दोस्रो त्रैमासिक परीक्षा २०७३
जनपथ स्रोतकेन्द्र
विराटनगर १५
जनपथ स्रोतकेन्द्र
विराटनगर १५
कक्षा— ८ पूर्णाङ्क — ५४
विषय— नेपाली समय ः— २ः०० घण्टा उत्तीर्णाङ्क — २२
१. (अ).समूह ‘क’ मा भएका शब्दहरुको समूह ‘ख’ मा भएका अर्थसङ्ग जोडा मिलाउनुहोस् । २
समूह ‘क’ समूह ‘ख’
ज्यामी विचारशील
मुहान कडा चट्टानले बनेको भीर
अलप आदरपूर्वक
चिन्तनशील लोप
ज्यलामा काम गर्ने मानिस
मूल स्रोत
२. कोष्ठकबाट मिल्ने शब्द छानी खाली ठाउँ भर्नुहोस् २
क) शाकाहारी शब्दको उल्टो अर्थ दिने शब्द..........हो । (मांशहारी ,फलाहारी ,बेइज्जत)
ख) मृत्यु शब्दको उस्तै अर्थ दिने शब्द ...........हो । (निधन , पर्वत ,बयान)
ग) सहेली शब्दको अर्थ........हो । (साथी , अचम्म , किताब )
घ) रेखा तानेर बनाएको चित्रलाई........भनिन्छ । (टावर,मस्जिद ,रेखाचित्र )
३. दिइएका शब्दहरुको प्रयोग गरी अर्थ स्पष्ट हुने गरी वाक्य निर्माण गर्नुहोस् । ३
अनौठो , गुम्बा ,खुत्रुक्क
४.तल दिइएको भनाइलाई शुद्ध पारेर सार्नुहोस् । २
विद्यालएका तर्फ बाट खेल खेलेको भोलिपल्ट कुनै कक्षा खालि रह्यो भने ऊ खेलकै कुरा गथ्र्यो
५. रेखाङ्कित शब्दहरुको पदवर्ग (नाम,सर्वनाम, क्रिया ,विशेषण आदि) छुट्याउनुहोस् । २
परिश्रमी किसानले सँधै परिश्रम गर्छ र यस धर्तीमा आफू बाँचेर अरुलाई पनि बचाउँछ ।
६.खाली ठाउँमा मिल्ने विभक्ति भरी वाक्य पूरा गर्नुहोस् । २
क) छोरा.........बाबुसंग पैसा माग्यो ।
ख) झोला..........किताब झिक ।
ग) म कलम........चिठ्ठी लेख्छु ।
घ) तिमी कमल..........बोलाऊ ।
७. कोष्ठकमा दिइएका धातु र संकेतका आधारमा वाक्य पूरा गर्नुहोस् । २
क) रमेश बजार ........। (जाः अपूर्ण वर्तमान काल)
ख)सीताले कलम ..... । (किन्ः सामान्य भविश्यत काल )
ग) बहिनी पाठ ......... । (पढ्ः अपूर्ण भूत काल )
घ) विष्णु स्कुल ......... । (जाः अभ्यस्त भूत काल)
८. कोष्ठकमा दिइएको निर्देशन अनुसार वाक्य परिवर्तन गर्नुहोस् । ३
(क)म बजार जमन्छु । (बहुबचन्)
(ख)तिमीले भनेको मानेनौ । (तेस्रो पुरुष)
(ग)उनीहरू खेल खेल्दैनन् । (करण )
९.तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् । ४
जनसङ्ख्या बृद्धि ,अव्यवस्थित सहरीकरण र प्राकृतिक स्रोतको स्वार्थपूर्ण प्रयोगले प्रकृति र वातावरण दुबैको विनाश गर्छ । वातावरण स्वच्छ नभए मानिस अस्वस्थ हुन्छ । मानिसको सोच ,स्वास्थ र सन्तुष्टिका लागि वातावरण स्वच्छ हुनुपर्छ । सुन्दर प्रकृतिले स्वस्थ विचार जन्माउँछ । प्रकृतिमा सङ्कट आए मानिसको मन र मस्तिष्क स्वस्थ हुँदैन । वातावरण विनास भए मानिसको अस्तित्व सङ्कटमा पर्छ । प्राकृतिक असन्तुलन भई प्रकृति विनासको पुञ्ज बन्छ । यसबाट बच्न हामी सबै सचेत बन्नुपर्छ । कञ्चन प्रकृति र वातावरणका लागि जनस्तरमा चेतना फैलाउनुपर्छ । प्रकृति ,वातावरण र मानिसको अन्योन्याश्रित सम्बन्धलाई बाचर्य राख्नुपर्छ । शिक्षा र व्यवहारले यसलाई पुष्टि गर्नुपर्छ । असल विचार र सत्प्रयत्नले प्रकृति र वातावरण सुन्दर बनाउनुपर्छ ।
प््राश्नहरु
क.प्रकृति र वातावरणलाई के कस्ता कुराले विनास गर्छ ?
