Wednesday, July 15, 2020

नाटककाे प्रश्न





नाटक अनुच्छेद

भक्ते ! तेरो एउटा छोरो थियो, बीरे । तेरो स्वार्थ त्यही थियो ,त्यही एउटा बिन्दु थियो ,तेरो एउटै हीरा थियो ,एउटै माया थियो , अब त्यो म¥यो , त्यो छैन । हेर् त्यसको सट्टामा धेरै बीरेजस्ता छोराहरु यहाँ छन् । एक्लै बीरेले पाउने माया  ती सबैमा बाँडिदिएस् । एक दिन तेरो मेरो सबैको इच्छा पुरा हुनेछ ।फिक्री नले ,म अर्को सपना सिर्जना गर्छु । गरिबीलाई संसारबाट टाढा मिल्काउँछु , बुझिस भक्ते ! गरिबीलाई म मिल्काइ छाड्छु ,पन्छाई छाड्छु ।पन्छाउने काममा  बाधा मान्छेहुन्छ भने म त्यसको दुश्मन हुन्छु , त्यसैसित लड्छु ,रोकिन्नँ । बाधा बुद्धि हुन्छ भने बरु म सिल्ली हुन्छु । मुर्ख हुन्छु पछि हट्तिन। ग्रिबीको समर्थक भएर परमेश्वर खडा हुन्छन् भने पनि बरु म नास्तिक हुन्छु , दब्दिन , नरो भक्ते । संसारले एकदिन सुखी हुनु छ । कसैले रोक्न सक्दैन ।


प्रश्नहरु
क. माथिको नाट्याम्शका आधारमा बहुला काजी कस्तो विचार राख्ने पात्र हुन् ?स्पष्ट पार्नुहोस् ।
ख. “संसारले एकदिन सुखी हुनु छ कसैले रोक्न सक्दैन भन्ने भनाइप्रति तपाइँको सहमति वा
   बिमति के छ आफ्नो तर्क दिई प्रतिक्रिया लेख्नुहोस् ।

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...