Saturday, July 11, 2020

ब्यक्तिगत बिबरण

                वैयक्तिकबिबरण        (संक्षिप्त)

    बाँच्ने आयु त हरेकले आफैं लिएर आएको हुन्छ, त्यही आयुभरको जीवनलाई सहज बनाउनका लागि गरिने प्रयत्न र लिइने साथसहयोगको समग्र अनुभूति नै जिन्दगीको यात्रा हो ।

१.वास्तविक नाम — शंकरप्रसाद सुवेदी
२.साहित्यिक नाम —शंकर सुवेदी ‘उत्स’


३.जन्म —वि. सं. २०२३ शंखुवा सभा,तत्काल मयम गाउँ पञ्चायत वार्ड नं. ५, साबिक सिद्ध पोखरी
  गाउँ विकास समिति वार्ड नं. ५, हाल चैनपुर नगर पालिका वार्ड नं. ४ , बतासे ।
४.मातापिता —तारादेवी सुवेदी,मोहनप्रसाद सुवेदी
५.सन्तति क्रम —सात दिदी बहिनी र पाँच दाजुभाइमध्येका दशौं
६.पेशा —अध्यापन प्राध्यापन
७.शिक्षा —एम.  ए. नेपाली
८.हालको बसाइ —विराटनगर महानगर पालिका वार्ड नं. ३
९—सिर्जनशीलता प्रतिको प्रभाव — मातापितामा रहेको  धार्मिक  विस्वास, आध्यात्मिक चिन्तन्का कारण नित्य हुने पूजा आराधनामा गाइने लयबद्ध ईश्वर स्तुति, गाउँबेंसी रम्ने लोक भाका, गन्धर्वले गाउने  गाथाबाट काव्यानन्दको अनुभव र प्रेरणा ।
१०.कविता सिर्जनाका आधार — बिबिधतामय प्रकृति,  यसैबाट निश्रित अनेकन संवेग र परिवेशले अनुभूत गराएका सजिला, अप्ठ्यारा, बिद्रोह, कटाक्ष, सहमति विमति आदि ।
११.वैचारिक आधार —माक्र्सवादी जीवन दर्शन र प्रगतिवादी साहित्यको अधिक प्रभाव,
१२.लेखन —कविता, कथा, गजल, मुक्तक एवं समिक्षा (कविताप्रति बढी लगाव झुकाव)
१३.साहित्यात्रारम्भ —विद्यालय तहमा अध्ययनरत हुँदा देखि नै कविता लेखन तथा वाचनमा सहभागिता
  उच्च शिक्षा अध्ययन  क्रम २०४६सँगै लेख्य रचना प्रकाशनको प्रारभ्म
१४.मुद्रण÷प्रकाशन —बि.सं.२०५४ सालमा साहित्य संगम चैनपुर शंखुवासभाको नियमित प्रकाशन
  ‘क्षितिज’ त्रैमासिकमा पहिलो पटक ‘बेचयन उत्स’को नामबाट  मुद्रण भएको पहिलो रचना ‘रात थेगेका हुच्चिलहरु’ शीर्षकको कविताका साथै समयक्रममा शंकर सुवेदी ‘उत्स’ नामबाट विभिन्न पत्रपत्रिकाहरुमा फुटकर रचना कविता, समिक्षा, गजल, मुक्तकहरु प्रकाशित ।
१४.सम्पादन —’अभिनव’ त्रैमासिक हवाइ पत्रिका २०५८ देखि केही अङ्क, विराटनगर
१५.सम्पादन —’धरणी’ बर्ष १६ अंक ५ विराटनगर २०६२
१६.पुस्तकाकार कुति — ’उल्का खसेको रात’ कविता संग्रह २०७३
१७.पुरस्कार —फुटकर रचना संप्रेषणबाट पटक पटक पुरस्कृत (प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरबाट भानु जयन्ती २०५८, भानु कला केन्द्र विराटनगरबाट  भानु जयन्ती २०५८, भानु कला केन्द्र विराटनगरबाट भानु जयन्ती २०५९, धरण्ीधर पुरस्कार प्रतिष्ठान विराटनगरबाट धरणी जयन्ती २०६२ आदि)र षडानन्द प्रतिभा पुरस्कार २०७३

अनुभव र अनुमानलाई  कलात्मक शव्द संयोजनबाट लहडले बाँध्न सक्नु नै साहित्य हो ।
बिम्ब प्रतीकको सहारामा शव्दखेलले रचिने चलाकीपूर्ण अभिव्यक्ति कविता हो जसको बाह्य रुप साँच्चिकै नदीझैँ ढालछालसहित वा समतल र प्रवाहवान देखिन्छ भने आन्तरिक रुप नदीकाझैँ नै विविधतामय तथा जटील पनि हुने हुदाँ कविता सुवोध्य वा दुर्वोध्य पनि हुन सक्छ । 


केही मननीय कथनहरू ः—

१    बर्तमान अतीतको सन्तान र भविश्यको जननी हो ।—‘कार्ल माक्र्स’
२    प्रकृतिको पुस्तक गणितीय भाषामा लेखिएको हुन्छ । ‘ग्यालिलियो’
३   रुख आफ्नो शिरले गर्मी सहन्छ तर  आफ्नो छाञाद्वारा अरुलाई गर्मीबाट बचाउँछ । ‘कालिदास’
४    ब्ुद्धिमान मानिसले सत्य के हो भनेर बुझ्छ तर खराब मानिसले बजारमा के बिक्छ भनेर चाल पाउँछ । ‘कन्प्युसियस’

५    संयम र परिश्रम मानिसका दुई सर्बोत्तम चिकितसक हुन् । ‘जिनज्याक रूसाृ’
६    यस्तो कुनै काम नगर जुन दोस्रोबाट लुकाउनुपर्छ ।
७   इतिहास भन्नु नै शक्तिको ब्याख्या हो । ‘नेपोलियन बोनापार्ट’
८    विपत्तिमा ठूलो अनुभव सिकाउने विद्यालय आजसम्म खुलेको छैन । ‘प्रेमचन्द’


९    चाँडै लेख्नु भनेको लेखन्द्यासको योग्यता होला तर साहित्यकारको होइन । ‘शरदचन्द्र’
१०    मानिसको गौरव कहिल्यै नलड्नुमा होइन जतिपटक लडेपनि उठ्नुमा हुन्छ । ‘लियो टाल्सटाय’

केही पारिवारिक छाञाछवीहरू ः—               
                                                        




४.
कसले सक्छ समाएको हात छुटाउन
कसम खाँदै रमाएको साथ छुटाउन
भन्नेले त भै हालछ नी जे जे भने पनि
तर कहाँ सजिलो छ आँत छुटाउन !
५.
मेरो धड्कन, मेरो बैँस,जाँगर तिमीलाई ।
तिम्रै लागि प्रेमको हीरा घाँगर तिमीलाई ।।
तिम्रो रूपको नशा पिउँदैछु बनाएर प्याला,
कमल फुल्ने जीवनको यो सागर तिमीलाई ।।

६.
पूर्णिमाको रात बनी धरतीमा झरेर मुस्कुरायौ
औसीको प्रभात बनी धरतीमा झरेर मुस्कुरायौ
शीत बनेर टप्किंदै रशमीका रेखामा पोखिएर

जिन्दगीको साथ बनी धरतीमा झरेर मुस्कुरायौ !



७.
नियम र नियतिकाे बेमेल भएपछि,
निम्सराका लागि न्याय खेल भएपछि,
अझै कति खेप्नुपर्छ भ्रष्ट शासन यहाँ,
निमुखाकै लागिमात्र जेल भएपछि !



८.
शितकाे थाेपा बनी खस्ने पानी हुनु तिमी,
लेकबेंसीमा सँगै डुल्ने कहानी हुनु तिमी,
भूगाेलले भाँजे पनि सपनाकाे समीपमा,
याे शयनमा सुहागकी रानी हुनु तिमी ।

९.

निराशाकाे विगुल फुक्दै नतर्साउ न प्रीया,
साथ छाेडी अन्तै लुक्दै नतर्साउ न प्रीया,
वाचा कसम भुलिछाै कि मसँगका सबै,
घात हुन्छ मुटु दुख्छ नतर्साउ न प्रीया ।



 १०.
 शितकाे थाेपा बनी खस्ने पानी हुनु तिमी, 
लेकबेंसीमा सँगै डुल्ने कहानी हुनु तिमी, 
भूगाेलले भाँजे पनि सपनाकाे समीपमा, 
याे शयनमा सुहागकी रानी हुनु तिमी ।

कथांश

                                   अनाम सत्य (कथा)

जीवनको आयतन खोज्दै गरेको बेला..
...

औसत अनुहारमा रहने चर्मचक्षुको आवरणीय बनावटभन्दा अलिक भिन्न थिए उनका आँखा । उसबेलाको शिक्षा आर्जनका अवसरहरूमा ग्रामीण भेकका प्रायः सबै विद्यार्थीहरू साँझविहानको घरधज्दा, समयानुकुल गाउँबेंसी मेलापात धानेर उब्रिएको समयमात्र पढ्ने हुनाले होला अनुमान लाउँदा १७÷१८ बर्षको हुँदो हो उनको उमेर । धनकुटा क्याम्पस प्रवेशको उत्तरतर्फको मूल प्रवेशद्वारबाट सँधै उही समय उनी प्रवेश गर्थिन् हाताभित्र ।गहुँगोरो बर्णको चेहराचक्षुमा श्रृङ्गार प्रशाधनको सीमित प्रयोगले पनि गालामा हलुका लाली चढेको आभाष पाइन्थ्यो भने अधरको प्राकृतिक रङ्ग लुकाएर भिन्न बनाएकै भए पनि उस्तो कृत्रृमता पाइन्नथ्यो  । आँखामा हुने प्राकृतिक दृष्टि सामथ्र्यमा बिचलन आएर नै होला कार्वोन फ्रेमको छरितो घेराभित्र पारदर्शक शीशामा दुष्टि सामथ्र्य सन्तुलन गरिएको चस्मा लगाउँथिन उनी । त्यही पारदर्शी शीशाको कारण चस्माको घेराभित्रको आँखाको वरिपरिको भाग भधुरो गाजल पोतिएझैँ देखिएर गडेको थियो भने त्यसभित्र रमाएका दुबै नेत्रका प्रक्षेपणमा मोहनी मादकताको जादुझैँ विचित्र आकर्षण हुन्थ्यो मेरा लागि ।
मेरो पनि उही बाटो उही समय हुन्थ्यो क्याम्पस प्रवेशको मुहुर्त । यक्कीन नगरिएकै भए पनि उमेरले उनकाभन्दा आधा दर्जन बढी हिउँद बषाृको अनुभवी म तर मलाई त्यसताका उनीप्रति हृदयको आवाज कोरल्ने कित्तामा प्रवेश गर्न नै नैतिक रूपमा नाकाबन्दी सरहको परिवेशले म बर्जित थिएँ हुदयरागमा रमाउन ।
हरेकदिन उनीभन्दा केही पहिले नै हाताप्रवेशद्वारमा पुगेर उनको आगमनलाई नियाल्नु मेरा दिनचर्यासरह हुन्थ्यो । कहिले एक्लै त कहिले कुनै साथीसँग बिना वहानामै म त्यतै टोलाएको हुन्थेँ उनी नआउञ्जेल । अपशोच म एक्ले हुँदा उनी कुनै सङ्गीका साथ त म साथीसँग हुँदा उनी एक्लै हुन्थ्यौं प्रायः हामी त्यसैले साक्षात्कारका कति समय ब्यर्थ भए हाम्रा लागि अनि संवातहीनता नै कायम रह्यो ।  म चाहन्थें हामीबीच यस्तो संवाद होस जुन संवादको आवाजलाई अरुहरूले सुन्न त के हावाले छुनसम्म नपाओस । मात्र एकअर्काका कानसम्म पुगेर सुटुक्क हृदयमा छिरून् र त्यहीं विराजमान होऊन सँधैभरि । तर कलकण्ठका धून त चार आँखालेसमेत कुनै मनसुन पनि बनाएनन् रोशनी साक्षात्कार हुन । एकको दृष्टि अर्काेको मुहारमा पर्दा अर्कोको दृष्टि एकको पयरमा ।
आकाशै अलिक गाढा नीलो रङ्गको कुर्तासलवार उनको दैनिक पहिरन  थियो । साम्नेमा आइपुग्दा शीर अलिक निहु¥याएर हिड्थिन् । नारी सुलभ वक्षस्थललाई हलुका आड लगाएर कापी÷किताव च्याप्दै मेरो छेवैबाट अघि जान्थिन् उनी । त्यसबेला म उनका हातगोडाका औंलाको गतिको सुक्ष्मतासमेत नियाल्न खोज्थेँ । जब उनी अघि जान्थिन् उनको शिरदेखि कुर्कुच्चासम्म उसरी नै नियाल्थेँ । हामी एकअर्काबीच कुनै दिन कटाक्ष नभए पनि लर्कँदो लामो चुल्ठो, मर्कँदो कम्मर, मच्कँदो हीप र ढल्कँदो हिँडाइका पछि सोही गतिमा मेरो ढुकढुकी चल्थ्यो धेरैबेरसम्म ।
समयले हामीलाई रुँगेर बसेन र हामीले पनि समयलाई पच्छ्याउन सकेनौ ।  भूगोलको भिन्नताले हाम्रो यात्रा भाँजियो । हामी दुबैको धनकुटा बसाइको अवधि सकियो । उनले के लिएर गइन त्यो त उनी नै जानून् तर मैले भने आँखामा उनको छाञा र मनमा उनीप्रतिको अनौठो सपना लिएर गएँ । भेटघाट चटक्कै भएन बर्षौंसम्म ।
क्रमशः...

