Monday, July 27, 2020

कथा

                                           जम्काभेट

पिठ्यूँम सानो झोला ,हातमा लौरो बोकेर होल्र्याङ्गहोल्र्याङ्ग अँधेरीबाट ओरालो लागेको थियो त्रिबिक्रम । खडेरीले महिनौदेखि खाएको फाल्गुणको दिन जताततै तुवाँलो शिवाय केही पनि थिएन । पैतलबाटो निकै हिड्नुपथ्र्यो उसले घरसम्म पुग्नलाई । भारी भए आमाका हातमा हालिदिने आधा किलो मिश्री उसको झोलामा थियो होला । फटाफट पाइला चाल्दै पाखुरेको थुम्कीबाट बाासकटेरी पट्टीलाग्दा अस्ताउन लागेको सूर्यको किरण सिधै आँखामा पथ्र्यो र आँखा चिम्राउँदै सरासर हिडिरहेको थियो । निकै परबाट आपैंmतिर कोही आउँदै गरेको देखिन्थ्यो । एउटा पश्चिमतिरबाट अर्को पूर्वतिरबाट आउने बाँसकटेरीमा जम्काभेट नै हुने भयो । सोझै आँखामा परेको सूर्यको किरणलेगर्दा तिर्मिराएका उसका आँखाले परै हुँदा ठम्याउन नसके पनि नजिकमा आएपछि मात्रै ठम्यायो आफूले चिनेकै किशोरी तिलोत्तमा पो रहिछन् ।

हुन त त्रिबिक्रम र तिलोत्तमाको चिनारी पहिलेदेखि नै थियो । कति पटक त त्रिबिक्रम तिलोत्तमाको घरमा बास पनि बसेको थियो बाटाको घर परेकाले तर अहिलेसम्म पनि उनीहरूको वोलचाल भने भएको थिएन । घरमा बसेका दिन बा आमासङ्ग गफ छाँट्दै ठीक्क तैपनि उनीहरू एकअर्कालाई राम्ररी चिन्दथे ।

अघि उँधो लागिरहेकै वेला त्रिबिक्रमका आँखा घामले तिर्मिराएर होला अनुहार खुम्चिएका कारण खिस्स हाँसे जसरी दाँत देखिएका थिए क्यारे ..तिलोत्तमालाई हाँसेको भान पर्न गएछ । चिनेकै दाइ भए पनि आजसम्म वोल्न मौका नपरेको आज चाहिं वोल्नै प¥यो,ऊ पनि हाँस्दै आउँदै छ भन्ने सोच्दै अलिअलि मुस्काइहालिन् तिलोत्तमा पनि । उसको र उनको सोचाइ ठ्याक्कै मिल्यो । कति अघिदेखि बाटो हेराहेरमा नै गुज्रेको संयोग आज भने बोलेर नै जाने भयो भन्नेकुरामा दुबै ढुक्क भए । दुबैका ओठमा लज्जालु हाँसो पोखियो तर कसले पहिले वोलाउने भन्ने बाटो हेराहेर हुँदैमा यसपटकको जम्काभेट त्यतिकै ट¥यो र एकअर्काका बिमुख पर्न पुगे । मन र मान्छेको दुरी कोसौं फरक हुन गयो ,गुमेको समय सम्झेर दुबै एकैपटक पछाडि फर्किए, झण्डै टाउको ठोक्कियो ,लाजले भुतुक्क हुँदै दुबै आ–आफ्नो बाटो लागे । यस्तै अरु पनि एकदुई पटक अप्रत्यसित खालका हेराइ र लालाहित चाहाना माकुरे डोरीमा बेरिएर तड्पिरहे । बराबरी वोल्ने चाहाना भएका यी दुबैको बाटो हेर्दाहेर्दै वोल्ने अवसर गुम्यो । यसपटकको जम्काभेट पनि त्यतिकै पोखिएर गया, दुबै एकअर्काको आँखाबाट ओझेलमा परे ।

पाँच दिन मात्रै वितेको थियो त्रिबिक्रम फेरि झुक्कियो । पहिले नै एक पटक जन्ती जाने निम्तो मान्न हिंडेका द्धिबिक्रम र त्रिबिक्रम रातभरि झरी थापेको रतुवाको किनारमा सूर्यको पदार्पणले बालुवाका पाप्रा उप्किएको हेर्दै ठट्टा गर्दै जाँदा द्धिबिक्रमले “उनी मेरी भाउजू कि जेठीसासू ?” भनी त्रिबिक्रमलाई सोद्धा “रोजाई आफ्नो”भन्ने जवाफ पाएको थियो । फेरि अहिले खुड्किलेमा उँभो चढ्दै गरेकी त्रिलोत्तमालाई ठम्याउन पहिले नै नसकेर द्धिबिक्रकी भाउजू नै हून की भन्ने ठानेको थियो ,जम्काभेट पछि मात्रै थाहा भयो तिलोत्तमा हुन भन्ने ।यसपालिको पनि जम्काभेट त्यतिकै गयो । त्रिबिक्रम र द्धिबिक्रम सहोद्धर नभएर पनि एकात्मीय जत्तिकै भएकाले पनि एकजनासङ्ग दुर्ए साइनो जूक्त्याउनु स्वभाविकै पनि थियो ।

