Friday, July 17, 2020

कथा




                                    संयोग÷वियोग

 
पहिलो पाइलो परेको दिन भएको हुनाले बिछ्याएको गुन्द्री समेत अपरिचित थियो मेरा लागि ।  विहानीको समय हट्दै गइरहेकाले आँगनभरि सूर्यको किरण छरिएको वेला आइसकेको थियो ।ठिङ्ग उभिए जस्तो मात्र देखिने घर सूनसान थियो । भित्र शशीवाहेक अरु कोही पनि थिएन र ऊ आपैंm पनि घरभित्र हराए जस्ती थिई । न त कुनै आवाज थियो न त कुनै पदचाप नै । बाणी शून्य भए पनि सम्भवतः आफ्नै सूरमा आपूmलाई सुम्पिएको काम चुलोचौकोको सजावट र मिष्टाङ्गको तयारी गर्दीहोली तापनि गोधुलीको गगनको सन्नाटा जत्तिकै सुनसान छाएको थियो दिउँसोको संघार भएको वेला पनि त्यस घरमा । तयस घरको पीडीमा पहिलो पाइलो परेको दिन भएको हुनाले बिछ्याएको गुन्द्रीसमेत नौलो वा अपरिचित थियो मेरा लागि ।

    “शशी” उनको नाम मैले कतै सुनेको मात्रै थिएँ । तर मेरो र उनको त्यस दिन पनि त्यसवेलासम्म कुनै सम्वादसम्म भएको थिएन । सूर्य झन झन आकाशिंदै थिए । तयही समयले सन्दर्भलाई निम्त्याएरै होला विहानको खाना खाने वेला हुनलागेको हलुका आभाषसम्म पाउन थालेको थिएँ । मानव आकृतिको त्यही अस्थिपञ्जर हो जसको मैले साक्षात्कार नहुँदै परिचय पट्याएर राखेको थिएँ उही शशीले अपरिचित आँम्खोरामा पानी ल्याएर राख्दै भनी ....“भान्सा गर्न ....! ” लजालु स्वभाव उसको थियो र हो वा कुन्नी पूर्ण वाक्य वोल्न खोजेको भए पनि अघिल्ला र पछिल्ला शब्दहरु अमूर्त झैं अर्थहीन रहेता पनि वोलाइमा लाडेपन झल्कन्थ्यो ।मेरो मन विषाक्त थियो वा कुन्नी केले हो शशीको अनुहारभरि लाली छरे झैं रगत छछल्किएको प्रष्टे देखिन्थ्यो । उसको वोलीको आग्रह भावमा मेरो मौन स्वीकृति मात्रै रह्यो ।

    उमेरले २५ वसन्त बढी खेपेको म ,कल्कलाउँदो शरीरमा यौवन फक्राउन हतारिएजस्ती शशी ,उसमाथि पनि शशी जत्तिकै हुर्किएको त मेरो प्रणय बन्धन नै थियो । त्यसैले ऊ र म बीच अपरिचित बन्धन सिवाय भए त्यसैलाई तोड्नुमात्र थियो र परिचित बन्नु थियो ।आपसी अन्तरसम्बन्भमा अर्को कल्पनासम्म पनि हुन नसक्नु पर्ने हो ।

    त्यो सूनसान घरमा त्यसवेलासम्म शशी र मभन्दा अर्को कुनै कोही थिएन मात्रै निर्जिब साधन जो मुकदर्शक बनेर हाम्रो लीला नियालिरहेका थिए । काठको कुँदुवा पीरामा म बसेको थिएँ । शशी विना वाणी आफ्नो सोमतलमई सम्हाल्दै मलाई दाल ,भात, तरकारी,अचार लगायत सकेसम्मको शिष्टाचार र सम्मान टक्राउँदै थिई । एकआपसमा विना सम्बन्धको अर्थहीन जिन्दगी लिएका शशी र ममा दाेहोरो सम्वाद अहिलेसम्म नै भएको थिएन । ऊ मेरो अनुहार नियाल्दीरहिछ ,आँखा जुझ्न पुगे ।त्यसवेला उसको अनुहार प्रदीप्त प्रकाश पुञ्ज झै थियो । हठात उसको अनुहार लत्रियो र अन्तष्करणका परिकल्पनाहरु छताछुल्ल भएझैं देखियो । जम्मै शरीर छातीभित्र लुकाए झैं फुलेको उसको छातीमा मुटुका धड्कनले कोकोहोलो मचाएको जस्तो लाग्थ्यो । उत्तिखेरै प्रश्नबाट मैले वोल्न शुरु गरें “कति बर्षकी भयौ शशी ?” ऊ सावधानीसाथ टुक्रुक्क बसी ,नजानिदो गरी चम्कामाथिको खरानी हातले बढार्दै भनी “स..त्र ”,त्तिवेला गोडाको बुढी औंलाले कुनै अमूर्त चित्र कोरे झैं कुर्कुच्चा नउठाइकन घुमाउँथी ।बढ्दो यौवनका अतृप्त आभासहरु उसको अनुहारभरि पढेको थिएँ मैले त्यसवेला ।