चिन्तन



शिक्षाकाे महत्व

शिक्षा चेतना हो ,ज्ञान हो ,अनुभव हो ,अभिव्यक्ति पनि हो वा जीवनको सार नै शिक्षा हो . यद्यपि शिक्षाआर्जनको शुरूआत एवं प्रक्रियाका बारेमा उठान बिन्दु, स्थान , समय , र नीति पद्धतिका बारेमा यकिन गरिहाल्न सक्ने अवस्था भने पाइँदैन .जे होस् शिक्षा मानवजीवन सङ्ग नै सम्बन्धित हुनाले मानव जीवनकै सापेक्षतामा जीवनलाई बुझ्नु अन्यथा होओइन भन्ने लाग्दछ .शिक्षाले जीवन र जीवनले शिक्षालाई पुरक वा प्रत्यासी नै ठाने पनि उस्तै अर्थ हुन्छ भन्ने पनि लाग्दैन यसर्थ कि चेतनाको उदय जन्मदेखि अस्त मृत्युसम्म नै ज्ञान र अनुव भइरहने पुरक तथा अन्ततः चोलान्तमा चेतना सङ्गै नरहनुले प्रतयासी झैं मान्न सकिन्छ .
ज्ञानार्जनको पहिलो थलो घरपरिवार र प्रथम गुआमा÷अग्रज नै भए पनि चेतनाको शुरूआत त गर्भावस्थादेखि नै हुने हुँदा शास्त्रीय मत अनुसार वा उही चिन्तनका आधारमा मात्रै टीकाटिप्पणी गरिरहनु मात्रै युगसापेक्ष नहोला तथापि सिक्ने सिकाउने कुराको इतिहास मानव जीवनको शुरूआत सङ्गै भएको तथ्यभन्दा बिमुख पर्न नसकिने अनुभव वा अध्ययनका धेरै आधारहरू रहेका छन् . त्यो सबैको नालीबेली भन्दा पनि हामी हाम्रै परिवेशको शैक्षिक नीति र यसबाट उत्पन्न उन्नति÷प्रगति , खति, नियति आदिका बारेमा आफ्ना अनुवको आदान प्रदानकै सेरोफेरोमा केन्द्रित रहनु यस लेखको अभिष्ठा पनि हो . जहाँ एतिहासिक परिवेशको उहापोहभन्दा बर्तमानको अनुभुतिजन्य यथार्थको प्रस्तुति दिइएको छ .
शिक्षा दोहोरो प्रक्रिया हो अर्थात लिने र दिनेबाटै पुरा हुने . जसका लागि निम्नानुसारका तत्वहरूको महत्वपूर्ण भूमिका रहेको ह’न्छ .
क).शिक्षक, ख).विद्यार्थीवा चेला,  ग).विषय,  घ). विधा,  ङ).पाठ्यक्रम,  च). पाठ्बस्तु,  छ). सामग्री,  ज). अभिभावक,  झ).सामाजिक परिवेश,  ञ).पारिवारिक परिवेश,  ट). चेतनाको स्तर,  ठ). सिकारूको प्रकृति,  ड). समकालीन समाज,  ढ). अन्तराष्ट्रिय परिवेश,  ण). प्रविधिको पहुँच आदि .
उल्लेखित दर्जनौ सन्दर्भहरूले शिक्षण सिकाई , उद्देश्य प्राप्ति जस्ता कुरालाई प्रत्यक्ष प्रभाव पारेको ह’न्छ ।.शिक्षा वा ज्ञानार्जन निरन्तर चलिरहने प्रक्रिया भएकाले पुर्व उल्लेखित तत्वहरूको भुमिका पनि सँधै एकनास भने हुँदैन ।. नेपालको शिक्षा वा शिक्षा विकासको सन्दर्भलाई हेर्ने हो भने पनि परिपाटी र उद्देश्य प्राप्तिका केही यस्ता रहस्यहरू देखा पर्दछन् जसलाई सायद अन्य मुलुकसङ्ग दाँज्न असम्भव प्राय हुनजान्छ । यसो त नेपालको शिक्षा विकासको ऐतिहासिक पृष्ठभूमिलाई मनन मात्रै गरेर वर्तमान मै केन्द्रित रही नियाल्ने हो भने विद्यालय स्तरको शिक्षाका केही तात्विक रहस्यहरू निम्नानुसार खोतल्न सकिन्छ ।
संस्थागत रूपमा सञ्चालित स्कुल र उनीहरू उपलब्धीको पाटोलाई थाती राखौ , गुकुल शिक्ष पद्धति नगन्य नै छ , मठ,मन्दिरबाट दिइने छिटफुट परिपाटीलाई संस्थागतकै सेरोफेरोमा राखेर सामुदायिक विद्यालयको हालसम्म कायम रहेको विद्यालय तहको शिक्षालाई आँकलन गर्न खोजिएकोसम्म हो यस लेखमा . मुलतः नेपालको विद्यालय तहको शिक्षा र त्यसको उपलब्धी÷कमजोरीका बारेमा जे जति सामग्री प्रकाशित भएका छन् प्राय सबैका सर्जकहरूप्रत्यक्ष÷परोक्ष शिक्षण पेशासङ्ग सम्बन्ध भएका वा सरोकार रहेकाहरू नै पाइन्छ जसका कारण कमजोरी जतिको कारण शिक्षकनै प्रायः हुने र उपलब्धी जतिको श्रेय चाहिं अमुक विधातालाई नै दिने तर विद्यमान प्रक्रिया र पद्धतिका बारेमा भने सतही बिश्लेषण गरेर मौन नै रहने अनि नीति निर्माताको पारखको प्रशंसा मात्रै गर्न लागिपर्ने पद्धतिका प्रतिको बेमेल भएका सवालहरू पनि नभएका होइनन् । यद्यपि भनिएको उपलब्धीको गुणात्मकता र कमजोरीका कारणप्रति बस्तुनिष्ठ विश्लेषण कतिको भएको छ त्यो सोचनीय नै छ ।
मुलतः वर्तमान अवस्थाको नेपालको विद्यालय तहको शिक्षामा उद्देश्य प्राप्तिको अचुक उपाय भनेर पटकपटक उच्चारण गरिइरहेका केही सवालहरू र त्यसको अन्तर सम्बन्धले पार्न सक्ने प्रभावका बारेमा चर्चा हुनु पनि आवश्यक नै ठानिएला । प्रायः उद्देश्य र सो हासिल गर्ने प्रक्रिया वा पद्धति नै उपलब्धीको वा कमजोरीको कारण ह’न् भन्ने क’रामा मतैक्यता होला वा नहोला तर प्रस्त’तिको धृष्टता भने यहाँ गरिएको छ ।
शिक्षाका उद्देश्यह?को निर्धारण भन्न’ नै समग्रमा राष्ट्रका उद्देश्यह? नै हुन जनशक्ति निर्माणका लागि राखिने । यसर्थ शिक्षाका उद्देश्यहरू राष्ट्रिय रूपमा नै निर्धारण गरिन्छन् । स्वभावैले राष्ट्रको राजनीतिक, सामाजिक,सांस्कृतिक,आर्थिक ऐतिहासिक परिवेश , चेतनाको स्तर , उमेर समूह र मनोविज्ञान , समकालीन राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेश , राष्ट्रको आवस्यकता , विज्ञान र प्रविधिको विकास आदि समेतलाई आधार मानेर उद्देश्य निर्धारण हुन्छन् र हुनुपर्छ पनि तर राज्यभित्रको उल्लेखित विविधता भित्रको हरेक अनेकतालाई आत्मसात गर्न त प्रायः असम्भव नै हुन्छ । यसर्थ उक्त विविधता र अनेकता भित्रको समग्रतालाई ख्याल गरी औसत मापदण्ड तैयार हुनेगर्छ पनि र त्यसरी भैदिए मात्रै पनि हाल देखा परेको गुणस्तरको गुणात्म वा संख्यात्मक अवस्थामा केही सुधार त अवस्य नै हुने पनि थियो होला तर उल्लेखित हरेक सन्दर्भहरूको समुचित विश्लेषण हुनुभन्दा पनि विश्लेषणका अधिकांश आधारहरू सुगम एवं सम्पन्न परिवेश तथा परिवारबाट छनौट हुुनुले दुर्गम तथा विपन्न क्षेत्रको सन्दर्भमा शिक्षाको गुणात्मक उत्पादन हुन नसक्नुको एउटा तथ्य भुल्नै नसकिने नै बनेको छ । जनघनत्व , विद्यार्थी चाप , विद्यालयको अवस्थिति आदिको आधार मानेर गरिएको सर्बेक्षण वा विश्लेषण प्रक्रियागत वा नियमसम्मत त ठहरिएला नै तर भौगोलिक बनावट , विकटता र विविधतालाई आधार मान्ने हो भने उक्त सर्बेक्षण विश्लेषण ब्यबहारिक भन्न सकिंदैन . यसर्थ उद्देश्य निर्धारणमा यतातर्फ ध्यान नजाने हो भने केहीका लागि उपल्लो कोटीकै भनिए पनि अधिकांशका लागि प्रचलित शिक्षा कोरा नै हुनजान्छ . यसका अलावा बरू शिक्षाका किसिम नै विविध बनाएर सोही अनुरूप उद्देश्य छनौट हुनु उपयुक्त हुनजान्छ । ठाउँ ,परिवेश, श्रोत, साधन, स्तर ,रूची आदि अनुसारको शिक्षा र त्यसका उद्देश्यहरू हुनुपर्छ .अन्यथा काठमाण्डौको मुटुमा रहेको विद्यालयमा र कर्णलीको दुर्गम भेकमा रहेको विद्यालयमा उही कक्षामा पढ्ने विद्यार्थीले हासिल गर्ने समान उद्देश्य रहँदासम्म समान सफलताको कल्पनासम्म गर्न सकिंदैन . उही कक्षामा नाम्चे बजारमा सिकाइने ब्याबसायिक शिक्षा र नेपालगञ्जको विद्यालयमा सिकाइने ब्याबसायिक शिक्षा अनि त्यसका शिक्षण विधि÷पद्धति र उपलब्धी उही प्रकारमा खोज्न लाग्दा हाम्रो कुन दुर्गति हुने हो आँकलन गर्न त्यति गाह्रो पनि पर्दैन ।
एकातिर उद्देश्य छनौट एवं उपलब्धी मापनमा सिद्धान्त र ब्यबहारगत विभेदको तराजु यस्तो असन्तुलित अवस्थामा विद्यमान छ भने अर्कातिर बालमैत्री, भयरहीत, बाल केन्द्रित आदि जस्ता विधि र पद्धति पनि सर्बथा साधक÷सहयोगी मात्र बनेका छैनन् अझ उद्धार कक्षोन्नति भन्ने पदावलीको त झन अर्थ नै या त अन्योलप“र्ण या त अपभ्रंश भएर केवल प्रमाण पत्र प्रदर्शनको अड्डा झैं बनाएर विद्यालय र गुरूजनको मर्यादा माथि समेत कुठाराघात गरिएको छ भन्दा पनि उस्तो आपत्ति हुन्छ जस्तो लाग्दैन पनि . जसको परिणाम प्राय शहरी क्षेत्रमा टड्कारो रूपमा देख्न समेत पाइन्छ ।
हरेक क’राको सीमा र मर्यादा ह’न्छ नै र त्यसमा रहन’ वा पालना गनर्’ परम कर्तब्य पनि हुन्छ . सन्दर्भ लिऊँ ‘भय रहीत शिक्षा’. जसको आसय निशंकोच र निर्भयता पूर्वक सिकारूले सिक्ने वातावरण भएको अवस्था बुझ्नु पर्दछ अर्थात त्रासमुक्त र आस युक्त वातावरणमा सिक्ने अवस्थाको सिर्जना गरिने भनेकै भयरहीत वातावरण त होला नै तर परिस्थितिजन्य विकृतिह? हाबी भैदिनाले त्यसमा पनि मुलतः राजनैतिक दलगत स्वार्थका लागि विद्यार्थी बर्ग चाहे बालक नै किन नहोस् त्यसको प्रयोग हतियार कै रूपमा भैदिनाले सिकाउने प्रति श्रद्धा तथा सिक्ने विषय प्रीत चासो बढ्नुको सट्टा प्रतिवाद र बेइमानी बढेको छ . शिक्षा आर्जनको वैद्धिक पर्म्परा भनौ वा गुरूकुल पद्धति जे होस् सिकारूको सिकाइप्रतिको तन्मयताका लागि भनौ वा गुरूप्रतिको श्रद्धा भावका लागि सँधै सिकारूको सिकाउने प्रति श्रद्धा सम्मान हुन्थ्यो अनि उसबाट नियन्त्रित भएर नै म सिक्न सक्छु भन्ने भावनाको विकासले भययुक्त होइन श्रद्धायुक्त परिस्थितिको सिर्जना गरेको हुन्थ्यो ,तर वर्तमानमा आइपुग्दा भयरहीत पदावलीको प्रयोगमा बारम्बार पुनरूक्ती भैरहनु, यसैबाट प्रशिक्षित गराइरहन’ले सिकाउनेबाट नियन्त्रित वा निर्देशित भएर सिक्नुको सट्टा स्वतन्त्रताका नाममा अनियन्त्रित भएर उत्दण्डताको उदय र विकास तिब्र गतिमा हुन पुगेको छ . जसको परिणाम स्वरूप शिक्षकले शिक्षार्थीलाई नियन्त्रण निर्देशन गर्न नसकेर उपलब्धी शुन्यतातिर धकेलिन पुग्दछ ।
सिकारूले रूची र क्षमता अनुसार सिक्छ .करबलको सिकाइप्रति रूची जागृत हुँदैन जसको परिणाम ढिलो सिक्छ र चाँडै बिर्सन्छ . यसर्थ आफ्नै रूची अनुसारको सिकाइका लागि भनेर विद्यार्थी (बाल) केन्द्रित विधि अवलम्बन गरिएको हो र यस प्रतिको क’नै आपत्ति पनि यस लेखकको होइन तर एउटै कक्षाका सयौं विद्यार्थीको रूची र क्षमता एउटै , उस्तै वा एकनास त हुँदैन अर्थात ह’न सम्भव पनि छैन साथै उनीहरूलाई भिन्नभिन्न रूपमा सिकाउन पनि सकिन्न .। त्यस अवस्थामा अनिवार्य विधि तय नगर्ने हो भने उपलब्धी कति हासिल हुन्छ सोचनीय विषय हुन्छ . यो अवस्थामा विद्यार्थी केन्द्रित शिक्षण विधिको सीमा ,सीप र सामथ्र्य निक्र्योल गर्न म’स्किल छ किनकी हरेकका रूची अन’सारको वातावरण हामो देशको परिस्थितिले थेग्दैन वा हाम्रो औकातले धान्न पनि सक्दैन .यदि त्यसो ह’ने हो भने अर्थात बाल केन्द्रित विधि धान्न नसक्ने हो भने या त ख’ल्ला शिक्षको नीति अपनाउन’ प¥यो या त छान्ने आधार र औकातको बृद्धि हुनु प¥यो . एउटै अवधि भित्र एउटै समुहले उस्तै उही उद्देश्य हासिल गर्ने हो भने नीति ,विधि जबरजस्त एवं कठोर साथै एकरूपी खालको नै हुनुपर्छ , ठाउँ परिवेशको भिन्नतालाई छाडेर . यसर्थ भिन्न परिवेशमा भिन्न विधि वा पद्धति पनि हुन सक्छ ।
नीति , विधि, पद्धति , प्रक्रिया ,लगानी ,सहभागिता तथा प्रयत्न आदि समेतको समष्टि प्रयोग नै उद्देश्य प्राप्तिका लागि गरिने साधना हो र यसका लागि जिज्ञासा पनि उत्तिकै हुनुपर्दछ साथै उपलब्धी आँकलनका लागि मापनको निश्चित आधार पनि हुनुपर्दछ . यसमा समष्टि प्रयोगको न्युनतम उपलब्धीको सीमाङकन पनि ह’न’पर्छ . एउटा कक्षामा हासिल हुने न्युनतम उपलब्धी नै हासिल नभई माथिल्ले कक्षामा पुगेका सिकारू विद्यार्थीहरूमा त्यस कक्षाका पाठ्यविषय बुझ्न सक्ने न्युनतम आधारहरू समेत तय भैसकेका नहुनाले अबको उद्देश्य प्राप्त हुन सक्दैन तर उद्धार कक्षोन्नतिको अवधारणाको आदर्श तः अवस्य नै सम्मान गर्न लायक होला तर ब्यबहार तः त्यहाँका उद्देश्हरू प्राप्त हुन सक्दैनन् बरू बर्षेनी विद्यार्थीले हासिल गनें उद्देश्यहरू कमजोर बन्दै जान्छन् .अर्थात बर्षेनी उसका उपलब्धीहरू ऋणात्मक बन्दै गइरहेका हुन्छन् .अन्ततः एउटा निश्चित मापदण्डका आधारमा गरिने मुल्याङ्कन वा स्तर निर्धारणको समयमा उसमा हुनुपर्ने सैद्धान्तिक उपलब्धी मात्र कमजोर नभई सीप , सामथ्र्य , ब्याबहारिक कौशलता जस्ता कुरामा समेत अपरिपक्क तथा असक्षम बनेर सुन्दर सपना देखे पनि अन्योलपुर्ण भविष्यतर्फ जीवन गति बढाइरहेको हुन्छ . यद्यपि उद्धार कक्षोन्नतिको अवधारणा उत्तीर्ण हुन लायक नै बनाउनु पर्छ भन्ने हुँदाहुँदै पनि वैयक्तिक विविधतालाई एउटै मापदण्डमा मुल्याङ्कन गरिनु पर्ने जबरजस्त पद्धतिले विवादास्पद नै बनाएको छ . ख’ल्ला र स्वतन्त्र सिकाइ प्रक्रियाबाट रूची, क्षमता, परिस्थिति आदि अनुरूप आर्जन गरेको ज्ञानानुभवको मापन गरेर त्यसैलाई उद्देश्य प्राप्तिको आधार मान्ने भए हरेकले आफ्नो रूची क्षमता अनुसारको उपलब्धी लिन सक्ने थिए होला तर हरेकका रूची र क्षमता अनुसारको उद्देश्य निर्धारण,पठन–पाठनको वातावरण सिर्जना, मार्गदर्शकको ब्यबस्थापन एवं सामग्रीको पर्याप्तता कतिको ब्यबहारिक होला झन सोचनीय विषय बनेको छ .
अर्को सन्दर्भ बालमैत्री वातावरणको पनि हो . बाल मष्तिष्क हठात वयश्क वा प्रौढका झैं परिपक्व बन्दैन र एकैचोटि धेरै सिक्न पनि सक्दैन .उसको मनोलोकबाटै रमाएर सिक्न चाहन्छ . यसर्थ बालकलाई आफुजस्तै बनाउने भए पहिले आफु नै बालकजस्तो बन्नुपर्छ . यद्यपि त्यो अभिनय मात्रै हो यथार्थ त शिक्षक र बालकको दुरी नै हो तर कदाचित मात्रै नभएर सर्वथा बालकले शिक्षकलाई आफुसरह मात्रै बुझिदिनाले ऊ निर्देशित÷नियन्त्रित नभई जिद्धिवाल समेत हुनजानाले आउँदा दिनमा आफैलाई निर्णायक ठानी उसको चेतनाले ठम्याउनै नसकेका सत र असतको अन्योलमा पर्न जान्छ साथै सबैलाई आपैंm समानको मात्रै देख्ने उसको परिपाटिले आदर÷सत्कार÷सन्मान आदि जस्ता मनव जीवनकै गहना सरहका भावहरू उसका लागि निरर्थक र अप्राप्य झैं बन्न जान्छन् जसको परिणाम उसले प्राप्त गरेका उपलब्धी पनि धन्य भन्ने वातावरण नै ह्रास हुन पुग्दछ .
विचार वा उद्देश्य जहिल्यै आदर्शमय हुन्छन् यथार्थ भने ब्यबहार र त्यसकै प्राप्ति हो . नेपालको शिक्षा विकासको सन्दर्भ मौज’दा नीति , विधि, पद्धति , उद्देश्य आदि नै आदर्शका नम“नाह? ह’न जसको प्राप्ति वा प’र्तिका लागि हरहमेसा सरोकारवालाहरू राज्य, राजनीति, शिक्षक, विद्यार्थी , अभिभावकका साथै गैर सरकारी संघ÷संस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायह? समेत लागिपरेका यथेष्ट प्रमाणह? हाम्रासाम’ छन् . यस क्षेत्रमा लागिपर्नेहरूले लगानी गरेको श्रम,समय र सम्पत्तिलाई एकमुष्ट ?पमा संग्रहित गर्ने हो भने सायद त्यतिको ठुलो रासी अर्को कुनै पनि क्षेत्रमा लगानी गरेको पाइँदैन होला तर यति भएर पनि हामीले प्राप्त गरेको उपलब्धी भने गर्व गर्न लायकको पाइँदैन . यसका कारणहरूमा माथि उल्लेख गिरएका आधारहरू त हुँदै हुन् र अझ त्यस बाहेक पनि नभएका भने होइनन् .

देश काल परिस्थिति अनुकुलको शासन ब्यबस्था अर्थात राजनैतिक उपज र त्यसै उपजको रूपमा रहेको परिवेशको सामनार्थ नीति नियम तय गर्ने आधारह? नै राजनैतिक बर्चश्व कायम गरेको राज्यसत्ता हो .जुन नीति निर्माणको जिम्मेवारी वहन गर्ने थलो पनि हो . नेपालको राजनैतिक अस्थिरताका कारण नीति निर्माण गर्ने तह÷निकायको स्थायित्व नहुनुले पनि शिक्षार्जनको प्रारम्भिक बिन्दुमा रहेको तहदेखि नै सम्पुर्ण क्षेत्र÷तह प्रभावित हुन पुग्दछन् . कसैका प्रतिको हार्दिकता भनेको हृदय रसाएर मात्र ब्यक्त ह’न सक्छ . करबलले ब्यक्त गरेको हार्दिकता देखावटी मात्रै हुनजान्छ . आफ्ना र आफ्ना पुस्तौंपुस्ता सम्मका सन्ततीको जीवनदाता भनौ वा भाग्य विधाता विद्यालय नै हुन्छ भन्ने कुरामा कदापि दुविधा छैन त्यसर्थ समाज वा समुदाय आफैं आफ्नो विद्यालयप्रति जिम्मेवार हुनुपर्छ भन्ने भाव वा विचार अनुकरणीय नै हुन्छ तर जिम्मेवारी वहन गर्न सक्ने चेतनास्तर भएको समुदाय भएमात्र यो सम्भव छ अन्यथा संरक्षणको जिम्मेवारी लिए÷दिएर मात्रै न त बालकको भविश्य उज्वल बन्छ न त जिम्मेवारी बहन गर्नेको प्रतिष्ठा नै बृद्धि हुन सक्छ ,जसका कारण राज्यले राज्य कोशबाटै भरण पोषणको ब्यबस्था गरी कार्यक्षेत्र निर्धारण गरी खटाएका पेशेवार सेवक शिक्षक÷कर्मचारीहरू विद्यालयकै लागि भनेर निर्धारण गरेको अधिकांश समय निजी स्वार्थ पुर्ति वा अतिरिक्त धन्दामा अर्पिएर न्युन समय मात्र विद्यालयका लागि दिन पुग्दछन् र पनि पानी माथिगको ओभानो हुने उत्कण्ठाबाट अन’प्राणित भएकाहरू विद्यालय रेखदेखको जिम्मेवारी पाएका स्थानीय ब्यक्तित्वह?लाई समेत आफ्नो वाक चातुर्यले होस वा कुनै न कुनै वहानाले होस भ्रमित बनाएरै सही सन्तुष्ट पार्न पुग्दछन् र इन्द्रेणी सपना कोरिएका भविश्यका पाना बोकि आउने बालकको मष्तिष्क भरिदिनुको सट्टा आस्वाशन मात्रै बाँडेर प्रसिद्धिको शिखर चढ्दछन् . यही कारण बर्षेनी उपलब्धी विहीन बाल मष्तिष्कहरू विद्धता बृद्धिका श्रेणीहरू पार गर्दै आधारहीन भविश्यका उज्याला बाटाहरू खोजिरहन्छन् . त्यस्तै गरी स्थानीय स्तरमै अपनत्वको नाताबाट जिम्मेवार बन्नेह? पनि उपलब्धी मापनका आधारह? भन्दा जसिलो बन्ने भावनाबाट प्रेरित भई शैक्षिक उपलब्धी मापनको आधार र परिणामसमेतलाई प्रभावित पार्न प’ग्दछन् . जो चर्चा गर्न लायकको सन्दर्भ पनि होइन . यसो त राज्यकोशबाट भरण पोषण भएकाहरू नै भावात्मक रूपमा लागिपर्न आनाकानी गरिरहेको यस्तो परिस्थितिमा नाम धन्य मात्रै बनेर रेखदेखको श्रेय पाउनेहरूले जीविकोपार्जनका लागि खर्चिने समय÷श्रम घटाएर स्कुलकै लागि पुर्णकालीन भएर सेवा वा सहयोग गर्न ब्यबहार त सम्भव पनि छैन ।
शिक्षा प्रशासनको प्रशासनिक संरचना कक्षा कोठासम्म नै आइपुग्दछ र हरेक उपल्ला निकायबाट मातहतमा नियमन÷निगमन हुनुपर्ने पनि हो अधिकार बिकेन्द्रिकरण वा प्रतयायोजनको नामबाट प्रशासनिक संरचनाका आधारमा मातहतका निकायलाई निर्देशित र नियन्त्रित गर्ने परिपाटी हराउँदै गएको देखिन्छ . औपचारिकताबस पत्राचार गर्ने बाहेक ब्यबहारिक अनुगमनर नियन्त्रणको अभाव हुनु पनि शैक्षिक उन्नति कम हुनुको एउटा आधार हो भन्न हिच्किचाइरहनु पर्दैन .न त मन्त्रालयको ब्यबहारिक अन’गमन÷निर्देशन बिभागलाई , न त बिभागको क्षेत्रलाई ,क्षेत्रको जिल्ला, जिल्लाको श्रोत, श्रोतको विद्यालय ह’ँदै क्रमैले कक्षाकोठासम्म आइपुग्छ नै...?त्यसैले कक्षा अस्तब्यस्त छ , बालमैत्री, भयरहीत , बालकेन्द्रित पद्धतिले गर्दा विद्यालय प्रशासन कार्य तालिका निर्माण गरेर मात्रै सन्त’ष्ट , शिक्षक कक्षामागएर मात्रै सन्त’ष्ट ,माथिमाथि त झन परिपत्रमा नै सीमित हुने परिपाटीले र भन्नु परिहाले पनि अधिकार कटौति भयो वा विकेन्द्रित भन्दै सबैले जिम्मेवारी तलतिर सरेको देख्ने मात्रै प्रबृत्ति पाइन्छ ।
समग्रमा नेपालको वर्तमान शिक्षा पद्धति भित्र रहेका बिभिन्न शीर्षक सन्दर्भहरूको ब्याख्या र प्रयोग सरोकारवालाह? प्राय सबैले आफ्नै अन’क’लले गर्नाले गुणस्तरयुक्त उपलब्धी दिनानुदिन ह्रास भएर उत्पादित जनशक्ति पनि अयोग्य अर्थात कोरा बन्ने ,बिकृति÷बिसंगतिका कारण बालबालीकाहरू सत्मार्गको प्रवेशबाटै बिमुख भई उत्दण्ड बन्ने , आदर सन्मान, शिष्टतार शिष्टाचारको अभाव कै बीच बिकृत र प्रतिशोधात्मक बन्ने गरेको रहस्यलाई बुझी समयमै सही विकल्पको छनौट गर्न सकिएन भने भावी भविश्का भोक्ता वा सम्बाहक ह? नै अभिशाप बनेर झन भयावह स्थिति उत्पन्न नहोला भन्न सकिंदैन ।
यो सन्दर्भ सामुदायिक विद्यालयको हकमा मात्रै हो . संस्थागत विद्यालयको सन्दर्भमा हेर्ने हो भने ब्यबहारिक मापदण्डका आधारमा नियमन÷निगमन ह’ने गरे पनि केही अपवादलाइई छाडेर हेर्ने हो भने प्राय किताबी र परिक्षाम’खी ?पमै भए पनि उद्देश्यहरू प्राप्त भएका पाइन्छन् .यद्यपि समग्र शैक्षिक उपलब्धीको मापन एकैसाथ ह’ने हुँदा सामुदायिक विद्यालयको न्युनतालाई समेत संस्थागत विद्यालयको उच्चतासङ्ग समायोजन गरिने हुँदा केही भिन्न रहश्य पनि उत्घाटित हुने तथ्यलाई विर्सन मिल्दैन ।

मुक्तक

३.
सम्झनेको सम्झना कसलाई हुँदैन र,
अतीतको कहानीले कसलाई छुँदैन र,
साँच्चै प्रिय बन्यौ सानू दिलमा छिरेपछि,
पातमाथि टप्कीँदा प्रेम हाँगा नुहुँदैन र ?

