Saturday, August 1, 2020

नेपाली र स्थानीय भाषा

कार्यमूलक अनुसन्धान

नेपाली ब्याकरण शिक्षणमा स्थानीय भाषाको प्रभाव;
सन्दर्भ एक, चुनौति अनेक !

परिचयः
विचार विनिमय, अनुभवको आदानप्रदान एवं कार्य प्रयोजन तथा अभिब्यक्ति शिल्पको श्रेष्ठ माध्यम भाषाका प्रमुख रुप कथ्य र लेख्य नै हुन् ।सामुदायिक विद्यालयहरुमा अंग्रेजी शिक्षणका लागि अंग्रेजी भाषाको प्रयोग  नै अनिवार्य गरिए पनि अन्य विषय अध्ययन अध्यापनका लागि नेपाली भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गरिनु साथै कार्यालयको कार्य प्रयोजनका लागि समेत नेपाली भाषा नै प्रयोग हुनु नेपालमा नेपाली भाषालाई गरिएको उपयुक्त सन्मान तथा सहानुभूति समेत मान्न सकिन्छ । त्यसमा पनि अनिवार्य विषयका रुपमा नेपाली विषय समाबेश गरिनु परम्परागत संस्कार मात्र नभई गर्व पनि हो । यद्यपि भाषिक विविधता भएको समुदायमा रहेका विद्यालयहरुमा आउने विद्यार्थीहरु पहिलो भाषाको रुपमा आफ्नै मातृ भाषालाई मान्न्ो प्रशस्त नै हुन्छन्, अझ सामाजिक संरचनासमेत एउटै संस्कारगत मान्यता एवं भाषिक एकता भएको समूदायमा स्थानीय स्तरमै भिजेको साझा मातृ भाषाको प्रयोग नै अधिक हुनाले साझा भाषा मानिएको नेपाली भाषाको प्रयोग न्युन प्रायः हुनाले उनीहरुलाई स्तरीय नेपाली भाषाको ब्याकरणगत शुद्धताको प्रयोग  सिकाउन ब्यबहारतः थुप्रै समस्याहरु रहेका पनि पाइन्छन् । त्यसमा पनि अनुभव वा विचारको अभिब्यक्तिभन्दा सन्दर्भ कथनले बुझिए तापनि ब्याकरणगत शुद्धताका लागि भने थुप्रै चुनौतिहरु रहेका छन् । यहाँ त्यसैसङ्ग सम्वन्धित ब्याकरण खण्डका पदसङ्गति अर्थात पदमेलसँग सम्बन्धित  समस्यालाई संक्षिप्त रूपमा अनुसन्धानको विषय बनाइएको छ ।

उद्धेश्य

भाषिक सीप विकासका लागि हालै लागु गरिएको नेपालको शिक्षा नियमावलीले निर्धारण गरेअनुसार आधारभूत तहका कक्षाहरूमा रहेका ६,७ र ८ कक्षाहरू जसलाई साविकको नियमावलीले  निम्न माध्यमिक तह भनी निर्धारण गरेको थियो । यस चरणमा आइपुग्दा अघिल्ला चरणमा रहेका  एक तह वा अवधि पुरा गरिसकेको अवस्था हुनाले विद्यार्थीहरुमा सुने÷जानेका वा देखे÷भोगेका कुनै पनि सन्दर्भको भावात्मक रूपमा मौखिक तथा लिखित अभिब्यक्ति दिन, सक्ने सीप सामथ्र्यको आधार तयः भएको विद्यार्थीहरुको अवस्था हो ।त्यसमा पनि आठौं कक्षा भनेको त त्यस तहको पनि माथिल्लो कक्षा औ माध्यमिक प्रवेशद्वारमा तैनाथ हुन पुगेको कक्षा हुनुले ब्याकरणगत रुपमा पनि शुद्ध र स्पष्ट अभिब्यक्ति सीप्को विकास भएको विद्यार्थी हुनुपर्नेमा हाल मैले अध्यापन गरिरहेको विद्यलयको भौगोलिक बनावट,सामाजिक तथा सांस्कृतिक परिवेश, जीवन शैली तथा भाषिक संरचना र प्रयोग आदिलाई आधार मान्दा विद्यार्थीहरूमा भाषिक अभिव्यक्तिकै लागि चेतना र अनुभव भएर पनि सोही कुरालाई शुद्ध नेपाली भाषको प्रयोग गरी गर्न नसकेको  पाइएकाले सो जटीलताको कारण पहिचानसहित त्यस्तो व्याकरणीक समस्यालाई न्युनिकरण गर्नु यस अनुसन्धानको उद्धेश्य रहने छ ।

