घटना अध्ययन प्रतिवेदन
भ्ूामिका
त् ए म् तालिम लिइसकेपछि घटना कुनै अध्ययन गर्नु पर्ने प्रावधान अनुसार नै यहाँ एउटा सन्दर्भको अध्ययन गरिएको छ ।यसमा सम्बन्धित विद्यार्थीको बिगतदेखि वर्तमान सम्मको पारिवारिक पृष्ठमूमि ,आर्थिक÷सामाजिक÷शैक्षिक अवस्था लगायतका सन्दर्भहरुको प्रमाणका आधारमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।यसका साथै उसको अध्ययनमा असर पार्ने ब्यक्तिगत, बंशाणुगत,पारिवारिक जीवन शैली ,सामाजिक परिवेश ,तथा अन्य विषयमा समेत सुक्ष्म रुपमा विश्लेषण गरी नीज विद्यार्थीको प्रत्यक्ष अवलोकन ,एवं कुराकानीबाट अध्ययन गरिएकाले भविष्यमा आवश्यक पर्ने मार्ग दर्शन तथा तदनुरुप अवलम्वन गर्नुपर्ने कुराहरुमा समेत सहयोग पुग्ने कुरामा विश्वस्त पनि रहेको छु ।
प्रस्तुत प्रतिवेदन तयार पार्ने क्रममा सम्बन्धित विद्यार्थी एवं अन्यान्यहरुले समेत आफ्ना कुरा भनेर सहयोग गरिदिनुभएकोमा नीजहरुप्रति पनि हृदयदेखि नै आभारी बन्न चाहन्छु ।
भवदीय
शंकरप्रसाद सुबेदी (शिक्षक)
श्री जनपथ मा.वि.,विराटनगर—१५
विषय सूची
१.अध्ययनको पृष्ठभूमि
२.अध्ययनको महत्व
३.समस्याको कथन
४.अध्ययनका उद्देश्यहरु
५.अध्ययन विधि
६.तथ्याङ्कको ब्याख्या र विश्लेषण ः—
क्) परिवारिक स्थिति —
ख) आर्थिक पक्ष
ग)शैक्षिक पक्ष
घ) ब्यक्तिगत पक्ष
घ) ब्यक्तिगत पक्ष
ङ) सामाजिक पक्ष
च) मनोवैज्ञानिक एवं साँस्कृतिक पक्ष
७.पारिवारिक स्थिति
७.पारिवारिक स्थिति
८.निष्कर्ष तथा सुझावहरु
१.अध्ययनको पृष्ठभूमि
त् ए म् तालिम लिएपछि घटना अध्ययन ,कार्यमूलक अनुसन्धान , योजना निर्माण, परियोजना कार्य मध्ये कुनै दुईवटा विषय शीर्षकहरुमा स्वध्ययन अभ्यास मार्फत परियोजना कार्य सम्पन्न गर्न र निर्धारित ढाँचामा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने भएकाले मैले पनि यस श्री जनपथ माध्यमिक विद्यालय, विराटनगर —१५ को कक्षा—८ मा अध्ययनरत अभिशेक रामका बाबुआमा हाल विराटनगर उप–महानगर पालिका वार्ड नं. १३ मा बस्ने शत्रुघन राम÷धनवती रामलाई भेटी आवस्यक कुराकानी गरी नीजहरुको छोरा अभिशेक रामको बारेमा अध्ययन गरेको छु ।
