बिश्रान्ति मन्दिरमा एकदिन
कुरा २०५० साल पौषको हो ।उस्तो उल्लेख्य काम नभए पनि मधेश÷पहाड गर्ने क्रममा म पहाडतर्पm लाग्दा धनकुटाको मुलघाटमा बेलुकी बास बसेर भालिपल्ट बिहान विश्रान्ति मन्दिरको दर्शन÷अवलोकन पनि गर्ने विचारले त्यतैतिर गएको थिएँ । यसो त मुलघाटमा त्यसताका उस्तो बास बस्न लायक ढङ्गलेमात्र नभई काम चलाउकै ढङ्गले पनि होटल लजको ब्यबस्था भएको थिएन ।मोटर बाटो बनेपछि पैदल हिंड्ने बटुवा पनि उत्तिको हुँदैनथे , स्थानीय बाहेक । त्यसैले पनि कुनै समय बटुवाले चम्का लाएर भात पकाई खाने र आफ्नै साथमा भएका राडी÷खास्टोले पाटीपौवा तथा रुखका फेदमा रात गुजार्नेहरु अब त्यहाँ हुँदैनथे ।म मेरी दिदीको डेरामा बास बसेको थिएँ । भिनाजुको जागिर सडक बिभागमा हुनाले र त्यसको कार्यलय पनि त्यहीं रहेकाले कर्मचारीका लागि बासस्थानको ब्यबस्था पनि कार्यालयले नै गरेको हुँदा त्यही ठाउँमा भिनाजु,दिदी,भान्जा÷भान्जी समेत बस्ने हुनाले त्यही क्वाटरलाई मैले डेरा भनेको हुँ ।
धनकुटा मुलघाटको बिश्रान्ति मन्दिर सायद उस्तो उल्लेख्य मन्दिर मानिदैन नै क्यारे त्यसैले मैले पनि मन्दिर जाने बाहाना मात्रै गरेको हुँ समय बिताउनलाई त्यसैले कुन देवदेवीको मन्दिर हो ?के कस्तो पूजा परम्परा छ ?त्यो मलाई थाहा पनि भएन र थाहा पाउने कुनै प्रयत्न पनि गरिन । मन्दिरको प्राङ्गणको डीलको (तमोर नदीतर्फ) होचो पर्खालमा बसेर तमोरको भङ्गालोतर्पm नै नियालिरहेको थिएँ ।पुषको महिना , बिहानको ठीही ,नदी किनारमा बहने चिसो सिरेटो सहेर बगरमा बग्रेल्ती भएका ढुङ्गाजस्तै बग्रेल्ती सोचाइहरु मेरो मनमा पनि आउँदै थिए । बेलाबेला पश्चिमतिर तमोरको पुल पट्टि पनि आँखा तानिन्थ्थे तर केहीको पनि उस्तो चासो राखेर भने होइन ।तमोर वारिपारिका बनजङ्गलहरुको बैंश ढल्किएर उराठिन थाले भैंm हरियाली पनि हराउन लागेको थियो । चौबीसेको डाँडामाथिबाट रविकिरणले पनि तमोर किनारतिर हाम्फाल्दै गरेझैं देखिन्थ्यो । झलमल्ल भएर बगर रापिइसकेको नहुनाले पनि रुपी, धोबिनी, ढुकुर र अरु त्यस्तै खोला किनार र वारिपारिका आदिबासी झैं बनेका चराचरहरु पनि बगरका ढुङ्गाहरुमा बसेर रश्मी किरणले बर्षाएको न्यानो पन ताप्दै उङ्न थालेका थिए । म पनि पंक्षीको त्यो निमग्नताबाट आपूmलाई आल्हादित तुल्याउँदै तमोरको पुलतिर गौर गरिरहेको थिएँ । हेर्दाहेर्दै पुलको दक्षिणतिरबाट एउटा बस उत्तरतर्पm हुँइँकियो । देख्दा बसको छतमाथि समेत मानिस टनाटन भए झैं देखिन्थ्यो । त्यसैभित्र मिश्रित आवाज , सांगीतिक उमङ्ग एवं अमूर्त होहल्लाको ठूलो खलबलसहित बस दौडँदै धनकुटातिर जाने उकालो बाटो छाडेर बिश्रान्ति मन्दिर जहाँ म बसिरहेर यी सब तमासा हेरिरहेको थिएँ त्यतै नै आयो र मन्दिरको छेउबाट तमोरको बगरतर्पm लाग्यो । यसै पनि पुषको महिना प्रायः चहुरको हरियाली हराउँदै गएको वेला त्यसमा पनि खोलाकिनारको बालुवाले ढाकिएको बगर हुनुले फाट्टफुट्ट सुकेका झारहरुबाहेक केही नभएको ठाउँमा गएर बस रोकियो । छतमा भएका तथा बसभित्र रहेका सबै मानिसहरु पनि ओर्लिएर ठूलो जमात नै बन्यो । प्रायः उस्तै , एकै उमेर समूहका युवा पुस्ताका दौंतरीहरु मात्रै त्यहाँ बनभोजका लागि आएको दृष्य आफैं वोलिरहे झैं लाग्थ्यो यद्यपि म बसेको ठाउँबाट निकै गौर गरेर हेरे मात्रै मान्छे चिन्न सकिने हुनाले कसैलाई निक्र्योल गर्न सकिरहेको पनि थिइँन वा भनौ मेरा पूर्व परिचितहरुको जमात पनि त्यो थिएन । बगरमा झुण्ड झुण्डमा बिभाजित भएर सबैले केही न केही गरिरहेकै झैं देखिन्थ्यो । कोही