Saturday, July 11, 2020

योगमाया

                                         योगमाया (उपन्यास समिक्षा)

नेपली वाङ्मय संबृद्धि तथा कालक्रमिक घटना अभिलेखमा र भाषाको जीवन्तताको आधारसमेत बन्दै आएको नेपाली साहित्यका अनेक पाटामध्ये आख्यान विधा पनि सवल विधाका रूपमा सुरक्षित र विकसित बन्दै आएको छ । आख्यान विधाकै पनि बृहत आकार तथा रूप संरचना भएको उपन्यास विधा लेखनका हिसाबले विषयबस्तुको संगठन, घटनाक्रम, पात्र÷चरित्र, भाष शिल्प तथा आन्तरिक घटकहरूको सन्तुलन सहज पक्कै पनि छैन । एउटा पूर्ण आकारको उपन्यास सिर्जनाका लागि लेखकको सानो तपस्याबाट पठनीय तथा मननीय रूप तयार हुन कठिन छ तर पाठक हराए पनि पठन स्वतः निरन्तर चलिरहने उपन्यास सिर्जन गर्न सफल नेपाली उपन्यासकारका पंक्तिमा सगर्भ उभिएकी नारीहस्ताक्षरको अर्को नाम हो नीलम कार्की निहारिका । महाभारत बृहत काव्यको सन्दर्भलाई आख्यानमा उनेर नारीका अवस्था तथा विवशतालाई सफल रूपमा प्रस्तुत गरिएको चीरहरण उपनयास दिएर अब्बल लेखिकामा आपूmलाई स्थापित गर्न सफल निहारिकाको अर्को उपनयास हो योगमाया । जहाँ पौराणिकभनदा पनि ऐतिहासिक नारी पात्रका जीवनका जटीलता र उनका जगतप्रतिका दृष्टिकोणलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।
योगमाया ऐतिहासिक नेपाली उपन्यास हो । साङ्ग्रिला बुक्स प्रा.लि. काठमाण्डौबाट २०७४ फाल्गुणमा प्रकाशित, निहारिकाद्वारा विरचित यो उपन्यास को आवरण टाइम क्रिएसनले बनाएको छ । पछिल्लो पृष्ठमा योगबाणीका केही श्लोकहरू त्यसैमा राखिएको छ । स्थापित अपसेट प्रेसबाट म्द्रण गरिएको यस कृतिमा ५०४ पृष्ठ रहेका छन । पाँचौ पृष्ठदेखि विषय आरम्भ शीर्षक भई अन्त्यमा दुखन िभन्छे शीर्षकमा लेखिएवाहेक उपन्यासमा जम्मा ५छ खण्ड अर्थात परिच्छेद रहेका छन् । रु ५७५ मूल्य राखिएको यस कृतिमा आरम्भ शीर्षकमा उपन्यास लेखनका सामग्री खोजको सन्दर्भ, निम्री अर्थात बार्बराको पारीजातसँगको भेटवार्ताबाट भएको छ । त्यसैमा सत्य खोज्दा लुक्ने रहस्यप्रति सचेत पनि बराइएको छ ।
आख्ष्यान विन्दुबाट पृष्ठ २१ देखिमात्र उठान भएको उपन्यासको पहिलो परिच्छेदमा म पात्रबाट कथा वाचन शुरु गरिएको छ  र यहाँ म भन्नाले अग्निधरकी पत्नी गङ्गा हुन । अग्निधर योगमायाका कान्छा भाइ हुन । धेरै बर्षसम्म खुट खबर नपाएकी दिदीले आपूmलाई लिन आउनु भनी खबर गरेकाले दिदी लिन माने तयारीमा अग्निधर जाहो गदै भेटिन्छ । गङ्गा उनलाई तुलसाका बा भनी सम्बोधन गर्छे । गाउँकै एक सहयागीसहित दिदी लिन उनी गएपछि गाउँमा पनि चचाृ हुनेगरेको र गङ्गाका मनमा पनि कौतुहलता र छटपटी बढेकाले निन्द्राभावमै बस्नुपर्दा बालक हुनु नै निन्द्राका लागि उत्तम रहेको गङ्गाको निष्कर्षबाट दोस्रो परिचछेद पनि पूरा भएको छ ।
तेस्रो परिच्छेदमा रातको समयमा माया र छोरी नैनकलालाई लिएर अग्निधर र सँगै गएको साथी जिते आइपुग्का छन् । तुलसा र नैनकलाको उमेरले झयडै दौंतरीजस्ता छन् । आफ्नै माइतमा आइपुगेकी भए पनि नैनकलालाई अतीतले चह¥याउँदा भात खाँदै गरेको थालमा आँसु झार्न पुगिछन् । समय वित्दैजाँदा गाउँलेसँग सङ्गत बढे पनि माया त यागीनी भइसकेकी र भजन कीर्तनमा तल्लीन रहेको पाशइन्छ । भेटमा आउनेहरूले सम्बन्धअनुसारको ढोग अभिभादन गरे पनि समयको अन्तर धेरै हुनाले