Tuesday, August 4, 2020

(Biodeta)

                  Personal login     (Biodeta)

Name -  Shankar prasad Subedi

Address –      Biratnagar  -  3  , pokhariya  

Contract –     021590763 ,     9842028542 ,     9816372545

Email-       shankar_utsa12@yahoo.com, shankarsubediutsa@gmail.com

Date of Birth         2023 /06/15 , B.S.   (1966 /10 /01, A.D.)

Blood group     -     O + ve

Citizenship No. -     2078 ,      ( Shankhuwa  sava )

 

Academic  Qualifications  

S.N.

Level

Opt.sub.

Institute

Symbol  no.

Passed year

Board

1

S.L.C.

Eco.+Furniture

Saraswati  S.S.,Chainpur

215462'Z'

2046   B.S

Nepal  S.L.C.Board    

     

2

I.ed.

Nepali + Eco.

D.M.C. Dhankuta

1566

2049   B.S

T.U.

3

B.ed.

Nepali + Eco.

D.M.C. Dhankuta

3865

2052   B.S.

T.U.

4

M.A.

Nepali

P.G. Campus, Biratnagar

3599

2055   B.S.

T.U.

5

T .U . Registration  No .

19335   ̶   89  (2046 B.S.)

 

Teaching  Experience  on the college or higher Education

S.N.

Name of college

subject

From     ( Date)

To     ( Date)

1

Manakamana college +2, Brt. 13

Nepali

2060

2065

2

Araniko college +2 , Brt. 13

Nepali

2062

  Still now

3

Martyrs college +2 , Brt. 13

Nepali

2063

  Still now

4

R.B. college,victoria+2 ,Brt. 3

Nepali

2071

  Still now

 

 


Saturday, August 1, 2020

नेपाली र गैर नेपाली भाषाा

कार्यमुलक अनुसन्धान
गैरनेपाली मातृभाषीहरुमा ब्याकरण शिक्षणका समस्या

परिचयः
विचार विनिमय, अनुभवको आदानप्रदान एवं कार्य प्रयोजन तथा अभिब्यक्ति शिल्पको श्रेष्ठ माध्यम भाषाका प्रमुख रुप कथ्य र लेख्य नै हुन् ।सामुदायिक विद्यालयहरुमा अंग्रेजी शिक्षणका लागि अंग्रेजी भाषाको प्रयोग  नै अनिवार्य गरिए पनि अन्य विषय अध्ययन अध्यापनका लागि नेपाली भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गरिनु साथै कार्यालयको कार्य प्रयोजनका लागि समेत नेपाली भाषा नै प्रयोग हुनु नेपालमा नेपाली भाषालाई गरिएको उपयुक्त सन्मान तथा सहानुभूति समेत मान्न सकिन्छ ।त्यसमा पनि अनिवार्य विषयका रुपमा नेपाली विषय समाबेश गरिनु परम्परागत संस्कार मात्र नभई गर्व पनि हो ।यद्यपि भाषिक विविधता भएको समुदायमा रहेका विद्यालयहरुमा आउने विद्यार्थीहरु पनि गैरनेपाली मातृभाषीहरु प्रशस्त नै हुन्छन् र उनीहरुलाई स्तरीय नेपाली भाषा सिकाउन ब्यबहारतः थुप्रै समस्याहरु रहेका पनि पाइन्छन् ,त्यसमा पनि अनुभव वा विचारको अभिब्यक्तिभन्दा पनि ब्याकरणगत शुद्धताका लागि भने थुप्रै चुनौतिहरु रहेका छन् ।यहाँ त्यसैसङ्ग सम्वन्धित ब्याकरण खण्डको पुरुष सङ्गति र आदर सङ्गतिको समस्यालाई अध्ययनको विषय बनाइएको छ ।

उद्धेश्यः
भाषिक सीप विकासका लागि निम्न माध्यमिक तह अघिल्लो एक तह पुरा गरिसकेको तह हुनाले विद्यार्थीहरुमा सुने÷जानेका वा देखे÷भोगेका कुनै पनि सन्दर्भको मौखिक तथा लिखित अभिब्यक्ति दिन सक्ने सीप सामथ्र्य भएका विद्यार्थीहरुको तह हो ।त्यसमा पनि आठौं कक्षा भनेको त त्यस तहको पनि माथिल्लो कक्षा औ माध्यमिक प्रवेशद्वारमा तैनाथ हुन पुगेको कक्षा हुनुले ब्याकरणगत रुपमा पनि शुद्ध र स्पष्ट अभिब्यक्ति सीपको विकास भएको विद्यार्थी हुनुपर्ने÷बनाउनु पर्ने

समस्याः
वोली ब्यबहार , प्रयोग एवं हाउभाउका दृष्टिबाट अर्थवोध गराउन सक्ने गरी वा भनाइको आसय बुझाउन सक्नेगरी जबरजस्त बनाइएको नेपाली भाषाकै प्रयोग गर्नेगरे  तापनि ब्याकरणगत रुपमा प्राय पुरुष सङ्गति र आदर सङ्गतिको मौखिक तथा लिखित दुबै रुपमा सही प्रयोग हुन नसकेको
 
अध्ययन विधि ः
पाठ्पुस्तकको ब्याकरण खण्ड अन्तर्गत पुरुष सङ्गति र आदर सङ्गतिका बाक्यहरु अभ्यास गराइएको ,पुरुष र आदरका रुप रुपायन समेत गराएर बाक्यान्तरण गराइएको ,नेपाली मातृभाषी र अनेपाली मातृभाषीबीच एकअर्कासङ्ग सम्बद्ध वाक्य वाक्यान्तरण गराइएको । पाठ्यपुस्तकमा रहेका निर्दिष्ट अभ्यासहरुको सही उत्तर निर्माणका लागि प्रयोगको बारम्बारताबाट केही सफलता मिले तापनि स्वतन्त्र तथा मौलिक वाक्य निर्माण र वाक्यान्तरण्मा पूर्ण सफलता पाउन नसकिएकाले उनीहरु (गैरनेपाली मातृभाषीहरु )को पारिवारिक पृष्ठभूमि , भाषिक ब्यबहार ,सामाजिक संरचना एवं त्यहांको भाषिक संरचना र प्रयोगका÷ब्यबहारका बारेमा अध्ययन गर्दा उनीहरुमा नेपाली भाषाको ब्याकरणिक शुद्धताभन्दा अभिब्यक्तिको आसयलाई मात्र प्राथमिकता दिने परम्परागत संस्कार नै भएको पाइयो ।जसअनुसार ः— ‘मेरो वुवा काम गर्न जान्छ’ भन्ने बाक्य आदर सङ्गति नमिले पनि भाव स्पष्ट भएर शिष्ट रुपमा नै स्वीकार गरेको पाइयो । त्यस्तै गरी ‘तिमीले मैले भनेको कुरा बुझ्यौ ?’भन्ने प्रश्नको उत्तरमा ‘बुझ्यो’भन्ने पुरुष नमिलेको भनाइलाई पनि आसयका दृष्टिले शिष्ट भाषकै रुपमा स्वीकारेको पाइयो ।

समाधानः
नेपाली र अनेपाली मातृभाषीहरु बीच भिन्नभिन्न पुरुष र भिन्नभिन्न आदरका सन्दर्भहरु दिएर सम्वाद गराउँदै सही प्रयोगका लागि ब्याकरणगत सूत्रलाई समेत ख्याल गराउँदै अभ्यस्त गराउने ।
प्राप्तिः
प्रयोगको बारम्बारता  तथा नियमको निर्दिष्टतालाई समेत ख्याल गराउँदा सन्तोषजनक सुधार आएको ।

निष्कर्षःतथा सुझाव
कक्षाकोठाभित्रको सीमित समयलाई मात्रै त्यसमा पनि ब्याकरण अध्ययन÷अध्यापनको समयको कठोर निगरानी र सूत्र घोकाउने मात्र प्रयत्नले अपेक्षित सुधार नआउन निश्चित प्रायः छ । यसर्थ मौलिक तथा स्वतन्त्र अभिब्यक्तिमा समेत उक्त ब्याकरणगत समस्या समाधान गर्नका लागि पाठ अभ्यासका अलावा गैरनेपाली मातृ भाषीहरुलाई नेपाली मातृभाषीहरुसङ्ग स्वतन्त्र सम्वादमा संलग्न हुन प्रेरित गरिनु पर्ने । पारिवारिक एवं सामाजिक परिवेशमा समेत मौलिक तथा स्वतन्त्र नेपाली भाषको प्रयोगका लागि समेत उत्प्रेरित गराउनका लागि यथासक्य संचार सामग्रीहरुको उपयोगमा समेत पहुँच पु¥याउन पहल गरिनु पर्दछ साथै साहित्यिक तथा सिर्जनात्मक विधाका सामग्री अध्ययन र त्यसप्रतिका प्रतिक्रिया ब्यक्त गराउन प्रेरित गरिनु पर्ने हुन्छ ।
                                                                       प्रश्तोताः—
                                                                       शंकरप्रसाद सुबेदी
                                                                       नि.मा.शि.तृत्तिय
                                                                       श्री जनपथ उच्च माध्यमिक विद्यालय
                                                                       बिराटनगर—१५, मोरङ्ग                             



नेपाली र स्थानीय भाषा

कार्यमूलक अनुसन्धान

नेपाली ब्याकरण शिक्षणमा स्थानीय भाषाको प्रभाव;
सन्दर्भ एक, चुनौति अनेक !

परिचयः
विचार विनिमय, अनुभवको आदानप्रदान एवं कार्य प्रयोजन तथा अभिब्यक्ति शिल्पको श्रेष्ठ माध्यम भाषाका प्रमुख रुप कथ्य र लेख्य नै हुन् ।सामुदायिक विद्यालयहरुमा अंग्रेजी शिक्षणका लागि अंग्रेजी भाषाको प्रयोग  नै अनिवार्य गरिए पनि अन्य विषय अध्ययन अध्यापनका लागि नेपाली भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गरिनु साथै कार्यालयको कार्य प्रयोजनका लागि समेत नेपाली भाषा नै प्रयोग हुनु नेपालमा नेपाली भाषालाई गरिएको उपयुक्त सन्मान तथा सहानुभूति समेत मान्न सकिन्छ । त्यसमा पनि अनिवार्य विषयका रुपमा नेपाली विषय समाबेश गरिनु परम्परागत संस्कार मात्र नभई गर्व पनि हो । यद्यपि भाषिक विविधता भएको समुदायमा रहेका विद्यालयहरुमा आउने विद्यार्थीहरु पहिलो भाषाको रुपमा आफ्नै मातृ भाषालाई मान्न्ो प्रशस्त नै हुन्छन्, अझ सामाजिक संरचनासमेत एउटै संस्कारगत मान्यता एवं भाषिक एकता भएको समूदायमा स्थानीय स्तरमै भिजेको साझा मातृ भाषाको प्रयोग नै अधिक हुनाले साझा भाषा मानिएको नेपाली भाषाको प्रयोग न्युन प्रायः हुनाले उनीहरुलाई स्तरीय नेपाली भाषाको ब्याकरणगत शुद्धताको प्रयोग  सिकाउन ब्यबहारतः थुप्रै समस्याहरु रहेका पनि पाइन्छन् । त्यसमा पनि अनुभव वा विचारको अभिब्यक्तिभन्दा सन्दर्भ कथनले बुझिए तापनि ब्याकरणगत शुद्धताका लागि भने थुप्रै चुनौतिहरु रहेका छन् । यहाँ त्यसैसङ्ग सम्वन्धित ब्याकरण खण्डका पदसङ्गति अर्थात पदमेलसँग सम्बन्धित  समस्यालाई संक्षिप्त रूपमा अनुसन्धानको विषय बनाइएको छ ।

उद्धेश्य

भाषिक सीप विकासका लागि हालै लागु गरिएको नेपालको शिक्षा नियमावलीले निर्धारण गरेअनुसार आधारभूत तहका कक्षाहरूमा रहेका ६,७ र ८ कक्षाहरू जसलाई साविकको नियमावलीले  निम्न माध्यमिक तह भनी निर्धारण गरेको थियो । यस चरणमा आइपुग्दा अघिल्ला चरणमा रहेका  एक तह वा अवधि पुरा गरिसकेको अवस्था हुनाले विद्यार्थीहरुमा सुने÷जानेका वा देखे÷भोगेका कुनै पनि सन्दर्भको भावात्मक रूपमा मौखिक तथा लिखित अभिब्यक्ति दिन, सक्ने सीप सामथ्र्यको आधार तयः भएको विद्यार्थीहरुको अवस्था हो ।त्यसमा पनि आठौं कक्षा भनेको त त्यस तहको पनि माथिल्लो कक्षा औ माध्यमिक प्रवेशद्वारमा तैनाथ हुन पुगेको कक्षा हुनुले ब्याकरणगत रुपमा पनि शुद्ध र स्पष्ट अभिब्यक्ति सीप्को विकास भएको विद्यार्थी हुनुपर्नेमा हाल मैले अध्यापन गरिरहेको विद्यलयको भौगोलिक बनावट,सामाजिक तथा सांस्कृतिक परिवेश, जीवन शैली तथा भाषिक संरचना र प्रयोग आदिलाई आधार मान्दा विद्यार्थीहरूमा भाषिक अभिव्यक्तिकै लागि चेतना र अनुभव भएर पनि सोही कुरालाई शुद्ध नेपाली भाषको प्रयोग गरी गर्न नसकेको  पाइएकाले सो जटीलताको कारण पहिचानसहित त्यस्तो व्याकरणीक समस्यालाई न्युनिकरण गर्नु यस अनुसन्धानको उद्धेश्य रहने छ ।

समस्याः
क्ुनै पनि घटना, सन्दर्भ, विचार, अनुभव आदिका बारेमा भावभङ्गीमा  देखा पर्ने हाउभाउ, अभिनय अर्थात जवरजस्त सन्दर्भ वोध गराउन गरिने नेपाली भाषाकाृे प्रयोगमा ब्यबहारः व्यकरणगत प्रयोग प्रायः अशुद्ध नै देखा पर्नेगर्छ ।  त्यसरी देखा पर्ने सबै समस्याहरूलाई यो सानो कार्यमूलक अनुसन्धानमा चर्चा र समाधानको सम्भावना असम्भव प्रायः हुने हुँदा मुख्य रूपमा देखा परेका  लिङ्ग भेद र आदर भेदसँग सम्बन्धित समस्यालाई यहाँ मूख्य विषय बनाइएको छ । हाउभाउका दृष्टिबाट अर्थवोध गराउन सक्ने गरी वा भनाइको आसय बुझाउन सक्नेगरी जबरजस्त बनाएर  नेपाली भाषकै प्रयोग गर्नेगरे  तापनि ब्याकरणगत रुपमा प्राय पुरुष सङ्गति र आदर सङ्गतिको मौखिक तथा लिखित दुबै रुपमा सही प्रयोग हुन नसकेको अवस्था नै विद्यमान रहेको पाइन्छ ।
 