आगो बाल्दै थिए कोही पानी ल्याउँदै थिए वा त्यस्तै अरु पनि के के गर्दै थिए । दुई जना युवाहरु संयोगवस म भएतिरै आए , उद्देश्य नै त केही भए जस्तो पनि देखिंदैनथ्यो । नजिकमा आएपछि ठह¥याएँ एक जना त मेरा पूर्व परिचित मित्र नै रहेछन् ,भलाकुसाी पनि भयो । बनभोजको टोली धरानबाट आएको रहेछ । उता बगरमा काम गर्नेहरु उसरी नै ब्यस्त देखिन्थे । एकछिन हलुका सन्नाटा छाए झैं भयो । विहान कति वेलादेखि चिसो सहेर बनभोजको यात्रामा लीनरहेका हरुको जठराग्नी प्रबल भएर होला चिया ,खाजा केही खाए र पुनः सांगीतिक झन्कारका साथ काममा जुटे । उनीहरुको त्यो उमङ्गको स्रोता दर्शक नै भएर निर्भय एवं निशंकोच एउटा घोर्ले खसी घाम तापेर उग्राइरहेको थियो जुन उनीहरुको बसयात्रमा समेत सहयात्री भएरै आएको थियो ।
ठूलो तमासा हुन लागे भैmंः मानिसहरु चहलपहल गर्न लागे । युवापुस्ताकै भए पनि महिलाहरुको जमात अलगियो र केही पर पुग्यो । पुरुषहरुको पनि ठूलो जमात एकातिर बसेर रमिता हेर्न लाग्यो भने ५÷७ जना जति चाहिं उही घोर्ले खसीलाई लिएर चम्कामाथि ठूलो भाँडो बसालेको ठाउँको छेवैतिर गए ।कसैले खसीलाई पानी छ्याप्न लागे । एउटाले खसीको गलामा बाँधिएको डोरीको एकछेउ समातेर खसीलाई सहज रुपमा डुल्न दिए भैंm यताउति हिंडायो । अर्को एक जनाले पछाडि पट्टिबाट दुबै खुट्टाको बीचबाट पर्नेगरि खसीको भुंडीसम्म भिज्ने गरी पानी छ्र्याप्यो र पुनः टाउकोमा पनि पानी खन्यायो । अर्को छेउबाट अर्को जनाले हातमा कुनै भाँडो बोकेर खसीतिर नियालिरहेको थियो ।उता अर्को एकजना भने हातले समातिरहेको कत्तिलाई माथि उठाएर फर्काई फर्काई हेर्दै थियो । त्यति नै बेला कत्तिको चम्किलो धारमा ठोक्किएर फर्किएका रश्मी रेखाहरु मेरो आँखासम्म झस्काउन आईपुगे । अर्को एक जनाले अलिक मोटो खालकै दाउरो समाएर मिलाउँदै भुइँमा राख्यो । उता खसीले जीउलाई भु..र्र..पारेर पसर््िायो ,टाउकोलाई अलिक माथि उठाएर फड्कार्दा कानसमेत हल्लिएको प्रष्टै देखिन्थ्यो ,कान फड्रकारेको आवाज फटट्ट आयो । । बिचरा ! त्यो मुक प्राणी खसीलाई त्यसबेलाको त्यति धेरै लाडप्यारको फकाइमा लुकेको रहश्य आफ्नै जीवनको इतिश्रीको महात्म्य के थाहा र ? जता लगेपनि ऊ बिना बिमति गइ नै रहेथ्यो । डोरी समाउनेले अघि अर्कैले मिलाइराखेको दाउराको दुबैतिर अघिपछिकै एकएक खुट्टा पर्नेगरी खसीलाई उभ्यायो ,अर्कोले पछाडिका दुबै खुट्टालाई एकएक हातले समायो , हातमा कत्ति हुनेले तैनाथ भएर कत्ति उज्यायो । क्षणिक रुपमा नै भए पनि मौनता छायो ।भीडबाट कसैले फेरि भन्यो “हडबड नगर है ..! ”फेरि कसैले थप्यो “जोडले छप्का..ऽ..,”उज्याएको कत्तिको धारमा परेको रश्मीको झिल्का कसरी हो कुन्नी मेरो आँखासम्म झिलिक्क गर्दै आयो ,हठात कत्ति सखीको घाँटीमा बजारिन पुग्दा घाँटी छिनेर टाउको एकातिर र शरीर अर्कोतिर भएर खसी पुर्लक्क भुइँमा लड्यो । यसबेला खेलाडीले खेलमा गोल गर्दा रमिते रमाए झैं उल्लासपूर्बक है....ऽ....ऽ...गरेर सामुहिक रुपमा नै ठूलो आवाज गुञ्जियो । उत्तिनेै वेला मेरो पछाडिपट्टिबाट “च्व..च्व...च्वच्व ! बिचरा..! सरासर बैकुण्ठ जाओस..है...!” भन्ने मलीन आवाज आयो ।उता लडेको खसीलाई थिच्नेहरु बल गरेर थिच्दै छिनेको खसीको शरीरपट्टिको भागलाई कुनै भाँडोमा अड्रयाएर रगत थाप्दै थिए । यसवेला त्यो सहज भएर पनि अजीब झैं लाग्ने दृष्यलाई नियालिरहेको मेरो सारा ध्यान हठात त्यही मलीन आवाजप्रति केन्द्रित भयो । उताको रमीताभन्दा यताकाको जिज्ञासा प्रवल भएर म त्यतैपट्टि फर्किएँ ।
