अर्मल
बैशाखको महिना , खडेरी परेको निकै दिन भएकाले टन्टलापुर घामलाई पनि तुवाँलोले छकेर मधुरो पारेको थियो । छिनछिनमा हुरीबतास र भूमरीले गर्दा खुल्ला ठाउँमा बस्न कठीन नै हुने, चिस्यानीको पाखामा गाईबाख्रा छाडेर चप्लेटीको फेदीमा सीमलको रुखको आड लागेर बसिबियाँलो चोया केलाउँदै थिएँ । बेलाबेलामा चप्लेटीमा चढेर गाईबाख्रा हेर्दै फेरि उही फेदीमा ओर्लने गर्थें । नत्र कि त उही हुरी र धुलो सहनु पर्ने कि त गाईबाख्रा चौतारेका गहुँबारीमा जालान् भन्ने डर । खडेरीले खुत्रुक्क गलेको जीउ, थाकेर लखतरान, मासी भुतुक्क भएर थाकेकाले निन्द्राले झप्प झप्प उँघाउँथ्यो ।
“हौ जेठाउ ! निदाउँछौ कि कसो ....., चौतारे साइँलीका गहुँबारीमा बाख्रा पुगेभने तिम्रो झार्छे झाँको .....” कसको कसको आवाज मेरो कानमा आयो र झस्किएँ । आँखा सोझी त कोही पनि देखिएन ।“ २....३ .....४.....५.....छ..., गाई गोरु त छ वटा पो बनाइसकेछन् हाम्रा जेठाउले ...” फेरि पनि मेरा कानमा आवाज आयो र चप्लेटीमा चढेर हेरेको त खरीबोटे कान्छाको छोरो पो रहेछ ! झकाएको बेला परेर मात्रै नभए त म उसलाई वोलीबाटै पनि चिन्दथें । कान्छो पनि छेवैमा आयो । ‘ मोरा ...! झकाएका बेला कहाँबाट लुकेर कराउँछस ? चिन्नै सकिन नी ! कताको चौतारेका गहुँबारीमा पुग्छन ,कैले न मैले त्यसमा पनि भर्खर हेरेर ओर्लदैं मात्रै छु, यतिको चरिराखेका छन्, ऊ त्यो यौटा गाई चाहिं माथ्ला डीलमा पुगेछ अरु त जाँ को ताँहीं । अनि कान्छा कताबाट आइस त .... ?’ भनेर उसलाई सोधें । “खै कताबाट भन्नु हौ जेठाउ ...तिनै दुईवटा बोका बाँधेको छु, फुकाएर चराउन लैजाऊँ कता लैजाऊँ नाथे दुइवटा बोका बरु यसो दुइचार स्याउला भँचेर लग्यो पुगिहाल्छ, अरु काम गर्ने फुर्सद पनि हुने भनेर हौ जेठाउ, अनि हौ जेठाउ उ... त्यो माथ्ला डीलमा चर्ने ठाठाडा सिङ्ग गरेको गाई त तिम्रा बगालको होइन त, कहाँबाट ल्यायौ ...,?” भन्दै कान्छाले सोध्यो ।“उही चौतारेकाबाट ल्याको नि, त्यसैले त अलिक त्यो चाहिं उँभो जान खोज्छ ,। के गर्नु कान्छा ! खाने बानी लागिहाल्यो, यसो भागाँ सेतो नभए गलाबाट जान मान्दैन,यसपालि घरमा भाका सबै थारै बसे, पैसाको डोहो त्यस्तै त हो नी ! अनि अन्त गएर ल्याउन सकिएन, दुई मल्ल रोजी बाख्रा र द्ुईवटा खसेडा समेत थपिदिएर ल्याएको, तै अझै त ठीकै छ यसो भाग बस्नसम्म पु¥याउँदै छ कान्छा...!” ’भन्दै आफ्नो ब्याथा उसलाई सुनाएँ । “बेसै ग¥यौ जेठाउ ! जसरी भए पनि निर्वाह त हो नी ” भन्दै कुवा माथि पहराको भोगटेको रुखदेखाएर त्यसैको घाँस काटौं गाई बाख्रा रुंगिदेउ न भन्यो ।ठूलो रुख कान्छाका दुईटा बोकाले कति पो खान्थे र ..?मलाई पनि हुने भनेर दुबै त्यतातिर लाग्यौं । दिनभरि गोठालो पनि गरिने साँझ थलामा देखाउन पनि हुने भन्ने लाग्यो ।
