सामान्य अर्थमा मानिसले आफ्नो वुद्धि,विवेक र ज्ञान प्रयोग गरेर सिर्जना गरेको रचनात्मक सम्पत्तिलाइ बौद्दिक सम्पत्ति भनिन्छ । बौद्दिक सम्पत्ति मानिसको बौद्दिक सिर्जनात्मक कार्य भएको र बुद्दि,विवेक र ज्ञान प्रयोग गरेर सिर्जना गरेको सम्पत्ति भएकाले यसलाई कुनै भौतिक चलअचल सम्पत्ति नभनी बौद्दिक सम्पत्ति नामाकरण गरिएको हो । यसभित्र मानिसका नयाँनयाँ आष्किार ,रचना ,कल्पना, कलात्मक कार्यहरु लगायत मानिसले सिर्जना गरेका नयाँ तथा बिशिष्ट कामहरु पर्दछन् । १९९३ सालमा पेटेण्ट, डिजाइन र टे«डमार्कसम्बन्धी कानूनी ीबस्थालाई ऐन ल्याएर समेटेको पाएन्छ भने साहित्यिक कलात्मक सम्पत्तिहरुलाई कानूनी संरक्षण गर्ने व्यबस्थाको शुरुआत मुलुकी ऐन तथा प्रतिलिसििप अधिकार ऐन ,२०२२ लागु भएपछि भएको पाएन्छ । वौद्धिक सम्पत्तिको दिगो स्पष्ट संरक्षण गर्ने सिलसिलामा र अन्तराष्ट्रिय सन् सम्धीसम्झौताअनुसार ऐन नियमहरु प्रिवर्तन गर्ने क्रममा प्रतिलिपि अधिकारका सम्बन्धमा २०५९ मा नयाँ ऐन नै ल्याइयो भने पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐनमा पनि समयानुसार संसोधन भइरहेकोपाइन्छ । अन्राष्ट्रिय स्तरमा धेरै भन्दा धेरैनयाँ नयाँ प्रविधिहरुको आविष्कार भइरहेको र ती प्रविधिहरु ऋाफ्ना् देशमा पनि भित्राएर आर्थिक उन्नति गर्न चाहने राष्ट्रहरुले र्वाद्धिक सम्पत्ति अधिकारलाई धेरै महत्वकासाथ हेर्दछन् र कसैबाट त्यसको उल्लंघन भएमा कडाभन्दा कडा सजायका साथै आवश्यक क्षतिपूर्तिहरु पनि तुरुन्तै दिलाउने कानूनी व्यबस्था गरेका छन् । यसबमट नयाँ नयाँ विदेशी लगानी सम्बन्धी आयोजनाहरु भित्रिने भएकाले बाह्य पूँजी आफ्नो देशमा भित्राउन पनि वौद्धिक सम्पत्ति अधिकार सम्बन्धी कानूनी व्यबस्थाहरुले टेवा दिइरहेको पाइन्छ । वौद्धिक सम्पत्ति अधिकारलाई देश विकासकै एउटा अभिन्न अंग मानेर समयानुकुल कानूनी संरक्षण प्रदान गरेमा स्वदेशी उद्योग लगायत अनुसन्धानकर्ता वैज्ञानिकहरुले नयाँ नयाँ आविष्कार गरेर देश विकासमा ठूलो सहयोग पुर्याउन सक्छन् भने विदेशीहरुले धेरै भन्दा भेरै लगानी गरेर पर्याप्त रोजगारको व्यबस्थ ागर्न सक्छन् । तसर्थ आधुनिक समाजमा वौद्धिक सम्पत्तिलाई आर्थिक विकासको मेरुदण्ड मान्न थालिएको छ ।
प्रश्नहरु
क.वौद्धिक सम्पत्ति भनेको के हो ?
ख. वौद्धिक सम्पत्तिअन्तर्गत कस्ता सम्पत्तिहरु प्र्दछन् ?
ग.प्रतिलिपि अधिकार ऐन २०५९ कुन सन्दर्भमा आएको हो ?
घ.वौद्धिक सम्पत्तिलाई किन आर्थिक विकासको मेरुदण्ड मानिन्छ ?
ङ.तलका शव्दहरुको आधारपद छुट्याउनुहोस् ।
वौद्धिक,कानूनी
No comments:
Post a Comment