    मेरो ध्याउन्न कसैलाई नियाल्नु र टिप्पणी गर्नु त थिएन । संयोगवस त्यतिका घटनालाई अनुभूतिका सहज पानामा राख्न पुगेको रहेछु । केहीक्षण पछि नै म त्यस ठाउँबाट हिंडें तर बसिबिसाउनी जस्तो मात्रै भएको त्यस घरमा कसैसङ्ग पनि विदा मागेर हिड्ने मौका मैले पाइँन । शशी फेरि मेरो साम्नेमा पनि आइन । त्यसै दिनदेखि मेरो मानसपटलमा फेरि आफ्ना वैंशालु दिनहरुको सम्झना आउन थाल्यो । जतिवेला म पनि १६ बर्ष पार गरेर १७ बर्षमा चढेको थिएँ त्यसवेला म पनि दाम्पत्य जीवनको गोरेटो पहिल्याउन धुरन्धर भएर लागेको थिएँ । कुरैकुराका भरमा नै मैले मेरीलाई स्वीकारेको पनि थिएँ ।त्यही नै सबभन्दा ठूलो अभिश्राप बनेर भौंतारिंदै थिएँ । “ राम्रो कुल घरानकी छोरी ,रुपालु ,सीपालु ,कुन लक्षण पो छैन र ?टिपनमा पनि उस्तै जुरेको छ ,दैवले नै जोडी जुटाए जस्तै .....” आदि आदि कुराहरु ,बुवा र पण्डितबिच भएको सुनेर म उनीसङ्ग विवाह गर्न उत्साहित नै थिएँ र भएको पनि थियो । जीवनकै अर्धाङ्गिनी हुने रे तर अनुहार सम्म देख्न पाएको थिइँन । स्वयम्बरमा नै पहिलो भेट हुने निश्चितता लिएर असर्फिसाथ दुलाहाको आसनमा बसेको थिएँ । तोरण र धजापताकाले सजिसजाउ भएको घर दलान ,विधिको विधानअनुसार नै दियो ,कलश , नाङ्ला ,टपरा आदि बोकेर कन्याकुमारीहरुले दुलही लिएर आए । असामान्य आकृति थियो उसको । शरीरुका अङ्गका नाममा बुट्टा कुँदिएका हत्केला सिवाय केही देखिंदैनथ्यो । अनुहार घम्लङ्ग छोपेको ,छामछुमको तालको हिंडाइ ,सायद त्यही नै थियो होला सौन्दर्यको प्रतिमूर्ति । स्वयम्बर सकियो । नियम अनुसार नै अरु पनि जे हुनु थियो त्यही भयो । तीन हत्केलाका सबभन्दा तल आफ्नो हत्केलाबाट लावा पोखेर उनको काजकृया आफ्नो थाप्लोमा थापें । अनुहार छोपेको टाउको माथि सिन्दुर हालेर मेरीको प्रण गरें ।तर घरगाउँले ठिटीको ओकल्याइँले हवास नै उडाएर जग्गेमा पनि दुलहीको रुप मेरो नजरको आस पारी नै रह्यो । ं