अध्ययन विधि ः
पाठ्पुस्तकको ब्याकरण खण्ड अन्तर्गत पुरुष सङ्गति र आदर सङ्गतिका बाक्यहरु अभ्यास गराइएको ,पुरुष र आदरका रुप रुपायन समेत गराएर बाक्यान्तरण गराइएको ,नेपाली मातृभाषी र अनेपाली मातृभाषीबीच एकअर्कासङ्ग सम्बद्ध वाक्य वाक्यान्तरण गराइएको । पाठ्यपुस्तकमा रहेका निर्दिष्ट अभ्यासहरुको सही उत्तर निर्माणका लागि प्रयोगको बारम्बारताबाट केही सफलता मिलेतापनि स्वतन्त्र तथा मौलिक वाक्य निर्माण र वाक्यान्तरण्मा पूर्ण सफलता पाउन नसकिएकाले उनीहरु (अनेपाली मातृभाषीहरु )को पारिवारिक पृष्ठभूमि , भाषिक ब्यबहार ,सामाजिक संरचना र त्यहांको भाषिक संरचना र प्रयोगका÷ब्यबहारका बारेमा अध्ययन गर्दा उनीहरुमा नेपाली भाषाको ब्याकरणिक शुद्धताभन्दा अभिव्यक्तिको आसयलाई मात्र प्राथमिकता दिने परम्परागत संस्कार नै भएको पाइयो ।जसअनुसार ः— ‘मेरो वुवा काम गर्न जान्छ’ भन्ने बाक्य आदर सङ्गति नमिले पनि भाव स्पष्ट भएर शिष्ट रुपमा नै स्वीकार गरेको पाइयो । त्यस्तै गरी ‘तिमीले मैले भनेको कुरा बुझ्यौ ?’भन्ने प्रश्नको उत्तरमा ‘बुझ्यो’भन्ने पुरुष नमिलेको भनाइलाई पनि आसयका दृष्टिले शिष्ट भाषकै रुपमा स्वीकारेको पाइयो । गुरुजनप्रति गर्ने आदर भावात्मक रूपमा सही भएर पनि बोलीचालीमा ‘त्यो सरले भन्छ’ मेरो दिदी आउँदै छ’ जस्ता भावगत शुद्धता भएर पनि भाषागत अशुद्धताहरू खोजी नै यस कार्यमूलक अनुसन्धनको विधि रहेको छ ।


समाधानः
नेपाली र अनेपाली मातृभाषीहरु बीच भिन्नभिन्न पुरुष र भिन्नभिन्न आदरका सन्दर्भहरु दिएर सम्वाद गराउँदै सही प्रयोगका लागि ब्याकरणगत सूत्रलाई समेत ख्याल गराउँदै अभ्यस्त गराउने । आदर सङ्गतिको अभावमा मान्यजनको मान मर्दनमा आएको आँच तथा लिङ्ग सङ्गतिको अभावमा मानवेत्तर प्राणी समानको अर्थ वोध सहित शुद्ध प्रयोगमा अभ्यस्त बनाउँदा पहिलेका समस्याहरूको न्युनीकरण गराउँदै लैजाने ।

प्राप्तिः

प्रयोगको बारम्बारता  तथा नियमको निर्दिष्टतालाई समेत ख्याल गराउँदा सन्तोषजनक सुधार आएको । प्रायः स्वजनहरूकै सन्दर्भबाट उनीहरूको मानमर्दन तथा अथैको अनर्थबाट उत्पन्न जटीलतालाई दृष्टान्तका रूपमा प्रयोग गर्नाले समयको अन्रालसँगै प्रयोगको सचेततातर्फ विद्यार्थीहरू प्रयत्नरत भएका ।

निष्कर्षः

कक्षाकोठाभित्रको सीमित समयलाई मात्रै त्यसमा पनि ब्याकरण अध्ययन÷अध्यापनको समयको कठोर निगरानी र सूत्र घोकाउने मात्र प्रयत्नले अपेक्षित सुधार नआउने निश्चित प्रायः छ । यसर्थ मौलिक तथा स्वतन्त्र अभिब्यक्तिमा समेत उक्त ब्याकरणगत समस्या समाधान गर्नका लागि पाठ अभ्यासका अलावा अनेपाली मातृ भाषीहरुलाई नेपाली मातृभाषीहरुसङ्ग स्वतन्त्र सम्वादमा संलग्न हुन प्रेरित गरिनु पर्ने । पारिवारिक एवं सामाजिक परिवेशमा समेत मौलिक तथा स्वतन्त्र नेपाली भाषाको प्रयोगका लागि समेत उत्प्रेरित गराउनका लागि यथासक्य संचार सामग्रीहरुको उपयोगमा समेत पहुँच पु¥याउन पहल गरिनु पर्दछ साथै साहित्यिक तथा सिर्जनात्मक विधाका सामग्री अध्ययन र त्यसप्रतिका प्रतिक्रिया ब्यक्त गराउन प्रेरित गरिनु पर्ने हुन्छ । स्वतन्त्र लेखन, आपसी अन्तर्संवाद, विचार प्रवाह, स्वध्ययन सामग्रीको महत्वका साथै शव्दको सही छनौट र प्रयोगको अभावमा हुनसक्ने मान मर्दन तथा अनर्थबाट बच्नका लागि प्रेरितसमेत बनेको पाइन्छ ।
                                                                       
                                                                        प्रश्तोताः—
                                                                       शंकरप्रसाद सुबेदी
                                                                       नि.मा.शि.तृत्तीय
                                                                       श्री जनपथ माध्यमिक विद्यालय
                                                                       बिराटनगर—११, मोरङ्ग                             


तुलनात्मक अधययन

कार्यमूलक अनुसन्धान
विद्यार्थी अावागमन र शैक्षिक कार्यक्रम


१.१. अध्ययनकने पृष्ठभूमि

            शिक्षा बालबालिकाको जन्मसिद्ध अधिकार हो र यसको आधार थलो विद्यालय हो । घर, परिवार, समाज, समुदाय एवं राष्ट्रले पनि यस कुरालाई हृदयाङ्गम गरिसकेको छ । आफ्नो जन्मसिद्ध अधिकारका लागि  बालबालिकाहरु यथासक्य सहज उपायको खोजिमा लागिपरेका हुन्छन् ,यसका लागि उनीहरुलाई साथ,सहयोग,सद्भाव,सहानुभूति समेतको उत्तिकै आवश्यकता पर्दछ तथापि विद्यालयमा प्रवेश गर्दाको अवोध बाल्य उमेरको बढोत्तरी संङसँंगै उनीहरुका इच्छा अभिलाशाहरुमा पनि बढोत्तरी हुँदै जान्छन् जून कुरालाई उनीहरुका संरक्षक, अभिभावक, शिक्षक अनि समाज तथा समुदायले पनि बुझिदिनु आवश्यक हुन्छ । उल्लेखित कुराहरुको तालमेल मिल्न नसक्दा भावी भविश्को उज्वल गोरेटोतर्फ लाग्ने उर्जाशील उमेरमै उनीहरुमा नकारात्मक भावनाको अभ्युदय र विकास हुन गई आफ्नै जन्मसिद्ध अधिकारको पनि उपहास गर्न पुग्दछन् ।  बाल्यकालको अवोध पना नै अनन्त यात्राको स्थायी साथी बनाएर विद्यालय प्रवेश गरेका बालबालिकाहरु  दिनपरदिन मानव बृद्धि र विकासको अवधारणाअनुरुप शारीरिक बृद्धि र संवेगात्मक विकासको समयचक्रभित्र बढ्दै जाँदा उपयुक्त निगरानीको अभावमा वा आफन्त जनको अतिशयोक्तिपूर्ण मनोकांक्षाका कारण आफ्नो उमेर,स्तर,आधार एवं सामथ्र्यलाई समेत डेढअक्कल लगाएर आफूलाई प्राप्त उपयुक्त समयलाई समेत बेवास्ता गर्दै ज्ञानार्जनजस्तो संवेदनशील विषयलाई पनि गोैण रुपमा लिन पुग्दछन् । साथी समूह र त्यसैभित्रको स्वतन्त्रतालाई आफ्नो अभिष्टा ठानी आफ्ना संरक्षक, अभिभावक÷आफन्तलाई समेत नमानी÷नठानी वा लुकीछिपि रमाउन मै ब्यस्त हुन पुग्दछन् र विद्यालयको समय सीमालाई पर्वाह गर्दैनन् वा अन्य कुनै कारणले गर्दा मननसम्म गरेपनि पालना गर्न असमर्थ हुन पुग्दछन् र उनीहरुको विद्यालय आगमनमा अनियमितता हुनपुग्छ । विद्यालय उमेरका बालबालिकाहरुको विद्यालय र शिक्षाप्रतिको धारणा तथा अन्यान्य वर्गसमूदायको अपेक्षा एवं चिन्तनले समेत विद्यालय समयको नियमितता तथा अनियमिततालाई प्रभाव पारेको हुन्छ । यस्तै प्रकारका कुनै घटना वा सन्दर्भ (कारण कार्यको प्रभाव) पुनराबृत्ति भइरहन्छ भने ती कारण कार्यको सिर्जना वा उदयसमेतको बिस्तृत अध्ययन गरी कुनै घटना सन्दर्भबाट प्रभावित भएर नयाँ कुराको खोजी वा प्राप्तिका लागि गरिने वैज्ञानिक प्रयास र प्राप्ति कार्यमूलक अनुसन्धान हो । यसले भइरहेका कुरा÷घटनाको परीक्षण एवं नयाँ ज्ञान सन्दर्भको÷तथ्यको खोजी गर्दछ ।अझ बढी त यो ज्ञान तथ्यको खोजीका आधारमा ब्यबहारिक समस्या समाधानार्थ संचालन गरिने वोध कार्य पनि हो ।अर्को शब्दमा कार्य कार्यान्वयनका सन्दर्भमा आइपर्ने समस्या समाधानार्थ गरिने अध्ययन अनुसन्धान नै कार्यमूलक अनुसन्धान हो ।

१.२.आवागमन अनियमितताको परिचय ः(क्ष्लतचयमगअतष्यल या  क्ष्चचभनगबिचष्तष्भक या ब्चचष्खब ि–म्भउबचतगचभ )

            आवागमनको अर्थ आउने÷जाने भन्ने हुन्छ अर्थात आउनु र जानु भन्ने बिपरीतार्थक शब्दको समास भई यस शब्दको निर्माण भएको पाइन्छ । विद्यार्थी आवागमन भन्नाले विद्यार्थीहरुको विद्यालयमा आउने जाने कार्यलाई बुझ्नुपर्छ । यद्यपि यस अनुसन्धानले आवागमन शब्दको अर्थलाई पनि सीमाङकन गरेर प्रस्तुत गर्ने जमर्को  गरेको छ । विद्यार्थी भनेको अध्ययनको अवधिभर अर्थात विद्यर्थीका रुपमा विद्यालयमा भर्ना भएपछि कुनै एउटा सीमावधि पूरा नहुञ्जेलसम्म प्रचलित कुनै नियम सिद्धान्तले निषेध नगरुञ्जेल हुन्छ अर्थात नाता÷सम्बन्ध, कार्य÷प्रयोजन,आर्थिक÷सामाजिक वा अन्य कुनै आधारमा क्षणभर, दिनभर वा कुनै समय अरु नै नामले सापेक्षित रुपमा संवोधित भए पनि भर्ना भएपछि कुनै सीमावधिसम्म ऊ विद्यार्थी नै रहन्छ तर यस अनुसन्धानले विद्यार्थी आवागमन भन्नाले विद्यालयका आफ्ना नियमित  पठनपाठन कार्यका लागि निर्धारण गरेको आउने जाने समयमा आउने जाने गर्नुलाई बुझाइएको छ र त्यस समयको महत्वलाई÷नियमलाई पालना नगर्नुलाई  आवागमनको अनियमितता भनिएको छ । भर्ना भएका विद्यार्थीहरुका लागि विद्यालय आइपुग्नु पर्ने विद्यालय छाडेर जाने समय निर्धारण गरिएको भएपनि विद्यार्थीहरुबाट त्यसको पालना नहुनु, गर्न नसक्नु वा समय सीमाको नियमलाई अनादर गर्नु पनि अनियमितता नै हुन जान्छ ।यही आवागमनको अनियमितताका कारक तत्वहरुको प्रभावले गर्दा नै बीचमै पढाइ छाड्ने विद्यार्थीहरु पनि धेरै देखिनु समेत आवागमनको अनियमितता मान्नुपर्ने हुन्छ ।


१.३.अनुसन्धानको ऐतिहासिक पृष्ठभूमि ः(ज्ष्कतयचष्अब िद्यबअपनचयगलम)

           मोरङ जिल्लाको सुविधा सम्पन्न ठाउँ विराटनगर उप महानगर पालिका वार्ड नं . १५ , जनपथ टोल÷क्षेत्रमा अवस्थित,प्रचलित नियमानुसार २०२० सालमा स्थापित भई राज्यको प्रचलित नियमअनुसार हाल जनपथ उच्च माध्यमिक विद्यालयको नियम तथा सिद्धान्तसमेतका आधारमा पूर्व प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म सञ्चालनमा रहेको यस विद्यालयमा विद्यार्थी आवागमनमा देखिएको अनियमितताको सन्दर्भलाई यस कार्यमूलक अनुसन्धानको विषयका रुपमा लिइएको छ । स्थापना कालयताको ऐतिहासिक पृष्ठभूमि ,समयक्रममा भएका तह तथा कक्षा बढोत्तरीका क्रम र निरन्तरताको प्रतिफल स्वरुप वि. सं.२०६९ देखि उच्च माध्यमिकम शिक्षा परिषदबाट अनुमति प्राप्त गरी पूर्व प्राथमिक तहदेखि उच्च माध्यमिक तह कक्षा १२ सम्म संचालनमा रहेको यस विद्यालयको अभिलेख अनुसार विराटनगर उप महानगर पालिकाभित्रका सामूदायिक विद्यलयहरुमध्ये सबभन्दा बढी विद्यार्थी संख्या भएको विद्यालय मानिन्छ ।
    संस्थागत विद्यालय प्रतिको आकर्षण दिन÷प्रतिदिन बढिरहेको वर्तमान अवस्थामा समेत यस विद्यालयमा भने विद्यार्थी चाप अधिक हुनुमा निम्न कारणहरु उल्लेख्य रहेको पाइन्छ ।
१. विद्यालयको आधार क्षेत्र  फराकिलो हुनु  ।
२  निम्न बर्गीय÷निम्नस्तरीय जनजीवनको अधिकता रहेको क्षेत्र हुनु ।
३. माथिल्ला कक्षाहरुमा विहान पढाइ हुने हुँदा दिउँसो काम गर्ने बालबालिकाहरुका लागि उपयुक्त समय
    हुनु ।
४. घरेलु कामदारका रुपमा बालबालिकाहरुलाई दिनभर घरमा काम गराएर आफू अन्य पेशा ब्याबसाय
    गर्नेहरुका लागि समेत सजिलो समय हुनु ।
५. आसपासका अन्य विद्यालयको दाँजोमा ठूलो विद्यालय हुनुले सुविधा तथा पढाई राम्रो भन्ने जनभावना
   हुनु ।
६. ग्रामिण तथा सहरी दुबै क्षेत्रको संगमस्थल झैं हुनु ।
७. विद्यालयले नै विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको हो भन्ने भान पर्नु र पोशाक प्राप्तिको आकांक्षा
   हुनु ।
८. अधिक स्वतन्त्रताको अनुभूति हुनु ।
९. उन्मुक्त क्षेत्र झैं (बरालिन एवं अन्यान्य स्वभाव÷संगतको प्रभाव पर्न) स्वतन्त्र ठाउँको  अनुभूति हुनु ।
१०. नियमित भइरहनु नपर्ने ।
११ .मिहिनेतभन्दा दवाब तथा अनुनयकै भरमा पास गर्न सकिने  ।
१२. मापदण्डहीन सुविधा वितरण तथा उत्तीर्ण गराउने परिपाटी हुनु ।