सात दिन अघिदेखि नै नियति जत्तिकै बनेको थियो दिनमा एकदुई जनालाई साक्षात्कारका सशंकित शब्दहरुको अन्तिम शब्दावली जस्तै ‘समय परिस्थितिको परिधिले उबारेछ भने मौकामा भेट होला..?’ भन्दै बाटो लगाउन थालेको । वियोग भन्नु नियति जत्तिकै बनेको थियो ।नियास्रो र खिन्नताका अनुभवले हातपाउ बसेर थलिएकी बूढीलाई आँगन परदेश भए भैंm कोठा छाडेर बाहिर जानेसम्म जाँगर हराएको थियो त्रिबिक्रमको ।साथी भन्नु केवल साइनामा बण्डा परेजस्तो उही द्धिबिक्रम मात्रै थियो । एकअर्कामा सहारा भएर घुमफिर पनि चल्दै थियो । मन बहलाउन चोकसम्म पुग्ने निस्किएका थिए । अनायासै अभाव जनित निर्धा आँखाहरुमा आँसुको जलप लगाएर अन्तरेको खुद्रा पसल पनि मधुरो देख्दै आइपुगिन् तिलोत्तमा । सायद त्यतिवेला  उनी सहानुभूतिको दरिद्रतासङ्ग पनि पराजित भएकी थिइन क्यारे ..! तर त्रिबिक्रमले एकचाृटि हेरिमात्र दियो , जम्काभेट त्यस्तो परे पनि कसैले वोलाउन नसकी ट¥यो । तिलोत्तमा आफ्नो बाटो लागिन् ।

भेलिपल्टकै कुरा हो रिट्ठाबोटे चक्रे आफ्नो ज्यासलमा के के बनाउने सुर गर्दै थियो,उत्तिखेरै दुईजना अरु नयाँ अनुहार उसको ज्यासलमा आइपुगे । हेर्दामा झण्डै आर्य किचाँत नै हुन की भनी अन्दाज लगाउन सकिने ती दुई अनुहारमा पनि एउटा त त्यस्तै दशबाह्र बर्षको जस्तो मात्रै हुँदो हो भने अर्को चाहिं बाइस÷पच्चीसे, दुबै महिला औ केटीहरु न्ै थिए । घामले धापिएर आएका ती दुई चेलीहरु ज्यासलको सिंयालमा भएका दुईटा मूडामा बसे । उनीहरुसङ्ग धेरै भलाकुसारी गर्ने फुर्सद चक्रेलाई रहेनछ क्यारे “ हैन .., ए ऽ...गाँठे हो ..कसैगर्दा पनि पो मिल्दै न त , तुस त कसै  गरे पनि मेटिएन ...कस्तो चाहिं माल परेछ ..?” ऊ आफ्नै सुरमा गन्गनाउन थाल्यो । भीरकोटसम्म पुग्ने विचार राखेर त्रिबिक्रम बाटो लागेको, गर्मीको कारण खपिखान नसकेर चक्रेकै ज्यासलको सिंयालमा बिसाउनी हाल्न पुग्यो । दःखै दःखमा जीवन गुजारेको चक्रेसंग इष्टमित्रको सम्मानमा देखाउने भने पनि बसाउने भए पनि दुईवटा मुडा उसको ज्यासलमा हुन्थे ।‘ पहिले आउने भरियाको रोजी बिसाउनी ’ भनेजस्तै पहिले पुगेका दुइजनाले ओगटेका मुडा बाहेक त्यहाँ अरु बस्ने साधन केही पनि थिएन । उसमाथि पनि चक्रे त्रिबिक्रमलाई निकै आदर पनि गथ्र्यो तर आज ऊ असमञ्जस्यमा प¥यो । अप्ठ्यारो मान्दै कपाल कन्याउँदै चक्रेले .....“...खै ...ऽ..हजूर ...” मात्र भन्न सक्यो । त्रिबिक्रमले कुरा बुझिहाल्यो , अघि पहिले नै त्यहाँ आएर बसेकी सानी बैनीलाई “ नानू ... मेरो काखमा बस है..!! भन्दै काखमा लिएर आपूm मुडामा बस्यो । “दिदीहरुको घर कहाँ प¥यो होला नी ..?”भन्दै नम्र भावमा नै छेउमै भएकी महिलाप्रति लक्षित गर्दै उसले प्रश्न राख्यो । “तेह्रथुम” भाषा शिष्ट नै भए पनि वोलायमा कञ्जुस्याइँ राखेर उनले भनिन् । उनीसङ्ग त्योभन्दा बढी वोलिरहनु आवश्यक वा उस्तो उपयोगी नठहरेर चक्रेलाई नै त्रिबिक्रमले सोध्यो “ कसको गहना कमाउन लाग्यौ चक्रे दाइ ..?” “उही त हा नी हजूर ! भीरकुने ज्योतिषी बाजेकी छोरी साइँलीको  क्या...! , असर्फी लाएर क्याम्पस जाने रे ! साथी सङ्गीले पनि कसले बनाएको भनी सोध्दा हून् भनेर सक्दो सीप लाउने विचार गरेको,नमिलेर दिक्दार लागिसक्यो ।  फेरि आजै दिउँला पनि भनेको छु ।लिन आउँदा तयार नभए के भन्नु र खै ...” लखतरान भएकै भाकामा चक्रेले भन्यो ।

