका खेतगरा र फाँटहरु आफैंमा प्रकृलिे परिपूर्ण थियो र छँदैछ अद्यावधि पनि त्यो ठाउँ । उसवेलाको कुरा लामो दौरा लगाएर लाज ढाक्दै गाउँको धुले स्कुलमा पढ्न जाने म अब सभ्यताको शिखर चढ्न दुबै खुट्टाको गोलिगाँठासम्म पुग्ने सुरुवाल लगाउन थालेको थिएँ । नियमित विद्यालय जानु र वासतर्फ फर्कनु नै मेरा नित्यकर्म ठहरिएका थिए । मेरो कसैसंग न त सामिप्यता थियो न त कसैसंग उस्तो बैमनस्यता नै । तँ र तपाइँको सम्वोधनसम्म पनि लागेको थिएन कुनै साथीहरुमा ।प्रत्येक हप्ता आफ्नो पढ्ने कोठालाई एकपटक आफैंले सफा गर्ने नियम झैं बनेको थियो । नजिकैको पात्लेको झाडीबाट स्याउला ल्याएर आफ्नो कोठा बढाथ्र्यौं हामी । सबैमा एकै किसिमको जिम्मेवारी आइपरेको हुन्थ्यो र सामना गथ्र्यौं । महिनौसम्मका मेरा दिनचर्याहरु यसरी नै बितेका थिए । न केही पाए झैं ने लाग्थ्यो न त गुमाए झैं नै....!

    दुइचार जनावाहेक सबैको उमेर प्राय एकैनासको थियो हामी त्यस चार कक्षाका विद्यार्थीहरुको ।उमेरले झण्डै मेराभन्दा दोब्बर ऋतुहरु खेपेजस्ती एउटी सहपाठी थिइन् शुभद्रा । स्मृतिपटलमा अडिएको उनको त्यसवेलाको तसवीर ‘गुलावी गाला , लच्कँदो कुम ,लर्कंदो केश ,पुष्ट छाती ,मर्कंदो कम्मर , वोलाइमा हरेक शब्दहरुसङ्ग लुट्पुटिएको मधुरो मुस्कान ,ताँती मिलेका दाँत ,कलिला भैं लाग्ने लाल लज्जित  ओठ ,शब्दानुभूतिजन्य आँखा ,रेखा कोरिए झैं लाग्ने परेला उसमाथि पनि चौबन्दी र फरियाको पहिरन कति सुसज्जित थियो उनको रुपाकृति ,अहिलेको जत्तिको शब्द गुम्फनको शक्ति ममा उसवेला पनि भै दिएको भए उनको मिठासपूर्ण सम्पूर्णताले मलाई झन नजिक्याउने थियो होला...?

    गाउँको एक सामान्य मध्यमबर्गीय परिवारमा जनिमएकी शुभद्रामा त्यस्तो कुनै अतिरञ्जितता नै त थिएन होला ..?आफ्नै घरमा सानोतिनो किराना पसल थियो उनको ।मलाई दिनानुदिन प्राप्त हुने मिठाइ खाने दुइचार पैसालाई मैले प्राय उनकै पसलमा खर्चने गरेको थिएँ ।कतिपटक उनले अरुको आँखा छलेर मलाई पैसाले आउनेभन्दा बढी नै मिठाइ थमाइसकेकी पनि थिइन् । तर उसवेलाको मेरो अवोध पना  त्यसमाथिको रहश्य मलाई पत्तै हुँदैनथ्यो । उसमाथि पनि शुभद्रा मेरी दिदी थिइन् भाइटीका थाम्न सक्ने खालकी तर मसंग उनको कुनै नाता लाग्दैनथ्यो । कक्षा वा विद्यालयमा हुँदा आम्नेसाम्ने भए हामी दुबै मुस्कुराउँथ्यौं तर वोलचाल भने हुँदैनथ्यो । मेरो अवोध बालहृदयका कुनाकुनासम्म मानव मनका स्वभाविक प्रकृतिजन्य कुण्ठाहरुको प्रवाह छुट्न थालेछ ।स्कुल छुट्टीहुनासाथ म सरासर शुभद्रन दिदीको पसलतिर जान लागें हरेक दिन । उनीवाहेक अरुसङ्ग मिठाइ किन्न पनि उत्साहित हुनछाडें म ।उनी पसलमा नभए म पसल अगाडिको लामो टेबुलमा दुबै कुइना टेकाएर गालामा हात राख्दै टुलुटुलु उनलाई नै नियाल्दै खोज्न लागें । जब उनी पसलमा आउँथिन अनिमात्र मेरो वोली फुट्थयो र मिठाइ किन्थें । हातभरि मिठाइ ल्याएर मेरो हत्केलामा राख्दै लाली छरे झैं भर्भराउँदो अनुहार पार्थिन उनी । उनको हत्केला भित्र मेरा कलिला हातऔंलाहरु पारेर च्याप्प समाउँथिन् । मेरो गालाको नजिकसम्म उनको गाला ल्याउँथिन् । उनको मप्रतिको स्नेहको झल्का आँखाभरि छल्काउँदै आफ्नो बाटो लाग्थें म ।प..ऽ..रसम्म पुगेर फर्किहेर्दा पनि उनी मलाई हेरिरहेकी हुन्थिन् । दिनानुदिन हाम्रो सम्बन्ध झन गाढा बन्न पुगेछ । उनी स्कुलमा नै मलाई मिठाइ पु¥याइदिन थालिन् ।आफ्नो पोल्टाबाट मिठाइ झिकेर मेरा हातमा दिंदा मेरो हात नै उनको पञ्जाभित्र परेर एकपटक च्याप्प समातिन्थ्यो ।

