
बाँच्ने आयु त हरेकले आफैं लिएर आएको हुन्छ, त्यही आयुभरको जीवनलाई सहज बनाउनका लागि गरिने प्रयत्न र लिइने साथसहयोगको समग्र अनुभूति नै जिन्दगीको यात्रा हो ।
१.वास्तविक नाम — शंकरप्रसाद सुवेदी
२.साहित्यिक नाम —शंकर सुवेदी ‘उत्स’
३.जन्म —वि. सं. २०२३ शंखुवा सभा,तत्काल मयम गाउँ पञ्चायत वार्ड नं. ५, साबिक सिद्ध पोखरी
गाउँ विकास समिति वार्ड नं. ५, हाल चैनपुर नगर पालिका वार्ड नं. ४ , बतासे ।
४.मातापिता —तारादेवी सुवेदी,मोहनप्रसाद सुवेदी
५.सन्तति क्रम —सात दिदी बहिनी र पाँच दाजुभाइमध्येका दशौं
६.पेशा —अध्यापन प्राध्यापन
७.शिक्षा —एम. ए. नेपाली
८.हालको बसाइ —विराटनगर महानगर पालिका वार्ड नं. ३
९—सिर्जनशीलता प्रतिको प्रभाव — मातापितामा रहेको धार्मिक विस्वास, आध्यात्मिक चिन्तन्का कारण नित्य हुने पूजा आराधनामा गाइने लयबद्ध ईश्वर स्तुति, गाउँबेंसी रम्ने लोक भाका, गन्धर्वले गाउने गाथाबाट काव्यानन्दको अनुभव र प्रेरणा ।
१०.कविता सिर्जनाका आधार — बिबिधतामय प्रकृति, यसैबाट निश्रित अनेकन संवेग र परिवेशले अनुभूत गराएका सजिला, अप्ठ्यारा, बिद्रोह, कटाक्ष, सहमति विमति आदि ।
११.वैचारिक आधार —माक्र्सवादी जीवन दर्शन र प्रगतिवादी साहित्यको अधिक प्रभाव,
१२.लेखन —कविता, कथा, गजल, मुक्तक एवं समिक्षा (कविताप्रति बढी लगाव झुकाव)
१३.साहित्यात्रारम्भ —विद्यालय तहमा अध्ययनरत हुँदा देखि नै कविता लेखन तथा वाचनमा सहभागिता
उच्च शिक्षा अध्ययन क्रम २०४६सँगै लेख्य रचना प्रकाशनको प्रारभ्म
१४.मुद्रण÷प्रकाशन —बि.सं.२०५४ सालमा साहित्य संगम चैनपुर शंखुवासभाको नियमित प्रकाशन
‘क्षितिज’ त्रैमासिकमा पहिलो पटक ‘बेचयन उत्स’को नामबाट मुद्रण भएको पहिलो रचना ‘रात थेगेका हुच्चिलहरु’ शीर्षकको कविताका साथै समयक्रममा शंकर सुवेदी ‘उत्स’ नामबाट विभिन्न पत्रपत्रिकाहरुमा फुटकर रचना कविता, समिक्षा, गजल, मुक्तकहरु प्रकाशित ।
१४.सम्पादन —’अभिनव’ त्रैमासिक हवाइ पत्रिका २०५८ देखि केही अङ्क, विराटनगर
१५.सम्पादन —’धरणी’ बर्ष १६ अंक ५ विराटनगर २०६२
१६.पुस्तकाकार कुति — ’उल्का खसेको रात’ कविता संग्रह २०७३
१७.पुरस्कार —फुटकर रचना संप्रेषणबाट पटक पटक पुरस्कृत (प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरबाट भानु जयन्ती २०५८, भानु कला केन्द्र विराटनगरबाट भानु जयन्ती २०५८, भानु कला केन्द्र विराटनगरबाट भानु जयन्ती २०५९, धरण्ीधर पुरस्कार प्रतिष्ठान विराटनगरबाट धरणी जयन्ती २०६२ आदि)र षडानन्द प्रतिभा पुरस्कार २०७३
अनुभव र अनुमानलाई कलात्मक शव्द संयोजनबाट लहडले बाँध्न सक्नु नै साहित्य हो ।
बिम्ब प्रतीकको सहारामा शव्दखेलले रचिने चलाकीपूर्ण अभिव्यक्ति कविता हो जसको बाह्य रुप साँच्चिकै नदीझैँ ढालछालसहित वा समतल र प्रवाहवान देखिन्छ भने आन्तरिक रुप नदीकाझैँ नै विविधतामय तथा जटील पनि हुने हुदाँ कविता सुवोध्य वा दुर्वोध्य पनि हुन सक्छ ।
केही मननीय कथनहरू ः—
१ बर्तमान अतीतको सन्तान र भविश्यको जननी हो ।—‘कार्ल माक्र्स’
२ प्रकृतिको पुस्तक गणितीय भाषामा लेखिएको हुन्छ । ‘ग्यालिलियो’
३ रुख आफ्नो शिरले गर्मी सहन्छ तर आफ्नो छाञाद्वारा अरुलाई गर्मीबाट बचाउँछ । ‘कालिदास’
४ ब्ुद्धिमान मानिसले सत्य के हो भनेर बुझ्छ तर खराब मानिसले बजारमा के बिक्छ भनेर चाल पाउँछ । ‘कन्प्युसियस’
५ संयम र परिश्रम मानिसका दुई सर्बोत्तम चिकितसक हुन् । ‘जिनज्याक रूसाृ’
६ यस्तो कुनै काम नगर जुन दोस्रोबाट लुकाउनुपर्छ ।
७ इतिहास भन्नु नै शक्तिको ब्याख्या हो । ‘नेपोलियन बोनापार्ट’
८ विपत्तिमा ठूलो अनुभव सिकाउने विद्यालय आजसम्म खुलेको छैन । ‘प्रेमचन्द’
९ चाँडै लेख्नु भनेको लेखन्द्यासको योग्यता होला तर साहित्यकारको होइन । ‘शरदचन्द्र’
१० मानिसको गौरव कहिल्यै नलड्नुमा होइन जतिपटक लडेपनि उठ्नुमा हुन्छ । ‘लियो टाल्सटाय’
केही पारिवारिक छाञाछवीहरू ः—
No comments:
Post a Comment