अघि बस छेवैबाट बगरतिर झर्दादेखि नै मेरो सारा ध्यान उतैपट्टि केन्द्रित हुनुले आपूm वरिपरिलाई समेत मैले पर्बाह गरिनछु । मेरो छेवैमा पछाडिपट्टि फ्याङ्लो गुन्द्री बिछ्याएर बसेका ,पहेंलो रङ्गको धोती र कमिज लगाएका ,कालोफुस्रो गालागलासमेत छोप्ने उनीको टोपी लगाएका ,अनुहारमा देखिने दारी,जुङ्गा तथा आखिभौंका परेला समेत सेतै फुलेका,पुरानो मैलो खास्टो घम्लङ्ग पारेर ओडेका, दुब्लो पातलो हुनुले चुस्स परेको अनुहार,ललाटमा सेतो श्रीखण्डको चन्दन लपेटेर मानौ कुनै योगी झैं आसन जमाएर पुषको पहारको रापले केही न्यानो अनुभव गरे झैं देखिए पनि ओठमा कलेटी परेर मुखबाट धुवाँ उडेसरि बाफ उडाइरहेका एक बृद्ध बा ! कहिले बगरको तमासातिर त कहिले खास्टोभित्रैबाट दायाँहत्केला माथि उठाएर त्यसैमाथि निधार अढेस लगाउँदै केही सोचमग्न भए झैं देखिए ।यसवेला म पनि उनीतिरै मुण्टो फर्काएर बसेको हुनाले उनका र मेरा आँखा जुझे । कसले पहिले वोलाउने भन्ने असमन्जस्यको अवस्था बन्यो । मैले आफैंले वोलाउन शुरु गरें “ बा..ऽ..तपाइँ पनि यसै आश्रममा बस्नुहुन्छ?”“यहीं बस्छु बाबु !” बुढाले जवाफ दिए ।यसबेला हामी दुबैका आँखा उही बगरतिर डोहोरिएका थिए । “ बा ! तपाइ त सँधै यहीं बस्ने मान्छे , यहाँ सँधै यसरी नै बनभोज र रमाइलोका लागि मानिसहरु आइरहन्छन् होला नी ?” आफ्ना आँखा बगरतिरै डोहोरिएकै भए पनि मैले उनलाई प्रश्न राखें । “कहिले धेरै पनि हुन्छन् कहिले सुनसान पनि हुन्छ । तर यसबेलाको यहाँको जाडो सारै तिखो छ बाबु !घाम नलाग्दा त बाहिर बस्न पनि सकिंदैन र यताको उस्तो ख्याल पनि हुँदैन । आज चाहिं बिहानदेखि नै हुस्सु फाटेर घामको झुल्को देखिएकाले घाममै सेकिनु प¥यो भनेर बाहिर निस्केको नभए त भित्रै बस्यो गुँडुल्कियो अनि के पो थाहा पाउने र ?” बुढाले आफ्नै विवसता सुनाए ।
उमेर÷अवस्था,भावभङ्गी,चेहरा, पहिरन,वोलीब्यबहार सबैसबैले बुद्धावस्था भएका ,त्यस्तै मानिसका लागि त हो नी बृद्धाश्रमहरु बनेका र उनी पनि त्यहीं आई बसेछन् । अरु प्रायः सबै सन्दर्भ अवस्थाले जीवनको उत्तरार्धका पनि पछिल्ला दिनतिर पुगे झैं बृद्ध देखिए पनि मुखमा दाँतका लहरहरु भने सामान्यावस्थामै हुनुले वोलीमा गलाको कम्पनले बुढौलीको संकेत गरे पनि प्रष्ट वोल्दथे । टाढाको रमीता हेरेर रमाउनुभन्दा बरु यिनै तपश्वीसङ्ग संगत गरे तत्वज्ञानका रहश्यहरु भेटिएलान कि झैं लागेर म उनैसंग कुराकानी गर्न उत्साहित भएँ र भने “बा ! तपाइँ यहाँ कहिलेदेखि बस्न आउनु भएको .....?”“खै..ऽ भयोहोला ७÷८ बर्ष ”धेरै मन नलगाएरै भए पनि त्यतिसम्म बुढाले भने । मलाई उनका बारेमा अरु जान्ने इच्छा बढिरहेको थियो ।अनि उनलाई फेरि सोधें “घर चाहिं कहाँ होला नी तपाईंको ?” खास्टो भित्रबाट दायाँ हात बाहिर निकालेर दायाँ खुट्टाको पलेंटीको घुँडामा कुइनो टेकाएर हत्केलामा निधार राखेर अनुहार लुकाए ,हत्केलाबाट नहटाइकन मुण्टो हल्लाए ,एकछिन घोरिएर के सोचे कुन्नी हत्केलालाई बायाँघुँडातिर लडाएर शीर ठाडो पारे ,यसवेला उनका आँखा शालीग्राम कुंदिए झैं भएर चर्लुम्म डुबेका थिए ।दुबै ओठ दोबारेर मुखभित्र लगाउँदै चुसे जस्तै गरेर आँखा चिम्म गरेर एकछिन चिम्लिंदा अघि शालीग्राम डुबाउने अश्रुपातका थुङ्गाहरु प्ूाmलका पत्रहरु छरिएर झरेझैं बरररर गरेर झरे । नाकका पोराहर फुले ,वोल्न खोजेका शब्दहरु घाँटीमा अड्किए झैं भक्कानिएर भने “कर्मको खेल रहेछ बाबु ! हातपाउमा बल बोकेर बाँचुञ्जेल भाग्य खोज्न भोट मुङलान धाउँदै बितिगो , मरेपछि त कहाँ हुनु र घर ?”