मुक्तक

२.
चौबन्दी र फरियामा देख्न पाएपछि।
त्यै रुपको एउटा गजल लेख्न पाएपछि।।
अङ्गालोमा बाँधिएर  बिलाआलौँ बरु,
अधरमा अधरैले सेक्न पाएपछि।।

मुक्तक

१.
साथ छोडीआज एक्लो जोगी बनायौ
तिम्रै झल्को लाग्ने प्रेमको रोगी  बनायौ !
दिलबाटै चुँडाएर वासनाका रुमानी फूल,
हरी लगेर रित्यायौ, मलाई ढोँगी बनायौ ।।

पुनराबृत्ति

                                                                    पुनराबृत्ति


    स्मृतिका अनगिन्ति उच्छलनहरुको छाल र तरङ्ग आफैंमा एउटा कहाली लाग्दो कहानी बनेर सजिइन पनि वेर लाग्दो रहेनछ वा जीवन बृतान्तको पुनराबृत्ति बनेर धीत मरुत्तजेल सम्झन मन लाग्ने रोमाञ्चकारी कथा पनि त्यही बन्न सक्दो रहेछ । कथा बन्नका लागि कुनै कपोकल्पित कथाबस्तुभन्दा तथ्यपरक कहानी घतलाग्दो हुँदोरहेछ । त्यस्तै आफ्नै भोगाइको एकपाटो जीवनको एक खण्ड एउटा कथा यसरी बन्न पुगेको छ मेरो ।

    उमेरले भर्खर सात बर्ष पूरा गरेर आठ बर्षमा पदार्पण गरेका थियो मेरो ।भौगोलिक बिसमताले भनौ वा सामाजिक अकर्मण्यताले ,मैले त्यही वेलामा आफ्नो जन्मस्थल र आफ्ना समूहका चुलबुल पृयताका अनेकानेक आकर्षण एवं वुवाआमाको अनन्य स्नेहको काख छाडेर आफ्नै भविश्य निर्माणका लागि दुईचार अक्षर जान्न भनेर अन्यत्र जानु परेको थियो । आफ्नो कुनै नजिकको आफन्तकाहाँ आश्रय लिएर आफ्नो वोली र ब्यबहार परिष्कृत गराउनकै लागि म चार कक्षामा पढ्दै पनि थिएँ ।एउटा मध्यम विद्यार्थीको औकात वा सामथ्र्य लिएर मेरा दिनचर्याहरु बित्दै थिए जसरी अरुहरुका बित्दथे ।

    त्यही डाँडा हो जहाँ त्यसताकाको निम्न माध्यमिक र हाल उच्च माध्यमिक विद्यालय रहेको छ ।एउटा सानो टापु जस्तो ठाउँम अवस्थित विद्यालय ,आसपासका हरिया पात्लेका बुट्यानहरु ,मकालुबाट सिर्रसिर्र बहँदै आएको सिरेटो ,तलतिरका घरबस्तीहरु र अझै तलतिरका खेतगरा र फाँटहरु आफैंमा प्रकृलिे परिपूर्ण थियो र छँदैछ अद्यावधि पनि त्यो ठाउँ । उसवेलाको कुरा लामो दौरा लगाएर लाज ढाक्दै गाउँको धुले स्कुलमा पढ्न जाने म अब सभ्यताको शिखर चढ्न दुबै खुट्टाको गोलिगाँठासम्म पुग्ने सुरुवाल लगाउन थालेको थिएँ । नियमित विद्यालय जानु र वासतर्फ फर्कनु नै मेरा नित्यकर्म ठहरिएका थिए । मेरो कसैसंग न त सामिप्यता थियो न त कसैसंग उस्तो बैमनस्यता नै । तँ र तपाइँको सम्वोधनसम्म पनि लागेको थिएन कुनै साथीहरुमा ।प्रतयेक हप्ता आफ्नो पढ्ने कोठालाई एकपटक आफैंले सफा गर्ने नियम झैं बनेको थियो । नजिकैको पात्लेको झाडीबाट स्याउला ल्याएर आफ्नो कोठा बढाथ्र्यौं हामी । सबैमा एकै किसिमको जिम्मेवारी आइपरेको हुन्थ्यो र सामना गथ्र्यौं । महिनौसम्मका मेरा दिनचर्याहरु यसरी नै बितेका थिए । न केही पाए झैं ने लाग्थ्यो न त गुमाए झैं नै....!

    दुइचार जनावाहेक सबैको उमेर प्राय एकैनासको थियो हामी त्यस चार कक्षाका विद्यार्थीहरुको ।उमेरले झण्डै मेराभन्दा दोब्बर ऋतुहरु खेपेजस्ती एउटी सहपाठी थिइन् शुभद्रा । स्मृतिपटलमा अडिएको उनको त्यसवेलाको तसवीर ‘गुलावी गाला , लच्कँदो कुम ,लर्कंदो केश ,पुष्ट छाती ,मर्कंदो कम्मर , वोलाइमा हरेक शब्दहरुसङ्ग लुट्पुटिएको मधुरो मुस्कान ,ताँती मिलेका दाँत ,कलिला भैं लाग्ने लाल लज्जित  ओठ ,शब्दानुभूतिजन्य आँखा ,रेखा कोरिए झैं लाग्ने परेला उसमाथि पनि चौबन्दी र फरियाको पहिरन कति सुसज्जित थियो उनको रुपाकृति ,अहिलेको जत्तिको शब्द गुम्फनको शक्ति ममा उसवेला पनि भै दिएको भए उनको मिठासपूर्ण सम्पूर्णताले मलाई झन नजिक्याउने थियो होला...?

    गाउँको एक सामान्य मध्यमबर्गीय परिवारमा जनिमएकी शुभद्रामा त्यस्तो कुनै अतिरञ्जितता नै त थिएन होला ..?आफ्नै घरमा सानोतिनो किराना पसल थियो उनको ।मलाई दिनानुदिन प्राप्त हुने मिठाइ खाने दुइचार पैसालाई मैले प्राय उनकै पसलमा खर्चने गरेको थिएँ ।कतिपटक उनले अरुको आँखा छलेर मलाई पैसाले आउनेभन्दा बढी नै मिठाइ थमाइसकेकी पनि थिइन् । तर उसवेलाको मेरो अवोध पना  त्यसमाथिको रहश्य मलाई पत्तै हुँदैनथ्यो । उसमाथि पनि शुभद्रा मेरी दिदी थिइन् भाइटीका थाम्न सक्ने खालकी तर मसंग उनको कुनै नाता लाग्दैनथ्यो । कक्षा वा विद्यालयमा हुँदा आम्नेसाम्ने भए हामी दुबै मुस्कुराउँथ्यौं तर वोलचाल भने हुँदैनथ्यो । मेरो अवोध बालहृदयका कुनाकुनासम्म मानव मनका स्वभाविक प्रकृतिजन्य कुण्ठाहरुको प्रवाह छुट्न थालेछ ।स्कुल छुट्टीहुनासाथ म सरासर शुभद्रन दिदीको पसलतिर जान लागें हरेक दिन । उनीवाहेक अरुसङ्ग मिठाइ किन्न पनि उत्साहित हुनछाडें म ।उनी पसलमा नभए म पसल अगाडिको लामो टेबुलमा दुबै कुइना टेकाएर गालामा हात राख्दै टुलुटुलु उनलाई नै नियाल्दै खोज्न लागें । जब उनी पसलमा आउँथिन अनिमात्र मेरो वोली फुट्थयो र मिठाइ किन्थें । हातभरि मिठाइ ल्याएर मेरो हत्केलामा राख्दै लाली छरे झैं भर्भराउँदो अनुहार पार्थिन उनी । उनको हत्केला भित्र मेरा कलिला हातऔंलाहरु पारेर च्याप्प समाउँथिन् । मेरो गालाको नजिकसम्म उनको गाला ल्याउँथिन् । उनको मप्रतिको स्नेहको झल्का आँखाभरि छल्काउँदै आफ्नो बाटो लाग्थें म ।प..ऽ..रसम्म पुगेर फर्किहेर्दा पनि उनी मलाई हेरिरहेकी हुन्थिन् । दिनानुदिन हाम्रो सम्बन्ध झन गाढा बन्न पुगेछ । उनी स्कुलमा नै मलाई मिठाइ पु¥याइदिन थालिन् ।आफ्नो पोल्टाबाट मिठाइ झिकेर मेरा हातमा दिंदा मेरो हात नै उनको पञ्जाभित्र परेर एकपटक च्याप्प समातिन्थ्यो ।

    एकातिर मेरा खर्चहरु बचत हुन थालेका थिए तर शुभद्राले मलाई सित्तैंमा मिठाइ दिएको कुरा कसैलाई थाहा हुँदैनथ्यो । भैहाले पनि म ओठ निचरे दूध आउला जस्तो बालक उनी बैंशालु ठिटी उसमाथि पनि मेरो त उनीसंग भाइटीका थाम्न सक्ने साइनो पनि हुनाले कसैले शङ्का गर्नेसम्म ठाउँ थिएन । मैले पनि यो बृतान्त अझसम्म कसैलाई बताएको थिएन र अझ पनि कलमले कोरेको वाहेक मुखले कसैलाई भनेको पनि छैन ।

    त्यसवेलाको मेरो शुभद्रासंगको साइनो दिदीकोभन्दा पनि मिठाइको नजिक हुन पुग्यो । स्कुलमा रहँदा पनि फुर्सदको वेला उनी जता जता जान्थिन म पनि नजानिंदो गरी त्यतै जाने गर्थें । उनी पनि नजानिंदो गरी मलाई नै नियालिरहेकी हुन्थिन् र आफ्ना साथीसंगीलाई छक्याएर मलाई नजिकिन इसारा दिन्थिन् । म नजिक हुन्थें र मिठाइ लिन्थें । कहिलेकाहीं उनी मलाई मेरो नामबाटै पनि वोलाउँथिन् । उनले मलाई वोलाउँदाको त्यो शब्द “सागर” सायद उनी हावासंगै नउडोस भनेर घुटुक्क निल्न खोज्थिन् । सायद उनको जीवनको त्यो वेलासम्म पनि उनले त्स्तो शब्द पाएकी थिइनन् जसलाई पटक पटक ठूलो स्वरले जपेर पनि आवाजलाई हावामा उड्न नदिई घुटुक्क निलेर हृदयमासाँचौं जस्तो लाग्ने ।

    समयले मलाई पनि च्याप्प समाएछ ,नियतिका पछि पछि दगुर्न थालेंछु ,अनि मलाई  पनि शुभद्रा नभएको दिन अँध्यारो हुनथाल्यो । कक्षामा पढ्न बस्दा समेत हामी एकअर्कालाई नजरका नंग्राले चिथरिरहन थाल्यौं । मध्यान्तरको समय पर्खन हामीलाई आतुर हुन्थ्यो ।त्यसवेलासम्मा मैले पनि केही साथी बनाई सकेको थिएँ भने उनी त झन कोक्रादेखि नै घुमिखेलेको ठाउँ उनका शखी अझ कति थिए ,तर हामीले अरुलाई बिर्संदै गयौं र मध्यान्तरको समय पारेर हामी नजिकैको वनतिर घुम्न जान थाल्यौं ।जीवनका आठौं बर्षहरुलाई थाप्लोमा थापेर हिंड्दैगरेको ममा मिठाइको लालसाभन्दा बढी केही नहुनु पर्ने हो ।चेतन मनले भने दिदीको प्यार पाइरहेको थियो भने अचेतन मनभित्रका मनोग्रन्थीहरुले कुन आनन्दको स्फूरण गरिरहेका थिए त्यो मलाई नै थाहा भएन । प्रत्येक दिन हामी त्यो बुट्यानको जङ्गलमा पुग्ने गथ्र्यौं । विदाको दिन हुनाले शनीबारले एकबर्ष जत्तिकै भएर तड्पाइदिन्थ्यो । प्रकृतिको आफ्नो गति निरन्तर चलिरहेकै थियो ।बुट्यानका कुञ्जहरुमा वसन्तले सप्को मार्न थालेको थियो ।शुभद्रा दिदी र म नै त्यस वसन्ती बहारका पहिलो उपभोक्ता बनेका थियौं ।भ्रमरको गुञ्जनसङ्गै हामी पनि आपसमा गुन्गनाउँदै वनमा घुम्ने गथ्र्यौं्र । “सागर ! कति राम्रो पूःल हगी ..!”भन्दै जावो पात्लेको पूmल टिपेर उनी खेलाउँथिन् । वनमा रमाउने चराहरुको चिरबिर हाम्रा लागि अनौठो सङ्गीत बन्दथ्यो ।वनभरिको वासना , भमराको गञ्जन ,चरीको चिरविर ,मन्द पवन ,मकालुकाु शिरशिर बतास र हिमालको सेताम्य दृष्य साराका सारा हामी बीचको नजानिंदो स्नेहको आलम्बन बन्दथे । हिंड्दाखेरी पत्करको स¥याङ÷सुरुङले छाती ढुकढुक बनाउँथ्यो  । पोथ्राबाट कोइलीले कुहुकुहु गर्दा लजाएर लुक्न खोज्थ्यौं ।

    दिनदिनै हामीले यात्रा बढाउन थाल्यौं । प्रत्येक पछिल्ला दिन अघिल्लादिनका भन्दा केही परसम्मका वनकुञ्जमा हामी पुग्न थाल्यौं । स्कुलमा घण्टी लागेको आवाज कानमा ठोक्किन छाड्यो ।कुन आनन्दको संसारमा हामी त्यसवेला हुन्थ्यौं मलाई थाहा हुन छाड्यो ।मलाई त्यति मात्रै थाहा छ उनी मेरो हात समाएर डो¥याउँदै मलाई लैजान्थिन् ।“कति राम्रो नरम हात ..हगी सागर तिम्रो !”भन्थिन् ।पालैपालो मेरा दुबै हात उनी मुसारिदिन्थिन् । खुसीले गदगद भएर म जम्मै शरीर लुलो पारिदिन्थें ।मेरा दुबै काखी मुनी हात राखेर मलाई उनी  जुरुक्क उचाल्थिन् र उनको छातीमा मलाई टाँस्दथिन् ।जिब्रोलाई मुखबाट बाहिर निकालेर दुबै ओठले च्याप्दै नाँके स्वरमा उँ‘ऽ..गर्दै मेरो मुख नजिक उनको अनुहार ल्याउँथिन् ।त्यसवेला म मुसुक्क मुस्काइदिन्थें ।जवाफमा उनी पनि मुस्काउँथिन् ।गुराँस झैं रातो बनेको उनको अनुहारमा सेता दाँत चम्कन्थे । धेरैवेर पछिमात्र ठूलो सास स्..वाँ...स्.वाँ गर्दै छाड्थिन् ।उनको छातीको ढुकढुकले मलाई समेत थर्काइरहेको हुन्थ्यो । चुप्प मेरो गालामा म्वाँइ खान्थिन् , बोकी बोकी मलाई काउकुति लगाउँथिन् ,त्यसवेला म आत्तिएर “अँ...ऽ..नाइँ क्या..”भन्दै कराउँथें ।त्यसवेला मलाई जतनसाथ भुइँमा राख्दै उनी भन्थिन् “छि..ऽ..हौ सागर..! तिमी पनि त्यति जाबो काउकुति लगाउँदैमा अर्काले सुन्नेगरि कराउँछौ ....!” म उनको त्यस प्रश्नको उत्तर दिन सक्दिनथें ।उनीसङ्ग प्रतिवाद गर्नु भनेको एक त मेरो पहुँचभन्दा बाहिरको कुरा थियो भने अर्कातिर मिठाइ पाउने क्रम टुट्ला भन्ने डर पनि ।उनी भने वनभरिको गोरेटोमा मलाई जतनसाथ डो¥याएर ल्याउँथिन् । स्कुल नजिक आएपछि आफैं सरासर कोठामा जाने गथ्र्यौं ।

    उसवेलाको मेरो बालशुलभ हृदयमा शुभद्र दिदीले आशन जमाइसकिछन् ।सन्नाटा छाएका काला अन्धकार रातका पर्दाहरुमा समेत उनको त्यो गठिलो शरीर र हँुिलो मुहारको आकृति मेरा आँखाले ठम्याउन थाले । म निर्लिप्त भएर शुभद्रा दिदी नै देख्नथालें । उसवेलाका उनका मर्मस्पर्सि हातहरुले मुसार्दा मलाई थोरबहुत थेत्तर बनाइसकेकी थिइन् । उनी मसंग शरीर सम्पर्कको पीपाशाले रन्थनाउँदिरहिछन् ।नजानिंदो ममा पनि उही तिर्सना हुर्कन थालेछ तर कहीं कतैको सक्षमता भने ममा थिएन ।केवल उनका हरेक अवस्थाहरुको मुकदर्शक बनेर बस्नुमात्र मेरो पौरषत्वमाथिको लाचारिता पनि थियो । तर पनि मैले लाचार नै बन्नु चाहिं परेको थिएन किनकी उनी मलाई नै वेवास्ता त कहिल्यै पनि गर्दिनथिइन् बरु मलाई खोजी खोजी भए पनि लिएर उनी रमाउँथिन् । सकेसम्म उनी मलाई एकान्तमा लिएर जान चाहन्थिन् र लान्थिन् पनि तर विद्यार्थी भएकै कारण एकान्त समय मात्रै हाम्रा लागि पर्याप्त थिएन । दिनभरि कक्षामा गुरुले पढाएका पाठहरु भन्दा मेरा लागि उनले एकान्तमा सिकाएका प्रकारान्तरका सन्दर्भहरु नै दिगो बन्नलागे । मलाई उनले आफ्नो फन्दामा लिएरै छाडिन् । मैले उनका कुनै कुरालाई पनि अस्वीकार गर्न छाडें ।

    एकदिनको कुरा हो , फुर्सदको समयलाई आफ्नो पहुँचबाट फुत्कन नदिने विचार उनले गरिछन् र भनिन् “सागर ! भोलि शनीबार स्कुल जानु पर्दैन ,तिम िचाँडै हाम्रोमा आऊ है !”आउने कुरालाई त मैले सहजै स्वीकारें किनकी उनका पाठहरुले मलाई नजानिदो प्रभाव पारेकै थियो र भोलिपल्ट सवेरै म उनको घरमा गएँ । आफ्नो घरबाट उनले कसकससंग कस्तो अनुमति लिइन् त्यो मलाई केही थाहा भएन । हाँस्दै आएर मेरो गालामा उनको हत्केला रगेड्दै भनिन् “ जौं ..सागर !” वोलाइमा जिब्रो नफड्कारिएको लाडे स्वभाव थियो । म उनको पछिपछि लागें । पहिले त हामी स्कुल नै पुग्यौं ,त्यहाँ सुनसान थियो, त्यसपछि हामी उही हाम्रो साइनारु वनतिर लाग्यौं । बाटाभरि उनी वोल्नु भन्दा पनि बढी मलाई सुम्सुम्याउँथिन् ।स्कुल समयको ख्याल गर्नु नपर्ने हुनाले सँधैभन्दा बढी त्यसदिन धक फुकाएर वोल्न खेल्न पाइन्थ्यो ।

    बितेका अन्तिम दिनको भन्दा पनि झण्डै दुइगुना पर हामी पुग्यौं । त्यो निर्जन्य झाडीका बनकुञ्जहरुमा कतै कसैको आभाससम्म थिएन ,जति थियौं शुभद्रा दिदी र म । अरु भए पशु पंक्षी खलबल मात्र ।एउटा सानो ओढार परेको ढुङ्गको फेदमा हामी पुग्यौं । बैशाखको महिना हुनाले पूर्बको सफा आकास माथिको सूर्य धेरै माथि चढेर प्रचण्ड गर्मीको राप छाडिरहेको थियो ।पोथ्राका सहारामा ओढार छेउकै शीतल ठाउँमा हामी दुइजना  नै बस्यौं । ओढारमा सायद कुने जन्तु विश्राम गरिरहेकै थियो होला र हाम्रो चाल सुन्ने वित्तिकै त्यसले पनि कुलेलम ठोकिसकेको थियो क्यारे..! 