चक्रेले जसरी चिनाए पनि उनी उनै तिलोत्तमा हु्न् , त्यो त्रिबिक्रमले थाहा पाइहाल्यो । अघिदेखि बसिराखेका ती दुइटी पनि चक्रेलाई केही काम लगाउने विचार त थियो होला तर फुर्सद नदेखेर केही भन्न नसकी आफ्नो बाटो लागे । त्रिबिक्रम पनि “ ल..ऽ...ल ऽ..चक्रे दाइ ! सबैले सह्रानी गर्ने गरी बनाऊ है ....” भन्दै आफ्नो बाटो लाग्न खोजेको मात्रै के थियो ज्यासल पछाडिको खुड्किले बाटोबाट खुत्रुक्खुत्रुक् तिलोत्तमा आइपुगिन् । दुबैका अनुहारमा लाली चढे झैं देखियो , तर कसले पहिले वोलाउने भनेर बाटो हेर्दाहेर्दै एक अर्काका बिमुख पर्न गए । यसपटकको जम्काभेट पनि त्यत्तिकै वोलचाल नै नभई ट¥यो  ।

पटकपटक भएका त्यस्ता जम्काभेटहरुमा उनीहरु दुबैका आँखाले मात्रै केही दिन्थे र लिन्थ, त्यो शिवाय पाउने गुमाउने उनीहरुमा केही पनि थिएन । सायद यस पटक उनी पनि आफ्नो अप्रत्यासित अन्तिम भेटको सङ्कोच मान्दै पनि सामना गर्न पुगेकी थिइन् होला ?

आज सबेरै सहरको रमीता हेर्न हिंडेको त्रिबिक्रम आफ्नै रफ्तारमा दौडिरहेको गाडीको झ्यालबाट त्रिबिक्रम बाहिरतिर आँखा डुलाइरहेको थियो । त्यहीवेला नै तिलोत्तमा चढेको बस छेउबाट दौडियो । मृग उफ्रिए झैं एकअर्काका नजरमा पूmत्त उफ्रिएर उनीहरु प्नि दौडिए । त्यसपछि उनीहरुको हेराइ न त नियमित बन्यो न त अनियमित नै । अब तिलोत्तमा को शरदको सयपत्री जस्तो फक्रक्क फक्रिएको यौवनको र चम्किएको वासन्ति गुराँसको जस्तो अनुहार एक तमासले हेर्न चाहन्छ त्रिबिक्रम अनि उनको जीवनको स्वअस्तितवको कडी काटिदिएर अबका भेटमा कहिल्यै जम्काभेट नठहर्ने विधिको खोजीमा छ ऊ । अतितको लामो अध्यायकी तिलोत्तमालाई आगतको पटाङ्गिनीमा सजाएर जम्काभेटलाई बिस्मृतिकाृ चङ्गामा उडाउँदै उनी सँगको सुदुर भविश्य कोर्न चाहन्छ त्रिबिक्रम । परन्तु कतै हण्डर नखाएमा मात्र ।
                                                      २०५१÷१०÷२४ 


Saturday, July 25, 2020

कविता


ltd|f] ;x/sf k"mnx?

k"mnx? kmlqmP/ ;'s'df/ x[box?
cf;f la5\ofOPsf af6fx?df
glgsf] zflGt ,
kL8f dgfPsf kj{x?df
cnIf0f xfF;]h:tf] nfU5 .

a'4sf] b]z
zflGtsf k/]jfx? p8fP/
u'Dafx?df ;Fw} ;Fw}
lx6n/ / lx6n/x? afFr]h:tf] nfU5 .

;fyL Û ltd|f] ;x/
;D;fFem} P]7gn] lgdf]7]/
s+z Jo'Femb} kmqmFb}5g k"mnx?df
/ e|'0f xTof / uef{kft
lbglbgsf sf]z]nLx?
 s'T;f aUb}5g gfnfx?df  .

k"mnx? kmlqmP/ ;'dw'/ jf;gfx?
;j]/;j]/}b]lv k|eftx?df
Cnsfk'/L clgsfn af:g] u5{ .
Zf}xfb{|tfsf] h?jf h:t} eP/ .