अनुहारमा मलिनतासङ्गै वोलीमा करुणा भरिएका शब्दहरु उनले भने तर मलाई उनले भनेका कुराको भेउ पाउन गाह्रो भयो ।भनाइको आसयसम्म अड्कल लाउँदा कुनै न कुनै अप्रिय घट्ना र त्यसबाट उत्पन्न परिस्थिति नै उनको बृद्धआश्रमको अबस्था हो भन्ने लागेर मैले जिज्ञासा र विनम्रतापूर्वक फेरि सोधें “ के भन्नुभाको बा !मैले बुझ्नै सकिन त प्रष्ट कुरा ? मैले यहाँ आउनु अघिको तपाइँको घर पो कहाँ हो भनेर जान्न चाहेको त, यही कुराले चित्त दुखेको भए माफ पाऊँ बा ...?भन्दिनुस न मलाई घर कहाँ , परिवार के कति कहाँ कसरी रहेका छन् ?” मेरा यतिका कुरालाई उनले के कसरी बुझे कुन्नी , उस्तो उत्साह नदेखाएरै भए पनि अलिअलि कुरा भने करैले भने “मेरो घर मादी मूलखर्क हो , के पत्रिकामा छपाउन खोजेको हो बाबु ..? त्यसो हो भने अरु मलाई केही पनि नसोध , म पत्रिकामा आफ्नो दुःख देखाउँदिन ...”पत्रिकासङ्गको उनको कस्तो संबन्ध हो वा आफ्नो जीवन कथा सार्बजनिक नगर्ने मात्रै धोको हो मलाई थाहा भएन तर म पनि उनले आफ्नो घर भनेतिरैको हुनाले झन उनको जीवनप्रतिको उत्सुकता बढ्यो र भने “त्यस्तो पत्रिकामा दिने छपाउने गरी मैले सोधेको होइन, मात्रै आफैंले जानीराख्न खोजेको मात्रै हो । मेरो पनि घर उतै हो बा !भन्नुस त मादी मूलखर्क कहाँनेरी हो ? अनि के थरी पर्नु भो ? ” “उता कहाँ हो त बाबुको घर ? अनि यहाँ कताबाट कति कामले आउनु भो ?” मेरा प्रश्नको जवाफै नदिई मलाई उनले प्रतिप्रश्न राखे । मैले आफ्नो बेलिविस्तार छोटै रुपमा लगाएर भए पनि आफ्नो चिनारी दिएँ ।उनले के कति चिने ...बेला बेलामा अँ..ऽ..अँ भन्दै मुन्टो हल्लाए र मलाई भने “साँच्चै सुन्ने त बाबु मेरो कथा..?” मैले सुन्ने जिज्ञासा राखें र उनले आफ्नो कथा भन्न शुरु गरे ः—
“मादी मूलखर्कको म दाहाल बाहुन हुँ ,जन्माए, जन्मिएँ, योचोला रह्यो । त्यहीं हँुदाहुँदी दुःख जीलो गरेरै गुजारा चलाएको थियो । म एक्लो छोरो, उसवेलाको जमाना, पढ्न लेख्न उस्तो जाँगर पनि लागेन, लागे पनि कसले पढाउँथ्यो र ?कर्मकाण्डसमेत सिकिएन । आफ्नो सम्पत्ति भनेको त्यही घरबारी र अलिअलि पाखो पखेरो मात्रै थियो । अर्काकै जग्गा भए पनि अधियाँ कुतियाँ कमायो, बुझायो, चलेकै थियो । १६ बर्षको हुँदाउँदी विहे गरिदिए । समय बित्दै जाँदा दुई छोराको बाबु पनि बने । खाने मुख बढे , आम्दामी बढ्ने केही पनि थिएन । बा ,आमाको एकैसाल चोला उठ्यो, रिनधार गरेरै भए पनि बर्ष दिनको कामसमेत उतारें । गाउँका साथीभाइ प्रदेश जान्थे ,फर्की आउँथे , घरखर्च टारेको देख्थें , मलाई पनि प्रदेश गएर कमाइ ल्याउँछु भन्ने लाग्यो र आसामतिर लागें ।घरमा दुई छोरा र तिनीहरुकै आमा मात्र । उसको पनि उमेर चढ्दै उमेर थियो र पनि धर्म थामेर घर चलाएकै थिई । वेलावखत अरुकै हात भए पनि खर्चबर्च पठाउँथे , आफू बर्षेनी आउँदिनथें , एकदुई बर्षको फरक पारेर मात्रै आउँथे । तेस्रोपटक हो म घर फर्की आएको । घरखर्च भरथेग गरेरै भए पनि लोकका लागि प्रदेशबाट कमाइ ल्याएको देखाउन नारीमा ‘जोसमार’ घडी बाँधेको थिएँ । केही दिन सङ्गै बसियो रमाइलो भएरै बितेको थियो ,तर सँधैभरि घरै बसेरमात्रै गुजारा नचल्ने , म फर्किन लागें फेरि आसामतिरै । उसलाई पनि घडी बाँध्ने कत्रो रहर रहेछ , घडी छाडेर जा भनी , मैले पनि सोखले बाँधेको,रहर पुगेकै थिएन ,छाड्््््््न मानिन । यसै निहुँमा हाम्रो झगडा भयो , अमिथ्य वचन लगाई र भाँडभैलो गरी । मैले पनि रिस थाम्न सकिन ..., बिचरा बालख छोराहरु गाली गरुञ्जेल त टुलुटुलु हेरिरहेथे ....पछि आत्तिएर रोए पनि ...., मैले पर्बाहै नगरी हिंडें । उसका वेलीले मेरो पनि चित्त काटियो । कति रहरले नाडीमा बाँधेको घडी फुकाल्न नमान्दा स्वास्नीले हानेको छेडले पटक पटक मुटुमा चस्का हानी रह्यो । यता कसैलाई खुट खबरै नदिई पर्देशिए पछि धेरै बर्षसम्म उतै बरालिएँ ।