    साइनो र उमेरले दिदी भए तापनि म उनलाई सहपाठीकै नाताले शुभद्रा भनेर वोलाउँथें ।ओढारपट्टि लक्षित गर्दै मैले उनलाई भने “यो ओढारमा त  बाघ भालु बस्छन् होला हगी..?” उनले बाघ भालु देखेकी थिइन् वा थिइनन् त्यो उनै जानून् ,तर उनलाई ती जन्तुसंग डर लाग्दो रहेछ भन्ने आभास उनको चेहरामा नै पाइन्थ्यो । “हामी दुइजना छौं अनि बाघभालु पनि त डराएर भागिहाल्छन् नी हगी ! बरु आऊ सागर हामी पनि एकछिन् त्यही ओढारमा बसौं ...”भन्दै मेरो हात समातेर उनले मलाई त्यहीं पु¥याइन् ।यसवेला उनको चेहरामा विश्रृङ्खलित भएर उतारचढावका रेखाहरु कोरिइरहेका थिए । नजानिदो उनको शरीरबाट कम्पन् छुटेको थियो ।मुटुका धड्कनले छाती छिचोलेर थर्काइरहेको थियो ।आफ्नो चोलोलाई गर्मीको बाहाना बनाएर अलपत्रसंग पात्लेको झाङमाथि फ्याँकिदिएकी थिइन् ।उनी त अर्धनग्न अवस्थामा पुगिन् ।गाला रसाएर रगत चुहिएला कि जस्तो बनाइन् ।छिनछिनमा उनको शरीरभरि काँडा उम्रन्थे र क्षणभरमै विलाउँथे । एकैछिनमा उनले मेरा दुबै गालामा उनका दुबै हात छ्याप्प राखेर “सागर..” भन्दै मेरो शरीरलाई नै उनको गौरीशंकरका बीचमा पु¥याएर च्याप्प अङ्गालोमा कसिन् ।उनको शरीरमा प्रचण्ड ताप थियो साथै उनको छातीको ढुकढुक मेरा कानमा बन्दुक झैं भएर गर्जन्थ्यो  ।त्यसवेला मेरो शरीरभरि चिटचिट पसिना आएको थियो । मुटुको धुकधुकी बढेर छिटोछिटो गतिमा चलेको थियो ।उनी भने झण्डै अर्ध चेतन नै बनेकी थिइन् । दूध चुस्ताचुस्तैको दूधेबालकलाई आमाले जतनसाथ सुताए जसरी मलाई बिस्तारै सुताइन् र मेरा दुबै गालामा चुप्प चुप्प म्वाइँ खाइन् फेरि जुरुक्क उठाइन् ।त्यसवेलासम्ममा उनी सर्बाङ्ग नाङ्गै बनिसकेकी रहिछन् । उनको नाङ्गो आकृतिको दृष्य मेरो नजरमा अटाउन सकेन ।त्यस्तो भयावह अर्थात विभत्सता नियाल्न नसकेर मैले आँखा चिम्लिएँ ।उनको भने वोली पनि हराइसकेको थियो । फेरि पनि अघिकै रीत उनले मलाई समातेर उठाउँदै उनका गौरीशंकरका बीचमा टाँसिन् ।त्यसवेला उनको पेट जम्मै साहोरिएर छातीमा सरेको थियो ।मेरो असक्षमताको उनलाई हेक्का नै भएन ,जबरजस्ती करबलले मलाई उपयोग गर्ने प्रयत्न गरिन् । मलाई च्यापी च्यापी आकाश नियालेर पुर्लुक्क लडिन् । पानी खाने धोको रहे जसरी मुख उघारेरै आँ...ऽ...गरिरहिन् ।जिब्रोलाई पालैपालो दुबै गाला ठेल्न पु¥याउँथिन् र धेरैवेर पछि लामो सास फेर्दथिन् ।मेरो पुरुषत्वलाई चुनौति दिएर करबलले मलाई उपयोग गरिरहेकी थिइन् । एकहूल कलकले चराले हाम्रो रामलीला हेर्दै खलबल मच्चाउँदै भू..र्र ..भू..र्र गर्दै पोथ्रा चाहारेर उँभो लागे । चराको खलबलले उनमा केही होस फिरेछ , मलाई थपक्कै छाडिदिएर “ हँ ”गर्दै जुरुक्क उठिन् र संमालिन थालिन् ।एकअर्काबाट दुबैजना लज्जित भयौं । अनुहारमा हेराहेर गर्ने हिम्मत दुबैको हरायो ।दुबैका शीर झुके ।उनले आफ्नो काँधमा फरियाको सप्को हालिन् र मेरो हात समाएर “जौं.” भनिन् ।बाटो लाग्यौं ।चोरीचोरीमात्र एकले अर्कालाई हेर्ने ग¥यौं । “सागर ..! यो कुरा कसैलाई नभन्नु है ! भन्यौ भने त म तिमीसङ्ग कहिल्यै पनि वोल्दिन नी ! ” भन्दै उनको घरभन्दा केही परैबाट मलाई विदा दिइन् ।त्यस दिन उनको घरमा पुग्न नदिई ,पु¥याउने चाहाना नै नगरी मलाई विदा दिएकी हुनाले म आफ्नो वासस्थानतिर लागें । निवाससम्म पुग्ने बाटो उति लामो त थिएन तर पनि मलाई त्यति बाटो काट्न हम्मे प¥यो । भयले भुत्ल्याउन थाल्यो ,आकाशले गिज्याए भैंm लाग्यो ।धरतीले धिक्कारे भैंm लाग्यो । वहेको बतासमा पनि सन्त्रासका सपनाहरु कोरिएको देख्नथालें ।परन्तु मसङ्ग अरु उपाय पनि के नै थियो र सहनुभन्दा बाहेक ।सरासर गएर आफन्तलाई बिसञ्चोको बाहाना बनाएर घुप्लुक्क सुतें तर निदरीले साथ नदिएरै आधारातसम्म पिरोलिइरहें । कल्पना परिकल्पनाले आकाश धरती जम्मै ढाकें तर सन्तोषको सास एकपटकसम्म फेर्न नसकी झकाएँछु । मनमा जे जस्ता कुरा मडारिए पनि भोलिदेखिको आफ्नो नियम क्रमलाई टुटाइँन ,स्कुल जाने आउने गरि नै रहें ।

    केहीदिनसम्म त शुभद दिदी र म सङ्गसङ्गै पढ्दै थियौं । स्कुलमा भेट हुन्थ्यो ।आँखा जुझे भने लाजले भुतुक्क हुन्थ्यौ ।तर उनले म एक अवोध बालकमाथि गरेको अपराधको प्रायीश्चत गर्न हो वा अघिको रहश्यको भेद खुल्छ कि भन्ने डरले हो मलाई मिठाइ दिने क्रम छुटाइनन् बरु झन झन बढाइन् ।लुकेर मात्रै अनुहारमा हेराहेर हुन्थ्यो । हातमा मिठाइ त थमाइदिन्थिन् तर पिछा गर्ने क्रममा भने पहिलेको भन्दा घटेको थियो ।उनीसङ्ग फेरि निर्धक्क र निर्लज्ज भएर अनुहार हेराहेर नगरी नै केही दिन पछि मैले त्यस स्कुललाई छाडिदिएँ ।

    एक दिनको घटनाले कति दिनसम्म हामीलाई लज्जित बनाएको थियो । घटना पछिका म त्यहाँ रहुञ्जेलका त्यतिका दिनहरुमा उनको अनुहारमा कत्तिको फेरबदल हुँदो हो तर मैले धक फुकाएर हेर्न सकिन । सायद म प्रतिका उनका भावनाहरु पनि त्यस्तै थिए होलान् तर ‘नरहे बाँस नबजे मुरली’ केही दिनमा नै हामी आम्ने साम्ने नरहे पछि ,हाम्रो भेटघाट नै नभए पछि दुबैलाई हाइ सञ्चो भयो पनि होला ,कति दिन पछिसम्म पनि उनको पहिलेको मुखाकृति मेरो मानसपटलमा त्यसरी नै चल्बलाइ रहन्थ्यो जसरी पहिले साक्षात्कार हुँदा देख्दथें ।बल्ल तल्ल उनलाई बिर्सन सकें तर पूर्ण रुपमा भने होइन ।

    त्यस यताका एक कोरी बर्षहरु आफ्नै गतिमा चलिरहे । क्षणिक स्मझना त्यस ठाउँको र ती दिनहरुको आए पनि त्यसले कुनै चोट पार्न सकेन । त्यो ठाउँ छाडेको दुई चार बर्ष पछि नै सुनेको थिएँ शुभद्रा दिदीको विहे भयो रे ! तर कहाँ ? कोसङ्ग ? थाहा भएन र पाउने जमर्को पनि गरिन ।पछिका दिनमा कति पटक मैले एक समयका केही दिन विताएको त्यस स्कुलसम्म त पुगें ,आफ्ना साइनारुकै घर पनि पर्ने हुनाले शुभद्रा दिदीके माइति घरमा पनि म पुगें तर उनीसंग भेट भएन । स्कुलको डाँडाबाट नियाल्दा पनि ती पात्लेका पोथ्राहरु केही बढेका बाहेक अरु केही फरक देखिंदैनथ्यो ।झाडीतिर जानु पर्ने कुनै कारण नै नहुनाले परैबाट नियाल्थें ।अतीतलाई सम्झँदै करबलले बिटुलिएको शुभद्रा दिदीको र मेरो साइनोले कुत्कुत्याएर लज्जित हुँदै फर्कन्थें । आफ्ना कुनै वेलाका दिनचर्याहरुको पुनराबृत्ति बाहेक केही पनि हुँदैनथ्यो ।

    जुन समयदेखि  मैले त्यस स्कुलमा पढ्न छाडेको थिएँ वा भनौ शुभद्रा दिदीसंग भेट हुन छाडेको थियो त्यो पनि बीस बर्ष भै सकेछ । त्यै ठाउँबाट केही उत्तर पश्चिमको एउटा गाउँमा मैले जानु पर्ने भयो । चिने जानेको कोही पनि छैन ,मात्र एक जनाको नामसम्म सुनेको छु उनैसंग भेट गर्नु नै पर्छ अन्यथा त्यहाँ जानुको कुनै औचित्य पनि रहन्न ।पचासौं संगको सोधाइ पछि बल्ल तल्ल पुगें त्यस मानिसका घरमा । एक अधवैंशे आइमाई गाई बाख्रालाई पानी दिन लागेकी थिइन् । “दिदी ! रमानन्द सरको घर यही हो ..?” मैले उनै महिलालाई सोधें । “यही हो ,किन सोध्नुभो ?कुन्नी ! ” उनले प्रतिप्रश्न तेस्र्याइन् । “भेट गर्नु थियो , घरमा हुनुहुन्न ?” उनका प्रश्नको जवाफ सहित मैले प्रश्न राखेँ । “ घरमा त हुनुहुन्न ,एकैछिन बस्दैगर्नुहोस है ! ” भन्दै उनी आफ्नो काम सक्न पट्टि लागिन् । सुनसान घरमा के सोमतले बसौै भनेर म पनि ठिङ्ग उभिरहें । उनी काम सिद्याएर आइन् । “ ए ..रमेश ! खाटमा राडी हाल न वा ! ” भनिन् । दशबाह्र बर्षको अन्दाज गर्न सकिने एउटा केटाले खाटमा राडी हाल्यो ।उनले सकेसम्मको शिष्टता देखाएर भनेकी होलिन् “बस्नोस् न सर् ” म बसें ।

    बैषाखको महिना परेकाले खडेरीले धुलो उडेको र गर्मी उस्तै बढेको थियो ।अरुकुरा भन्दा पनि पानी खाने धोको नै प्रवल बन्यो मेरालागि । पसिना पुछ्दे “पानी खाउँ न दिदी ”भने । उनले आखोरामा पानी ल्याएर दिइन् । पानी खाइसक्न नपाउँदै सोधिन्  “खै..? मैले त चिन्न पनि सकिन..?कहाँबाट आउनु भएको को हुनु भो ? ” “आउन त म अलिक टाढैबाट आएको ,यही गाउँतिर सानो काम पनि थियो ।रमानन्द सरलाई भेटेपछि सजिलै सित हुन्छ भन्ने सुनेको छु र वहाँलाई भेट्ने मन गरेको हुँ ,खै कता जानु भएको होला कुन्नी ? फेरि आपूmले त चिनेको पनि छैन मात्रै नाम सुनेको हुँ र खोज्दैछु ..”भने । “यतै गाउँतिर कतै लाग्नु भएको होला ,एकैछिनमा आउनुहुन्छ अनि चिनजान पनि भैहाल्छ नी !घर चाहिं कहाँ प¥यो होला? ”भन्दै कुरा थपिन् । 

    यतिकावेलासम्म एकले अर्कालाई शंकासम्म गर्ने वेला थिएन ।मैले आफ्नो घर बताएँ । उनलाई उसवेलाको सागरको घरको सम्झना रहेछ ।“के थरि पर्नुभो ?” फेरि प्रश्न राखिन् । मैले मेरो आफ्नो थर पनि बताएँ ।सागरलाई त अवश्य पनि जान्नुहुन्छहोला भन्ने जिज्ञासा राख्दै मलाई सागर संगको सम्बन्ध पनि सोधिन् ।म आपैंm सागर ,मैले हच्कनै प¥यो ।मैले उनका प्रश्नको उत्तर नदिई बरु आपैंm केरकार गर्नथालें सागरलाई चिनेका रहश्यहरु खेतल्न लगाएर । उनले भन्दै गइन् “ एकताका सागर मे््््रो् माइति गाउँको ्स्कुलमा पढ्थे ,म पनि त्यहीं पढ्थें , हामी एउटै कक्षामा पढ्थ्यौ ,त्सैवेलादेखि चिनेकी हुँ ।उमेरले त मभन्दा धेरै कान्छा पनि हुन् तर पनि मसंग साह्रै मिल्ने साथी थिए ।उनी आफन्त काहाँ बस्थे ,आफन्तकै नाताले मसंग पनि उनको नाता पर्दो रहेछ र म उनकी दिदी पर्दिरहिछु ।पढ्दापढ्दै सागर स्कुल नै छाडेर हिंडे ,त्यस पछि कहाँ गए र के गर्न लागे वा अहिले के गर्दैछन् केही पनि थाहा पाउँदिन ,” उनी भन्दै गइन् ,मलाई कताकता शङ्का लाग्न थाल्यो ।आफ्नो बीस बर्ष अघिको त्यो राम लीलाको पुनरावृत्ति हुन थाल्यो ,अनुहारमा वैश ढल्किएका उनै शुभद्रा दिदीको गठीलो शरीर ,गुलावी गाला , लर्कंदो केश ,ठ्याप्पै मिले जस्तो लाग्यो ।उसवेलाको मेरो अवोध हृदयमा पलाएर मौलाएका चेतनाका लहरहरुले मलाई कुतकुत्याउन थाल्यो ।नजानिदो गरी लज्जाले मलाई विथोल्न थाल्यो । अनुहारमा स्मृतिका पाना पल्टन थाले ,शरीरु गर्माएर अनुहार रातो हुनथाल्यो ।अझै उनी भन्दै गइन् “मैले कति पटक त सागरलाई आफ्नो काखमा पनि राखेकी थिएँ ।बाल्यवस्थाकै भए पनि उनको मीजास कति राम्रो थियो । कतिपटक मैले सागरलाई वन विहार गर्न जाऊँ भाइ भन्दै डो¥याएर डुलाएकी पनि थिएँ । अनि कसरी विर्सन्छु त म उनलाई ।” अझ भन्दै गइन् “ छोरी मान्छे अर्काका घरमा परेपछि वावु आमा त विर्सनु पर्दो रहेछ अनि सागरलाई नै पो कत्तिदिन सम्झिरहन सक्नु र तै पनि समयसमयमा सागर भाइको सम्झना आइरहन्छ नी ! भेटघाट गर्नु त बिरलाकोटी नै भयो । सागरले सम्झन्छन् सम्झँदैनन् त्यो त उनै जानून् ।अब त लक्का जवान पनि भए होलान् ?छोरो मान्छे कहिले काहीं त घुम्दै फिर्दै आएर के छ दिदी ? भनिदिए कति खुसी लाग्ने थियो .... ”उनी लगातार आफ्नो अतितलाई कोट्याउँदै थिल्थिल्याउँदै गर्न लागिन् । उनी साँच्चै नै उनै शुभद्रा दिदी रहिछन् ,अतितको पुरै पुनराबृत्ति गराइन् । यतिवेलासम्ममा म लाजले भुतुक्क भैसकेको थिएँ ।मेरो चेहराले म आफैं सागर भएको परिचय दिइसकेको रहेछ ,अनुहारको पानामा पाठ पढिन् क्यारे ! उनी पनि लाज र भयले अनुहार लत्पताएर विश्मयका साथ अल्मलिइन् र भनिन् “ कि ...तपाइँ ...!”प्रतिउत्तरमा मैले “ के छ दिदी ? ” भन्दै त्यहाँबाट उठेर सरासरी हिंडें ।अतितको पुनराबृत्तिले मलाई त्यहाँबाट धकेलिछाड्यो । कुन्नी शुभद्रा दिदीलाई कस्तो लाग्यो र अहिले के गर्दै होलिन....?
                                                                                                                                                              
