Wednesday, July 15, 2020

कथा


                                           उधारो


(“नरहे बाँस नबजे मुरली” सुधा र सागसमा कसैको रित्तो वर्तमान अहिलेसम्म ज्यूँका त्यूँ नभैदिएको भए उनीहरुबिचको सम्बन्ध आज उधारो भन्नु पर्ने थिएन ।)

‘दुई दर्जनभन्दा बढी हिउँद र गृष्महरु सागरका निम्ति कुखुराको विहानीसङ्गै उदाउँथे र सन्ध्याको सुस्केरा हाल्ने कन्धरामा आश्रय खोज्न पुग्दथे । उही ठाउँलाई चट्ट माया मारेर छाड््््््न सागरले नसके पनि जीवनको गन्तब्य खोज्ने क्रममा केही बर्ष यता आफ्नो यात्रालाई सागरले अलिक कोल्टो फेरेर बढाएको थियो । आफैं भित्रको जीर्णकथा अरुलाई सुनाउन सागरले उत्तिको ठीक नठानेर आजसम्म नै भेद खोलेर कसैलाई भनेको पनि छैन र भनेको जति चाहिं ढाँटेको पनि छैन ।’

हिउँदको दिन भए तापनि धेरै दिनसम्म पानी नपरेकाले आकाशमा तुवाँलो छाएको थियो । भोगटे भीरको फेदिबाट खानी खोलाको तीरैतीर हिंड्नुपर्ने, बेलाबेलामा भूमरी परेर खोलाको बालुवा ह्वा...र्र ह्वा..र्र हुँदै लुँडिएर बाटो सम्म आउँथ्यो । ‘खोलाको किनारको बाटो जति चाँडै काटिसक्न पाए चिसेनी पाखाको उकालो त बेलुकीको पहरमा बिस्तारै उक्लने थिएँ’ भन्ने सोच्दै सागर आफ्नै सुरमा फटाफट हिंड्दै थियो। मूलबाटो भएकाले अरु बटुवाको पनि कमी थिएन तर सबैको हिंडाइ एकनास भएको चाहिं होइन । कोही नौला त कोही पुराना, कोही चाँडै हिड्ने त कोही बिस्तारै हिंड्ने धेरै किसिमका बटुवाहरु भए तापनि बाटाको माम्लो भरअभर एकले अर्कालाई हेर्नै पर्ने, सागर हूलमा मिलेर हिंड्न थाल्यो । त्यही हूलमा थिई सुधा पनि ।केहीवेरको हिंडाइपछि सुधा र सागरबीच वोलचाल शुरु भयो ।वास्तवमै यी दुई (युवा–युवती)बीच औपचारिक परिचय पनि भएन ।हेर्दामा आधुनिक समाज र संस्कारका अनुयायी नै हुन् भन्न सकिने यी दुईले औपचारिक परिचय त नभई नै एकले अर्कालाई राम्ररी जान्ने भए ।साहसका बलिष्ट बाहू र विचारका सम्राट जस्ता देखिने यी दुईमा न त पुरानो सम्बन्ध भएको अनुमान लगाउन सकिन्छ न त नयाँ सम्बन्धको नै शङ्का गर्न । न त खुलेर वताउँछन् न त बनाउँछन् नै ।

जीवनको यात्राजसरी पदार्पण गरेको यो बाटो आवधिक बिसाउनी पनि थियो । जहाँ प्रायः समान उमेर समूहका, औकात,ओहदा र औपचारिक जीवनशैली हुनेहरूको जमात हुन्थ्यो आवधिक रूमा नै ।

कुरा काट्नेहरु कतिले पुरानै सम्बन्ध्को अनुमान लगाएर सुधा र सागरको सम्बन्ध केलाउन खोजे । कसैले नयाँ सम्बन्धको शङ्का गरेर हँस्सी उडाउन खोजे तर उनहिरुको साम्नेमा हैन पछिल्तिर मात्रै र जति खोतल्न खोज्दा पनि त्यति नै जवाफ पछिल्तिर बाटै अरुहरुले नै दिने गर्थे ÷पाउने गर्थे । उनीहरुमा न त पुरानो सम्बन्ध नै थियो न त नयाँ....? तर पनि आपसमा नजिकिएका चाहिं हुन पनि । न त पुरानो महत्व छ न त नयाँको कुनै रहस्य नै ।समयले समयलाई भन्दा पनि यथार्थलाई भुत्ल्याउने र नङ्ग्राउने गर्छ । हेर्दामा झण्डै एउटै उमेरका हुन कि जस्ता देखिने सुधा र सागरले एक अर्कामा आफ्नो उमेर पनि वताएनन् सम्बन्ध पनि देखाएनन् र बनाएनन् पनि ।दुरीकै समेत सामिप्यता थियो उनीहरुको बसाइमा । समाज, जीवन र जगतप्रतिको उनीहरुको समान हेराइ, समान सामाजिक मर्यादा अनि मित्रत्व पनि । प्रत्येक दिनको पहिलो भेटमा अभिवादनको आदान प्रदान हुनेगथ्र्यो र केही समय बितेकै पनि थियो ।नखोजी पनि उमेरमा सागर केही जेठो भएको प्रमाण लाग्यो त्यसैले सुधा आदरभाव राख्न चाहन्थी, सागर चाहिं समान हैसियत नै राख्न चाहन्थ्यो ।नजाने अन्तर मनभित्र कस्ता चाहनाहरुले घर गरेथ्यो कुन्नी ...? तर एकअर्काको प्रशंसा गर्न यी दुईले कहिल्यै जानेनन् र आफैं मध्येको अर्काले गरेको टीप्पणी पनि कहिल्यै स्वीकारेनन् ।

