दिवङ्गत प्रेम
उनीसँग मेरो अन्तरसंवादको अतीत जीवन्त त कति पनि छैन । यद्यपि भविश्यमासमेत अन्तरसंवादका संभावनाहरु शुन्य नै त नहोलान् । समयले जीवनको अन्तिम लेखा नबुझाउञ्जेल त ती दिन र त्यस्ता अवसरहरु आए पनि पछुताउनु सिवाय केही पनि हुने छैन ।
नियमित भएर पनि अप्रत्यासितझैं लाग्ने संयोगका निरन्तरता थिए ती । पूर्वजले आर्जन गरेको पुन्यले अलिकति अवसर नासो दिएको रहेछ हामीलाई तर जन्मजात रुपमा लिएको पैतुक स्वामित्व वा पुरुषार्थ देखाएर पाएको बिर्ताझैँ अबिनासी ठानिएछ उसबेला त्यसैले आफ्नै आँखाको नानीबाट आफैँले देखेका सुन्दर सपनाहरु खोसी लैजाने जब्बर नियति सहेर पराजयको रजत बर्ष मनाउँदै लेख्न बाध्य बनेको छु यो आत्मकथा ।
उसबेला उमेरले सायद १७ बर्षको वरिपरिको वय हुँदो हो उनको । अड्कलको अक्कल लगाएर रमाउँने मात्र म र मेरो अनन्य मित्र गणेश । गाउँ बेंसीमा बयेली खेलेरै पुष्ट भएको तन, कोपिला पट्ट भै फुटेर पराग छाड्दैै गरेको बेली चमेलीले शोभायमान चुचुराझैं बक्ष्याकार, पहाडी झरनामा नुहाएको कञ्चन अनुहार मानौ कालीगडी कलाको उत्कृष्ट नमूनाझैँ लाग्थ्यो उनको पूर्ण वदन । चर्म चक्षुले छरिरहेझैँ लाग्थ्यो निश्छलताको निखार । कति पटक उनका र मेरा चार आँखाका रोशनीहरु हाम्रा दुरीबीचको शुन्यमा एकाकार भएथे उसबेला । मनको मझेरीमा उनको स्वागतार्थ मैले भुवादार आसानी नबिछ्याएको पनि हैन तर वाकद्वारबाट एक बचन पनि बाहिरिएनन् उनको कर्ण कुहरलाई निशानी लगाएर र उनकै आवाजबाट श्रवणको सौभाग्य नपाए पनि मलाई थाहा थियो उनी थिईन् ‘लक्ष्मी’ । वैभव सम्पन्नताका मणी,माणिक्य जुहारात, आभूषण जे भने पनि मेरो लागि उनको मुहार नै यथेष्ट थियो ।
म र मेरो अनन्य मित्र गणेश, हाम्रा मन र पनको तादात्म्यताले भावात्मक रुपमा रहेको हामी बीचको अभिन्नतालाई बारम्बार रुपमा झल्काइरहन्थ्यो । सर्ब स्वीकार्य साझा शव्दहरुको प्रवाहबाटै हुने गरेका हाम्रा अन्तरसंवादहरूले ब्यक्त गरेका हाम्रा विचार÷आशय पनि हामी दुईबाहेकका लागि दुर्वोध्य नै सावित हुन्थे उसबेला ।
हामी बीचको उमेरको अन्तरजस्तै अन्तरको पनि मेल भएका थिए लक्ष्मी र मीरा । हाम्रा मनका लहडले बुनेका वायुयान प्रक्षेपण गरेको आश्मान र पदार्पण गरेको जमिन अनि त्यस प्रतिको अपनत्वको पनि उस्तै हुन्थ्यो लहड आफैँ । हामी दुईले उनीहरु दुईप्रति अघोषित नाता कायम गरेका थियौं र हृदयद्वारबाट मात्र सुटुक्क भित्र्याएका थियौँ मनोलोकमा ।
