Wednesday, July 15, 2020

परियाेजना कार्य २०७५


                                   नेपाली भाषा शिक्षणमा वाक्य गठनकोे महत्व

परिचय ः
    मानिस भाषिक अनुभूति र भाषागत सामथ्र्य बढी भएको प्राणी हो त्यसैले भाषामा उसकै बढी अधिकार तथा प्रयोजन पनि रहेकै छ । सबै मानिसहरुमा अनुभूति सामथ्र्य प्रायः उस्तै  हुँदैन । ठाउँ परिवेशअनुसार आफैं सिर्जित तथा विकसित बन्ने भाषामा पनि आफ्नै वर्ण÷व्याकरण तथा वाक्य गठनकोे व्यवस्था हुन्छ । क्षणमा फड्को तथा दिनमा फन्को मार्नसक्ने भाषिक सामथ्र्य नेपाली भाषालाई भएकाले वाक्य गठनको पनि यसमा आफ्नै व्यवस्था  रहेको छ ।
भाषाको न्युनतम एकाइ ध्वनिबाट शुरु भई एउटा पूरा कुरा बुझाउन सक्ने सामथ्र्य भएको एकाइ वाक्यस्तरसम्म पुग्दा वाक्यमा प्रयुक्त सबै वर्गका पदपदावलीहरुकोे आफ्नै व्यवस्था  तथा रुपायन भई एकअर्का बीचको सम्बन्धमा बाँधिएर रहने हुनाले त्यस्तो सम्बन्धतर्फ निर्देश  गर्नका लागि भूमिका अनुसारको पद तथा पदावलीको संगठनबाट बनेका वाक्यहरु बनावटका आधारमा तीन प्रकारका हुन्छन् । जसअनुसार ः
१.एउटामात्र समापिका क्रियाले बनेको वाक्य सरल वाक्य,
२.एकभन्दा बढी सरल वाक्यलाई निरपेक्ष संयोजकले जोडिएर बनेको संयुक्त वाक्य र
३.दुई उपवाक्यलाई सापेक्ष संयोजकले जोडिएर बनेको वाक्यलाई मिश्र वाक्य भनिन्छ, । (जसमा रहेका दुई
        वाक्यहरूमा एउटा स्वतन्त्र र एउटा आश्रित वाक्य रहेका हुन्छन् ।)


उद्देश्य÷औचित्य

वाक्य गठनमा प्रयुक्त पद पदावलीअनुसार  वाक्यका पनि  आफ्नै प्रकारका नियमहरु ह्ुन्छन् यसर्थ  वाक्य तत्वका आधारमा वाक्यमा अपरिहार्य मानिएका उद्धेश्य र विधेय अनि त्यसका बिस्तारक पदहरुको अन्तरसम्बन्धले सरल वाक्यमा रहने विशिष्टतालाई मात्र प्रष्ट्याउँछ तर एउटै सरल वाक्यभित्र पनि एउटा भन्दा बढी वाक्यहरुको कार्य कारणको समन्विति रहेको हुन्छ र तिनीहरुलाई बेग्लाबेग्लै वाक्यमा पनि सरल रुपमा प्रस्तुत गर्ने यथेष्ट आधार र प्रयोगका सम्भावना छन् भन्ने कुराको वोधसहित वाक्य परिवर्तनका लागि विद्यार्थीहरूमा सीप विकास गराउनु नै यस कार्यको उद्धेश्य रहनेछ ।

 यस कार्यका उद्धेश्यहरु ः—
१. वाक्यका प्रकारकोे पहिचान गर्नु
२. वाक्यका प्रकारकोे निर्धारण गर्नु
३. वाक्य परिवर्तनका आधारहरू जान्नु
४.भाव यथावत रहनेगरी वाक्य परिवर्तन गर्न जान्नु
५. भाषिक अभिव्यक्तिमा  वाक्यको क्रम स्तर जान्नु
६. भाषिक अभिव्यक्तिमा  वाक्यको क्षमता जान्नु

के गर्ने ?
१. दैनिक प्रयोगका अतिरिक्त ÷थप शैक्षिक सामग्रीको प्रयोगको सहायताले शिक्षकले विभिन्ने रूपका वाक्यहरु
   विद्यार्थीहरूलाई देखाउने ।
२. फरक वाक्यलाई चिन्ने आधार देखाउने, सुनाउने ।
३. उस्तै भाव भएका वाक्यहरू पनि गठनका आधारमा फरक भएको देखाउने ।
४. तीन प्रकारकै वाक्यहरू नमूनाका रुपमा देखाउने ।
५. वाक्य परिवर्तन गर्दा बन्ने संरचना उदाहरणसहित देखाउने ।
६. साबिक वाक्यमा रहेको रूप र संरचनाअनुसार परिवर्तन गर्दा केन्द्रित बन्नु पर्ने आधार सिकाउने ।
७. बिभिन्न प्रकारका वाक्यहरू दिई परिवर्तनका लागि सहजीकरण गरी  अभ्यास गराउने ।

कसरी गर्ने ?