   
   

बस्तीको बाँसुरी


  बस्तीको बाँसुरी

बिहान बिहानै देखि
मिर्मिरे सुसाएर
क्षितिजका नियास्रा गोरेटाहरुमा,
बस्ती बस्तीबाटै बाँसुरीले चियाउने गर्छ ।

प्रभातको स्वर्णिम, साँझको गोधुली, मध्यान्नको राप,
र रातको निष्पट्टतालाई पनि थाहा छ
ऊ आउनुभन्दा पनि अघि अघि देखि
उदास भाकाहरु सुसेलेर बाँसुरी
नौरङ्गी आशा पोख्नेगर्छ ।

सूर्यको कलिलो रापसङ्गै
उजाडउजाड पाखाहरुमा बाँसुरी
वर्तमान रोइरहन्छ सिङ्दली साइँलाको

रातभरि ओढेको शीत सुकाएर
बिर्संदै गएका कहरका घाउहरु
तप्प तप्प तप्काइरहन्छ
शालिग्राम कुँदेर आँखामा ।

बस्तीभित्रैबाट बाँसुरी
अभावका घुट्काहरु घुटघुट पिएर
राहत पर्खिरहन्छ बस्तीहरुमा ।
मायाको भाका पोख्न नजानेर
जवानी अवाक भएर बाँसुरी
निर्जन्य पहराबाट
कहिले नियाल्ने गर्छ अतितलाई
र भावीको भाका फुक्न रुचाउँछ ।

एउटै भाका निखनेर
कहिल्यै रोएन बाँसुरी बस्तीभित्र
कहिले करुणा सुसाउँदैर्,
कहिले कहाली रुवाउँदै,
कहिले मुर्झाएर
महत्वका मर्माहक आभाहरु
मरुद्यानका ओसिला फाँटहरु झैं
रसाएर बस्तीका रहरहरु
बस्तीबस्तीलाई ब्युँझाउने गर्छ ।

पट्यार लागुञ्जेल सुस्ताएर
बलेंसीका पाटाहरुमा भाँचिएका खुसीहरु
क्mहिले सीमलीका सिंयालहरुमा
कहिले वर भञ्ज्याङ्गका ओझेलहरुमा बिसाएर
बस्तीबस्तीमा बाँसुरी
लुटिएको हाँसो खोज्ने गर्छ ।

अतीत कैद भएको छ रे
अप्ठ्यारा कोठाहरुमा,
इतिहासका पानाहरुमा
नजानी नजानी कोरिएको अधुरो कथाजस्तै,
हत्कडी लगाएको वर्तमान
र नेल ठोकिएको भविष्य जस्तै ।

हेर्दा हेर्दै बाँसुरी
बस्तीबाट आफैं हतारिन्छ
सम्झिएर सुसाउँछ ,रमीताले रुवाउँछ
बस्तीबस्तीमा सिङ्गै युग बोकेर
भाका बिसाउँदै
अझै डुल्नेगर्छ ,अझै घुम्ने गर्छ ।

अझैसम्म पनि ठोक्किएनन् की कसैका कर्णकुहरमा
माटोको महत्वका ममतामयी ध्वनिहरु
किन हो किन
मनभरि मडारिएनन् कि मर्महरु र
पुछिएका छैनन् कि अभिमानका दागहरु ..?
हृदयभरि कथा बोकेर बाँसुरी
शरीरभरिको ब्यथा बिसाउने रहर
बस्ती बस्तीको कथा पोख्ने गर्छ ।

हारमोनियमका लहर ध्वनिहरुमा होइन
भ्वाइलेनका स्वर तरङ्ग र
गीटारका रागीनीहरुमा होइन ,
कङ्गो र ड्रमसेटका झन्क्mारहरुमा होइन
बरु ती भित्रैबाट बाँसुरी
बस्तीको कथा लेख्ने गर्छ ।
बस्तीको ब्याथा पोख्ने गर्छ ।

लाटोकोसेरोको रात छिचोलेर
किन उदाउँदैन नयाँ विहानी ..
उज्यालो छरेर बस्तीहरुमा ,
रातरातभर धुरीमा बसेर हु..ऽ..ऽ..हु..ऽ..गरिरहने
ह्ुच्चीललाई धपाउन ,
सुन्दर सपना हेर्ने विहानी किन पाइँदैन ..?
थाप्लो भरिको मात्रै आकाश बोकेर
बिसाउनी खोज्दैछन् प..र परसम्म
र सादृष्यमा आखेृट झैं उफ्रिरहन्छन्
अनगिन्ति अप्ठ्याराहरु ,
बस्तीभरिको मृगतृष्णा युग फुकेर
कलासो कलासिरहन्छ बाँसुरी ।

एउटै पुन्तुरोमा भोक,रोग र शोक
सिङ्गदली साइँलाको जस्तो बर्तमान
बस्तीबस्तीमा बाँसुरी रोइरहन्छ ,रोइरहन्छ ।
रात घम्लङ्ग ओढेर बस्तीहरुमा
मसमिण्डी निदाइसक्दा पनि बाँसुरी
बेदना पोखेर
बिद्रोह ब्युँझाइरह्न्छ ।
                                          २०५३÷०९÷१७



गजल

                          गजल
निन्द्राबाटै खोसेर सपना यो नियास्रो जिन्दगानी बनेर
तिमी प्रेमको समाधी भइ आयौ बिर्सिएको कहानी बनेर,

यो दिल दर्पण बनाइराख्दा सँधै तिम्रो  सानिध्यमा
अल्झिएकी थियौ आँखामा लोभ लाग्दो जवानी बनेर

म प्रेमकै खडेरी तिर्खाउँथे हरपल बन्जर मरुभूमिझैं
तिमी आइनौ कहिल्यै मरुद्यान शीतको तप्कानी बनेर

न थियो संबन्धमा छेकबार न कुनै शरीर सीमामा बध
आँखाआँखामै रोशनी चल्मलाउँथे हाम्रा राहदानी बनेर

म बाग भएर निख्रिउञ्जेल हरपल बर्षाइरहन्थें सुभाष
जलाइ सिद्याइदियौ र उजाडियो पराग खरानी बनेर ।


गजल

                                                                 गजल

यै कालेलाई चोखो माया लाइदिउँ लाइदिउँ लाग्छ,
उसकै घरको छानो बनी छाइदिउँ. लाग्छ., 

पौरख गरी पसिनामा रमाउँछ रे ऊ त, 
त्यै खुसीमा मिठो चुम्बन खाइदिउँ.खाइदिउँ लाग्छ,

पाखुरीको पौरखसँगै सङ्गीत गुन्गुनाउने,
उसकै धूनमा स्वर खापी गाइदिउँगाइदिउँ लाग्छ,

सादा जीवन उच्च विचार परिश्रमी देख्दा,
साँच्चै उसकै दलानसम्म धाइदिउँधाइदिउँ लाग्छ,

सुख दिन्छु भन्छ सँधै मलाई भेटेपछि,
दुलही बनी उसकै घर पो जाइदिउँजाइदिउँ लाग्छ!

पूजारीहरू

   पूजारीहरू

मैलोमा सास्टाङ्ग निहुराएर निधार
अमूक आर्दानाद अलाप्दै
अश्रुधारले अचानो भिजेकोबेला
वलीका कानकानमा पानीका फोहोरा बर्षाएर
सगौरव, शाान्ति अभिषेक गर्छन्
पूजारीहरू ।

बिश्रान्ति मन्दिरमा एकदिन

                                                       बिश्रान्ति मन्दिरमा एकदिन   

कुरा २०५० साल पौषको हो ।उस्तो उल्लेख्य काम नभए पनि मधेश÷पहाड गर्ने क्रममा म पहाडतर्पm लाग्दा धनकुटाको मुलघाटमा बेलुकी बास बसेर भालिपल्ट बिहान विश्रान्ति मन्दिरको दर्शन÷अवलोकन पनि गर्ने विचारले त्यतैतिर गएको थिएँ । यसो त मुलघाटमा त्यसताका उस्तो बास बस्न लायक ढङ्गलेमात्र नभई काम चलाउकै ढङ्गले पनि होटल लजको ब्यबस्था भएको थिएन ।मोटर बाटो बनेपछि पैदल हिंड्ने बटुवा पनि उत्तिको हुँदैनथे , स्थानीय बाहेक । त्यसैले पनि कुनै समय बटुवाले चम्का लाएर भात पकाई खाने र आफ्नै साथमा भएका राडी÷खास्टोले पाटीपौवा तथा रुखका फेदमा रात गुजार्नेहरु अब त्यहाँ हुँदैनथे ।म मेरी दिदीको डेरामा बास बसेको थिएँ । भिनाजुको जागिर सडक बिभागमा हुनाले र त्यसको कार्यलय पनि त्यहीं रहेकाले कर्मचारीका लागि बासस्थानको ब्यबस्था पनि कार्यालयले नै गरेको हुँदा त्यही ठाउँमा भिनाजु,दिदी,भान्जा÷भान्जी समेत बस्ने हुनाले त्यही क्वाटरलाई मैले डेरा भनेको हुँ ।

धनकुटा मुलघाटको बिश्रान्ति मन्दिर सायद उस्तो उल्लेख्य मन्दिर मानिदैन नै क्यारे त्यसैले मैले पनि मन्दिर जाने बाहाना मात्रै गरेको हुँ समय बिताउनलाई त्यसैले कुन देवदेवीको मन्दिर हो ?के कस्तो पूजा परम्परा छ ?त्यो मलाई थाहा पनि भएन र थाहा पाउने कुनै प्रयत्न पनि गरिन । मन्दिरको प्राङ्गणको डीलको (तमोर नदीतर्फ) होचो पर्खालमा बसेर तमोरको भङ्गालोतर्पm नै नियालिरहेको थिएँ ।पुषको महिना , बिहानको ठीही ,नदी किनारमा बहने चिसो सिरेटो सहेर बगरमा बग्रेल्ती भएका ढुङ्गाजस्तै बग्रेल्ती सोचाइहरु मेरो मनमा पनि आउँदै थिए । बेलाबेला पश्चिमतिर तमोरको पुल पट्टि पनि आँखा तानिन्थ्थे तर केहीको पनि उस्तो चासो राखेर भने होइन ।तमोर वारिपारिका बनजङ्गलहरुको बैंश ढल्किएर उराठिन थाले भैंm हरियाली पनि हराउन लागेको थियो । चौबीसेको डाँडामाथिबाट रविकिरणले पनि तमोर किनारतिर हाम्फाल्दै गरेझैं देखिन्थ्यो । झलमल्ल भएर बगर रापिइसकेको नहुनाले पनि रुपी, धोबिनी, ढुकुर र अरु त्यस्तै खोला किनार र वारिपारिका आदिबासी झैं बनेका चराचरहरु पनि बगरका ढुङ्गाहरुमा बसेर रश्मी किरणले बर्षाएको न्यानो पन ताप्दै उङ्न थालेका थिए । म पनि पंक्षीको त्यो निमग्नताबाट आपूmलाई आल्हादित तुल्याउँदै तमोरको पुलतिर गौर गरिरहेको थिएँ । हेर्दाहेर्दै पुलको दक्षिणतिरबाट एउटा बस उत्तरतर्पm हुँइँकियो । देख्दा बसको छतमाथि समेत मानिस टनाटन भए झैं देखिन्थ्यो । त्यसैभित्र मिश्रित आवाज , सांगीतिक उमङ्ग एवं अमूर्त होहल्लाको ठूलो खलबलसहित बस दौडँदै धनकुटातिर जाने उकालो बाटो छाडेर बिश्रान्ति मन्दिर जहाँ म बसिरहेर यी सब तमासा हेरिरहेको थिएँ त्यतै नै आयो र मन्दिरको छेउबाट तमोरको बगरतर्पm लाग्यो । यसै पनि पुषको महिना प्रायः चहुरको हरियाली हराउँदै गएको वेला त्यसमा पनि खोलाकिनारको बालुवाले ढाकिएको बगर हुनुले फाट्टफुट्ट सुकेका झारहरुबाहेक केही नभएको ठाउँमा गएर बस रोकियो । छतमा भएका तथा बसभित्र रहेका सबै मानिसहरु पनि ओर्लिएर ठूलो जमात नै बन्यो । प्रायः उस्तै , एकै उमेर समूहका युवा पुस्ताका दौंतरीहरु मात्रै त्यहाँ बनभोजका लागि आएको दृष्य आफैं वोलिरहे झैं लाग्थ्यो यद्यपि म बसेको ठाउँबाट निकै गौर गरेर हेरे मात्रै मान्छे चिन्न सकिने हुनाले कसैलाई निक्र्योल गर्न सकिरहेको पनि थिइँन वा भनौ मेरा पूर्व परिचितहरुको जमात पनि त्यो थिएन । बगरमा झुण्ड झुण्डमा बिभाजित भएर सबैले केही न केही गरिरहेकै झैं देखिन्थ्यो । कोही आगो बाल्दै थिए कोही पानी ल्याउँदै थिए वा त्यस्तै अरु पनि के के गर्दै थिए । दुई जना युवाहरु संयोगवस म भएतिरै आए , उद्देश्य नै त केही भए जस्तो पनि देखिंदैनथ्यो । नजिकमा आएपछि ठह¥याएँ एक जना त मेरा पूर्व परिचित मित्र नै रहेछन् ,भलाकुसाी पनि भयो । बनभोजको टोली धरानबाट आएको रहेछ । उता बगरमा काम गर्नेहरु उसरी नै ब्यस्त देखिन्थे । एकछिन हलुका सन्नाटा छाए झैं भयो । विहान कति वेलादेखि चिसो सहेर बनभोजको यात्रामा लीनरहेका हरुको जठराग्नी प्रबल भएर होला चिया ,खाजा केही खाए र पुनः सांगीतिक झन्कारका साथ काममा जुटे । उनीहरुको त्यो उमङ्गको स्रोता दर्शक नै भएर निर्भय एवं निशंकोच एउटा घोर्ले खसी घाम तापेर उग्राइरहेको थियो जुन उनीहरुको बसयात्रमा समेत सहयात्री भएरै आएको थियो ।

ठूलो तमासा हुन लागे भैmंः मानिसहरु चहलपहल गर्न लागे । युवापुस्ताकै भए पनि महिलाहरुको जमात अलगियो र केही पर पुग्यो । पुरुषहरुको पनि ठूलो जमात एकातिर बसेर रमिता हेर्न लाग्यो भने ५÷७ जना जति चाहिं उही घोर्ले खसीलाई लिएर चम्कामाथि ठूलो भाँडो बसालेको ठाउँको छेवैतिर गए ।कसैले खसीलाई पानी छ्याप्न लागे । एउटाले खसीको गलामा बाँधिएको डोरीको एकछेउ समातेर खसीलाई सहज रुपमा डुल्न दिए भैंm यताउति हिंडायो । अर्को एक जनाले पछाडि पट्टिबाट दुबै खुट्टाको बीचबाट पर्नेगरि खसीको भुंडीसम्म भिज्ने गरी पानी छ्र्याप्यो  र पुनः टाउकोमा पनि पानी खन्यायो ।  अर्को छेउबाट अर्को जनाले हातमा कुनै भाँडो बोकेर खसीतिर नियालिरहेको थियो ।उता अर्को एकजना भने हातले समातिरहेको कत्तिलाई माथि उठाएर फर्काई फर्काई हेर्दै थियो । त्यति नै बेला कत्तिको चम्किलो धारमा ठोक्किएर फर्किएका रश्मी रेखाहरु मेरो आँखासम्म झस्काउन आईपुगे । अर्को एक जनाले अलिक मोटो खालकै दाउरो समाएर मिलाउँदै भुइँमा राख्यो । उता खसीले जीउलाई भु..र्र..पारेर पसर््िायो ,टाउकोलाई अलिक माथि उठाएर फड्कार्दा कानसमेत हल्लिएको प्रष्टै देखिन्थ्यो ,कान फड्रकारेको आवाज फटट्ट आयो ।  । बिचरा ! त्यो मुक प्राणी खसीलाई त्यसबेलाको त्यति धेरै लाडप्यारको फकाइमा लुकेको रहश्य आफ्नै जीवनको इतिश्रीको महात्म्य के थाहा र ? जता लगेपनि ऊ बिना बिमति गइ नै रहेथ्यो । डोरी समाउनेले अघि अर्कैले मिलाइराखेको दाउराको दुबैतिर अघिपछिकै एकएक खुट्टा पर्नेगरी खसीलाई उभ्यायो ,अर्कोले पछाडिका दुबै खुट्टालाई एकएक हातले समायो , हातमा कत्ति हुनेले तैनाथ भएर कत्ति उज्यायो । क्षणिक रुपमा नै भए पनि मौनता छायो ।भीडबाट कसैले फेरि भन्यो “हडबड नगर है ..! ”फेरि कसैले थप्यो “जोडले छप्का..ऽ..,”उज्याएको कत्तिको धारमा परेको रश्मीको झिल्का कसरी हो कुन्नी मेरो आँखासम्म झिलिक्क गर्दै आयो ,हठात कत्ति सखीको घाँटीमा बजारिन पुग्दा घाँटी छिनेर टाउको एकातिर र शरीर अर्कोतिर भएर खसी पुर्लक्क भुइँमा लड्यो । यसबेला खेलाडीले खेलमा गोल गर्दा रमिते रमाए झैं उल्लासपूर्बक है....ऽ....ऽ...गरेर सामुहिक रुपमा नै ठूलो आवाज गुञ्जियो । उत्तिनेै वेला मेरो पछाडिपट्टिबाट “च्व..च्व...च्वच्व ! बिचरा..! सरासर बैकुण्ठ जाओस..है...!” भन्ने मलीन आवाज आयो ।उता लडेको खसीलाई थिच्नेहरु बल गरेर थिच्दै छिनेको खसीको शरीरपट्टिको भागलाई कुनै भाँडोमा अड्रयाएर रगत थाप्दै थिए । यसवेला त्यो सहज भएर पनि अजीब झैं लाग्ने दृष्यलाई नियालिरहेको मेरो सारा ध्यान हठात त्यही मलीन आवाजप्रति केन्द्रित भयो । उताको रमीताभन्दा यताकाको जिज्ञासा प्रवल भएर म त्यतैपट्टि फर्किएँ ।

अघि बस छेवैबाट बगरतिर झर्दादेखि नै मेरो सारा ध्यान उतैपट्टि केन्द्रित हुनुले आपूm वरिपरिलाई समेत मैले पर्बाह गरिनछु । मेरो छेवैमा पछाडिपट्टि फ्याङ्लो गुन्द्री बिछ्याएर बसेका ,पहेंलो रङ्गको धोती र कमिज लगाएका ,कालोफुस्रो गालागलासमेत छोप्ने उनीको टोपी लगाएका ,अनुहारमा देखिने दारी,जुङ्गा तथा आखिभौंका परेला समेत सेतै फुलेका,पुरानो मैलो खास्टो घम्लङ्ग पारेर ओडेका, दुब्लो पातलो हुनुले चुस्स परेको अनुहार,ललाटमा सेतो श्रीखण्डको चन्दन लपेटेर मानौ कुनै योगी झैं आसन जमाएर पुषको पहारको रापले केही न्यानो अनुभव गरे झैं देखिए पनि ओठमा कलेटी परेर मुखबाट धुवाँ उडेसरि बाफ उडाइरहेका एक बृद्ध बा ! कहिले बगरको तमासातिर  त कहिले खास्टोभित्रैबाट दायाँहत्केला माथि उठाएर त्यसैमाथि निधार अढेस लगाउँदै केही सोचमग्न भए झैं देखिए ।यसवेला म पनि उनीतिरै मुण्टो फर्काएर बसेको हुनाले उनका र मेरा आँखा जुझे । कसले पहिले वोलाउने भन्ने असमन्जस्यको अवस्था बन्यो । मैले आफैंले वोलाउन शुरु गरें “ बा..ऽ..तपाइँ पनि यसै आश्रममा बस्नुहुन्छ?”“यहीं बस्छु बाबु !” बुढाले जवाफ दिए ।यसबेला हामी दुबैका आँखा उही बगरतिर डोहोरिएका थिए । “ बा ! तपाइ त सँधै यहीं बस्ने मान्छे , यहाँ सँधै यसरी नै बनभोज र रमाइलोका लागि मानिसहरु आइरहन्छन् होला नी ?” आफ्ना आँखा बगरतिरै डोहोरिएकै भए पनि मैले  उनलाई प्रश्न राखें । “कहिले धेरै पनि हुन्छन् कहिले सुनसान पनि हुन्छ । तर यसबेलाको यहाँको जाडो सारै तिखो छ बाबु !घाम नलाग्दा त बाहिर बस्न पनि सकिंदैन  र यताको उस्तो ख्याल पनि हुँदैन । आज चाहिं बिहानदेखि नै हुस्सु फाटेर घामको झुल्को देखिएकाले घाममै सेकिनु प¥यो भनेर बाहिर निस्केको नभए त भित्रै बस्यो गुँडुल्कियो अनि के पो थाहा पाउने र ?” बुढाले आफ्नै विवसता सुनाए ।