;fyL Û ltd|f] ;x/
lbgel/ k'tnL p8fP/ af?bsf] uGw
w'jfFsf d':nfx?df
sfv l/lQPsf qmGbgx? ;':tfpFb}5g
cfdfsf d'ª\nfg] cf;fx?df .

lgT;]sf] cledfg afFr]/
dlGb/df 7]nLx? af]Nb}5g\
;fyL ltd|f] ;x/
O{Zj/x? yfKb}5g ef]usf efsnx? .
rqmJo'xdf ck|flKtsf cg'ejx? .

k"mnx? kmlqmP/ jt{dfg
udnf el/sf] a]nLs'~hdf
;fyL  ltd|f] ;x/
cf;f yfk]/ km}nfpFb} xTs]nfx?
Go'6«gsf] k|of]uzfnfdf ;dflw:t
cfFvf tflg/x]5 cfsf;lt/ .
blwrL xf8 3f]6]/
c?x?sf 5ftLdf .

;fyL ltd|f\ ;x/
b|f}kbL kml/of tfg]/ b'zf;gx?
gtd:ts lgbfpFb}5g\ .
k"mnx? kmlqmP/ ;'zf]let ;'Gb/tf
lgi7f k'mª\ª p8]/ ;'efif
;Trl/qtfdf ;fyL ltd|f] ;x/
Sofkm] / kfFrtf/]x?df
alxgLsf] OHht a]r]/
;fFem ljxfg e§Ldf ?g] u5{ .

Dg s'Fl8P/ , 9nx? k'l/P/
dfgjtfsf eUgfjz]ifx?
x/]skn k"mnx? eP/ kmqmFb}
;fyL ltd|f] ;x/
;fdYo{eGbf dflysf] cefj
rfxgfeGbf dflysf] sf]nfxn
;Fw} lkpg] u5{
;Fw} lhpg] u5{ .



Friday, July 24, 2020

निबन्ध


‘गरिब र गरिबी’