भिन्दा भिन्दै ठाउँको प्रकृतिले सुम्सुम्याएर पनि समयको हुरीमा भने एकै ठाउँ होमिएका सुधा र सागरको सामिप्यता, एकले अर्कालाई कति सुन्दर, शान्त, स्वच्छ, सरल र पवित्र देख्ने गर्थे । कुरा काट्नेहरुको शङ्कालाई चुनौति दिएको उदाहरण आफैं बन्दथे । आपसी ब्यबहार र आचरणमा आदर्श देखिएका यी दुई युवायुवती को थिए ? को हुन ? र को हनेछन् ?यी प्रश्हरु दुबैसित थिए तर अनुत्तरित नै ।समय बित्दैजाँदा बरु उनीहरुले एकले अर्कालाई आफ्नो जीवन कथा जम्मै सुनाए तर आपसमा को हौं ? र को हुनेछौं ?यो भन्न चाहिं कहिल्यै जानेनन् । यात्राको एक अध्यायको अन्त्य पनि हुनेवेला भइसक्यो ।

सुधा र सागरको भेट पातलिंदै गयो ।हात पसारेर क्षणिक अवधि सिदा पाएका नियतिहर अर्काकै निम्ति चाहिं आदर्श नियति बनेका थिए तर आफ्नो लागि भने सोचे सोचेनन् ...? एकले अर्काका निम्ति पनि सोचेको थाहा पाइएन । सोचेकै भए पनि कहिल्यै ओकलेको पाइएन । निकै दिन पछिको एउटा भेटमा सागरले सुधालाई भन्यो “सुधा..! म तिम्रो अलिकति समय लिन चाहन्छु , दिन सक्छ्यौ ..?” उत्तिको निकटमा रहने एउटा मान्छेले अलिकति समय लिन चाहनु कुनै अनौठो त होइन तथापि सुधाको निम्ति छिनछिनको महत्व रहेको त्यस घडीमा समय दिनु चाहिं सुधालाई सहज त थिएन । आजभन्दा अघि सागरको चाहनालाई कहिल्यै घिडघिडो नपारेकी सुधाले आजको सागरको प्रस्तावलाई उधारो पार्न त चाहिन र अप्ठ्यारो मान्दै भनी “दिन नसक्ने त होइन तर कति समय होला ..?” “थोरै मात्रै लिन चाहन्छु ”सागरले झट्ट जवाफ दियो ।सुधाले त्यतिखेरै समय दिन चाही तर सागरले मागेको समय तयो थिएन । अर्कै समयलाई माग्यो , सुधाले स्वीकारी ,अर्को भेटको निश्चय गरी त्यसदिन उनीहरु छुटे ।

सागर आफ्नो गन्तब्य खोज्ने दौरानमा अर्काको निम्ति पनि पर्याप्त सोच्ने गथ्र्यो । कसैका निम्ति सोच्न ,अनुमान लगाउन न त साक्षात्कार नै हुनुपर्ने ....न त स्वीकृ िनै लिनु पर्ने ..?सागरले सुधाको भावी दिनका विषयमा सुदीपसङ्ग केही कुरा गरेको थियो । वास्तवमा सुधा तनभरि यौवन भरिएर पनि खाली सिउँदोका दिनहरु बिताइरहेकी थिई । जीवन जिउने गोरेटोमा कतै अघि र कतै पछि हुँदै सुधा र सागर सङ्गै हिडिरहेको शैलेस आफ्नो खाली अङ्गालोमा सुधा रहन्छिन भने स्वीकार गर्न तैयार थियो । यो कुरा पनि सागर र सुदीपलाई थाहा थियो ।सुधा र शैलेशका मनभित्रका चाहानाहरु एकआपसमा मेल खाने खालका भए एक जोडी आदर्श दम्पत्तिको पनि परिकल्पना गर्न सकिन्थ्यो भन्ने ठहर सागर र सुदीपको थियो ।अपितु सागरले मागेको सुधाको समयको उपयोग सागर र सुदीप्ले नै गर्ने श्चिय पनि थियो ।

