Saturday, July 11, 2020

नबाटेकाे चुल्ठाे

नबाटेको चुल्ठो


त्यस ठाउँको मेरो पहिलो बास पछिको प्रभात भएकाले होला मेरा आँखाले पूर्ण विहानीसम्म पर्खन मानेनन् । झिसमिसे छरिनुभन्दा अघिदेखि नै मलाई खटपटीले निमोठ्न थाल्यो ।उठेर अर्मालीको पूर्वपट्टिको कोठाको बारमा अढेस लागेर सकिनसकी पश्चिमतिर दृष्टि फ्याँकिरहेको थिएँ । बायाँपट्टि बीसबाइस गज परमात्रै राजमार्गमा मोटरहरु दौडिरहेका थिए । अझ नजिकमा छेवैको सानो बाटोमा बयलगाडामाथि पटुवाका मुट्ठा लादेर होलीमा गाड्न लाँदैथियो सफिर महतो र उता राजमार्गमा दौडिने मोटरको घ..ऽ..र्र घ..ऽ..र्र को आवाजमाथि  थपिएको बयलगाडाको आवाज चुँ..ऽ..इँ खल्टक्सङ्गै रातभरि परेको पानीले गर्दा हिलो बाटोमा गोरु हिंडेको छ्याप्प छ्याप्प आवाजले समेत शून्यतालाई खल्बल्याइरहेको थियो । कोलाहलपूर्ण एवं होहल्लामय वातावरण रहेको थियो । म एकान्त प्रेमी मान्छे कानमा अनेक आवाजहरु आइरहे पनि म आपैंmभित्र शून्यता खोज्दै थिएँ र बाहिरी वातावरणप्रति मेरो कुनै सामन्जस्य नै थिएन । आपैंmभित्र केलाइरहेको मेरो एकान्तलाई बाहिरी आवाजले बिथोल्न सकेको थिएन ।

उज्यालो छ्याङ्ङ भयो । सफिरले आफ्नो बयलगाडा रित्तो पारेर ल्याएकै बाटो पश्चिमतिर लगायो । उही अघिकै जस्तो आवाज आउन थाल्यो । म पश्चिमतिर फर्किएर बसेको भए पनि दक्षिण र पश्चिम दुबैतिर देख्नसक्थें । घरको दक्षिणपट्टिको अर्माली भएकाले उत्तरतर्पm घरले छेलेको थियो ।

सिस्नेरीबाट मधेस झरेका हुनाले ठाइंला पण्डित ‘सिस्नेरी बाजे’ भनेर चिनिदा रहेछन् त्यहाँ । उनको सिक्का पारेको टुप्पी जहिल्यै देखिन्थ्यो,टोपी लाउँदैनथे । कमेज र धोती लगाएर खालीखुट्टा भरिसक्य हिलोबाट जोगाउँदै चोकतिर लागेका सिस्नेरी बाजेले सफिरलाई “पटुवा गाडेर सकिस् कान्छा..?” भन्दै उसबाट जवाफै नपर्खी आफ्नो बाटो लागेर पूर्वपट्टि गए । सफिरले के भन्यो कुरा बुझिएन । हेर्दाहेर्दै सफिरले सीमलको फेदबाट पश्चिमतिर गडी लग्यो र देखिन छाड्यो । घाम लाग्ने बेला भएर पनि आकाशमा बादल डम्म लागेको हुनाले ओझेल परेको थियो तर पनि उज्यालो चाहिं पाँच हात परैबाट कपालका लिखा देखिने थियो ।

एकछिनको शून्यता पछि राजमार्गमा पुनः मोटरको आवाजले हल्ली खल्ली मच्चाउन थाल्यो । पश्चिमपट्टि लक्षित मेरा आँखाले केही नियाल्नै खोजेको त थिएन तथापि त्यही बसाइमा केही सोचिरहेको चाहिं अवश्य थिएँ । सीमलको फेदसम्म देखिने गोरेटोमा मान्छेकै जस्तो एउटा सानो आकृति देखियो र क्रमशः सीमलको फेदबाट म भएतिर आउन थाल्यो । साम्नेबाट मतिर नै आउँदै गरेको देखिने भए पनि मलाई त्यसप्रति कुनै वास्ता  थिएन ।