        यसरी अधिक विद्यार्थी संख्या तथा कक्षा संरचना रहेको यस विद्यालयमा विध्यार्थी संख्याको आधारमा भौतिक संरचनाको अपर्याप्तताले गर्दा सबै कक्षाहरुको पठनपाठन एकै पटक संचालन गर्न सकिएको छैन ।हाल पूर्व प्राथमिक तहदेखि कक्षा ७ सम्मका कक्षाहरु दिवा सेवाका रुपमा दिनको ११ः३० बजेदेखि शुरु भई अपरान्ह ४ः१५ बजेसम्म संचालन हुने गर्छन भने कक्षा ८ देखि कक्षा १२ सम्मका कक्षाहरु विहान ६ः२० बजेदेखि  दिनको ११ः१५ बजेसम्म संचालन हुने गर्छन् । तथापि यस अनुसन्धानको मुख्य ध्येय भने आवागमनमा देखिएको प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको अनियमितताकोे अध्ययन विश्लेषण हुनेछ ।

१ः४.समस्याको कथन  ९क्तबतझभलत या तजभ एचयदझि० ः–
    
        विद्यालय इतिहासको संग्राहलय र भविश्यको प्रयोगशाला पनि हो  । त्यहीं संग्रहित अनुभवहरुलाई प्रशोधन गरी प्रविधिको प्रबर्धन र विकास गर्ने आधार भनेका विद्यार्थीहरु नै हुन् । स्वभाविक रुपमा  यत्तिका प्रक्रिया÷पद्धतिको संयोजन एवं पुनःनिर्माण हुने क्षेत्र विद्यालयमा आउने आधार स्तम्भ विद्यार्थीहरुको उपस्थिति एवं सक्रियता आवश्यक नै हुन्छ भने आउजाउको नियमित निरन्तरतामा अनेकौं अवरोध हुने कुरा नकार्न मिल्दैन । त्यसमा पनि सामुदायिक विद्यालयका विद्यार्थीहरु प्राय हरेक नै भिन्दाभिन्दै परिवेश,पूर्वाधार,जीवनशैली ,संवेगात्म्क अवस्था लिएर आएका हुन्छन् । यद्यपि साझा थलो,धारणा,भूमिका निर्वाहका लागि आएका  विद्याथीहरुको आवागमनको अनियमितता भन्नाले  निर्धारित समयमा विद्यार्थीहरु नआउनु ,ढिलो गरी आउनु ,कक्षामा प्रवेश गर्ने उत्सुकता नदेखाउनु,टिफिन÷मध्यान्तरभन्दा पछि धरैजसो विद्यार्थीहरु विद्यालयमा नहुनु अर्थात टिफिनमा विद्यालय छाड्नु, त्यसपछिका पनि प्रायः पछिल्ला घण्टीहरुमा अति न्यून विद्यार्थीहरुमात्रै कक्षामा रहनु र उनीहरुमा पनि  पढाइप्रतिको चासो वा लगावभन्दा पनि छुट्टीको शीघ्र प्रतिक्षा भइरहनुजस्ता असामान्य अवस्थाहरु भइरहनुजस्ता समस्यालाई मूल रुपमा लिइएको छ । तथापि दिवा कक्षामा अध्ययनरत विद्यार्थीहरुमा भने विद्यालय आउने क्रममा नै उत्तिको जटीलता वा समस्याको रुप नदेखिए पनि  टिफिनको समय र त्यसपछिका हरेक घण्टीपछि विना अनुमति नै बाहिरिने गर्नुजस्ता समस्याहरुलाई समेत यहाँ आवागमनको अनियमितता भनी अनुसन्धानको विषय बनाइएको हो ।

१ः५.अध्ययनको औचित्य ९क्ष्लनबलषष्अबलअभ या तजभ क्तगमथ० ः–
       
    अनुसन्धान सन्दर्भको आधार यो विद्यालय अधिक अभिभावक÷सरोकारवालाहरुको सरोकार रहेको विद्यालय पनि हो । आफ्ना पारिवारिक अनेक जटीलताहरुलाई समेत सहजरुपमा ग्रहण÷सामना गर्दै आफ्ना सन्ततिको समुज्वल भविष्यको कामना गरी विद्यालय पठाउने ,पढ्ने अवसर मिलाउने अभिभावकहरुका मनोकांक्षाहरु खण्डित हुनु वा पूर्ण नहुनु आफैंमा जटीलता हो । विद्यार्थी संख्याकै आधारमा अनेक शीर्षक÷उपशीर्षकमा राज्यकोषबाट भएको लगानी शैक्षिक गुणस्तरमा उल्लेख्य उपलब्धी हासिल नभई सिद्धिएर जानुलाई  स्वभाविक रुपमा स्वीकार्न सकिंदैन । शिक्षक ,शैक्षिक पद्धति, भौतिक संरचना निर्माण र ब्यबस्थापनसमेतमा प्रत्यक्ष परोक्ष राज्य, समाज, विद्यालय ,ब्यक्ति ,एवं अन्यान्य औपचारिक÷अनौपचारिक क्षेत्रबाट ठूलो मात्रामा धन, श्रम तथा चिन्तनको  लगानी भएको छ । जसको परिणाम आसातीत बन्नका लागि प्रतिकुल बनेको विद्यार्थी आवागमनको अनियमिततालाई विश्लेषण गरी भावी कार्य योजना निर्माण गर्नु यस अध्ययनको औचित्य सावित हुनेछ ।

१ः६.अध्ययनको उद्देश्य९इदवभअतष्खभक या तजभ कतगमथ०
       
विद्यालय शिक्षक,विद्यार्थी,अभिभावक,समाज,संस्कार,समसामयिक परिस्थिति,नबीन विचार,ब्यबहार तथा खोजमूलक एवं सकारात्मकता र उन्नतिको समष्टि पनि हो ।यसका संबाहक मूलतः शिक्षक र विद्यार्थीहरु नै  हुन् । विद्यालय ,विद्यार्थी र शिक्षक यसका नियमितताका अनिवार्य तत्वहरु हुन् । त्यसमा पनि विद्यार्थीहरुकै वैयक्तिक पक्षको उन्नति र त्यसकै माध्यमबाट सरोकारवालाहरुको संपूर्णतालाई ओगटेर समुन्नत परिवेशको सिर्जना गर्नुपर्ने हुन्छ । तर पाठ््रयक्रमको सम्पूर्णतालाई निर्देशित गर्ने मुख्य समय विद्यालय संचालनको औपचारिक समयमा विद्यार्थीहरुको नियमितता नहुनु नै विद्यार्थी आवागमनको अनियमितता भनी परिभाषित गरेर संबन्धित कार्यक्षेत्रमा तत्काल ती समस्या विश्लेषण र समाधानका लागि गरिने विशेष किसिमको प्रायोगिक अनुसन्धानले स्थानीय स्तर, संबद्ध क्षेत्र र समूदायमा नै उपायको खोजी र कार्यान्वयन गरिनुपर्छ । जसअनुसार यस कार्यमूलक अनुसन्धानका निम्नानुसारका उद्देश्यहरु रहनेछन् ।

क. आवागमनमा हुने अनियमितताका कारण पत्ता लगाउनु ।
ख. विद्यार्थी आवागमनको अनियमितताको विश्लेषण गर्नु  ।
ग. आवागमन अनियमिततालाई न्युनीकरण गर्ने योजना तयार गर्नु  ।
घ. आवागमनको अनियमितताले विद्यालयमा परेको÷पार्ने प्रभावका बारेमा विश्लेषण गर्नु ।
ङ. आवागमनको अनियमितताले सरोकारवाला सबै क्षेत्रमा पार्ने प्रभावका बारेमा अनुसन्धान गर्नुृ ।
च. नबीन कार्ययोजना निर्माण र कार्यान्वयनका लागि वातावरण सिर्जना गर्न पथप्रदर्शकको भूमिका तय गर्नु ।

१ः७.पुनब्र्याख्या एवं पूर्वकार्यको समिक्षा९च्भखष्भध या ीष्तभचबतगचभ०

           विद्यार्थीहरु विद्यालयका अजस्र स्रोत हुन् । स्रोत परिचालनका सहयोगी (भूमिकाका हिसाबले अग्र स्थानमा भए पनि) भनेका शिक्षकहरु हुन् र उपलब्धीको लक्षित क्षेत्र ब्यक्ति, परिवार,समाज,समूदाय, राष्ट्र हुँदै विश्वपरिस्थिति र मानव जातिका महत्वकांक्षाहरु नै हुन् । यसको ब्यबस्थापनको स्रोत राज्य कोष एवं सामाजिक सामूदायिक सद्भाव र समर्पणको भाव तथा सहभागितामूलक त्याग तथा देन÷लगाव नै हो । यसर्थ यहाँ संबद्ध सबै पक्षको सहभागिता, तत्परता,इच्छाशक्ति, सामथ्र्य र सचेतताको उत्तिकै आवश्यकता पर्दछ ।अन्यथा एकअर्कामा दोषारोपण मात्रै हुने तर समस्याको वास्तविक पहिचान तथा निराकरणका उपायहरुको तर्जुमा र अवलम्बन भने हुन नसकी अपेक्षित लक्ष्य हासिल हुन सक्दैन । तसर्थ यस कार्यमूलक अनुसन्धानले अतिशयोक्तिपूर्ण कथन, महत्वाकांक्षी योजना ,भ्रामक विश्लेषण एवं आरोप÷प्रत्यारोपको प्रक्रियामा मात्रै नअल्मलिई निर्धारित समस्या ,संबद्ध क्षेत्र÷सरोकारवालाको वास्तविक परिस्थिति÷गतिविधिलाई विश्लेषण गरी भावी योजना , वातावरण,  भूमिका, स्रोत परिचालन र प्रयोग गर्दै तौरतरिकाको ब्यबहारिक रुपरेखा तय ःगर्नेछ । यस शीर्षकमा यस अघि पनि यस विद्यालयमा अध्यापन गर्नुहुने शिक्षकहरुबाट यस्तै प्रकृतिका कार्यमूलक अनुसन्धानहरु भएको अनौपचारिक जानकारी पाइए तापनि औपचारिक दस्तावेजका रुपमा नपाइनाले पूर्वकार्यको विश्लेषणात्मक समिक्षा गर्न सकिएको छैन तथापि अनौपचारिक रुपमै जानकारी भए अनुसार निष्कर्ष एवं पुनः योजनाका सन्दर्भमा प्रायःभौतिक व्यबस्थापन र घेराबारबाट नियन्त्रित हुनुपर्ने कुरामा जोड दिइएको पाइए तापनि त्यसै योजना तथा कार्यान्वयनको प्रयत्नबाट समस्या समाधानको उल्लेख्य उपलब्धि भने पाइएको देखिंदैन । यसर्थ यस अध्ययनले उक्त समस्या समाधानका लागि समस्या सिर्जनाका आधारभूत कारणसमेतको पहिचान र समाधानको पुनः  योजना समेत प्रस्तुत गर्ने जमर्को गर्नेछ ।
१ः८.परिकल्पनाको निर्माण ९ँयचmबगबितष्यल या ज्थउयतजभकष्क०

         मानिस चेतनशील प्राणी हो ।उससंग अनुभवको संकलन तथा आदान÷प्रदान गर्ने सामथ्र्य पनि छ । यसै आधारमा उसले आवश्यकतालाई तथा उपलब्धीहरुलाई तुलना गर्न, अभावको पहिचान र आपूर्तिका उपायहरुको अबलम्बन गर्न सक्दछ । विगतका अनुभवहरुले वर्तमानमा निर्बाह र भविश्यको तर्जुमा गर्नु उसको सामथ्र्य हो ।आवश्यकताले नै आविस्कार गर्ने तथ्यअनुसार मानव जातिले आफ्नो चेतन मष्तिष्कको प्रयोग गरी ज्ञान तथा विज्ञान दुबै क्षेत्रमा प्रगति गरेको छ । यसै नियम क्रमको निरन्तरता नै शिक्षा र शिक्षालयको संपूर्णताको सार हो । तथापि आर्जित ज्ञान, चेतना र अनुभवको उपजका रुपमा हुने आविष्कार भने संसारभरि एकै नासले हुन सकेको छैन । जसअनुसार नै शिक्षा प्रकृति, परिबेश ,प्रबृति , आधार, स्तर आदिअनुसार विश्वपरिवेशमा विविधतामय नै छ । हरेक देश अझ कतै त क्षेत्र÷प्रान्तअनुसारको शिक्षा पद्धति पनि हुँदैन भन्न सकिंदैन तर नेपालकै सन्दर्भमा भने सामुदायिक विद्यालय तर्फ प्राथमिक तहका लागि बैकल्पिक ब्यबस्था भएको मातृभाषाको शिक्षा र ऐच्छिक विषयका लागि खुल्ला राखिएको बहुविविधतावाहेक विद्यालय तहका कक्षा १ देखि कक्षा १० सम्म्का प्राय सबैजसो कार्यक्रमहरु  पठ्यक्रम ,पाठ्यपुस्तक,शैक्षिक प्रशासन तथा ब्यबस्थापन अदि एकैनासका छन् । त्यसैले तहगत,कक्षागत,विषयगत,पाठगत उद्देश्यहरु एकनासका नै हुन्छन् ।यस्तो अवस्थामा भौगोलिक अवस्था ,सामाजिक परिवेश ,आर्थिक अवस्था, संस्कारगत मान्यता ,चेतनाको स्तर र सान्दर्भिकता समेतले पनि बालबालिकाहरुलाई प्रभावित पारिरहेको हुन्छ । त्यसमा पनि जुन विद्यालयलाई आधार मानेर त्यसकै सेरोफेरोका घटना÷सन्दर्भहरुको अनुसन्धान गर्न लागिएको छ अन्य अन्य विद्यालयको तुलनामा यो सन्दर्भ पृथक पनि रहेको छ । यसर्थ अत्यधिक विद्यार्थी चाप रहेको यस विद्यालयका प्रत्येक विद्यार्थी,शिक्षक,अभिभावक,परिवार समाज÷समुदाय,संस्कार ,पेशा ,अवस्था आदिको संपूर्णताको अध्ययन विशलेषण ब्यबहारतः असम्भव प्राय ःहुने भएकाले केही प्रतिनिधिमूलक पात्र,घटना,परिवेश,परिवार ,संस्कार,ज्ञान,मनोविज्ञान आदि समेतलाई आधार मानेर यो कार्यमूलक अनुसन्धान गर्नु समिचिन ठानिएको छ ।