मनले मथेका कुरा हामीबाट कतै प्रवाह पनि भएन र समयको गति पनि हामीसँग रहेन । आत्मरतीका सुन्दर सपनाहरु चहार्दा चाहार्दै हाम्रै लागि एउटा अप्रत्याशित धून छाञासँग बज्दै र बग्दै आयो सल्लेरीका घुम्ति हुँदै र एक टहकले हामीले हेरिरहँदा नै आकाशिंदै गएको जेठको धूपको घामको राप र तापले जनजीवनलाई तताउँदै र सताउँदै गएजसरी नै बेलाहारा, गुठीटाहारको बाटोबाट तमोरका सुशेलीको गुञ्जायमान लहर पछ्याउँदै मूलघाटतर्फ लागेर छेलियो हृदयाकाशको ऐना । लक्ष्मीको दाम्पत्य यात्राको पहिलो पहर रहेछ त्यो । हाम्रा सपनाहरु एकै पटक बगे र पुरिए त्यो क्षण । हाम्रा चार नयनका रोशनीका शालीन संवादले अप्रत्याशित मुस्कान जन्माई दिए दुबैका अधरमा तर इच्छाको अवशानका पीडाका घाउहरू निकै दिनसम्म सुम्सुम्याएर मलमपट्टी लायौँ र खाटा बसायौँ हामीले । यादमा अल्झिएका ती तरङ्गहरूलाई विस्मृतिको भण्डारमा थन्क्याएर जीवन यात्राका आवधिक अवसरहरुबाट पारङ्गत हुँदैछौँ यतिवेला तथापि मनोलोकमा रहेको रहस्यले स्वप्नलोकमा गरेको आजको प्रक्षेपणबाट यी शव्दहरु बुनिए आज ।
आफ्नै हृदयाकाश नियाल्ने मनोलोकको त्यो ऐना छेलिएको पनि २५ बर्ष पुगेछ । अहिले फेरि आँखामा त्यही आकार नकुँदिएको भए दमित मनका अवशेषहरू यसरी चाङ बनेर बसेका पदावली मौसमी खहरेझैं बनेर बेगवान पनि हुने थिएनन् होला, तर आज फेरि नसोचेको खुसी ! म त्यसरी नै साक्षात्कार भएँ उनीसँग जसरी २५ बर्ष अघिको त्यो हाम्रो वयपनमा संवादहीन साक्षात्कार हुन्थ्यौं लक्ष्मी र म ।
मैले मेरो सामथ्र्यले निफनेर बनाएको विनयसहित एक घुट्को प्रेमलाई शव्दाकार बनाएर उनलाई सम्वोधन गरें “लक्ष्मी !”जुन शव्द बतासले पनि नसुनी उनको कानबाट सुछक्क छिरेर उनकै हृदयमा पुगोस्झैँ लाग्थ्यो । सोचमग्न तन्द्राबाट स्वभाविक प्रतिक्रिया जनाउँदै मेरो अनुहारमा पुलुक्क हेरेकी थिइन उनले त्यतिबेला । उही दुई निश्छल आँखामा शालीग्रामझैँ कुदिएका नानीमा मेरो हृदय समर्पणको याचना बिम्बित भएझैं लाग्थ्यो त्यसबेला । अधरहरु हलुका कम्पनसहित फारिंदा माथितिरका आधा दर्जन सेता चम्किला दाँतबाट संयमतापूर्वक फुस्किएको हाँसोले सुन्दरता छल्काइरहेझैँ लाग्थ्यो उनको मुहार । चर्मचक्षुको घेराभित्र दुबै आँखाका दाञा किनारका सेता भाग चलायमान बनाएर छड्के हेराइले मेरा शव्दको स्वागत गरेझैं आभास हुन्थ्यो त्यसबेला तर शव्द संवादमा उत्तिखेरै तत्परताको अभाव झल्किन्थ्यो । लाग्थ्यो ‘हजूर !’ भन्छिन् र त्यही शव्द हावालाई पनि छुन नदिई म आफैं घुटुक्क निलौंला तर उनको मौनताले गर्दा उनको गलासँग मेरो श्रवणको सम्बन्ध अझै नजिकिन सकेको थिएन । संवाद सहज बनाउने ध्येयले पुनः भने “सञ्चै छौ नी ?”अघिको उनको शिर अलिकति लच्कियो र आफ्नै बदन सरसर्ति नियाल्दै मस्रीण आवाजले बोलिन् “हजूर, मलाई त ठीकै छ, अनि हजूरलाई नी कस्तो छ ?”अघिको मौनताको अप्रत्याशित अन्त्य गरेर एकै पटक यतिको वाक्यात्मक रचनाको उनको मधुर आवाज मेरा लागि एउटा पूर्ण वसन्तको श्रृष्टिझैं भयो । सबै सन्देहहरु पाखण्डी शिशिरको अवशानझैं भएर टाढिए । यो अप्रत्यशित÷अनपेक्षित भेट नै जीवनमा छुट्टै अध्यायको थालनीझैं बन्यो त्यसबेला ।