उमेर÷अवस्था,भावभङ्गी,चेहरा, पहिरन,वोलीब्यबहार सबैसबैले बुद्धावस्था भएका ,त्यस्तै मानिसका लागि त हो नी बृद्धाश्रमहरु बनेका र उनी पनि त्यहीं आई बसेछन् । अरु प्रायः सबै सन्दर्भ अवस्थाले जीवनको उत्तरार्धका पनि पछिल्ला दिनतिर पुगे झैं बृद्ध देखिए पनि मुखमा दाँतका लहरहरु भने सामान्यावस्थामै हुनुले वोलीमा गलाको कम्पनले बुढौलीको संकेत गरे पनि प्रष्ट वोल्दथे । टाढाको रमीता हेरेर रमाउनुभन्दा बरु यिनै तपश्वीसङ्ग संगत गरे तत्वज्ञानका रहश्यहरु भेटिएलान कि झैं लागेर म उनैसंग कुराकानी गर्न उत्साहित भएँ र भने “बा ! तपाइँ यहाँ कहिलेदेखि बस्न आउनु भएको .....?”“खै..ऽ भयोहोला ७÷८ बर्ष ”धेरै मन नलगाएरै भए पनि त्यतिसम्म बुढाले भने । मलाई उनका बारेमा अरु जान्ने इच्छा बढिरहेको थियो ।अनि उनलाई फेरि सोधें “घर चाहिं कहाँ होला नी तपाईंको ?” खास्टो भित्रबाट दायाँ हात बाहिर निकालेर दायाँ खुट्टाको पलेंटीको घुँडामा कुइनो टेकाएर हत्केलामा निधार राखेर अनुहार लुकाए ,हत्केलाबाट नहटाइकन मुण्टो हल्लाए ,एकछिन घोरिएर के सोचे कुन्नी हत्केलालाई बायाँघुँडातिर लडाएर शीर ठाडो पारे ,यसवेला उनका आँखा शालीग्राम कुंदिए झैं भएर चर्लुम्म डुबेका थिए ।दुबै ओठ दोबारेर मुखभित्र लगाउँदै चुसे जस्तै गरेर आँखा चिम्म गरेर एकछिन चिम्लिंदा अघि शालीग्राम डुबाउने अश्रुपातका थुङ्गाहरु प्ूाmलका पत्रहरु छरिएर झरेझैं बरररर गरेर झरे । नाकका पोराहर फुले ,वोल्न खोजेका शब्दहरु घाँटीमा अड्किए झैं भक्कानिएर भने “कर्मको खेल रहेछ बाबु ! हातपाउमा बल बोकेर बाँचुञ्जेल भाग्य खोज्न भोट मुङलान धाउँदै बितिगो , मरेपछि त कहाँ हुनु र घर ?”

अनुहारमा मलिनतासङ्गै वोलीमा करुणा भरिएका शब्दहरु उनले भने तर मलाई उनले भनेका कुराको भेउ पाउन गाह्रो भयो ।भनाइको आसयसम्म अड्कल लाउँदा कुनै न कुनै अप्रिय घट्ना र त्यसबाट उत्पन्न परिस्थिति नै उनको बृद्धआश्रमको अबस्था हो भन्ने लागेर मैले जिज्ञासा र विनम्रतापूर्वक फेरि सोधें “ के भन्नुभाको बा !मैले बुझ्नै सकिन त प्रष्ट कुरा ? मैले यहाँ आउनु अघिको तपाइँको घर पो कहाँ हो भनेर जान्न चाहेको त, यही कुराले चित्त दुखेको भए माफ पाऊँ बा ...?भन्दिनुस न मलाई घर कहाँ , परिवार के कति कहाँ कसरी रहेका छन् ?” मेरा यतिका कुरालाई उनले के कसरी बुझे कुन्नी , उस्तो उत्साह नदेखाएरै भए पनि अलिअलि कुरा भने करैले भने “मेरो घर मादी मूलखर्क हो , के पत्रिकामा छपाउन खोजेको हो बाबु ..? त्यसो हो भने अरु मलाई केही पनि नसोध , म पत्रिकामा आफ्नो दुःख देखाउँदिन ...”पत्रिकासङ्गको उनको कस्तो संबन्ध हो वा आफ्नो जीवन कथा सार्बजनिक नगर्ने मात्रै धोको हो मलाई थाहा भएन तर म पनि उनले आफ्नो घर भनेतिरैको हुनाले झन उनको जीवनप्रतिको उत्सुकता बढ्यो र भने “त्यस्तो पत्रिकामा दिने छपाउने गरी मैले सोधेको होइन, मात्रै आफैंले जानीराख्न खोजेको मात्रै हो । मेरो पनि घर उतै हो बा !भन्नुस त मादी मूलखर्क कहाँनेरी हो ? अनि के थरी पर्नु भो ? ” “उता कहाँ हो त बाबुको घर ? अनि यहाँ कताबाट कति कामले आउनु भो ?” मेरा प्रश्नको जवाफै नदिई मलाई उनले प्रतिप्रश्न राखे । मैले आफ्नो बेलिविस्तार छोटै रुपमा लगाएर भए पनि आफ्नो चिनारी दिएँ ।उनले के कति चिने ...बेला बेलामा अँ..ऽ..अँ भन्दै मुन्टो हल्लाए र मलाई भने “साँच्चै सुन्ने त बाबु मेरो कथा..?” मैले सुन्ने जिज्ञासा राखें र उनले आफ्नो कथा भन्न शुरु गरे ः—
“मादी मूलखर्कको म दाहाल बाहुन हुँ ,जन्माए, जन्मिएँ, योचोला रह्यो । त्यहीं हँुदाहुँदी दुःख जीलो गरेरै गुजारा चलाएको थियो । म एक्लो छोरो, उसवेलाको जमाना, पढ्न लेख्न उस्तो जाँगर पनि लागेन, लागे पनि कसले पढाउँथ्यो र ?कर्मकाण्डसमेत सिकिएन । आफ्नो सम्पत्ति भनेको त्यही घरबारी र अलिअलि पाखो पखेरो मात्रै थियो । अर्काकै जग्गा भए पनि अधियाँ कुतियाँ कमायो, बुझायो, चलेकै थियो । १६ बर्षको हुँदाउँदी विहे गरिदिए । समय बित्दै जाँदा दुई छोराको बाबु पनि बने । खाने मुख बढे , आम्दामी बढ्ने केही पनि थिएन । बा ,आमाको एकैसाल चोला उठ्यो, रिनधार गरेरै भए पनि बर्ष दिनको कामसमेत उतारें । गाउँका साथीभाइ प्रदेश जान्थे ,फर्की आउँथे , घरखर्च टारेको देख्थें , मलाई पनि प्रदेश गएर कमाइ ल्याउँछु भन्ने लाग्यो र आसामतिर लागें ।घरमा दुई छोरा र तिनीहरुकै आमा मात्र । उसको पनि उमेर चढ्दै उमेर थियो र पनि धर्म थामेर घर चलाएकै थिई । वेलावखत अरुकै हात भए पनि खर्चबर्च पठाउँथे , आफू बर्षेनी आउँदिनथें , एकदुई बर्षको फरक पारेर मात्रै आउँथे । तेस्रोपटक हो म घर फर्की आएको । घरखर्च भरथेग गरेरै भए पनि लोकका लागि प्रदेशबाट कमाइ ल्याएको देखाउन नारीमा ‘जोसमार’  घडी बाँधेको थिएँ । केही दिन सङ्गै बसियो रमाइलो भएरै बितेको थियो ,तर सँधैभरि घरै बसेरमात्रै गुजारा नचल्ने , म फर्किन लागें फेरि आसामतिरै । उसलाई पनि घडी बाँध्ने कत्रो रहर रहेछ , घडी छाडेर जा भनी , मैले पनि सोखले बाँधेको,रहर पुगेकै थिएन ,छाड्््््््न मानिन । यसै निहुँमा हाम्रो झगडा भयो , अमिथ्य वचन लगाई र भाँडभैलो गरी । मैले पनि रिस थाम्न सकिन ..., बिचरा बालख छोराहरु गाली गरुञ्जेल त टुलुटुलु हेरिरहेथे ....पछि आत्तिएर रोए पनि ...., मैले पर्बाहै नगरी हिंडें । उसका वेलीले मेरो पनि चित्त काटियो । कति रहरले नाडीमा बाँधेको घडी फुकाल्न नमान्दा स्वास्नीले हानेको छेडले पटक पटक मुटुमा चस्का हानी रह्यो । यता कसैलाई खुट खबरै नदिई पर्देशिए पछि धेरै बर्षसम्म उतै बरालिएँ ।

यता गाउँघरकलाई त हाम्रो घरझगडा के थाहा र ? सबै आ–आफ्नै सुरमा गरिखान ब्यस्त ,कसैले मेरो घरपरिवार प्रति चासो पनि देखाएनछन् । म हिंडेको डेढबर्ष पनि नबित्दै उसले अर्कैसङ्ग विहे गरिछ । बालख छोराले के गर्नु र साथै लगिछ पनि । गाउँघरका इष्टमित्रले हिंडेको थाहा पाए पनि म आफैं नै बेखबर भएकाले कसैले थाहा दिन सकेनछन् । उसको अमिथ्ये वोलीले पाकेको मेरो मनको घाउ पनि दुखिरह्यो,म पनि  आफ्नो थातथलो सम्झिएर धेरैबर्षसम्म नै फर्किइन । उसले लिएर हिंडेका छोरा त मेरा थिए ,आमा नै अर्कासङ्ग गएपछि बिचरा ती अज्ञानी बालखले कति कष्ट सहेहुन् ? झड्केलाबाबुले के माया गरेर कतिदिन पो पाल्यो होला र सुख दिएर .....! तर बाबु आफ्नो भाग्यमा लिएर आएपछि लेखेको जति सहनै पर्दोरहेछ र पाइँदो पनि रहेछ । उसबेलाको औलाको घानीतिरै लिएर झरेकी भए पनि दैबले नै हात थापेर त होला नी बलबर्गत पुग्ने भएर आफैं गरिखान सक्ने नै भएछन् । ”

“म बाह्र जिल्ला आसाम सबैतिर बरालिएर घुमे , जता गयो उतै ग¥यो  खायो , एक्लो ज्यान  न थियो । भविष्य नसोची धेरै बर्ष बिताएँ । बल्ल चित्तको घाउमा खाटा बसे झैं भयो , जहान परिवार , साथीभाइ , गाउँघर , आफैंले बालापनदेखि खाइ खेलेको पाखा पखेरो सबैसबैको झल्को आउन थाल्यो । जाबो एउटा घडीकै निहुँमा लोग्नेस्वास्नीमा कत्रो कटाक्ष भन्ने लाग्यो ,उसवेला टुलुटुलु हेरिमात्रै रहेका र आखिरमा कहालिएर रोएका बालक छोराहरुको सम्झना आँखाभरि आयो ।गाउँघरकै मायाले खिच्यो र फर्किआएँ आफ्नै गाउँतिर । उसवेलाका मेरा दौंतरीहरु कति बसाइँ सरेछन् , कति मरेछन् , बाँकी भएकाहरुले पनि यतिका बर्ष खुटखबर नआएकाले मलाई बिर्सी नै सकेछन् ।उसवेला मैले छाडेर हिंडेको झुप्रो सम्हाल्ने कोही नहुँदा पहिल्यै भत्किसकेछ । मलाई आफ्नो थातको हेक्का थियो , गएर हेर्दा बारी पाखो गौचरन भएछ , घर भत्केको ठाउँमा थुम्को र त्यसैमाथि तितेपाती र काँडाघारी भएछ । गाउँघरमा पनि आफ्नो चिनारी दिएर मात्र  वास पाएँ। आफ्नी स्वास्नी र छोराहरु कथा जस्ता मात्र भए । बर्षको एक्किन गर्न कसैले सकेनन् , अघि नै लोग्नेले छाडेर हिंडेको केही बर्ष मात्रै भएथ्यो होला डाँडापरि सिरजुङ्गको अरे के जातथर हो त्यो पनि थाहा भएन पोइल गइछ , बालखै हुनाले छोराहरु पनि साथै लगी तर अहिले त मधेश इटहरीको नजिै पूर्वपट्टिको गाउँमा बस्छे अरे , छोराहरुले पनि छुट्टाछुट्टै घरजम गरी बसेका छन रे ....’सम्म भने । अर्कासंग गएकीको त के खोजी गर्नु र ...छोराहरुको भने साह्रै सम्झना आयो । यसै पनि आफ्नो पीण्डपानीको दाता उसमाथि म पनि बुढेसकालले गाँजेर डाँडाको जुनजस्तो भएको , पाल्ने फाल्ने आफ्ना ती नै त हुन नी भन्ने लाग्यो , खोजी गर्न लागें ,। दुईचार बर्ष अघिसम्मको थातको ठेगान लगाएँ र छोरा खोज्दै हानिएँ मधेशतिर । ”

“बैशाख÷जेठको उखुम गर्मीमा छोराको खोजीमा हिंड्दा पसिनाले जीउ लफ्रक्कै भिज्थ्यो ।बैश र बर्गत छउञ्जेल स्वास्नीका रीसले बरालिई हिंडेर अर्काकै देशमा रमाउनेलाई आमाको दूधले पनि सरापेछ क्यारे ,पिंडीबास पाउन पनि गाह्रो पर्ने , पाटी बासमा नै कति दिन गुजारें । बल्लतल्ल छोराको घर पत्ता लगाएँ । आफ्नै छोराहरु हुन् भनेर त कसैलाई भनेको पनि थिइँन ,हुलियाकै भरमा उनीहरुको घर पत्ता लगाएको थिएँ । एउटै कित्तामा दुइवटा घर बनाएर छुट्टिबसेका रहेछन् ।खोज्दै जाँदा नजिकै छिमेकमा पुगेपछि झण्डै मेरै उमेका मानिसले घर देखाइदिए । उनले भने ’केटा पौरखी नै रहेछन् ,आफ्नै पौरखले गुजारा गर्दैछन् , तिनीहरुकी आमा चाहिंको घर पल्लो टोलमा पर्छ । बालख छोराहरु लिएर अर्कैसंग आएकी रहिछ ,हुर्किए पछि केटाहरु आफैं गरिखाँदै छन् । घर तिनै हुन , के कति कामले खोजी गर्नुभाको हो ? गएर बस्तै गर्नु उनीहरु आएपछि भेट भइहाल्छ अनि कुरा गर्नु नी ।’म पनि हुलियाकै भरमा भए पनि छोराहरु नै हुन भन्ने पक्का पक्की भएपछि ढुक्कले गएर एउटा घरको पींडीमा बसे । भोक , तिर्खा  थकाइ सबै हरायो , जीउ पनि हलुङ्गो मन पनि फुरुङ्ग भयो । ”

“दिन ढल्कँदै थियो । घरको पूर्वपट्टिको पीडीमा म बसेको थिएँ ।घरको छायाँ लामो भएर आगनको पल्लोछेउभन्दा परतिरको मकैबारीसम्म ओझेल परेको थियो । पिठ्युँमा झोला र हातमा पुन्तुरा झुन्ड्याएका दुईजना लोग्नेमान्छे र दुईजना आईमाई मान्छे मकैबारीको बीचमा रहेको आलीको बाटो गरेर त्यही घरतिर आए । आगनको छेउमा आउनुभन्दा पहिले नै आफ्नो घरको पीडीमा नौलो मान्छे देखेर होला चारैजनाले  चारतिर पिठ्युँ फर्काएर झुरुम्म भए र फेरि पहिलेकै जस्तो ताँती लागेर आँगनको पल्लोछउमा आइपुगेपछि एकजना पुरुष र एकजना  महिला उत्तरपट्टिको घरतिर लाग्न खोज्दै ठिङ्ङ उभिए र अनौठो मानेर मतिर हेर्नलागे । अर्काे भाइ पीडीकै डीलमा आइपुगेर मलाई गौरगरी हेर्न लाग्यो । छेवैमा आइपुगेकी आईमाई अनौठो मानेर मतिरै हेर्दै उभिरही ।लोग्नेमान्छेले अचम्मित भावमा ‘चिन्न पनि सकिएन त बा ! कहाँबाट आएको को हुनुभो कुन्नी ? ’भन्यो । यतिवेला अघि आँगनको पल्लो छेउमा उभिएका दुबैजना त्यसै पीडीतिर आए र आफैं गुन्द्री मिलाएर बसे । मैले नियाले पनि ती अनुहारलाई उसबेलाका मेरा छोराहरुको अनुहारको झल्को संग मिलाउन खोज्दा हेक्का राखेर अन्दाज गर्न नै सकिन । मेरा जेठा छोराको घर चाहिं त्यो रहेछ । उसैले फेरि सोधनी शुरु ग¥यो –‘कहाँ हो बाको घर ? के थरी पर्नुभो ? के कति कामले यहाँ आउनु भो ? खै चिनेजाने जस्तो त लागेन , कि...?’‘ आफ्नै रगतको सन्तान पीण्डपानीको दाताले यसरी आफैंलाई को हौ ? भनी सोद्धा दुःख त जति लाग्यो नी के गर्नु बेलामा आफैंले होस नपु¥याएकैले त हो नी भनी चित्त बुझाएँ र भने ‘मेरो घर पहाड मादी मूलखर्क हो ,म दाहाल बाहुन हुँ ’। यतिबेला उनीहरु चरैजनाले मुखामुख गरे मेरो चिनारीले उत्सुक भएर भाइचाहिंले ‘ हाम्रो पनि उतै हो रे , ’ भन्यो र मेरो अलिक बढी सोधखोज गर्न लाग्यो तर मैले आपूmलाई उसका कुरामा अड्याइन र ‘उता कहाँका हौ ? आफ्नो थातथलो र पुस्तवारी के कति जान्दछौ ?भन न त  ’ भने । दाजु चाहिंले बेलिबिस्तार लगाउन थाल्यो अरुसबै चुपचाप सुनिरहे मात्र ।