यता गाउँघरकलाई त हाम्रो घरझगडा के थाहा र ? सबै आ–आफ्नै सुरमा गरिखान ब्यस्त ,कसैले मेरो घरपरिवार प्रति चासो पनि देखाएनछन् । म हिंडेको डेढबर्ष पनि नबित्दै उसले अर्कैसङ्ग विहे गरिछ । बालख छोराले के गर्नु र साथै लगिछ पनि । गाउँघरका इष्टमित्रले हिंडेको थाहा पाए पनि म आफैं नै बेखबर भएकाले कसैले थाहा दिन सकेनछन् । उसको अमिथ्ये वोलीले पाकेको मेरो मनको घाउ पनि दुखिरह्यो,म पनि आफ्नो थातथलो सम्झिएर धेरैबर्षसम्म नै फर्किइन । उसले लिएर हिंडेका छोरा त मेरा थिए ,आमा नै अर्कासङ्ग गएपछि बिचरा ती अज्ञानी बालखले कति कष्ट सहेहुन् ? झड्केलाबाबुले के माया गरेर कतिदिन पो पाल्यो होला र सुख दिएर .....! तर बाबु आफ्नो भाग्यमा लिएर आएपछि लेखेको जति सहनै पर्दोरहेछ र पाइँदो पनि रहेछ । उसबेलाको औलाको घानीतिरै लिएर झरेकी भए पनि दैबले नै हात थापेर त होला नी बलबर्गत पुग्ने भएर आफैं गरिखान सक्ने नै भएछन् । ”
“म बाह्र जिल्ला आसाम सबैतिर बरालिएर घुमे , जता गयो उतै ग¥यो खायो , एक्लो ज्यान न थियो । भविष्य नसोची धेरै बर्ष बिताएँ । बल्ल चित्तको घाउमा खाटा बसे झैं भयो , जहान परिवार , साथीभाइ , गाउँघर , आफैंले बालापनदेखि खाइ खेलेको पाखा पखेरो सबैसबैको झल्को आउन थाल्यो । जाबो एउटा घडीकै निहुँमा लोग्नेस्वास्नीमा कत्रो कटाक्ष भन्ने लाग्यो ,उसवेला टुलुटुलु हेरिमात्रै रहेका र आखिरमा कहालिएर रोएका बालक छोराहरुको सम्झना आँखाभरि आयो ।गाउँघरकै मायाले खिच्यो र फर्किआएँ आफ्नै गाउँतिर । उसवेलाका मेरा दौंतरीहरु कति बसाइँ सरेछन् , कति मरेछन् , बाँकी भएकाहरुले पनि यतिका बर्ष खुटखबर नआएकाले मलाई बिर्सी नै सकेछन् ।उसवेला मैले छाडेर हिंडेको झुप्रो सम्हाल्ने कोही नहुँदा पहिल्यै भत्किसकेछ । मलाई आफ्नो थातको हेक्का थियो , गएर हेर्दा बारी पाखो गौचरन भएछ , घर भत्केको ठाउँमा थुम्को र त्यसैमाथि तितेपाती र काँडाघारी भएछ । गाउँघरमा पनि आफ्नो चिनारी दिएर मात्र वास पाएँ। आफ्नी स्वास्नी र छोराहरु कथा जस्ता मात्र भए । बर्षको एक्किन गर्न कसैले सकेनन् , अघि नै लोग्नेले छाडेर हिंडेको केही बर्ष मात्रै भएथ्यो होला डाँडापरि सिरजुङ्गको अरे के जातथर हो त्यो पनि थाहा भएन पोइल गइछ , बालखै हुनाले छोराहरु पनि साथै लगी तर अहिले त मधेश इटहरीको नजिै पूर्वपट्टिको गाउँमा बस्छे अरे , छोराहरुले पनि छुट्टाछुट्टै घरजम गरी बसेका छन रे ....’सम्म भने । अर्कासंग गएकीको त के खोजी गर्नु र ...छोराहरुको भने साह्रै सम्झना आयो । यसै पनि आफ्नो पीण्डपानीको दाता उसमाथि म पनि बुढेसकालले गाँजेर डाँडाको जुनजस्तो भएको , पाल्ने फाल्ने आफ्ना ती नै त हुन नी भन्ने लाग्यो , खोजी गर्न लागें ,। दुईचार बर्ष अघिसम्मको थातको ठेगान लगाएँ र छोरा खोज्दै हानिएँ मधेशतिर । ”