१ः९.अध्ययनको क्षेत्र र सीमा ९क्अयउभ बलम ीष्mष्तबतष्यल या क्तगमथ०

            कुनै पनि अनुसन्धानको विषय ब्यापक तथा जटील पनि हुनसक्छ । अनिवार्य रुपमा पूरा गर्नका लागि स्रोत÷साधनको अभाव ,समयको सीमितता ,स्थानको भौगोलिक आधार÷अवस्था,विषयको जटील प्रकृति आदिसमेतको प्रभावलाई ख्याल गरेर अनुसन्धानलाई उद्देश्यमूलक ,परिणाममुखी,एवं बस्तुनिष्ठ बनाउन अध्ययनको क्षेत्र तथा सीमालाई निर्धारण गर्ने प्रयत्न गरिएको छ ।  श्ौक्षिक सत्र २०६९ र २०७० मा यस जनपथ उच्च माध्यमिक विद्यालयमा विद्यार्र्थीहरुको भर्नादर ,उनीहरुको औसत उपस्थिति,यी शैक्षिक सत्रमा सञ्चालन भइसकेका परीक्षा र प्राप्त उपलब्धी, विद्यालय तथा विद्यार्थीहरुमा रहेभएको वैयक्तिक विविधता,बीचमै पढाइ÷स्कुल छाड्ने प्रबृत्ति आदिसमेतलाई आधार मानी उल्लेखित विद्यार्थी ,शिक्षक,समूदाय÷समाज, संबद्ध परिवार ,सामाजिक संस्कार ,आर्थिक÷सामाजिक पृष्ठभूमि,मनोविज्ञान समेत यस अध्ययनको सीमा र क्षेत्र निर्धारण गरिएको छ ।तथापि शैक्षिक सत्र ०६९ मा यसै विद्यालयमा कक्षोन्नति भएका विद्यार्थीहरुको समेत अध्ययन हुनुले शै.स. ०६८ को पनि केही सन्दर्भले छोएको हुनसक्छ  । जसमाः—
क) विद्यालयको आधार क्षेत्र९ऋबतअजmभलत ब्चष्ब० विराटनगर ७, १५ र १६ भए तापनि त्यसभन्दा भिन्न ठाउँमा
   बसोबास गरी विद्यालयमा  भर्ना भएका विद्यार्थीहरुसमेतलाई आधार लिइएको छ ।
ख) प्रनिधिमूलक रुपमा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरुमा केन्द्रित गरिएको छ ।
ग) आफ्नै घररिवारमा बस्ने, आफन्तकाहरुको संरक्षणमा बस्ने र घरेलुकामदार बनेका प्रतिनिधिमूलक
   विद्यार्थीहरुमा सर्बेक्षण केन्द्रित गरिएको छ ।
घ) नियमित तथा अनियमित दुबैखाले विद्यार्थीहरु आधार मानेर सर्बे अनुसन्धान गरिएको छ ।
ङ) स्रोत सन्दर्भका लागि अधिक रुपमा विद्यालयसंग संस्थागत संबद्धता रहेका विद्यार्थी, शिक्षक, विद्यालय
   ब्यबस्थापन समितिका पदाधिकारीहरु, अभिभावक, विद्यालयका कर्मचारी तथा अन्यान्य क्षेत्रका
   सरोकारवालाहरु आदि समेतको सहारा लिइएको छ ।
च) विद्यालयबाट प्राप्त गर्न सकिने दैनिक उपस्थिति बही ,कार्यतालिका ,कार्ययोजना ,विद्यालयभित्रको विविध
   ब्यस्थापन समेतको सहारा लिइएको छ ।
छ) प्रत्यक्षभन्दा बढी परोक्ष सामग्री संकलन र विश्लेषण गरिएको छ ।  

२.१.अध्ययन विधि ९च्भकबचअज ःभतजयमययिनथ०ः—

           खोजमूलक एवं अनुसन्धानात्मक अध्ययन हुनाले आवागमनको  अनियमितता मूलतः विद्यार्थी केन्द्रित अध्ययन भए पनि विद्यालयसङ्ग संवद्ध गैर विद्यार्थीहरु समेतको अनियमितता र त्यसका कारण परिणामसमेतको समष्टी अध्ययन हुनेछ । शिक्षक आफैं अध्येता ,अध्ययनको क्षेत्र विद्यालयको नियमित कार्य संपादन र त्यससंग संबद्ध सबैलाई आधार मानेर समस्या उठान पहिचानदेखि  समस्याका कारण पहिचान विश्लेषण ,कारण न्युनीकरणदेखि लिएर समाधानका लागि अपनाइने योजना तर्जुमा र कार्यान्वयन समेत यस ढाँचामाम समावेश गरिने छ । चरणबद्ध रुपमा चक्रिय स्वरुपको कार्ययोजना सहितको अनुसन्धान प्रक्रिया यसमा अपनाइने छ ।

२.२.नमूनाको छनौट ९क्भभिअतष्यल या क्बmउष्लिन० ः—

       नमूना छनौट अन्तर्गत आवागमनमा अनियमितता भएका यस विद्यालयमा भर्ना भएका संपूर्ण विद्यार्थीहरु नै लक्षित भए तापनि अनुसन्धानको प्रक्रियामा सबैसंग प्रत्यक्ष सरोकार तथा अन्तत्र्रिmयाको संभावना नरहेकाले प्रतिनिधिमूलक रुपमा तीन प्रकारको घरायसी÷पारिवारिक वातावरणमा रहेका विद्यार्थीहरु छनौट गरिएको छ ।जसअनुसार ः—
१. भौगोलिक रुपमा विद्यालयको आधार क्षेत्रभित्र÷बाहिर समेत घरवास भई आफ्नै अभिभावकहरुसंग बसोबास गर्ने
   विद्यार्थीहरु ,
२. भौगोलिक रुपमा विद्यालयको आधार क्षेत्रभित्र÷बाहिर समेत बसोबास गर्ने आफन्त नातेदारहरुको संरक्षकत्वमा
   बसोबास गर्ने विद्यार्थीहरु ,
३. भौगोलिक रुपमा विद्यालयको आधार क्षेत्रभित्र÷बाहिर समेत बसोबास गर्नेहरुका घरमा घरेलु कामदारका रुपमा
   रही घरधन्दा सघाएर समय मिलाएर पढ्न आउने विद्यार्थीहरु,(जसमा अनियमित र नियमित बन्ने केही
   विद्यार्थीहरुको प्रतिक्रियमलाई लिइएको छ ।)
  भौगोलिक रुपमा निर्धारण गरिएको विद्यालयको आधार क्षेत्रभन्दा बाहिर बसोबास भएर पनि यस विद्यालयमा पढ्न आउने विद्यार्थीहरु समेतको परिवार,समुदाय,समाज,संस्कार तथा परिवेशलाई नमूना छनौटभित्रै समावेश गरिएको छ । अनुसन्धानका क्रममा उक्त विद्यार्थीहरुबाट प्रत्यक्ष्य÷अप्रत्यक्ष्य रुपमा आरोपित ब्यक्ति÷समुदाय÷संस्था एवं प्रक्रिया÷पद्धतिसमेतलाई पनि अनुसन्धानको नमूनाभित्र समावेश गरिएको छ । अनुसन्धानलाई प्रभावित गर्ने÷सरोकार राख्ने पात्र÷परिवारले पात्र परिवेशलाई सार्बजनिक गर्न इन्कार गरेकाले  यहाँ नामोल्लेख भने भएको छैन ।

२.३.अनुसन्धान सन्दर्भको वर्तमान अवस्था ः—(एचभकभलत क्तबतगक या च्भकभबचअज)

         राज्यकोषबाट संचालित सामुदायिक विद्यालयहरुमा प्राप्त हुने सुविधा ,शैक्षिक कार्यक्रम एवं कार्यान्वयन संम्बन्धि अवधारणाहरु प्राय समान नै हुने गर्छन् ।ठाउँ, परिवेश ,सामाजिक सचेतता ,जीवन शैली, आर्थिक स्तर एवं विद्यालयप्रति रहेको समुदायको समर्पण भावले समेत यस अनुसन्धानको विषय प्रभावित हुन जान्छ साथै विद्यालयको शैक्षिक ,प्रशासनिक सुझ सक्षमताबाट समेत विद्यार्थीहरुमा समय पालना÷नियमितता सम्बन्धि धारणा प्रभावित हुनजान्छ । सबै विद्यालयहरुमा एकै प्रकारको परिणाम यस कारणले पनि नआउन सक्ने कुरालाई स्वीकानुपर्ने हुन्छ । यहाँ यस जनपथ उ.मा. वि. लाई नै अनुसन्धानको मुख्य क्षेत्र बनाइएकाले संक्षिप्त रुपमा यसको बर्तमान अवस्थालाई यसरी नियाल्न सकिन्छ ।
   विद्यालय हाताभित्र रहेका विभिन्न प्रकृतिका छ वटा भवनमा शैक्षिक प्रशासनिक काम गर्न मिल्ने २३ कोठाहरुमध्ये २ वटा कोठाहरु स्रोतकेन्द्र प्रयोजनमा रहेका र बाँकी २१ कोठाहरु विद्यालय शिक्षा तथा बाल शिक्षाको काम एवं सामग्री गोदाम समेतमा प्रयोग भएको पाइन्छ । प्रयोगशाला तथा पुस्तकालय प्रयोजनका लागि न त कोठा न   त सामग्री नै छन् ..। यस विद्यालयमा मा. तहका ५ ,नि मा. तहका ६,प्राथमिक तहका (काजमा रहेका समेत)२० शिक्षक र ४ विद्यालय कर्मचारी रहेको पाइन्छ जहाँ मा. १ र नि.मा. १दरबन्दी खाली रहेको छ  । झण्डै २.५ बर्ष अर्थात २९ महिनाको अवधिलाई (२०६८÷१०÷२८ देखिहालसम्म) आधार मानेर गरिएको यस अनुसन्धानका क्रममा तीन शैक्षिक बर्षका विद्यार्थीहरु अनुसन्धानको दायरामा परेका छन् । कुनै एक बर्षलाई मात्रै आधार मान्दा विशिष्ट परिस्थितिको वा अपवाद÷असामान्य अवस्थाको प्रभावले अध्ययनको क्षेत्रलाई या त संकुचित गरिदिने या त अतिशयोक्तिपूर्ण बनाइदिने समेत खतराको संभावनाबाट मुक्त हुने गरी समयावधि र अध्ययनको क्षेत्रलाई विस्तृत बनाउँदा लक्षित विद्यार्थी समूह कक्षा १ देखि कक्षा १० सम्मका विद्याथीहरुमा औसत ६५ प्रतिशत भन्दा बढी विद्यर्थीहरुको उपस्थिति पाइँदैन त्यसमा पनि १० प्रतिशत विद्यार्थीहरु निर्धारित समयभन्दा ढिलो आउने ,टिफिनमा उपस्थित संख्याको ३० प्रतिशतभन्दा बढी विद्यथीहरु विद्यालय छाडी जाने ,र त्यस पछिका हरेक घण्टीपछि विद्यार्थीहरु बिना अनुमति विद्यालय छाड्ने क्रम रहेको र अन्ततः छुट्टी हुने वेलासम्ममा उपस्थित संख्याको ५० प्रतिशत पनि विद्यार्थीहरु विद्यालयमा नरहेको पाइन्छ भने उपस्थित हुनेसमयमा  पनि नियमितता भने पाइँदैन । त्यस्तैगरी बीचैमा विद्यालय छाड्नेहरुको संख्या पनि उल्लेख्य नै देखिन्छ ।

                 शैक्षिक सत्र २०६९ को विद्यार्थी बिबरण                                       
कक्षा    ँबिकज अनुसार       परीक्षा अभिलेखअनुसार    परीक्षा अभिलेखानुसार    अनुत्तीर्ण   
    नयाँ    जम्मा    अ.बा.प.दिने    बार्षिक प.दिने    कुलभर्ना भएका       
१    ८४    ८४    ७६    ७६    ९७   
२    ३५    १०४    ८९    ८९    १०७   
३    १६    ८२    ७४    ७४    ९२   
४    ११    १०८    ९७    ९७    १०४   
५    १४    १००    ९२    ९२    १०५   
६    १९    ११२    १०२    १०२    ११५       
७    ५२    १५९    १४२    १४२    १६३   
८    २३    १८०    १६४    १६४    १८७   
९    २३    ११८    १२०    १२०    १३४   
१०    १    ९४    ९४    ९४    ९४       
जम्मा    २७८    १,१४१    १,०५०    १,०५०    १,१९८       
   परीक्षा अभिलेखमा कुल भर्ना ५७ जना बढेको देखिन्छ भने १४८ अर्थात झण्डै १३ ५ विद्यार्थीले बीचैमा
   पढाइ छाडेको देखिन्छ ।

               शैक्षिक सत्र २०७० को विद्यार्थी बिबरण
कक्षा    ँबिकज अनुसार       परीक्षा अभिलेखअनुसार    परीक्षा अभिलेखअनुसा    अनुत्तीर्ण    कैफियत
    नयाँ    जम्मा    अ.बा.दिने    बार्षिक प.दिने    कुलभर्ना भएका       
१    ७०    ७२    ६९    ६९    ८७        कक्षा दोहो¥याउने ११
२    ८    ९१    ८०    ८०    ९२        कक्षा दाहोे¥याउने १३
३    ५    १११    ९२    ९२    १११        ............
४    ३    ७८    ८०    ८०    ९४       
५    ८    ९५    ८८    ८८    १०५        े
६    १९    १०८    ९५    ९५    ११०           
७    ४०    १५१    १३५    १३५    १५४        कक्षा दो¥याउने ९
८    ३६    १८६    १७१    १७१    १७१    १३   
९    २७    १९१    १७८    १७८    १७८        कक्षा दोहे¥याउने १
१०    १    १११    १११    १११    १११        ......................
जम्मा    २१७    ११९४    १०९९    १०९९    १२१३       
  परीक्षा अभिलेखमा ँबिकज मा भन्दा १९ जना बढेको देखिन्छ भने  ११४ जना अर्थात झण्डै १० ५ विद्यार्थीले
   बीचैमा पढाइ छाडेको देखिन्छ ।
                 शै. सत्र २०७० को  विाद्यालयमा खुल्ला गरिएको विद्यार्थी संख्या र उपस्थिति ः—
कक्षा    कुल विद्यार्थी    उपस्थिति२४ आषाढ    उपस्थिति २० मंसीर    उपस्थिति २५फागुन
१    ७८    २६    ५५    ३६
२    ९१    ६८    ७२    ४८
३    १११    ५१    ७९    ५६
४    ७८    ६९    ६८    ५५
५    ९८    ७५    ७८    ६०
६    १०८    ५७    ८४    ६७
७    १५१    ११६    १००    ७८
८    १८९    ८८    १३३    १०५
९    १९१    १२७    १५७    १२०
१०    १११    ७१    ६४    ७५
जम्मा    १२०६    ७४८    ८९०    ७००
    
         पुनश्च ःकक्षा १० को प्रवेशीका पूर्व तयारी परीक्षा फागुन २५ अघावै सकिएकाले माघ २४ को उपस्थितिलाई लिइएको छ ।जसअनुसार बार्षिक विद्यार्थी उपस्थििति ६४.६२ प्रतिशत देखिन्छ । तथापि उल्लेखित तथ्याङ्कका आधारमा बीचैमा विद्यालय छाड्नेहरुको संख्या भने १० ५ पाइन्छ । जसले सरदर २५ प्रतिशत विद्यार्थीहरु पठनपाठनमा सँधै अनियमित भई परीक्षामा मात्रै सामेल भएको देखिन्छ । विद्यार्थी संख्याको आधारमा भौतिक पूर्वाधार÷सामग्री ब्यबस्थापनको पर्याप्तता पनि पाइँदैन । शैक्षिक बर्ष.२०६९ र०७० दुबै बर्षमा असामान्य अवस्थाका (अपाङ्गता भएका)विद्यार्थीहरुको संख्या कक्षा १–८ मा ९ छात्रा, २ छात्र र कक्षा ९—१० मा २ छात्रा ,४छात्र गरी जम्म १७ विद्यर्थी रहेको पाइन्छ तथापि उनीहरुलाई  विशेष शिक्षाका लागि विशेष ब्यबस्थाको आवश्यकता नरहेको÷नगरेको पाइन्छ ।
प्रति विद्यार्थी विद्यालय सहयोग ,परीक्षा शुल्क तथा पाठ्रयपुस्तक खर्च विवरण ०६९÷०७०