हाम्रो घर मादी मूलखर्कमा थियो रे ,हामी दाहाल बाहुनका छोराहरु हौं ,म जेठो , यो मेरो भाइ हामी यति दुई भाइमात्र हौं । दिदीबहिनी छैनन् , हाम्रा बाबु पनि एकै भाइ मात्रै रे , हामी बालख दुई छोरा र आमालाई प्राय घरमा छाडेर बाबु आसामतिर मात्रै धाउने रे । भाइले त सम्झन्छ सम्झँदैन कुन्नी मलाई भने सपनाजस्तै लाग्छ बाबुको अनुहार , बालखै हुँदा छाडेर हिंडे उतिबेला त नाम पनि थाहा थिएन ,पछि सुनेको आमाकै मुखबाट बाबुको नाम गजाधर हो रे , हामीलाई छाडेर हिंडेका बाबु फर्की आएनन् । आमाले पनि हाम्रो मुख हेरेर पर्खिरहन र आस गरेर बसिरहन नसकेर होला  बाबु हिंडेको दुईबर्ष पछि नै तेह्रथुम सिरजुङ्गका खड्का क्षेत्रीसंग अर्कै विहे गरी हामीलाई पनि साथै लिएर हिंडिछन् । उता उसका घरमा जेठी स्वस्नी हुँदाहुँदै अर्को विहे गरेका रहेछन् ,आमाले मिलेर घरगरी खान पनि सकिनछन् र ती सानाबाबुले आमा र हामी दुईभाइ समेतलाई लिएर यता मधेशतिर झरेछन् घरबार बसाएछन् । दिनदिनै हामी पनि ज्ञान जान्ने भयौं । आमाले पनि अरु सन्तान जन्माइन् एउटा भाइ र दुईवटी बैनीहरु भए । आमाकै पनि मायाममता उतैपट्टि बढ्दै गयो । सानाबाबुले पनि हामीलाई खेतिपाति , हलोकोदालो , घाँसदाउरा ,पर्म खेतालामा मात्रै पठाउने गरे ,काम गरेर घर थामिदिएकै थियौं र पनि झर्को फर्को मात्रै गर्नथाले । आमा कर्कर गर्थिन् ,तिमीहरुका बाबुको छाला उतै पहाडमा छ ,गएर समाल , अब आपैंm गरिखान सक्नै भएका छौ भन्थिन् । तीन बर्ष अघिमात्रै हो सानाबाबुले यही एउटा पाटो खेततिमीहरुलाई भो आपैंm गरेर खाओ भने ,हाम्रो नागरिकता नहुनाले पासपट्टा भएन, नारिकता बनाउन अझै सकिएको छैन ,घरसारे लिखत बनाइदिएका थिए । रिनधार दुःखजिलो अनेक खण्ड गरेर यही झुप्रो हाल्यौं , बनिबुतो गरिखायौं । कतिदिन त भोकै बस्यौं पनि , बल्लतल्ल फ्याक्ट्रीमा दुबैले काम पायौं । दुईबर्ष अघि एकैसाल दुबैले विहे ग¥यौं ,त्यही फ्याक्ट्रीमा काम गर्थे यिनीहरु पनि । केहीदिनका लागि दाजुभाइलाई गुजारा चलाउन बनाएको झुप्रोमा चार जना भयौं , घर साँगुरो भयो । फेरि उसै गरेर रिनधार गरी अर्को त्यही झुप्रो हाल्यौं । यी दुइटीकै नागरिकता बनेका रहेछन् र यो एउटा पाटो पनि आधाआधा गरेर दुईकित्ता गरी यिनीहरुकै नाममा पासपट्टा गरायौं । यसैमा निर्वाह गर्दैछौं । पहाडमा त अलिकति जग्गा छ रे तर खै कसले खोजी गरिदेलान् र .....?भन्यो । आफ्नो छोरो आपैंmसंग आफ्नो कथा भन्दै थियो तर बाबुको भने कुनै खोजिनीति बिना नै । मैले उसलाई सोधें –अनि तिमीहरुका बाबु नी त बेपत्ता नै भए कि केही खबर पनि आउँदैछ त ? फेरि दाजु चाहिंले नै भन्न शुरु ग¥यो — एक बर्ष अघिको मात्रै कुरा हो यो मेरी जहान थलिएकी थिई ,छोरी जन्माए पनि हात रहिन ,चिन्तामा परेकै वेला बाबु बितेको खबर आयो , त्यो पनि हामीलाई त के पत्ता र ..? आमालाई तार आयो रे त्यो पनि अघि नै कहिले रहेछ रहेछ ...!आमले नै खबरसम्म भनिन् । उनले अर्कैसंग विहे गरेकी हुनाले केही पनि गर्नु पर्दाे रहेनछ , तिमीहरुकै बाबु हो , मरेछ अपराधी ..!जहानबच्चा पाल्नका दुःखले मुङ्लान पसेपछि फर्कन नजान्ने ,धाती न गुहारी म¥यो होला नी कुकुर मरे भैंm र खायो होला स्यालगिद्धले । पिशाच बनेर दुःखदेला , क्रि
करिया गरेर पन्साओ ’ भनिन् । पण्डितहरुलाई सोध्यौं ,दिनबारकै टुङ्गो नलागेको र धेरै बितिसकेकाले पुरै क्रिया गर्नु पर्दो रहनेछ । उनीहरुले भने अनुसार नै आजकै तिथिलाई चोला उठेको दिन ठानेर काम सिध्यायौं र आज पनि बाबुको श्राद्ध गर्न बराहक्षेत्र गएका थियौं ।” भन्दै आफैंसंग आफ्नो काजक्रियाको बखान छोराले ग¥यो , उसले त पितृ ऋण तिरेकोमा आनन्द मान्यो तर बुढेसकालको सहारा खोजेर मैले पत्ता लगाएको छोरासंग म अब के भन्नु र कसो गर्नु ...साँच्चै बित्याँसमा परें ।मैले आफ्नो चिनारी नदिई हिंड्न पनि ठीक ठानिन र आफूलाई थाहा भएको पुख्र्यौली कावा कैरन लगाउन थालें । जीजुबराजुको नाम सुनाउँदा त खै.. हामीलाई के थाहा र . भने बाबुबाजेसम्मकोे नालीबेलीमा भने ,अरे ..., सुनेका हौं होलासम्म भने ,मुङ्लान पसेर फर्की नआएको भनेको तिमीहरुको बाबु गजाधर म आफैं हुँ भनेपछि आफ्नै आमाबाट झेलेको दुःख र पाएको सास्तीबाट मर्मुरिंदै भाइचाहिंले पीडीको छानामा सिउरी राखेको खुकुरी झिकेर आमालाई नै काट्छु भनी हिंड्न लाग्यो । मैले आपैंm उसलाई रोकेर रिस देखाएर घरबार नबिगार बाबै ...! जसको वुद्धिमाजे छ उसले त्यस्तै ब्यबहार गर्छ , म पनि त छाडेर हिंडेपछि एकजुगसम्म फर्की पनि नआउने खबर पनि नलाउने अपराधी नै हुँ , तिमीहरु आफ्नो ब्यबहार गरिखाओ भने , अब फेरि म कसरी त्यहाँ बस्नु र आफैंलाई धिक्कार्दै म त्यहाँबाट हिंडें ”  ’भनेर उनले खुइय सुस्केरा हाले ।मलाई उनको जीवनकथा प्रतिको उत्कण्ठा झनझन बढ्न थाल्यो तर मैले सोध्नै नपाई नै उनले पुनः आफ्नो कथा भन्न शुरु गरे ।

“बस्न पनि त भएन नी मेरै काज क्रिया गरी मलाई पितृ भनेर तर्पण पिण्ड दिनेसङ्ग ।तर के गर्ने , कहाँ जाने अब , न त मेरो घर न त घाट ? न थात न कसैको साथ ?फेरि बिरक्तिएँ र आफूः मरिसकेको खबर लिएर आफ्नै थातथलो र भाइबन्धु भएको उही ठाउँ मादी मूलखर्क नै गएर खबर सुनाएँ । विधिको विधान पनि विचित्रको रहेछ , आपूm जिउँदै हुँदा आफैंले क्रिया गर्न भने हुन्छ रे तर अरु कसैले क्रिया गरिदिएछ भने पुनर्जन्म लिनु पर्छ रे ।कहाँ कस्को गर्भमा बस्नु र ? नीतिशास्त्र पनि साच्चैको बनेको रहेछ नौ महिना गर्भबास बस्नु पर्नेमा नौ दिन मै हुँदो रहेछ । माटोको घैला बनाएर त्यैभित्र गर्भबास बस्नु भन्दा रहेछन् नौ दिनसम्म तर त्यसो गर्न सकिन , भाइबन्धुको सहायताले माटोको खाल्डो बनाएर नौ दिनसम्म त्यसैभित्र बसेर पुनर्जन्म लिएर बाहिर आएँ । अब त्यही समाजमा बसिरहनु पनि उचित लागेन , गरी खान पनि नसक्ने भएँ । बुढेसकालमा कसरी निर्वाह गर्नु र? आफ्ना पाल्ने फाल्ने भनेकाहरुको पनि दिनचर्या र हबिगत देखिहालियो , अब कहाँ गई कसको सहारामा बस्नु र ?प्राणको घुड्को घिटिक्क भएर नजाउञ्जेल उपाय खोज्नै पर्दाे रहेछ ,त्यसैले यसै आश्रममा आएर बसेको छु ,तर अब त आफ्नै आँतले पनि हरेस नै खाइसक्यो बाबु ! अर्को हिउँदको चिसोमा यसरी घाम ताप्न पाउँछु जस्तो पनि लाग्न छाडिसक्यो ।पुनर्जन्म लिएर पनि जोगी भएर हिंडेको मान्छे म कहाँ देखाउँ र बाबु आफ्नो घर ......?”भन्दै बुढाले तरक्क आँसु खसाले । म त्यसवेला उनको अनुहारमा टुलुटुलु हेरिमात्र रहें , केही वोल्न सकिन ।

उनीसंग त्यसरी भेटघाट र कुराकानी गरेर छुटेको केहीदिन पछि यसै सन्दर्भमा संस्मरण टिपोटकै रुपमा लिपिबद्ध गरेको भए पनि त्यो बिपत्ता भयो÷पारियो । फेरि १९ बर्षको अन्तरालमा सम्झिएका उसबेलाका छायाँ छबिलाई समेटेर यो सम्स्मरण तयार गरेको भए पनि त्यसपछि मैले त्यस ठाउँमा गएर उनको अनुहार खोज्ने अवसर पनि पाएको छैन र सायद अब त अवसर पाए पनि उनलाई पाउँछु भन्ने पनि आस झिनोसम्म पनि छैन । तर अझ सम्झन्छु उनी मरेको खबर दिने प्रणयको सुहाग उनैसंग साटेकी सहचारिणी र तीर्थश्राद्ध गरी उनैलाई तर्पण दिएर आई उनीसङ्गै चिनजान र भलाकुसारी गर्ने उनका पीण्डपानीका दाताहरु कहाँ के गर्दै होलान ....?मेरो उत्सुकता अधुरै रहेको छ ।
           ——२०६९÷४÷९ विराटनगर 
   

ऐलानीभित्र अटाएको दशा

           ऐलानीभित्र अटाएको दशा

जीवन चक्रमा तीनजुरे पाथीभरा

    जीवन चक्रमा तीनजुरे पाथीभरा
                                                          शंकर सुवेदी ‘उत्स’
shankarsubediutsa@gmal.com

साधनसहित वा साधनरहित कुनै पनि तरहले कहीँ कतै घुमफिर÷विचरण गर्नु, डुल्नु, यात्रा हो । प्रायः उद्धेश्यसहितको प्रारूप बनेर वा गमेरमात्र यात्रा गरिन्छ । यद्यपि यही विचार र कार्य आफैंमा अपवादरहित र सिद्धहस्त भने नहुन पनि सक्छ । बिना पृष्ठभूमि र योजना पनि बाहाना र चाहानाको मेलले अप्रत्याशित झैं बन्दोे रहेछ जीवनको गति र यसैमा हठात तुनिदोरहेछ यात्रा बृतान्त ।
संभ्रान्त भएर पनि खोटीझंै लाग्छ हाम्रै परिवेशको प्रकृति ! बर्षाको समयमा बर्षादकै अभाव पाकृतिक सिद्धान्तमाथि प्रकुतिकै कटाक्षले केही दिनदेखि विराटनगरमा गर्मी अधिक हुन थालेपछि शितलताको आभास खोज्न एक दिनमात्र भए पनि विराटनगरभन्दा बाहिर जाने मौन सङ्कल्प भएका हामी तयार भयौं यात्राका लागि । वातावरणीय अनुकुलताभन्दा पनि यस गुल्जार घनाबस्तीबाट बाहिर कतै शितल अनुभव गर्न पाइएला कि भन्ने ठानेर मात्रै बिना योजना यात्रारम्भ ग¥यौं । यात्रा छोटो या लामो भन्नेमा संदिग्धताहीन अव्यक्त एकोन्मुखताबाटै सहमतीय दस्तावेजको परिकल्पना गरेर हामी पाँच जना हरि, गुणराज, सोमनाथ,  सुमन सहित दिउँसो दुई बजेपछि विराटनगर महानगरपालिकाको भौगोगोलिक सीमा उत्तरतर्फको प्रवेशद्वार ढाटबाट हामी बाहिरिएका थियौं ।
अनिश्चित गन्तव्यको अविराम यात्रामा लीन हामी साधनको आफैंमा पूर्णतामा हुनाले अरु कसैको यात्राको बेलिविस्तारसँग साइनो नजोडी धरान—विराटनगर राजमार्गका पूर्ववत सजिला अप्ठ्याराहरूको सामना गर्दै अघि बढ्यौं । इटहरीसम्मको यात्रामा बहस नै नगरी वसन्तपुर, तेह्रथुमलाई त्यस दिनको गन्तव्य ठह¥याएर तरहराको एउटा खाजाघरमा खाजा खाएर केहीबेर अघिसम्म भोगेको  गर्मी र थकानलाई आफ्ना अन्तष्करणबाट झिकेर त्यतै कतै थन्क्याएझैं गरी धरानतर्फ लाग्यौ । सेउतीको बगर सुनसान थियो । आफैं गएतर्फ जाने कति सवारीका बाहनहरूसँगको सम्पर्क र गति प्रायः नमिले पनि बिपरीत दिशाबाट आएका यात्राका बग्रेल्ती साधनसँग धेरै ठाउँ जम्काभेट हुँदै र बिच्छेदको दुरीलाई तन्काउँदै चारकोशे झाडीको  चिरेर गएको राजमार्ग माथिको वतासको वेगलाई पनि स्पर्श गर्दै र वनको हरियालीलाई चक्षुद्वारले सुम्सुम्याउँदै पार गरेर ब्यापारिक स्थलको ऐतिहासिक धरोहर धरान नगर÷सहर हुँदै कोशी राजमार्गकै उहापोहमा अल्झिएर घिसारी रह्यौं भेडेटार तर्फको उकालो यात्रा ।
धरान बजारसँग बिच्छेद हुनै नपाइदेखि आँखाभरि अल्झिन आइरहने विजयपुरका डाँडा वरिपरिको वन, स्मृतिमा बुढासुब्बा, दन्तकाली, पिण्डेश्वरसमेत आइरहे । धरानकै घण्टाघर र त्यसैको पृष्ठभूमि झै देखिने बजार साम्नेमा हुँदा क्षितिजबाट टाढिँदै गएको कोशीको फैलावट, तुवाँलोसँग मिसिएको समथर तराइको मैदानसमेत नियाल्न पाइन्थ्यो । सर्दु खोला र बगरलाई छुँदै एक तमासले वहने हावा हामी चढ्दै गरेका घुम्तीसम्म सिरेटो बनेर आइपुग्थ्यो  । बुढापाकाहरूले कहिले उकाली कहिले ओराली भनेको चिउरीबास अब पखेरोमात्र आँखामा अटाउने भएको थियो । बाटोको कुनै निशाना पनि देखिंदैनथ्यो । साँगुरी पातलले गर्दा भन्ज्याङ्गभन्दा बढी हरियो डाँडोमात्र थियोे । बाटाकै किनार र वरपरका बटबृक्षका अनेक रूप पनि दृष्याननुभूति स्रेस्ता÷खेस्रा हुन्थे हाम्रा लागि । अन्तरसंवादमा अघिको गर्मीका जरुवा अनुभव बिसाउँदै गर्दा कति चाँडै पुगिएछ भेडेटार पनि । सानो बिसाउनीको शिखरिलो सहर भेडेटार क्षेत्रमा पदार्पण गरेको हाम्रो यात्रा नरोकिई लगातार अघि बढ्दा छेवैबाट भाँजियो बाटो । पूर्वोत्तर तर्फको राजारानी जाने बाटोसँग टाढिएर पश्चिमोत्तर बाटो ओरालो लाग्यौं हामी । अघिका सबै दृष्यहरू निखारिए आँखाबाट । समथर पटाङ्गिनीहरू त छेलिइसकेका थिए । अझै बाटाका घुम्तीले गर्दा पहाडका गरा, बाटाका थुम्की, बस्ती र सहर पनि एकैनासले देखिइरहेनन् अगाडि । कतै सुनसान झाडी÷जङ्गल, कतै पातला घरबस्ती कतै बाली भरिएका गराहरू साम्नेमा मात्र होइन दृष्टि हुत्याउन सके टा..ऽ..ढासम्म पनि स्पर्श रहन्थ्यो आँखाको । साँगुरी भञ्ज्याङ्ग माथि कतै छेलिएर अन्तष्करणमा कथामात्र अटाउँथ्यो । धारापानीको उकालोमा बाटाको अवशेषमात्र बाँकी थियो । लेउतिसँग हामी केहीबेर समानान्तर बग्दा बगर मुक बनीरिह्यो । बर्षैपिच्छे रौद्र रूप देखाउने खराने खोलाले अझै धैर्य गरेको रहेछ यसपालि, बाटामा पहिरोको थुप्रो थिएन । हामीले लेउतीपुल तरे पनि मूलघाटसम्म नै टाढिएन खोला । सजिलै मूलघाट÷तमोरको पुल तरेर विश्रान्ति धामलाई थोरै शव्दमा मात्र सम्झँदै उकालो लाग्यौं हामी ।
आठ पहरीयाको पातलो बस्ती भएको गाउँ साम्नेमा पर्ने गरी प्रकृतिको पहरालाई मानिसले बलजफ्ति बनाएको भन्ज्याङ्ग बेलाहाराको जाङबाट जन्मिएर जसरी फुत्त देखा पर्छन् गुठीटारको बाटोबाट थुप्रै यात्राका साधन । प..र बाखे्र खोलाले सीमाना तोकेपछि पारी टेकुनालाको उकालो बाटो पनि भरियाका पैतालाहरू बिर्सिएर उङ्दै बसेझैं देखिन्थ्यो । उसबेला सबैले थकाइ बिसाउने घुमाउने चौतारो बूढो हुँदै आँखामा तानिएर आयो । एवं रीतले हामी पनि हुत्तियौं आँखाले धनकुटा चुलीवनको हरियाली छाम्दै र पाइतालाबिहीन पदचापले पिरोलिइरह्यो गुठीटार, बेलाहरा हुँदै साविककै लोकमार्ग । समय घड्किन बेरै लाग्दो रहेनछ, अप््ठ्यारामा पनि आनन्दको आभास अर्कै मज्जा हुने । केही घुम्ती घुमेर बेलाहराको बेंसीबाट टाँगिएको बाटो आफ्ने गतिमा नापेरै पात्ले खोलाको घुम्ती  छिचोल्दै धनकुटा पुग्दा दिन ढल्किसकेको थियो । समय बर्षा कै भए पनि धरानबाट उकाले लागेपछि न झरी न घामको राप, शीतलकै सहारा लिन पाएका थियौं हामीले । धनकुटा बजारलाई पूर्व स्मृतिमा राखेर जिरो प्वइन्टबाटै हिलेतर्फ मोडियौ. हामी । बाटा किनारमा देखिने दृष्य परिचय मोड, धनकुटा क्याम्पस गेट, दीपाचोक, दूरसञ्चार, सल्लेरी वन जस्ता साना÷ठूला स्थल स्पर्शसहित स्कुल डाँडाबाट अघि बढेपछि क्षितिज पनि बादलसँग लुकेर हराएझैं लाग्नथाल्यो ।
भुइँकुहिरोले ढाकेर हिले बजारदेखि अघि जाने बाटो भुवा छिटेर छोपेझैं थियो । बादलका लप्कालाई चिरेर भए पनि सुस्त गतिमा गुडिरहन्थे बाहनहरू ।  अस्मानबाटै फुस्फुसाएझैं लाग्ने सेतासेता मिहिन कणहरू पनि थोपा अवतार लिएर सिमसिमे बर्षिइरहेको बेला बाटामा कति ठाउँ चोबलिंदै र ओबानिंदै गुड्ने हाम्रो बाहन कतिपटक हिलोमा घस्रन पुगेका घटना ताजा बनिरहे । त्रिसुले, जोरपाटी, गुराँसे हुँदै सिधुवा बजारको मेरुदण्डबाटै बढेर नूनथलाको थाप्लोबाट चित्रेतर्फ डोरिंदा रजनीले आफ्नै रङ्ग छर्न शुरु गरिसकेको थियो । वसन्तपुर बजारकै आश्रय आँकलन गरेको प्रयत्नमाथि प्रकृतिको प्रहार झरीपानीका कारणले हिलाम्मे बनेको बाटो नै बाधक बन्यो साधनसहितको यात्रालाई र साथ सहारा लिएर साधनरहित यात्रा प्रारम्भ ग¥यौं दाह्रेगौंडादेखि र लगातारको पौने घण्टाको हिडाइपछि हामी वसन्तपुर बजार पुग्यौं ।
यात्रारम्भदेखि नै शव्दगङ्गाको वाणी प्रवाहमा निर्लिप्त भै रमाएका हामीले समयलाई न त प्रकारमा बाँड्न भ्याएका थियौं न त परिकारमा साँध्न नै । निष्पट्ट भै अन्धकार रात पोखिएका बाटा र बस्तीहरूमा श्रावणको झरी लगातार थापेर आश्रयस्थलको ठेगान लागेपछि एक पटक स्मरण ग¥यौं ज्योतिष विज्ञानको गणितीय खेलसँग बाहाँ जोडेर फष्टाएको खगोल गणितलाई । सूर्यमासले २०७५ श्रावण ११ गते शुक्रबारको यो दिन चन्द्रमासले आषाढ शुक्ल पूर्णिमा, खग्रास चन्द्र ग्रहण लाग्ने दिन थियो । हामीले घटनालाई न वैद्धिक परम्पराको बहस बनायौं न  वौद्धिक विज्ञानको । हामीले  केवल कम व्यस्त र अधिक फुर्सद भएका हाम्रा बाँकी दिनको गिन्ती  घटाउने हृदयपटको लेखालाई यात्राको ढुकढुकी ठानी रह्यौं । यसर्थ त्यसै रात लाग्ने खग्रास चन्द्र ग्रहण पनि हाम्रा लागि गौण सावित भयो ।
आयुभरिको जीवन स्थायी भए पनि एउटै पनले एकनासले जीवन रुँगेर बस्दो रहेनछ । पनका अवधि पनि जीवनका नैसर्गिक गहना हुँदा रहेछन् । पन जीवनमा अनेक रङ्ग बनेर आउँदो रहेछ, सुसुप्त भएर पनि अक्षय हुँदो रहेछ । भिन्न भिन्न बेलाको पन र मनको तादात्म्यताले पनि यात्रा झन रोमाञ्चक बनाइरहेथ्यो । समयले जोड्दै गोड्दै र छोड्दै लगेका अतीत वयकी अनन्य सँगाती देवीसँगको बिद्युत्तीय तरङ्गमा भएको भेटले हाम्रो यात्रामा पाश्र्व पात्रको सहभागिता समेत पाएझैं भान हुन्थ्यो । अतीतका अरु कति साथीसँगाती पनि पाश्र्वपात्र बनेका थिए हाम्रो यात्रामा र प्रविधिकै प्रयोगवाट आफ्ना जीवनानुभूत सत्यतालाई वाकद्वारबाट अर्पिएका थियौं एकअर्कामा, जसले गर्दा निश्छल र निर्मल अतीत निकैबेरसम्म घुमिरह्यो आफैंसँग ।
    वसन्तपुर भ्यु टावर होटलको आतिथ्यतामा दिनभरिको अनुभूतिको कैरनभन्दा पनि लेकाली भेकको चिसो वातावरणलाई पनि सहज समनका स्रोत साधनको सुगमताले न्यानो आभास दिलाएको थियो । रातको नीरवतासँगै आफ्ना कौतुहलता र चञ्चलतालाई मिसाएर थकान बिसाउँदासम्म हाम्रो भोलिको यात्रा तीर्थाटन कि पर्यटन भन्ने निर्णय भएको थिएन ।
भोलिपल्ट २०७५ साल श्रावण १२ गते शनिबार पनि सूर्य बिनाको विहानी पोखियो वसन्तपुरको बस्तीमा । बेंसीबाट खोलाको किनारै किनार उँभो बढ्ने बादल वसन्तपुर बजारको बस्तीसम्म छाम्न आइसकेको थियो । बजारभन्दा केही माथिको उचाइदेखि बादलकै घुम्टो लाग्नुको चमत्कारले दन्त्य कथाको बादल माथिको सहरमा छौं कि जस्तो रोमाञ्चकता लिएर अबको यात्रा तीर्थाटन भन्दै उत्तरतर्फको बाटोमा पैदलयात्रा अघि बढायौं ।
 कैयौं दिनदेखि प्रभाकर पनि पाश्र्वमै भुलेर तेजोरश्मीको स्पर्शबिहीन बनेका ठुला बाटाहरू दलदले हिलो मै डुबेका थिए भने चिम्ट्याइलो माटोमा पलाएका तृणत्यान्द्रालाई पैतालाकै प्रयत्नले घोटेर बनेका बाटाहरू पनि अबिराम झरिरहने सिमसिमे पानीले सारै चिप्ला बनेका थिए । झण्डै सवा घण्टाको हिंडाइपछि एक बिसाउनी लियौं टुटे देउरालीमा र स्थानीय होटलमा  सात्वीक चियापान गरी पुनः अघि बढ्यौं हामी । क्षितिज हराएको संसारमा सुदुरको लम्बाइ पनि सारै छोटो लाग्थ्यो बादलले ढाकेर केही नदेखिंदा । खुल्ला बाटोभरि सिमसिमे झरी र बटबृक्षको आश्रयमा तप्कानीको एकछत्र राज थियो । बस्ती कम, नागी र जङ्गल नै बढी थियो बाटामा । मानिससँगको भेटघाट न्युन हुन्थ्यो । चरन चहुरमा पानी झरीको पर्बाहै नगरी गाई÷बाख्रा चरिरहेका त कतै बाटामै विश्राम लिइरहेका देखिन्थे÷भेटिन्थे ।  केहीबेरको हिंडाइपछि हामी सामूदायिक वन उपभोक्ता समितिद्वारा प्रबर्धन गरिएको देउराली, आर आर गार्डेन, कैलाश हिल, दुडपानी, घुर्बिसे, पाथीभरा, पाँच पोखरी तथा तीनजुरे पर्यटकीय क्षेत्र निर्धारण संरक्षण गरिएका ठाउँ, गुराँसघारी र विभिन्न जातजातिका बोट बिरुवाले भरिभराउ ठाउँहरूको अवलोकन गर्दै विहान ९ः३० बजे पाथीभरा मन्दिर भएको शिखरतिर बाटो मोडिने २६६० मीटर अग्लो तीनजुरैको सानो बस्तीमा शारीरिक थकानका बावजुद पनि भावात्मक श्रद्धा, प्रकृति प्रेम र मानसिक उत्साहका साथ पुग्यौं ।
    
