विभक्ति चिह्न प्रयोगको महत्व
परिचय ः
मानिस भाषिक अनुभूति र भाषागत सामथ्र्य बढी भएको प्राणी हो ।भाषामा उसकै बढी अधिकार तथा प्रयोजन पनि रहेकै छ ।सबै मानिसहरुमा अनुभूति सामथ्र्य प्राय उस्तै नहोला ।ठाउँ परिवेशअनुसार आफैं सिर्जित तथा विकसित बन्ने भाषामा आफ्नै वर्ण÷ब्याकरणको ब्यबस्था हुन्छ । क्षणमा फड्को तथा दिनमा फन्को मार्नसक्ने भाषिक सामथ्र्य नेपाली भाषामा रहन गयो ।
।वाक्यमा प्रयुक्त सबै वर्गका पदहरुको आफ्नै ब्यबस्था तथा रुपायन भई एकअर्का बीचको सम्बन्धमा बाँधिएर रहने हुनाले त्यस्तो सम्बन्धतर्फ निर्देश गर्नका लागि भूमिका अनुसार नामिक पदहरु विभक्तिरहित वा सहित रहेका हुन्छन् । पदमेल गराउन अर्थात वाक्यस्तरमा रहेका पदहरु बीचको सम्बन्ध तथा मेल देखाउन प्रयोग गरिने एकाक्षरी वा द्वैआक्षरी ,स्वतन्त्र अर्थरहित अविकारी पदका रुप नै विभक्तिहरु हुन । यिनीहरु क्रमिक रुपमा प्रथमदेखि सप्तमसम्म रहेका हुन्छन् र हरेक क्रमका प्राय बेग्ला बेग्लै संकेत÷चिह्नहरु रहेका हुन्छन् ।
उद्देश्य÷औचित्य
विभक्ति प्रयोगको स्पष्ट आधार तथा यसका आफ्नै प्रकारका नियमहरु ह्ुन्छन् यसर्थ कहिले , कहाँ , कुन, किन जस्ता सन्दर्भको ज्ञानसहितको वाक्यात्मक अभिवयक्तिका लागि विभक्ति प्रयोगको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । यसर्थ विभक्ति चिह्न प्रयोगको नियमले वाक्यमा प्रयुक्त नामिक पदहरुमा अर्थगत स्पष्टता एवं अन्तरपद सम्बन्धका लागि स्पष्ट ज्ञान लिने साथै विभक्तिरहित वा सहितका नामिक पदको कारकीय कार्य पत्ता लगाई कारक निर्धारण गराउनुसमेत यस विभक्ति प्रयोगको उद्देश्य रहनेछ ।
यसका उद्देश्यहरु ः—
१. सात प्रकारका विभक्ति विभक्ति चिह्नको पहिचान
२. क्रमागत रुपमा विभक्तिको स्थान÷क्रम निर्धारण
३. नामिक पद ÷कारकको क्रमागत स्थान निर्धारण
४.क्रमका आधारमा कारक र विभक्तिको संयोजन तथा मिलान
५. उस्तै रुपका विभक्तिहरुको भिन्न क्रम तथा कार्यको पहिचान
६. विभक्तिले नामिक पदलाई पार्ने असरको पहिचान
७. विभक्तिरहित कारकहरुमा लुप्त अवस्थामा रहेको विभक्तिको निर्धारण
८. के कस्तो अवस्थामा के कस्ता विभक्तिहरु प्रयोग हुने भन्ने स्पष्ट ज्ञान आदि ।
कार्यविधि
के गर्ने ?
१. दैनिक प्रयोगका अतिरिक्त ÷थप शैक्षिक सामग्रीको प्रयोगको सहायताले शिक्षकले विभक्ति चिह्नहरुको रुप
विद्यार्थीहरुलाई देखाउने ।
२. विभक्ति चिह्नहरुलाई क्रमागत रुपमा मिलाएर देखाउन÷चिनाउने ।
३.उस्तै नामिक पदहरुलाई पनि भिन्न विभक्ति लगाउँदा भिन्न कार्य गरेको उदाहरण देखाउने ।
४. कारक क्रम र विभक्ति क्रम मिलाएर देखाउने ।
५. नामिक पदहरुमा विभक्ति जोडिंदा पदवर्गमा समेत पर्न सक्ने प्रभावका बारेमा उदाहरणसहित देखाउने ।
६. विभक्तिरहित अवस्थामा पनि नामिक पदहरु कारक बन्न सक्ने उदाहरण देखाउने ।
७. विभक्तिहरु कारकीय चिह्नमात्रै भएको कुरा प्रष्ट्याउँदै विभक्तिको स्वतन्त्र अर्थ शून्य देखाउने ।
कसरी गर्ने ?