समस्याः
क्ुनै पनि घटना, सन्दर्भ, विचार, अनुभव आदिका बारेमा भावभङ्गीमा  देखा पर्ने हाउभाउ, अभिनय अर्थात जवरजस्त सन्दर्भ वोध गराउन गरिने नेपाली भाषाकाृे प्रयोगमा ब्यबहारः व्यकरणगत प्रयोग प्रायः अशुद्ध नै देखा पर्नेगर्छ ।  त्यसरी देखा पर्ने सबै समस्याहरूलाई यो सानो कार्यमूलक अनुसन्धानमा चर्चा र समाधानको सम्भावना असम्भव प्रायः हुने हुँदा मुख्य रूपमा देखा परेका  लिङ्ग भेद र आदर भेदसँग सम्बन्धित समस्यालाई यहाँ मूख्य विषय बनाइएको छ । हाउभाउका दृष्टिबाट अर्थवोध गराउन सक्ने गरी वा भनाइको आसय बुझाउन सक्नेगरी जबरजस्त बनाएर  नेपाली भाषकै प्रयोग गर्नेगरे  तापनि ब्याकरणगत रुपमा प्राय पुरुष सङ्गति र आदर सङ्गतिको मौखिक तथा लिखित दुबै रुपमा सही प्रयोग हुन नसकेको अवस्था नै विद्यमान रहेको पाइन्छ ।
 

अध्ययन विधि ः
पाठ्पुस्तकको ब्याकरण खण्ड अन्तर्गत पुरुष सङ्गति र आदर सङ्गतिका बाक्यहरु अभ्यास गराइएको ,पुरुष र आदरका रुप रुपायन समेत गराएर बाक्यान्तरण गराइएको ,नेपाली मातृभाषी र अनेपाली मातृभाषीबीच एकअर्कासङ्ग सम्बद्ध वाक्य वाक्यान्तरण गराइएको । पाठ्यपुस्तकमा रहेका निर्दिष्ट अभ्यासहरुको सही उत्तर निर्माणका लागि प्रयोगको बारम्बारताबाट केही सफलता मिलेतापनि स्वतन्त्र तथा मौलिक वाक्य निर्माण र वाक्यान्तरण्मा पूर्ण सफलता पाउन नसकिएकाले उनीहरु (अनेपाली मातृभाषीहरु )को पारिवारिक पृष्ठभूमि , भाषिक ब्यबहार ,सामाजिक संरचना र त्यहांको भाषिक संरचना र प्रयोगका÷ब्यबहारका बारेमा अध्ययन गर्दा उनीहरुमा नेपाली भाषाको ब्याकरणिक शुद्धताभन्दा अभिव्यक्तिको आसयलाई मात्र प्राथमिकता दिने परम्परागत संस्कार नै भएको पाइयो ।जसअनुसार ः— ‘मेरो वुवा काम गर्न जान्छ’ भन्ने बाक्य आदर सङ्गति नमिले पनि भाव स्पष्ट भएर शिष्ट रुपमा नै स्वीकार गरेको पाइयो । त्यस्तै गरी ‘तिमीले मैले भनेको कुरा बुझ्यौ ?’भन्ने प्रश्नको उत्तरमा ‘बुझ्यो’भन्ने पुरुष नमिलेको भनाइलाई पनि आसयका दृष्टिले शिष्ट भाषकै रुपमा स्वीकारेको पाइयो । गुरुजनप्रति गर्ने आदर भावात्मक रूपमा सही भएर पनि बोलीचालीमा ‘त्यो सरले भन्छ’ मेरो दिदी आउँदै छ’ जस्ता भावगत शुद्धता भएर पनि भाषागत अशुद्धताहरू खोजी नै यस कार्यमूलक अनुसन्धनको विधि रहेको छ ।