१. वाक्यका प्रकार र परिवर्तन् उदाहरणसहित देखाउने ।
२. वाक्यका प्रकारको निर्धारण गर्ने आधार सिकाउने ।
३. बिभिन्न प्रकारका वाक्यका नमूना देखाउने ,जस्तैः—
   रामले झोलामा किताव राख्यो । जतिबेला तिमीले बोलायौ त्यतिबेला म खाजा खाँदै थिएँ । राम मामाघर गयो
   र मामालाई लिएर आयो ।
४. मिश्र वा संयुक्त वाक्य निर्माणका लागि प्रयोग हुने संयोजकका बारेमा उदाहरणसहित बुझाईदिने ।
५. बिभिन्न प्रकारका वाक्यहरू दिई परिवर्तनका लागि सहजीकरण गरी  अभ्यास गराउने ।
६. विभिन्न पद तथा पदावलीका शव्दपत्तिहरु विद्यार्थीहरूलाई दिएर विभिन्न वाक्य सन्दर्भको निर्देशनसहित
   शब्दपत्तिबाट वाक्य निर्माण गर्न लगाउने ।

कसकसले गर्ने ?

१. सन्दर्भ शैक्षिक सामग्री निर्माणमा अधिक भूमिका विषय शिक्षक ,विद्यालय र सहयोगी÷पूरक भूमिका
    विद्यार्थीहरुको भई विषय शिक्षकको मुख्य निर्देशनअनुसार कक्षाकार्य गर्ने÷गराउने ।
२. शिक्षकले विद्यार्थीहरूलाई कक्षाकार्यमा सहजीकरण गर्दै विद्यार्थीहरूबाट अधिक सक्रियतापूर्वक साधनरत हुने ।
३. स्रोतव्यक्ति ,प्रधानाध्यापक, विद्यालय निरीक्षक,वियषविज्ञ तथा अन्य पत्यक्ष÷परोक्ष कुनै रूपमा संलग्न भए
  अनुगमन ,राय÷सल्लाह÷सुझावसहित भाषिक प्रयोग कर्ताले  समेत अभ्यस्त रहने ।
४. कक्षाकार्यको प्रतिफलका आधारमा पृष्टपोषण तथा सबलीकरणसहित अभ्यासका लागि गृहकार्य गर्ने÷गराउने ।

कहिले गर्ने ?

१. नियमित कक्षाहरुमा प्रायः सबै भाषिक अभिव्यक्तिका लिखित वा मौखिक रूपहरूमा
२. नेपाली विषयका नियमित कक्षाहरुमा अधिक सचेतता अपनाई
३. व्याकरण शिक्षणअन्तरगत वाक्य शिक्षणका क्रममा अनिवार्य रूपमा
४. भाषिक प्रयोगका क्षेत्रमा अभ्यस्त बन्दा

स्रोत के ?

       पाठ्यपुस्तक, ब्याकरणका सन्दर्भ सामग्री, पुस्तकालय, विभिन्न मातृभाषीहरूका जनबोलीका वाक्यहरू
   सन्दर्भ÷उदाहरण, कक्षा व्यबस्था, शिक्षक, प्रधानाध्यापक, स्रोतव्यक्ति, विद्यालय निरीक्षक ,समाज आदि क्षेत्रबाट
   सामग्री संकलन र प्रयोग ।

 प्रतिवेदन तयारी तथा प्रस्तुतीकरण

 भाषा मानवीय गुण हो । यो आर्जित गुण पनि हुनुले प्रयोगको बारम्बारताले नै यसलाई शुद्ध तथा संबृद्ध बनाउँछ । मानिसमा भने अन्य प्राणीका भाषमा भन्दा अधिक भाषिक सामथ्र्य हुनुले उसका हरेक कार्यहरू यसैमा आधारित हुन्छन् । शिक्षाको बढोत्तरी ,भाषिक सामथ्र्यको आधार ,साझा तथा मान्य भाषाको प्रयोगजस्ता व्यवहारिक तथा सैद्धान्तिक कुनै पनि रूपमा भाषिक सवलताको विकास गराउन नेपालको विद्यमान शिक्षा नीतिले मूख्यतः अनिवार्य रूपमा दुई प्रकारका भाषालाई पाठ्यक्रममा समावेश गरेको छ । त्यसमध्येको एउटा भाषा नेपाली हो ।
निम्न माध्यमिक तहका विद्यार्थीहरुले नेपाली भाषामा आर्जन गर्ने क्षमता भनेकै भाषिक एकाइका विभिन्न विधाहरूबाट वोध ग्रहण र देखे÷जानेका, सुने÷बुझेका कुराहरूलाई सहज रूपमा अभिव्यक्त गर्ने क्षमताको विकास गर्नु हो । कलात्मक÷काव्यात्मक÷रागात्मक÷आख्यानात्मक÷प्रबन्धात्मक÷विचारात्मक अभिव्यक्तिका लागि सामथ्र्यको विकास गराउने हेतुले निर्धारण तथा निर्माण गरिएको निम्न माध्यमिक तहको नेपाली विषयको पाठ्यक्रम÷पाठ्यपुस्तकबाट उल्लेखित क्षमताको अभिबृद्धिका लागि व्याकरणका आधारभूत ज्ञानको पनि उत्तिकै महत्व रहेको हुन्छ र त्यसै महत्वलाई चरितार्थ गर्नका लागि निर्धारित पाठ्यांशमा वाक्यका प्रकार र परिवर्तनको प्रयोगजस्तो व्याकरणिक व्यावहारिक सीपको विकास हुनु पनि उत्तिकै आवश्यक हुन्छ  जसका लागि वाक्य गठन प्रयोग र परिवर्तन् शिक्षणको प्रयोग सम्बन्धी उल्लेखित चरणहरुबाट प्राप्त उपलब्धी÷परिणाम, प्रतिविम्बनको निष्कर्षसहित योजना कार्य सम्पन्न गरिएको छ ।