संप्रेषित शव्दहरूले श्रोता÷पाठकका हृदयमा अनुभूतिको आकार बनाउन सकेमात्र भाषा मृदुल र कोमल बन्नसक्छ । भावबिहीन भाषाको चिच्याहटले बिनासका अनेकों अवस्थाको सिर्जना गरे पनि जीवन र जगतको महत्तामाथि न त अर्थको आकार ग्रहण गर्न सक्छ ? न त सृष्टिको संरक्षण नै ? हाम्रा हरेक शव्दको त्यही सामथ्र्य हुन्छ र परागको सुक्ष्मताबाट जीवनदाहिनी अमृत मधुरसको निर्माण भएजसरी नै शव्द कंक्रिडले पनि आलीशान भाषिक महल ठड्याएर संभ्रान्तताको विगुल बजाउन सक्छौं हामी । यद्यपि शव्द र अर्थको सापेक्षित सम्बन्धले जत्रो आयतन बनाए पनि गरिब गरिबीका रूपमा प्रयोग भएका पद÷पदावली आफैंमा संबृद्धिका द्योतक÷बाहक भने होइनन् । गरिब र गरीबी भाव जगतमा हाँसो खुसीका पटाङ्गिनीमा विश्मयका लीलाझैँ  लाग्नसक्छन् । शव्दको बनावट र व्युत्पादनको घेराभित्रबाट भए पनि अर्थको आकाश त भोक्ताको सामथ्र्यभरि फैलिएको हुन्छ । यसर्थ गरिब भन्नु केही नभएको भन्ने कि धनसम्पत्ति नभएको भन्ने ? औ धनसम्पत्ति पनि आर्थिक, भौतिक, नैतिक, शैक्षिक, वौद्धिक.....वा यस्तै यस्तै अन्य !
कार्यव्यापारको क्षमताअनुसार विशेषण  पदका रूपमा रहने गरिब पदको प्रायोगिक महत्वको सीमाङ्कन गर्न कठीन हुन्छ । विशेषणका रूपमा रहेको गरिब पदमा ई प्रत्यय लागेर भाववाचक नाम गरिबी को निर्माण हुन पुगेको देखिन्छ । जसको शाव्दिक अर्थ गरिब हुनुको भाव भन्ने नै हुन्छ । तर नेपाली भाषाका प्रायजसो शव्दहरू प्रयोगको सन्दर्भअनुसारको सामथ्र्य लिएर भाषामा रमाएका हुन्छन् । चमत्कारिक भाव संप्रेषणबाट भोक्ताबीच पनि अर्थगत सामथ्र्यको घम्साघम्सीले थर्काएमान हुन्छन् । तसर्थ एउटाले वरेण्य ठानेको अर्कोले जघन्य ठान्नु अनौठो नहुन सक्छ तथापि अतिरञ्जित तार्किक सामथ्र्यको भूमरीमा हालेर शव्द प्रशोधन गर्दा मात्र सही तुक आउनसक्छ भन्ने हुँदैन । गरिब र गरिबी यी दुबै शव्द एउटै गर्भासयबाट निसृत र विकसित भएका भ्ुण हुन । बिपन्नताको भावका संवाहक पनि हुन ।
। गरिब भनेको नहुने हो तर के कती नहुने ? सहज दैनिकीका लागि नभै नहुनेको अभाव कि इच्छाअनुसार नहुनुको अभाव ? अत्यावश्यक सर्त पुरा गर्न भएको अभाव कि यथेष्टको अभाव ? अभाव पनि त सापेक्ष वा निरपेक्ष हुन्छन् ! तसर्थ गरिब शव्दलाई अभावजनित भावको आशयभन्दा बढी अर्थगत आशयको सँधै अपूर्णता हुने शव्द भनी परिभाषित गरे पनि हुने देखिन्छ भने गरिबी त्यसैको भाववोधक तत्वअनुभूतका रूपमात्र देखिन्छ ।
स्रोत, सीप, समय, सामथ्र्य, अवसरको अनुकल तथा उन्नत संयोजन हुने हो भने गरिब जीवनको सापेक्षतामा संस्कारजनित अवस्थामात्र हो तुलना गरेर मात्र मापन हुने । तुलना नगरी पनि मापन एक्कीन गर्ने मापनका आधारको अपर्याप्तता छ जहाँ पनि । हरेक शव्दका समानार्थी रूप भावनात्मक अनुभूतिसँग मेल नखाने पनि हुन्छन् । तुलना गर्ने आधार नहुने हो भने विपरीतार्थी शव्दको महत्व पनि फिक्का हुन्छ ।
शित तप्कानी शिरैमा ओढेर हुरीबताससँग डोरिंदै हिउँद बर्षा खेप्नेहरू, चाराको अभावमा बेगिएर टाढाटाढासम्म चाहार्ने पक्षीजसरी नै जठराग्नीको ज्वाला समन गर्न जुठोपूरोका आसले अर्काकै दैलो दलान ढुक्न पुग्नेहरू मात्र गरिब होइनन् । यसो त आम्दामी मापनको सीमारेखा तयार गरेर गरिबको परिभाषा गर्न खोजे पनि त्यहीमात्र मापनको आधार यथेष्ट हुँदैन गरिब भन्नलाई बरु जीवनका आधारभूत आवश्यकता पुरा गर्न धान्ने आम्दामी हुन्न भने त्यसलाई भन्नु उपयुक्त हुन्छ । भौतिक÷आर्थिक शक्ति सामथ्र्यको चलखेलका आधारमा मात्र गरिएको बिभाजनले ठहरेका आर्थिक रूपमा बिपन्नहरू गरिबभन्दा बाह्य आवरणको साजसज्जा जति भए पनि गुह्य चिन्तनका दरिद्रहरू झन कङ्गाल नै हुन्छन् व्यबहारमा । सम्पत्ति चाङको आलिशानमा जति उफ्रिए पनि चिन्तन सङ्कुचित भएका मनोरोगीहरू गरिब नै हुन्छन्  डाह वा डोरेडोमा अल्झिनेहरू । विद्वताको अहंकारले अरुप्रति सँधै दुर्वाच्यमात्र बोलिरहनेहरू  सम्पन्न होइनन् । चिन्तन दरिद्र हुनेहरूको जीवन सम्पन्न हुँदैन । अधिकारलाई हतियार बनाएर निरीहलाई निमोठ्नेहरू, ख्वामित खुसी पार्न कर्तव्यलाई कुल्चनेहरू, निष्ठाबाट नाङ्गिईसकुञ्जेल पनि प्रलोभनको पूजाआरतीमा रमाउने वकवकोपाध्याका उपाशकहरू, जाँगरलाई विश्रामको शैयामा बिराजमान गराएर अर्काको कामको मात्र चियो गर्ने आलश्यका उत्तराधिकारीहरू नै गरिब हुन र त्यसैबाट सिर्जित जीवनदर्शन गरिबीको सिद्धान्त अनि ग्रहण गरिने अनुभूति वा आभास गरिबी हो ।