समाधानः
नेपाली र अनेपाली मातृभाषीहरु बीच भिन्नभिन्न पुरुष र भिन्नभिन्न आदरका सन्दर्भहरु दिएर सम्वाद गराउँदै सही प्रयोगका लागि ब्याकरणगत सूत्रलाई समेत ख्याल गराउँदै अभ्यस्त गराउने । आदर सङ्गतिको अभावमा मान्यजनको मान मर्दनमा आएको आँच तथा लिङ्ग सङ्गतिको अभावमा मानवेत्तर प्राणी समानको अर्थ वोध सहित शुद्ध प्रयोगमा अभ्यस्त बनाउँदा पहिलेका समस्याहरूको न्युनीकरण गराउँदै लैजाने ।

प्राप्तिः

प्रयोगको बारम्बारता  तथा नियमको निर्दिष्टतालाई समेत ख्याल गराउँदा सन्तोषजनक सुधार आएको । प्रायः स्वजनहरूकै सन्दर्भबाट उनीहरूको मानमर्दन तथा अथैको अनर्थबाट उत्पन्न जटीलतालाई दृष्टान्तका रूपमा प्रयोग गर्नाले समयको अन्रालसँगै प्रयोगको सचेततातर्फ विद्यार्थीहरू प्रयत्नरत भएका ।

निष्कर्षः

कक्षाकोठाभित्रको सीमित समयलाई मात्रै त्यसमा पनि ब्याकरण अध्ययन÷अध्यापनको समयको कठोर निगरानी र सूत्र घोकाउने मात्र प्रयत्नले अपेक्षित सुधार नआउने निश्चित प्रायः छ । यसर्थ मौलिक तथा स्वतन्त्र अभिब्यक्तिमा समेत उक्त ब्याकरणगत समस्या समाधान गर्नका लागि पाठ अभ्यासका अलावा अनेपाली मातृ भाषीहरुलाई नेपाली मातृभाषीहरुसङ्ग स्वतन्त्र सम्वादमा संलग्न हुन प्रेरित गरिनु पर्ने । पारिवारिक एवं सामाजिक परिवेशमा समेत मौलिक तथा स्वतन्त्र नेपाली भाषाको प्रयोगका लागि समेत उत्प्रेरित गराउनका लागि यथासक्य संचार सामग्रीहरुको उपयोगमा समेत पहुँच पु¥याउन पहल गरिनु पर्दछ साथै साहित्यिक तथा सिर्जनात्मक विधाका सामग्री अध्ययन र त्यसप्रतिका प्रतिक्रिया ब्यक्त गराउन प्रेरित गरिनु पर्ने हुन्छ । स्वतन्त्र लेखन, आपसी अन्तर्संवाद, विचार प्रवाह, स्वध्ययन सामग्रीको महत्वका साथै शव्दको सही छनौट र प्रयोगको अभावमा हुनसक्ने मान मर्दन तथा अनर्थबाट बच्नका लागि प्रेरितसमेत बनेको पाइन्छ ।
                                                                       
                                                                        प्रश्तोताः—
                                                                       शंकरप्रसाद सुबेदी
                                                                       नि.मा.शि.तृत्तीय
                                                                       श्री जनपथ माध्यमिक विद्यालय
                                                                       बिराटनगर—११, मोरङ्ग                             


No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...