योभन्दा अघि कहिल्यै पनि सागरले यत्तिको अप्ठ्यारोमा पारेर सुधासङ्ग कुनै सम्झौता गरेको थिएन ।कहिल्यै वोलेकोसम्म थिएन ।आफ्ना नितान्त ब्क्तिगत मामलामा सुधाको भावनालाई कहिल्यै पनि खल्बल्याएको थिएन तर आजको यस्तो ब्यस्त समयमा किन ......? सुधालाई साह्रै खटपटी भयो ।उसले उही वाक्य सम्झी “सुधा ! म तिम्रो अलिकति समय लिन चाहन्छु , दिन सक्छ्यौ ?”अनि कल्पनाको अनन्त सागरमा हाम्फालेर विचरण गर्न लागी ।“कतै मैले अक्षम्य अपराध गरेको भएर मलाई बेस्कन गाली गर्न र प्रायश्चित गराउनलाई त वोलाएको हौइन ...?” फेरि आफैं सम्यमित हुँदै सम्झन्छे “ हैन मबाट त्यस्तो कुनै गल्ति भएको पनि छैन ,आजभन्दा अघि पनि मबाट कुनै गल्ति हुनलागेको थाहा लाग्दा आफ्नो सारा काम छाडेर पनि मलाई गल्तीबाट जोगाउने त्यस्तो उद्धार हृदयको सागर कदाचित मबाट भूल भएको भए पनि शान्त र संयमभ एर नै सच्याउने आग्रह गर्दथ्योे । कतै सागरबाटै गल्ति भएर आफ्नो गल्तिको प्रायश्चित गरेको साक्षी बनाउन त मलाई वोलाएको होइन ...?मेरो यस्तो ब्यस्त समयलाई सागरजस्तो संवेदनशील मान्छेले माग्नु ..त्यो पनि जानाजान ....? पक्कै कुनै रहश्य त हुनैपर्छ ।” सोच्दा सोच्दै चिन्ताको भयावह गहिराइमा सुधा चुर्लुम्म डुबी । अब उसलाई समय दिन हतार हुन थाल्यो ।थोरै समय भनेकोमा सुधा अब धेरै समय पनि दिन तयार भई परन्तु सागरले मागेको समयमा पुग्न भने प्रक्षिा नै गर्नु पर्ने थियो । सुधाको निम्ति समय पला घडी बन्यो ,घडी त बर्ष नै हुने भयो र समय त घिस्रेर पो चल्ने भयो ।उसका लागि जिन्दगीको सबैभन्दा लामो घडी भनेको त्यही भयो जुन सागरले मागेको समयको प्रतिक्षाको घडी थियो ।भावनाका श्रृङ्खलाहीन तरङ्गहरु सुधाका मनमा तरङ्गिन लागे ।केही दिन अघिमात्र सुधाले आफ्नो घरमा सागरको विषयमा भलिभाँति कुरा गरेकी रहिछ ,त्यो कलुषित होस् वा पवित्र ...?झट्ट उही कुराको सम्झना आयो र ऊ झस्किई ।कतै त्यही कुराको भेद खुलेर पो सागरले अब के भन्न लागेको हो ..?रगतको साइनोले सानीमाको एघार पुस्तासम्म साइनो नजोडिएको मान्छे ,कतै....! सुधा आफैभित्र हराउन लागी ।अब उसलाई यतिमात्र हेक्का रह्यो ‘सागरले समय मागेको छ र त्यो समय भनेको यतिखेर हुनेछ ।’ सागरकी चीरप्रतिक्षित सुधालाई न त निद लाग्यो न त भोक नै । हरहमेसा आफ्ना थुप्रै कल्पनाहरु सजाई , कति सपनाहरु हेरी र जलाई ।साहै्र बेचयनको घडी भयो सागरले मागेको समयसम्म पुग्नलाई । किन मेरो ब्यस्त समयमा सागरले मसङ्ग समय माग्यो ..? अन्त्यहीन र अनुत्तरित प्रश्नहरु किन किन ?मात्रै सुधाले पाउन थाली ।

