Tuesday, July 21, 2020

संस्मरण


                        जीवनको पहिलो अध्याय

अनुभवहरूको शुन्यता रहेको कुनै पनि प्राणी प्रायः संसारमा नै हुँदैन भन्ने कुरामा मतभार खोजिेरहनु पर्छजस्तो मलाई लाग्दैन  । अति सुक्ष्म जीवाणुदेखि कीट, पक्षी, जीव औ भीमकाया जीवजन्तु सबैसँग अनुभूतिको मेहरो हुनाले नै हिंडडुल, आहारबिहार, साथ सहयोग, द्वन्द, युद्ध, मैथुन, संभोग, आँट, उत्साह, सुख, सन्ताप, आदिजस्ता कति बस्तु सत्य, क्रिया सत्य, भाव सत्यजस्ता कुराहरूको पुनस्मरणले दिनचर्याहरू पनि प्रभावित बनिरहेको अवसर देखिन्छ । फरक केमा मात्रै पाइन्छ भने मानवबाहेकका सबै जीवात्मयुक्त देहरूपहरू आफूमात्रै प्रायः सजग तथा संमोहित हुने गर्छन् । अन्य प्राणीले आफ्ना हृदयानुभूत, कल्पनातीत एव. आगतका अनुमानित रहस्यहरूलाई संप्रेषण गर्न सकेको देखिंदैन तर मानिस चाहिं त्यस्तो प्राणी हो जो यी यावत सन्दर्भहरूलाई सङ्कलन, संंरक्षण, संबर्धन तथा परिमार्जनसहित संप्रेषण गर्न पनि समर्थवान हुन्छ । म यहाँ त्यस्तै सन्दर्भहरूको उठान गर्ने जमर्को गर्दैछु ।
कुरा आजका होइनन् तर मन मष्तिष्कमा ताजा रहनाले दृष्यवान अभिव्यक्तिका धर्काहरूमा अर्थ भन्दापनि आशयका खातिर प्रस्तुत गर्ने लहड चलेर यी शब्दका बगाल àार्àार्ती झरेको यो संस्मरणात्मक पनको छाञा हो । यसो त मनले गुनेका, इन्द्रियले अनुभूत गरेका सबै सन्दर्भ र स्मृतिलाई शब्दमा ढाल्न नसकिंदो रहेछ जहाँ क्षणभरका अनुभूतिको पनि बिशाल पर्वतसँग दाँजिने कल्पनाकार हुँदो रहेछ र अझ त्यो भन्दा बृहत्तर डङ्गुर पनि ।
शरीर संरचना एवं इन्द्रियहरू संयन्त्र विशेष परिस्थिति वा अपवादबाहेक मानव जातिमा समान नै हुन्छन् । भ्रूण गर्भका रूपमा रहुञ्जेल मान्छेमा कुनै पृथकता नहोला भन्ने लाग्छ । बंशाणु गुणका कारणले संरचना होइन आकार भेदसम्म होला तर त्यही भ्रुणले मातृ उदरबाट धराधाममा पदार्पण गरेपछि हठात उसका हर कृयाकलाप बाहिरी वातावरणमा समामयोजित हुँदै जान्छन् र ती पनि कति त सुनियोजित नभई स्वतष्फुर्त नै हुन्छन् । समय क्रमले उसका अनुभूतिका चाङ थपिंदै जाँदा आफू, आफन्त, प्रकृति, परिवेश, समाज, संस्कार, संपर्क, सञ्चार, संसार हुँदै त्यहाँ आफ्नो उपस्थितिको अनुभव र अवलोकनका साथसाथै आफ्नो भूमिकाको पनि जानी नजानी निर्वाह गर्न थाल्छ । तथापि यी सबै भूमिकामा उसले बरण गरेको चोला, समन गरेको चलन नै सर्बाधिक महत्वको भने हुन्छ । सुगम समाज, संभ्रान्त पारिवारिक पृष्ठभूमि, सहुलियतहरूको संयोजन, संपर्क, सहानुभूति तथा प्रेरणा स्रोतका आधारमा नै अनुभवका पाटाहरू, उसका अनुभवहरूको बढोत्तरी हुँदै जान्छ । उल्लेखित सन्दर्भ सवालको मानजीवनको निर्वाहका न्युनतम आधारहरूको पनि आंशिक उपलब्धतालाई मात्र स्वीकारेर बाँच्ने बाध्यात्मकताहरू जीवनका गहनासमान हुन्छन् । स्वभावैले उसका अनुभवहरू उपल्लो कोटीको अनुभव हुनेहरूका लागि तिलस्मी कथा सरह हुन जान्छन् । सायद म अहिले जुन परिवेशको पटाङ्गिनीमा आपूmलाई पसारेर आफ्नै जीवनका अनुभवका पाटाहरू पल्टाइरहेछु त्यो मेरो अनुभव पनि अरुहरूको लागि अपत्यारिलो बन्न सक्छ ।
