Saturday, July 11, 2020

हजार माइलकाे बाटाे

                                                      हजार माइलको बाटो (उपन्यास समिक्षा)
 
उपन्यासकार नारायण ढकालद्वारा लिखित, फिनिक्स बुक्सद्वरा २०७४ माघमा प्रकाशित आख्यानात्मक कृति हो ‘हजार माइलको बाटो’ उपन्यास । कलाकार राजन काफ्लेको आवरण कला रहेको यो उपन्यास ३८४ पृष्ठ लामो आकारमा रहेको छ । आवरण कलाले अमूर्त बिम्ब प्रस्तुत गरेको यस उपन्यासको पूर्ण आकारका ३८४ पृष्ठमध्ये अघिल्ला ६ वठा पृष्ट विषय प्रवेशभन्दा इतर पुस्तककै पृष्ठभूमिका केन्द्रित यस पुस्तकमा सातौं पृष्ठबाट औपन्यासिक पाठ्य विषयको आरम्भ रहेको छ । सातौं पृष्ठबाट ‘बीजाणु’ शीर्षकबाट लेख्य सामग्री शुरु भई आठांै पृष्ठको  पनि आधाभन्दा बढी भागसमम पुगेर मृत्यु महिमाका दुई पंक्तिमा अडिएर अन्त्य भएको छ ।
आख्यानात्मक लेखनका क्रममा पनि औपन्यासिक विषयलाई दुई खण्डमा विभाजन गरेर तयार पारिएको यस उपन्यासमा अघिल्लो खण्डमा १५ अध्याय र पछिललो खण्डमा ८ अध्याय रहेको र हरेक हरेक अध्यायभित्र पनि परिच्छदहरूम बिभाजित रहेको पाइन्छ । बीजाणु शीर्षकमा उपन्यासके समापन विन्दुकाझैँ लाग्ने रहस्य हुनु र दोस्रो खण्डलाई उपसंहार÷क्रमभङ्ग÷ संक्षिप्त अधिगल्प जस्ता नाम दिइएको छ ।
उपन्यास भन्नु नै जीवनको संपूर्णता पनि हो जहाँ समयभन्दा सन्दर्भ प्रवाह चमत्कारिक वेगमा वहनछ । समयावधि सीमित भएर पनि पूर्ण सन्दर्भ संयोजनले बनेका उपन्यासका दाँजोमा यस उपन्यासमा अवधिकाृ दर्घिता पाइन्छ । पात्र÷चरित्रको पृष्ठभूमि ६ दशकभन्दा अधिदेखि  जोडिएर आएको पाइन्छ वा भनौ नेपालको राजनीतिको त्यो अवस्थादेखि शुरु भएको छ जतिबेला पञ्चायति व्यबस्था र त्यसकै संरक्षणका लागि तयार हुँदै गरेको राजनीतिक÷साँस्कृतिक परिवेशबाट नै आख्यान बीजको उठान गरिएको पाइन्छ । मूलतः हिन्दु धर्मका नाममा चली आएको सनातन संस्कार र जतीय विभेदयुक्त परम्परामा पनि  अभिजात्यहरूको मनोमालिन्य, लैङ्गिक हिंसाको पराकाष्टबाटै सिर्जित कौतुहलताका औपन्यासिक बीजहरू प्रचुर रूपमा भेटिन्छन् उपन्यासमा । कामेच्छामा यौन र यौवन स्वीकृत भएर पनि जीवन भने बर्जित हुने जातीय विभेद र शोषणको   अब्बल दृष्टान्त बनेको छ काव्यको आरम्भमै ।