    एकातिर मेरा खर्चहरु बचत हुन थालेका थिए तर शुभद्राले मलाई सित्तैंमा मिठाइ दिएको कुरा कसैलाई थाहा हुँदैनथ्यो । भैहाले पनि म ओठ निचरे दूध आउला जस्तो बालक उनी बैंशालु ठिटी उसमाथि पनि मेरो त उनीसंग भाइटीका थाम्न सक्ने साइनो पनि हुनाले कसैले शङ्का गर्नेसम्म ठाउँ थिएन । मैले पनि यो बृतान्त अझसम्म कसैलाई बताएको थिएन र अझ पनि कलमले कोरेको वाहेक मुखले कसैलाई भनेको पनि छैन ।

    त्यसवेलाको मेरो शुभद्रासंगको साइनो दिदीकोभन्दा पनि मिठाइको नजिक हुन पुग्यो । स्कुलमा रहँदा पनि फुर्सदको वेला उनी जता जता जान्थिन म पनि नजानिंदो गरी त्यतै जाने गर्थें । उनी पनि नजानिंदो गरी मलाई नै नियालिरहेकी हुन्थिन् र आफ्ना साथीसंगीलाई छक्याएर मलाई नजिकिन इसारा दिन्थिन् । म नजिक हुन्थें र मिठाइ लिन्थें । कहिलेकाहीं उनी मलाई मेरो नामबाटै पनि वोलाउँथिन् । उनले मलाई वोलाउँदाको त्यो शब्द “सागर” सायद उनी हावासंगै नउडोस भनेर घुटुक्क निल्न खोज्थिन् । सायद उनको जीवनको त्यो वेलासम्म पनि उनले त्स्तो शब्द पाएकी थिइनन् जसलाई पटक पटक ठूलो स्वरले जपेर पनि आवाजलाई हावामा उड्न नदिई घुटुक्क निलेर हृदयमासाँचौं जस्तो लाग्ने ।