मायाले सबैलाई चिन्दिनन् जसमा उनकै भदाहा महेश्वर पनि पर्दछ । समाज परम्पराम जेलिएको र माया पटकपटक विवाह गरी हिँडेको चर्चाले अग्निधरको घरमा उनलाई एउटै भान्सा र समान स्थानमा राख्ने हो भने परिवारलाई नै लाग्न सक्ने  लान्छनाले पनि चर्चा पाउको छ । आफ्ना बाबु श्रीलाल नेउपानेको गाली र घृणाले गाउँघर नै त्यागेर हिंडेकी मायाले  ४३ बर्षीय भाइबुहारीलाई आफ्नो बालकै अवस्थामा विवाह भएको र त्यसबेला गङ्गा त्यस घरमा बुहारी भएर आउनु त के जन्मेकी पनि थिइनन् भन्ने कुरा गरेक िछिन् ।
उपन्यासको चौथो परिच्छेदमा माया आफैंले आफ्नो विगत गङ्गालाई बताएको रोचक र कारुणिक कथामा केन्द्रित छ । बेलाबेलामा गङ्गाले जिज्ञासा राख्दै र मामयाले भन्दै गरेको झण्डै ३५÷३६ बर्षको यस परिचछदमा भउको बर्णन निकै  रोचक र कारुणिक पनि छ । तत्कालीन हिन्दु सनातन ब्राम्ह्ण परिवारमा रहेको धार्मिक विस्वासअनुसार सपतबर्षा भवते गौरी को मूल मन्त्र लिई सायद माया ७ बर्षकी हुँदा कोइराला परिवारका वयसक युवासँग उनको विवाह भएको, कलिलै उमेरमा पतिघरमा खेप्नु पर्ने बुहार्तन सहन नसकी उनी रातनिै  भागेर माइतितिर आउँदा बाटामा भेट भएका भरियाहरूले समेत उनकै व्यबहारलाई शङ्का गरेको  अलगै बाटो लिएर हिँड्दा एक बास पक्षीको गुणको आश्रयमा र अर्को रातको बास बाघको निशानीबाटसमेत बच्दै रुखमाथिै अडिएर बिताएर तेस्रो दिन अबेर माइति गाउँ पुगे पनि सहजै जान डर लागेर ठूलाबा बडाबाको परालको माचमा लुकिबस्दा बडिआमाले पराल थुत्न आउँदा भेटेर आफ्नै बाबुका घर पठाउन खोजे पनि माया त्यस रात ठुलाबा कै घरमा बास बसी भोलिपल्ट विहहान मात्र माइतिघर पुगेकी तर घरतिरबाट अघि नै हराएकी भनी खाजी गर्दै खबर आइसकेकाले उनैको खोजीमा जान तयार हुँदै गरेको हवस्था रहेछ । यसैले घर परिवारबाट मायाँभन्दा उनलाई गाली नै बढी भयो र संस्कारअनुसार कोशलीसहित पु¥याउन जाने तयारी हुन लाग्यो । आमासँगको धेरै अनुनयपछि महिावारी भएको बहाना बनाएर उनी त त्यसैदिन जान परेन तर बनेका कोशेलीपातसहित उनका बा भने जुवाइँघर पु¥याउन गए । विहान महिनावारी भएको बहाना आमासमेतले मिलेर बनाएको भए पनि बेलुकपिख सााच्चीकै उनको पहिलो महिनावारी शुरु पनि भयो । यहाँसम्मको उनको आत्मकथाले श्रृङ्गार र करुणाको संयोजनले पाठकलाईसमेत छिट्टै एकाकार बनाउँछ बृतान्तसँग ।
यसैबीच उता घरमा मायाका पतिले दोस्रो विवाह सुवेदीकी छोरीसँग गरिसकेकाले झन त्यस घरप्रति मायामा वितृष्णा बढ्दै गएर गाउँकै कणेल थरका एक जनासँग भाग िविवाह गरी माया मुङ्लान पसेकी तर जयजन्म केही नहुँदै उतै कणेलको पनि मृत्यु भएकाले मायाले पुनः कामदार भइ बसेकै घरका मालिकसँग प्रेम विवाह गरेकी र त्यतैबाट एक सन्तान छोरीको जनम भएको छ र अहिलेकी नैननकला नै ती छोरी हुन भन्ने कुरा त्यहाँ पाइन्छ । उता मुङ्लानमा रहेको त्यसै समयमा साधुको सङ्गत गरी शास्त्रार्थको ज्ञान आर्जन गरेकी मायाले परस्त्री होस वा प।रपुरुष गमन महापाप भन्ने बोध गरी त्यसबाट मुक्त हुनका लाििग प्रायश्चित गर्न नैनकलाका बासँग छुट्टिएर  अलग्गै रहेका बखत नैनकलाका बाबुको पनि निधन भएर झन एक्लोपन हुँदा आफ्ना भाइको सम्झना आएर लिन आऊन् भनी भाइलाई खबर गरेपछि  भाइले गई लिएर आएको सन्दर्भ यस खण्डमा पाइन्छ ।