सेते रुखमा चढेर घाँस छास्न लाग्यो ,चैत÷बैशाखको खडेरी धुलो शिवाय केही पनि छैन , गाई बाख्रा सोहोरिएर घाँस छासेतिरै आए ।छाडौ भने बेलुकिको छाकलाई सम्झिएर काट्न थालेको घाँस, उता सेतेका टाट्नामा बाख्रा भोकै बाँधिराखेका, गाई बाख्रा छेक्दै घाँस सम्हालें । यसो दुई चार फुर्का छरी पनि दिएँ । बोटबाट घाँस छासिसक्दा समेलेर पनि सिद्याएँ । गाई बाख्रा वरिपरि, दुबै जनाले एउटा एउटा सुर्तिको लुँडौ पनि बे¥यौं । खडेरीको वेला घामले टिप्ला जस्तो राङवाङको झुलो, दलसिंङ्ग ढुङ्गामा एक चोटी भोटे चकमक ठोसेको थियो आगो परिहाल्यो । सुर्ति सल्कायौं खाई सिध्यायौं । कम्मरको पटुका फुकाएर घाँसको भारी बाँधें, खुकुरी भारीमा सिउसरिएँ ,“जेठाउ ..! यो घाँसको भारी म चप्लेटीसम्म पु¥याउँला, यो चाहिं तिमी च्यापिदेऊ है” भन्दै सेतेले उसका बोकालाई लाने घाँस मलाई बोकाएर मेरो भारी उसैले उठायो ।अँगालामा घाँस च्यापेर म पछिपछि आएँ । चप्लेटीमा हामी दुर्बैले बिसायौं ा केहीबेर दुःखसुखका वात मा¥यौं । सेते बोकालाई अँगालामा घाँस बोकेर आफ्नो बाटो लाग्यो । एकचोटी गाई बाख्रा टहल गरेर शीतलमा जानु प¥यो भनेर गिन्ति गर्न लागेँ, उही चौतारेकाबाट ल्याएको गाई चाहिं छैन ।वरपर आँखा लाएँ देखिएन । घामले घाँस पो सुक्ला कि भनेर आफैंले लाएको भाङ्ग्रा फुकालेर घाँसको भारी छोपें र गाई खोज्न लागें ।
साइनाले त चौतारे साइंलो मेरो काका ससुरो पनि हो ।गाई दिंदा पनि “ज्वाइँ ..! गाई त रोजी नै लग्यौ नी ! के गर्नु .. अरुलाई भए बरु मरे गिद्घ घुमाउने थिएँ ,त्यति मै त गाई दिने थिइँन, तर आफ्नामा कसरी नदिऊँ भन्ने लागेर मात्रै हो, फेरि चलाउने भयौ भने त अरुलाई नदेऊ है ..!” भन्दै गाई बाटो लाइदिएका थिए तर त्यसको साँढे चोर्नमा रिपु रहेछ, मलाई के थाहा र ..?कहिले थलाबाट फुकेर त कहिले चरनबाट बगालै लिएर गएर टाहारको गहुँ उहिल्यै सिध्याइ सकेको रहेछ । गर्मीको वेला हो न हो कुनै सिंयालतिर अल्मलिएको होला भन्ने ठानेर खोल्सी शितलतिरबाटै खोज्न लागें । खेज्दै जाँदा टाहारको डील मुन्तिर मात्रै के पुगेको थिएँ डाँडाबाट चौतारे साइली बर्नाउन थालिन् “..हैन.. ए...ऽ...ऽ लुरिका पोइ ...! कि को छ हँ गोठालो ...?अर्काका कोठेबारीमा त्यसका डाम्ना छाडेर कहाँ ढौंटारी मार्न पड्किएछन् कि....?” यस्तै बाणी फुत्कन लागे चौतारे साइली (मेरी साइंली सासु) का मुखबाट । हुन त म पनि नजिकै पुगिसकेको थिएँ तर के गर्नु ...सासुका मुखबाट त्यस्ता शब्द बाण छुटिराखेका छन् , आफ्नै गाईले बिझ्याइँ गरेको छ जस्तो पनि भयो झट्ट वोल्न सकिन पनि । एकछिन त नसुने झैं गरी चुपचाप लुकेरै बसें तर मेरो केही सीप लागेन ,लाजभाँड सबै वोल्न थालिन् । अरु भए त बरु २÷४ थप्पड लगाएर नाङ्गो पनि फेराइदिने थिएँ अर्मल पनि तिर्ने थिएँ जस्तो लाग्यो तर के गर्नु सासु परिन् ।