हिउँदे खडेरीमा धुलाम्मे र हिमपातका बेला बाटो, छानानदेखि दलानसम्म हिउँका चपरी बनिने मौसमी अनुहार लिएर बसेको तीनजुरेको सानो बस्तीमा बर्षा यामको भुइँ कुहिरो र हुस्सु खेपेर बलेंसीमा तप्कानी चुहिरहेको थियो । लेकाली भेक, बर्षाद झरी, यात्राका लागि साधनको न्युनता मात्रै नभई भएकै साधनमा यात्रा गर्न पनि जोखिम बढी भएको त्यस परिवेशमा पैदल यात्राको चार घण्टाको भगिरथ हिंडाइले शरीर शिथिल बनेको थियो । सानी पाथीभरा र गुफा पोखरी जान यहींबाट बाटो छुट्टिन्थ्यो । हामीले सानो होटलको आश्रय लियौं । बासस्थानको व्यबस्था आफ्नै परिवारका लागि मात्र हुन सक्ने तर बाटाका बटुवालाई क्षणिक विश्राम र खानपीनको समेत व्यबस्था गर्ने गरी आफ्नो जीविकोपार्जनसमेत गरिरहेकी गीताले चलाएको होटल रहेछ त्यो । त्यहाँबाट धेरै माथि  उकालोमा सिंडी चढेपछि पुगिन्थ्यो पाथीभराको मन्दिर । भिरालो र तेर्सो हिँडेर पनि थकित भएका थियौं हामी । भोक प्यासले पनि सताएको थियो, फेरि उकलो हिड्नका लागि शरीरलाई शक्ति प्रवाह गर्न केही खानुपिउनु बेला र अवस्था दुबै थियो । देवीको दर्शन र पूजाआराधना पूर्व निशेध नगरिएका सामान्य पेय जुसमात्र पिएर मन्दिरतर्फ चढ्ने निधो ग¥यौं । पूजा सामग्री उनै पसल्नीले बन्न्दोबस्त गरिदिईन् ।
पथ पथिक तथा तीर्थालुहरूको चाप न्युन भएको समय हुनाले व्यापारको मन्दी भएर होला धेरै परिकार त्यहाँ रहेनछन् । फर्की आउँदासम्ममा दालभातको जोहो गरिदिने हाम्रो आग्रहका अघि उनी असमन्जस्यमा परिन् । लोकल कुखुराको मासु र भात तयार गर्न सकिने आशय दर्साइन । साथी हरि र सोम उनको आशयप्रति खुसी हुनभएन । पठितहरूको वाक चातुर्यका अगाडि उनको शव्द सामथ्र्य कमजोरझैं भयो । जानेर बोल्नेहरूको विद्वताले सदिच्छालाई थाती राख्छ र अनिच्छाले पनि बोलिदिन्छ  तर मानेर बोल्नेहरूसँग तर्कभन्दा हार्दिकता बढी हुन्छ । मनका शव्दलाई आवाजमा बदल्न कति गाह्रो छ दुनियाँमा ! बलजफ्ती बक्ने शव्द पनि बुख्याँचाझैं सारहीन बरु त्रासद हुन्छन् । जब्बर जति नै बने पनि प्राकृतिक सत्यझैं लाग्छन् सनातनी कति कुराहरू ! आँसुमा होस् वा हाँसोमा पुरुषका जब्बर नियतिलाई टुक्रा टुक्रा पार्ने सामथ्र्य लुकेको हुन्छ रे नारी मुस्कानको मधुरतामा । मनका शव्दलाई आवाजमा गाल्नुभन्दा चरित्रमा खोट नलगाई पनि कर्मशील इसाराले दुनियाँ पगाल्न सक्ने सामथ्र्य लुकेको हुँदो रहेछ नारीमा ।  हतियारले रिपुलाई रोपेरभन्दा रिपुका रोशनीलाई छोपेर पनि इश्र्याको गर्भमा प्रेम फुलाउने सामथ्र्य हँदो रहेछ  अर्गानिक जीवनको कलामा । रोशनी गलेपछि आँखाहरू प्रेमिल बन्न र बिना प्रतिवादको हार्दिकता स्वतः सिर्जन्छ त्यहाँ, मन फेरिन पनि बेर लाग्दो रहेनछ । चर्म चक्षुका रश्मीले ग्रहण गरेको रङ्ग रमीता शिराशिरा हुँदै मनमस्तिष्कमा पनि सल्बलाउन बेरै लागेन । अघिका अनिच्छाहरूको अवशान भएपछि मन्दिरबाट फर्की आएर उनकै आशयअनुसारको परिकार खाना खान सहमत भयौ. सबैजना तर हाम्रै इच्छा पूर्तिको अन्तिम सपना चाहार्नेे अन्जान पक्षी समय सुसेलेर रमाउन चरनमै रमाइरहेको थियो । त्यस निरीह प्राणीलाई के थाहा अहिल्यै आफ्ना सबै इच्छाहरू साहदात होलान भन्ने ? भालेलाई नियन्त्रणमा लिन हामीसमेत आधा दर्जनले छेकारो हाल्यौं ।  निर्जनतिर नगई पटकपटक बस्तीमाझमै बेगिएको भालेलाई प्रणयशखी पठाएर प्रेमजालमा पारौ. भन्ने गुणराजको कथनले हामीमा हाँसोको फोहोरा छुटाएको थियो । विकार÷विलास बिर्सिएर तत्वज्ञान प्राप्तिका लागि माताको दर्शन गर्न मन्दिर जाने बेलामा त्यसरी प्राणी वधको संग्राममा होमिएर जीवात्माप्रतिको उपहास नै गरेको भए पनि किंबदन्तीमै बर्णित भागल चुसेर खुसी हुने माताको मन्दिरमा जाने बेलाको यो तमासा पनि अनुभवको एउटा दस्तावेज बन्यो हाम्रा लागि । हामी पाथीभरा माताको दर्शनका लागि सिंडीको उकालो लाग्यौं ।
हिंड्दा हिंड्दै भुगोल फेरिएर अघि मा...ऽ..थि भनिएका धेरै ठाउँहरू त..ऽ..ल त..ल हुँदै गए । बाक्लै भएर लागेको कुहिरोले भुइँ  र आकाशलाई नै एउटै कित्ताझैं बनायो । बुकी फूलका बुट्यानका झ्याङबाहेकका चहुरमा भएका पिपिराहरू केवल हरियो रङमात्र बचाएर बसेका थिए । नागीको चरन हुनाले पशुदाह्राले आहाराका लागि दिनदिनै चुंडिएर पनि आकार क्षीण भएको आयुका हरिया घाँसले ढाकेका चहुर र पखेरामा भेडाका बथान डुलेको धमिलो आकृतिमात्र देखिन्थ्यो । सबेरैदेखि चहुरमा दाह्रा दलेर थकित गाई÷बाच्छाहरू हाम्रै यात्रालाई स्वागतार्थ उभिएझैं ठाउँ ठाउँमा उभिएर हामीलाई हेरिरहन्थे ।
 झण्डै आधा घण्टाको अविश्रान्त उक्लाइपछि हामी पाथीभरा माताको मन्दिर परिसरमा पुगेका थियौं । तेह्रथुम र संखुवा सभा जिल्लाको पानीढोलो सीमानामा २९०० मीटर उचाइमा रहेको डाँडामा संखुवासभाको धर्मदेवी नगर पालिका सीमाभित्र अवस्थित मन्दिर परिसरभित्र गणेशको र माता पाथीभराको मन्दिर अलगअलगै रहेछन् । पहिले गणेशको पूजा गरी हामी पाथीभराको मन्दिरभित्र प्रवेश ग¥यौं ।  पूजारीले गरेको सहजीकरणअनुसार माता पाथीभराको पूजाआराधना गरी नजिकै रहेको नेपाल टेलिभिजनको प्रशारण लाइन विस्तारको टावर रहेको ठाउँको अवलोकनसँगै त्यहाँ रहेका सेवाप्रदायक कर्मचारीसँगको साक्षात्कार र तात्तातो चियासँगको भेटघाट पछि भर्खरै आफ्नो पाइतालामुनि परेको भूभागलाई फेरि बिस्तारै माथिमाथि पार्दै उही तीनजुरेको होटलमा आइपुगेर विहानको विधिवत खानपीनमा सरिक भयौं ।
बोलाइमा सहजता र व्यबहारमा विश्वसनीयता निश्छल जीवनका विशेषता देखियो तीनजुरैको सानो बस्तीमा  सामिप्यताको अर्को नाम सौहार्दता भएर । पूर्व परिचिय÷समपर्करहित भएर पनि एकै भेटमा  होटलवाली गीताले हामीप्रति राखेको हार्दिकता र सहर्ष सुम्पिएको आतिथ्यताबाट हामी पुलकित मात्र भएनौ जीवनको गतिलाई नियति  नै मान्ने हो भने सभ्यतालाई बाचाइ राखेको संस्कारको जीवन्तता पनि अनुभूत ग¥यौं हामीले त्यहाँ ।
दिन मध्यान्नबाट उत्तरार्धतिर ढल्कँदै थियो । अविछिन्न ओइरिइरहने झरीबादलले गर्दा अझै पनि मौसम यात्राका लागि अनुकुल थिएन । न क्षितिज देखिन्थ्यो न सगर ? कुहिरोको साम्राज्य अझै कायम हुनाले टेकेभन्दा धेरै प...र देखिंदैनथ्यो । गुराँस फुलेको सुन्दरता ऋतुले पहिल्यै लिएर गएको गुराँस घारीले पनि भुवादार देखिने बादलको खास्टो घम्लङ्ङ ओढेको हुनाले गुराँसको राजधानी नाममात्र धन्य भयो हाम्रा लागि । छोटो समयको भेटघाट भए पनि व्याबसायिक÷व्यापारिक सम्बन्धले पनि प्रगाढ मित्रझैं बनेकी गीतासँग विदावारी हुँदा चीरपरिचित बान्धवसँग छुट्नुपर्दाको जस्तो नियास्रो मन लिएर पैदल पथका पथिक हामी फर्कियौं विहान गएकै बाटो । उही विहान हिंडेका गोरेटा÷गल्ली र मार्ग, उस्तै झरीको रुझानसँग पनि रमाउँदै तीन घण्टासम्मको अविछिन्न हिंडाइमा पानीले भिज्नु, चिप्लिएर लड्नु, चुकाले रगत चुस्नु र बग्नु स्वभाविक घटनाझैं ठान्दै भोग्दै वसन्तपुर बजार आइपुग्दा रश्मीरहित दिन गल्न थलिसकेको थियो । स्मरणका लागि केही छाञाछवि समेटेर थप आधा घण्टा हिंडेपछि चित्रेउत्तर दाह्रेगौंडामा आइपुग्यौं । हेराइमा हिस्सी र बोलीमा मिठासभन्दा उत्तम सत्कार के नै हुन सक्छ र पथिकका लागि । त्यहाँको सानो पसल भए पनि त्यही शिष्टाचारयुक्त सौहार्द सत्कारसहित हामीलाई दिएको फलाहारले जाग्दै गरेको जठराग्नीको ज्वाला समन गरेर बाटो लाग्यौं यहाँबाट । अप्रत्यासित रूपमा हिले बजारमा अर्को कुनै साथीको सौजन्यमा पुनः हलुका खाजा खाई पहाडका केही तरकारी किनेर हुइँकियौं लोकमार्गको दक्षिण यात्रा । मूलघाट, तमोर आइपुगदा बाटा÷बस्तीमा रजनीको राज शुरु भइसकेका भए पनि हाम्रो गतिमा खासै प्रभाव÷अवरोध नभएकाले निरन्तरको गुडाइ÷दौडाइ पछि तरहरा आइपुग्दा अघि नै साँझको आठ बजिसकेको थियो । यात्रा प्रारम्भमा चियापान गरेर हिँडेको उही होटलमा आएर पुनः चिया खाजा खाई राती ९ः३० बजे हामी आआफ्ना घर आइपुगेका थियौं ।
पूर्व योजना र कुनै परामर्श बिनानै आकस्मिक रूपमा प्रारम्भ गरिएको यस यात्रामा निर्दिष्ट लक्ष भनी केही पनि किटान नगरिएकाले आर्जित अनुभूति नै स्वतस्पूmर्त उपलब्धि बने हाम्रा लागि । आदिम युगका कविलाको स्वैच्छिक विचरणजस्तो अप्रत्यासित भए पनि कुनै अनिष्टताको सामना गर्नु परेन हामीले । पहाडी प्रकृतिको रमणीयता मैतालुमा हुने लज्जाजसरी घुम्टोभित्रै छेलिने बर्षायामको यात्रा पूर्व योजनाबेगरको हुँदा झेल्नु परेका मौसमी कठिनाइबाहेक पनि हृदयले अघाउञ्जेल आनन्द लिएर फर्कियौं । प्रकृतिको काखमा रमाउँदै हाम्रा सभ्यता र संस्कृतिलाई आत्मसात गर्ने सौभाग्यशाली पनि बन्यौ । जीवनको फेहरिस्तामा थपिएको यो लेखा अनाम सत्य भएर सार्थक बनेको छ साथै भावी समयका लागि योजना र प्रेरणा पनि । अस्तु......!    
   

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...