मेरो उनीसँगको साक्षात्कार संवादका लागि रहेको अघोषित तपश्या अन्त्य भयो । हृदयद्वारबाट उनलाई सुटुक्क भित्र्याएर ढुकढुकीको धून बनाउने मेरा चाहानाहरु निराकारबाट आकारतर्फ रुपानतरण हुन उद्धत्त बने । समयको गतिभन्दा पनि हतारिएर म । उनी र म बीचको दुरीलाई मेटाएर उनको छेवैमा नजानिदो गरी शारीरिक स्पर्श लिएर बसें । परमपरागत सोमतकै लागि होला सायद स्पर्श बिच्छेदको आशयसहित उनी नजानिदो सरेझैं त गरिन् तर उनको बाञा पाखुराबाट सरेको उनको शरीरको ताप मेरो दाञा पाखुरा हुँदै शरीरभरि सल्बलाउन लाग्यो । यतिञ्जेलमा उनले लुकेर धेरै पटक मेरो भावभङ्गी नियाली सकेकी थिइन् । मैले भने निर्धक्क मेरा चर्मचक्षुले उनको पुरै बदन क्षणभरमै पटक पटक गिजोलेर कुण्ठालाई सहज बनाउँदै थिएँ । आफैंलाई सहज बनाउने मेरो भगिरथ प्रयत्नले भने अझै मलाई काबुमा ल्याएको थिएन । मेरा धड्कनको ध्वनि आफ्नै कानमा ढुकढुक हुँदा कञ्चटबाट शिरतिर झट्झट झड्का हान्थ्यो । तत् क्षणको उनको हृदयानुभूत सत्यको स्पर्श उनमै रहे पनि अनुहारमा पोतिएको लज्जा लाली र ढुकढुकीको धड्कनले कण्ठस्थानमा तिब्र कम्पन दिएर बक्षस्थलको माथिल्लो भागमा कसिएको चोली पनि थर्किरहेको प्रष्टै देखिन्थ्यो । मनमा जिज्ञासाको खलियो र वाकद्वारमा शव्दको बेग भएर पनि फेरि निःशव्द भयौं हामी एकछिन ।
“लक्ष्मी ! जीवन सोचेजसरी मात्रै चल्दो रहेनछ हगि !”हाम्रो संवादका लागि सहज भूमिका बनाउन मैले भनेको थिएँ । उनको भावभङ्गीमा पनि आज खुलेरै केही भनौलाको आशय झल्कन्थ्यो । तर संक्षिप्त मात्र बोलिन् “नत्र जीवन जसरी नै सोच्न पनि त पर्ने रहेछ नी !”मैले त उनीसँगको संवाद सहजताका लागि मात्र उठाएको सन्दर्भमा विचारको निखार त थिएन तर उनको जवाफले कुण्ठा मिश्रित कुनै दर्शनको भान दिन्थ्यो । एउटा अभियानमा पटक पटक ठुङ्न आउने समय हाम्रै अतीतका सामू निरीह बनेथ्यो मुक साक्षी मात्र २५ वसन्तसम्म फक्रन नसकेको जडझैं । तर यसबेला हामी दुबै आतुर भएछौं २५ बर्षका अनुभूतिका आआफ्ना फेहरिस्ता बुझाउन । हावा र पानीको भूमरीका मूल झैं भएछौं हामी दुबै । म भूमरी हावामा बेरिएर आकाशिंदो रहेछु बिना संकोच पत्करदेखि पातीसम्म उडाएर, देख्नेहरुका लागि रामरमिता औ बिनासको त्रास तर उनी पानी