गरिब जीवन हो, अवस्था हो र गरिबी आभास । अवस्था प्रत्यक्ष हुन्छ आभास परोक्ष अनि अनुभूतिमा उनिएर शरीरका शिराशिरामा संचारित हुनछ । प्राकुतिक तत्वको सन्तुलित मिलनबाटै भ्रूण हुँदै जीवन ग्रहण गरी मृतयुबरणको यात्रासम्ममा सबैको गति यति उस्तै हो, स्वास–प्रस्वास, आहार÷विहार, उत्सर्जन्, गमन औ मरण । यसर्थ अभाव भन्नु त भावको शुन्यतामात्र हो । अभाव भौतिक हो भाव आध्यात्मिक ।
भौतिक÷आर्थिक गरिब अभाव हैन अपूर्णतामात्र हो नभई नहुने पनि चाहिने जति नहुनु । जीवन लिई आउँदा पाएका ज्ञानेन्द्रीय, कर्मेन्द्रीयहरू पूर्ण भए पछि कसरी हुन्छ र गरिब ? इन्द्रीयाभावले पूर्ण जीवन नै हुँदैने । अङ्गको अपूर्णताले सामथ्र्यलाई खिज्याउँदा गरिब हुनु अपवादवाहेक केही पनि होइन । झरनाको आवाजमा सितारको झङ्कार र झ्याउँकिरीका स्वरमा संगीतको रागिनी र मुच्र्छना बुझिने यस धराधामका जातीय सुत हामी ं गरिब होइनौ । फाँटबाट सह उठाएर लगी कन्धराका गरागरामा संबृद्धि फलाउन सक्ने यस उर्वर भूमिका भूमिपुत्र हामीमा गरिबी पनि छैन । तोप र बारुदको त्रासद सहजै सहेर खुँडा र भालाले साम्राज्यका मसिंहाको दोअन गर्ने वीरवीरङ्गनाका वंशज हामी किन हुन्छौं गरिब ? मोतिजडित मृत्तिकामा छाञा हेरेर पक्षीका कलरवमा मन्त्रमुग्ध हुने हामी कहिले भएका छौं गरिब ? सृष्टिचक्रको फेहरिस्ताको लेखा राख्ने पूर्वीय वेदान्त दर्शनको बीज भूमि, दार्शनिक महर्षिको तपोभूमि, देवदेवीको क्रिडाभूमि, उषा वा निशाको स्पर्शमा पनि उ्नमुक्त हाँसो अभिव्यञ्जित भइरहने यस धराधाम र यहाँका हामी किन हुन्छौ गरिब ? सदभाव र सहिष्णुताको अविश्रान्त सहयात्रामा वेद, बाइबल, कुरान, त्रिपिटक...आदि आदि सबै एकैपटक ध्वनित हुन सक्ने पावन भूमिका हामीलाई कसले बनायो गरिब कि कसले भनायो गरिब ? धनाभावभन्दा मनाभावका कारण परायको हाँसोझै बनेको छ हाम्रै जीवनको दैनिकी । आफैँसँग भएको सम्पननताको अलकापुरी थाहा पाएनौं, थाहा पाएर पनि काममा लाएनौं, संघारमै सुस्ताइरहने उन्नतिका उर्जाको उपयोगभन्दा ज्यानको जाखिम मोलेर परायका दलानका दर्वान बन्न राजी हुने प्रबृत्तिले समयसँग आफैँभित्रको पितुर्के स्वभाव अरुलाई देखाएर गरिबीको डोडेरो गायौं ।
गरिब इच्छाहरूको समष्टिभित्र उपायप्रतिको असन्तुष्टि वा उपाय प्रतिपादनमा रहेको पछौटे पनाको अभिव्यक्ति सङ्केतको रूप हो । यो प्रबृत्ति संसार जहाँ मानव अस्तित्व रक्षाका लागि आफूलाई कुनै पनि रूप वा अवस्थामा घेरिरहेको छ त्यहाँसम्म नै ब्याप्त पनि छ । मानवीय संवेदनाका संवाहक मानव शरीर शिराका तन्तुहरू रहुन्जेल यो अभावको आभासबाट मुक्त हुन मानिस सक्दैन पनि । औकातले अभावलाई सूचीकरण गर्दै र अभावको स्तरोन्नति पनि गर्दै लैजाने अनन्त यात्राको स्थायी साथीझैं भएर पछ्याइरहन्छ गरिबीले । तथापि यो सिङ्गो संसार र सृष्टि जगतको उहापोह असुलेर गरिब र गरिबीको चङ्गुलमा सम्भ्रान्तता खोज्ने हो भने प्राप्तिको संभावना प्रायः शुन्य हुनजान्छ ।
हामी र हाम्रो सन्दर्भमा पनि गरिब र गरिबीको आभाष वा उदाहरण एकनास छैनन् । गरिबीबाट मुक्त भएर संबृद्धिको आधार खोज्न झन या त स्वभाविक जिजीविसाबाट मुक्त हुनु हो या प्रलोभनले पिरोलेरै पलायन हुनु हो । अन्ततः संसारकै संभ्रान्त कहलिएकाहरू पनि प्राणवायुको अभावले, हृदयगतिको अभावले, इन्द्रीय गतिशीलताको अभावले, आत्माको उपयुक्त आश्रयको अभावले इहलीलाको समाप्ति भै नदेखेको सुख र नभोगेको आनन्दमा विलिन हुन्छ । यसर्थ गरिब हुनु भनेकै जीवनको जीवित अस्तित्व सुरुक्षण गर्न चाहिने न्युनतम सर्त पुरा गर्न पनि गाहृो हुने अवस्थाको हुनु हो र त्यही अनुभूति आभाष वोधको अनुभूति शुन्य अवस्थाको वोध गरिबी हो । अर्थात जीवन जीउने अनुभूति र अवस्थाका असहज रूप गरिब हो र यसको भावगत नामाकरण गरिबी हो । यो धनसमपतिसँग त सम्बन्धित छ नै तर त्योभन्दा पर मनोदशा पनि हो । हुँदै नहुने गरिब र उसको अनुभूति संवेगमात्र गरिबी होइन । संपति सामथ्र्यभन्दा लालसाको चाङ ठलो हुनेहरू,द्रव्यमा संस्कार साटेर अभाव फत्फताउनेहरू सभ्यताको पर्बाह नगरी ढुकुटी भर्न तम्सनेहरू नै साँचो अर्थमा गरिब र उनीहरूमा रहेको मनोवृत्ति गरिबी हो ।