कक्षा    विद्यालयसहयोग रु     परीक्षा शुल्क प्रति विद्यार्थी    पाठ्यपुस्तकखर्च    कैफियत
        प्र.त्रै.
    दो.त्रै.    बा.परीक्षा    प्रति विद्यार्थी रु.   
१    ५०।    –    —    —    १३३।२५    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
२    ५०।    —    —    —    १२८।७५    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
३    ५०।    —    —    —    १५८।    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
४    ५०।    —    —    —    २०५।२५    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
५    ५०।     —    —    —    २२२।२५    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
६    २००।    ५०।    १००।    १००।    ३७४।    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
७    २००।    ५०।    १००।    १००।    ३८३।२५।    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
८    २००।    ५०    १००।    १००।    ३७७।५०    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
९    २५०।    ६०।    १००।    १००।    ४१६।१०    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
१०    २५०।    ६०।    १००।    १००।    ४०१।७०    विद्यालय सहयोग नयाँ भर्नालाईमात्र
 उल्लेखित विवरणमध्ये २०७० को कक्षा ६ को पाठ्यपुस्तकको मुल्य रु.४०९।२० भएको छ भने कक्षा ९ र १०को अतिरिक्त गणितको मुल्य थप क्रमशः १६।६० र १३।३०  रहेको छ ।        


२.४.अध्ययनको अवधारणात्मकम ढाँचा ः–  ( ँयचmबत या अयलअभउतगब िकतगमथ)

       घटनाको उद्गम स्थल कारण हो ,कारणले कार्य सिर्जना गर्छ त्यही कार्य घटना बन्दछ र उत्पन्न अवस्था चाहिं परिणाम हो जसलाई स्वीकार्नै पर्छ जसरी मन नभएर पनि स्वीकार्छौं मृत्युलाई । त्यसैले यहाँ देखिएको कारण, कार्य र परिणाम सन्दर्भले वरण गरेको समय हो जसलाई मृत्युले गाँजेसरि भएर हराएको छ । योजना बचेको समयसंग पात्र÷प्रबृत्तिलाई साक्षात्कार गराउनका लागि हो यहाँ यही अवधारणालाई अवलम्बन गर्ने जमर्को गरिएको छ । जसअनुसार अनियमिततासंग संबन्धित निम्नानुसारको अवधारणाका आधिनमा गरिएको यस अध्ययनमा कारण ,प्रभाव र परिणामको  निम्नानुसारको तालिका ढाँचा बन्न पुगेको छ ।
                                    अनियमितता
                       
कारण    प्रभाव    परिणाम
क.आर्थिक                              क.अभावमय जीवन                  क.आज्ञाकारी बन्नु बाध्यता (लाचार)
ख.पारिवारिक    ख.तनावमय मानसिकता              ख. गुणस्तरहीन जीपन
ग.शैक्षिक    ग.छलकपटपूर्ण स्वभाव               ग.जीताहा प्रवृति
घ.सामाजिक                            घ.अमर्यादित बोलिब्यबहार    घ.प्रतिशोधात्मक भावना
ङ.साँस्कृतिक    ङ.नीरस जीवन                      ङ.आत्मविस्वासको अभाव
च.प्रशासनिक    च.अहंकारी स्वभाव                    च.आक्रामक
छ.मनोवैज्ञानिक                         छ.नीरस जीवन                       छ.मानसिक दुर्बलता
ज.राज्यको नीति                        ज.सर्बेसर्वा                            ज.अनियन्त्रित
झ.दुब्र्यसन÷उत्दण्डता    झ.अन्धकारमय जीवन                  झ.पारिवारिक पीडा
ञ.जीवन शैली                          ञ.देखासिकी                           ञ.फजुल
ट.सवल संरक्षण÷निर्देशनको अभाव        ट.अनिश्चित भविश्य                    ट.मनोमानी÷बिद्रोहात्मक

२.५.तथ्याङ्क सामग्री संकलन विधि ः—ः(ःभतजयम या ऋयििभअतष्लन  क्तबतष्कतष्अब िक्ष्तझक)

         यस अनुसन्धानको तथ्याङ्क संकलनका लागि दुई प्रकारका स्रोतहरु अपनाइएको छ जसअनुसार ः—
 क) प्राथमिक स्रोत र    ख)सहायक÷द्धित्तिय स्रोत रहेका छन् ।   प्रथमिकलाई  औपचाचरिक र सहायकलाई
   अनौपचारिक स्रोतका रुपमा लिइएको छ । जहाँ प्रश्नावली,अन्तक्र्रिया, अवलोकन,अन्तर्वार्ता ,आत्मानुभूति एवं
    स्वमूल्याङ्कन ,साक्षात्कारता तथा मुकदर्शकता आदि समेत पनि अनुसन्धनको उर्जाकै रुपमा प्रयोग भएका छन् ।

क ) प्राथमिक (औपचारिक)स्रोत ः—
    यस स्रोत अन्तर्गत विद्यालयको अभिलेखमा सुरक्षित रहेका र त्यसबाट आफैंले सम्पादन गरेका  तथा
    विद्यालयले उपलब्ध गराएका लिखित सामग्रीहरु रहेका छन् ।

ख) सहायक ÷द्धित्तीय (अनौपचारिक) स्रोत ः—
    यस स्रोत अन्तर्गत विभिन्न ब्यक्तिहरुसंग गरिएको अन्तक्र्रिया ,कुराकानी,संवाद÷प्रश्नोत्तर,उनीहरुको भावभङ्गीको विश्लेषण,पृष्ठभूमि, प्रतिक्रिया, प्रबृत्ति,अनुभूति, अवलोकन ,मनोविज्ञान आदिसमेतलाई विश्लेषण गर्ने प्रयत्न गर्दा आएका निकर्षहरुलाई  समावेश गर्ने प्रयत्न समेत सहायक सामग्रीका रुपमा रहेका छन् ।

२.६.समस्याका कारणरण्हरुको पहिचानः— (क्ष्मभलतषष्अबतष्यल या तजभ ऋबगकभक या उचयदझिक)

विद्यार्थी अनियमित बन्ने कारणहरु पहिचानका लागि अनियमित बन्ने तीन प्रकारको पारिवारिक पृष्ठभूभि भएका विद्यार्थी र उनीहरुका संरक्षक÷अभिभावकहरुसंग साक्षात्कार गरिएको, नियमित बन्ने र सँधै विद्यालय आउने विद्यार्थी र उनीहरुका संरक्षक÷अभिभावकहरुसंग साक्षात्कार गरिएको  साथै उनीहरुबाट आरोपित बनेका बिभिन्न ब्यक्तिहरुसंगको समेत साक्षात्कार, कुराकानी÷प्रतिक्रियासमेतलाई समावेश गरिएको छ ।

क) घरेलु कामदारका रुपमा रहेका विद्यार्थी र उनीहरुलाई संरक्षकत्व÷अभिभावकत्व प्रदान गर्नेहरुबाट ब्यक्त
      भएका अनियमिता संबन्धि प्रतिक्रियाहरु ः—
    घरायसी काम,समयको अभाव,सुनेकाजस्तो वातावरण विद्यायमा नहुनु, मानसिक तनाव ,नियमित पढाइ पनि नहुनु, हुँदा पनि उत्साहजनक वातावरण नहुनु,भौतिक ब्यबस्थापनको अपर्यााप्तताले कक्षामा बसिरिहन मन नलाग्नु,पढाइप्रति प्रेरणा नमिल्नु, साथी÷समूह,शिक्षक÷अभिभावकबाट समेत उपेक्षित भएको अनुभव हुनु,राज्बाट पाइने सुविधा छात्रबृत्तिमा पहिचानको अभावले विद्यालयप्रति अपनत्वको भावना नरहनु, आत्माभिमानभन्दा निरासातिर उन्मुख हुनु ,पहिचान बिना नै छात्रबृत्तिको सुविधा पाउँदा अहंकारी बन्नु,परीक्षा प्रणाली तथा मूल्याङ्कन प्रणालीप्रति असन्तुष्ट हुनु, मेहनतलाई बोझ र पास हुनुलाई अधिकारका रुपमा लिने सोच बन्नु,परीक्षा फलको मापदण्डप्रति असन्तुष्ट हुनु आदि विद्यार्थीहरुका प्रतिक्रिया रहेका छन भने उनीहरुका संरक्षक÷अभिभावकहरुका प्रतिक्रियामा ती विद्यर्थीहरु कामदार बढी र विद्यार्थीै कम भएको मनोभावना,विद्यालयको प्रशाासन,÷ब्यबस्थापन नै कमजोर,शिक्षकहरु नै नियमित नबन्ने,अध्यापनप्रतिको लगाव र दक्षताको कमी, उत्साहजनक वातावरण नहुनु ,सुविधाभोग र समय ब्यतीत मात्रैको परीपाटी, पढाइ,परीक्षा,मूल्याङ्कन,सुविधा वितरणमासमेत विश्वसनीयताको अभाव,भनसुन प्रवृत्तिले सही मूल्याङ्कन ओझेलमा परेको अवस्था,राज्यका आदर्शलाई अधिकार कै रुपमा चिन्ने चिनाउने चिन्तन् हुनु ,प्रशासन ,परीक्षा,विषय विभाजन,सामथ्र्य सन्तुलन,आर्थिक क्रियाकलापको अपारदर्शीता आदिसमेतको मनोवैज्ञानिक कारणले गर्दा प्रत्यक्ष÷परोक्ष रुपमा विद्यार्थी अनियमित बन्नु÷बनिनु परेको कारण औंल्याइएको पाइन्छ ।

ख) नातेदारहरुको संरक्षकत्व÷अभिभावकत्वमा रहेर विद्यालयमा भर्ना भएका विद्यार्थीहरु र उनीहरुका
    संरक्षक÷अभिभावकहरुबाट ब्यक्त भएका विद्यार्थी अनियमिता संबन्धि प्रतिक्रियाहरु ः—
    विद्यालयमा पठन पाठन नै नियमित÷उतसाहजनक रुपमा नहुनु ,शिक्षकहरुबाट प्रेरणादायी ब्यबहार नहुनु ,घरपरिवारबाट समेत उचित माया तथा सही मार्गदर्शनको अभाव हुनु ,घरपरिवारप्रति नै शंकालु तथा ईश्र्यालु भावनानको प्रभावका कारण अनिश्चित भविश्यको चिन्ता , गलत आचरण ,दुब्र्यसनको प्रभाव ,दुब्र्यसनीको सहजकर्ता, आत्मविश्वासको अभाव,अस्थिर चरित्र,राज्यबाट प्राप्त बिना पहिचानका  सुविधाप्रति अपनत्व भावको अभाव तथा वितृष्णा, परीक्षाको मर्यादा÷मूल्याङ्कनको पद्धतिप्रति विश्वसनीयताको अभाव ,सजिलै पास भइन्छ भन्ने चिन्तन आदिसमेतका प्रभावले अनियमित बन्ने गरेको पाइन्छ भने उनीहरुका आफन्तहरुका अनुसार दिएको आश्रयलाई अधिकारकै रुपमा लिएर नियन्त्रित नबन्ने दम्भ ,विद्यालयमा उत्साहजनक वातावरण नबनेको ,कक्षा ब्यबस्थापन तथा विषय शिक्षणले विस्वास जित्न नसकेको ,पठनपाठन नियमित नहुने ,परीक्षा प्रणाली र मूल्याङ्कन पद्धति नै फितलो ,पास भइहाल्ने परिपाटीको मानसिकता, राज्यका सुविधा (छात्रबृत्ति)ले एकअर्का बीचको वास्तविक पृथकताको पहिचान दिन नसकेकाले नियमित बनाउन उत्प्रेरणा नमिलेको विचार ब्यक्त ।
 
ग) आफ्नै घरपविारमा रहेका विद्याथीहरु अनियमित बन्ने कारण ः—
     गरिवी ,जीविकोपार्जनका लागि कामधन्दाको बोझ, स्वस्थ तथा शिष्ट पारिवारिक वातावरणको अभाव, अभिमावकमा चेतनाको कमी ,राज्यले दिएका सुविधालेसमेत आफ्नो पृथक पहिचान दिन नसकेको ,आफ्नासुविधाहरु खोसिएका ,अरुका सुविधाहरु सित्तैंमा प्रयोग गर्न पाइएकाले अपनत्व भावको अभाव, विद्यालयमा पनि उत्साहजनक वातावरण नहुनु ,नियमित पठनपाठन नहुनु ,शिक्षकहरुकै अनियमितताले पठनपाठन प्रभावित हुनु ,प्रभावकारी पठनपाठन नहुनु ,परीक्षा प्रणाली ,मूल्याङ्कन पद्धति तथा विद्यालयको प्रशासनिक काम कार्यबाहीप्रतिको अविश्वसनीयता, भनसुनकै भरमा पास गर्ने सामथ्र्य, अर्थिकरुपमा करबलले दिएको दवाव र अपारदर्शी प्रयोजन, साथसंगत÷देखासिकीका कारण दुब्र्यसनको प्रभाव, अधिक स्वतन्त्रता ,सही निगरानीको अभावका कारण अनियमित बन्ने गरेको पाइन्छ भने उनीहरुका अभिभावकका विचारमा सचेतताको अभाव, गरिबीको मार, राज्यका शैक्षिक नीति (उद्धार कक्षोननति)प्रतिकोे डेढअक्कल ,परीक्षा शुल्क र सहभागिता मात्रैले पर्याप्त हुन्छ भन्ने धारणा, विद्यालय प्रशासन÷शिक्षक÷कर्मचारी नै स्वच्छाचारी भएको आरोप,आर्थिक÷शैक्षिक÷प्रशासनिक अपारदर्शीता, भर्ना, सुविधा वितरण र परीक्षामात्रै संपूर्णता ठान्ने प्रबृत्तिको प्रभावका कारण विद्यार्थीहरुलाई नियमित बन्ने प्रेरणा नदिइएको पाइन्छ ।

घ) एकातिर अनियमित बन्ने विद्यार्थीहरुका पीडा÷धारणा र बन्न दिन बाध्य÷सहमत हुने अभिभावक÷संरक्षकहरुका यस्ता प्रतिक्तियाहरु पाइन्छन भने अर्कातिर नियमित बन्ने विद्यार्थीहरु र उनीहरुका संरक्षक÷अभिभावकहरुका विचारमा शिक्षकहरु आफैं पनि नियमित नबन्ने, संख्यात्मक उपस्थितिलाई आधार लिएर पठनपाठन प्रभावित हुने, पढाइप्रति दवाव दिने तर प्रेरणा भने नपाइने ,कक्षा ब्यबस्थापन फितलो, पुस्तकालय÷प्रयोगशाला÷प्रयोग सामग्री÷प्रयोगात्मक कक्षाको अभाव,मेहनत र इमान्दारिताको उचित मूल्याङ्कन हुन नसकेको गुनासो ,अनियमित हुनेहरुकै अधिपत्य÷वोलवाला रहेको,आवधिक रुपमा प्राप्त गरेका उपलब्धिहरु सुरक्षित नभएको ,अनपेक्षित परीक्षफल ,विद्यालयका हरेक क्रियाकलाप अपारदर्शी ठानेर पनि आर्थिक दूरावस्थाकै कारण सबैकुरालाई सहनु पर्ने बाध्यात्मकता रहेको भन्ने पाइन्छ ।

ङ) विद्यालय आसपासमा रहेका  अन्य ब्यक्ति,समुदाय÷समाजतथा सरोकारवालाहरुको प्रतिक्रिया —
   घरपरिवारदेखि विद्यालयपरिवार समेतको उचित निगरानीको अभाव,गरीवीको वाध्यता,मौसमी प्रभाव ,दुब्र्यसनीको संगत तथा दुब्र्यसनको प्रभाव ,पठनपाठनको वातावरण नभएको ,विद्यार्थी चापका आधारमा भौतिक ब्यबस्थापनको अपर्याप्तता ,अध्यापनको जनशक्ति नै अनियमित, विषयगत ब्यबस्थापनमा अपूर्णण्ता ,अपारदर्शी आर्थिक,शैक्षिक,प्रशासनिक कामकार्यबाही ,आवश्यकताअनुसार सुसुचित हुन नपाइएकाले निरुत्साहित मनस्थिति,विद्यार्थी गतिविधिको अनुगमनको अभाव आदिजस्ता कारणले पनि अनियमिततालाई नै प्रश्रय दिएको प्रतीत हुन्छ भने निगमनकारी निकायसमेत उदासिन नै रहे झैं लाग्छ ।