मातृउदरका बसाइका दिनहरू कष्टकर थिए वा सुखमय ? अध्येताको अनुमानलार्इृ स्वीकार्नु सिवाय केह िछैन । सालनालमा बेरिएर रगतमा लत्पतिंदै बाहिरी संसारमा हाम्फाल्दा आत्तिएर कति रोएँहुँला ....अनुमनामात्र गर्न सक्छु अनुभवको हेक्का रहेन । जाडो, गर्मी, भोक, तिर्खा, अल्छी, आलस्य, प्रयत्न, थकानबाट कति पिरोलिएं...? दृष्याकारको अपरिपक्क पहिचानकै बेला आफन्तको आभास हुँदा र परायको त्रास हुँदा चेहरामा स्वतस्फुर्त झुल्कने उसबेलाको डर वा भरको पंक्ति छुट्याउन पनि कसैले आफैंलाई पात्र बनाएर किस्सा हाल्दाको आनन्दबाहेक केही बन्न सक्दैन । उमेर समूहको कुनै बिन्दुलाई नै सीमा रेखा बनाएर उताको अनुभूतिशुन्य र यताको अनुभूतिगम्य भनेर सबुद पेस गर्ने बलिया आधारहरू नभए पनि केही पटका केही घुलमिल छाञालाई यस लेखनीको अध्याय बनाउने चेष्टा गरेको छु ।

पढ्नुपर्छ र पढेर नै जीविकोपार्जन गर्नु छ भन्ने चेतनाको विकास मैले पहिलो पटक टेकेको माटो र हिंडेको बाटोको आश्रयमा रहने समाज संखुवासभाको तत्कालको मयम गाउँ पञ्चायतको बतासेमा हुन सकेको थिएन त्यसैले संस्कार बनेको पनि थिएन पढ्ने चलनको । ज्यामीखेतालाको गन्ती, नूनतेल एेंचोपैंचो, सरसापटीको हिसाब, भोट, मुङलान, लाहोर गएका आफन्तको चिट्ठी पढ्नसक्ने भए बेस, अक्कली छ भने यसै पनि गरिखानट्ट सक्छ भन्ने अनौठो तर परम्परागत चिन्तन, अड्डा अमालको मोह शुन्य, केही लेख्नै परेमा अब त गाउँमा मास्टर पनि छन् भन्ने मात्रै चेतनाको विकास भएको परिवेश, हरेक सामाजिक कामका लागि समामजमा प्रतिष्ठित अगुवाको उर्दी वा ढोल पिटेर सूचना प्रवाह गर्ने नै प्रमुख चलन भएको गाउँसमाजमा प्राथमिक तहको मात्र स्कुल थियो । मेलाका खेताला हुन वा चरनबाट फर्केका गाईबाख्रा नबिराइ गन्न सके ‘हुने बिरुवाको चिल्लो पात’ भविश्यमा घर गरीखान सक्ने ठहरिन्थ्यो त्यहाँ । म पनि त्यही बर्ग, समूदाय तथा संस्कार सामथ्र्यको बालक स्कुल जान्थें ।
घाम, पानी, जाडो, गर्मी,हिलो, धुलोसँग पुस्तौनी साइनो राखेको म पनि जाडो समयमाबाहेक लामो दौरा लगाएर नै घर, कटेरा, गौचरन, मेलापात दौडन्थें । धारापँधेरामा हातगोडा धुँदा सम्हाल्न नसकेर भिजेको दौराको फेर आङबाट नखोली निचोरेर सुकाएको, धुलो लाग्दा टक्टकाएको, अनुहारमा आएको पसिना फेरले पुछेको सातापन्द्र दिनमा आमाले खरानी पानीमा उसिनेर त्यही दौरा धुँदा नसुकुन्जेल नाङ्गै बस्नु परेको याद पनि अविश्मरणीय नै लाग्छ । गाइबाख्रा चराउन चरन जङ्ग जाँदा प्रायः आफ्नै उमेर समूहका साथीसङ्गीसँग  धुलोमा रमाउँदै सिन्का लुकाइ खेलेको, स्कुल जाँदा भने अरुले कुरीकुरी भन्लान भन्ने डरले अन्डरपेन्ट लाउने गरेको याद आइरहन्छ । बेला÷उमेर त्यस्तै थियो क्यारे स्कुलमा पनि साथीसँग खेल्दा मौका पारेर अर्काको दौराको फेर उचालिदिएर हाँसिरमाइलो गर्ने बानी थियो ।