म बसेको घर र त्यस गोरेटोको सबैभन्दा नजिकको दुरी त्यस्तै दशबाह्र हातमात्रै हुँदो हो र झण्डै दशबाह्र हातकै उचाइको घरको बारदलीमा म बसेको थिएँ । सबभन्दा नजिक ठीक मेरो बायाँपट्टि सम्म त्यो आकृति आउञ्जेल नै मैले त्यसलाई नियालेको पनि थिइँन । त्यसैबेला मेरो अन्तष्करणमा केले झम्टियो कुन्नी ! मैले त्यसलाई राम्ररी नियाल्न पुगेंछु । रातो रङ्गमा आधुनिक फेशनको कुर्थासलवार लगाएकी, उमेरमा झण्डै बिसपच्चिसकै हाराहारीमा भएको अन्दाज गर्न सकिने सायद मभन्दा बहिनी नै अवश्यै होलिन,् सरासर पूर्वतिर लागिन् । बाटो हिलो भएर नै होला गोलीगाँठासम्म प्रष्ट देखिने गरी सुरुवाल दोबारेको र पाउजू देखिने, हातमा चप्पल बोकेर खाली खुट्टा हिंडिरहेकी, ती एउटी महिलाले युवतिले म बसेतिर पुलुक्क हेरिन्, दुई चार पाइला अघि बढिन् र पुनः म बसेकै ठाउँको तल्लो तलामा हेर्दै आँखाले म बसेतिर सङ्केत गर्दै को हो भनिन् । तलतिरबाट सानो गुन्गुनायो तर के भन्यो बुझिएन, उनले के बुझिन् त्यो उनै जानून् ....। ए ऽ...भन्दै सरासर अघि बढिन् ।

यतिञ्जेल सम्ममा मभित्र रहेको एकान्त खोजिरहेको मेरो मष्तिष्क खज्मजियो । कतै पनि एकान्त रहेन । किन आफ्नै साम्नेमा आएर पनि अर्कैपट्टि लक्ष गर्दै मैले देख्दादेख्दै र मैले थाहा पाइरहेकै वेला “को हो ?” भनेर मेरो चिनारी अर्कैसङ्ग लिन खोजिन् ? यिनी को हुन ्? भनेर म तिनलाई नियाल्न थालें । यस वेलासम्म तिनी निकै अघि बढिसकेकी थिइन् । मैले कोल्टे फर्किएर मात्र तिनलाई देख्न सक्थें र त्यसरी मै फर्किएर हेरें । अब उनको अनुहार मेरो साम्नेमा रहेन । पिठ्यूँमात्र मपट्टि फर्किएको थियो । हेर्दा हेर्दै त्यो आकुतिको सम्पूर्णता चोकमा गएर छेलियो । केहीवेर मेरै अघिबाट गएको उही आकृति अनुहार र पहिरन समेतको सम्पूर्णता मेरो आँखामा प्रतिविम्बित हुनथाल्यो । सानो अनुहार ,गाजलु आँखा, सुहाउँदिलो सजावट, पुष्ट गाला, को हो भनी आँखाले नै सङ्केत गर्दा अधरबाट खुस्किएको मधुरो वोली, जिज्ञासु स्वभाव र पछिल्तिरबाट देखिएको उनको चम्मर जस्तो केश, वस् ! यी सबैको संयोजित समष्टि त्यस अनुहारले अरुलाई नसोधी वा सोधेरै भए पनि मसङ्ग पनि मेरो परिचयम मागेर गएको भए ...! त्यो त मेरो मनको कौतुहलता मात्रै थियो तर उनी त गइसकेकी थिइन् ।

