विषय— अनिवार्य नेपाली
कक्षा —११, पूर्णाङ्क — १००
समय ः– २ः१५ घन्टा उत्तिर्णाङ्क — ४०
अङ्क दिंदा विद्यार्थीको मौलिक उत्तरलाई प्राथमिकता दिइने छ । प्रश्नको दायाँ किनारमा राखिएको अङ्कले पूर्णाङ्क जनाउँछ ।
१. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । ५
क) दिइएका वर्णहरुको उच्चारण स्थान र उच्चारण प्रयत्न निर्धारण गर्नुहोस् ।
ग, छ, प, य, ह
ख) दिइएका शब्दहरुको अक्षर संरचना देखाई अक्षर संख्या लेख्नुहोस् ।
खाम, कलम, पौरखी, अन्तराष्ट्रिय, महान्यायधिवक्ता
२.) दिइएको कथनलाई शुद्ध पारेर सार्नुहोस् । ५
नागरिक आफु सछ्यम भएमात्र पनि समाजलाई योगदान दिन सक्छ कर्मशील ब्यक्ति नै प्रशंसित हुन्छ ।भने एस्ता व्यक्तिले विनयशिलता पनि ग्रहण गरेका हुन्छन् मातृभूमिको रिण चुक्ता गर्न पनि कर्मलाई मुख्य पेशा बनाउनुपर्छ ।
३. निम्न लिखित रेखाङ्कित शब्दहरुको शब्दवर्ग ( नाम, सर्वनाम, विशेषण, अव्यय) छुट्याउनु होस् । . (३)
धेरै पढ्ने व्यक्तिले आजभोलि जसरी पनि समय निकालि छाड्छ किनभने बदलिंदो युगको माग नै यही
भएको छ ।
४) दिइएको अनुच्छेदबाट दुईवटा तत्सम शब्द र दुईवटा आगन्तुक शब्द खोजेर टिप्नुहोस् । २
बुढेस कालमा मनुष्यको जीवन ज्यादै कष्टप्रद हुन्छ ।यस्ता बेलामा उसले सन्तानबाट सेवा र कदर पाउने अपेक्षा गर्नु स्वभाविक नै हो ।आफूलाई जन्माउने आमाबाबुको सेवा गर्ने मौका पाउँदा पाउँदै पनि त्यसलाई मतलव नगर्ने सन्तानको तकदिरमा सुख त लेखिएको हुँदैन; तिनको पनि भविष्य मुस्किलमा पर्ने निश्चित छ ।
५. कुनै दुई प्रश्नकोे उत्तर लेख्नुहोस । २×३=६
क) दिइएको अनुच्छेदबाट ३ वटा उपसर्ग व्युत्पन्न र ३ वटा प्रत्यय व्युत्पन्न शव्द पहिचान गरी व्युत्पादन संरना देखाउनुहोस् ।
प्रकृतिको अनुपम उपहार नेपाली भूमिमा रहेका प्राकतिक सम्पदाको सौन्दर्यसँग लोभिएका विदेशी पर्यटकहरू यहाँको साँस्कृतिक विविधताभित्रको एकता देखेर छक्क पर्छन् । यहाँको सामाजिक जीवनको मौलिकता, घरेलु उत्पादनका साधनको उपयोग नै पाहुनाका लागि आकर्षणका आधारहरू बनेका छन् ।
उपसर्गः अ, परि, वि
प्रत्ययः औना, इलो, ले
ख) तलको अनुच्छेदबाट ३ समस्त शव्द र ३ द्विरुक्त (द्वित्व) शव्द खोजी समस्त शव्दलाई बिग्रह र द्विरुक्त शव्दको द्वित्व बिच्छेद गर्नुहोस् ।
हात्तीपाइले रोगले थलिएको पिताम्बर खर्चबर्चको जोहो गरेर आफ्नो जेठोबाठो छोराका साथमा उपचार गर्न राजधानी आउँदा आधा पैसा बाटाखर्चमै सकिएपछि सङ्कटमा परेछ । सहरका ठाउँठाउँमा मानिसहरूको ठेलमठेलमा हुत्तिएका बेलामा कहाँ पकेटमारले बचेको पैसा पनि कुम्ल्याएछ । त्यसपछि त दुबै बाबु छोरा अब के गर्ने हो भनी आपसमा सरसल्लाह गर्न थालेछन् ।
ग) दिइएको अनुच्छेदबाट तीनवटा सन्धियुक्त ब्युत्पन्न शब्द छानी तिनको सन्धि बिच्छेद
गर्नुहोस्।
घरेलु अत्यावश्यक सामान किन्न मानिसहरु बजार जान्छन् ।बजारको भिडभाडमा कहिलेकाहीँ वयोबृद्ध तथा केटाकेटीहरुलाई अप्ठेरो पनि हुन्छ ।यस्तै हुलमुलमा चोरीको बिगबिगी हुन्छ भने रक्स्याहाहरुले पनि बाटाघाटामा दुःख दिन्छन् । सडक पेटीका व्यापारीले सोझासाझा गाउँलेहरुलाई सक्कली माल भनी नक्कली माल बेचेर ठग्छन् ।
