Wednesday, July 15, 2020

मुक्तकहरू


राहदानी बिहीनझै लाग्छ राजधानी अचेल,
बहाव बिहीनझैं लाग्छ यहाँ नदीको पानी अचेल,

भोक प्यास पनि यस्ता लाग्न थाले कि अर्थहीन ,
ज्सरी आकर्षण बिहीन झैं लाग्छ जवानी अचेल !



भमरा झैँ हुँदै नजिक भुन्भुनाउँदाखेरि,
लाडप्यारले काखै बीचमा छुन्मुनाउँदाखेरि,
कति मिठो हुन्थ्यो तिम्रो स्वर माधुरीले,
बगैचामा मधुर ध्वनि गुन्गुनाउँदाखेरि !

सागरजस्तै सङ्लो उसको मन भएको भए,
वासना बोकी उड्थे म नि पवन भएको भए,
ऊ तलाउ म कमल बनी शोभा सौन्दर्यको,
भर्थे कति हृदयमै कज्चन भएको भए !

हर साँझका आरतीमा मैले तिम्रो यही तसवीर देख्न पाएँ भने के हुन्छ ?
निन्द्राभन्दा पनि अबेरसम्मका सपनामा यही रूपलाई सजाएँ भने के हुन्छ ?
प्रभातले संझेर रजनीलाई पटक पटक गिज्याइरहोस फेरि सबेरैदेखि
तर सुटुक्क त्यै बेला बस्तीबाट मैले तिमीलाई भगाएँ भने के हुन्छ ?

अक्सर घनसँग ढुङ्गाको दुश्मनी छ,
जसरी नदीसँग डुङ्गाको दुश्मनी छ,
पराग चुस्न आफ्नै पत्र पल्टाउँदै आउने,
भमरासँ फूलका थुङ्गाको दुश्मनी छ !


जीवन वसन्तझै बनाएर पुषपाहार यहाँ यामका फूलहरु फुलाउन सक्नुपर्छ,
उध्दात्त होऊन सँधै हाम्रा साझा सपना रहरका बालीहरु पनिुदझुलाउन सक्नुपर्छ,
हिमालझैं कन्चन हाँसेका उभिएका छन शोभायमान गौरीशंकर चुचुरा,
बगाइदेऊ मौसमी प्यला निस्फिक्री त्यहींबाट जहाँ मैले यो मन भुलाउन सक्नुपर्छ !


युग एउटै हो हामीले बाँचेको याम एउटै हो,
हिंड्ने बाटो एउटै, पुज्ने धराधाम एउटै हो,
वय फरक हुँदैमा हाम्रो भिन्न हुनुहुन्न जीवनको लय,
यहाँ त हामीले बस्ने छाञा र ताप्ने घाम एउटै हो !

कहिले झरी आउँछ जीवनमा कहिले घाम आउँछ, 

हुरी बतास बनेर कहिले यही जीवनमा बदनाम आउँछ, 
मान्छे आफैं दुराचारी भएपछि कहाँ रहन्छ र निष्ठाको रीत , 
सुपर्णखा भोग्न कहिले लक्ष्मण आउँछ यहाँ कहिले राम आउँछ

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...