” ए बाबा हो..! लाएको बाली त पकाएर खान पाइन्छ है ...! कसैले नपालेका डाम्ना पो पालेछन् है लुरीका पोइले त .., कि को म¥यो र साँडे छाडेको हो कि के हो...?हैन भने यतिको बिझ्याइँ गरुञ्जेल आफैं आइसक्नु पर्ने हो , घाँटी सुकुञ्जेल कलासी सकें र पनि कोही देखा पर्दैनन्....” भन्दै उत्पातै गर्न थालिन् । केही सीप नलागेर “ए सासू बज्यै ! कति खसालेर भन्न सक्नु भएको , म पनि आउँदै त छु नी ” भन्दै देखा मात्रै परेको थिएँ ,“ आफ्ना मान्छे, सारो गारो त्यस्तै हो भनेर ढुङ्ग्राभ।िको दूध दिने गाई, बाख्राका पाठासङ्ग साटिदिएँ, ल्याएर आफ्नै कोठेबारी सखाप, अझ खसालेर वोलिस् रे ! कहाँसम्मका होइनन्, मान्छेलाई दिएर आफ्नो हुँदैनन् भन्थे, यस्तै त होला नी ...?” भन्दै डाडा पाखा नै थर्कने गरी कुर्लन थालिन् ।सुन्नेलाई सुनिसक्नु छैन ...., ए के के न भएछ कि जत्तिकै पारिहालिन् । वल्लाघर पल्लाघरका सबै मान्छे जम्मा भए ।
सासुले हुने नहुने जम्मै वोल्न थालिन् । भेला भएका कसको आँट र चौतारे साइलीलाई रोक्ने । सबै चुपचाप कुरामात्रै सुन्न लागे । अचाक्ली भएपछि मेरो पनि कन्सीरी तातेर आयो ,“ हैन ए सासु आमा ! के के भन्न सकेको हँ, दुईखुट्टामा सुराल लाउने लोग्ने छोरो हुुँ , बरु ५ को १० तिर्न राजी छु गाली खप्न सक्दिन ..!” मात्रै के भनेको थिएँ ,“ के रे के रे अभैm धाक लगाउने , भाङ्ग्रा फुकालेर चप्लेंटीमा टाँगेको देख्छु , कम्मरको पटुकासम्म कहाँ फ्याँके पत्तो छैन, लरीलाई चिची र भूँडी स्याहार्न लाएर कुन नखरमाउलीसङ्ग ढौंटारी मार्न गएका थियौ र अर्काका बालीमा तिम्रा डाम्ना छाड्यौ ...? कि के छ विचार र अभैm पाखुरा सुर्कँदै धाक लगाउँछौ...?ए समाज हो सोध सोध यिनलाई ” भन्दै कङ्कलाश्री नै गर्न लागिन्।
गाई अघि नै लगेर बाँधिसकेकी रहिछन्, कुरा चपाइचपाई समाजले पनि उनकै पक्षमा वोल्न पर्ने नत्र समाजलाई नै हम्मे । के भएको हो, कति बिमाख भएको छ ? हेर्नु ठहराउनु प¥यो नि त भन्दै समाजले पनि मलाई नै केरकार गर्न थाल्यो। “आएर पसेकोसम्म थियो होला ,हेर्दाहेर्दै आएर पसेकोसम्म मात्रै हो तर उस्तो नोक्सानी नै पु¥याउने वेला त भएको पनि थिएन ‘....”भने , यावत कुराहरु वताएँ ,भएको पनि त्यस्तै नै थियो तर चौतारे साइंलीले मेरो कुरा टिक्नै दिइनन् ,“ ए वावा हो ..., हेर्दा पनि त थाहा हुन्छ नी , लौ तिम्रा पनि आँखा फुटेका छैनन् होला ..., हिंड न हेर्न , हिउँदभरि गाई बाख्रा थला सारी सारी मलें अझ विकासी मल पनि ल्याएर हालें, रातारात नसुति कुलो ल्याएर लाएँ , त्यति गरेर मुखाँ ल्याको बाली ,....बारीमा गएर हेर्दा त छाती राख्ने ठाउँसम्म पो छैन त ....ऽ....ऽ...” भन्दै क्वाँ ...क्वाँ गरेर रुन थालिन् । जुटेका समाजसङ्गै बारीमा गएर हेरें, साँच्चै टाहारको गहुँ त सखाप नै रहेछ । कहिले देखि खाएर सुकेका ठूटा ,,गुइँठा गोबर मात्रै छ । “ आजै खाएको त होइन होला ,पहिल्यै खाएर सुकेको जस्तो पनि छ ” मात्रै के भनेको थिएँ ,सासू उर्लन थालिहालिन् ।“ लोग्ने छोरो रे ,अगि चाहिं ५ को १० तिर्ने फुर्ति लाउने , अहिले चाहिं आज खाएको होइन रे ...., हैन कसरी भन्न सकेको हँ ..? यस्तो खडेरी छ ,ढुङ्गोमाटो नै सुक्ला बल्लाजस्तो भएको ,कसरी सुक्दैन ..? चुँड्नेवित्तिकै पराल हुँदैन कि ...?” भन्दै । चौताराको शितलमा बसेर निर्णय गरौं भन्दै सबै चौतारातिर लाग्यौं ।