मेरा मनभरि छासमिसे तरङ्गहरु तँछाडमछाड् गरी उकुसमुकुस भए । मलाई त्यसवेला पनि साँच्चिकै एकान्त त आवश्यक थियो तर त्यस वखत त्यहाँ एकान्त भन्नु कल्पना बाहिरको कुरा नै  भैदियो । खटपटी लाग्न थाल्यो  । मेरो लागि त त्यस ठाउँको त्यो पहिलो बास नयाँ साथीसङ्गको थियो तर साथी त त्यहाँका पुरानियाँ नै थिए यद्यपि मेरै निम्ति त उनी पनि नयाँ नै र त्यहाँको वातावरण,  समाज, रहनसहन आदि सबै मेरा लागि नयाँ ।

अवेरसम्म सुत्ने बानी परेका साथी बल्ल उठेर छेउमा आएर मलाई “अघि उठ्नुभो ?” भने, हो को सङ्केतमा मैले टाउको हल्लाएँ । आपसमा असजिलो दुबैलाई लागेरै होला उत्तिको गफ पनि गर्न सकिएन । एकदुई ठट्ट हुन थालेको भए त अघिको घटना क्रम सुनाउने पनि थिएँ हुँला तर भर्खरको चिनारी त्यसमा पनि ठट्टा गर्नमा खप्पिस ठहरिएका साथी हुन भन्ने सुनेको थिएँ, शिष्ट भाषामा पनि वोल्न धक लाग्दथ्यो, कुरा उठाउँला के के भनिदिने हुन् भन्ने लाग्यो  चुपचाप बसें ।

केहीवेर पछि त्यही चोक जहाँ अघिको आकृति गएर छेलिएको थियो त्यतै हामी पनि चिया खाने बाहाना बनाएर पुग्यौं । उही अघि मेरो साम्नेबाट गएको र अझै मेरो आँखामा प्रतिविम्बित भएको उही अनुहार आकृति चिया बनाउँदै गरेको देखियो । साथीलाई त केही अनौठो लागेन होला ..तर म भने झसङ्ग भएँ किनकी मेरा चिन्तनका अमूर्त भावहरुले अरु एकदुई सिंडी चढिसकेका थिए । उनको त्यो वास्तविक रूप फेरि देख्न पाउने आशा ममा बिलाउँदै गइसकेको थियो । हामी चिया पसलमा जतापट्टि बस्यौं त्यतापट्टि उनको पिठ्यूँ फर्किएको थियो तैपनि मैले उनलाइ नै संकेत गर्दै भनें “ चिया पाऊँ न है बैनी ..” उनले पुलुक्क मतिर फर्किएर हेरिन् र पुनः आफ्नै सुरमा केही गर्न लागिन् । अहिले त मेरा कानले मात्रै होइन आँखाले पनि उनीसङ्ग केही जववाफ माग्दै थियो तर कानले आसा गुमायो भने आँखाले पनि उही नबाटिएको चुल्ठोमा अडिएर केही पर्खिरáो । तर अर्कै छेउबाट आवाज आयो “दुई ठाउँ ..?” त्यतै पट्टि फर्की हेरेको त दुईकोरी भन्दा बढी गृष्मका गर्मी थापिसकेको सिउँदोमा पुरानिएँको सिन्दुर पैरिएकी महिला ..। मैले हच्कनै प¥यो मात्रै दुई दर्जन बर्षहरु खेपेको मान्छेले बहिनी भनेको र राखेको प्रस्ताव..। त्यो ठाउँ पो गलत परेछ क्यारे ! जवाफ मा “हजूर ”मात्रै भने र स्वीकृति जनाएँ र निहुरिएर भुइँतिर हेरिरहें । चिया पिई सकेर केहीवेर पछि पुनः आफ्नो नयाँ निवासतिर फर्किएँ ।