“बैशाख÷जेठको उखुम गर्मीमा छोराको खोजीमा हिंड्दा पसिनाले जीउ लफ्रक्कै भिज्थ्यो ।बैश र बर्गत छउञ्जेल स्वास्नीका रीसले बरालिई हिंडेर अर्काकै देशमा रमाउनेलाई आमाको दूधले पनि सरापेछ क्यारे ,पिंडीबास पाउन पनि गाह्रो पर्ने , पाटी बासमा नै कति दिन गुजारें । बल्लतल्ल छोराको घर पत्ता लगाएँ । आफ्नै छोराहरु हुन् भनेर त कसैलाई भनेको पनि थिइँन ,हुलियाकै भरमा उनीहरुको घर पत्ता लगाएको थिएँ । एउटै कित्तामा दुइवटा घर बनाएर छुट्टिबसेका रहेछन् ।खोज्दै जाँदा नजिकै छिमेकमा पुगेपछि झण्डै मेरै उमेका मानिसले घर देखाइदिए । उनले भने ’केटा पौरखी नै रहेछन् ,आफ्नै पौरखले गुजारा गर्दैछन् , तिनीहरुकी आमा चाहिंको घर पल्लो टोलमा पर्छ । बालख छोराहरु लिएर अर्कैसंग आएकी रहिछ ,हुर्किए पछि केटाहरु आफैं गरिखाँदै छन् । घर तिनै हुन , के कति कामले खोजी गर्नुभाको हो ? गएर बस्तै गर्नु उनीहरु आएपछि भेट भइहाल्छ अनि कुरा गर्नु नी ।’म पनि हुलियाकै भरमा भए पनि छोराहरु नै हुन भन्ने पक्का पक्की भएपछि ढुक्कले गएर एउटा घरको पींडीमा बसे । भोक , तिर्खा थकाइ सबै हरायो , जीउ पनि हलुङ्गो मन पनि फुरुङ्ग भयो । ”
“दिन ढल्कँदै थियो । घरको पूर्वपट्टिको पीडीमा म बसेको थिएँ ।घरको छायाँ लामो भएर आगनको पल्लोछेउभन्दा परतिरको मकैबारीसम्म ओझेल परेको थियो । पिठ्युँमा झोला र हातमा पुन्तुरा झुन्ड्याएका दुईजना लोग्नेमान्छे र दुईजना आईमाई मान्छे मकैबारीको बीचमा रहेको आलीको बाटो गरेर त्यही घरतिर आए । आगनको छेउमा आउनुभन्दा पहिले नै आफ्नो घरको पीडीमा नौलो मान्छे देखेर होला चारैजनाले चारतिर पिठ्युँ फर्काएर झुरुम्म भए र फेरि पहिलेकै जस्तो ताँती लागेर आँगनको पल्लोछउमा आइपुगेपछि एकजना पुरुष र एकजना महिला उत्तरपट्टिको घरतिर लाग्न खोज्दै ठिङ्ङ उभिए र अनौठो मानेर मतिर हेर्नलागे । अर्काे भाइ पीडीकै डीलमा आइपुगेर मलाई गौरगरी हेर्न लाग्यो । छेवैमा आइपुगेकी आईमाई अनौठो मानेर मतिरै हेर्दै उभिरही ।लोग्नेमान्छेले अचम्मित भावमा ‘चिन्न पनि सकिएन त बा ! कहाँबाट आएको को हुनुभो कुन्नी ? ’भन्यो । यतिवेला अघि आँगनको पल्लो छेउमा उभिएका दुबैजना त्यसै पीडीतिर आए र आफैं गुन्द्री मिलाएर बसे । मैले नियाले पनि ती अनुहारलाई उसबेलाका मेरा छोराहरुको अनुहारको झल्को संग मिलाउन खोज्दा हेक्का राखेर अन्दाज गर्न नै सकिन । मेरा जेठा छोराको घर चाहिं त्यो रहेछ । उसैले फेरि सोधनी शुरु ग¥यो –‘कहाँ हो बाको घर ? के थरी पर्नुभो ? के कति कामले यहाँ आउनु भो ? खै चिनेजाने जस्तो त लागेन , कि...?’‘ आफ्नै रगतको सन्तान पीण्डपानीको दाताले यसरी आफैंलाई को हौ ? भनी सोद्धा दुःख त जति लाग्यो नी के गर्नु बेलामा आफैंले होस नपु¥याएकैले त हो नी भनी चित्त बुझाएँ र भने ‘मेरो घर पहाड मादी मूलखर्क हो ,म दाहाल बाहुन हुँ ’। यतिबेला उनीहरु चरैजनाले मुखामुख गरे मेरो चिनारीले उत्सुक भएर भाइचाहिंले ‘ हाम्रो पनि उतै हो रे , ’ भन्यो र मेरो अलिक बढी सोधखोज गर्न लाग्यो तर मैले आपूmलाई उसका कुरामा अड्याइन र ‘उता कहाँका हौ ? आफ्नो थातथलो र पुस्तवारी के कति जान्दछौ ?भन न त ’ भने । दाजु चाहिंले बेलिबिस्तार लगाउन थाल्यो अरुसबै चुपचाप सुनिरहे मात्र ।