“ आज सुधासङ्ग साह्रै संवेदनशील कुरा गर्नु पर्ने छ ,हगी..!”सागरले सुदीप्सङ्ग भन्यो ।सुदीप् कुनै कुराबाट पृथक थिएन ,हो ! को संकेतमा मुन्टो हल्लायो । साथमा सन्तोष पनि थियो तर ऊ भने यतिका कुरासङ्ग परिचित थिएन । केही वुझ्न चाहेको थियो तर न त सागरले नै केही भन्यो न त सुदीपले नै ।उसकै लागि समेत कौतुहलको विषय बन्यो त्यो अवस्था ।प्रतिक्षाको डोरी समातेर बसेकी सुधा ठाउँ र समयलाई फरररक नपारी आइपुगी ।मनभरि भावनाका तरङ्गहरु र कौतुहलताका झन्कारहरुले थर्काइरहेको सुधाको अर्धलज्जित अनुहार , उसको ब्यस्त समय त बिस्मृतिको आकाशमा पखेटा फिंजारिरहेछ तर पनि ‘किन समय मागेको हो ?’भनेर झट्ट  सोध्न चाहिं सकिन , मनभरि जिज्ञासा कौतुहलता र धुकधुकी  बोकेर प्रतिक्षा गरिरही ।

भन्नुपर्ने विषयबस्तुलाई भन्दा भूमिकालाई बढावा दिंदै सार र सुदीप् पालै पालो गरेर कुरा खोतल्न थाले ।कुराको थालनीबाटै प्रष्ट भएको थियो  कि सुधाले शङ्कागरेअनुसारको कुनै गल्ति त सुधाबाट भएकै छैन तयसैले त्यस बापद कुनै सजायको भागी बन्नुपर्ने छैन । तथ्यभित्र कति शङ्का लुकाउने ठाउँ हुन्छ तर प्रमाणयुक्त भएपछि लुकाउन सकिंदैन । थालनीबाटै विषयबस्तुको अनुमान लगाइसकेकी सुधा आफू र आफ्नो फक्रँदो यौवनलाई  नियाल्न लागी ।  आखिर उसको कल्पनाभन्दा बाहिरको कुरा थिएन ।उसलाई संकोच, लाज ,भय, सबैले एकैचोटी गाँज्यो । अनुहार भरि लज्जाका धर्साहरु कोरिए ,धुकधुकी बढ्न थाल्यो ।  शिर निहुराएर संयम बन्न  खोजी  तर संयमताको बाँध फुट्लाजस्तो भयो ।ऊ अवाक भई , भूमिकाबाटै कुरा बुझिसकेकी  भए पनि बुझ पचाएर सोधी “के  भन्न खोज्नुभएको हो..? कुरा वुझिन नी त ...!” कुरा बुझिन नी त भने पनि  कुरा बुझेर निर्णय लिनु छ भन्न्ो कुरामा ऊ सजग पनि थिई  ।यस घडीमा सुधा आफ्नो कल्पनाको महाआकाशमा उड्न लागी ।मानौ अहिले ऊ जीवन यात्राको महासमरमा भोलि खोज्न आतुर छे ।उसको ककलपना रणचण्डी भएको छ र लक्ष्मणरेखा भित्रैबाट ऊ धनु चलाएर सरले रावणको टाउकोको निशाना  राखेको छ उता मनभित्रबाट अनुमानले लङ्का जलाउँदै छ ।उसलाई सीताको निसाले सताएको छ  मानौ अहिले ऊ दरबार हैन सानो घरबार समेत  त्यागेर  रामसङ्ग वनबास जाने तयारीमा लागेकी छ ।उसले अहिले नयाँ संसारको कल्पना गरेकी छ ।उसलाई थाहा छ ‘अहिले मेरो विवाहको कुरा भइरहेको छ र ऊ जान्दछे पनि अब ऊ विवाह योग्य भइसकेकी पनि छ ।तर ऊ भन्न सक्दिन यही मान्छेसङ्ग मेरो विवाह होस भनेर । उसभित्रको बिस्मृतिको संसारमा अलिे नयाँ आत्माले सिंहासन जमाएको छ ,यस वर्तमानसङ्ग उसको कति सम्बन्ध छ ...? उसको निर्बल हृदयले बुझ्न सकेन । ऊ मात्रै त्यहाँ राखिएका सर्तहरु सहजै स्वीकार्छे र आपूm जो संग चाहन्छु उसैसंग मेरो विवाह हुने कुरा हुँदैछ भन्ने उसले सोचेकी छ तर उसलाई भनिएकै छैन कि दुलाहा को हुन्छ भनेर ...!