बाबु साधारण लेखपढको क्षमता भए पनि ब्यबहारिक बाध्यताले ठेला÷रिक्सा चलाउने पेशा अंगाल्न बाध्य र आमा घरधन्दा÷बनीबुतो गरी बस्नेका छोरा पढाइमा साथै अन्यान्य कार्यमा समेत आफ्नो सामथ्र्य अनुसार रुची राख्ने उमेरले १३ बर्षका छन् ।परिवारमा उनका हाल साथमा एक भाइसहित बाबुआमा र आपूm छन् । जस अनुसार यो परिवार जम्मा ४ जनाको छ ।अभिशेक परिवारमा जेठो छोरो हुन भने उनको माइलो भाइ मामाघर सिराहामा बसेर कक्षा ५ मा पढ्दै छ भने कान्छोभाइ मुकेश उनले पढ्दै गरेकै स्कुलमा काक्षा—३मा पढिरहेको छ । आफ्नो परिवारमा सहयोगी वातावरणमा हुर्किएको यस बालका आफ्नो अध्ययन पूरा गरी भविष्यमा कृषि प्राविधिक (भेटनरी डाक्टर) बन्ने र एक असल नागरिक बनेर राष्ट्रको सच्चा सेवक बन्ने लक्ष्य रहेको पाइन्छ ।
२. अध्ययनको महत्व
अध्ययन गरिएको छात्र अभिशेक रामको सम्बन्धमा संकलन गरिएको ब्यक्तिगत, पारिवारिक ,सामाजिक, मनोवैज्ञानिक , साँस्कृतिक, आर्थिक तथा धार्मिक तथ्याङ्कहरुको विष्लेषण गर्दा नीज छात्र कक्षामा लगनशील,अनुशासित, मिलनसार र सहयोगी भएको कारण घर तथा विद्यालयको सहयोगी वातावरण एवं साथीभाइसङ्ग असल सङ्गत भएको देखिन्छ । ती तथ्याङ्कहरु विश्लेषण गरिहेरेमा नीजको हालको अवस्था र भविश्यका लागि राखेको लक्षको तुलना गर्न सकिन्छ । नीजलाई भविश्मा आफ्नो लक्ष पूरा गर्न आइपर्ने कठिनाइहरु पत्ता लगाउन पनि सकिन्छ । सोही अनुसार नीजको परिवार , समाज तथा , विद्यालयले वेलैदेखि सहयोग गरी नीजका लक्ष्य पूरा गर्न गराउन मद्धत गर्न सकिन्छ । यस अध्ययनको महत्वपूर्ण पक्ष चाहिं नीजको संपूर्ण पक्षलाई पत्ता लगाई अहिले देखि नै भविश्यका लागि सहज ÷सहयोगी वातावरण निर्माण गरिदिनु पनि हो ।
३.समस्याको कथन
यो श्री जनपथ मा.वि.,विराटनगर—१५ मा कक्षा ८ मा पढ्ने विद्यार्थी अभिशेक रामको कथा हो । नियमित विद्यालय आउने हँसिलो स्वभाव भएका अभिशेक विषयबस्तुप्रति घर÷विद्यालय दुबै ठाउँमा गहिरिएर अध्ययन मनन गर्ने नम्र र अनुशासित विद्यार्थी हुनुले अरुलाई पनि आपूmजस्तै बन्ने प्रेरणा समेत दिन्छन् । बि.सं.२०६७ देखि हालकै वतनमा बस्दै आएका अभिशेक र उनको परिवार मूलतः आर्थिक समस्याबाट सँधै प्रभावित हुन् । बाबु आमाको आफ्नो जे–जस्तो स्तर भए पनि आफ्ना सन्ततिको उज्वल भविश्य एवं रोजगारयुक्त जीवन हेर्न चाहन्छन् ।त्यही आकांक्षाले गर्दा आपूmले जस्तोसुकै दुःख गरेर÷सहेर भए पनि विराटनगरमा बसोबास गर्दै नीज विद्यार्थी मिति२०६७ देखि नै यस विद्यालयमा विद्यार्थी बनेर प्रवेश गरी हालसम्म पनि निरन्तर अध्ययन गर्दै आएका छन् । आफ्ना अग्रजको आकांक्षा पूरा गर्नु पनि परम कर्तब्य सम्झने नीज विद्यार्थी आफ्नो लक्षप्रति दृढ नै रहेको देखिए पनि परिवारको दयनीय आर्थिक अवस्थाले गर्दा थुप्रै ब्यबधानहरुको सामना गर्दैछन् र भविश्मा पनि यस्ता जटिलताहरुको सामना गर्नु नपर्ला भन्ने छैन ।