उपन्यास बीजको कारक गजेन्द्रनाथ अधिकारी भए पनि औपन्यासिक भूमिकामा उनी देखिंदैनन् । संभ्रान्त औ सामन्ती सोच भएका, क्रुर राणा शासककै विश्वासपात्र गजेन्द्रको दम्भबाट विषय सूत्रको उठान भएको धेरै पछि अर्थात पहिलो खण्डको अन्त्यतिर मात्र यो रहस्य खुल्दछ । त्यस्तै बिद्रोह बीजको अर्को रहस्य  नरेन्द्रनाथकी जेठी श्रीमती सावित्री हुन् । उनी अहंकारी पुरुष प्रबृत्तिको चरमअ यातनाका कारण आत्महत्या गर्न विवश हुन वा त्यस्तो देखाइएको मात्र हो ...?यकिन गनृ गारो छ । उनका पति नरेन्द्रनाथ र छोरा धीरेन्द्रको बयान मिल्दैन । जे होस चरम मानसिक यातना दिएकोसम्म साभलाख विचार देखिन्छ । उपन्यासको शुरुका केही सन्दर्भमा भाटभटेनी शव्दले उने सावित्रीलाई चिनाएको पाइए पनि तत्कालीन त्यस परिवेशमा त्यो नाम महिलाका लागि सुहाउँदो नदेखिने हुँदा एक्किन गर्न कठीन छ ।
नरेन्द्रनाथ अधिकारी यस ‘हजार माइलको बाटो’ उपन्यासका खलनायक हुन् । पञ्चायत कालका नामी प्रधानपञ्च, पञ्चायत बिरोध िआन्दोलन चर्किएका बेला प्रतिकार समितिमा रहेर आन्दोलन दबाउन हरतरहले लागेका भए पनि पञ्चायतको अन्त्य भएर बहुदलीय पद्धतिमा पनि बहुदलकै पक्षबाट शासकीय वर्चश्व कायम गर्दै गा.वि.स. अध्यक्षमा ने.क.पा. एमालेका तर्फबाट विजयी प्रभावशाली नेताका रूपमा स्थापित, द्वन्दकालमा बिद्रोही शक्तिसन्ग साँठगाँठ गरेर आफ्नो स्वार्थ प्ररा गर्न निकै सीपालु र सफलतासमेत पाएका व्यक्ति हुन् तर गुढ चरित्र दानवीय भएका सामन्ती , स्त्री लम्पट पात्र हुन । जसले दोस्रो विवाह वैध रूपमा नै कमलासँग भएको भए तापनि आफ्नै आश्रयमा रहेको धुर्बे कामीकी पत्नी सुनतलीलाई जाल वा प्रलोभनमा पारेर वेलाबखत सहवाससम्म गरेको बाबु हुनुको बैद्यता धुर्बे कामीले लिनु परे तापनि नरेन्द्रको रगत रहेको सन्तान दिलबहादुर जन्मिए पनि यसै कारणबाट धुर्बे÷सुन्तलीको पारिवारिक कलह बढेर विक्षिप्त हुँदै धुर्बे भौतारिएर विदेशिएको र भारत प्रवासमा बेखबर झैँ बनेर रहेको छ । नरेन्द्रकी कान्छी पत्नी कमला डुक्रे पानी नेउपानेकी छोरी मातृत्व र ममतामा त्यति धेरै विवादित पनि छैनन् । सौतेनी सन्तान धीरेन्द्रप्रति पनि उनमा उस्तो ईश्र्या भाव पाइँदैन साथै धर्मेन्द्र र खगेन्द्रकी आमा पनि हुन कमला ।
उपन्यासकी पात्र माइली दिदी आश्रयहीन अवला नारी पात्र हुन । नरेन्द्रको सम्भ्रान्त परिवारमा आश्रय लिई बसेकी सेवीका माइली दिदी हरेक घटनाकी मुक दर्शक मात्र र नरेन्द्रका खुसीमा रमाइदिने सहयागी मात्र हुन । अन्जु लिम्बु नामले देखा परेकी पात्र तेह्रथुमका सिटौलाकी छोरी झापामा बसोबास गनेृ भए तापनि प्रधानपञ्च नरेन्द्रको कुटील प्रेमको शिकार भएकी पात्र हुन । जसमा उत्साह हैन नैराश्यता र प्रायः विपत्ति मात्र प्राय पाइन्छ ।