भूमरी परेर दहझैं गहिरिंदै रहिछन् बहिरबाट नखेखिए पनि भित्रभित्रै भयानक । यसबेला मेरो दाञा हातको पञ्जाभित्र उनको बाञा हातको मुट्ठी परिसकेको थियो । दुबैका हातपाखुरामा काडा परेर रौंहरु सिरिङ्ङ भै ठडिएका थिए । समयले आफैंसँग घिस्याउन नसकेर छोडिएका हामी समय दोहोरिएर आउँदासम्म पर्खिरहेछौं उही ठाउँमा । यी दिनहरू उसबेला पनि नआएका भने होइनन् भोग्न जानेनछौं हामीले । यही सौहार्दता उसबेला भएको भए अनुभवका समान भागिदार भएर सुदुरसम्मको अविश्रान्त सहयात्राका कति खण्ड त पुरा पनि गरिसक्थ्यौं होला । यात्रा भाँजिएपछि एकै पटक लिएको आयुमा पुनर्जीवनको यात्रारम्भझैं भएको थियो हाम्रो लागि त्यो क्षण ।
हाम्रो मौन संवादले शव्दाकारमा बदलिन हतारिइरहेको थियो । “लक्ष्मी ! आज तिमी फेरि कसरी यहाँ ?”मैले आश्चार्यजनित प्रश्न गरेका थिएँ । नदीका दुई किनारझैं भएर पनि नदीको पानीझैं बगेको हाम्रो जीवनको अविश्रान्त यात्रा किनार भएरै जोडिनु त असम्भव थियो तर कत्रो तप कि आश्चार्य ! भँगालो भित्रै बगेर पनि किनार जोडिएको थियो त्यसबेला तर उनले त मेरो प्रश्नप्रति नै अचम्मित हुँदै भनेकी थिइन्, “म त यहीं छु सँधै तपश्विनीझैं बनेकी !”उनको यस जवाफले म संवेदना शुन्यझैं बने, उनको भावुकता मेरो लागि धारिलो तरबारझैं बन्यो । अघि सल्बलाउन हतारिएका हातहरु शिथिल बने । उनले बोलेको तपश्विनी शव्दका दुई छेउमा करुणा र निष्ठाको सीमा देख्न थाले । उनी हतभागी र म अपराधीझैं लाग्न थाल्यो । बलपूर्वक आफैंलाई सम्हालें । २५ बर्ष अघि नै छेलिएको हृदयाकाशको ऐना र बगेका सपना झल्झली स्मृतिमा आएर पनि मिथ्याझैं लाग्न थाल्यो । दुबै हातले उनका दुबै गालामा आश्रय दिएर उनका अनुहारलाई उठाएर भावभङ्गीका पानाहरु पढ्न थालेँ । निधाभरि चिट्चिटाहट, दुई शालीग्रामहरु कुँदिएर गङ्गा सागरमा टप्किएका, दुबै ओठलाई मुखभित्र मोडेर च्यापी गलाबाट घुटुक्क एक घुट्को वेदना निल्दा आँखाका ढकनी टप्प जोडिए र बाहिरी दुई किनारबाट बगेका ऐरावतिका वेग गहमा गोरेटो बनाउँदै छातीमा तप्प तप्प झरेर यसै बिलाए । नाकका प्वालहरुमा मौनमहाँरुदन मडारिएर घट्दै बड्दै गरिरहे । हृदयबाटै उठेका हिक्काका आवाजहरु गलामा बाडुल्की र नाकबाट सुँक्क सँुक्क हुँदै शुन्यमा बिलाउँदै थिए । मप्रति उनको समर्पण नै होला शरीरको भार पुरै छाडिदिएर उनी मेरो काखमा घोप्टिईन् । स्नेहरसले मेरा चक्षुद्वारहरु पनि भरिए । “गएको समय र गुमेका अवसरसँग अहिले पछुताउनु हुन्न लक्ष्मी ! लिएर आएको आयुलाई अझै भोग्नु छ हामीले, सम्हालिऊ !”भन्दै ढाडस दिएर मैले उनलाई शिरदेखि पयरसम्म पटक पटक सुम्सुम्याएको थिएँ । स्पर्शका अनुभूतिहरु अत्यन्त गतिशील हुन्थे । अनौठो आनन्द आइरहन्थ्यो ।