उपन्यासको पाँचौ परिच्छेदमा  यसपछिका घटनाहरूको बर्णन छ । दिदलिे लिन आउन भनेपछि गाउँकै जिते भन्ने एकजना साथीलिएर भाइ अग्निधरले आसामबाट लिइ आएपछि मायाले शास्त्रार्थले नै गाउँमा चलिआएको ब्राह्मणवादको विरोध गर्न थालेपछि ब्राम्हणवादकैसंस्कारमा गाउँमा रमाएका भाइ अग्निधर र दिद िबीच बेमेल वा खटपटी श्रु भयो साथै पटकपटकको मनखुसी विवाहका कारण जात झारेर जैसी भएकी दिदी र भाइबीच चुलोचौको कै कारण भएको मतान्तरसँगै गाउँमा पनि मायाका समर्थक र विरोधीहरू बढ्न थालेकै बेलामा माया छारी नैनकलालाई त्यही छाडेर केही दिन तीर्थ गर्ने बहानामा स्वर्गद्वारी गइन् भने केही समयपछि स्वर्गद्वारीबाट फर्केपछि उनले गरेको स्वर्गद्वारीको बर्णनबाट समेत गाउँलेहरू मायाका विचारसँग सहमत भएका छन् ।
सातौं परिच्छेदमा केही समयपछि माया बद्रनिारायण गएकाबेला गाउँमा उनको बढी निन्दा पनि हुन थाल्यो भने भाइ अगिधरले पनि दिदी समान लिएर वा नल्ईि गइन् भनी खोजी गर्न थाले तर आठौं परिच्छेदमा उनी फर्की आएकी र छोरी नैनकलाकाबारेमा विवाहको योजना गर्न लागेकी र चन्दनपुरका एक विधुर हेदाृ पनि रोगीजस्तै देखिने उमेरमा पनि धेरै फरक भएका ब्राह्मणसँग छारीको विवाह हुँदा स्वभाविक चिन्ता रहे तापनि संयमताका साथ उनी चिन्ता मुक्त भईन् ।
न्वौ परिच्छेदमा माया शंङ्खेश्वरको मन्दिरमा उनी गुप्त रूपमा तपस्यामा बसेको र गाएँकै एक जनाले उनलाई दूध पु¥याईदिने रहस्य पत्ता लागेपछि गाउँलेले फर्काएर ल्याउन खोज्दा आफ्नो एक महिनाको योग समाधी तपस्या रहेकाले फर्कन नमानेकी तर उनलाई मझुवा बेंसीमा नै कुटी बनाईराखेर साँझ÷विहान सामुहिक भजनका लागि गाउँले पनि भेला हुने गरेका छन् । उता दशौं परिच्छेदमा पुग्दा नैनकलाका पतिको निधन भएको सुनदा पनि मायाका आँखामा आँसु सम्म नआएको प्रसङ्ग छ तर उनले विधवा बनेकी छारीलाई भने आफ्नै साथमा ल्याएर शान्त्वना दिएको कथा छ । कालक्रम खण्डक्रमले एघारौं परिच्छेदमा मायाको भजन समूहमा नजिकिन शंकोच मानिरहेकी काइली कमीनीलाई समूहमा सरीक गराई जति धर्म को विभेदपूर्ण   चलनको बिरोधमा मायाले प्रवचन दिँदा कोही खुसी र कोही मलीन पनि बनेको छन भने एघारौं परिच्छेदमा भने  घरायसी चर्चासहित अब तुलसालार्ई मैतालु पठाउनु छ तर जैसीनीका साइनाले तुलसालाइ घरमा बचाउकोे पनि अभावै रहने हो की, पानी नचलाउने पो ह्न् की भन्ने आशङ्ककामा केन्द्रित रहेको छ ।
उपन्यासको तेह्रौ परिच्छेदमा सतिप्रथा सम्बन्धि चर्चा हुँदा कुनै समयमा सम्भ्रान्त परिवारक पुरुषहरूले धेरैवटी पत्नी विवाह गर्ने गरेका र पतिको निधनपछि नेतृत्व अभावमा सम्पत्तिमाथि पत्नीहरूको खिचलो हुने सम्भावना रहेकाले  सवैलाई सति बनाएमा समस्या नआउने सोचका कारण सतिप्रथाको शुरुआत भई समयक्रममा बडाको सिको गरेर सामान्यमा पनि सतिपथाले प्रश्रय पाएको परम्परा नै बसेको तर बालागुरु षडानन्दको समयमा त्यसको प्रभावले सतिप्रथा रोकिएकै भए तापनि बालागुरुको निधन पछि यो प्रथा ब्यँतिएको, सति खीर खाएपछि इन्कार गर्न नपाइने मात्र हैन खीर खान पनि बाध्य पारिने र सति हुन नमानेमा बलजफति बनाउने वा डुङ्गामा राखेर नदीको बीच भागमा भउको ढुङ्गामा लगेर छाडिदिने जसका कारण यात बाहिर आउन खोज्दा नदीले बगाएर लैजाने या त कैयौ दिनको विलाप,भोक,तिर्खा,चिन्ता आदिका कारण त्यही मर्नु पर्ने सति कथाको