Saturday, August 1, 2020

नेपाली र गैर नेपाली भाषाा

कार्यमुलक अनुसन्धान
गैरनेपाली मातृभाषीहरुमा ब्याकरण शिक्षणका समस्या

परिचयः
विचार विनिमय, अनुभवको आदानप्रदान एवं कार्य प्रयोजन तथा अभिब्यक्ति शिल्पको श्रेष्ठ माध्यम भाषाका प्रमुख रुप कथ्य र लेख्य नै हुन् ।सामुदायिक विद्यालयहरुमा अंग्रेजी शिक्षणका लागि अंग्रेजी भाषाको प्रयोग  नै अनिवार्य गरिए पनि अन्य विषय अध्ययन अध्यापनका लागि नेपाली भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गरिनु साथै कार्यालयको कार्य प्रयोजनका लागि समेत नेपाली भाषा नै प्रयोग हुनु नेपालमा नेपाली भाषालाई गरिएको उपयुक्त सन्मान तथा सहानुभूति समेत मान्न सकिन्छ ।त्यसमा पनि अनिवार्य विषयका रुपमा नेपाली विषय समाबेश गरिनु परम्परागत संस्कार मात्र नभई गर्व पनि हो ।यद्यपि भाषिक विविधता भएको समुदायमा रहेका विद्यालयहरुमा आउने विद्यार्थीहरु पनि गैरनेपाली मातृभाषीहरु प्रशस्त नै हुन्छन् र उनीहरुलाई स्तरीय नेपाली भाषा सिकाउन ब्यबहारतः थुप्रै समस्याहरु रहेका पनि पाइन्छन् ,त्यसमा पनि अनुभव वा विचारको अभिब्यक्तिभन्दा पनि ब्याकरणगत शुद्धताका लागि भने थुप्रै चुनौतिहरु रहेका छन् ।यहाँ त्यसैसङ्ग सम्वन्धित ब्याकरण खण्डको पुरुष सङ्गति र आदर सङ्गतिको समस्यालाई अध्ययनको विषय बनाइएको छ ।

उद्धेश्यः
भाषिक सीप विकासका लागि निम्न माध्यमिक तह अघिल्लो एक तह पुरा गरिसकेको तह हुनाले विद्यार्थीहरुमा सुने÷जानेका वा देखे÷भोगेका कुनै पनि सन्दर्भको मौखिक तथा लिखित अभिब्यक्ति दिन सक्ने सीप सामथ्र्य भएका विद्यार्थीहरुको तह हो ।त्यसमा पनि आठौं कक्षा भनेको त त्यस तहको पनि माथिल्लो कक्षा औ माध्यमिक प्रवेशद्वारमा तैनाथ हुन पुगेको कक्षा हुनुले ब्याकरणगत रुपमा पनि शुद्ध र स्पष्ट अभिब्यक्ति सीपको विकास भएको विद्यार्थी हुनुपर्ने÷बनाउनु पर्ने

समस्याः
वोली ब्यबहार , प्रयोग एवं हाउभाउका दृष्टिबाट अर्थवोध गराउन सक्ने गरी वा भनाइको आसय बुझाउन सक्नेगरी जबरजस्त बनाइएको नेपाली भाषाकै प्रयोग गर्नेगरे  तापनि ब्याकरणगत रुपमा प्राय पुरुष सङ्गति र आदर सङ्गतिको मौखिक तथा लिखित दुबै रुपमा सही प्रयोग हुन नसकेको
 
अध्ययन विधि ः
पाठ्पुस्तकको ब्याकरण खण्ड अन्तर्गत पुरुष सङ्गति र आदर सङ्गतिका बाक्यहरु अभ्यास गराइएको ,पुरुष र आदरका रुप रुपायन समेत गराएर बाक्यान्तरण गराइएको ,नेपाली मातृभाषी र अनेपाली मातृभाषीबीच एकअर्कासङ्ग सम्बद्ध वाक्य वाक्यान्तरण गराइएको । पाठ्यपुस्तकमा रहेका निर्दिष्ट अभ्यासहरुको सही उत्तर निर्माणका लागि प्रयोगको बारम्बारताबाट केही सफलता मिले तापनि स्वतन्त्र तथा मौलिक वाक्य निर्माण र वाक्यान्तरण्मा पूर्ण सफलता पाउन नसकिएकाले उनीहरु (गैरनेपाली मातृभाषीहरु )को पारिवारिक पृष्ठभूमि , भाषिक ब्यबहार ,सामाजिक संरचना एवं त्यहांको भाषिक संरचना र प्रयोगका÷ब्यबहारका बारेमा अध्ययन गर्दा उनीहरुमा नेपाली भाषाको ब्याकरणिक शुद्धताभन्दा अभिब्यक्तिको आसयलाई मात्र प्राथमिकता दिने परम्परागत संस्कार नै भएको पाइयो ।जसअनुसार ः— ‘मेरो वुवा काम गर्न जान्छ’ भन्ने बाक्य आदर सङ्गति नमिले पनि भाव स्पष्ट भएर शिष्ट रुपमा नै स्वीकार गरेको पाइयो । त्यस्तै गरी ‘तिमीले मैले भनेको कुरा बुझ्यौ ?’भन्ने प्रश्नको उत्तरमा ‘बुझ्यो’भन्ने पुरुष नमिलेको भनाइलाई पनि आसयका दृष्टिले शिष्ट भाषकै रुपमा स्वीकारेको पाइयो ।

समाधानः
नेपाली र अनेपाली मातृभाषीहरु बीच भिन्नभिन्न पुरुष र भिन्नभिन्न आदरका सन्दर्भहरु दिएर सम्वाद गराउँदै सही प्रयोगका लागि ब्याकरणगत सूत्रलाई समेत ख्याल गराउँदै अभ्यस्त गराउने ।
प्राप्तिः
प्रयोगको बारम्बारता  तथा नियमको निर्दिष्टतालाई समेत ख्याल गराउँदा सन्तोषजनक सुधार आएको ।

निष्कर्षःतथा सुझाव
कक्षाकोठाभित्रको सीमित समयलाई मात्रै त्यसमा पनि ब्याकरण अध्ययन÷अध्यापनको समयको कठोर निगरानी र सूत्र घोकाउने मात्र प्रयत्नले अपेक्षित सुधार नआउन निश्चित प्रायः छ । यसर्थ मौलिक तथा स्वतन्त्र अभिब्यक्तिमा समेत उक्त ब्याकरणगत समस्या समाधान गर्नका लागि पाठ अभ्यासका अलावा गैरनेपाली मातृ भाषीहरुलाई नेपाली मातृभाषीहरुसङ्ग स्वतन्त्र सम्वादमा संलग्न हुन प्रेरित गरिनु पर्ने । पारिवारिक एवं सामाजिक परिवेशमा समेत मौलिक तथा स्वतन्त्र नेपाली भाषको प्रयोगका लागि समेत उत्प्रेरित गराउनका लागि यथासक्य संचार सामग्रीहरुको उपयोगमा समेत पहुँच पु¥याउन पहल गरिनु पर्दछ साथै साहित्यिक तथा सिर्जनात्मक विधाका सामग्री अध्ययन र त्यसप्रतिका प्रतिक्रिया ब्यक्त गराउन प्रेरित गरिनु पर्ने हुन्छ ।
                                                                       प्रश्तोताः—
                                                                       शंकरप्रसाद सुबेदी
                                                                       नि.मा.शि.तृत्तिय
                                                                       श्री जनपथ उच्च माध्यमिक विद्यालय
                                                                       बिराटनगर—१५, मोरङ्ग                             



No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...