विहानभरि पानी परेन  आकाश फाट्न थाल्यो । सूर्यको उदय देखियो । भदौरे घामको राप, तराइको भूमि, सिधै माथिको आकाशमा आइपुगेको मध्यान्नको सूर्यको राप, निस्केर हिंड्न निकै गाह्रो थियो । नहिंडी पनि नहुने गुरुकुलको आश्रय भैंm बनाएर एक महिना भित्रमा पुरागर्नु पर्ने चण्डी रुद्रीका र्झैं पाठ । असुहाउँदो उमेर लिएर गएको हुँदा पाठ घोक्ने समयमा मात्रै गुरुका साम्नेमा जाने मनसायले अन्तै डेरा गरी बसेको थिएँ ।उमेर बिताएर रुद्री पढ्न जानुपर्दा कतै त्यहाँ सानै उमेरमा पाठ कण्ठ गरिसकेकाहरू भए तिनले गिज्याउने हुन् की ..?वा आफैं पो अक्मकिएर जानेको पनि बिर्सने हो की ..? जस्ता अनगिन्ति भावहरूले सताउन थालेको थियो ।

त्यस गुरुकुलमा पुरुष मात्रै होइन महिला पनि शिक्षा लिन जान्छन् भन्ने थाहा थियो । म यस उमेरमा त पाठ घोक्न जान तयार भएको छु भने कतै अघि मलाई चिन्न चाहने ती बहिनी पनि कतै त्यहीं पढ्न जाने त होइनन् ?भन्ने तर्कना मेरा मनमा उब्जियो । चर्को घाम खपेर गुरुकुलतिर लागें ।गुरुकुलको पाठ सिकाउने यो समय बिल्कुल आधुनिक र पुरानो भन्दा पूर्ण रुपले नै फरक पनि थियो । निर्धारित समयमा त्यहाँ पुग्दा पाठशालाको आँगन चहुरमा केही पुरुष र केही महिला शिक्षार्थी शिष्यहरु जम्मा भइसकेका थिए । पाठ शुरु हुन केही समय बाँकी नै भएकाले त्यही समूहको छेवैमा पुगेर मैले उनलाई राम्ररी खोजी नियाल्ने प्रयत्न गर्ने  मौका समेत पाएँ । मलाई उनको अनुहारको भन्दा पनि बढी हेक्का केशको नै थियो । सबैका केश नियाँले तर उनको त्यो झुप्प परेको नबाटेको केश कतै फेला परेन, न त उनको आकृति अनुहार नै ? दिनभरि आँखा टोलाइरहे उही नबाटेको केश भेटौंला भनेर ।