उल्लेख पाइन्छ । अर्कोतर्फ पतिको निधनको दोष पत्नीलालाई अनेक तरहले लगाइने हुँदा त्यस्तो अपगाल र अपमान सहेर बाँच्नुभन्दा मर्नु नै वेस ठानेर पनि सति जान तयार रहने नार िरुणाको बृतान्त पनि यहाँ पाइनछ । जुन ढुङ्गामा सति बनाएर छाड्ने गरिन्थ्यो त्यसैको नजिकमा रहेको घाटलाई अद्यावधि सतिघाट नामले चिन्ने गरिन्छ । यद्यपि सतिप्रथाको यस्तो परम्परा रहेके भए तापनि श्री ३ जङ्गबहादुरले पत्नी बालक,गर्भवति र दासी भएमा सति हुन नपर्ने चलन बसाएको सन्दर्भ चर्चा पनि यहाँ रहेको पाइन्छ ।
चौधौं परिच्छदमा योगमायाले अघि सारेका कुरा विधुर सरह विधवाले पनि पुनः विवाह गर्न पाउनु पर्ने र त्यस्तो विवाहले मानयता पाउनु पर्ने कुरामा केन्द्रित भई समर्थनमा सबै रहेको देखिन्छ भने १५ औं परिच्छेदमा १९७७ को समयतिर दास÷कमारा,कमार िबेचबिखन प्रथाको अन्त्यका लागि बिद्रोह र जनलहरमा केन्द्रित देखिनछ ।
१६ औं परिच्छेदमा १९७९ को समयसमिामा श्री ३ चन्द्रसमशेरले सतिप्रथाको अन्त्य गरेको खुसियालीमा देखिए पनि विधवा विवाहले समाजमा स्वीकुति पाउन कठीन रहेको देखाइएको घ भने १७ औ. परिचछेदमा अनिकाल भोकमरीको समस्या, अन्न ऋण पाउन महङ्गो २५ प्रतिशतको ब्याजदरमा खानु पर्ने र पारी संखुवासभामा केही सस्तो अन्न पाउने भए तापनि स्थानयि साहूमहाजनले रातारात नदीका डुङ्गा बगाएर बाटो आफ्नो फाइदाका लागि बाटो बन्द गरेको घटना भेन्छि ।
१८ औं परिच्छेदमा भक्तिमाता योगमायालाई ठूलीहजूर भन्न थालिएको, उनकै आश्रम÷कुटीमा धर्मराज्य र सामाजिक समानताका बारेमा उनीबाट प्रवचन हुँदा कति आनन्दित त कति असन्तुष्ट रहेको र त्यसैको प्रभावले अग्निधर र गङ्गाबीच पनि भएको मतान्तरका संवाद देखाइउको छ भने १९ औं परिच्छेदमा गङ्गाले फेरि छार िजनमाएकी, तुलसार नैननकलाका बीचमा नैनकलाको विवाह र वैधव्य जीवनका बारेमा संवाद भएको छ । त्यसैगरी २०औ परिच्छेदमा सरकारले गरेको दास मोचनको खुसियाली छ भने २१ औंपरिचछेदमा  जात भिाजन समाजका अगुवाहरूले आफ्नो अनुकुल चलाएको चलन हुनाले योगी भएपछि समाजले निर्धारण गरेको हैन भगवानको जात हुन्छ, परलोकको बहानामा मृतकका नाममा दान गरेर हैन जीउँदै हुँदा उनीहरूलाई सहयोग र उपकार गर्नसके आफ्ना पापको पनि प्रायश्चित हुन्छ भन्ने कुराको बणृन गरिएको छ ।
२२ औं परिच्छेदमा अग्निधरको अप्रत्यसित निधन भएको र उनको काजक्रियामा लगाइएको गरुड पुराणमा पनि गलत रहस्यलाइृ प्रस्तुत गरिएको भनी योगमायाले भन्दा पंडित रिसाएका, भनाभनमा जातजाती भन्ने हुदैन, आफूले गरेका पापधर्मको जिम्मा आफैंले लिनुपर्छ, आफ्नो जीवन र जिम्मेवारीको वोध आफैंले गर्नसक्नुपर्छ, सन्तति भनेका बुद्धावस्थाका आश्रय हुन् तर आफ्ना कर्मको जसदोष उनीहरूलाई दिनु हुन्न भन्ने चर्चा छ भने २३ औं परिच्छेदमा गङ्गाका भाइ पं. प्रेमनारायण आसाममा रहेका विद्वान हुन उनलाई बोलाएर यही उनको विद्वताको उपयोग गर्नुपर्छ भर्न प्रेमनारायणकै दाजु सबैको सल्लह र ठूली हजुरको पत्रसाथ भाइलाई लिन गएका भए पनि २४ औ परिच्छेदमा उतृ मर्यादित भई बसेका प्रेमनारायण यताका आसा र ईश्र्या गर्नेहरूका बीच आउन नमानेको घटनासहित भक्रि साधनामा आइृ कुटीमा बस्ने वा बाहेकका त्यसै आसपासका बस्नेत जातिहरूको सामाजिक र शासकीय प्रभुत्व र मर्यादा पनि यहाँ चर्चाको विषय बनेको देखिन्छ ।