१. पद सङ्गतिका लागि अर्थात वाक्यमा पदहरुबीच एकहर्काको अन्तरसम्बन्धमा विभक्तिको भूमिका उदाहरणसहित
देखाउने
२. कारक क्रम र विभक्ति क्रम सामग्रीको प्रयोगसहित देखाउने
कारक विभक्ति
कर्ता ले, बाट
कर्म लाई, कन
करण ले, बाट,द्वारा
सम्प्रदान लाई ,लागि निम्ति
अपादान देखि, बाट
सम्बन्ध को,का,की,रो,रा री,नो,ना,नी
अधिकरण मा,माथि
३. विभक्तिरहित अवस्थाम वाक्यको अर्थहीनता देखाउने ,जस्तैः—
राम भाइ झोला किताव राख्यो । म बहिनी बोलाएँ ।
४. विभक्तिरहीत अवस्थाका वाक्यहरुमा हुने अर्थपूर्णता उदाहरणसहित देखाउने ।
जस्तै ः–भाइ स्कुल जान्छ । म भात खान्छु ।
५. विभक्तिहरुको स्वतन्त्र अर्थहीनतालाई उदाहरणसहित देखाउने
जस्तै ः— को ..? ,लाई..? ना... मा....बाट..ले....निम्ति..? आदि
६.विभिन्न नामिक पद तथा विभक्ति चिह्नहरुका शव्दपत्तिहरु विद्यार्थीहरुलाई दिएर विभिन्न कारकीय सन्दर्भको
निर्देशनसहित शब्दपत्तिबाट वाक्य निर्माण गर्न लगाउने ।
कसकसले गर्ने ?
१. सन्दर्भ शैक्षिक सामग्री निर्माणमा अधिक भूमिका विषय शिक्षक ,विद्यालय र सहयोगी÷पूरक भूमिका
विद्यार्थीहरुको भई विषय शिक्षकको मुख्य निर्देशनअनुसार कक्षाकार्य गर्ने÷गराउने
२. शिक्षकले विद्यार्थीहरुलाई कक्षाकार्यमा सहजीकरण गर्दै विद्यार्थीहरुबाट अधिक सक्रियतापूर्वक
३. स्रोतव्यक्ति ,प्रधानाध्यापक, विद्यालय निरीक्षक,वियषविज्ञ तथा अन्य पत्यक्ष÷परोक्ष कुनै रुपमा संलग्न भए
अनुगमन ,राय÷सल्लाह÷सुझावसहित भाषिक प्रयोग कर्ताले
४. कक्षाकार्यको प्रतिफलका आधारमा पृष्टपोषण तथा सबलीकरणसहित अभ्यासका लागि गृहकार्य गर्ने÷गराउने
कहिले गर्ने ?
१. नियमित कक्षाहरुमा प्राय सबै भाषिक अभिव्यक्तिका लिखित वा मौखिक रुपहरुमा
२. नेपाली विषयका नियमित कक्षाहरुमा अधिक सचेतता अपनाई
३. ब्याकरण शिक्षणअन्तरगत विभक्ति शिक्षणका क्रममा अनिवार्य रुपमा
४. भाषिक प्रयोगका क्षेत्रमा अभ्यस्त बन्दा
स्रोत के ?
पाठ्यपुस्तक, ब्याकरणका सन्दर्भ सामग्री,पुस्तकालय, विभिन्न मातृभाषीहरुका जनबोलीका वाक्यहरु
सन्दर्भ÷उदाहरण, कक्षव्यबस्था, शिक्षक, प्रधानाध्यापक, स्रोतव्यक्ति, विद्यालय निरीक्षक ,समाज आदि क्षेत्रबाट
सामग्री संकलन र प्रयोग ।
प्रतिवेदन तयारी तथा प्रस्तुतीकरण
भाषा मानवीय गुण हो । यो आर्जित गुण पनि हुनुले प्रयोगको बारम्बारताले नै यसलाई शुद्ध तथा संबृद्ध बनाउँछ । मानिसमा भने अन्य प्राणीका भाषभन्दा अधिक भाषिक सामथ्र्य हुनुले उसका हरेक कार्यहरु यसैमा आधारित हुन्छन् । शिक्षाको बढोत्तरी ,भाषिक समथ्र्यको आधार ,साझा तथा मान्य भाषाको प्रयोगजस्ता ब्यबहारिक तथा सैद्धान्तिक कुनै पनि रुपमा भाषिक सवलताको विकास गराउन नेपालको विद्यमान शिक्षा नीतिले मूख्यतः अनिवार्य रुपमा दुई प्रकारका भाषालाई पाठ्यक्रममा समावेश गरेको छ । त्यसमध्येको एउटा भाषा नेपाली हो ।
