Saturday, July 11, 2020
बस्तीको बाँसुरी
बस्तीको बाँसुरी
बिहान बिहानै देखि
मिर्मिरे सुसाएर
क्षितिजका नियास्रा गोरेटाहरुमा,
बस्ती बस्तीबाटै बाँसुरीले चियाउने गर्छ ।
प्रभातको स्वर्णिम, साँझको गोधुली, मध्यान्नको राप,
र रातको निष्पट्टतालाई पनि थाहा छ
ऊ आउनुभन्दा पनि अघि अघि देखि
उदास भाकाहरु सुसेलेर बाँसुरी
नौरङ्गी आशा पोख्नेगर्छ ।
सूर्यको कलिलो रापसङ्गै
उजाडउजाड पाखाहरुमा बाँसुरी
वर्तमान रोइरहन्छ सिङ्दली साइँलाको
र
रातभरि ओढेको शीत सुकाएर
बिर्संदै गएका कहरका घाउहरु
तप्प तप्प तप्काइरहन्छ
शालिग्राम कुँदेर आँखामा ।
बस्तीभित्रैबाट बाँसुरी
अभावका घुट्काहरु घुटघुट पिएर
राहत पर्खिरहन्छ बस्तीहरुमा ।
मायाको भाका पोख्न नजानेर
जवानी अवाक भएर बाँसुरी
निर्जन्य पहराबाट
कहिले नियाल्ने गर्छ अतितलाई
र भावीको भाका फुक्न रुचाउँछ ।
एउटै भाका निखनेर
कहिल्यै रोएन बाँसुरी बस्तीभित्र
कहिले करुणा सुसाउँदैर्,
कहिले कहाली रुवाउँदै,
कहिले मुर्झाएर
महत्वका मर्माहक आभाहरु
मरुद्यानका ओसिला फाँटहरु झैं
रसाएर बस्तीका रहरहरु
बस्तीबस्तीलाई ब्युँझाउने गर्छ ।
पट्यार लागुञ्जेल सुस्ताएर
बलेंसीका पाटाहरुमा भाँचिएका खुसीहरु
क्mहिले सीमलीका सिंयालहरुमा
कहिले वर भञ्ज्याङ्गका ओझेलहरुमा बिसाएर
बस्तीबस्तीमा बाँसुरी
लुटिएको हाँसो खोज्ने गर्छ ।
अतीत कैद भएको छ रे
अप्ठ्यारा कोठाहरुमा,
इतिहासका पानाहरुमा
नजानी नजानी कोरिएको अधुरो कथाजस्तै,
हत्कडी लगाएको वर्तमान
र नेल ठोकिएको भविष्य जस्तै ।
हेर्दा हेर्दै बाँसुरी
बस्तीबाट आफैं हतारिन्छ
सम्झिएर सुसाउँछ ,रमीताले रुवाउँछ
बस्तीबस्तीमा सिङ्गै युग बोकेर
भाका बिसाउँदै
अझै डुल्नेगर्छ ,अझै घुम्ने गर्छ ।
अझैसम्म पनि ठोक्किएनन् की कसैका कर्णकुहरमा
माटोको महत्वका ममतामयी ध्वनिहरु
किन हो किन
मनभरि मडारिएनन् कि मर्महरु र
पुछिएका छैनन् कि अभिमानका दागहरु ..?
हृदयभरि कथा बोकेर बाँसुरी
शरीरभरिको ब्यथा बिसाउने रहर
बस्ती बस्तीको कथा पोख्ने गर्छ ।
हारमोनियमका लहर ध्वनिहरुमा होइन
भ्वाइलेनका स्वर तरङ्ग र
गीटारका रागीनीहरुमा होइन ,
कङ्गो र ड्रमसेटका झन्क्mारहरुमा होइन
बरु ती भित्रैबाट बाँसुरी
बस्तीको कथा लेख्ने गर्छ ।
बस्तीको ब्याथा पोख्ने गर्छ ।
लाटोकोसेरोको रात छिचोलेर
किन उदाउँदैन नयाँ विहानी ..
उज्यालो छरेर बस्तीहरुमा ,
रातरातभर धुरीमा बसेर हु..ऽ..ऽ..हु..ऽ..गरिरहने
ह्ुच्चीललाई धपाउन ,
सुन्दर सपना हेर्ने विहानी किन पाइँदैन ..?
थाप्लो भरिको मात्रै आकाश बोकेर
बिसाउनी खोज्दैछन् प..र परसम्म
र सादृष्यमा आखेृट झैं उफ्रिरहन्छन्
अनगिन्ति अप्ठ्याराहरु ,
बस्तीभरिको मृगतृष्णा युग फुकेर
कलासो कलासिरहन्छ बाँसुरी ।
एउटै पुन्तुरोमा भोक,रोग र शोक
सिङ्गदली साइँलाको जस्तो बर्तमान
बस्तीबस्तीमा बाँसुरी रोइरहन्छ ,रोइरहन्छ ।
रात घम्लङ्ग ओढेर बस्तीहरुमा
मसमिण्डी निदाइसक्दा पनि बाँसुरी
बेदना पोखेर
बिद्रोह ब्युँझाइरह्न्छ ।
२०५३÷०९÷१७
Subscribe to:
Post Comments (Atom)
मुक्तक
रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन अचेल ढुसी परेको इज...
-
घटना अध्ययन प्रतिवेदन भ्ूामिका त् ए म् तालिम लिइसकेपछि घटना कुनै अध्ययन गर्नु पर्ने प्रावधान अनुसार नै यहाँ एउटा...
-
पाठ्यक्रम र दैनिक कार्यतालिका ; तुलनात्मक अध्ययन (कार्यमूलक अनुसन्धान) शैक्षिक उपलब्धि मापनको पहिलो पूर्वाधार, दैनिक कार्यतालिकामा सन्तुलि...
-
विभक्ति चिह्न प्रयोगको महत्व परिचय ः मानिस भाषिक अनुभूति र भाषागत सामथ्र्य बढी भएको प्राणी हो ।भाषामा उसकै बढी अधिकार तथा प्रयोजन पनि रह...
No comments:
Post a Comment