उपन्यासको २५ औं परिच्छेदमा १९८४ मा पं. प्रेमनारायण आसामबाट आएर पुराण वाचन हुँदा अत्यधिक सहभागिता रहेको तर मझुवा बेंसीमा कुटी बनाएर बस्नेहरूको संख्या बढिरहेकाले ठाउँ र पानकिो अभाव हुँदा उफ्रौलीटारमा पनि कुटी निर्माण गनेृ निर्णय गरी काम थालिएको र विधुरहरूका लागि पनि विवाह गनेृ सल्लाहदिइएको छ जसका कारण मातृत्वको अभाव मातृविहीनहरूले नभोगुन भन्ने आसय देखिन्छ भने २६ औ. परिच्छेदमा पुग्दा शीतला रोगको महामार िफैलिएर तुलसाको पति घरमा, उसैको भाइ गिरीको आफ्नै घरमा निधन हुनु त्यति मात्र होइन दश गाउँ वरपर पनि धेरैको यसै रोगका कारण मृत्यु भएको दुःखद यस घडीमा गङ्गाले ठुलीहजूरको समेत उपस्थिसतमा आफ्नो भतिजो महेश्वरलाई जे भ उबचेको आफ्नो सम्पत्ति सम्हाल्न दिई आपूm पनि सानी छोर िदुखुनालाई साथै लिएर कुटीबास बस्न गएकी, विधुर भई पुनः विवाह गरेकै भए पनि त्यसबाट पनि राम्रो सहारा नमिलेर गुन्जबहादुर बसनेत पनि कुट िआश्रममा नै बस्न थालेको बणृन पाइनछ । त्यसै गर ि२७ औं परिच्छेदमा कुटी आश्रममा हुने गरेका भजनको अगुवाइ गनेृ जिम्मा गङ्गालाई दिइउको छ । शोक र सन्तापबाट होइन अध्यात्म ज्ञानबाट नै सुख पाइन्छ भन्ने चिनतन र गङ्गालाई पनि सानी हजूरको सम्मान यसै सनदर्भमा मिलेको कथा यहाँ पाइन्छ । २८ औं परिच्छेदमा समाजमा सामाजिक जीवन यापनका क्रममा हुने गरेका लेनदेन, पेटगर्भ जस्ता सहज विषय पनि सामाजिक समस्या पनि बन्न सक्ने हुँदा त्यस्ता विषयमा सामान्य चर्चा र विवेकशील निर्णका बारेमा भनिएको छ भने २९ औं परिच्छेदमा ठूलीहजूरले पुराणको वेदीमा चढेर अन्ध परम्पराको विरोधमा बोल्दा षडानन्द आश्रमका बटुकहज्ञ् आइलागेका र प्रतिवादमा समेतउत्रदाँ भएको द्वन्दको बर्णन छ ।
३० औ परिच्छेदमा पुग्दा बाल÷विधवाहरूलाई उनीहरुको इच्छा भएमा बाबुआमाले पुनः विवाह गरिदिनु पर्ने कुरासहित नैनकलामा पनि बैंश भरिँदै गएकाले पुनः विवाहका बारेमा सोधनी हुँदा उनले विवाह गर्न नचाहेको सन्दर्भ छ भने ३१ ऋौं पसिरच्छेदमा १९८६ मा ठूलीहजूरको पहलमा बृहत भेलाको आयोजना भई बिकृतिको बिरोध र चेतनाखबिस्तार अभियानको ज्ञान यज्ञ पनि भएर धर्मराज्य निर्माणका लागि सरकारलाई दवाव दिने लिखत पत्र बनाई प्रेमनारायणका हातबाट श्री घ मा जाहेर गर्न पठाएको तर त्यसैबेला श्र ि३ चन्द्रसम्शेरको निधन भई भीमसमशेरले सत्ता सम्हालेको संक्रमण काल रहेकाले श्री ३ का हातमा पु¥याउन नसकी भीमका छोराहरूका हात छाड िआएको सनदभृ पाइन्छ ।
१९८८ को अवधि देखाइएको ३२ औ. परिच्छेदमा ठूलीहजूर एक महिने तपस्यामा रहेको सन्दर्भ एकातिर पाइन्छ भने जोई मर्यादाको आभासका लागि पत्नीलाई तिमी भनेर सम्बोधन गर्नु पर्ने सन्दर्भ छ । कुटमिा बस्नेहरूको दिनानुदिन बढ्दो संख्या र पारिवारिक प्रेमको चचाृ हुँदा गङ्गा र नैनकलालाई दmुको आभास भए पनि ठूलीहजूरका हजूर बाणीको लेखोट तयार पारी ठूलीहजूरको तपश्या पुरा भएपछि प्रेम नारायण तयसैसाथ पुनः श्री घ लाई भेट्न जाने चचाृ रहेको छ ।
३३ औं परिच्छेदमा अरुण थुनिएर पुनः खोलिंदा भएको विनासको चर्चामा ठूलीहज्ूर बस्दै आएको कुटी बस्न नसकिने अवस्थामा पुगेको, शंखेश्वर शिवालय बगेको, घटना सँगै मानिसमा गरुणबाण िभन्दा हजूर बाणीमा विश्वास बढेको चर्चा र ३४ औ परिच्छेदमा बाढीको प्रकोपका कारण कुटीहरू गौडेनीतिर सरेको चर्चा छ ।