समय सूचकका आधुनिक चिजहरूले गाउँमा फष्टाउने मौका पाएको थिएन । समय गिन्तीको पुरानै चलन बिहानको पहिलो भालेको डाकबाट शुरु भएर तारा अस्ताउनु, घाम झुल्कनु, भातखाने बेला, गाई फुने बेला, खाजा खाने बेला, बाख्रा थुन्नेबेला, पश्चिम क्षितिज र घामको दुरी अड्कलेर एक जुवा घाम हुनु, साँझ पर्नु, चरा बास बस्नु, रात पर्नु, ठुलो साँझ हुनुजस्ता जनबोलीले समय निर्धारण हुन्थयो । पात्रो हेर्न जान्नेले घडीपलाको समयलाई यस्तैमा अनुवाद गरिदिन्थे । रेडियो भएको मानिस उपल्लो कोटीको ठहरिन्थ्यो । उसको घरमा समाचार सुन्ने बहानामा बेलामौकामा भींड पनि लाग्थ्यो । गीत सुन्ने मौका छोप्नेहरू भने गीतको रसस्वादनभन्दा ख्याल ठट्टामा अभ्यस्त हुन्थे । स्कुल जाने समय बलेसींमा छानाको छाञा हेरेर ठमयाइन्थ्यो ।
उमेर सानो भए पनि परिवारको जिम्मेवार सदस्य, बिहनै उठ्नु, भकारो सोहोर्नु, बाख्रापाठाको रेखदेख, घाँसपानीमा लाग्नु पर्ने । लाडप्यारमा कहिलेकाहीँ भुटीभात पनि खाजा खाइयो नत्र बासीभातमा मोही हालेर स्वादले खाइन्थ्यो । आङमा परेको लुगा धुने दिनमा मात्रै खोलियो प्रायः ।
भात खाएपछि दौराको फेरले हात पुछ्दै झोला बोकेर स्कुल दौडन्थें । जाडो समयमा बिहान लगाएको जुत्ताले सँगसँगै स्कुल जाने मौका पनि पाउँथ्यो । बेलुकी भने धारापँधेरामा जानु पर्ने हुनाले स्कुलबाट आएपछि खोल्ने गर्थें । खाजा भुटेको मकै प्रायः दौराको फेरमा थापेर गाई बाख्रालाई चरनबाट फर्काउन जानु पथ्र्यो । पढ्ने लेख्ने स्कुलमा नै हो । घरमा काम सक्दा अँध्यारो भैसक्ने, भाटा बालेर, अडेरीको गोटी बालेर उज्यालो बनाउँदै भात खाने चलन, पढ्ने उज्यालो कहाँ पाउनु राती ? किताब किन्ने पर्ने, हाफ दाममा पाइने हुनाले सकेसम्म पुरानो नै खोजिन्थ्यो साहुमहाजनका छोराले पढेका । खेताला गएर पनि बाआमाले पैसा तिर्न सक्ने ।  शुरुमा स्कुल जाँदा त फल्याकबाट बनाएको पाटी, ढुङ्गे खरी, अलिक सुधारिए पछि स्लेट पाटी र सानो खरी, कापीमा लेख्न रहर लागेपछि इरेजरसहितको पेन्सिल, चारहारे कापी जहाँ अंग्रेजी लेख्ने अभ्यासका लागि ब् दचयलथ ायह त्रगष्अपथि वगmउ यखभच तजभ बिशथ मयन लेखाइन्थ्यो जहाँ अंग्रेजीका सबै बर्ण हुँदारहेछन् ।  माने कापी कुटको गत्ता भएको, अरु कापी बाहिरी पृष्ठमा घोडाको चित्र भएका, हिसाब गर्ने सादा कापी, सोभियत संघ पत्रिकाको कितालाईृ गत्ता रमाइलो थियो त्यो पल । हिउँदमा नै बढी जान्थें स्कुल । चहुरमा घाममा बसेर नै पढिन्थ्यो । कक्षाकोठामा गुन्द्रीबाट शुरु गरेको बसाइ तख्ता हुँदै बेन्चमा बसेर पढ्ने पनि भइयो । टेको कलममा चक्कीबाट बनाएको मसीको प्रयोग गर्न पाउँदा गर्वको अनुभव हुन्थ्यो ।
घरदेखि स्कुलसम्मको बाटोमा पर्ने कसैका घरको कोठेबाबरी चाहार्न उबारिएन । बार नाघेर होस् वा छिरेर । कसको कोठेबारीमा फल्ने आरु, नास्पाती, आलुबखडा, काँक्रा, आलुचाको स्वाद कस्तो थियो अझै सम्झन्छु । गोठमा खोलेमा हाल्न भनेर राखेको नून खोसेलामा बाँधेर लैजाने जुक्ति थियो स्वाद गरेर खानका लागि । काभ्राका कोसा, ठोट्नेको मुन्टा, लहरेआँप खोज्नु खानु शिकारीको शिकार लखेटाइझैं हुन्थ्यो । यस्तै शिकार गर्न टिफिनमा जङ्गल गई फर्कन ढिलो गर्दा मास्टरले छडी लाएको चोट हातबाट हराए पनि आँखामा बसेकै छ ।