च) विद्यालय भित्रैबाट ब्यक्त प्रतिक्रिया ः–
 विद्यार्थीका क्रियाकलापप्रति अभिभावकको चासो नदेखिनु, विद्यार्थी भर्ना, विद्यालयबाट पाउने सुविधामा मात्रै चासो राख्ने प्रबृत्ति, विद्यार्थीको पढाइ र नियमितताप्रति वेवास्ता, पास गाराइदिन मात्रै अनुनय÷दवाव, पारिवारिक वातावरण एवं अभिभावक सचेतताको कमीका कारण विद्यार्थी नियमित नबनेका । विद्यालयले पनि विषयगत दक्षता विकासका लागि कुनै प्रकारको  तालिमको पहलसम्म पनि नगर्नु, परिवर्तित पाठ्रयक्रम अनुसार शिक्षकको क्षमता विकासका लागि कुनै प्रयत्न नगरिनु ,शैक्षिक पुरक सामग्री, प्रयोगशाला ,प्रयोग सामग्रीको अभाव हुनु, विद्यालय प्रशासनबाट सुविधा वितरणमा असमान ब्यबहार देखाइनु , अवसरको उपयोगप्रति पूर्वाग्रही चिन्तन रहनु ,पेशागतभन्दा ब्यक्तिगत संम्बन्धका आधारमा आश्रय दिने र मूल्याङ्कन गरिने परिपाटी ,विधिभन्दा प्रबृत्तिको प्रबलता ,अस्थिर कामकार्यबाही, अस्थिर निर्णय ,प्रयत्नको उपेक्षा ,अपारदर्शी क्रियाकलाप ,विभेदपूर्ण ब्यबहार ,मानसिक दवाव,शिष्टाचारको अभाव समेतका कारण निराजनक मानसिकता बनेकाले औपचारिकतामा सीमित रहनु नै बाध्यात्मकता समेत रहको धारणा ब्यक्त भएको पाइन्छ ।
 
३.१.तथ्याङ्क प्रस्तुतीकरण एवं विश्लेषण ः(ब्लबथिकष्क बलम एचभकभलतबतष्यल या  कतबतष्कतष्अक)

     यो कुनै आयोगको प्रतिवेदा होइन जसले घटना÷सन्दर्भको बृहत अध्ययन÷विश्लेषण् गरेर घटनाका दोषी किटान गरोस् कसुर निर्धारण गरोस् । यो त केवल तालिम प्रयोजनका लागि गरिएको कार्यमूलक अनुसन्धान मात्रै हो र त्यसै आधारमा बनेको प्रतिवेदन । यसर्थ यस अनुसन्धानले सन्दर्भ÷समस्याको कारणसमेत खोजी गरेर पुन ः सोही प्रकृतिका समस्याहरुका कारणहरुलाई न्यूनीकरण गर्नका लागि पुन योजनासम्म प्रस्तुत गर्न सक्छ । कुनै पृष्ठभूमि नै नभइकन आकस्मिक रुपमा  उठेका नभई परम्परागत प्रबृत्ति ,प्रणालीको प्रयोगको निरन्तरतासंगै दिनानुदिन बढ्दै गएका समस्याहरु देखिएकाले यसलाई एकै योजनामा निमिट्यान्न पार्ने अचुक उपाय नै अपनाउन सकिंदैन यसर्थ समस्याको न्यूनीकरणका लागि गरिने पुनर्योजनाको निर्माण गर्न प्राप्त तथ्य र   सत्यलाई तुलना र विश्लेषण गर्ने जमर्को गरिएको छ । समस्स्याका कारण बनेर आएका रहस्यहरु कति त  आफैंमा पुर्ण रहेको पाइन्छ ।
३.२.शैक्षिक बर्ष २०६९ र२०७० को विद्यार्थी तथ्याङ्क अनुसन्धान सन्दर्भको वर्तमान अवस्था (२.३) मा प्रस्तुत
   गरिएको छ ।
३.३.श्ैक्षिक बर्ष २०६९र २०७०को शिक्षक÷कर्मचारी हाँजिरी खाता र विद्यार्थीहरुको परीक्षा फलको
   अभिलेखसमेतलाई विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

३.४.विद्यालयमा देखिएका÷भएका सवल तथा र्दुवल पक्षहरुः (क्तचयलन बलम ध्भबप बकउभअतक कभभल ष्ल क्अजयय)ि

सवल पक्ष (क्तचयलन बकउभअतक०
१  विद्यालय अभिलेखमा अधिक विद्यार्थी भर्ना भएको हुनु ।  पठन पाठनका लागि दैनिक कार्यतालिका हुनु ।बार्षिक
   कार्य योजना बनाइनु ।
२  भवन निर्माणका लागि पर्याप्त जमिन,पछिल्लो चरणमा बनेका भवनका कोठाहरु कक्षा ब्यबस्थापन÷संचालन,ं
   शैक्षिक ÷प्रशासनिक कामका लागि उपयुक्त, स्कुल हाताभित्रै स्रोतकेन्द्र र तालुकदार निकाय जि.शि.का.बाट
   सबभन्दा नजिकको सामुदायिक विद्यालय समेत हुनुले माथिल्ला अड्डासँगको कामकार्बाहीमा सजिलो हुनु ।
३  आधार क्षेत्र फराकिलो भई अत्यधिक विद्यार्थीको रोजाइको विद्यालय तथा धेरै अभिभावकको आसाको केन्द्र हुनु।
४  भौतिक निर्माण तथा विकासका अवसरहरु प्राप्त भइरहनु ।
५  घना बस्तीभित्र रहेर पनि विद्यालय हाताको पूर्व र दक्षिण दुबैतिर पक्की बाटोमा पुरै भाग जोडिएको हुनुले
    ब्यापार ब्याबसाय प्रयोजनका लागि कोठा निर्माण गर्न सके स्कुलको आन्तरिक आम्दामीको नियमित स्रोत बन्ने
    सम्भावना हुनु ।  
६. दिग्गज÷प्रवुद्ध,समाजसेवी,सुधारक,राजनीतिज्ञ,विचारक समेतको प्रत्यक्ष्य÷अप्रत्यक्ष्य सरोकार एवं संलग्नता रहनु ।   
७. अधिकांश शिक्षकहरु उपल्लो शैक्षिक योग्यता,तालिम तथा अनुभवयुक्त हुनु ।                              
८. विद्यालयको प्रशासनिक ढाँचा विधिवत रुपमा भई शिक्षक÷कर्मचारीहरु समेतमा समन्वयात्मक भूमिकाको
    नेतृत्व वहनका लागि सर्वसम्मत अवस्था तथा नेतृत्वप्रति विश्वास हुनु ।
९ .शैक्षिक कार्यक्रमहरु भर्ना ,कक्षा संचालन,परीक्षा,तथा परीक्षाफल प्रकाशनको समय पूर्व निर्धारित  हुनु ।
१०. शिक्षक÷कर्मचारीहरु बीच भैपरिआउने खर्च ब्यबस्थापनका लागि आकस्मिक कोष तथा ऋण÷सापटी कोषका
   लागि विद्यालयको आन्तरिक सहकारी हुनु।
११. विद्यालयको लेखा चुस्त राख्नका लागि लेखा शाखा ,लेखापाल लगायत अन्य आवश्यक कर्मचारीको ब्यस्था हुनु
   । औपचारिक रुपमा काम सम्पन्न भएको पाइनु ।
१२. सुविधा सम्पन्न ठाउँमा हुनुले वेलावखत राज्यका अन्यान्य विभाग तथा कार्यालयका एवं संघ÷संस्थाहरुका थप
    कामकार्बाहीका लागि रोजाइको थलो हुनु ।
१३. अत्यधिक विद्यार्थी चापकै कारण विहानी र दिवाका छुट्टाछुट्टै कक्षा संचालन भएर पनि पोशाकमा एकरुपता हुनु
१४. विद्यालय हाता घेराबाराले विद्यालय सुरक्षित हुनु ।
१५. प्रतिभा सम्पन्न विद्यार्थीहरु पनि हुनु ।
१६. सशुल्क उच्च शिक्षा +२ समेत हुनुले थप आम्दामी समेतको आधार हुनु ।
१७. प्राय सबै विषय शिक्षणका लागि दक्ष जनशक्ति उपलब्ध हुनु । शिक्षकको रुचीअनुसारको कक्षा तथा विषय
    पढाउने मौका हनु ।
१८. विद्यालय÷शिक्षक÷कर्मचारीहरुका सर्वसम्मत प्रशासन÷नेतृत्व हुनु । वेलाबखत स्टाफ मिटिङ हुनु र छलफलका
    लागि सुहाउँदिला विषयहरु  उठ्ने गर्नु सहमतीय निर्णयका लागि सद्भाव समेत रहेको पाइनु  ।
१९.पाठ्पुस्तक खरिदबापत स्कुलले पाएको कमिसनसमेत आम्दामी देखिनु आदि ।


 दुर्वल पक्ष (धभबपलभकक०
   विद्यालयमा त्यतिका सवल पक्षहरु हुँदाहुँदै पनि त्यस्ता सवलताहरुको महत्व,पहिचान ,संरक्षण तथा सदुपयोगमा सावधानी नअपनाउँदा वा परिचालन गर्न नसक्दा केही दुर्वल पक्षहरु पनि रहेको पाइन्छ । भर्ना अभिलेखमा त्यतिका विद्यार्थी ,शिक्षक कर्मचारी ब्यबस्थापनको त्यतिको सवलता देखिए पनि दैनिक क्रियाकलापहरु नियमित तथा प्रभावकारी हुन नसकेकै कारण समेतले विद्यार्थीहरु अनियमित बनेको देखिन्छ । आन्तरिक आय आर्जनको सम्भाव्यतालाई परिचालन गर्न सकिरहेको पाइँदैन । नयाँ बनेका भवन÷कोठाहरुमा विद्युत सुविधा एवं भौतिक सामग्रीको समेत अपुर्णता रहेको छ । स्रोत केन्द्र आफ्नै हाताभित्र , जि.शि.का. नजिकमै भएर पनि स्कुलका गतिविधिमा निगरानी नपुगे झैं प्रतीत हुन्छ । अधिकांश विद्यार्थी तथा अभिभावकमा विद्यालय र विद्यार्थीको गुणत्मक उन्नतिभन्दा राज्यले वितरण गरेका सुविधा प्राप्ति र सहज कक्षोन्नतिको मात्रै बढी चासो देखिन्छ ।एकातिर स्रोत परिचालनका लागि पूँजीको अभाव अर्कातिर ब्यक्तित रुपमा बेरुजु देखिनु ,संस्थाको संबृद्धिका लागि सामूहिक भावनाभन्दा प्रतिशोधात्मक चरित्रसमेत हुनु ,स्थिर कार्यपद्धति,समन्वयात्मक भूमिका तथा समान ब्यबहारको अभाव भइ शंकालु आचरण तथा विभेदपूर्ण ब्यबहारले शिक्षक÷कर्मचारीहरुलाई अनावश्यक÷अवैधानिक रुपमा काज,तालिम,सहुलियत,विदा तथा छुट दिने गर्नु , औपारिकतामा सीमित भएर विना कुनै मापदण्ड भर्ना तथा परीक्षाफल प्रकाशन प्रक्रिया अविछिन्न अभियानकै रुपमा संशोधन भइरहनु , विद्यार्थीबाट आवधिक रुपमा असुल भएको रकमको स्पष्ट विवरण आवधिक रुपमै नराखिनाले शीर्षक अनुसारको आन्तरिक आम्दामी खर्चको लेखा दुरुस्त नहुनु÷नपाइनु जस्ता दुर्बल पक्षहरु समेत विद्यालयमा पाइन्छ । छात्रबृत्तिको रकम पोशाक खरिद गर्न  प्रयोग भई सबैलाई समान ढंगले वितरण गरिंदा मापदण्डका आधारमा पाउनु पर्नेको पृथक पहिचान गुम्नु र छात्रबृति प्राप्तिको औकात नै नभएकाहरुले पाउँदा त्यसप्रतिको अपनत्व भने नहुनु, हर्दिकतापूर्वक राखिने सद्भाव, अर्पिइएको सौजन्य र सदासयता संस्थामा नदेखिनु (गोष्ठी÷भेला÷सभा ,प्रवेशिका परीक्षा ,उ.मा.वि.को  बार्षिक परीक्षा आदिबाट अतिरिक्त रुपमा प्राप्त),सुरक्षित हाताभित्र आवश्यक सुविधाको अभाव,प्रतिभाशाली विद्यार्थीहरुको प्रतिभा पहिचान र संरक्षण्को अभाव हुनुजस्ता दुर्बलताहरु पनि विद्यमान रहेका छन् । विषयलाई अनावश्यक रुपमा गरिएको  पाठ विभाजनले पढाइमा प्रभावकारिताको अभाव,बैठकको पूर्व जानकारी बिना नै तयार हुने निर्णाय , बैठक बहकिएर असान्दर्भिक निर्णय भएको अवस्था ,बैठकमा उपस्थित हुदैमा निर्णयप्रति समर्थन रहेको ठान्ने प्रबृत्ति ,नेतृत्व स्वेच्छाचारी बनेर शिक्षकहरु प्रतिभेदभावपूर्ण ढंगको ब्यबहार अनावश्यक काज,सहुलियत दिने प्रबृत्तिले यस बर्ष पनि निरन्तरता कायमै राख्ने अभियान शुरु गर्नुलाई सवल पक्ष  मान्न सकिंदैन । पछिल्लो समय ( चालु आर्थिक बर्षको हकमा) मा भएको विद्यालयको आम्दामी खर्चको अनुपात माग गरेर पनि पाउन  नसक्नु ,अघिल्लो बर्षकै पनि समाजिक लेखा परीक्षण नपाइनु ,मूल लेखा परीक्षण प्रतिवेदनमा देखाइएको प्राप्तिको स्रोत नखुलेको रु १,३८,०००। मूल्यको कम्प्युटर प्राप्त भएको देखाइए पनि सोही बराबरका समग्री विद्यालयमा नहुनु, सशुल्क संचालन भएको उच्च मा.वि.तर्फ कक्षा ११ बाट भएको आम्दामी रु १,२६,८७५। मात्र र उ.मा.वि.खर्च ३,७०,४८९। देखाइनु, स्रोत केन्द्र मर्मत शीर्षकको खर्चसमेत सन्देहयुक्त विवरण हुनु, अतिरिक्त कक्षा संचालन बापतको खर्च देखाइनुले दुर्वल पक्षलाई नै समेटद्छ । उक्त लेखा परीक्षणमा देखाइएको पाठ्रय पुस्तक खरिदतर्फ देखाइएको मूल्य बराबरको पुस्तक पढ्ने कुल विद्यार्थी  संख्या विद्यालयमा पाइँदैन अझ कक्षा दोहो¥याउने विद्याथीलाई पुस्तक वितरण नगर्ने प्रावधान र तत्काल पा.पु. खरिद बापत प्रकाशक÷वितरकबाट विद्यालयले पाउने कमिसन÷छुटको रकम समेतलाई नियाल्ने हो भने पाठ्रयपुस्तक खर्च र कमिसन शीर्षकको प्राप्ति यथार्थभन्दा धेरै फरक पाइनु पनि विद्यालयको सवल पक्ष मान्न सकिंदैन ।
  अनुसन्धानका क्रममा खोजी गरिएका तथा प्राप्त भएका कथ्य तथा लेख्य सामग्री मध्ये केहीको सत्य र तथ्यको अन्तरलाई यहाँ प्रस्तुत गरिएको हो ।