निम्न माध्यमिक तहका विद्यार्थीहरुले नेपाली भाषामा आर्जन गर्ने क्षमता भनेकै भाषिक एकाइका विभिन्न विधाहरुबाट वोध ग्रहण र देखे÷जानेका,सुने÷बुझेका कुराहरुलाई सहज रुपमा अभिब्यक्त गर्ने क्षमताको विकास गर्नु हो । कलात्मक÷काव्यात्मक÷रागात्मक÷आख्यानात्मक÷प्रबन्धात्मक÷विचारात्मक अभिब्यक्तिका लागि सामथ्र्यको विकास गराउने हेतुले निर्धारण तथा निर्माण गरिएको निम्न माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रम÷पाठ्यपुस्तकबाट उल्लेखित क्षमताको अभिबृद्धिका लागि ब्याकरणका आधारभूत ज्ञानको पनि उत्तिकै महत्व रहेको हुन्छ र त्यसै महत्वलाई चरितार्थ गर्नका लागि निर्धारित पाठ्यांशमा विभक्तिको प्रयोगजस्तो ब्याकरणिक÷ब्यबहारिक सीपको विकास हुनु पनि उत्तिकै आवश्यक हुन्छ । जसका लागि विभक्ति शिक्षणको प्रयोग सम्बन्धी उल्लेखित चरणहरुबाट प्राप्त उपलब्धी÷परिणाम,प्रतिविम्बनको निष्कर्षसहित योजना कार्य सम्पन्न गरिएको छ ।
लेखाजोखा÷मूल्याङ्कन
।नेपाली भाषालाई मातृभाषाकै रुपमा ग्रहण गर्नेहरुका लागि विद्यालय तहमा आउने वेलासम्मको घरायसी÷पारिवारिक वातावरणले नामिक पदहरुको कारकीय प्रयोग एवं विभक्ति चिह्नले निर्धारण गरेको पदहरुबीचको अन्तरसम्बन्धका बारेमा स्वतस्फुर्त अभ्यस्त भई शुद्ध भाषामा वाक्य गठन गर्न सक्ने भएता पनि यस योजना कार्य प्रयोजनको विद्यालय र सन्दर्भ पृष्ठभूमि भिन्न प्रायः भएकाले अपेक्षित लक्ष पूरा गर्न धेरै जटिलताहरुको सामना गर्नु प¥यो । प्राय गैर नेपाली मातृभाषीहरुको पारिवारिक पृष्ठभूमि ,समूदायमा शून्य प्राय ः रहेको नेपाली भाषाको प्रयोग, सामाजिक ,साँस्कृतिक परिवेश पनि नेपाली भाषाभन्दा बढी अन्य मातृभाषा तथा अन्य भाषाको प्रयोगको बाहुल्यता र यसै पृष्ठभूमिबाट विद्यालय आएर नेपाली भाषाका सामान्य शब्द र अर्थको जानकारीमा सिमित रहेका विद्यार्थीहरुको पृष्ठभूमिले गर्दा आंशिक रुपमा मात्र लक्ष्य पूरा हुन सकेको यथार्थ स्वीकार्नु पर्छ ।
सामान्य अवस्था र अर्थ वोधका वाक्यहरुको गठन प्रक्रियामा कार्य सम्पन्न गरिसक्दा केहीहदसम्म सुधार भएको पाइयो तर विशिष्ट अर्थवोधका लागि समान रुपका भिन्न विभक्तिहरुको प्रयोग गर्ने तरिका एवं उस्तै विभक्ति रहेर पनि नामिक पदका कारकीय कार्यमा त्यसले पारेको प्रभावका वारेमा अधिकांश विद्यार्थीहरुको वुझाइमा पूर्णता हुन भने सकेको पाइँदैन । मूलत ः चतुर्थी विभक्तिका रुपमा प्रयोग हुने विभक्ति चिह्न लाई को प्रयोग गर्न स्पष्ट ज्ञानको विकास हुन नसकेको पाइन्छ ,त्यस्तै गरी बाट विभक्तिको प्रयोगका सन्दर्भमा पनि स्पष्ट धारणाको विकास हुन सकेको पाइएन । त्रित्तिया विभक्तिका कुनै पनि रुपको प्रयोगका लागि अझै स्पष्ट धारण तयः हुन बाँकी नै रहेको पाइयो । द्वारा विभक्तिको प्रयोग कर्तृ वाच्यमा हुन नसक्दा विद्यार्थीहरु अझै अलमलमा रहेको पाइयो । षष्ठी विभत्तिको प्रयोगले नामिक पदको कारकीय कार्यमा पारेको प्रभावका बारेमा भने स्पष्ट रहेको पाइयो ।
भषिक शुद्धता ,ब्याकरणिक संरचना ,अर्थगत स्पष्टताका लागि सहज पदावलीको संयोजन एवं ब्याकरणिक परिधि भित्रको प्रयोगको बारम्बारता नै प्रमुख आधार तथा प्रयास हुन्छ ।यसर्थ आर्जित उपलब्धीबाट प्रेरित गराउँदै विभक्ति प्रयोगमा रहेका अष्पष्टताहरु ह्टाएर शुद्ध प्रयोगमा बारम्बारता अपनाउनु पर्छ । हरेक अभ्यास पछिका उपलब्धीको मापन गर्दै देखिएका कमजोरीहरुलाई सच्याउँदै लैजानु पर्छ ।
शंकरप्रसाद सुबेदी
नि.मा.शि.तृ
जनपथ उ.मा.वि.
विराटनगर ,मोरङ
No comments:
Post a Comment