नरेन्द्रका पारिवारिक कुराहरूको सौम्य बैसौम्य भावात्क रूपमा जे भए तापनि नरेन्द्रको सामाजिक प्रतिष्ठा र सन्ततिको भविश्यप्रति सजक नरेन्द्रले छोरन धीरेन्द्रलाई राम्रो स्कुलमा पढाउने बाबुको चाहाना अनुसार नै स्कुल छनौट गर्दा तत्काल नाम चलेको स्कुल काठमाण्डौकै  आनन्दकुटी विद्या पीठ रोजाइमा प¥यो ।र धीरेन्द्रलाई त्यसै स्कुलमा भर्ना गरेको थियो खेमराज पण्डित भूमिकाका हिसाबले असल काम तथा जिम्मेवारी लिन्पर्दा पनि  चिन्ता नगर्ने पात्रका रूपमा त्हीँ रहेका छन् । असल शिक्षक खेमराज पण्डित, छात्राबासका वार्डेन त्रिरत्न बज्राचार्य, गलत आचरणका विद्यार्थीलाई आश्रय दिने पाले बेखमान र इमान्दार पाले हाकुलाल कपटी पाले सहित होस्छमा बसोबास गर्छन् ,आनन्द कुटमिा पढ्दा धीरेन्द्रछात्रबासमा बस्ने गरेका र उनको एउटा मीलनशारसार साथी पनि थपिएकाले उसको जीवनमा केही रहस्यहरू पनि रहेको पाइन्छ ।  त्यसै जवान ब्रजेस लाठेलाई आश्रय कर्ता मानेर आफ्नो स्वार्थ घटाउन खोज्छ । धीरेन्द्र पनि उत्साहित नै देखिन्छ । धीरेन्द्रकी बाल शखी गोमा थापा धीरेन्द्रलाइृ एकोहोरो प्रेम गर्छे तर ब्रजेशमा भने धीरेन्द्रको दुव्र्यसनी साथी शिवाय केही भ्रमिका पनि देखिन्न । उपन्यासमा आनन्दपुर, हरिहर तीर्थ, जगदम्बाजस्ता ठाउँ विशेष र मनोहरा नदीको सन्दर्भ सुहाउँदो बर्णनले भने कौतुहलता थपेको पाइन्छ ।

गलत आचरण्का कारण आनन्दकुटी विद्यापीठबाट निकालिएपछि नरेन्द्रले धीरेन्द्रलाई पद्मोदय हाइ स्कुलमा भर्ना गयिरदिएर आफ्ना पुराना विश्वासपात्र शिक्षक वसन्तकाृ आश्रयमा धीरेन्द्रलाई राखेका भए तापनि वसन्त आफैं जुवाडे लत लागेका हुनाले धीरेन्द्रको निगरानी हुन सकेन । पढाइमा प्रगति भएन । त्यहाँ उसका असल साथी सुजन भयो भने आबारा गुण्डा बिक्रम राईको यातना उसले सहनु प¥यो । बिक्रम त्यस बेलाको मण्डले गुण्डा हो सत्ता शक्तिको आडमा समाजकै पीडक । मायादेवी निरीह पात्र हुन रूपमा राम्री र थरमा श्रेष्ठ तर मण्डले बिक्रमको एकतर्फी अधिपत्य छ बिना स्वीकृति पनि । समाज नै त्रस्त हुनु पर्ने बिडम्बना छ । मीठाराम धीरेन्द्रको अर्को साथ िहो आख्यान सहजका लागि बढ िप्रयोग हुने । बेदुराम मामा पनि उस्तैमात्र हुन।  हेमबहादुर साथीमात्र हैन धीरेन्द्रको अहिले संसद नै भए पनि खास प्रगतिको पथप्रदर्शक बनेको पाशइँदैन । दिलबहादुरले पसलमा बारम्बार भेटिरहने केटी पवित्राले एकछिन पाठकलाई शंकागर्ने ठाउँ खुकुलो पारिदिन्छे । राधाकृष्ण पौडेलको धीरेन्द्रपै ितयथेष्ट सहानुभूति छ , उन िविद्यालयका अध्यक्ष हुन र धीरेन्द्रलाई प्रधानाध्यापक बनाउने सफल व्यक्तित्व पनि ।