हाम्रो घर मादी मूलखर्कमा थियो रे ,हामी दाहाल बाहुनका छोराहरु हौं ,म जेठो , यो मेरो भाइ हामी यति दुई भाइमात्र हौं । दिदीबहिनी छैनन् , हाम्रा बाबु पनि एकै भाइ मात्रै रे , हामी बालख दुई छोरा र आमालाई प्राय घरमा छाडेर बाबु आसामतिर मात्रै धाउने रे । भाइले त सम्झन्छ सम्झँदैन कुन्नी मलाई भने सपनाजस्तै लाग्छ बाबुको अनुहार , बालखै हुँदा छाडेर हिंडे उतिबेला त नाम पनि थाहा थिएन ,पछि सुनेको आमाकै मुखबाट बाबुको नाम गजाधर हो रे , हामीलाई छाडेर हिंडेका बाबु फर्की आएनन् । आमाले पनि हाम्रो मुख हेरेर पर्खिरहन र आस गरेर बसिरहन नसकेर होला बाबु हिंडेको दुईबर्ष पछि नै तेह्रथुम सिरजुङ्गका खड्का क्षेत्रीसंग अर्कै विहे गरी हामीलाई पनि साथै लिएर हिंडिछन् । उता उसका घरमा जेठी स्वस्नी हुँदाहुँदै अर्को विहे गरेका रहेछन् ,आमाले मिलेर घरगरी खान पनि सकिनछन् र ती सानाबाबुले आमा र हामी दुईभाइ समेतलाई लिएर यता मधेशतिर झरेछन् घरबार बसाएछन् । दिनदिनै हामी पनि ज्ञान जान्ने भयौं । आमाले पनि अरु सन्तान जन्माइन् एउटा भाइ र दुईवटी बैनीहरु भए । आमाकै पनि मायाममता उतैपट्टि बढ्दै गयो । सानाबाबुले पनि हामीलाई खेतिपाति , हलोकोदालो , घाँसदाउरा ,पर्म खेतालामा मात्रै पठाउने गरे ,काम गरेर घर थामिदिएकै थियौं र पनि झर्को फर्को मात्रै गर्नथाले । आमा कर्कर गर्थिन् ,तिमीहरुका बाबुको छाला उतै पहाडमा छ ,गएर समाल , अब आपैंm गरिखान सक्नै भएका छौ भन्थिन् । तीन बर्ष अघिमात्रै हो सानाबाबुले यही एउटा पाटो खेततिमीहरुलाई भो आपैंm गरेर खाओ भने ,हाम्रो नागरिकता नहुनाले पासपट्टा भएन, नारिकता बनाउन अझै सकिएको छैन ,घरसारे लिखत बनाइदिएका थिए । रिनधार दुःखजिलो अनेक खण्ड गरेर यही झुप्रो हाल्यौं , बनिबुतो गरिखायौं । कतिदिन त भोकै बस्यौं पनि , बल्लतल्ल फ्याक्ट्रीमा दुबैले काम पायौं । दुईबर्ष अघि एकैसाल दुबैले विहे ग¥यौं ,त्यही फ्याक्ट्रीमा काम गर्थे यिनीहरु पनि । केहीदिनका लागि दाजुभाइलाई गुजारा चलाउन बनाएको झुप्रोमा चार जना भयौं , घर साँगुरो भयो । फेरि उसै गरेर रिनधार गरी अर्को त्यही झुप्रो हाल्यौं । यी दुइटीकै नागरिकता बनेका रहेछन् र यो एउटा पाटो पनि आधाआधा गरेर दुईकित्ता गरी यिनीहरुकै नाममा पासपट्टा गरायौं । यसैमा निर्वाह गर्दैछौं । पहाडमा त अलिकति जग्गा छ रे तर खै कसले खोजी गरिदेलान् र .....?भन्यो । आफ्नो छोरो आपैंmसंग आफ्नो कथा भन्दै थियो तर बाबुको भने कुनै खोजिनीति बिना नै । मैले उसलाई सोधें –अनि तिमीहरुका बाबु नी त बेपत्ता नै भए कि केही खबर पनि आउँदैछ त ? फेरि दाजु चाहिंले नै भन्न शुरु ग¥यो — एक बर्ष अघिको मात्रै कुरा हो यो मेरी जहान थलिएकी थिई ,छोरी जन्माए पनि हात रहिन ,चिन्तामा परेकै वेला बाबु बितेको खबर आयो , त्यो पनि हामीलाई त के पत्ता र ..? आमालाई तार आयो रे त्यो पनि अघि नै कहिले रहेछ रहेछ ...!आमले नै खबरसम्म भनिन् । उनले अर्कैसंग विहे गरेकी हुनाले केही पनि गर्नु पर्दाे रहेनछ , तिमीहरुकै बाबु हो , मरेछ अपराधी ..!जहानबच्चा पाल्नका दुःखले मुङ्लान पसेपछि फर्कन नजान्ने ,धाती न गुहारी म¥यो होला नी कुकुर मरे भैंm र खायो होला स्यालगिद्धले । पिशाच बनेर दुःखदेला , क्रि
करिया गरेर पन्साओ ’ भनिन् । पण्डितहरुलाई सोध्यौं ,दिनबारकै टुङ्गो नलागेको र धेरै बितिसकेकाले पुरै क्रिया गर्नु पर्दो रहनेछ । उनीहरुले भने अनुसार नै आजकै तिथिलाई चोला उठेको दिन ठानेर काम सिध्यायौं र आज पनि बाबुको श्राद्ध गर्न बराहक्षेत्र गएका थियौं ।” भन्दै आफैंसंग आफ्नो काजक्रियाको बखान छोराले ग¥यो , उसले त पितृ ऋण तिरेकोमा आनन्द मान्यो तर बुढेसकालको सहारा खोजेर मैले पत्ता लगाएको छोरासंग म अब के भन्नु र कसो गर्नु ...साँच्चै बित्याँसमा परें ।