        वैश फुलाएको प्रकृतिको सौन्दर्य शरदमा देख्न नपाएपछि शिशिरका सिक्रामा कल्पना गरेर रमाउन मेरो मनले पटक्कै मानेन । मेरीको अनुहारको मूर्त सौन्दर्य मेरो मनले कहिल्यै भेटाउन सकेन ।अलिअलिबाट शुरु भएको उनीप्रतिको मेरो घृणा क्रमशः बढ्न थाल्यो ।उनको सुन्दरताले मेरो मन खिच्न सकेन न  त हत्केलाको सीपले नै सन्तोष दियो । मेरो स्नेह उनले पाउन सकिनन् न त उनको अङ्गालो नै मैले स्वीकारें । बरु म त उनीबाट टाढाटाढा हुँदै गएँ ।यथावत दाम्पत्य जीवनबाट वैरागिएको थिएँ र भौंतारिंदै थिएँ ।बैंशले डाँडा काटिसके पनि सयरमा वैंशालु जीवन नियाल्थ्यो अचेतन मनले । त्यसैको परिणति  नै थियो शशीसङ्गको मेरो पहिलो भेट ।

        यता शशी र म आम्नेसाम्ने नभएको पनि धेरै दिन बितिसकेको थियो ।ऋतुराजको आगमनले घर आँगन आफैं सजिएका थिए । गगनको मेघमाला हराइसकेको थियो ।स्वभाविक माधुरी कल्पनाहरु मनव मनभरि भरपूर हुने वेला नै थियो ।सिमलबोटे चहुरभरि अर्थङ्गे फक्रिएको थियो ।मनभरि गिर्जाघर अटाउने रहर कोरलेर हातमा पूःलकोपिला सहितको हाँगा बोकेर चहुरैचहुर सीमलको फेदमा पुगिछ शशी । कहिले फूल सुम्सुम्याउँदै कहिले फरियाले सोहोरेको अर्थङ्गे टिप्दै थिई । फरियाको पारीसम्म सुम्सुम्याउँदै कल्पनाको अनन्त सागरमा हाम्फाले जस्तै टोलाउँदै ,अनुहारभरि गर्भ र ग्लानीका धर्काहरु दगुराउँदै ऊ जीवनको कुन दिनलाई नियाल्न खोज्थी त्यो शशी नै जानोस् । अन्तरङ्गमा उसङ्ग एउटा सम्वाद थियो होला मेरो “कति बर्षकी भयौ शशी ?” र उसको जवाफ “सत्र”। जीवनका अनेकौ आयाम र मोडहरु सम्झन्थी होली ।पातलो निन्द्रा र झस्काइजस्तै क्षण क्षणमा ऊ झस्कन्थी ,नजर घुमाउँथी । बिचरा नारीको त्यो दुर्बल हृदय , उसमा आजसम्म न त कुनै उत्सर्गको कथा थियो न त परिपाकमय कुनै ब्याथा नै थियो । शङ्काका स्वरहरु उसको कानमा परे झै लाग्थ्यो ‘शशी ’ र ऊ आवाजको गोरेटो नियाल्न खोज्थी । मष्तिष्क वेगवान बनेर संसारलाई नै खुम्च्याउँथी ।मुटु भरीको धड्कनलाई छातीले छोप्ने गर्थी ।शशीका यी सब लीलाको मुकदर्शक थियो सीमलको रुख र सिम्लेको चहुर । म नियाल्थें नेपथ्यबाट र मच्चाउँथें महाप्रलयको क्रीडा ।

       जुन दिन मेरो शशीसङ्ग पहिलोचोटि आँखा जुझेका थिए त्यस दिन ऊ प्रदप्ति पूञ्ज झैं उज्यालो शिर र झमकलाग्दो शरीरकी थिई ।अब उसको त्यो शिर र शरीरलाई साक्षात्कार राखेर  आफ्ना नजरका नङ्ग्राले नङ्ग्राउन,चिथर्न थाले र कुरुप बनाउने प्रयत्न गर्न थालें तर मनको मलम आफैं ‘शशी’ दलिन्थ्यो र नङग्रका डोबको निशानसम्म राख्दैनथ्यो । बरु मेरो हृदयभरिको करुणा त्यही शशीमा गएर पोखिन्थ्यो । घरमा मेरी थिई त्यसैले म शशीलाई चाहन्नथें हुँला तथापि हृदयले चाहिं एकैछिन उसलाई नछाडौं झैं गरिरहन्थ्यो । शशी आफ्नै कोमल क्रिडामा अल्मलिएकी थिई तर उसको त्यस सङ्गको कुन कार्य वासनामय रह्यो कुन्नी मैले आपूmलाई नेपथ्यमा मात्रै सम्हालिराख्न सकिनछु । आपैंmलाई थाहा नभई म शशीको साम्नेमा प्रकट भएँछु ।