“लक्ष्मी ! किन ? के को तपश्या ? कहिलेसम्म ?”उनी अलिक सहज बन्दै गएपछि मैले उनलाई सोधेको थिएँ । उनी भन्दै गईन् “म स्वस्थानीकी सत्यदेवीजस्तै भएकी छु यसबेला । उसबेला १८ बर्षकी थिएँ । साथीसँगीकै जस्तो रमाउने मन हुन्थ्यो । भविश्य नसोचेको पनि होइन, न मैले नै भन्न सकें न हजूरले नै भन्नुभो उसबेला ? आँखामा हुने मुक भाषाले समयलाई कजाउन सकेन । मसँग बा आमाको इच्छाभन्दा परको कुनै न कल्पना न साहस ? अरुहरुले के भन्लान् भन्ने पीर । मेरो संसार साँगुरिंदै गयो । एक दिन बिहानै आमाले एउटा खगौतोमा अलिकति पानी राखेर मलाई दिँदै भन्नुभएथ्यो छोरी आज राती सपनीमा मैले तिम्रो कन्यादान गरेकी छु त्यहीबेला तिम्रो र तिम्रा खसमको पाणि पखालेको पानी यस खगौतामा रहेको छ । जसलाई तिमीले चाहेकी छ्यौ तिम्रो तपश्याले खुसी भएर उनी आई तिमीलाई लिएर जानेछन् , सत नछाड्नु है ! भन्नु भएथ्यो । अहिले इह लोकमा बा आमाको देह त बाँकी रहेन तर मेरो तपश्या पुरा भएर नै होला हजूरको यहाँको आगमन, हजूर मेरो नाथ..” मात्र के भनेकी थिईन् उत्तिखेरै अलौकिक आश्चार्य हुन गयो । मेरासाथ विवाह वरियाती भए । यज्ञ समाधि र सामग्री स्वतः तयार भए, सजधजसहितको विवाह मण्डप भींडले भरियो । उनी दुलहीका रुपमा प्रकट भईन्, वैद्धिक विधिले हवन यज्ञादि हुन लाग्यो ,उनको दाञा हातको बुढी औलासँगै मेरो दाञा हातको बुढी औला जोडाएर उही उनले अघि भनेको खगौतामा पर्ने गरी पानी खन्याउँदै कन्यादान दिन कुनै बृद्ध तपश्वीजस्ता व्यक्ति तयार भए । उता पण्डित ठूलो स्वरले अनेक शीर्षकमा भन्दै थिए कन्यादान लिने दिने तयार ? हरेक पटक तयार तयार को ध्वनि गुञ्जन्थ्यो । मण्डपमा सामूहिक ध्वनि गुञ्जदै थिया,े शुभलगन भो...! शुभ लगन भो...! जन्मी हुर्किएको आँगनबाट परायका हातमा अर्पिइने बस्तुसमान अर्पिइनुको पीडाबाट उत्पन्न रोदन अरुले सुन्न नपाऊन भनेर नै होला त्यस रोदनको आवाजलाई शुन्यसमान बनाउने गरी नौमति बाजाको उराहा गड्गडाउन थाल्यो । म उनको पछ्यौरीलाई सम्हाल्दै मण्डपबाट बाहिरिंदै थिएँ । त्यतिबेलै बाधकको हातबाट चिप्लिएर झ्याली भुइँमा बजारिन पुग्दा झ¥याम्म गरेको ठूलो आवाज आएथ्यो । त्यति नै बेला झल्याँस्स तन्द्रामा पुगेँछु । उता भान्सामा श्रीमतीका हातबाट चिप्लिएर २ किलोको झर्काथाल झ¥याम्मझुरुम । पल्लो कोठामा ठूलो आवाजले टि भी घन्किरहेको थियो र त्योभन्दा पनि अझै चर्को आवाजले छोरी कराईरहेकी थिईन्, “बाबा..! आज अफिस जानु पर्दैन ?”

No comments:
Post a Comment