Tuesday, July 21, 2020

संस्मरण


                        जीवनको पहिलो अध्याय

अनुभवहरूको शुन्यता रहेको कुनै पनि प्राणी प्रायः संसारमा नै हुँदैन भन्ने कुरामा मतभार खोजिेरहनु पर्छजस्तो मलाई लाग्दैन  । अति सुक्ष्म जीवाणुदेखि कीट, पक्षी, जीव औ भीमकाया जीवजन्तु सबैसँग अनुभूतिको मेहरो हुनाले नै हिंडडुल, आहारबिहार, साथ सहयोग, द्वन्द, युद्ध, मैथुन, संभोग, आँट, उत्साह, सुख, सन्ताप, आदिजस्ता कति बस्तु सत्य, क्रिया सत्य, भाव सत्यजस्ता कुराहरूको पुनस्मरणले दिनचर्याहरू पनि प्रभावित बनिरहेको अवसर देखिन्छ । फरक केमा मात्रै पाइन्छ भने मानवबाहेकका सबै जीवात्मयुक्त देहरूपहरू आफूमात्रै प्रायः सजग तथा संमोहित हुने गर्छन् । अन्य प्राणीले आफ्ना हृदयानुभूत, कल्पनातीत एव. आगतका अनुमानित रहस्यहरूलाई संप्रेषण गर्न सकेको देखिंदैन तर मानिस चाहिं त्यस्तो प्राणी हो जो यी यावत सन्दर्भहरूलाई सङ्कलन, संंरक्षण, संबर्धन तथा परिमार्जनसहित संप्रेषण गर्न पनि समर्थवान हुन्छ । म यहाँ त्यस्तै सन्दर्भहरूको उठान गर्ने जमर्को गर्दैछु ।
कुरा आजका होइनन् तर मन मष्तिष्कमा ताजा रहनाले दृष्यवान अभिव्यक्तिका धर्काहरूमा अर्थ भन्दापनि आशयका खातिर प्रस्तुत गर्ने लहड चलेर यी शब्दका बगाल àार्àार्ती झरेको यो संस्मरणात्मक पनको छाञा हो । यसो त मनले गुनेका, इन्द्रियले अनुभूत गरेका सबै सन्दर्भ र स्मृतिलाई शब्दमा ढाल्न नसकिंदो रहेछ जहाँ क्षणभरका अनुभूतिको पनि बिशाल पर्वतसँग दाँजिने कल्पनाकार हुँदो रहेछ र अझ त्यो भन्दा बृहत्तर डङ्गुर पनि ।
शरीर संरचना एवं इन्द्रियहरू संयन्त्र विशेष परिस्थिति वा अपवादबाहेक मानव जातिमा समान नै हुन्छन् । भ्रूण गर्भका रूपमा रहुञ्जेल मान्छेमा कुनै पृथकता नहोला भन्ने लाग्छ । बंशाणु गुणका कारणले संरचना होइन आकार भेदसम्म होला तर त्यही भ्रुणले मातृ उदरबाट धराधाममा पदार्पण गरेपछि हठात उसका हर कृयाकलाप बाहिरी वातावरणमा समामयोजित हुँदै जान्छन् र ती पनि कति त सुनियोजित नभई स्वतष्फुर्त नै हुन्छन् । समय क्रमले उसका अनुभूतिका चाङ थपिंदै जाँदा आफू, आफन्त, प्रकृति, परिवेश, समाज, संस्कार, संपर्क, सञ्चार, संसार हुँदै त्यहाँ आफ्नो उपस्थितिको अनुभव र अवलोकनका साथसाथै आफ्नो भूमिकाको पनि जानी नजानी निर्वाह गर्न थाल्छ । तथापि यी सबै भूमिकामा उसले बरण गरेको चोला, समन गरेको चलन नै सर्बाधिक महत्वको भने हुन्छ । सुगम समाज, संभ्रान्त पारिवारिक पृष्ठभूमि, सहुलियतहरूको संयोजन, संपर्क, सहानुभूति तथा प्रेरणा स्रोतका आधारमा नै अनुभवका पाटाहरू, उसका अनुभवहरूको बढोत्तरी हुँदै जान्छ । उल्लेखित सन्दर्भ सवालको मानजीवनको निर्वाहका न्युनतम आधारहरूको पनि आंशिक उपलब्धतालाई मात्र स्वीकारेर बाँच्ने बाध्यात्मकताहरू जीवनका गहनासमान हुन्छन् । स्वभावैले उसका अनुभवहरू उपल्लो कोटीको अनुभव हुनेहरूका लागि तिलस्मी कथा सरह हुन जान्छन् । सायद म अहिले जुन परिवेशको पटाङ्गिनीमा आपूmलाई पसारेर आफ्नै जीवनका अनुभवका पाटाहरू पल्टाइरहेछु त्यो मेरो अनुभव पनि अरुहरूको लागि अपत्यारिलो बन्न सक्छ ।
मातृउदरका बसाइका दिनहरू कष्टकर थिए वा सुखमय ? अध्येताको अनुमानलार्इृ स्वीकार्नु सिवाय केह िछैन । सालनालमा बेरिएर रगतमा लत्पतिंदै बाहिरी संसारमा हाम्फाल्दा आत्तिएर कति रोएँहुँला ....अनुमनामात्र गर्न सक्छु अनुभवको हेक्का रहेन । जाडो, गर्मी, भोक, तिर्खा, अल्छी, आलस्य, प्रयत्न, थकानबाट कति पिरोलिएं...? दृष्याकारको अपरिपक्क पहिचानकै बेला आफन्तको आभास हुँदा र परायको त्रास हुँदा चेहरामा स्वतस्फुर्त झुल्कने उसबेलाको डर वा भरको पंक्ति छुट्याउन पनि कसैले आफैंलाई पात्र बनाएर किस्सा हाल्दाको आनन्दबाहेक केही बन्न सक्दैन । उमेर समूहको कुनै बिन्दुलाई नै सीमा रेखा बनाएर उताको अनुभूतिशुन्य र यताको अनुभूतिगम्य भनेर सबुद पेस गर्ने बलिया आधारहरू नभए पनि केही पटका केही घुलमिल छाञालाई यस लेखनीको अध्याय बनाउने चेष्टा गरेको छु ।