“शशी”मेरो मुखबाट अनायासै शब्द निस्कियो ।शशीले पुलुक्क मतिर हेरी ,निशब्द केहीवेर टोलाई ,अनुहारभरि लाली चढे झैं देखियो ।हठात ऊ अत्तालिए झैं अपैर्ण तर अभावपूर्ण स्वरमा वोली  “..अँ...ऽ...ऽ.. ” त्यतिवेला मैले उसको अनुहारभरिका पानाहरु पल्टाउँदै पढेको थिएँ ।भय र शंकाको छनकसम्म उसमा थिएन ।बरु उसमा त त्यसवेला अर्धलज्जित चेहरामा अर्ध विक्षिप्त भावको आनन्दको अनुभूत भइरहेको थियो । मैले फेरि सोधेको थिएँ “  यो एकान्तमा आएर किन टोलाएकी शशी ?” मेरो प्रश्नको उत्तर नदिएरै भएपनि उसले मलाई घृणा गरिदिएकी भए हुन्थ्यो तर शशीले त्यसो गरिन । “छि..ऽ..ऽ..हजूर पनि ...के सोधिरहनुभएको ?.कतिदिनदेखि हजूरलाई नदेखेर सम्झनाले मात्र सताइरहेको छ .!”लाडे स्वरमा नै शशीले भनी । अझ उ त चाहँदिरहिछ म उसलाई बलजफ्ती उपयोग गरौं र उसको अङ्गालोलाई स्वीकार गर्दैै आफ्नी बनाऊँ । मानौ ऊ नौनी झैं पग्लिएर बग्न चाहन्थी जसलाई म होसियार साथ संहालौं। अन्तर मनका ब्यथा र कुण्ठालाई शशी मसङ्ग पोख्न चाहन्थी । मेरो पूर्ण अवस्थाको जानकारी हुँदाहुँदै पनि ऊ अनफू मलाई सुम्पन चाहन्थी ।मैले शशीलाई सम्हाल्न खोजेँ तर म आपैंः भने सम्हालिन सकिनछु । सिरीरी हलुका बतास चलेको थियो ।चहुरका घाँसहरु लहलहाउन थालेका थिए । हामी पनि बतासको बहाव सङ्गसङ्गै बग्न थाल्यौ । मनको चञ्चल र आनन्दको स्फूरण वायुबाट बर्षिए झैं बर्सियो । छातीको ढुकढुकी बढेर पेटलाई सोहोरेर लुकाइरहेको थियो । वस् ,त्यहींबाट शशी र मैले नयाँ संसारमा पदार्पण गरेछौं । कुमारी संसारको ऐभात भावनाले उत्सर्ग गरेपछि फर्केर आउन सकेन । समाजले कति दिन सहन सक्थ्यो त्यो शशी नै जानोस् ।

        शशीप्रतिको मेरो स्नेह झन कसिलो भयो तर अपराध वोधले पिरोलेर पश्चातापमा मैले भने “खोकिलामा निर्बल हृदय बोकेकी अवला नारीको कञ्चन चरित्रमा कलङ्क थपिदिएँ । आफ्नो बैंश फूलेर पनि बैंशालु आवेगले तिम्राप्रति ठूलो अनादर गरें नी शशी !” उसले भनी “अँ..ऽ..हजूर पनि ..,मैले मेरो एक्लो संसारको ओझेलबाट आफूलाई अलग गरिसकेकी छु । अबको हाम्रो संसार र हाम्रो जीवन पाउने म कति शौभाग्यवती , बरु तपाइँका जीवनका भावी उज्यालाहरु क्तै मबाट जेलिए भने ......म त्यसको प्रायश्चित कसरी गर्न सकुँला ...?”