४.अध्ययनको उद्देश्य
एक निम्न स्तरको र आर्थिक चपेटामा परेको परिवारमा जन्मिएका नीज बालक अभिशेकको जीवनको विभिन्न पक्षको अध्ययन गर्नुको उद्देश्यलाई यहाँ यसरी प्रस्तुत गरिएको छ ।
क) नीजको ब्यक्तिगत तथा पारिवारिक बिबरण पत्ता लगाउनु
ख) नीजको परिवारको आर्थिक अवस्था पत्ता लगाउनु
ग) पारिवारिक तथा सामाजिक वातावरण पत्ता लगाउनु
घ) नीजका ब्यक्तिगत रुची , आवश्यकता र भविश्यको लक्ष पत्ता लगाउनु
ङ) नीजको मनोवैज्ञानिक पक्षबाट परिवार ,समाज र देशप्रतिको धारणा पत्ता लगाउनु
च) सम्पूर्ण बिबरण सङ्कलन गरी त्यसको प्रस्तुतीकरण र विश्लेषण गर्नु
छ) नीजको भविष्यप्रतिको लक्ष प्राप्तिको बाटोमा आइपर्ने समस्या पत्ता लगाई आवस्यक सुझावहरु दिन जसबाट नीजका लक्ष्य पूरा गर्न÷गराउन वेलैमा परिवार र विद्यालयको आफ्नो भूमिका निर्वाह गरी मद्धत गर्न सक्ने बनाउनु
ज) नीजलाई आफ्नो लक्ष्य प्राप्तिको बाटोमा झन सफलताकालागि हौसला प्रदान गर्नु
५.अध्ययन विधि
नीज विद्यार्थीको विभिन्न पक्षको अध्ययन गर्न नीज र उनका परिवारका सदस्यहरुसंग बढीमात्रमा प्रश्नोत्तर विधि अपनाइयो । यसबाहेक प्रश्नावली तयार गरी संबन्धित छात्रलाई दिइयो । उसंग मौखिक रुपमा पनि केही कुराहरु बुझियो । त्यसपछि नीजलाई आफ्नो धारणा ब्य्िक्तगत तथा पारिवारिक , शैक्षिक , आर्थिक , सामाजिक , मनोवैज्ञानिक , र साँस्कृतिक बिबरण नीजसंग प्रत्यक्ष कुराकानी गरी सम्पूर्ण तथ्याङ्कहरु लिई अवलोकन फारमको समेत प्रयोग गरियो । यसरी प्रश्नावली ,प्रत्यक्ष अवलोकन र अन्तर्वार्ताबाट आएका बिबरणहरुलाई प्रश्तुत गरी त्यसको बिश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
६. तथ्याङ्कको ब्याख्या र विश्लेषण
यहाँ संकलन गरिएका सम्पूर्ण तथ्याङ्कहरुको विश्लेषण गरी देखाइएको छ ।
क) अध्ययन गरिएको प्रस्तुत विश्लेषण नीजको ब्यक्तिगत हो ।
ख) नीजको परिवारको आर्थिक स्थितिलाई हेर्दा नीज निम्न परिवारको बालक देखिन्छ
ग) परिवारको सदस्य हुनुको नाताले नीजका पारिवारिक जिम्मेवारीहरु पनि देखिन्छन्
घ) शैक्षिक पक्षलाई विश्लेषण गर्दा नीजले हासिल गर्दै आएको सफलता नीजको नियमित निरन्तर र परीक्षाको समयमा अतिरिक्त समय समेत अध्ययनका लागि खर्चिएको पाइयो