    समयले मलाई पनि च्याप्प समाएछ ,नियतिका पछि पछि दगुर्न थालेंछु ,अनि मलाई  पनि शुभद्रा नभएको दिन अँध्यारो हुनथाल्यो । कक्षामा पढ्न बस्दा समेत हामी एकअर्कालाई नजरका नंग्राले चिथरिरहन थाल्यौं । मध्यान्तरको समय पर्खन हामीलाई आतुर हुन्थ्यो ।त्यसवेलासम्मा मैले पनि केही साथी बनाई सकेको थिएँ भने उनी त झन कोक्रादेखि नै घुमिखेलेको ठाउँ उनका शखी अझ कति थिए ,तर हामीले अरुलाई बिर्संदै गयौं र मध्यान्तरको समय पारेर हामी नजिकैको वनतिर घुम्न जान थाल्यौं ।जीवनका आठौं बर्षहरुलाई थाप्लोमा थापेर हिंड्दैगरेको ममा मिठाइको लालसाभन्दा बढी केही नहुनु पर्ने हो ।चेतन मनले भने दिदीको प्यार पाइरहेको थियो भने अचेतन मनभित्रका मनोग्रन्थीहरुले कुन आनन्दको स्फूरण गरिरहेका थिए त्यो मलाई नै थाहा भएन । प्रत्येक दिन हामी त्यो बुट्यानको जङ्गलमा पुग्ने गथ्र्यौं । विदाको दिन हुनाले शनीबारले एकबर्ष जत्तिकै भएर तड्पाइदिन्थ्यो । प्रकृतिको आफ्नो गति निरन्तर चलिरहेकै थियो ।बुट्यानका कुञ्जहरुमा वसन्तले सप्को मार्न थालेको थियो ।शुभद्रा दिदी र म नै त्यस वसन्ती बहारका पहिलो उपभोक्ता बनेका थियौं ।भ्रमरको गुञ्जनसङ्गै हामी पनि आपसमा गुन्गनाउँदै वनमा घुम्ने गथ्र्यौं्र । “सागर ! कति राम्रो पूःल हगी ..!”भन्दै जावो पात्लेको पूmल टिपेर उनी खेलाउँथिन् । वनमा रमाउने चराहरुको चिरबिर हाम्रा लागि अनौठो सङ्गीत बन्दथ्यो ।वनभरिको वासना , भमराको गञ्जन ,चरीको चिरविर ,मन्द पवन ,मकालुकाु शिरशिर बतास र हिमालको सेताम्य दृष्य साराका सारा हामी बीचको नजानिंदो स्नेहको आलम्बन बन्दथे । हिंड्दाखेरी पत्करको स¥याङ÷सुरुङले छाती ढुकढुक बनाउँथ्यो  । पोथ्राबाट कोइलीले कुहुकुहु गर्दा लजाएर लुक्न खोज्थ्यौं ।

    दिनदिनै हामीले यात्रा बढाउन थाल्यौं । प्रत्येक पछिल्ला दिन अघिल्लादिनका भन्दा केही परसम्मका वनकुञ्जमा हामी पुग्न थाल्यौं । स्कुलमा घण्टी लागेको आवाज कानमा ठोक्किन छाड्यो ।कुन आनन्दको संसारमा हामी त्यसवेला हुन्थ्यौं मलाई थाहा हुन छाड्यो ।मलाई त्यति मात्रै थाहा छ उनी मेरो हात समाएर डो¥याउँदै मलाई लैजान्थिन् ।“कति राम्रो नरम हात ..हगी सागर तिम्रो !”भन्थिन् ।पालैपालो मेरा दुबै हात उनी मुसारिदिन्थिन् । खुसीले गदगद भएर म जम्मै शरीर लुलो पारिदिन्थें ।मेरा दुबै काखी मुनी हात राखेर मलाई उनी  जुरुक्क उचाल्थिन् र उनको छातीमा मलाई टाँस्दथिन् ।जिब्रोलाई मुखबाट बाहिर निकालेर दुबै ओठले च्याप्दै नाँके स्वरमा उँ‘ऽ..गर्दै मेरो मुख नजिक उनको अनुहार ल्याउँथिन् ।त्यसवेला म मुसुक्क मुस्काइदिन्थें ।जवाफमा उनी पनि मुस्काउँथिन् ।गुराँस झैं रातो बनेको उनको अनुहारमा सेता दाँत चम्कन्थे । धेरैवेर पछिमात्र ठूलो सास स्..वाँ...स्.वाँ गर्दै छाड्थिन् ।उनको छातीको ढुकढुकले मलाई समेत थर्काइरहेको हुन्थ्यो । चुप्प मेरो गालामा म्वाँइ खान्थिन् , बोकी बोकी मलाई काउकुति लगाउँथिन् ,त्यसवेला म आत्तिएर “अँ...ऽ..नाइँ क्या..”भन्दै कराउँथें ।त्यसवेला मलाई जतनसाथ भुइँमा राख्दै उनी भन्थिन् “छि..ऽ..हौ सागर..! तिमी पनि त्यति जाबो काउकुति लगाउँदैमा अर्काले सुन्नेगरि कराउँछौ ....!” म उनको त्यस प्रश्नको उत्तर दिन सक्दिनथें ।उनीसङ्ग प्रतिवाद गर्नु भनेको एक त मेरो पहुँचभन्दा बाहिरको कुरा थियो भने अर्कातिर मिठाइ पाउने क्रम टुट्ला भन्ने डर पनि ।उनी भने वनभरिको गोरेटोमा मलाई जतनसाथ डो¥याएर ल्याउँथिन् । स्कुल नजिक आएपछि आफैं सरासर कोठामा जाने गथ्र्यौं ।