दिनभरिमा त्यही चिया पसल र सानो चोकमा कति कुरा काट्नेहरुको घुइँचो नै लागेछ क्यारे ! सिस्नेरी बाजे त झन् अबका केटाले के रुद्री पढ्छन् भनेर खिल्ली नै उडाउन थालेका रहेछन् । बेलुकी पखको कुरा हो पश्चिमपट्टि सूर्य निकै तल झरिसकेकाले चिया पसलको निकै प..ऽ..र सम्म ओझेल लमतन्न सुतेको थियो । त्यतैपट्टि फर्किएको पसल हुनाले पाँच सात जना मानिस त्यही शितलमा बसेर गफ चुटिरहेका थिए । त्यही हूलमा नै थिए सिस्नेरी बाजे पनि र उनको कुरा गराइमा एकहलको मेलो भ्याउनेगरि चाहिं थेगो नै आउँथ्यो “एसमा नेरी चाइने ” भनेर । मलाई देखेनन् कि देखेर पनि चिनेनन्  ? वा चिनेर पनि बेवास्ता वा उपेक्षा गर्दै भनेकाहुन् कुन्नी ....? सिस्नेरी बाजेले प्वाक्क मुख फोरे “हैन ए .. ऽ..स्मा नेरी चाइने हिजो आज रुद्री पढ्न सिक्नेहरू कस्ता खालका चाइने मान्छेहरू हुन् हँ...ऽ..,हेर्दा खेरि छोरो पठाए हुन्थ्यो भन्न सुहाउने जस्ता छन् , यस्मा नेरि चाइने आपैंm पढ्ने भन्दै गुरुको पाठशालामा धाउँछन् । उहिले यस्मानेरि चाइने हाम्रा पालाँ त सात बर्ष नपुग्दै कण्ठ पो गरिसक्नु पथ्र्यो ..हँ...ऽ...! ” मलाइ भने कुरा सुन्नमा घत लाग्यो र  छेवैमा टुसुक्क बसें । अरु आउने जाने फाट्टफुट्ट भए पनि विहानदेखि नै मेरो आँखामा छचल्किएको अनुहार नबाटेको लामो चुल्ठो भएकी बहिनी थिइनन् । मलाई पनि आपैंmदेखि लाज लागेर आयो । विहान कतै उनी पनि चिया पिउनकै लागिमात्र भनेर यस पसलमा आएकी अर्कै परिवारकी मान्छे त थिइनन् ? चिन्दै नचिनी उनलाई चिया पसल्नी ठानेर चिया माग्ने म ! कतै त्यसवेला मलाई नै हप्काएकी भए ..? नत्र किन अहिले चाहिं उनी यहाँ छैनन् त ? ठीक त्यसै वेला विहानकै बाटोबाट विहानभन्दा त्यतिमात्रै फरक चप्पल खुट्टामा नै लाएर उनी आइपुगिन् र चिया बनाउने सुरसारमा लागिन् ।“ ए नानी ! चिसो पानी खुवाउ न है ...!”भन्दै सिस्नेरी बाजेले उही कुरा झिके “हैन ए ..हाम्रा पालँ त एसमा नेरि चाइने सात बर्षको हुँदा कति पाठ बुझाइसक्नु पथ्र्यो , हिजोआजकालाई एसमा.....बाबु छोराले एकै पटक सिके पनि हुने जस्तै भएको छ । अचेल त केरे एसमानेरि चाइने छोराछोरी बराबरी रे ..,बरु ए नानी  ! तिमी नै दुई चार ऋचा कण्ठगरी वेदै सुनाइदेउन है...,हँ..ऽ...हँ..ऽ ।” पानीको गिलास बाजेलाई दिंदै “सुनाउनै परे अलिअलि त ..” मात्रै भनेकी थिइन् मसङ्ग आँखा जुझे । घाँटीमा गुच्चा अड्किए जसरी नै वोली बन्द भयो । लाजले भुतुक्क हुँदै अर्कैपट्टि फर्किइन् । अब मात्रै मैले उनलाई विहान गुन्गुनाउने स्वर र उनको ‘.ए.’को आशय बुझें । मेरो आँखाको दुष्टि उनको केशमा गएर ठोक्कियो । जस्ताको त्यस्तै नबाटेकै थियो ।

अब मेरो हरेक दिन चिया खान जाने ठाउँ त्यही नै भयो । जहिल्यै दुईचार बकम्फुसहरुले अड्डा जमाएको त्यस ठाउँमा न मेरो कसैका कुरामा समर्थन न कसैको कुरामा बिरोध नै हुन्थ्यो । केवल सुन्नुमात्र मेरो धर्म बराबर भयो । अरूकै गफमा अल्मलिएर त्यहाँ बसिरहनुमा मेरो कुनै अधर्म पनि थिएन । त्यहाँ हुने गफहरूले मेरो कानको ध्यान त्यतै खिच्दथ्यो भने आँखा त्यहाँ केन्द्रित हुन्थे जहाँ मैले मेरो परिचय नदिई आफैं खोतलेर लिने जिज्ञासु आँखा हुन्थे र नबाटेको केशको झुप्पो हुन्थ्यो । कहिले मभन्दा उनी र कहिले उनीभन्दा म पहिले हुन्थ्यौ हामी त्यहाँ जान । केही दिनसम्म त उनी अलिक शर्माए झैं लाग्थ्यो तर पछि त्यो पनि हरायो तथापि उनी आफ्नो काममा भने सरारसर लगेकै हुन्थिन् । त्यस चिया पसलमा उनको पनि अधिकार भएकै रहेछ भन्ने कुरामा म ढुक्क पनि बन्दै गएँ ।