६ ) दिइएको अनुच्छेदमा भएका वाक्यहरूलाई स्त्री लिङ्गमा भए पुलिङ्गमा र पुलिङ्गमा भए स्त्री लिङ्गमा परिवर्तन गरी पुनर्लेखन् गर्नुहोस् । ५
गुरुले पाठ पढाउँदै हुनुहुन्थ्यो । एउटी केटीले नबुझेर रुन थालिछ । सबै केटाहरूले उसलाई जिस्क्याउन थालेछन् । गुरुले हाँस्ने केटाहरूलाई सम्झाउनु भएछ । त्यो केटी पनि खुसी भएर हाँस्न थालिछ ।
७) कुनै एक प्रश्नको उत्तर दिनुहोस् । ६
क. दिइएको कथनलाई पदसङ्गति मिलाएर पुनर्लेखन गर्नुहोस् ।
आमाले हामीलाई भन्यो —तिमीहरू राम्ररी पढ् । आमाले भनेको त्यसबेला मैले मानेन । भाइले चाहिं मानेर
राम्ररी पढिन् । थाहै नपाई समय बित्नुभयो । परीक्षा पनि आएछन् । दुबै जनाले परीक्षा दियो । परीक्षाफल आईन् । म फेल हुनुभयो । ऊ पास भए । हाम्री नतिजा देखेर गुरु पनि छक्क परो ।
ख. छ वटै कारकको प्रयोग गरी कुनै घटनाको बारेमा एउटा अनुच्छेद लेख्नुहोस् ।
८. सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
क)दिइएको सरल वाक्यमा भएका पद÷पदावलीहरू वाक्यतत्वका आधारमा (उद्देश्य, विधेय, उद्देश्य बिस्तारक
र बिधेय बिस्तारक) छुट्याउनुहोस् । ४
हरिका काकाले बजारबाट ल्याएको टोपी सारै न्यानो रहेछ ।
ख) दिइएको अनुच्छेदमा भएका वाक्यहरू करण भए अकरण र अकरण भए करण बनाएर पुनर्लेखन
गर्नुहोस् । ४
रामले किनेको कलम निकै राम्रो रहेछ । उसकी बहिनीलाई त्यो कलम मन परेनछ । उसले त्यस कलमले
लेख्न मन गरिनछ तर रामले उसलाई त्यो कलम दिएछ ।
९. निम्न लिखित अनुच्छेद पढी त्यसको अन्तिममा सोधिएका प्रश्नहरुको उत्तर लेख्नु होस् । (१०)
म्ोरो देशको शिर हिमाल,शरीर पहाड र चरण तराई हो ।मेरो शिरभित्र हिमालझैं स्वच्छ विचार र पहाड झैं
उच्च हृदय लिएर म तराईका समतल चरण टेकी सहत रुपमा यात्रारत छु ।गतिशील छु । म पहाडलाई सिंगार्न चाहन्छु ।म अविरल बर्षादले आत्तिएर अनि पहाडको बिकटताले विरक्तिएर तराइतिर बगिरहेको पहाडको माटो जोगाउन चाहन्छु ।त्यसका लागि म बृक्षका दूत पठाई पहाडको माटोलाई संरक्षण दिने अभियान थाल्न चाहन्छु ।पहाडको पहिरो देखि विरक्तिएर तराईको ताताु पानी र हावा खान झरेका पाइलाहरुलाई म बीच बाटामै रोक्न चाहन्छु अनि पहाडी झरनाको चिसो पानी र हिमाली झोक्का परेको चिसो मीठो बतार ,उनीहरुको श्वासप्रश्वास भएको यथार्थ वोध गराउन चाहन्छु ।म हाम्रो हाडमासु भएको शरीरु जस्तो छ पहाड पनि त्यस्तै छ भन्ने शैक्षिक अभियान चलाउन चाहन्छु ।यसका अतिरिक्त म सगरमाथालाई उच्छिन्ने अभियानमा थुप्रिएको फोहोरको थुप्रो सम्मिएकोृ देख्न चाहन्छु ।त्यस सत्कार्यमा म पनि सक्रिय रुपमा कुनै ठोस निकायको आडभरोसा लिएर क्रियाशील हुन चाहन्छु ।
प््राश्नहरु
क) हामी के गरिरहेका छौं ?
ख)पहाडलाई सिंगार्न के गर्नुपर्छ ?
ग) पहाडको माटोलाई कसरी जोगाउन सकिन्छ ?
घ) तराईतिर झरेका पाइलाहरुलाई कसरी पहाडमै रोक्न सकिन्छ ?