ङ) मनोवैज्ञानिक पक्षलाई विश्लेषण गरी हेर्दा कक्षामा एकाग्रता अत्यन्तै राम्रो, वौद्धिक कुशाग्रता उच्चस्तरको ,जिज्ञासु स्वभाव र नवीन कुराको खोजीमा रमाउने खालको पाइयो। सप्तरीमा आफ्नो घरमा पालिएका ३गाई र ५ बाख्रा ४ििदन बीचमा नै मरेर गएको घटनाबाट प्रभावित भई भेटनरी डाक्टर बनेर पशु उपचारमा लाग्नधारणा लिएको ।
च) सामाजिक पक्षलाई विश्लेषण गर्दा मिलनसार र सहयोगी , समुन्नत समाज हेर्न चाहने ,दुःखी दरिद्रप्रति सेवाभाव भएको , सादा जीवन उच्च विचारको जीवन शैली भएको पाइयो
छ) साँस्कृतिक पक्षलाई विश्लेषण गर्दा हिन्दु सँस्कार कै पारिवारिक पृष्ठभूमि र त्यसैप्रतिको
आफ्नो पनि झुकाव रहे पनि अन्य धर्मसम्प्रदाय प्रति पनि उत्तिकै श्रद्धा र सम्मान रहेको पाइयो
ज)परिवारमा आय आर्जनको स्थायी श्रोत दरिलो नहुनुले आर्थिक मारको सँधै नै सामना गरिरहनु पर्ने हुँदा जीवन निकै जटील नै रहेको पाइयो
७.पारिवारिक स्थिति
क) परिवारमा सदस्य संख्या र अवस्था ः—आफ्नो पैतृक थलोकै रुपमा सगरमाथा अञ्चलको सप्तरी जिल्ला बमनगामाकट्टी गा.वि. स. वार्ड नं. ३ मा बसोबास गर्दै आएका नीजका बाबु÷आमा शत्रुघन÷धनवती रामका ३ छोरा र एक छोरीमध्ये अभिशेक जन्मले देस्रो सन्तान हुन । पैतृक सम्पत्तिको रुपमा नीजका बाबुको ८ कठ्ठा जमिन भए पनि अभिशेककी दिदी रमोलाको ३ बर्ष अघि नै विवाह गरिदिंदा लागेको खर्च बापत नै उक्त जग्गा पनि साहुलाई सुम्पिएर जिबिकोपार्जनका खोजीमा उनीहरु विराटनगर आएका हुन् ।सामाजिक तथा साँस्कृतिक रुपमा निम्न बर्गीय एवं दलितसमेत हुनुले पनि समाजमा ब्याप्त बिभेदको पटकपटक सामना गर्दै आएका उनीहरुको विराटनगर कै बसाइ पनि स्थिर हुन सकेको छैन र पटक पटक डेरा सर्दै हालको वतनमा उनीहरु बस्न थालेको पनि ५ मैना मात्र भएको छ ।
ख) आर्थिक पक्ष ः—,बाबु,आमा,—स्थीर तथा नियमित आम्दामी केही पनि छैन । शत्रुघनले दिनभर ठेलारिक्सा चलाएर पाएको ज्याला पारिश्रमिक र धनवतीले अरुको घरधन्दाको काम सघाएर पाउने तलब÷ज्याला नै उनीहरुको आम्दामीके स्रोत देखिन्छ ।जसबाट दैनिक गुजारा गर्न नै कठीन हुनुले अभिशेकको पढाइप्रतिको खर्च धान्ने झन ठूलो समस्या बनेको छ ।
ग)शैक्षिक पक्ष(योग्यता)
बाबु ,आमाः—बाबु साक्षरसम्म छन भने आमालाई केही पनि पढ्न आउँदैन अर्थात निरक्षर नै छिन् ।
घ) व्यक्तिगत पक्ष
नाम—अभिशेक राम उमेर—१३ बर्ष लिङ्ग—पुरुष कक्षा—८ रोल्नं.—५
रुची —अध्ययन तथा खेलकुद (विशेसगरी क्रिकेट)
धर्म—हिन्दु उचाइ—४ फिट १० इञ्च तौल—४८ के. जी.