३.५. प्राप्ति सारांस तथा निष्कर्षः– (क्गmmबचथ बलम अयलअगिकष्यल)
          अनुसन्धान सन्दर्भको कारण बनेर आएका अधिकांश आधार तथा तथ्य÷सत्यहरु प्रायः कथ्य रुपमा नै प्राप्त भएका ,अवलोकनबाट मनन् गरिएका ,ब्यबहारबाट अनुभूत भएका एवं यस अनुसन्धानको अनुसन्धाता नै समस्याको थलोको रुपमा लिइएको विद्यालयको शिक्षकसमेत भएकाले देखेका ,सुनेका ,जानेका, अन्तक्र्रिया÷संवादबाट लिइएका ,अवलोकनबाट आर्जिएका आदि रहस्यहरुसमेत रहेकाले सन्दर्भ समस्याका कारणहरु तथ्यभन्दा बढी सत्यमा केन्द्रित रहेका छन् । यसर्थ कुनै पनि समस्याको समाधानार्थ कानुनी प्रबलताका लागि अपनाइने तथ्य संकलनको प्रक्रियाले घटना÷समस्याको समाधानका लागि छिनोफानो गरी गुण÷दोषका आधारमा दण्डित गर्ने वा उन्मुक्ति दिने निर्णय गरे झैं गर्नु पनि यस अनुसन्धानको उद्धेशय भने होइन र यसमा त्यत्तिको अधिकार पनि छैन तर समस्याको सत्यतालाई केलाएर निष्कर्ष निकाल्न गरिएको प्रयास भने यो अवश्य पनि हो । यसर्थ अनुसन्धान सन्दर्भको निष्कर्षलाई यसरी प्रस्तुत गरिएको छ ।
  यस अनुसन्धान कार्यको मुख्य उद्धेश्य जनपथ उ.मा.वि. विराटनगरको समस्याकै रुपमा रहेको विद्यार्थी आगमनको अनियमितता ,त्यसका कारणहरुको पहिचान ÷विश्लेषण ,त्यससंग सम्बन्धित रहेका अन्यान्य कारणहरुसमेतको अध्ययन विश्लेषण ,त्यसबाट विद्यालय एवं संबन्धित सरोकारवालाहरुमा समेत पर्न गएको असरको पहिचान  समस्याहरुबाट बच्नका लागि अपनाइने उपायहरु समेतको निर्धारण गर्नु रहेको छ । यहाँ राज्यले अवलम्बन गरेको भयरहित वातावरण र उद्धार कक्षोन्नतिको गलत अभ्यास भए झैं लाग्छ । औपचारिकतामा केन्द्रित कार्य पद्धति÷परम्पराबाट उत्पन्न मनौवेज्ञानिक रहस्यले शैक्षिक वातावरण दवावमुक्त हुन सकेको छैन । दलितका सन्ततिलाई दस्दखत गराएर काजीका कामदारलाई नाङ्गो फेराउने हेक्का नमिलेको हर्कतले पनि सत्यभन्दा माथि नै तथ्य तेस्र्याए झैं लाग्छ । पूर्वोल्लेखित  सन्दर्भहरुले विद्यार्थी अनियमित बन्नुपर्ने कारणहरुका निम्नानुसारका आधारहरुलाई निष्कर्ष निकाल्न सकिन्छ ।

१. गरिवीका कारण जीविकोपार्जनका बाध्यताले गर्दा विद्यालयको निर्धारित समयमै पनि विद्यार्थी आफैंले समेत
  अर्थोपार्जन÷घरेलु कामकाजका लागि हिंड्न÷लाग्नुु पर्ने बाध्यता अनिमितता बढेको ।
२. राज्यले दिएको आफ्नै नाममा निर्धारित भै सकेको नगद सुविधाहरुमा समेत आफ्नो पृथक पहिचान तथा प्राप्ति
   अधिकारको अभावले (ब्यक्ति विशेषले प्राप्त गर्ने नगदले समान खरिद गरेर सामुहिक रुपमा समान ढङ्गले
   बाँडिनुले) उनीहरुमा संस्था÷समय÷सुविधाप्रतिको अपनत्व भावको अभाव हुनु ।
३. अभिभावकहरुमा रहेको चेतनाको कमीका कारण आर्थिक ,सामाजिक,साँस्कृतिक, पारिवारिक ,वातावरण एव
  ं मौसमी प्रभावका कारण निर्धारित समय अन्यत्र लाउनु पर्ने बाध्यता ।
४. बिपन्नता लगायत अनेकन ब्याबधानका कारण अनुपस्थित रहैकै बखत छात्रबृत्तिलाई सामग्रीका रुपमा  वितरण
   गरिनु र वास्तबिक सुविधा पाप्त गर्ने हकदार नै सुविधाबाट बञ्चित रहेको अवस्था देखिनु ।
५. सही सल्लाह÷उचित निर्देशन÷नियन्त्रण्को अभाव हुनु ,दुब्र्यसनको प्रभाव तथा विकृत आचरणले प्रभावित हुनु ।
६. राज्यले निर्धारण गरेको उद्धार कक्षोन्नतिको नीतिअनुरुपको उपस्थिति वा औकातको अभावमै पनि पास हुनुपर्छ
   भन्ने अभिभावक तथा विद्यार्थीको बुझाइ र त्यसै अनुरुपको विद्यालय÷शिक्षकको पनि ब्यबहार हुनु ।
७. बालमैत्री कक्षा , भयरहित वातावरण जस्ता आदर्शहरुको गलत वुझाइ÷ब्याख्या विश्लेषण र अन्ध प्रयोगले
   उत्दण्डतालाई निशेध गर्न अनुशासन तथा नियमिततालाई प्रश्रय दिन नसकेकोे अवस्थाले नियमितताको महत्व
   घटेको अवस्था देखिनु ।
८. उत्साहप्रद वातावरण,विषयानुकुल प्रभावकारी शिक्षण सिकाइ,कक्षा ब्यबस्थापन,शैक्षिक सामग्रीको संकलन तथा
    प्रयोगको अभाव हुनु  ।
९. प्रयत्नभन्दा प्रभाव÷प्रवलता नै पास गर्ने आधार, हचुवा परीक्षा प्रणाली र मूल्याङ्कन पद्धति ,विधिविहीन ढङ्गले
   परीक्षाफल प्रकाशन (घर निर्माणको शीलान्यास गरेजस्तो परीक्षाफल प्रकाशनको शुरुआत गरी महिनौ दिनसम्म
   तोक÷दवाव÷अनुनय÷बिद्रोह÷सहानुभूति आदिका आधारमा कुनै मापदण्ड नै नअंगाली परीक्षाफल सुधार र
   प्रकाशन) गर्दै जानु ।
१०. कक्षाको वाताबरण उत्दण्ड प्रबृत्तिका हरुकै बसमा रहेको पाइनु ,भौतक सामग्रीयुक्त कक्षा ब्यबस्थापन नहुनु
   ,नियमिततालाई उत्साहित र अनियमिततालाई निरुत्साहित गर्ने गरी कुनै नीति निर्माण र प्रयोग नै नहुनु ।
११.शिक्षकहरुमा पनि नियमिता, हँुदा पनि स्वतः निर्मित तथा विद्यालयबाट ब्यबस्थित शैक्षिक  सामग्रीको अभावमा
   उत्साहपद वातावरण सिर्जना गरेर पढाउन नसक्नु ।
१२. शिक्षकमा विषयगत दक्षता तथा नवीनतम सीपको अभावले पुरानै पठनपाठन पद्धति अपनाइँदा अध्यापन
   औपचारिकतामा सिमीत हुनु ,पाठ सिद्धाउनु नै प्रमूख लक्ष लिएर पढाइनु ।
१३.समकालीन समाज ,अन्तराष्ट्रिय परिवेश, संचार संपर्क एवं चेतनाको स्तरका आधारमा समयसापेक्ष परिवर्तित
   हुने पाठ्रयक्रम तथा पाठ्य पुस्तकका नीति÷पद्धति अनुरुप शिक्षकहरुका लागि पुनर्ताजकी तालिम वा विषबस्तु
   प्रतिको प्रवोधीकरण समेत नगराइँदा शिक्षकहरुमा ताजा सीप सामथ्र्यको अभाव हुनु ।
१४.शिक्षकहरुको काम र लगनशिलताका आधारमा पुरस्कार÷दण्डको ब्यबस्था नहुनु ,शिक्षकहरुमा नियमितता
   प्रतिको उत्साह तथा अकर्मण्यता प्रतिको त्राससमेत रहेको नपाइँनु ,जुन विद्यार्थी आवागमनकै अनियमितताको
   सुसुप्त सन्दर्भ रहेको पाइन्छ ।
१५.चेतनामूलक सामाजिक वातावरणको अभावले अभिभावकहरुमा आफ्नै सन्ततिको भविष्यप्रतिको तीब्र सचेतता
   अधिकांश अभिभावकहरुमा पाइँदैन जसका कारण विद्यालयमा नियमित बन्ने उत्प्रेरणाको अभावले विद्यार्थीहरु
   अनियमित बनेको पाइन्छ भने प्राय चेतनशील तथा समर्थवान अभिभावकहरुले आफ्ना सन्ततिहरुलाई संस्थागत
   विद्यालयमा नै भर्ना गरेको पाइन्छ ।
१६.अभिभावकहरुमा घरपरिवार एवं समुदायमा सन्ततिको शैक्षिक उन्नतिको वातावरण सिर्जनाका
   लागिसीप÷सामथ्र्य÷सचेतताको अभाव हुनु ,दायित्व वोध नहुनु तर भनसुन परम्पराले पास बनाइमाग्ने सोचाइ   हुनु र या त सन्ततिको विद्यालय प्रतिको पर्बाह नै नहुनु या त श्रमशक्ति केन्द्रित चिन्तन हुनु पनि नियमित र नियमितता भन्दा पृथक सोचाई बनेको देखिन्छ ।
१७.स्कुलमा संचालन गरिने परीक्षा प्रणाली औपचारिकतामा सीमित रहेको ,मूल्याङ्कन प्रणाली विश्वसनीय नदेखिएको ,मापदण्डहीन प्राप्ताङ्क वितरण प्रक्रिया ,क्षमताको कदर नभई छलकपटले प्रश्रय पाएको अवस्थाले पनि न त विद्यार्थीीहरुलाई नियमित बन्न उत्प्रेरित गरेको पाइन्छ न त शिक्षकहरुलाई नै ।
१८.बालबालिकालाई  विद्यालयमा भर्ना राज्यले दिएका सुविधाभोग र सहज कक्षोन्नति मात्रै संपूर्णता ठान्ने संरक्षक÷अभिभावकहरुको धारणा ,विद्यालय प्रशासन समेतमा देखिएको अधिगोपनीयता अर्थात सत्य÷तथ्य ब्यक्त नगर्ने शंकालु सोचाइ तथा ब्यबहार ,अष्पष्ट÷मनोगत क्रियाकलाप, अस्थिर निर्णय, विभेदकारी ब्यबहार, पद्धति विहीन कार्यशैली , गतिविधिहरुमा अभिलेखको अष्पष्टता,नीति÷विधिको अभाव,विधिको भन्दा प्रवृत्तिको प्रवलता , आदिजस्ता पक्षहरुको वाह्य भन्दा पनि मनोवैज्ञानिक प्रभावले गर्दा विद्यालयसंग सरोकार रहेको हरेक वर्ग÷ब्यक्ति÷चरित्र÷क्षेत्र÷कार्य आदि अनियमित रहेको पाइन्छ ।
१९.भौतिक सुविधा कमी तथा स्थानाभावका कारण दुई क्षत मा कक्षा संचालन भएको एउटै विद्यालय भएर पनि
   समान महत्व दिएर कक्षा ब्यबस्थापन र संचालनमा चासो नदेखाइनु ।
२०.तालिम सुविधा, काज सहुलियत जस्ता विद्यालयका प्रतिफल प्रदर्शनका अत्यन्तै महत्वपूर्ण मामलाहरु समेत
   ब्यक्तिगत सुविधामा केन्द्रित  अवसरको उपयोग हुने चलन हुनु विद्यार्थी अनियमिततासंग सरोकारको सन्दर्भ
   रहेको पाइन्छ । ।