३५ औं परिच्छेदमा पं. प्रेमनारायणले श्री ३ लाई भेटेर धर्मराज्यका निम्ति हस्ताइार गरी लगेको विन्तिपत्र बुझाएर आएका तर यता उनकै खलक भण्डारी परिवाभित्र जातभात सम्बन्धि खिचलो बढेकाले श्री ३ बाट उनीहरूलाई बोलावट भएको घटना छ भने ३६ औं परिच्छेदमा श्री ३ भीमसमशेरको निधन भएका र प्रेमनारायणले बुझाई आएको विनितपत्र पनि अधुरै अवस्थामा रहेको हुनाले तयसको फत्ते गर्नेकाम प्ेमनारायणलाई ने ठूलीहजूरले जिम्मा दिएका बेला उनका आसाममा रहँदाका साथीहरू जो दयानन्द सरस्वतीका अनुयायी साधुहरू पनि मनकामना मै आइृ पुगेका र ठूलीहजूरका सल्लाहले त्यहीं आश्रम लिएर रहेको घटना पाइन्छ । ३७ औं परिच्छेदमा एक नौला सन्त पनि त्यहाँ आइपुगेका साथै श्री ३ लाई भेट गर्न जानहरू पनि फर्की आएको,३८ औ. परिच्छेदमा भेटघाट र राणाका विचारका बारेमा  छलफल भएको सन्दर्भ, अघि पठाएको विन्तिपत्रमा ठूलीहजूरका बिद्रोह िभजन भए पनि श्री ३ का खलकले तयसको पत्तै नपाएको छ भने ठूली हजूरका रायले प्रेमनारायण बराहक्षेत्र तिर गएको सनदर्भ ३९ परिच्छेदमा रहेको छ ।
१९९० सालको महाप्रलयसरीको भुकम्पको सन्दर्भसहित रुढीगत विचारको निनदा गरिएको ४० औ. परिच्छेदमा विपद सबैलाई पर्ने कुराको उल्लेखसहित राजाकी छोरकिो पनि निधन भएको घटना र बचेकाहरूलाई सहयोग गर्न ठूलीहजूरको धारणा र ४१ औं परिच्छेदमा  सरकारले अघि नै मुक्त भनेको भए पनि संखुवासभामा अझै पुरानै मितिका कागजात बनाइृ उनीहरूको बेचबिखन कायमै रहेको पाइएकाले श्री ३ मा जाहेरी दिन जाने कुरा रहेको छ त्यसै गरी ३ महिना अघि बरबहक्षेत्रतिर गएका प्रेमनारायण ठूलीहजूरकै सहमतिले फेरि हिमवत खण्डतिरको यात्रासमेत गरी फर्किएका छन भने महेश्वरले भूकम्पले भत्काएपछि पुनः बनाएको घरमा फूपू ठूलीहजूरले टेकिदिन आग्रह गरेकै सनदर्भमा मानव एक जाति मानिने र  लिङ्गभेदको अन्त्य हुनुपर्ने चर्चा पनि यसमा रहेको छ ।
४३ औं रिच्छेदमा ठूलीहजूर सहितको टोली हिमवत खण्डको यात्रामा निस्किएको, अशक्तताका कारण ठूलीहजूर बाकिएर यात्रामा गएको, भूकमपका प्रभावले धर्मराज्य सम्बन्धि विन्तिपत्रको काम हुन नपाएको, मझुवा बेसींबाट ६ दिन लगाएर यात्रा टोलीले गुफासमम पुगी संखुवासभाका बिभिन्न ठाउँको अवलोकन गरेको, एक बषृ पछि टोली पुरानै ठाउँमा फिर्ता आएको, संखुवासभामा दासदासीको मोचनका लागि टोली आएको भए तापनि दासदासीको थरगोत्रमा अलमल भएको र घुसखोरीका कारण मोचन कार्य प्रभावकार िहुन नसकेको समेत चर्चासँगै धर्मराज्यका लागि धर्मपत्र लेखेर सह िगनेृकाम भइरहेको र यसको सुदृढीकरणका लागि पत्र लिएर ठूलीहजूर आफैंसहित काठमाण्डौ जाने चर्चाहुनु र सानातिना घटनाको अधिक बर्णनले पात्रको घुइँचो लागेको अवस्था पनि यहाँ रहेर उपन्यास अलमलिएझे पनि लाग्छ यहाँ ।   
४४ औं परिच्छेदमा श्री ३ लाई भेट्न गएका प्रेमनारायण फर्की आईनपुगको,भीक्षा भनेको धन नभई संस्कार रहेको हुँदा यसमा पनि शंककाका ठाएँ छन् भनिएका बेला नौला २ जागी आई शरण लिएका भए पनि जातीय विभेदप्रति चासो राखेकाले ठूली हजूरले उनीहरूलाई सम्झाएको, र जागीप्रति शङ्का बढेकाले गोप्य रूपमा उनीहरूको झोला जााच हुँदा शंकास्पद सामान भेटिनुले ब्यापारी हुन् भन्ने लागेके बेला ठूलीहजूरले उनीहरूलाई सम्झाउँदा उनीहरू कृतज्ञ नै बनेकाभए तापनि उनीहरूका झोलामा भएको रुद्राक्ष विषक्त ठहरिए पछि उनहिरूले ठूलीहजूरको जयान लिन गरेको प्रयत्न खुले पछि जोगीले क्षमा याचना गरेको सन्दर्भ यहाँ पाइन्छ ।