लक्ष्य—कृषि प्राविधिक (भेटनरी डाक्टर बन्ने )
ङ)सामाजिक पक्ष
समाजमा कसरी बस्ने? मिलेर
मिलेरबस्दा हुने फाइदा—सबैको विकास
माया र सहयोग —सबैलाई (असहायलाई प्रथमिकता)
सबैसङ्गको नाता—मानवता
च) मनोवैज्ञानिक एवं साँस्कृतिक पक्ष
कक्षाको एकाग्रता —उच्च
वौद्धिक कुसाग्रता—उच्च
जिज्ञासुपना —उच्च
ईश्वर÷धर्म÷पुण्य÷—आस्था एवं आत्म सन्तुष्टि
पापदेखि —डराउने
८.निष्कर्ष तथा सुझावहरु ः—
१).आर्थिक रुपमा निम्नस्तरको परिवार भएर पनि परिवार तथा विद्यालयको ममतामयी वावरणका कारण आपूmलाई एक असल विद्यार्थीको रुपमा स्थापित गराउन सफल पात्र।
२). अशिक्षित परिवारमै जन्मिहुर्किएर पनि शिक्षार्जन गर्ने उत्कट अभिलाशा भएको तर आर्थिक अभावकै कारण लक्ष पूरा गर्न बाधा पर्ने हा कि भन्ने चिन्ताबाट प्रभावित
३). पारिवारिक जटिलता तथा अभावहरुसङ्ग जुझ्दै पनि लक्ष्यप्रति दृढ
४). पारिवारिक काममा समेत सहयोग गर्दै जानु पर्ने दायित्व बहन गरेर पनि अध्ययनलाई निरन्तरता दिने साहसिक स्वभाव
५). आफ्नो लक्ष्य प्रति श्रद्धा तथा विस्वास
नीजको यस्तो उत्साहजनक जोस र जाँगरले लक्ष्य प्राप्तिका बाटामा आइपर्ने अप्ठ्याराहरुलाई सहजै सामना गर्ने साहसका साथै धैर्य र सहनशीलताले पनि साथ दिइरहोस भन्ने मेरो पनि शुभकामना.....
सुझावहरु ः–
अध्ययन गरिएको नीज विद्यार्थी को परिवारको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक समस्या नै नीजको लक्ष प्राप्तिको बाटोमा बाधा हुने भएकाले उसलाई आवश्यक सरसल्लाह तथा मार्ग निर्देशनको खाँचो छ । यस कारण विद्यालय तर्फबाट पनि नीजका अभिभावकहरुलाई मार्ग निर्देशन तथा अन्य आवश्यक सहयोग समेतगर्नुपर्ने देखिन्छ ।
नीजको परिवारको वर्तमान कमजोर आर्थिक अवस्था र नीजको अध्ययनलाई निरन्तरता दिएर भविष्यमा एक असल नागरिक भई आफ्नै खुट्टामा उभिएर समाज र देशको सेव ागर्ने लक्ष्य फरक परेको हुँदा साथै नीजको लक्ष्य प्राप्तिमा अवश्य आर्थिक कठिनाई उत्पन्न हुनसक्ने हुँदा परिवार तथा विद्यालयले यसतर्फ ध्यान दिनु पर्ने देखिन्छ । नीजको अध्ययन कार्यमा आइपर्ने खर्च सम्बन्धी सबै समस्याबाट मुक्त गर्न गरिव तथा जेहनदार विद्यार्थीलाई दिइने छात्रबृत्ति तथा विद्यार्थी कल्याण कोश जस्ता माध्यमहरु अपनाएर विद्यालयले वेलैमा नीजको लक्ष्य प्राप्त गर्ने कार्यमा आइपर्ने आर्थिक कठिनाइलाई हटाउँदै लैजान सकिने देखिन्छ । त्यस्तै अभिभावकहरुले पनि यस्ता लगनशील विद्यार्थीहरुका लागि आवस्यक समय ,श्रम र सम्पत्ति समेतको समुचित ब्यबस्था गर्न आय आर्जनका वैकल्पिक उपायहरु समेतको खोजी गरी सन्ततिका लागि सहज वातावरण बनाउन लागिपर्नु पर्ने देखिन्छ । तसर्थ एक जाँगरिलो , अनुशासित र मेहनती छात्रको भविश्यको लक्ष्य प्राप्तितर्फ वेलावेलामा नीजका अभिभावकहरुलाई आवश्यक सल्लाह र सुझाव दिनुपर्ने थप दायित्व विद्यालयले पनि बेहोर्नु पर्ने देखिन्छ ।
माथि उल्लेख गरिएका सुझावहरु वहेक नीजका अभिभावकले नेपाल सरकारबाट गरीब विद्यार्थीलाई दिइने शैक्षिक सहयोगका लागि सम्बन्धित कार्यलयमा गई बिन्ति निवेदन चढाई नीजको भविश्यको लक्ष्य प्राप्तिमा सहयोगको ढोका खोल्दै जानुपर्ने दायित्व पनि देखिन आउँछ ।

No comments:
Post a Comment