        मजस्तो बैराग्य जीवनमा सयर गरिरहेको खपटे बूढो प्रतिको शशीले देखाएको स्नेह र दाम्पत्य जीवनको परिकल्पना यसरी पोखिइँदा आश्चार्य र द्विविधाको घेरामा अल्झिन पुगें ।कै शशीले मलाई आफ्नो जीवन सुम्पेकी हो त ?उसका लागि म लायक छु त ?आफ्नो हृदयमा नै शशीले मलाई बास दिएकी हो त ? मेरो घरमा मेरी छन् भन्ने जानाजान पनि शशीबाट यसो हुन सकेको हो त ? मनमा अनेकौ तरङ्गहरु तरङ्गिन थाले ।आशा र शङ्काका कति आरोह अबरोहहरु म्नमा खचाखच भए ।मानव हृदय कति कमजोर हुँदोरहेछ ? शशीले मलाई र मैले शशीलाई कति चाँडै स्वीकार्न सक्यौं। क्ति पाषाण पनि हृँदोरहेछ मानव हृदय नै , साइतको सिन्दुरलाई साक्षी राखेर पतिव्रत खेपिरहेकी पत्नीले नै हृदयको एक कुनामा पनि वास पाउन सक्दिरहिनछ । मेरी त अब असहाय बनिसकिछ ।

    “शशी ! हाम्रो निम्ति अब संसारमा नपुग्दो के होला नी ! ” सायद प्रश्नको सही उत्तर शशीसङ्ग थिएन  नै होला ?किनकी म त गुराँसको बोटमा फलेदोको कलमी जोडे जसरी मेरीको प्रणय बन्धनमा मेरीलाई बाँध्दै थिएँ ।अलाप ,विलाप ,करुणा ,क्षोभ ,हर्ष विश्मय आदि जति थिए सबै लुकाएर छुट्टिने वेलामा शशीले भनेकी थिई “कृतज्ञ हजूर आफैं हुनुहुन्छ ,संसार हेरीहेरी मर्न पाऊँ । ”

      त्यस दिनदेखि हाम्रो भेटघाट नै बन्द भयो ।कति रात र कति प्रभातहरु म्ेरा आँखाले शशीको रुपलाई कोरलेर विताए ।सपना र निन्द्रा रातभन्दा पनि लामो भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर हुन सकेन । मेरी कहाँ छ ? त्यो पनि थाहा पाउन छाडें ।प..ऽ..छि ..सुने शशी त आफ्नै घर परिवारकी पनि कलङ्किनी ठहरिई रे ! एकदिन विहानै त्यही सिमलको फेदमा प्रशवको पीडाले छट्पटाइरहेकी थिई रे । संयोग र सुख पोखेको ठाउँमा वियोग र वेदनाका आँसु टप्काएर पागल्नी जस्तै बनेर हिंडेकी थिई रे ! मेरी त मैले त्यसवेलादुखि नै खोज्न छाडेको थिएँ जुनवेला मैले पहिलो पल्ट शशीलाई देखेको थिएँ । तर अहिले शशी कहाँ छ ? त्यो पनि मलाई थाहा छैन। म कहाँ छु सायद त्यो शशीलाई पनि थाहा छैन होला ? संयोगको सुख कोरल्ने अधरहरु वियोगको वेदना पोखिरहेछन् । संयोगको संसार नियाल्ने आँखाबाट वियोगका बलिन्द्र धारा बगिरहेछन् । संयोग संसार बाहिर भएपछि वियोगको मझेरी कुरेर बसिरहेछु ।

    

गजल


हरपल टिलपिलाइरहने मलाइ तिम्रो त्यो आँखाको नानी मनपर्छ,
हरसाँझ चुम्बन दिएरै थकाइ बिर्साउने तिम्रो भाकाको बानी मनपर्छ,
बक्षमा शोभायमान अग्लिरहने तिम्रा ती युगल गौरीशंकरसँग रम्दा,
पानी पानी हुन्छ्यौ र त मलाइ तिम्रो त्यो साथको जवानि मनपछ

मुक्तक



रुझाउ यादलाई झरी बनी रुझाउ, 
बाद्य पारखीलाई परी बनी रुझाउ,  
छाञा बनी भर सँधै यी आँखाका नानी,                
 दाँजिनु छ भने नंबरी बनी रुझाउ !