फल्याक जोडेर बनाएको पाटीमा मौवाको बोक्रा कुटेर बनाएको कालो झोल लगाएर रङ्गाएको पाटी कतै भेटिए रेडियो, लाइटमा लगाउने सेल ब्याट्रीको भित्री भागको कालो दलेर रङ्गाएको हुन्थ्यो । पढाइ प्रायः घोकेर पाठ बुझाउनु पर्ने, कालो पाटीमा मास्टरले थोरैमात्र लेखिदिन्थे .। कक्षाकोठा आफैं सफा गर्नु पर्ने चलन, तर नियमित बढार्ने चलन थिएन धुलोको डङ्गुर भएपछि मात्र नजिकैको बनमा गएर स्याउला लिएर आउँथ्यौं र बढाथ्र्यैा सबैले, बेठी रोपाइँको झैं रमझम हुन्थ्यो । मास्टरलाई देख्नासाथ जति टाढा भए पनि कलासेर नमस्कार गर्ने चलन थियो ।
स्कुल जानु फुर्सदको उपयोगजस्तै हुन्थ्यो । घरका काम चाहिँ नियमित हुन्थे । गाईबाख्रा चराउन लैजानु नै मुख्य काम मेरो, खेतिपातिको काम गर्न सक्दिनथे.। हिउँदमा गाईबाख्रा छाडा हुनाले स्कुल जान प्रायः मौका भैरहने ।  बिहानको काम भने नियमित नै थियो भकारो सोहोर्ने, खोलेफाँडो पकाउने, बेला भएपछि गाईबाख्रा चरनतिर धपाउने । दिनभरिको गोठकटेरामा रहेकाको घाँसपानी भने बाआमाले नै गर्नुहुन्थ्यो ।
गाईबाख्रा चराउन जाँदा आफूसमान र ठूलासँग पनि रामरमाइलो । गम्भीर भन्दापनि ठट्टा बढी, प्रायः पाल्छी, अस्लिल बोली, पशुका प्रणय लीलाको मस्त चर्चा, चाख त्यसैमा बढी, त्यस्तै बोल्दा जान्नेबुझ्ने भएँझै लाग्ने । तर बोल्ने ठाउँको हेक्का नहुँदा र कहिलेकाहीं त निन्द्रामा पनि बर्बराउने भएँछु । जानेर नबोले पनि घरमा कतिपटक गाल परेको थियो । स्कुलमा पनि सरको आँखा ओझेल पर्नासाथ त्यस्तै बोलीको धाराप्रवाह । जित्न नसके मास्टरलाई पोल लाउने ‘मनपर िभन्यो’ भन्दै । उमेरमा विचरा नै भए पनि कुरामा छिप्पिएको निखार आउँथ्यो लुकीछिपी बोलुन्जेल ।
परीक्षामा फुलिस्केपमा कार्बन राखेर हातले लेखेको प्रश्न, उत्तर लेख्न कापी खोलेर छुट्याइएका पाना दिइन्थ्यो । मसी पनि उही चक्कीबाट बनाइएको पाइने घरबाट लान नपर्ने । रिजल्ट आउँदा विषय लाग्नेलाई तरक्की पास भनिन्थ्यो । तरक्की पास पनि नभएको होइन म ।
रहरले पढ्न कहिल्यै गइएन स्कुल । काम परेका दिन काममै अल्मलियो, काम नपर्दा पनि नजाउँ भन्यो बाआमाको गाली बर्सने डर ! त्यसबेला एकदुई खानदानीको नाम लिएर “त्यसकै हली बन्लास...!”भन्दै । उनीहरूकै हली गोठाला पनि मौकामा मेला भर्न गएका, उतै रमाएर रात बिताएका रमाइला कुरा सुन्दा त्यस्तै भैदिउँ कि पनि लाग्ने तर हुन्छु नि त भन्ने आँट कहिल्यै आएन, सँधै त्रासमात्र..! जीवनका  अघिल्ला झण्ड पौने दर्जन वसन्तहरू यसरी नै भुलभुलैयाको घामछाञामा गुज्रेछन् । सौभाग्य नै मानौ हाम्रै कुलबंशमा अरुहरू पनि पढ्नमा लागेकाले पढाइ अघि बढाउन मलाई पनि रहर र करको संयोग मिल्यो र गाउँ छाडेर पढाइकै शीलशीलामा सहर पसें तर उमेरमा भने बाआमाको काख छाड्ने आँटीभन्दा पनि नाथे नै थिएँ ।                                       २०७७÷०४÷०७, विराटनगर

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...