कुराको अन्तिम बिसाउनीमा सम्भावित दुलाहाको नाम प्रस्ताव गरियो ।उही सुधाको चिरपरिचित शैलेश नै सुधाको जीवनसाथी बनाउा चाहेको थहा पाउनासाथ यतिञ्जेलको सुधाको भावनाको महलभित्रको महल भत्किएर भग्न भग्न भयो ।उसको अनुहार फुस्रो भयो ,घाँटी सुक्यो ,झस्किई ,मानौ ऊ कुनै छाँगाबाट झरेकी छ ,तर उसमा भएको अघिको विक्षिप्त भाव हराएको छ ।ऊ हाृसमा आई र सञ्चित गरिराखेको आफ्नो प्रतिकार जनाई । “हुनै सक्दैन ....!” हृदयले स्वर सुन्नेहरु त यस संसारमा नै कमै मात्र पाइन्छन् ।‘किन सक्दैन ..?’ फेरि सुधापट्टी नै प्रश्न खनिन शुरु भयो ।जति खोतले पनि कुरा कैंचे नै रह्यो ।सुहाए पनि मिल्दैन ,मिले पनि जुर्दैन ,जुरे पनि सम्भव छैन ,सम्भव होला तर .....!यस्तै यस्तै अनगिन्ति अप्ठ्याराहरुको नै भेल आयो ।सबै अप्ठ्याराहरुको पहिचान ,सामना र फैसला गर्ने जिम्मा सागरकै ठह¥यो ।सुधाले आपूmलाई कति सम्यम बनाएकी थिई तर अन्तमा सागरलाई प्रश्न त रखेरै छाडी “ सागर..! तिमी चाहिं विहे गर्दैनौ...?” गर्भे कुराको अर्थ लाग्ने युगमा जन्मिसकेको कु्राको अर्को अर्थ नै किन खोज्नुपथ्र्यो र...?सागरले कुरा बुझिहाल्यो र उत्तर दियो “गर्नेछु सुधा..तर तिमीसङ्ग होइन ।”

सुधा र सागरकाबीच रगतको भने नाता लाग्दै लाग्दैन तर आत्मीयताको भने साह्रै नजिकको नाता छ सम्भावित दम्पति भन्न पनि सुहाउँदा नै छन् तर सागर भने सुधाको हातको भाइटीका लगाउन चाहन्छ त्यसैले विवाह सम्बन्भि लामो बहस पछि आसय खुल्नेगरी सुधाले ‘तिमी चाहिं विहे गर्दैनौ..?’भनेबाट सागरको पवित्र भावका श्रृङ्खलाहरु टुक्राटुक्रा भएका छन् ,यद्यपि सुधासङ्ग विहे गर्न त ऊ अझै पनि चाहँदैन तर आफ्नो पवित्र आस्था र विस्वास माथिको बज्रपातको बदलामा ऊ सुधालाई पनि छियाछिया बनाउन चाहन्छ ।उसले रोजेको भाइटीकामा कलङ्क देख्छ र सुधालाई आपूmसङ्ग विवाह भएको कल्पनामा उडाएर रमीता हेर्न चाहन्छ ।भाइटीकाको केशरी टीका र सयपत्री मालालाई विवाहको सिन्दुर र पोतेसङ्ग जुवारी खेलाउन खोज्छ । जसरी तिमी चाहिं विहे गर्दैनौ सायर ..? ले सागरलाई पिरोलेको छ त्यसैगरी गर्नेछु तर तिमीसङ्ग होइन ले सुधालाई पनि नङ्ग्राएको छ । सागरको पवित्र संंसार सल्किएको छ ,डढेको छ भने सुधाको सपना जलेर आफैंपिरोलिएकी छे । सुधाले सोचेकी थिई सागर र सुधा भन्ने यी कुमार कुमारीहरुको अन्तिम कडी भनेको सागरले मागेको समय हो र त्यसपछि उनीहरु प््रणय सूत्रमा बाँधिएको आ–आफ्नो चोखो अङ्गालोमा एकले अर्बालाई लिनेछन् । इन्द्रेणी कल्पना र सुनौला सपनाहरुमा विचरण गर्नेछन् ।तर त्यसो हुन नसकेपछि सुधालाई हीन भावले पिरोल्न थाल्यो ।उसको ब्यस्त समय पनि हुरीमा बालुवा उडे झैं उड्न थाल्यो ।समयको महत्व विर्सिएर  वा सम्झिएर पनि समयलाई सदुपयोग गर्न छाडी । उपायको खोजी गर्दै रहँदा झिनो आसासम्म पलाउन सक्ने उपाय देख्दछे सागरसङ्ग फेरि एकपटक भेट गर्नु ।तर कहाँ र कसरी भेट््ने ....,?