मैले नजाने कुन्नी त्यहाँ जम्मा हुनेहरू अरु पनि त्यही नबाटेको केशको झुप्पो हेर्न नै जम्मा हुन्थे कि .?“नेपाल गए कपाल संगै बर्मा गए कर्म संगै ” एउटा बकम्फुसले आफ्नै आदत र जीवनलाई समेटेर हो कि वा उनकै ध्यानाकर्षण गर्ने विचारले हो वोल्यो । आफ्ना भनाइप्रति कस्ले कस्तो प्रतिक्रिया देलान् भन्ने लागेर पल्याक्पुलुक् सबैतिर हे¥यो । त्यसवेला के बुझेर हो कुन्नी उनी मुसुक्क हाँसिन् पनि । मुखको मुस्काइ र गफाडी पट्टि फरक्क मुन्टो फर्काउँदाको उनको केशको लर्काइ ठिक्क मिलेको थियो । उनीप्रति नै सही माग्दै “हैन त रेणु ..?” गफाडी वोल्यो ।“छि.. दाइ पनि...!” वोली र वोल्ने ब्यक्ति प्रति नै प्रशस्त घृणा पोखिएको अनुहारले उनले वोलिन् । यतिवेला उनको अनुहार र केश बिल्कुल नमिल्दा देखिए तापनि उनको नाम नै यस बीचमा मध्यस्तता गराउने सम्भावित माध्यम रहेछ ‘रेणु’ ।

त्यही घरको त्यही ठाउँ हो जहाँ म पहिलो बास पछिको विहानी देखि नै सबेरै उठेर बस्ने गर्थें । सडकको कोलाहलमा म शून्यतालाई खोज्ने गर्थें र जहाँ असम्भव सावित भएपछि आपैंm भित्रको शून्यता र एकान्तलाई रोज्ने गर्थें । शुरुका दिनदेखि नै आँखामा बसेको अनुहार सूर्यमुखी पूmल झैं विहान पूर्वतिर फर्कन्थ्यो अनि साँझ पर्न लागेपछि पश्चिमको सानो जंगलमा सूर्यले सिरानी थाप्दा पश्चिमतिरै फर्कन्थ्यो । प्रत्येक दिन त्यही क्रम चलिरहन्थ्यो । हिंडाइका प्रत्येक पटक मेरो बस्ने ठाउँकै अगाडिबाट पुलुक्क म बसेको ठाउँतिर दृष्टि डोरिन्थ्यो र पुनः आपैंmतिर तानिएर आफ्नो बाटो लाग्दै पूर्वतिर जान्थ्यो । उनको हेराइलाई उधारोमा तड्पाइदिने मेरो मन पनि पटक्कै थिएन र सँधै नै उनको हेराइलाई म पनि हेरिदिन्थें । उनी सरासर आफ्नो बाटो लाग्दा म उनको हेराइ, आँखा र केश तीनै चिजलाई दाँज्दथें । दिनप्रतिदिन उनको हेराइ र मैले हेरिदिने क्रमको क्रमशः परिवर्तन हुँदै गए पनि उनको केश राशीमा भने केही परिवर्तन भएकै थिएन । न त बढी बाँधेको नै हुन्थ्यो न त बढी फुकेको नै ...? शुरुमा मैले देख्दा जस्तो देखेको थिएँ अझसम्म पनि त्यस्तै नै थियो ।

ऋतुको राजा मानिने शरद ऋतुको वेला भयो । जसै जसै शारदी वासनाको पवनले वातावरणलाई नै सम्मोहक बनाउँदै लग्यो । फाँटफाँटमा पहेंलपुर कतैकतै हरियाली अनि कतै मखमली र गोदावरीको सुभाष र सौन्दर्य छाउन लाग्यो । आकाश छ्याङ्ग भएर उघ्रिए पनि सूर्यको राप दिन प्रतिदिन घट्दै गइरहेको थियो । नियमित र निश्चित पाठ बुझाउने क्रममा त्यहाँ बस्ने मेरा दिनहरु घटाउँदै गइरहेको थिएँ र गन्दै थिएँ । विहानी पखका ताराहरु आकाशबाट घट्दै र हराउँदै गए झैं मेरा पनि त्यस ठाउँका बाँकी दिनहरु घट्दै र हराउँदै गइरहेका थिए ।