    उसवेलाको मेरो बालशुलभ हृदयमा शुभद्र दिदीले आशन जमाइसकिछन् ।सन्नाटा छाएका काला अन्धकार रातका पर्दाहरुमा समेत उनको त्यो गठिलो शरीर र हँुिलो मुहारको आकृति मेरा आँखाले ठम्याउन थाले । म निर्लिप्त भएर शुभद्रा दिदी नै देख्नथालें । उसवेलाका उनका मर्मस्पर्सि हातहरुले मुसार्दा मलाई थोरबहुत थेत्तर बनाइसकेकी थिइन् । उनी मसंग शरीर सम्पर्कको पीपाशाले रन्थनाउँदिरहिछन् ।नजानिंदो ममा पनि उही तिर्सना हुर्कन थालेछ तर कहीं कतैको सक्षमता भने ममा थिएन ।केवल उनका हरेक अवस्थाहरुको मुकदर्शक बनेर बस्नुमात्र मेरो पौरषत्वमाथिको लाचारिता पनि थियो । तर पनि मैले लाचार नै बन्नु चाहिं परेको थिएन किनकी उनी मलाई नै वेवास्ता त कहिल्यै पनि गर्दिनथिइन् बरु मलाई खोजी खोजी भए पनि लिएर उनी रमाउँथिन् । सकेसम्म उनी मलाई एकान्तमा लिएर जान चाहन्थिन् र लान्थिन् पनि तर विद्यार्थी भएकै कारण एकान्त समय मात्रै हाम्रा लागि पर्याप्त थिएन । दिनभरि कक्षामा गुरुले पढाएका पाठहरु भन्दा मेरा लागि उनले एकान्तमा सिकाएका प्रकारान्तरका सन्दर्भहरु नै दिगो बन्नलागे । मलाई उनले आफ्नो फन्दामा लिएरै छाडिन् । मैले उनका कुनै कुरालाई पनि अस्वीकार गर्न छाडें ।

    एकदिनको कुरा हो , फुर्सदको समयलाई आफ्नो पहुँचबाट फुत्कन नदिने विचार उनले गरिछन् र भनिन् “सागर ! भोलि शनीबार स्कुल जानु पर्दैन ,तिम िचाँडै हाम्रोमा आऊ है !”आउने कुरालाई त मैले सहजै स्वीकारें किनकी उनका पाठहरुले मलाई नजानिदो प्रभाव पारेकै थियो र भोलिपल्ट सवेरै म उनको घरमा गएँ । आफ्नो घरबाट उनले कसकससंग कस्तो अनुमति लिइन् त्यो मलाई केही थाहा भएन । हाँस्दै आएर मेरो गालामा उनको हत्केला रगेड्दै भनिन् “ जौं ..सागर !” वोलाइमा जिब्रो नफड्कारिएको लाडे स्वभाव थियो । म उनको पछिपछि लागें । पहिले त हामी स्कुल नै पुग्यौं ,त्यहाँ सुनसान थियो, त्यसपछि हामी उही हाम्रो साइनारु वनतिर लाग्यौं । बाटाभरि उनी वोल्नु भन्दा पनि बढी मलाई सुम्सुम्याउँथिन् ।स्कुल समयको ख्याल गर्नु नपर्ने हुनाले सँधैभन्दा बढी त्यसदिन धक फुकाएर वोल्न खेल्न पाइन्थ्यो ।

    बितेका अन्तिम दिनको भन्दा पनि झण्डै दुइगुना पर हामी पुग्यौं । त्यो निर्जन्य झाडीका बनकुञ्जहरुमा कतै कसैको आभाससम्म थिएन ,जति थियौं शुभद्रा दिदी र म । अरु भए पशु पंक्षी खलबल मात्र ।एउटा सानो ओढार परेको ढुङ्गको फेदमा हामी पुग्यौं । बैशाखको महिना हुनाले पूर्बको सफा आकास माथिको सूर्य धेरै माथि चढेर प्रचण्ड गर्मीको राप छाडिरहेको थियो ।पोथ्राका सहारामा ओढार छेउकै शीतल ठाउँमा हामी दुइजना  नै बस्यौं । ओढारमा सायद कुने जन्तु विश्राम गरिरहेकै थियो होला र हाम्रो चाल सुन्ने वित्तिकै त्यसले पनि कुलेलम ठोकिसकेको थियो क्यारे..! 