४५ औं परिच्छेदमा ठूलीहजूरसहितको ठुलो टोली काठमाण्डौ पुगेर पशुपतिमा आश्रम लिई हजूर बाणी गाएर बसेका बेला एकजना ब्राह्मण आएर आत्रलोश पोख्न लाग्दा पनि उनीहरू शालीन प्रतिवाद गरी बसे । आक्राशित ब्राह्मणको निधनको खबर आयो । धर्म राज्यको माग गरेर लगेको विन्तिपत्र श्र ि५ लाई बुझाउने मन भए तापनि श्र ि३ को सहायता बिना असमभव हुने अवस्था थियो ।  श्र ि३ जुद्धको सवार आएर भिक्षा दान दिदा लिन नमानेपछि श्री ३ महारानीबाट असर्फी दान सिदए पनि ठूलीहजूरबाट त्यो पनि इन्कार भयो र श्री ३ बाट भिक्षा पात्र ग्रहण भएपछि ठूलप्हजूरबाट धन हैन धर्मको पालनाको कुरा हुनु र धर्म भिक्षाप्रति पनि आस्था लागेको अवस्था देखाउँदै गरेको सनदर्भमा फेरि फरक कथा दुखुनाको विवाह सम्बन्धि चर्चा अस्वभाविक रूपमा चलेको, श्री ३ बाट भिक्षापात्र ग्रहण गरेको समेत सन्दर्भ छ ।
४६ हौं परिचछेदमा काठमाण्डौ गएकाहरू विभिनन ठाउँ घुमेको, ती ठाएँप्रतिका जिज्ञासा र समाधानसमेतममा केन्द्रित छ भने ४ठ औं परिचछेदमा ठूलीहजूरसहितका टोलीले भजनका रूपमा गाउँदै हिँडेको हजूरु बाणीको लोकप्रियताबाट श्री घ समेत सशंकित भई धर्म राज्यको घोषणाको आस्वाशन दिएर मोहनसमशेरले बीरगञ्जबाट अमलेखगञ्ज हुदै रेलयात्राको व्यबस्था मिलाई पद्मसमशेर आई विदा गरी पठाएपछि विराटनगरको बाटो हुँदै बाटामा समेत बेलाबखत वि।ाम र बाणी प्रवाह गदैृ मझुवा बेंसी पुगदा नयाँ खबर सुनने को भीड लागेको छ ।
४८ औं परिच्छेदमा पं. प्रेमनारायण बालागुरुको शिक्षा धाम वनारसको मुमुक्षुतिर लागेका,श्री३ बाट पाएको आस्वाहनअनुसार ने दिङ्लामा पनि धर्मराज्यको चचाृ हुन थालेको,ठूलीहजूर पहिलेको उनको धएँराको बोटनिरको छाप्रो भएको ठाउँ बगाएको भए पनि केह िपरतिर छाप्रो बनाई बसैकी देखाइएको छ भने १९९५ को समयमा पं. मामा गोपिकृष्णलाई भेलले बगाएको, धर्मराज्य घोषणाको कुनै सङ्केतसम्म नआएको र अन्तिम पटक पठाई यसै सालको कार्तिक पूर्णिमासम्ममा विन्तिपत्र पठाउने भनदे अघि श्र ि३ मा चढाएको विन्तिपत्रको स्मरण गराउँदै विन्तिपत्र लेखिएकै बेला अज्ञात रहस्यको घटना एउट िविधवा भक्तिनी द्विजिउ भएको समम पुगेको छ ।
४९ औं परिच्छेदमा छाप्न पठाएको विन्तिपत्र सीमा पारीबाट धरान आइपुगेपछि कसैले जफत गरेको खवर आएकाले अब श्री ३ मा पहिले पठाएको भिक्षापात्रजस्तै बनाएर गौंडागौंडामा टाँस्ने आदेश दिएको छ भने १९९५ कै समयमा ठूलीहजूरले बनाएको अग्न िसमाधिको विचारमा सबै सहमत भई दिन किटान गरी २४० भन्दा बढ िले  कार्तिक पूर्णिमाका दिन आत्मदाह गर्ने े इच्छापत्रमा सहीछाप गर िश्री ३ मा पठाएर देएसीमा  पापी असत्ति पनि राणा शासनका कारणले मदैृछौं भन्ने टुङ्ग्याउन िबनाएर गाउँदे आत्मदाहका लागि सर्जाम तयार िपनि हुँदै गरेको र सबै ठूलो पर्व आएको आभास मिल्न लागेको घटना पाइन्छ ।