सागरसङ्ग भेट गर्ने  कति उपायहरु सुधाले रचीसकी तर कुनै पनि सजिलो ठहरेन ।अनायास उसको मनमा के ले झम्टियो कुन्नी सागरलाई एउटा पत्र लेखी ,पोष्ट गर्न गई उसलाई डर लाग्यो ,हातगोडा कामे ,कतै अनर्थ हुनेगरी त केही लेखेकी छुइन भन्ने शङ्का लाग्यो र पोष्ट गरिहाल्न सकिन ,एकान्तमा गई र आफैं एक पटक पत्र हेरी ,फेरि पट्याएर खाम भित्र हाली ।पोष्ट गरी र अनेक तर्कना मनमा खेलाउँदै घर फर्की ।अझै पनि पत्रमा अनर्थ केही लेखिन गएको छ कि भन्ने डर उसलाई रह्यो । यदि त्यसो भएमा सागर रिसाउला भन्ने डर उसलाई भयो र रिसाएको सागरको अनुहारको कल्पना कति गरी तर मिलाउन सकिन किनकी आजसम्म सागर उसङ्ग कहिल्यै रिसाएकोसम्म थिएन ।फेरि सम्झी सागरले आजसम्म त उसको कुरालाई अस्वीकार गरेको भनेको मात्रै विवाहको कुरा हो अब फेरि भेट गर्ने कुरालाई पनि अस्वीकार ग¥यो भने चाहिं आफ्ना सारा सपनालाई नै जलाइदिने अठोट गरी सुधा आफ्नो घर पुगी ।

आफ्नो अस्तित्वको लेपन लगाएर रङ्गीबिरङ्गी फूःलका बुट्टा कुँदिएको  कल्पनाको ऐनालाई साम्नेमा टाँगेर आफ्नो अनुहार ,अस्थिपञ्जर ,यौवन ,क्षमता र जवानीलाई आपैंmभित्र कल्पिएको रङ्गीन फित्ताले नाप्नथाली सुधा। त्लाउको कमलको पूmल पहिलोपटक  फक्रिए झैं लाग्यो आफ्नो रुप र उही तलाउको हिलासङ्ग आफूःलाई दाँज्न खोजी तर प्रशस्त अन्तर देख्न थाली र देखिरही आपूm वासनामय पूःल र अनि चुम्दै र घुम्दै रहेका भमराहूरु ।वास्तवमा एउटा कमलको पूmःलले तलाउ र हिलोभन्दा पृथक आफ्नो जिन्दगीको कल्पना गर्नु सरासर गलत थियो तर सुधाले तलाउको बीजलाई पूmःलाउन सुन्दर गमला चाही ।यथार्थमा कुनै कोही तलाउभन्दा छुट्टै आधार र अस्तित्व नभएका भए पनि सुधाको दृष्टिमा सागर नै एउटा गमला ठह¥यो र यो उसको दृष्टि भ्रम मात्रै नै थियो ।कल्पनाको ऐनालाई पनि अगाडि मात्र राखेर रुप श्रृङ्गार्ने सुधाले पछितिर फर्किएर आफैंलाई नियालेको भए उसका घुँडीखोप्रामा कति पत्र मैलो जमेको थियो ....? मात्रै अनुहार सुम्सुम्याउने सुधाको गोलीगाँठाले कति हिउँदको तुसारोमा काँचुली फेरिसकेको थियो .....?त्यो त सुधालाई पत्तै भएन ।हजरवाले जुत्ता फुकालेर जँघार तरेको खोलामा पक्की पुल बनेर त्यसै माथि रेलमोटर दगुर्न थालेका छन् तर सुधाजुत्ता हातमा बोकेर तर्न चाहन्छे । बेंसीको घाँस दाउरा गर्ने फड्के मक्किएको थाहा नपाएर चुच्चे जुत्ता लगाईलगाई तर्न खोज्छे ।कतै.....?.....?

आपूmःलाई सुम्पिएको श्रेय सम्हाल्न नै सागर तल्लीन थियो किन्तु केही विचलित पनि । कतै सत्यकै निम्ति भनेर सत्य वोली पाइएमा सुधाको भावनाको प्रतिकुल निर्णय लिनु पर्ने त होइन ....?आजभन्दा अघि उसको भावना नमारेको सागर यदि त्यसो हुन गएमा आपूm अक्ष्यम्य अपराधी बन्छु जस्तो मान्दै थियो ।उसको सोचाइलाई नै भताभुङ्ग पार्दै हुलाकीले एउटा पत्र दियो सुधाले लेखेको र आफ्नो बाटो लाग्यो ।सागरले पत्र खोल्यो —