    साइनो र उमेरले दिदी भए तापनि म उनलाई सहपाठीकै नाताले शुभद्रा भनेर वोलाउँथें ।ओढारपट्टि लक्षित गर्दै मैले उनलाई भने “यो ओढारमा त  बाघ भालु बस्छन् होला हगी..?” उनले बाघ भालु देखेकी थिइन् वा थिइनन् त्यो उनै जानून् ,तर उनलाई ती जन्तुसंग डर लाग्दो रहेछ भन्ने आभास उनको चेहरामा नै पाइन्थ्यो । “हामी दुइजना छौं अनि बाघभालु पनि त डराएर भागिहाल्छन् नी हगी ! बरु आऊ सागर हामी पनि एकछिन् त्यही ओढारमा बसौं ...”भन्दै मेरो हात समातेर उनले मलाई त्यहीं पु¥याइन् ।यसवेला उनको चेहरामा विश्रृङ्खलित भएर उतारचढावका रेखाहरु कोरिइरहेका थिए । नजानिदो उनको शरीरबाट कम्पन् छुटेको थियो ।मुटुका धड्कनले छाती छिचोलेर थर्काइरहेको थियो ।आफ्नो चोलोलाई गर्मीको बाहाना बनाएर अलपत्रसंग पात्लेको झाङमाथि फ्याँकिदिएकी थिइन् ।उनी त अर्धनग्न अवस्थामा पुगिन् ।गाला रसाएर रगत चुहिएला कि जस्तो बनाइन् ।छिनछिनमा उनको शरीरभरि काँडा उम्रन्थे र क्षणभरमै विलाउँथे । एकैछिनमा उनले मेरा दुबै गालामा उनका दुबै हात छ्याप्प राखेर “सागर..” भन्दै मेरो शरीरलाई नै उनको गौरीशंकरका बीचमा पु¥याएर च्याप्प अङ्गालोमा कसिन् ।उनको शरीरमा प्रचण्ड ताप थियो साथै उनको छातीको ढुकढुक मेरा कानमा बन्दुक झैं भएर गर्जन्थ्यो  ।त्यसवेला मेरो शरीरभरि चिटचिट पसिना आएको थियो । मुटुको धुकधुकी बढेर छिटोछिटो गतिमा चलेको थियो ।उनी भने झण्डै अर्ध चेतन नै बनेकी थिइन् । दूध चुस्ताचुस्तैको दूधेबालकलाई आमाले जतनसाथ सुताए जसरी मलाई बिस्तारै सुताइन् र मेरा दुबै गालामा चुप्प चुप्प म्वाइँ खाइन् फेरि जुरुक्क उठाइन् ।त्यसवेलासम्ममा उनी सर्बाङ्ग नाङ्गै बनिसकेकी रहिछन् । उनको नाङ्गो आकृतिको दृष्य मेरो नजरमा अटाउन सकेन ।त्यस्तो भयावह अर्थात विभत्सता नियाल्न नसकेर मैले आँखा चिम्लिएँ ।उनको भने वोली पनि हराइसकेको थियो । फेरि पनि अघिकै रीत उनले मलाई समातेर उठाउँदै उनका गौरीशंकरका बीचमा टाँसिन् ।त्यसवेला उनको पेट जम्मै साहोरिएर छातीमा सरेको थियो ।मेरो असक्षमताको उनलाई हेक्का नै भएन ,जबरजस्ती करबलले मलाई उपयोग गर्ने प्रयत्न गरिन् । मलाई च्यापी च्यापी आकाश नियालेर पुर्लुक्क लडिन् । पानी खाने धोको रहे जसरी मुख उघारेरै आँ...ऽ...गरिरहिन् ।जिब्रोलाई पालैपालो दुबै गाला ठेल्न पु¥याउँथिन् र धेरैवेर पछि लामो सास फेर्दथिन् ।मेरो पुरुषत्वलाई चुनौति दिएर करबलले मलाई उपयोग गरिरहेकी थिइन् । एकहूल कलकले चराले हाम्रो रामलीला हेर्दै खलबल मच्चाउँदै भू..र्र ..भू..र्र गर्दै पोथ्रा चाहारेर उँभो लागे । चराको खलबलले उनमा केही होस फिरेछ , मलाई थपक्कै छाडिदिएर “ हँ ”गर्दै जुरुक्क उठिन् र संमालिन थालिन् ।एकअर्काबाट दुबैजना लज्जित भयौं । अनुहारमा हेराहेर गर्ने हिम्मत दुबैको हरायो ।दुबैका शीर झुके ।उनले आफ्नो काँधमा फरियाको सप्को हालिन् र मेरो हात समाएर “जौं.” भनिन् ।बाटो लाग्यौं ।चोरीचोरीमात्र एकले अर्कालाई हेर्ने ग¥यौं । “सागर ..! यो कुरा कसैलाई नभन्नु है ! भन्यौ भने त म तिमीसङ्ग कहिल्यै पनि वोल्दिन नी ! ” भन्दै उनको घरभन्दा केही परैबाट मलाई विदा दिइन् ।त्यस दिन उनको घरमा पुग्न नदिई ,पु¥याउने चाहाना नै नगरी मलाई विदा दिएकी हुनाले म आफ्नो वासस्थानतिर लागें । निवाससम्म पुग्ने बाटो उति लामो त थिएन तर पनि मलाई त्यति बाटो काट्न हम्मे प¥यो । भयले भुत्ल्याउन थाल्यो ,आकाशले गिज्याए भैंm लाग्यो ।धरतीले धिक्कारे भैंm लाग्यो । वहेको बतासमा पनि सन्त्रासका सपनाहरु कोरिएको देख्नथालें ।परन्तु मसङ्ग अरु उपाय पनि के नै थियो र सहनुभन्दा बाहेक ।सरासर गएर आफन्तलाई बिसञ्चोको बाहाना बनाएर घुप्लुक्क सुतें तर निदरीले साथ नदिएरै आधारातसम्म पिरोलिइरहें । कल्पना परिकल्पनाले आकाश धरती जम्मै ढाकें तर सन्तोषको सास एकपटकसम्म फेर्न नसकी झकाएँछु । मनमा जे जस्ता कुरा मडारिए पनि भोलिदेखिको आफ्नो नियम क्रमलाई टुटाइँन ,स्कुल जाने आउने गरि नै रहें ।