बालक धीरेन्द्रलाई अवोध ठानी बेपर्बाहकासाथ भएको नरेन्द्र कमलाको रासलीलाबाट मनोवैज्ञानिक बिद्रोहको बीजारोपण भई उठेको उपन्यासको बीजले रासलीला अभ्यासलाई निर्बस्त्र योगाभ्यासको रूप भनी कौतुहलता सिर्जना गर्दै गायत्रीले धीरेन्द्रपैति राखेको एकोहोरो प्रेम र प्रसताव, मनले नचाहेको मान्छेसँग प्रणय बन्धनमा बाँधिनुभन्दा बच्नका लागि भावात्मक नभए पनि देखावटी ढालका रूपमा मात्र भए पनि प्योग भैदिन धीरेन्द्रलाई गरेका आग्रह र राखेको आसा, अर्कैसँगको सहवासमा पनि लोचन बनद गरेर आफ्नै मनको राजासँगको सहवासको आनन्दको अनुभूति र तत्क्षणको ग्रहणको गर्भसमेत मनकै राजाको ठान्ने आत्मरति जस्ता कौतुहलता पनि छने उपन्यासमा । हृदयानुभुत प्रेमीको कट्टुमात्र धुन पाउनु पनि आनन्द ओ गर्वको हनुभूतिले छुट्टै उत्कर्ष पहिल्याउाछ उपन्यासमा ।
अचेतन मनभित्र पनि दया, करुणा र सहानुभूति पाइन्छ आफ्नै साथी पूजन (माओवादी मोर्चाको युद्धवीर क. पवन) बाट  बालसखी गायत्रीका पति प्रमुख सेनान िगणेश कार्कीको चिसापान िआक्रमणमा भएको मृत्युबाट खोसिएका गायत्रीका खुसीप्रति सहानुभूति र मौन प्रेमालाप छ धीरेन्द्रसँग धीरेन्द्र÷गायत्रीको ।
द्वन्दकालीन समयका जन अदालतका प्रमुख हुन् शेरसिंह तामाङ । राज्य व्यबस्थाको तत्कालीन कानूननले खार्न नसकेको रहस्य उसबेलाको उन्माद र अवसरका कारण एउटै बाबुका पनि रगतका मात्र सन्तान र रगत÷जगत दुबैका सन्तान दिलबहादुर र धीरेन्द्र हुन् । आफ्नै बाबुको यस हर्कतबाट आक्रानत बनेका धीरेनद्रकै प्रयत्न र पहलबाट जनकार्यबाहीको दायरामा नरेन्द्रलाई ल्याएर नरेन्द्रले दिएको साबुती लिखित बयान आउँदा उपन्यास उत्कर्षमा पुगेको छ । त्यसपछिको घटनाका बारेमा कौतुहलता पाठकमा भन तीब्र भए पनि रहस्यकै गर्भमा रहन्छ । उता एउटी नारीकालागि जीवनमा सिन्दुरको महत्वको दाँजोमा मूल्य फिका भएझैं प्रतीत हुन्छ । व्यक्ति बर्चस्वका आधारमा आधुनिताभित्र पनि आदिमताकै प्रतीत खहुनछ सहवासको रहस्य ।
सोरौं अध्याय अर्थात उपनयासको दोस्रो खण्डमा पुग्दा अघिका सन्दर्भ सवालमा देखिएका कौतुहलताका क्रमिक श्रृङ्खलाहरू ओझेल परेझैं लाग्छ । स्वैर कल्पना, तिलस्मी, अपत्यारिला चमत्कारिक चिन्तनहरू देखिनुले अघिल्लो खण्डमा भएका द्वन्दात्मक चिन्तन र प्रयोग शिथिलमात्र होइन लुप्त प्रायः बनेको छ उपन्यासमा । अधिकांश मिथकीय प्रतीक र चरित्र देखा पर्नु र दृष्टिविन्दु पनि अस्वभाविक रूपमा द्वित्तीय पुरुषको बढी प्रयोग एवं समयक्रममा द्वित्रीय र त्रित्तीय पुरुषको संवादमा पैथम पुरुषको कथन भएर पनि पात्र लुप्त रहनु उपनयास लेखनको भिन्न स्वरूप र शैली बन्न गएझैं लाग्छ तर अघिल्लो सन्दर्भले हाँकेर ल्याएको अविश्रान्त कौतुहलता भने धान्न सकेको पाइँदैन ।



No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...