उपन्यासको महत्वपूर्ण घटना खण्ड ५१ ऋौ. परिच्छेदमा श्री ३ को सरकारी टाली सेनाले भक्तका सारा क्षेत्र कब्जा गरेर अग्न िदाहका लागि तयार पारेका संपूर्ण कागजात÷सामग्रीसहित कब्जा गरेको, नामनामेसी भिँडाएर मानिसलाई दुईभागमा बाँडेको, केहीले भाग्न नदीमा हामफालेकाबेला सेनाले नदीमा पसेर निकालेको, अग्न िदाहका लागि बाधा पु¥याए जलसमाध िलिने निर्णय गरेको जस्ता घटनाहरूले साँझसम्म तनावग्रस्त बनेको अवस्थालाई दर्शाइएको छ । दूई भागमा बाँडेर छुट्याइएकामध्ये केहीलाई घर पठाएको छ ।
५२ औं परिच्छेदमा अघि छानिएर सेनाको नियन्त्रणमा राखिएकामध्ये परुषलाई हातकड िलगाएर राखिएको छ भने महिलाहरूलाई सुरक्षा घेरामा पारेर कुनै पाटीमा राखिएको छ। म्हिलाको समूहलाई घेरा हाली बसैका सिपाहींमध्ये कसैले वहिानीपख महिाहरुलाई भाग्न सुझाए पनि महिलाले भाग्न नमानेको, नियन्त्रणमा लिएकाहरूलाई अनेक अभियोग लगाइएको, तयही समूहका रत्नमानले आफ्नो घरमा आफैं आगो लगाएका स्मरण भएकोे,सांसारिक मोह त्यागेर सन्त बन्न हालकी ७० बर्षिय ठूलीहजूरकै पे्ररणाले भएको, रत्नमानको संपत्तिप्रतिको धारणा पनि गलत भएको र मलिाको समूहलाई बेलटाहारको बाटो गरी भोजपुरतिर लाँदा ठूलीहजूरलाइै बोकाएर लगेको र राधाकृष्ण मन्दिर परिसरमा राखेको छ भने पुरुषहरूलाई धनकुटा झ्यालखानमा लगी राखिएको छ । उता महिला समुहमा रहेकी म पात्र अर्थात गङ्गा फेरि विन्तिपत्र हाल्न श्री ३ कहाँ जाने तर घेरामा रहेकाले ठूलीहजूरकै जुक्तिअनुसार घेराबाट उम्कने काम को चर्चा यसमा रहेको छ ।
प्रिच्छेद ५३ मा आइपुग्दा गङ्गा घेराबाट भागेर काठमाण्डो गई ठूली अजूरले पठाउको बिन्तिपत्र सरकारमा चढाएर फर्की आई समूहमा मिसिन धेरै गाह्रो भए तापनि चिनिएपछि पाटीमा समूहसँग बस्न पुगेकी, त्यहहाँ भएका केही कागज गरी छुटेर मझुवामा गई बसन थालेका छन् भने पहिलेको शासन व्यबस्था झन लथालिङ्ग भएको छ । ५४ औं परिच्छेदमा १९९६ को जेठको महिनामा धनकुटा कारागारमा रत्नमान बिरामी भई बाहिर निकालेर शिवालयमा राखेको भए पनि त्यहीँ मरेको, गङ्गाले धनकुटाको कारागारमै गएर भाइ प्रेमनारायणसमेतलाई भाइटीका लगाई दिएको सनदर्भ आउँछ ।
संख्याङ्कन गरिएको परिच्छेदको अन्तिम ५५ परिच्छेद हो । राणा बिराधी गतिविधि निकै सक्रिय भइसकेको १९९७ को समयमा युवराज महेन्द्रको विवाह जुद्धसमशेरकी नातिनीसँग हुने कुरा चलेको, जुद्धसमशेर पनि बीरगञ्जतिरको यात्रामा निस्कने बेला परेकाले विन्तिपत्र सुन्छन् कि भन्ने आससम्म रहेको बेलामा पं. प्रेमनारायण आइपुगेका, प्रजापरिषदको स्थापना पनि भएको, गङ्गालाल,धर्मभक्त, दशरथ चन्द, गणेशमानजस्ता मानिस गिरफ्तारीमा परेकाले उपत्यकामै भाँडभैलो हुन थालेका बेला अघि गिरफ्तारीमा परेका दशरथ  चन्द लगायतका लाई राजद्रोहको अभियोग लगाई मृत्यृदण्डको निर्णय गर्दा अघिका कुरा सुनिरहेका ३ जना चाहिँ छुटेका, जेलबाटै भागेका टेकबहादुर पनि आइपुगेकाले अब जलसमाधी लिने निर्णय भएर प्रेमनाराउणका दाजु महानन्दलाई जलसमाध िनलिई मोचाृ सम्हाल्ने सल्लाह ठूलीहजूरबाट सल्लाहले ठूलीहजूरले लिनु भएको थियो ।
अनत्यमा परिच्छेद अङ्क नराखी दुखुना भन्छे भन्ने शीर्षकमा जलसमाधीका लागि सबै तयार िपुरा भएको, सामग्रीका लागि बत्त, दियो र कपडासमेतको तयारी गरी रातभर जाग्रम बस्ने, रातभरमा नै मुण्डन पनि सक्ने, विहान नहुदैँ ६५ जनाले जलसमाधी लिने र समाधिस्त हुने कुराभई उपन्यासको अन्त्य भएको छ ।
अस्वभाविक लाग्ने केही सवाल÷सन्दर्भ


 

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...