ङ) ‘अविरल’ र‘ दूत’ शब्दको अर्थ लेख्नुहोस् ।
१०. दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्द सम्मको निबन्ध लेख्नुहोस् । १०
क. मेरो सपना ःसमृद्ध नेपालको परिकल्पना
ख. लोकतन्त्रको महत्व
ग) नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको भूमिका
११. ‘माघे सक्रान्ति’ शीर्षकमा १०० शव्दमा एक अनुच्छेद लेख्नुहोस् । ५
१२. आफ्नो घरमा ‘खाने पानीको धारा जडान गरिदिनुहुन’ भनी खाने पानीका संस्थानमा पेश गर्ने निबेदनको
नमूना तयार पार्नुहोस् । ५
१३) तल दिइएका ‘एक चिहान’ उपनयासका अंश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् । १०
”भो भो धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौं ? कुन किसानले दरबार बनाउन सकेको छ । ‘खेत’भनी सँधै यसरी मरिरहेका छौं । खाने वेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौ , अझ बर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नुपर्छ ।”मुसुक्कै हाँस्तै हाकुमायाले भनिन् ।
”खान त पाएनौ हामीले , लौ हो भनौ , तर संसारलाई ख्वाउन त पाएका छौं ।यो हाम्रो सानो अहोभाग्यको
कुरा हो ?” शिवनारानले पनि हाँस्तै भने
प्रश्नहरु
क )माथिको पहिलो अनुच्छेदमा श्रमजिवी किसानको कस्तो अवस्था उल्लेख भएको छ ?उपन्यासका आधारमा चर्चा गर्नुहोस् ।
ख )दोस्रो अनुच्छेदको अभिव्यक्तिका आधारमा शिवनारानको चरित्र चित्रण गर्नुहोस् ।
१४ .दिइएका सबै प्रश्नहरुको उत्तर दिनुहोस् । १५
अ) दिइएको कविताका आधारमा सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
आकाश छुने टाकुरा हाम्रा भेटेर भेटिन्न
पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न
बिम्झौंला कहाँ पूर्वको पैलो उज्यालै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
प्रश्नहरुः—
क) ‘आकाश छुने टाकुरा हाम्रा भेटेर भेटिन्न’ भन्नुको तात्पर्य के हो ?
ख) पूर्वको पैहिलो उज्यालोले के कुराको वोध गराउँदछ ?
ग) पूर्खाको पौरखी पाइला किन मेटिन्न ?
घ) यस कवितांशले नेपालका के कस्ता बिशेषताहरु देखाउँछ रु
ङ) यस कवितांशको मुख्य भाव के हो ?
आ) दिइएको कथा अंशका आधारमा सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।
”के रुपियाँको लोभ देखाउँछौ साहु , गरिव छु, निमेकमजुरीले छाक टार्नुपर्छ तापनि पैसाको निम्ति आत्मा बेच्ने त्यतिसारो नीच भएको छैन्। छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्छन् । यस्ता बेलामा चटकक् छाडेर भारी खेप्न हिँडे मर्दैन? तिमी त ठमठमती छौ र रुपियाँको धाक देखाउँछौ । धनजितेका झै चार दिन अन्न न पानी भएर लड्नु परे थाहा पाउने थियौ ।”
”इस्, छिमेकी । अस्टि चौटारामा झन्नैले मारेठ्यो, ठा पाउलास् ।”
प्रश्नहरुः–
क) माथिका भनाइ कसकसका हुन?
ख) माथिका पहिलो र दास्र्र्रो उद्धरणमा बक्ताको दृष्टिकोण मा के भिन्नता छ?
ग) ‘पैसाको लागि आत्मा बेच्ने नीच भएको छैन् । भन्नुको तात्पर्य के हो?
घ) छिमेकीलाई ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ किन भनिएको हो?
ङ) छिमेकीको महत्व कतिवेला थाहा पाईन्छ?
इ . दिइएको निबन्ध अंश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् ।
भैतिक शरीरको सौन्दर्य जीवनको संपूर्णता होइन , मान्छेको मन चाहिं कदापि कुरुप हुने हुँदैन । यो सहरको स्पर्शले यस शरीरलाई कुरुप बनाए पनि मन भने तिमीले जस्तो बनाइ दिएकी छौ त्यस्तै छ ।त्यसैले त म तिमीभन्दा यति पर बसेर पनि तिमै्र मायाले द्रवीभूत भएकी छु र यी प्रत्येक अक्षर रुपमा पग्लँंदै पग्लँंदै झरिरहेकी छु ।
प्रश्नहरु
क )‘भौतिक शरीरको सौन्दर्य जीवनको संपूर्णता होइन’भन्नुको तात्पर्य के हो ?
ख ) निबन्धकारका दृष्टिमा मान्छेलाई शरीर वा मन केले सुन्दर बनाउँछ ?
ग ) निबन्धकारको मन किन नफेरिएको हा ?
घ ) निबन्धकारको सुनखानीप्रतिको माया कसरी पग्लिएको छ ?
ङ ) ‘कुरुप’ र ‘द्रबिभूत’ शव्दको अर्थ के के हो ?
१५ . हर्कबहादुर’ कवितामा कविले राष्ट्रियता, स्वाधीनता र नागरिकताको महत्व कसरी प्रष्टिने सङ्केत गरेका छन् ? स्पष्ट पार्नुहोस् । ५
No comments:
Post a Comment