Monday, July 27, 2020

कथा

                                           जम्काभेट

पिठ्यूँम सानो झोला ,हातमा लौरो बोकेर होल्र्याङ्गहोल्र्याङ्ग अँधेरीबाट ओरालो लागेको थियो त्रिबिक्रम । खडेरीले महिनौदेखि खाएको फाल्गुणको दिन जताततै तुवाँलो शिवाय केही पनि थिएन । पैतलबाटो निकै हिड्नुपथ्र्यो उसले घरसम्म पुग्नलाई । भारी भए आमाका हातमा हालिदिने आधा किलो मिश्री उसको झोलामा थियो होला । फटाफट पाइला चाल्दै पाखुरेको थुम्कीबाट बाासकटेरी पट्टीलाग्दा अस्ताउन लागेको सूर्यको किरण सिधै आँखामा पथ्र्यो र आँखा चिम्राउँदै सरासर हिडिरहेको थियो । निकै परबाट आपैंmतिर कोही आउँदै गरेको देखिन्थ्यो । एउटा पश्चिमतिरबाट अर्को पूर्वतिरबाट आउने बाँसकटेरीमा जम्काभेट नै हुने भयो । सोझै आँखामा परेको सूर्यको किरणलेगर्दा तिर्मिराएका उसका आँखाले परै हुँदा ठम्याउन नसके पनि नजिकमा आएपछि मात्रै ठम्यायो आफूले चिनेकै किशोरी तिलोत्तमा पो रहिछन् ।

हुन त त्रिबिक्रम र तिलोत्तमाको चिनारी पहिलेदेखि नै थियो । कति पटक त त्रिबिक्रम तिलोत्तमाको घरमा बास पनि बसेको थियो बाटाको घर परेकाले तर अहिलेसम्म पनि उनीहरूको वोलचाल भने भएको थिएन । घरमा बसेका दिन बा आमासङ्ग गफ छाँट्दै ठीक्क तैपनि उनीहरू एकअर्कालाई राम्ररी चिन्दथे ।

अघि उँधो लागिरहेकै वेला त्रिबिक्रमका आँखा घामले तिर्मिराएर होला अनुहार खुम्चिएका कारण खिस्स हाँसे जसरी दाँत देखिएका थिए क्यारे ..तिलोत्तमालाई हाँसेको भान पर्न गएछ । चिनेकै दाइ भए पनि आजसम्म वोल्न मौका नपरेको आज चाहिं वोल्नै प¥यो,ऊ पनि हाँस्दै आउँदै छ भन्ने सोच्दै अलिअलि मुस्काइहालिन् तिलोत्तमा पनि । उसको र उनको सोचाइ ठ्याक्कै मिल्यो । कति अघिदेखि बाटो हेराहेरमा नै गुज्रेको संयोग आज भने बोलेर नै जाने भयो भन्नेकुरामा दुबै ढुक्क भए । दुबैका ओठमा लज्जालु हाँसो पोखियो तर कसले पहिले वोलाउने भन्ने बाटो हेराहेर हुँदैमा यसपटकको जम्काभेट त्यतिकै ट¥यो र एकअर्काका बिमुख पर्न पुगे । मन र मान्छेको दुरी कोसौं फरक हुन गयो ,गुमेको समय सम्झेर दुबै एकैपटक पछाडि फर्किए, झण्डै टाउको ठोक्कियो ,लाजले भुतुक्क हुँदै दुबै आ–आफ्नो बाटो लागे । यस्तै अरु पनि एकदुई पटक अप्रत्यसित खालका हेराइ र लालाहित चाहाना माकुरे डोरीमा बेरिएर तड्पिरहे । बराबरी वोल्ने चाहाना भएका यी दुबैको बाटो हेर्दाहेर्दै वोल्ने अवसर गुम्यो । यसपटकको जम्काभेट पनि त्यतिकै पोखिएर गया, दुबै एकअर्काको आँखाबाट ओझेलमा परे ।