अहिले कि पहिले खाएको भन्ने निक्र्यौल गर्नु थियो । सबै शितल छहारीमा बस्यौं ।उता पाखामा छाडेका गाई बाख्रा कता पुगिसके पत्तो छैन । बाख्रा बगाल छुट्टिएर एक बगाल चप्लेंटीम चढेर अघि राखेको घाँस सखाप ,अर्को बगाल चर्दै चर्दै उही टाहारमा आइपुगेछन् ।सासूका आँखा त्यतै पुगेछन् उनलाई पुगिहाल्यो । “हेर ए समाज हो.....टाहारमा ..! आजमात्रै हो रहेछ र ...?कहिले देखि पल्काएर सकेका रहेछन् ,” भन्दै सासूले सबैको ध्यान त्यतै खिचिन् ।अब भने मेरो केही लागेन । बिचरा पशु न हो , चर्दै जाँदा त्यहीं पुगे, त्यो पनि त्यसै दिन मात्रै हो, तर के गर्नु परिबन्धले गर्दा सँधै खाएको ठहरियो अर्मल भयो २ मुरी ११ पाथी, गहुँ तोरी बराबरी मिलाएर तिनृुपर्ने भयो ।ाथमा पैसा छैन ,न त मनग्यै बाली नै आपूmसङ्ग, भाका माग्न नपाइने , साह्रै गल्जो प¥यो ।“पञ्चकिर्ति मोल गर , म यही गाई बुझाउँछु , बढी भएको थपिदिऊन्” भने । साटासाट गरेको हुनाले दाम नगरेको गाई थियो । “यस्तो चोक्रे देशान् ,मलाई चाहिंदैन, जे बिमाख भाको छ त्यही भरपूर गरून् ...!” भन्दै सासूले बाउँठा कुरा झिकिन् । दाम त्यतिमा पाइने गाई त थिएन तर के गर्नु लेऊ लेऊ र देऊ देऊ नमिल्ने बिन्तिभाउ गरेर बल्ल तल्ल मनाएँ ।“ के गर्नु ,आफ्नामा कसिकसा उगर्न पनि कसरी, फेरि भएन मेरा पनि २÷४ गाईबाख्रा छन् नि त, पशु न हो , कोही दिन अर्काका बालीमा नजाला भन्न सकिन्न, अझ अर्मल उठाएर त नखानु पनि भन्छन्, कोहीदिनको भरअभर यस्तै हो, भेटें भन्दैमा रेट्नु पनि त भएन, भैगो न त यही गाईमा चित्त बुझाउँला, जे भए पनि दुहुनु गाई हो मानो मुठी जति भा पनि देला नी त । त्यही खाउँला चित्त बुझाउँला ,” भन्दै मुसुक्क हांसिन् । बाँकी गाईबाख्रा जम्मा पारेर लिएर घर आएँ ।
साँझ पर्न लागेको थियो । म अँगेनोको छेउमा बसेर सुर्तिको लुँडो बेर्दै थिएँ । टाट्नामा बाछो ट्वाँ टवाँ गरेर कराइरहेको थियो । भतिजो भुण्टेलाई साथी लिएर सासू बज्र्यै आइपुगिन् ,“हेर.. यता बाछो भोकाएर ट्याँ ट्याँ गरेर कराइराखेको, उता माउ दूध गनिएर बाँ बाँ ..., ए भुण्टे ..! भिनाजुलाई भन्भन् ,बाछो लिन आयौं भनेर ” भन्दै भुण्टेलाई अह्राइन् । म भित्रैबाट सबै कुरा सुन्दै थिएँ , सुर्ति सल्काएर बाहिर आएँ ,कटेरामा गएर बाछो बाँधेर ल्याएर सासूकै हातमा दाम्लो समाउन दिएँ र मैले अर्मल तिरें । बाटो लाग्ने वेलाम “आउँदै गर्नु है ज्वाँइँ, खाने बानी परेका केटाकेटी छन्, यसो पालाँ मानो मुठी मोही लगेर दिंदै गर्नु है ” भन्दै आफ्नै हातले अर्मल असुलेर सासू आफ्नो बाटो लागिन् ।
३ दिन पछि उही गाईले आएर मेरा जुठेल्नाका चिसामा रोपेको २ , ४ बोट साग उगालिदियो, तर खै कस्ले हेरिदिने मेरो नोक्सानीको अर्मल ।
२०५३÷१२÷ ०६ ,(चुङ्खुरुङ)

No comments:
Post a Comment