लेखाजोखा÷मूल्याङ्कन

नेपाली भाषालाई मातृभाषाकै रूपमा ग्रहण गर्नेहरूका लागि विद्यालय तहमा आउने वेलासम्मको घरायसी÷पारिवारिक वातावरणले एउटा पूरा भनाइको पूर्णता सम्बन्धि सीपमा स्वतस्फुर्त अभ्यस्त भई शुद्ध भाषामा वाक्य गठन गर्न सक्ने भएता पनि यस योजना कार्य प्रयोजनको विद्यालय र सन्दर्भ पृष्ठभूमि भिन्न प्रायः भएकाले अपेक्षित लक्ष पूरा गर्न धेरै जटिलताहरूको सामना  गर्नु प¥यो । प्रायः गैर नेपाली मातृभाषीहरूको पारिवारिक पृष्ठभूमि ,समूदायमा शून्य प्रायः रहेको नेपाली भाषाको प्रयोग, सामाजिक ,साँस्कृतिक परिवेश पनि नेपाली भाषाभन्दा बढी अन्य मातृभाषा तथा अन्य भाषाको प्रयोगको बाहुल्यता र यसै पृष्ठभूमिबाट विद्यालय आएर नेपाली भाषाका सामान्य शब्द र अर्थको  जानकारीमा सीमित रहेका विद्यार्थीहरूको पृष्ठभूमिले गर्दा आंशिक रूपमा मात्र लक्ष्य पूरा हुन सकेको यथार्थ स्वीकार्नु पर्छ ।

सामान्य अवस्था र अर्थ वोधका वाक्यहरुको गठन प्रक्रियामा कार्य सम्पन्न गरिसक्दा केहीहदसम्म सुधार भएको पाइयो तर विशिष्ट अर्थवोधका लागि समान रूपका जस्तादेखिने भिन्न वाक्यहरुको प्रयोग गर्ने तरिका एवं उस्तै वाक्य रहेर पनि सन्दर्भ र कार्यमा त्यसले पारेको प्रभावका वारेमा अधिकांश विद्यार्थीहरूको वुझाइमा पूर्णता हुन भने सकेको पाइँदैन । मूलतः भने, भन्ने, भनी जस्ता सापेक्ष संयोजक चिह्नलाई प्रयोग गर्न स्पष्ट ज्ञानको विकास हुन नसकेको पाइन्छ ,त्यस्तै गरी र अक्षर को प्रयोगले संयोजकको काम वा असमापिका क्रिया निर्माणमा हुने  प्रयोगका सन्दर्भमा पनि स्पष्ट धारणाको विकास हुन सकेको पाइएन । एउटामात्र संयोजकको  प्रयोगबाट मिश्र वाक्य निर्माणका लागि अझै स्पष्ट धारण तयः हुन बाँकी नै रहेको पाइयो ।

पुनः योजना र प्रयोग

भषिक शुद्धता ,व्याकरणिक संरचना , अर्थगत स्पष्टताका लागि सहज पदावलीको संयोजन एवं व्याकरणिक परिधि भित्रको प्रयोगको बारम्बारता नै प्रमुख आधार तथा प्रयास हुन्छ यसर्थ आर्जित उपलब्धीबाट प्रेरित गराउँदै वाक्य वोध, गठन, प्रयोग र परिवर्तनमा रहेको अष्पष्टताहरू हटाएर शुद्ध प्रयोगमा बारम्बारता अपनाउनु पर्छ । हरेक अभ्यास पछिका उपलब्धीको मापन गर्दै देखिएका कमजोरीहरुलाई सच्याउँदै लैजानु पर्छ ।
                                                              
                                                                                                                                   प्रस्तोता
                                                                                                                               शंकरप्रसाद सुबेदी
                                                                                                                               नि.मा.शि.तृ
                                                                                                                               जनपथ मा.वि.
                                                                                                                               विराटनगर ,मोरङ
                                                                                                                  २०७५ बैशाख २८ गते शुक्रबार

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...