    केहीदिनसम्म त शुभद दिदी र म सङ्गसङ्गै पढ्दै थियौं । स्कुलमा भेट हुन्थ्यो ।आँखा जुझे भने लाजले भुतुक्क हुन्थ्यौ ।तर उनले म एक अवोध बालकमाथि गरेको अपराधको प्रायीश्चत गर्न हो वा अघिको रहश्यको भेद खुल्छ कि भन्ने डरले हो मलाई मिठाइ दिने क्रम छुटाइनन् बरु झन झन बढाइन् ।लुकेर मात्रै अनुहारमा हेराहेर हुन्थ्यो । हातमा मिठाइ त थमाइदिन्थिन् तर पिछा गर्ने क्रममा भने पहिलेको भन्दा घटेको थियो ।उनीसङ्ग फेरि निर्धक्क र निर्लज्ज भएर अनुहार हेराहेर नगरी नै केही दिन पछि मैले त्यस स्कुललाई छाडिदिएँ ।

    एक दिनको घटनाले कति दिनसम्म हामीलाई लज्जित बनाएको थियो । घटना पछिका म त्यहाँ रहुञ्जेलका त्यतिका दिनहरुमा उनको अनुहारमा कत्तिको फेरबदल हुँदो हो तर मैले धक फुकाएर हेर्न सकिन । सायद म प्रतिका उनका भावनाहरु पनि त्यस्तै थिए होलान् तर ‘नरहे बाँस नबजे मुरली’ केही दिनमा नै हामी आम्ने साम्ने नरहे पछि ,हाम्रो भेटघाट नै नभए पछि दुबैलाई हाइ सञ्चो भयो पनि होला ,कति दिन पछिसम्म पनि उनको पहिलेको मुखाकृति मेरो मानसपटलमा त्यसरी नै चल्बलाइ रहन्थ्यो जसरी पहिले साक्षात्कार हुँदा देख्दथें ।बल्ल तल्ल उनलाई बिर्सन सकें तर पूर्ण रुपमा भने होइन ।