मुक्तक



देखेर तिम्रा अपुरा रहर मैले यो भार लिएको हुँ,
हो साँच्चै शव्दशव्दमा पनि मैले तिम्रै सार लिएको हुँ,
बिर्सिदेउ अब अघिका अभाव र बराबर साटौ हाम्रा खुसी,
वस्,  सँगै रमाउनै मैले पनि यो अवतार लिएको हुँ ।

मुक्तक


हेरी छोडौं भने पनि माञा लाग्छ धेर,
घेरी छोडौ भन्छु तर हुन्छ्यौ कहाँनेर,
लोभी नजर लागेकै हुन् फुलको जवानीमा,
भमरा भै पराग चुम्न आउनु कतिखेर ?,

मुक्तक



पुर्णिमाको शितल शितल रात तिमीलाई,
 सुनसान मौका भए मेरो साथ तिमीलाई,
धोका दिनेसँग सँधै जोगिएरै बस्ने गर्नु,
सहारा भै समनउने यी हात तिमीलाई !

मुक्तक


जीवनका अनेक रहरजस्तै समयमा भिन्न भिन्न पहर आउँछ,
जिउन नजाने तिनै पहरमा पनि पलपल उस्तै जहर आउँछ,
दुनियाँलाई जति ढाँटे पनि जुटाएर अनेक सबुद आखिर,
बिना प्रमाण नै सही एकदिन सत्यले नै जित्ने अवसर आउँछ

गजल



कहाँ फुल्छन सिर्जनाका फूल त्यतिवेला  ?
कता फुट्छन वासनाका मूल त्यतिवेला ?


चल्दाखेरि  निरस हावा ठुङ्दै परिसर ?
शून्य पनि भान हुन्छ हूल त्यतिवेला ।


उद्यान हो भनेर नी गरिरैछन तर
भमरालाई भगाउने भूल त्यतिवेला ।


हातमाथि हैन चोट हृदयमा लाग्दा
बनिएर सताउँछ शूल त्यतिवेला ।


पूजारी र वलि दुबै मान्छे भएपछि
कहाँ बन्छ भावनाको पुल त्यतिवेला  ?

गजल



कहाँबाट  सरी आयौ मेरो शहरमा
कसलाई भेट्न भनी धायौ मेरो शहरमा !


बतासको वासनामा खोज्दै उजेली
विहानदेखि मुस्कुरायौ मेरो शहरमा !


लच्काएर कटी केश बाटी चुलठी
कति आँखा धर्मरायौ मेरो शहरमा !


खाली शिर रित्तो दिल आँखा मदहोसी
मृदुल ओठ फर्फरायौ मेरो शहरमा !


जुनेलीको टहकबाट शीतका कोपिला
उठाउने जवानी पायौ मेरो शहरमा !


कहाँबाट सरी आयौ मेरो शहरमा
नबिर्सने पृत लायौ मेरो शहरमा

गजल



शिशिरको खडेरीमा फुल्न जान्नेहरू,
रङ्ग भर्दै बगैंचामा डुल्न जान्नेहरू ,


भमराले गोधुलीमा भुन्भुनाउँदा पनि,
हृदयको आवाज ठानी भुल्न जान्नेहरू,


गुडियाभैंm रूपजस्तो बान्की मिलाएर
प्रेमिल बन्छन सारा दुःख भुल्न जान्न्ेहरू,


कहाँँ थियो अतीतको अनाम सत्य उता
संझी आउँछन् इन्द्रेणीमा झुल्न जान्नेहरू ।

गजल



साँझको दियो बालेपछि आउँछु भन्थिन् उनी,
मेरै नामको सिन्दुर पोते लाउँछु भन्थिन् उनी !

शयनलाई मन्दिर मान्दै गर्दै आराधना,
जवानीमा रचेकोे गीत गाउँछु भन्थिन् उनी !

सपनीका सारा सोच, विपनीका खुसी
तिम्रै दिलको मझेरीमा छाउँछु भन्थिन् उनी !


फुल बनी बगैंचामा मगमगाउँदा पनि
भमरामा तिम्रै रूप पाउँछु भन्थिन् उनी !

समुद्रका नाग हौ वा  कैलाशका शिव
जहाँ जान्छौ तिमै्रसाथ धाउछु भन्थिन् उनी !

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...