Wednesday, July 15, 2020

कविता


 मातृ दिवश

यही साँझ
मैले धेरै पटक पढेँ
आमाको महिमा गाएका सुकोमल सुक्तहरू,
आँखालाई पट्यार लागुञ्जेल हेरें
खुसीको छाँद हालेर
आमाकै अङ्गालोमा लपेटिएका तसवीर,
आमाकै निम्ति भनेर
किस्तिभरि सजाइएका परिकार देखेर
अनाहकमा
कति पटक रसाएको छ रसना,
र थाम्दा थाम्दै पनि
मेरै ओठबाट त्यानत्यानी कति चुहिएको छ
बेहिसाबमा लोभी ¥याल ।

अतीतका पुन्तुरा भनी
खोजी खोजी घुमाएर
आयातीत शव्द भुन्भुनाउने चर्खा
स्मृति आलेख रचेर
फेसबुकका भित्ताभरिभरि भएको छ
शव्दाडम्बरको बहाली
र छारो हालेर
पटकपटक ढोगिएका छन् देखावटी तीर्थ ।

आलीशान महलका सुसज्जित कोठीभित्र उँगेर
किस्तीबाट टपक्क टिप्दै काजुका केश्रा
चियस गरेका प्यालाको मधुर ध्वनितरङ्ग
खै ! कहाँ अनुवाद हुन्छ र मातृस्तुतिमा ?

सोह्र श्रृङ्गार आपैंm गरेर
गुमनाम आमाको उपाशना
भो अब गर्नू पर्दैन होडबाजी,

धनुझैँ कुप्रिएर शरीर
शिरभरि काँश फुलाएकी
रुग्ण आमाको सहारा सन्तान बनेको दिन,
बृद्धाश्रममा विलाप गरिरहेकी आमालाई
संरक्षक भई घरमन्दिरमै पूजा गरेको दिन,
झुत्रा झाम्रा चोलीपटुकी फेरिदिएर
मेलापात सघाउँदै सन्तान रमाएको दिन
रोजरोजै हुनेछ 

आभासरिको मातृ दिवश ।

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...