“सागर..! तिम्रो श्रेय सम्हाल्न हतार नगर जुन म र शैलेससङ्ग सम्बन्धित छ । परन्तु फक्रने पूmललाई भमराले चुम्नु पनि अनौठो थिएन तर पवनभरि खोजे पनि शुभाष छर्ने ठाउँ नपाई अल्मलिएकी छु ,अप्ठ्यारो मान्दैनौ भने फेरि पनि सागर....?किन...?किन....?शरदमा नै शिशिरले उजाडे जस्तो लाग्छ ,एउटा जुनेली हेर्ने धोको बोकी बोकी ब्याकुल भएकी छु ,जसरी भए पनि भेट गरौं न ...!म यसै नओइलाऊँ ,...पत्रमा अटाउन सकिन अरु भेटमा ।”— सुधा ः  
  प्रत्येक वाक्यको आसय भलिभाँति हुनसक्थ्यो । सागरले जबरजस्ती अर्थ लगायो । सुधासङ्ग भेट गर्न मन लागेन तथापि ऊ भेट चाहिं दिनै चाहन्थ्यो ।किनकी ऊ सुधालाई पराइ ठान्दैन ।किन्तु सुधा आफ्नी बन्न चाहन्छे ऊ त्यो पनि मान्दैन । आफैं अठोट गर्छ ‘सुधालाई भेट दिन्छु भन्ने र उसको भावना फुलेको फुलबारी र कल्पना फैलिएको आकाशभरि उसलाई उडाइदिन्छु । ऊ खुसी हुन्छे म त्यही रमीता हेर्छु । उसको खुसिलो पन नै मलाई मन पर्छ ।’सागर भेट दिन पनि जान्छ ।

सूर्य ओरालो लागिसकेकाले दिउँसोको प्रचण्ड गर्मी घट््््््््््न थालेको थियो ।आँपको सिंयालमा गुन्द्री ओछ्याएर सुधा र शशीका आ–आफ्नै धुन छन् ।सुधा हातमा एउटा पुस्तक लिएर मनमा दश थोक सोच्दै घोत्लिरहेकी छ ।दशबाह्र बर्षकी केटी शशी कमिलाको ताँती हेर्दै र बिथोल्दै गर्छे । सुधाको अनुहारमा कमिलाको ताँती छरपष्टिए झैं र सम्हालिए झैं गरे जस्तै उसका कल्पनाहरु छरिने र बटुलिने गर्छन्। सागरलाई वोलाएको अरुलाई भनेकी छैन । ऊमात्रै वेलावेला आँखाबाट आशाको त्यान्द्रो सागर आउने बाटोतर्फ हुत्याउँछे । नभन्दै सागर पनि आइपुग्छ । सुधा सदा झैं अभिवादन गर्छे । अरु कुरा हुन नपाउँदै सागरले आफ्नै शैलीमा भन्यो –“निम्तो केको हो ?थाहा नपाए पनि स्वीकारेको छु । ” के भन्न वोलाएको थियो कुन्नी सुधाले फटाफट भन्न त सकिन । उदाउँदै गरेको सूर्यजस्तै रातो अनुहार बन्यो र उसैमाथि लज्जाका रेखाहरु कोरिए । लाडे स्वरमा भनी “तिमी पनि मलाई केके भन्छौ ?म भने आफ्नै रापले जलेर खाक हुन लागें भने तिमी के गर्छौ ......?.. ” अरु वोल्न खोज्दा खोज्दै सुधाको गला अवरुद्ध भयो । एकछिनको सुनसान पछि सागरले गम्भीर हुँदै थोरै मुस्कुराउँदै वोल्यो —“एउटा ओइलिएको सयपत्री सिरानीमाथि झुण्ड्याई राख्नेछु ” वस् ! कुरा यति मै टुङ्गियो ।दुबै आम्नेसाम्नेमा छन् ।सागरले शशीलाई आफ्नो काखमा लियो ,स्तर सुहाउँदा अनेक ठट्यौली प्रश्नहरु गर्दै सुम्सुम्याउँदै रह्यो ।शशी पनि बालकै थिई ।उसका बालसुलभ भावहरु झल्किरहेको चेहरा त्यस्तो देखिन्थ्यो मानौ अहिले ऊ आफ्नै दाजुको काखमा आल्हादित हुदै रमेकी छ र उसका कोकिल कण्ठहरुले प्याउलिएकै स्वरमा सागरका प्रश्नहरुको उत्तर दिंदैछन् तर सागरको ध्यान शशीका स्वरतिर केन्द्रित छैन , ऊ त सुधाको अनुहारलाई कितावका पाना जसरी नै पल्टाउँदै र पढ्््््््््््््््दै छ ।