आक्कल झुक्कल गुरुलाई पाठ बुझाउन सङ्गै परे पनि रेणु भरिसक्य छलिने प्रयास पनि गर्दथिन् मसङ्ग । कदाचित छलिन पाइनन् भने अर्ध लज्जीत चेहरामा नत नजर गरेर टोलाउन चाहन्थिन् । तब मेरो दृष्टि रेणुको केशतिर फालिन्थ्यो । समय साँगुरिंदै गयो, मेरा त्यहाँ बस्ने दिनहरु जति साँगुरिंदै जान्थै उति नै रेणुको केशमा तीब्र गतिमा दृष्टिहरु फालिन्थे अपितु हेराइको गतिमा जति फरक परे तापनि रेणुको केशको खुल्ला चुल्ठो न त ओइलिएको थियो न त फुलेको नै ? पहिले जस्तो थियो अहिलेसमम पनि उस्तै नै थियो ।

“ठूलो दुर्घटनामा परेर मष्तिष्क नै असन्तुलित भएन भने, बाँच्ने आसाहरू अङ्कुराउँदा अङ्कुराउँदै छोटै समयमा जीवन गुमाउनु परेन भने  हामी नदीका दुई किनार त अवश्य पनि होइनौ ..पातलिंदै गए पनि भेट त हुँदै गर्छ नी ..! “एकै ओछ्यानमा सिरानी सङ्गै पारेर सुतेका मित्रले भोलिको बास सङ्गै नपर्ने निश्चितता दर्शाउँदै र अर्को दिन पर्सि मेरो त्यस ठाउँलाई छाड्ने निश्चित भएको उल्लेख गर्दै भने । “लिएको हाराहारीमा दिन नसकेकोमा माफ रहोस् है..!” मैले पनि यही अनुरोध साथीलाई गरें । तेस्रो पहर बोकेका भालेका डाकोहरु गुञ्जिसकेका थिए । जीवन यात्राको एक रणको अन्तिम बास स्मरणकै लागि छाउनीमा गुजारौं भन्दै बरण्डालाई नै छाउनी मान्दै त्यस रात हामी बरण्डामा नै सुतेका थियौं । उशाको उदय र साथीको ड्युटी प्रायः एकैसाथ  पर्ने भएकाले साथी सखारै आफ्नो बाटो लागे । म भने त्यही बरण्डाको बारमाथि चिउँडो राखेर बाटोतिर दृष्टि फ्याँकिरहेको थिएँ । उही क्रम नियमझैं त्यस दिन पनि त्यो बान्किलो अनुहार बोकेको अस्थिपञ्जरको आकृति शुरुका दिनभन्दा कुनै अन्तर नपारी त्यही बाटोबाट पूर्वतिर आयो गयो आफ्नै गतिमा अगाडि र पछिबाट उही नबाटेको चुल्ठो मात्रै देखिन थाल्यो ।

समय र सन्दर्भले समेत विदाइ वरण गराएर नियमित नजरका संघारबाट लत्याइएको म र मेरो सामुमा परेको त्यो फुकेको केश वा नबाटेको चुल्ठोमा अब कुनै सामन्जश्यता रहेन । केश्राकेश्रा कपालमा आएको उर्लंदो बैंशको स्पर्श चट्टानको मुटुमा शीलाजीका नेत्रबाट सरेर परे भैंm मात्रै भयो । कोमल हृदय हत्केलामा उतारेर नियास्रो तड्पाइ तड्पिनेका लागि र्बैंश गएको केश कहिल्यै बाटिएन म त्यहाँ रहुञ्जेलसम्म । तपाइँ पनि कुनै दिन त्यहाँ पुग्नुभयो र हेर्नुभयो भने त्यो फुकेको केश त्यतिकै देख्न पाउनु होला .. । अनि मैले जस्तै सोच्नुहोला ‘कतै त्यो नबाटेको चुल्ठो वा फुकेको केश कस्सेर बाँधी एक थुङ्गा फूल सिउरिदिन पाए नत्र कोरेर सिउँदो भरिदिन ......पाए ..कति सुहाउँथ्यो होला नी ...?
                                                                           
                                                           २०५१÷०९÷११

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...