Saturday, July 18, 2020

कविता


नञा बर्ष २०७७ ‘कविता’
   
अदृष्य व्याधी हुन्हुनाउँदा
कोरोना सहेर यो आकाशमा
अहिले अशान्त बहन्छ हावा,
मेघभन्दा पनि भयानक हुँदै
छिनछिनमा गर्जन्छ अबिराम मृत्यु,
सुनामी सन्त्रासभन्दा भयानक
हरघडी सीमातीत प्रलयझैं
छाल हानिरहन्छ नभाजी भूगोलका धर्काहरू
र लाग्छ यतिबेला
यो वसन्तको उद्दात्त छातीमा फक्रने
यी पूmलका डालीभन्दा परै बसेर
एक तमास घोत्लिरहूँ कि म जीवनको जीजीविषा,
 
अनिच्छाले बोलेझै लाग्छन् कोइली धून
जहाँ निश्तेज भएर विज्ञान रोइरहेछ
छिनछिनमा हारेको आयु,

शिर निहु¥याएर भजिरहूँजस्तो लाग्छ
मलाई यहाँ ज्ञानको आलाप
चञ्चलताभन्दा प..ऽ..रै बसेर
एक छिन गाउन मन लाग्छ मलाई
पहाडी झरनाका सङ्गीतमा न्याउलीको विरह,

वासना बोकी हिंडेकोे साँझको पवनसँगै
गुन्गुनाऊँ लाग्छ भमराको सरगम,

यो क्षण
वसन्तका उमङ्गसँगै रङ्गिन भै बढिरहून् अदम्य साहस्
डाँफेका रङ्गसँग इन्द्रेणी समेटेर
झाङ्गिऊन सुन्दर सपना
बरु इतिहासलाई बदनाम गरेरै सही
बहादुरीको गाथा
लुकेर जित्ने युद्ध विजेता बनूँ
एक अञ्जुली गुराँस पूmलका थुङ्गाले सजाएर
भजिरहेछु प्रीय वान्धव म
नव बर्ष २०७७ को यही
मंगलमय शुभकामना ! ! !

No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...