(सागरले विहे गर्छु त भनेन गर्नेछु मात्रै भनेको छ , जतिवेला गर्छु भन्नेछ त्यसवेला सम्ममा शशी पनि विहे गर्न योग्य भै सक्नेछे । आजैदेखि आपूःmसङ्ग झ्याम्मिएकी शशीको यौवन फक्रिएको देख्दा सागर लालाहित हुनेछ र यी दुईबीच प्रेम बस्नेछ र भावी दिनका दम्पति यी दुई नै बन्नेछन् ,मेरा सारा सपनाहरु शशीका निम्ति सार्थक हुनेछन् ........। नत्र आज शशीलाई दिएको प्यार स्नेह र स्पर्श मलाई नै भै दिएको भए ....?)
सागर र शशीको अहिलेको ब्यबहार र दीर्घकालिन सम्भावनाको ईष्र्या सल्किरहेको सुधाको अनुहारबाट एउटा पर्दाको दृष्य पढिसकेर सागर आफ्नो बाटो लाग्न चाह्यो ।सुधाको सागरप्रकिो प्रतिक्षित हृदय दण्डित भएजस्तो भयो । मलिन अनुहार र आँसुमा डुबेका आँखाले पुलुक्क सागरतिर हेर्दै विनित स्वरमा भनी— “सागर ! तिमीले लिएको श्रेय छाडिदेऊ है ! ” योभन्दा बढी सुधा वोल्न पनि सकिन , सागर आफ्नो बाटो लाग्यो । सुधा र शैलेश बीचको मामलाबाट सागरले छुटकारा पाएको भए तापनि सुधासङ्ग सागरको न त अर्को सम्झौता छ न त बिरोधाभाष नै ...?

संयोग नै त्यस्तो प¥यो ,सुधा र सागरको अप्रतयासित भेट भयो फागु पूर्णिमाको दिन । सबैले सहेको पर्व , कोही कसैमा केही भेद छैन सबका सब होली खेल्नमा नै ब्यस्त ।मौका छोपेर सुधा पनि हातमारङ्ग बोकेर सागरलाई रङ्गाउन भनेर आई  । सागरले सुधाको हात समातिदियो । देख्नेहरुले फागुको वेला वास्तासम्म गरेनन् तर सुधाको हृदयले यतिवेला कल्पनाका चल्ला कोरल्न पुग्यो । ऊ अहिले विवाह कक्षमा उभिएकी छे । वरिपरि हातमा रङ्ग बोकेर होली खेल्न उभिएकाहरु एसको विवाह मण्डपमै दियो ,कलश ,माला आदि आदि बोकेर उसको छेउछाउमा रहेका गाउँलेहरु ् दिदीबैनीहरु ह्ुन् ।मनौ उसको हातमा अब सागरले स्वयम्बरको औंठी लगाइदिनेछ । आफ्नै सुरमाहाँस्नेहरु पनि लाग्छ  अब उनीहरुलाई नै हेरेर हाँस्दैछन् ।अब उसले ठाडो शिर परेमा उत्ताउली ठहरिन्छे ।कडा प्रतिकार केहीमा गर्नु हुन्न ,लज्जालु बन्नुपर्छ ।मनोलोकको यही भ्रमले उसको हात लुलो भयो ,मुट्ठी फुक्यो , रङ्ग सागरले हात पा¥यो र सुधाको टाउको भरि पोतिदिन चाह्यो ।सुधा मनमनै विवाहको जग्गेमा (यज्ञमा) बसेकी छे र उसको सिउँदोमा सिन्दुर पुरिइंदै छ सागरबाट । उसको आङ्ग सिरिङ्ग भयो ,शरिरभरी काँडा उम्रिए ,धुकधुकी बढ्न थाल्यो । उसको शिरबाट सागरको हात हटेको धेरै पछिमात्र उसलाई पूर्ण होस आयो ,मात्रै होली खेलेको रहेछ ।

सुधा र सागर हिजो जस्ता  थिए आज पनि त्यस्तै छन् ।सागर अब आफ्नै बाटो लाग्न चाह्यो सुधाले रोक्न खोजेर पनि रोक्न सकिन । छुट्ने वेलामादुबैका आँखा जुझे र आँखामा नै प्रश्न खडा थियो ‘ अबको भेट कहिले होला...?’ तर उनीहरु दुबैमा यसको न त सही न त सम्भावित उत्तर नै थियो ! न त सुधाको सपना फुलेको थियो न त डढेको , न त सागरको सयपत्रीे फुलेको न त ओइलिएको ....। दुबैका विचारहरु उधारो नै छन् र सम्बन्ध पनिउधारो नै ््।
                                                                                                                                                  
                                                                                                                                                          (स्मृतिको पानाबाट ०५२÷०१÷२७)

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...