ख. मानिसको अस्तित्व सङ्कटमा पर्ने कारण के हो ?
ग .केका लागि जनस्तरमा चेतना फैलाउनुपर्छ ?
घ .कसकसका बीच अन्योन्याश्रित सम्बन्ध हुन्छ ?
१०.कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् । ४
क) दिइएका बुँदाका आधारमा छोटो जीवनी तयार पार्नुहोस् ।
नामा . लक्ष्मीप्रसाद देवकोटा
जन्म .वि. सं. १९७६ कार्तिक २७ गते ,धोबिधारा , काठमाण्डौ
पिता÷माता. तिलमाधव देवकोटा÷अमरराज्यलक्ष्मी देवकोटा
शिक्षा. बी.ए.,बी.एल.,अंग्रेजी विषयमा एम .ए. सम्मको अध्ययन
पुरस्कार.त्रिभूवन प्रज्ञा पुरस्कार, साझा पुरस्कार
कृति.कविता संग्रह—पुतली ,सुनको विहान ,भिखारी ,मनोरञ्जन आदि ।
खण्डकाव्य—मुनामदन, लुनी ,पहाडी पुकार आदि
महाकाव्य—शाकुन्तल, शुलोचना ,वनकुसुम, प्रमिथस ,महाराणाप्रताप, पृथ्बीराज चौहान आदि
लक्ष्मी निवन्ध संग्रह, लक्ष्मी कथा संग्रह ,चम्पा उपन्यास
साहित्यिक योगदान–नेपाली साहित्यका महाकवि, आत्मपरक निबन्धकार,एकेडेमीका संस्थापक
विशेषता—स्वच्छन्दतावादी,प्रगतिवादी,मानवतावादी,प्रकृति र देशप्रेमी
निधन. बि. सं. २०१६ काठमाण्डौ ।
ख. दिइएका बुँदाहरुका आधारमा १०० शब्दमा एउटा प्रबन्ध तयार पार्नुहोस ।
० म्ूर्तिकलाको इतिहास प्राचीन कालदेखि शुरु भएको
० धर्मिक कार्यहरुमा मुर्ति पूजाको विशेष महत्व रहेको
० पहिलेदेखि नै मन्दिर बजाउने र मुर्ति राखेर पूजा गर्ने चलन भएको
० हाल उपहारका रुपमा पनि मुर्ति बनाएर दिने चलन भएको
० पहिले मुर्ति बनाउँदा काठ,ढुङ्गा, धातु ,माटोको प्रयोग हुने गरेको
० धर्मिक विधिअनुसार कुँदेर बनाइने गरेको
० हाल मुर्तिहरु बनाउँदा विभिन्न माध्यम र प्रविधिको प्रयोग हुन थालेको
० मूर्ति बनाउँन मेसिन, विद्युतीय औजार , रबर ,मैन, धातु आदिको प्रयोग गरिने
० मूर्तिहरु बनाउँदा देवतालाई वयस्क, कोमल आकर्षक ,
० सुन्दर शरीर ,कम बस्त्र,शिरमा गहना लगाएको हुने
० म्ूर्तिकला दिनपरदिन लोकप्रिय हुँदै गएको
० नेपाली समाजमा धार्मिक दृष्टिले मूर्तिकलाको विशेष महत्व रहेको ।
११). कुनै एक को भाव विस्तार गर्नुहोस् । ४
(क) ज्यामी, सिपाही र किसान सारा
छन् आज हाम्रा बलिया सहारा ।
(ख) नेपाल प्राकृतिक विविधताले भरिपूर्ण विश्वको सुन्दर मुलुक हो ।
१२.कुनै एक प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस् । ४
(क) हामीले हाम्रो सीप र श्रमलाई किन देशका लागि खर्चिनुपर्छ ?
(ख) मानिसका कस्ता कस्ता क्रियाकलापले गर्दा वातावरण प्रतिकुल हुन्छ ?
१३.आफ्नो विद्ययालयले आयोजना गरेको कुनै कार्यक्रमको बर्णन गरी साथीलाई चिठी लेख्नुहोस्
अथवा
‘जागिरभन्दा ब्यापार वेस’भन्ने वादविवादका पक्षमा आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् । ४
१४.कुनै एक प्रश्नको लामो (विवेचनात्मक)उत्तर लेख्नुहोस् । ८
(क) ‘एउटा घटना’ कथामा अहिलेका विद्ययालय स्तरका विद्ययार्थीहरुको कस्तो मनोविज्ञानको विश्लेषण गर्न खोजिएको छ
?बर्णन गर्नुहोस् ।
(ख).‘देवकुमारी थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदानका बारेमा आफ्नै शव्दमा लेख्नुहोस् ।
१५. दिइएको कुनै एक शीर्षकमा १५० शब्दमा निबन्ध लेख्नुहोस् । ८
क. विद्यार्थी जीवन र अनुशासन्
ख. नेपालमा कृषि बयावसाय
ग. मलाई मन पर्ने शिक्षक
समाप्त
No comments:
Post a Comment