    त्यस यताका एक कोरी बर्षहरु आफ्नै गतिमा चलिरहे । क्षणिक स्मझना त्यस ठाउँको र ती दिनहरुको आए पनि त्यसले कुनै चोट पार्न सकेन । त्यो ठाउँ छाडेको दुई चार बर्ष पछि नै सुनेको थिएँ शुभद्रा दिदीको विहे भयो रे ! तर कहाँ ? कोसङ्ग ? थाहा भएन र पाउने जमर्को पनि गरिन ।पछिका दिनमा कति पटक मैले एक समयका केही दिन विताएको त्यस स्कुलसम्म त पुगें ,आफ्ना साइनारुकै घर पनि पर्ने हुनाले शुभद्रा दिदीके माइति घरमा पनि म पुगें तर उनीसंग भेट भएन । स्कुलको डाँडाबाट नियाल्दा पनि ती पात्लेका पोथ्राहरु केही बढेका बाहेक अरु केही फरक देखिंदैनथ्यो ।झाडीतिर जानु पर्ने कुनै कारण नै नहुनाले परैबाट नियाल्थें ।अतीतलाई सम्झँदै करबलले बिटुलिएको शुभद्रा दिदीको र मेरो साइनोले कुत्कुत्याएर लज्जित हुँदै फर्कन्थें । आफ्ना कुनै वेलाका दिनचर्याहरुको पुनराबृत्ति बाहेक केही पनि हुँदैनथ्यो ।

    जुन समयदेखि  मैले त्यस स्कुलमा पढ्न छाडेको थिएँ वा भनौ शुभद्रा दिदीसंग भेट हुन छाडेको थियो त्यो पनि बीस बर्ष भै सकेछ । त्यै ठाउँबाट केही उत्तर पश्चिमको एउटा गाउँमा मैले जानु पर्ने भयो । चिने जानेको कोही पनि छैन ,मात्र एक जनाको नामसम्म सुनेको छु उनैसंग भेट गर्नु नै पर्छ अन्यथा त्यहाँ जानुको कुनै औचित्य पनि रहन्न ।पचासौं संगको सोधाइ पछि बल्ल तल्ल पुगें त्यस मानिसका घरमा । एक अधवैंशे आइमाई गाई बाख्रालाई पानी दिन लागेकी थिइन् । “दिदी ! रमानन्द सरको घर यही हो ..?” मैले उनै महिलालाई सोधें । “यही हो ,किन सोध्नुभो ?कुन्नी ! ” उनले प्रतिप्रश्न तेस्र्याइन् । “भेट गर्नु थियो , घरमा हुनुहुन्न ?” उनका प्रश्नको जवाफ सहित मैले प्रश्न राखेँ । “ घरमा त हुनुहुन्न ,एकैछिन बस्दैगर्नुहोस है ! ” भन्दै उनी आफ्नो काम सक्न पट्टि लागिन् । सुनसान घरमा के सोमतले बसौै भनेर म पनि ठिङ्ग उभिरहें । उनी काम सिद्याएर आइन् । “ ए ..रमेश ! खाटमा राडी हाल न वा ! ” भनिन् । दशबाह्र बर्षको अन्दाज गर्न सकिने एउटा केटाले खाटमा राडी हाल्यो ।उनले सकेसम्मको शिष्टता देखाएर भनेकी होलिन् “बस्नोस् न सर् ” म बसें ।

    बैषाखको महिना परेकाले खडेरीले धुलो उडेको र गर्मी उस्तै बढेको थियो ।अरुकुरा भन्दा पनि पानी खाने धोको नै प्रवल बन्यो मेरालागि । पसिना पुछ्दे “पानी खाउँ न दिदी ”भने । उनले आखोरामा पानी ल्याएर दिइन् । पानी खाइसक्न नपाउँदै सोधिन्  “खै..? मैले त चिन्न पनि सकिन..?कहाँबाट आउनु भएको को हुनु भो ? ” “आउन त म अलिक टाढैबाट आएको ,यही गाउँतिर सानो काम पनि थियो ।रमानन्द सरलाई भेटेपछि सजिलै सित हुन्छ भन्ने सुनेको छु र वहाँलाई भेट्ने मन गरेको हुँ ,खै कता जानु भएको होला कुन्नी ? फेरि आपूmले त चिनेको पनि छैन मात्रै नाम सुनेको हुँ र खोज्दैछु ..”भने । “यतै गाउँतिर कतै लाग्नु भएको होला ,एकैछिनमा आउनुहुन्छ अनि चिनजान पनि भैहाल्छ नी !घर चाहिं कहाँ प¥यो होला? ”भन्दै कुरा थपिन् । 