 ४.१.सुझाव तथा पुनर्योजना ः—(क्गननभकतष्यल०
   
 जीवन कर्मकै  लागि हो गरिरहनु पर्छ । गर्नका लागि पनि धेरै विषय÷सन्दर्भको सन्तुलन हुनुपर्छ र पनि गर्दागर्दै गर्नुपर्ने जति नहुन सक्छ वा गर्नु नपर्ने चाहिं हुन पनि सक्छ  । गर्ने अगुवाइको श्रेय कसैलाई होला तर त्यत्तिमै मन लाग्दा वा खुस पर्दा मात्रै गरिने कामको सफलता सँधै कतिको संभव होला भन्न सकिंदैन प्रक्रिया र परिणामहरु अनुकरणीय हुनु उपल्लो फालको कुरा हो । यस अनुसन्धानले पनि त्यस्तै आसा ग¥यो भोलिकै भाकामा हेरौंला भनेर ।
    सन्दर्भ विषय पहुँचको पनि हो । पुन योजना बनाएर कक्षामा प्रयोग गरी लक्ष्य प्राप्त गर्नुपर्नेमा मात्रैमा यो अनुसन्धान सीमित रहेन । शीर्षकका लागि अन्य कारणहरु नभई शीर्षक चाहिं कारणजस्तो देखियो । समग्रमा विद्यालयका अधिकांश कामकार्बाहीमा देखिएका दागहरु विषयको सेरोफेरोमा रहे । यसर्थ पुनः योजना र प्रयोग कक्षाकोठामा मात्रै सीमित हुन सक्दैन ,प्रयोगको एउटा श्रृङ्खला मात्र कक्षाकोठा हुन सक्छ । जन्मँदै स्वतन्त्रताको अधिकार लिएर आउने मानवका सन्तति चेतनाको सामथ्र्य विकास गर्न आउने थलो विद्यालयमा हुने आगमनको अनियमिततालाई करबलले नियन्त्रण गर्न मुखमा सीट्ठी र हातमा लाठी बोकेर विद्यालय हाताभित्र पहरा दिंदैमा त्यस्ता समस्या समाधान हुने परिकल्पना गर्नु सायद आत्मरति मात्रै हुन जान्छ होला.....! अथवा घेराबारा र कांडेतारको कठघरामा थुनिएको प्रताडित मानसिकता भित्रको योजना र कार्यान्वयन पनि उद्धेश्यहीन सफलताको अर्को अध्याय  सिवाय  के नै बन्न सक्ला र? शीर्षकको सेरोफेरो भित्रै रहेर पनि सन्दर्भले भिन्नभिन्न रुपमा उठाएका अनियमितताका कारणहरुलाई निमिट्यान्न पार्न त प्राय असम्भव नै हुन्छ तसर्थ न्यूनीकरण गर्नका लागि उपायहरु अपनाउन अर्थात योजना तर्जुमा तथा कार्यान्वयनका लागि भावात्मक समर्पणको खाँचो देखिएको कुरालाई प्रस्तुत गरेको छु ।
    राज्यको विद्यमान गरिबी र त्यसको प्रभावले गर्दा जनजीवनमा पर्ने असरका बारेमा सिङ्गो राज्य नै संवेदनशील बन्नु पर्ने एवं गरिबी निवारणका उपायहरुको खोजी सिङ्गो राज्य ब्यबस्थाकै दायित्व हुनाले यहाँ त्यस विषयमा कुनै उपाय सुल्झाइएको छैन साथै शहरी संपन्नता र रमझमप्रतिको आकर्षणले समेत ग्राामिण भेकबाट पढ्नकै लागि भनेर बजार केन्द्रित भएका विद्यार्थीहरुको मनोविज्ञानलाई प्रतिकुल प्रभाव पार्ने कुनै उपायको खोजी गरिरहनु पनि समिचिन ठानिएन ।
    विद्यालयको पहिलो आधार भनेका विद्यार्थीहरु नै हुन् त्यसपछि संस्थापन÷ब्यबस्थापन,प्रशासन हुँदै संपूर्ण सरोकारवालाहरु । विद्यार्थीहरु आफ्नै भाग्य÷भविश्य हुँदै परिवार,समाज÷समुदाय, राज्य, राष्ट्रिय÷अन्तराट्रिय परिवेशका निर्माता र इतिहासका उर्जा पनि हुन् । उनीहरुलाई यत्तिको श्रेयको हकदार बनाउने आधार तय गर्ने विद्यालय आफैंमा सर्वस्व पनि हो । यसर्थ यस क्षेत्रमा जे जस्ता समस्याहरु देखिएर आएका छन् तिनलाई  ज्ञान र विज्ञानको प्रवाहले मात्रै समाधान गर्न प्राय सम्भव देखिंदैन । रचिएका उपायहरु मनोविज्ञानको प्रतिकुल हुन गएमा श्रम,सामथ्र्य,स्रोत समय आदि समेतकै विनास मात्र हुन जान्छ । यसर्थ विद्यालयले यस्ता जटिलतालाई वुझेर सुहाउँदिला नीति÷कार्यक्रमहरु तय गर्नु आवश्यक देखिन्छ । विद्यालयलाई समुच्च÷साझा संस्था ,सरोकारवालाहरुको  विद्यालय प्रतिको सझा उत्तरदायित्व एवं यथोचित समान ब्यबहारको स्पष्ट आधार तय गरेर भावी योजना निर्माण गर्नसमेत सुझावका रुपमा यहाँ प्रयत्न गरेको छु ।भावी योजनाको निर्माणको प्रस्ताव गरेको यस अनुसन्धानका ती योजनाहरु कर्यान्वयनको क्षेत्र कक्षा कोठा भित्रमात्र सीमित रहने छैन । यसर्थ प्रयोग तथा प्रभाव क्षेत्रको संपूर्णतालाई समेत समेट्दै कार्यान्वयन र मूल्याङ्कन गरिनुपर्छ भन्ने सुझाव समेत प्रस्तुत गर्दछु ।
    सुधार आफैंबाट शुरु गरिनुपर्छ । विद्यालय सुधारको अघुवाई नेतृत्व आफैंबाट शुरु गरिनुपर्छ त्यसपछि शिक्षक,कर्मचारी ,समिति ,अभिभावक,विद्यार्थी ,समूदाय आदि हामी सबै सुधारका जिम्मेवारहरु हौ भूमिका भिन्न हुनसक्छ । समस्या सन्दर्भका कारण भनी खोट लागेर आएका सबै विषयलाई एकै पटक समाधान गर्न प्राय ः असंभव नै हुन्छ यसर्थ प्राथमिकाताका आधारमा समाधानका प्रक्रियाहरु अपनाइनु पर्छ तथापि महत्वमा क्रमान्तर गर्न नसकिने कतिपय समस्याहरु भने प्याकेजमै समाधान खोजिनु पर्छ । यसका लागि भौतिक पूर्वाधार ब्यबस्थापन,जनशक्ति ब्यबस्थापन तथा सन्तुलन ,समतामूलक सौहार्द ब्यबहार ,ब्यबहारिक सत्य र पारदर्शी क्रियाकलाप प्रथम चरणका कार्यक्रमहरु हुन सक्छन् । अधिक विद्यार्थी चाप हुनु विद्यालयको सवल पक्ष हो, भिन्न भिन्न समयमा कक्षा संचालन गर्नु विद्यार्थीहरुको इच्छा शक्तिको कदर हो, र विद्यालयको चाहिं वा
ध्यता पनि । यसर्थ सन्दर्भ समस्याहरुको न्यूनीकरणका लागि निम्नानुसारका योजना तर्जुमा र कार्यान्वयनको अवश्यकतालाई  इंकित गरेको छु ।

१.एउटै विद्यालय हो भन्ने धारणाको विकास गराउन यथासक्य एउटैै समयमा कक्षा संचालन÷ब्यबस्थापनका लागि
  भौतिक निर्माण÷ब्यबस्थापन ,समान उत्तरदायित्व,भावात्मक एकता र सहकार्य ,दूरदर्शी चिन्तन र पारदर्शी
  ब्यबहार, निष्ठावान चरित्र र अपनत्वभावको विकासका लगि (भर्ना अभियान पूरा भएपछि) शैक्षिक बर्षको शुरुमा
  कक्षा विभाजन गरी विषयगत रुपमा शिक्षकलाई विषय बाँडफाँड र विषयगत अभिमुखीकरण तालिमको ब्यबस्था
  गरिनु पर्छ ।
२. दैनिक कार्य तालिका निर्माणमा कक्षा तथा विषयको सन्तुलन हरेक शिक्षकलाईइ आत्माभिमान र जिम्मेवारी
  वोधको अनुभूति दिलाउन सक्ने गरी हुनु पर्छ ।
३. गत बर्षका कामकार्बाहीको समिक्षासहित शिक्षक÷कर्मचारीको विदा अभिलेखलाई पारदर्शी एवं विस्वसनीय
  बनाउन संचित विदा अभिलेखलाई संम्बन्धित सबैबीच बर्षको शुरुमै सार्बजनिक गर्ने र समिक्षा गराउनु पर्छ । ब्यक्तिगत सुबिधाका लागि अनावश्यक रुपमा दिने गरिएका काज,प्रतिफल बिनाका तालिम अवसर तथा संचित विदालाई आरक्षित गराउन वा तलब कट्टीबाट बचाउन गरिने निकृष्ट कामलाई पूर्णतः निशेधित गरिनु पर्छ ।जसका लागि निम्नानुसारको अभिलेख फारमको प्रयोग गर्न सकिन्छ ।

शिक्षक ÷कर्मचारी विदा अभिलेख,        शैक्षक बर्ष.....
स्कुलको नाम ः— .....................................................................................मिति .........

क्र.सं.
    शिक्षक÷कर्मचारीको नाम
    साविकं
संचित    यस.....बर्ष लिएको विदा÷काज    हलको
संचित    कैफियत

        बिदा.    १    २    ३    ४    ५    ६    ७    विदा   
१                                           
२                                           
  ...............                .....................            .................         ..................
    तयार गर्ने                  प्रधानाध्यापक               स्रोतव्यक्ति           विद्यालय निरीक्षक

  (उल्लेखित फारममा विदा संकेतका लागि प्रयोग भएका अंकले जनाउने  ः—(१ अपर्झट विदा ,२ पर्व विदा ,३ विरामी विदा ,४ सुत्केरी वा सुत्केरी स्याहार विदा ,५ किरीया विदा , ६ असाधारण विदा,र ७ काज मान्न सकिने)
  उल्लेखित नमूना अनुसारको विदा अभिलेख प्रमाणित गरी÷गराई प्र.अ. आफैले त्यसको प्रतिलिपि प्रमाणित गरी      शैक्षिक बर्षको शुरुमै शिक्षक÷कर्मचारी सबैलाई वितरण गरी आवश्यक अन्तक्र्रिया गराउने गरेमा विदा ,काज सहुलियत जस्ता विषयमा रहेको द्विविधा अन्त्य गर्न सकिन्छ ।
४. राज्यले विद्यार्थीकै नाममा गरेको लगानी छात्रबृत्तिलाई ब्यापारिक प्रयोजनका लागि प्रयोग नगरी संबन्धित
  विद्यार्थीलाई नगदै वितरण गर्नुपर्छ ।
५. भौतिक पूवाधारमा जोड एवं एउटै समयमा कक्षा १—१० संचालनका लागि प्रयत्न गर्ने ,सो हुन नसके पनि
   एउटै विद्यालय  हो भन्ने अनुभूति दिलाउने प्रकृतिका ब्यबहार देखाउनु पर्ने ।
६. शैक्षिक योजना÷कार्यक्रमको समयसीमा र मर्यादालार्ई पलना गरी परीक्षफल प्रकाशनमा रहेको
   तोक÷दवाव÷जिद्धी÷अनुनय आदिका आधारमा महिनौसम्म परीक्षफल सच्याउने प्रबृत्तिको अन्त्य गर्ने ।
७ .विद्यार्थीका नामबाट संकलित (परीक्षा शुल्क,प्रमाणपत्र शुल्क आदि)शुल्कलाई आवधिक परीक्षालाई आधार मानी
   आम्दामी÷खर्चलाई पारदर्शी गराई बचत हुन आएको रकमबाट विद्यार्थीहरुले प्रत्यक्ष लाभको अनुभूति प्राप्त गर्ने
  गरीका शैक्षिक तथा पूरक सामग्रीको निर्माण÷खरिद गरी प्रयोग गर्ने ।
८. शिक्षक कर्मचारी आफैंबाट अनुशासन,नैतिकता,सभ्य ब्यबहार,शिष्टाचारजस्ता कुरालाई पालना  गर्ने साथै बाल
   केन्द्रित÷भयरहित सिद्धान्तका नाममा उत्दण्डता÷अनियमिततालाईलाई छुट नदिने ।
९. मनासिव कारण बीना अधिक अनियमितता तथा उत्दण्डता हुने विद्यार्थीका अभिभावकसं अन्तक्र्रिया गरी
   उत्दण्डतालाई निषेध गर्न आवश्यक परेमा प्राप्त हुने सेवा सुविधा समेतबाट निलम्बन गर्ने ।
१०.कक्षा संचालन तथा नियमित पठन÷पाठनका सन्दर्भमा नियमित अनुगमन÷अवलोकन÷निर्देशन गर्नु÷गराइनु
   पर्छ साथै सोही अनुसारको पुरस्कार÷दण्ड, प्रशंसा÷चेतावनीको ब्यबस्था गरिनु पर्छ ।
११.सवल÷उत्साहप्रद कक्षा ब्यबस्थापन एवं नियमित पठनपाठन ,नैतिकवान तथा अनुशासित जीवन पद्धति
   भावात्मक रुपमा ग्रहण गर्ने÷गराउने  ।
१२.नियमिततालाई प्रोतसाहित र अनियतितालाई निरुत्साहित गर्ने क्रियाकलापमा जोड दिने  
   (प्रशंसा÷पुरस्कार,चेतावनी÷दण्ड आदि)
१३.भौतिक पूर्वाधार विकासमा जोड दिने । उद्धारता ,सहानुभूति,सौहार्दता ,छुट ,सहयोग जस्ता कुरालाई नगदभन्दा
    सौजन्य सामग्रीका रुपमा प्राप्त गर्ने प्रयत्न गर्ने । (जसले गर्दा यशकै लागि पनि दातालाई प्रेरणा बढ्दछ ।)

  उल्लेखित सुधार योजना विद्यालयको समुच्च योजनाका रुपमा तय भई कार्यान्वयन हुनुपर्छ जसबाट विद्यार्थी आवागमनको अनियमितता न्यूनीकरण स्वतः हुनेछ । जसको मूल्याङ्कन दैनिक कक्षा अवलोकनबाट प्राथमिक चरणमा शुरु गरी आवधिक रुपमा औसत उपस्थितिबाट पनि गर्दै लैजनुपर्छ । पछिल्ला समयमा अनियमितताका बाँकी देखिएका वा पुनः सिर्जिएका कारण समेतलाई निराकरण गर्दै लैजानु पर्छ ।

  प्रयोगको क्षेत्र सिङ्गो पविेश हो ; प्रयोग कर्ता समूच्च संस्था र सरोकारवालाहरु । लक्षित योजना तर्जुमा मात्रै होइन ब्यबहारिक अभ्यास चाहिं प्रमुख हो । चारित्रिक कित्ता काटिनाले समुच्चको भाव फिका झैं लाग्न सक्छ । आवस्यकता एकता र अपनत्वको पनि हो । भड्किइ सकेको समयलाई मनन मात्रै गरेर अबको पालो अभ्यासको हो । नेतृत्व हात र अरु हामी हतियार हौं त्यसका लागि । प्रयोग गरौं र परिणाम खोजौं ,अभ्यासको अन्त्य भने हुँदैन , अवधि हुन्छ । अवधि पछिका अभ्यास भिन्न भएर आविष्कार खोज्न सक्छ । त्यो हो पून ः  योजना । यसलाई अभ्यास गरौं आवधिक रुपमा र उपलब्धि मापन पछि मात्रै पुन ः योजना गरौंला ।
यसर्थ एउटा अवधि पूरा गरेर समग्र मूल्याङ्कन गरी प्राप्त उपलब्धि तथा कमजोरीका आधारमा पूनःयोजना गरिनुपर्छ ।

५.१.अनुसन्धानका क्रममा  सोधिएका प्रश्नहरु ः—
१.पढ्न÷पढ्न पठाउन यस विद्यालयलाई नै रोज्नका कारणहरु के के हुन् ?
२.पढ्न÷पढाउन नियमित जानु÷पठाउनु हुन्छ ?
३.विद्यालयको वातावरण र पठन÷पाठन कस्तो लाग्छ ?
४.सिकेका कुराम कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
५.विद्यालयमा के कस्ता अनियमितताहरु देख्नु भएको छ ?
६.अनियमितता  देखिएका छन् भने त्यसको कारण के र दोषी कसलाई ठान्नुहुन्छ ?
७.विद्यालयमा केकस्ता समस्याहरु देखिएका छन् ?
८.राम्रो र असल एवं उन्नत विद्यालय बनाउन के गर्नु आवयक छ ?
९.आफ्नो विद्यालयको सबभन्दा राम्रो र सबभन्दा नराम्रो लागेको के÷को हुन सक्छ ?
१०.आफू विद्यालयका लागि के गर्न र के चाहिं गर्दैनगर्न तयार हुनुहुन्छ ?

५.२ सन्दर्भ सामग्रीहरु ः–
१. विद्यालयको विद्यार्थी हाँजिरी अभिलेख
२. विद्यालयको शिक्षक हाँजिरी अभिलेख
३. विद्यालयको परीक्षा अभिलेख
४.विद्यालयको बार्षिक कार्य योजना÷शैक्षिक कार्य पात्रा
े५.विद्यालयको लेखा परीक्षण प्रतिवेदन ०६९÷०७०
६.विद्यालयको ँबिकज विवरण शैक्षिक बर्ष ०६९ र ०७०
७. विद्यालयको दैनिक कार्य तालिका आदि लिखित सामग्री
८.अध्ययन सन्दर्भले सरोकार राखेका ब्यक्ति ,पात्र ,चरित्र,परिवेश ,घटना ,कार्यत्रम आदिसँग साक्षात्कार
  संवाद,प्रतिक्रिया,प्रश्नोत्तर ,छलफल ,चिन्तन÷मनन÷अवलोकन आदि पनि सन्दर्भ स्रोत÷सामग्रीका रुपमा प्रयोग
  भएको छ ।



मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...