पाँच दिन मात्रै वितेको थियो त्रिबिक्रम फेरि झुक्कियो । पहिले नै एक पटक जन्ती जाने निम्तो मान्न हिंडेका द्धिबिक्रम र त्रिबिक्रम रातभरि झरी थापेको रतुवाको किनारमा सूर्यको पदार्पणले बालुवाका पाप्रा उप्किएको हेर्दै ठट्टा गर्दै जाँदा द्धिबिक्रमले “उनी मेरी भाउजू कि जेठीसासू ?” भनी त्रिबिक्रमलाई सोद्धा “रोजाई आफ्नो”भन्ने जवाफ पाएको थियो । फेरि अहिले खुड्किलेमा उँभो चढ्दै गरेकी त्रिलोत्तमालाई ठम्याउन पहिले नै नसकेर द्धिबिक्रकी भाउजू नै हून की भन्ने ठानेको थियो ,जम्काभेट पछि मात्रै थाहा भयो तिलोत्तमा हुन भन्ने ।यसपालिको पनि जम्काभेट त्यतिकै गयो । त्रिबिक्रम र द्धिबिक्रम सहोद्धर नभएर पनि एकात्मीय जत्तिकै भएकाले पनि एकजनासङ्ग दुर्ए साइनो जूक्त्याउनु स्वभाविकै पनि थियो ।

सात दिन अघिदेखि नै नियति जत्तिकै बनेको थियो दिनमा एकदुई जनालाई साक्षात्कारका सशंकित शब्दहरुको अन्तिम शब्दावली जस्तै ‘समय परिस्थितिको परिधिले उबारेछ भने मौकामा भेट होला..?’ भन्दै बाटो लगाउन थालेको । वियोग भन्नु नियति जत्तिकै बनेको थियो ।नियास्रो र खिन्नताका अनुभवले हातपाउ बसेर थलिएकी बूढीलाई आँगन परदेश भए भैंm कोठा छाडेर बाहिर जानेसम्म जाँगर हराएको थियो त्रिबिक्रमको ।साथी भन्नु केवल साइनामा बण्डा परेजस्तो उही द्धिबिक्रम मात्रै थियो । एकअर्कामा सहारा भएर घुमफिर पनि चल्दै थियो । मन बहलाउन चोकसम्म पुग्ने निस्किएका थिए । अनायासै अभाव जनित निर्धा आँखाहरुमा आँसुको जलप लगाएर अन्तरेको खुद्रा पसल पनि मधुरो देख्दै आइपुगिन् तिलोत्तमा । सायद त्यतिवेला  उनी सहानुभूतिको दरिद्रतासङ्ग पनि पराजित भएकी थिइन क्यारे ..! तर त्रिबिक्रमले एकचाृटि हेरिमात्र दियो , जम्काभेट त्यस्तो परे पनि कसैले वोलाउन नसकी ट¥यो । तिलोत्तमा आफ्नो बाटो लागिन् ।

भेलिपल्टकै कुरा हो रिट्ठाबोटे चक्रे आफ्नो ज्यासलमा के के बनाउने सुर गर्दै थियो,उत्तिखेरै दुईजना अरु नयाँ अनुहार उसको ज्यासलमा आइपुगे । हेर्दामा झण्डै आर्य किचाँत नै हुन की भनी अन्दाज लगाउन सकिने ती दुई अनुहारमा पनि एउटा त त्यस्तै दशबाह्र बर्षको जस्तो मात्रै हुँदो हो भने अर्को चाहिं बाइस÷पच्चीसे, दुबै महिला औ केटीहरु न्ै थिए । घामले धापिएर आएका ती दुई चेलीहरु ज्यासलको सिंयालमा भएका दुईटा मूडामा बसे । उनीहरुसङ्ग धेरै भलाकुसारी गर्ने फुर्सद चक्रेलाई रहेनछ क्यारे “ हैन .., ए ऽ...गाँठे हो ..कसैगर्दा पनि पो मिल्दै न त , तुस त कसै  गरे पनि मेटिएन ...कस्तो चाहिं माल परेछ ..?” ऊ आफ्नै सुरमा गन्गनाउन थाल्यो । भीरकोटसम्म पुग्ने विचार राखेर त्रिबिक्रम बाटो लागेको, गर्मीको कारण खपिखान नसकेर चक्रेकै ज्यासलको सिंयालमा बिसाउनी हाल्न पुग्यो । दःखै दःखमा जीवन गुजारेको चक्रेसंग इष्टमित्रको सम्मानमा देखाउने भने पनि बसाउने भए पनि दुईवटा मुडा उसको ज्यासलमा हुन्थे ।‘ पहिले आउने भरियाको रोजी बिसाउनी ’ भनेजस्तै पहिले पुगेका दुइजनाले ओगटेका मुडा बाहेक त्यहाँ अरु बस्ने साधन केही पनि थिएन । उसमाथि पनि चक्रे त्रिबिक्रमलाई निकै आदर पनि गथ्र्यो तर आज ऊ असमञ्जस्यमा प¥यो । अप्ठ्यारो मान्दै कपाल कन्याउँदै चक्रेले .....“...खै ...ऽ..हजूर ...” मात्र भन्न सक्यो । त्रिबिक्रमले कुरा बुझिहाल्यो , अघि पहिले नै त्यहाँ आएर बसेकी सानी बैनीलाई “ नानू ... मेरो काखमा बस है..!! भन्दै काखमा लिएर आपूm मुडामा बस्यो । “दिदीहरुको घर कहाँ प¥यो होला नी ..?”भन्दै नम्र भावमा नै छेउमै भएकी महिलाप्रति लक्षित गर्दै उसले प्रश्न राख्यो । “तेह्रथुम” भाषा शिष्ट नै भए पनि वोलायमा कञ्जुस्याइँ राखेर उनले भनिन् । उनीसङ्ग त्योभन्दा बढी वोलिरहनु आवश्यक वा उस्तो उपयोगी नठहरेर चक्रेलाई नै त्रिबिक्रमले सोध्यो “ कसको गहना कमाउन लाग्यौ चक्रे दाइ ..?” “उही त हा नी हजूर ! भीरकुने ज्योतिषी बाजेकी छोरी साइँलीको  क्या...! , असर्फी लाएर क्याम्पस जाने रे ! साथी सङ्गीले पनि कसले बनाएको भनी सोध्दा हून् भनेर सक्दो सीप लाउने विचार गरेको,नमिलेर दिक्दार लागिसक्यो ।  फेरि आजै दिउँला पनि भनेको छु ।लिन आउँदा तयार नभए के भन्नु र खै ...” लखतरान भएकै भाकामा चक्रेले भन्यो ।