मैले आफ्नो चिनारी नदिई हिंड्न पनि ठीक ठानिन र आफूलाई थाहा भएको पुख्र्यौली कावा कैरन लगाउन थालें । जीजुबराजुको नाम सुनाउँदा त खै.. हामीलाई के थाहा र . भने बाबुबाजेसम्मकोे नालीबेलीमा भने ,अरे ..., सुनेका हौं होलासम्म भने ,मुङ्लान पसेर फर्की नआएको भनेको तिमीहरुको बाबु गजाधर म आफैं हुँ भनेपछि आफ्नै आमाबाट झेलेको दुःख र पाएको सास्तीबाट मर्मुरिंदै भाइचाहिंले पीडीको छानामा सिउरी राखेको खुकुरी झिकेर आमालाई नै काट्छु भनी हिंड्न लाग्यो । मैले आपैंm उसलाई रोकेर रिस देखाएर घरबार नबिगार बाबै ...! जसको वुद्धिमाजे छ उसले त्यस्तै ब्यबहार गर्छ , म पनि त छाडेर हिंडेपछि एकजुगसम्म फर्की पनि नआउने खबर पनि नलाउने अपराधी नै हुँ , तिमीहरु आफ्नो ब्यबहार गरिखाओ भने , अब फेरि म कसरी त्यहाँ बस्नु र आफैंलाई धिक्कार्दै म त्यहाँबाट हिंडें ” ’भनेर उनले खुइय सुस्केरा हाले ।मलाई उनको जीवनकथा प्रतिको उत्कण्ठा झनझन बढ्न थाल्यो तर मैले सोध्नै नपाई नै उनले पुनः आफ्नो कथा भन्न शुरु गरे ।
“बस्न पनि त भएन नी मेरै काज क्रिया गरी मलाई पितृ भनेर तर्पण पिण्ड दिनेसङ्ग ।तर के गर्ने , कहाँ जाने अब , न त मेरो घर न त घाट ? न थात न कसैको साथ ?फेरि बिरक्तिएँ र आफूः मरिसकेको खबर लिएर आफ्नै थातथलो र भाइबन्धु भएको उही ठाउँ मादी मूलखर्क नै गएर खबर सुनाएँ । विधिको विधान पनि विचित्रको रहेछ , आपूm जिउँदै हुँदा आफैंले क्रिया गर्न भने हुन्छ रे तर अरु कसैले क्रिया गरिदिएछ भने पुनर्जन्म लिनु पर्छ रे ।कहाँ कस्को गर्भमा बस्नु र ? नीतिशास्त्र पनि साच्चैको बनेको रहेछ नौ महिना गर्भबास बस्नु पर्नेमा नौ दिन मै हुँदो रहेछ । माटोको घैला बनाएर त्यैभित्र गर्भबास बस्नु भन्दा रहेछन् नौ दिनसम्म तर त्यसो गर्न सकिन , भाइबन्धुको सहायताले माटोको खाल्डो बनाएर नौ दिनसम्म त्यसैभित्र बसेर पुनर्जन्म लिएर बाहिर आएँ । अब त्यही समाजमा बसिरहनु पनि उचित लागेन , गरी खान पनि नसक्ने भएँ । बुढेसकालमा कसरी निर्वाह गर्नु र? आफ्ना पाल्ने फाल्ने भनेकाहरुको पनि दिनचर्या र हबिगत देखिहालियो , अब कहाँ गई कसको सहारामा बस्नु र ?प्राणको घुड्को घिटिक्क भएर नजाउञ्जेल उपाय खोज्नै पर्दाे रहेछ ,त्यसैले यसै आश्रममा आएर बसेको छु ,तर अब त आफ्नै आँतले पनि हरेस नै खाइसक्यो बाबु ! अर्को हिउँदको चिसोमा यसरी घाम ताप्न पाउँछु जस्तो पनि लाग्न छाडिसक्यो ।पुनर्जन्म लिएर पनि जोगी भएर हिंडेको मान्छे म कहाँ देखाउँ र बाबु आफ्नो घर ......?”भन्दै बुढाले तरक्क आँसु खसाले । म त्यसवेला उनको अनुहारमा टुलुटुलु हेरिमात्र रहें , केही वोल्न सकिन ।
उनीसंग त्यसरी भेटघाट र कुराकानी गरेर छुटेको केहीदिन पछि यसै सन्दर्भमा संस्मरण टिपोटकै रुपमा लिपिबद्ध गरेको भए पनि त्यो बिपत्ता भयो÷पारियो । फेरि १९ बर्षको अन्तरालमा सम्झिएका उसबेलाका छायाँ छबिलाई समेटेर यो सम्स्मरण तयार गरेको भए पनि त्यसपछि मैले त्यस ठाउँमा गएर उनको अनुहार खोज्ने अवसर पनि पाएको छैन र सायद अब त अवसर पाए पनि उनलाई पाउँछु भन्ने पनि आस झिनोसम्म पनि छैन । तर अझ सम्झन्छु उनी मरेको खबर दिने प्रणयको सुहाग उनैसंग साटेकी सहचारिणी र तीर्थश्राद्ध गरी उनैलाई तर्पण दिएर आई उनीसङ्गै चिनजान र भलाकुसारी गर्ने उनका पीण्डपानीका दाताहरु कहाँ के गर्दै होलान ....?मेरो उत्सुकता अधुरै रहेको छ ।
——२०६९÷४÷९ विराटनगर

No comments:
Post a Comment