    यतिकावेलासम्म एकले अर्कालाई शंकासम्म गर्ने वेला थिएन ।मैले आफ्नो घर बताएँ । उनलाई उसवेलाको सागरको घरको सम्झना रहेछ ।“के थरि पर्नुभो ?” फेरि प्रश्न राखिन् । मैले मेरो आफ्नो थर पनि बताएँ ।सागरलाई त अवश्य पनि जान्नुहुन्छहोला भन्ने जिज्ञासा राख्दै मलाई सागर संगको सम्बन्ध पनि सोधिन् ।म आपैंm सागर ,मैले हच्कनै प¥यो ।मैले उनका प्रश्नको उत्तर नदिई बरु आपैंm केरकार गर्नथालें सागरलाई चिनेका रहश्यहरु खेतल्न लगाएर । उनले भन्दै गइन् “ एकताका सागर मे््््रो् माइति गाउँको ्स्कुलमा पढ्थे ,म पनि त्यहीं पढ्थें , हामी एउटै कक्षामा पढ्थ्यौ ,त्सैवेलादेखि चिनेकी हुँ ।उमेरले त मभन्दा धेरै कान्छा पनि हुन् तर पनि मसंग साह्रै मिल्ने साथी थिए ।उनी आफन्त काहाँ बस्थे ,आफन्तकै नाताले मसंग पनि उनको नाता पर्दो रहेछ र म उनकी दिदी पर्दिरहिछु ।पढ्दापढ्दै सागर स्कुल नै छाडेर हिंडे ,त्यस पछि कहाँ गए र के गर्न लागे वा अहिले के गर्दैछन् केही पनि थाहा पाउँदिन ,” उनी भन्दै गइन् ,मलाई कताकता शङ्का लाग्न थाल्यो ।आफ्नो बीस बर्ष अघिको त्यो राम लीलाको पुनरावृत्ति हुन थाल्यो ,अनुहारमा वैश ढल्किएका उनै शुभद्रा दिदीको गठीलो शरीर ,गुलावी गाला , लर्कंदो केश ,ठ्याप्पै मिले जस्तो लाग्यो ।उसवेलाको मेरो अवोध हृदयमा पलाएर मौलाएका चेतनाका लहरहरुले मलाई कुतकुत्याउन थाल्यो ।नजानिदो गरी लज्जाले मलाई विथोल्न थाल्यो । अनुहारमा स्मृतिका पाना पल्टन थाले ,शरीरु गर्माएर अनुहार रातो हुनथाल्यो ।अझै उनी भन्दै गइन् “मैले कति पटक त सागरलाई आफ्नो काखमा पनि राखेकी थिएँ ।बाल्यवस्थाकै भए पनि उनको मीजास कति राम्रो थियो । कतिपटक मैले सागरलाई वन विहार गर्न जाऊँ भाइ भन्दै डो¥याएर डुलाएकी पनि थिएँ । अनि कसरी विर्सन्छु त म उनलाई ।” अझ भन्दै गइन् “ छोरी मान्छे अर्काका घरमा परेपछि वावु आमा त विर्सनु पर्दो रहेछ अनि सागरलाई नै पो कत्तिदिन सम्झिरहन सक्नु र तै पनि समयसमयमा सागर भाइको सम्झना आइरहन्छ नी ! भेटघाट गर्नु त बिरलाकोटी नै भयो । सागरले सम्झन्छन् सम्झँदैनन् त्यो त उनै जानून् ।अब त लक्का जवान पनि भए होलान् ?छोरो मान्छे कहिले काहीं त घुम्दै फिर्दै आएर के छ दिदी ? भनिदिए कति खुसी लाग्ने थियो .... ”उनी लगातार आफ्नो अतितलाई कोट्याउँदै थिल्थिल्याउँदै गर्न लागिन् । उनी साँच्चै नै उनै शुभद्रा दिदी रहिछन् ,अतितको पुरै पुनराबृत्ति गराइन् । यतिवेलासम्ममा म लाजले भुतुक्क भैसकेको थिएँ ।मेरो चेहराले म आफैं सागर भएको परिचय दिइसकेको रहेछ ,अनुहारको पानामा पाठ पढिन् क्यारे ! उनी पनि लाज र भयले अनुहार लत्पताएर विश्मयका साथ अल्मलिइन् र भनिन् “ कि ...तपाइँ ...!”प्रतिउत्तरमा मैले “ के छ दिदी ? ” भन्दै त्यहाँबाट उठेर सरासरी हिंडें ।अतितको पुनराबृत्तिले मलाई त्यहाँबाट धकेलिछाड्यो । कुन्नी शुभद्रा दिदीलाई कस्तो लाग्यो र अहिले के गर्दै होलिन....?

                                                                                                                                                              
   
   

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...