चक्रेले जसरी चिनाए पनि उनी उनै तिलोत्तमा हु्न् , त्यो त्रिबिक्रमले थाहा पाइहाल्यो । अघिदेखि बसिराखेका ती दुइटी पनि चक्रेलाई केही काम लगाउने विचार त थियो होला तर फुर्सद नदेखेर केही भन्न नसकी आफ्नो बाटो लागे । त्रिबिक्रम पनि “ ल..ऽ...ल ऽ..चक्रे दाइ ! सबैले सह्रानी गर्ने गरी बनाऊ है ....” भन्दै आफ्नो बाटो लाग्न खोजेको मात्रै के थियो ज्यासल पछाडिको खुड्किले बाटोबाट खुत्रुक्खुत्रुक् तिलोत्तमा आइपुगिन् । दुबैका अनुहारमा लाली चढे झैं देखियो , तर कसले पहिले वोलाउने भनेर बाटो हेर्दाहेर्दै एक अर्काका बिमुख पर्न गए । यसपटकको जम्काभेट पनि त्यत्तिकै वोलचाल नै नभई ट¥यो  ।

पटकपटक भएका त्यस्ता जम्काभेटहरुमा उनीहरु दुबैका आँखाले मात्रै केही दिन्थे र लिन्थ, त्यो शिवाय पाउने गुमाउने उनीहरुमा केही पनि थिएन । सायद यस पटक उनी पनि आफ्नो अप्रत्यासित अन्तिम भेटको सङ्कोच मान्दै पनि सामना गर्न पुगेकी थिइन् होला ?

आज सबेरै सहरको रमीता हेर्न हिंडेको त्रिबिक्रम आफ्नै रफ्तारमा दौडिरहेको गाडीको झ्यालबाट त्रिबिक्रम बाहिरतिर आँखा डुलाइरहेको थियो । त्यहीवेला नै तिलोत्तमा चढेको बस छेउबाट दौडियो । मृग उफ्रिए झैं एकअर्काका नजरमा पूmत्त उफ्रिएर उनीहरु प्नि दौडिए । त्यसपछि उनीहरुको हेराइ न त नियमित बन्यो न त अनियमित नै । अब तिलोत्तमा को शरदको सयपत्री जस्तो फक्रक्क फक्रिएको यौवनको र चम्किएको वासन्ति गुराँसको जस्तो अनुहार एक तमासले हेर्न चाहन्छ त्रिबिक्रम अनि उनको जीवनको स्वअस्तितवको कडी काटिदिएर अबका भेटमा कहिल्यै जम्काभेट नठहर्ने विधिको खोजीमा छ ऊ । अतितको लामो अध्यायकी तिलोत्तमालाई आगतको पटाङ्गिनीमा सजाएर जम्काभेटलाई बिस्मृतिकाृ चङ्गामा उडाउँदै उनी सँगको सुदुर भविश्य कोर्न चाहन्छ त्रिबिक्रम । परन्तु कतै हण्डर नखाएमा मात्र ।
                                                      २०५१÷१०÷२४ 


No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...