पढ्नुपर्छ र पढेर नै जीविकोपार्जन गर्नु छ भन्ने चेतनाको विकास मैले पहिलो पटक टेकेको माटो र हिंडेको बाटोको आश्रयमा रहने समाज संखुवासभाको तत्कालको मयम गाउँ पञ्चायतको बतासेमा हुन सकेको थिएन त्यसैले संस्कार बनेको पनि थिएन पढ्ने चलनको । ज्यामीखेतालाको गन्ती, नूनतेल एेंचोपैंचो, सरसापटीको हिसाब, भोट, मुङलान, लाहोर गएका आफन्तको चिट्ठी पढ्नसक्ने भए बेस, अक्कली छ भने यसै पनि गरिखानट्ट सक्छ भन्ने अनौठो तर परम्परागत चिन्तन, अड्डा अमालको मोह शुन्य, केही लेख्नै परेमा अब त गाउँमा मास्टर पनि छन् भन्ने मात्रै चेतनाको विकास भएको परिवेश, हरेक सामाजिक कामका लागि समामजमा प्रतिष्ठित अगुवाको उर्दी वा ढोल पिटेर सूचना प्रवाह गर्ने नै प्रमुख चलन भएको गाउँसमाजमा प्राथमिक तहको मात्र स्कुल थियो । मेलाका खेताला हुन वा चरनबाट फर्केका गाईबाख्रा नबिराइ गन्न सके ‘हुने बिरुवाको चिल्लो पात’ भविश्यमा घर गरीखान सक्ने ठहरिन्थ्यो त्यहाँ । म पनि त्यही बर्ग, समूदाय तथा संस्कार सामथ्र्यको बालक स्कुल जान्थें ।
घाम, पानी, जाडो, गर्मी,हिलो, धुलोसँग पुस्तौनी साइनो राखेको म पनि जाडो समयमाबाहेक लामो दौरा लगाएर नै घर, कटेरा, गौचरन, मेलापात दौडन्थें । धारापँधेरामा हातगोडा धुँदा सम्हाल्न नसकेर भिजेको दौराको फेर आङबाट नखोली निचोरेर सुकाएको, धुलो लाग्दा टक्टकाएको, अनुहारमा आएको पसिना फेरले पुछेको सातापन्द्र दिनमा आमाले खरानी पानीमा उसिनेर त्यही दौरा धुँदा नसुकुन्जेल नाङ्गै बस्नु परेको याद पनि अविश्मरणीय नै लाग्छ । गाइबाख्रा चराउन चरन जङ्ग जाँदा प्रायः आफ्नै उमेर समूहका साथीसङ्गीसँग  धुलोमा रमाउँदै सिन्का लुकाइ खेलेको, स्कुल जाँदा भने अरुले कुरीकुरी भन्लान भन्ने डरले अन्डरपेन्ट लाउने गरेको याद आइरहन्छ । बेला÷उमेर त्यस्तै थियो क्यारे स्कुलमा पनि साथीसँग खेल्दा मौका पारेर अर्काको दौराको फेर उचालिदिएर हाँसिरमाइलो गर्ने बानी थियो ।
समय सूचकका आधुनिक चिजहरूले गाउँमा फष्टाउने मौका पाएको थिएन । समय गिन्तीको पुरानै चलन बिहानको पहिलो भालेको डाकबाट शुरु भएर तारा अस्ताउनु, घाम झुल्कनु, भातखाने बेला, गाई फुने बेला, खाजा खाने बेला, बाख्रा थुन्नेबेला, पश्चिम क्षितिज र घामको दुरी अड्कलेर एक जुवा घाम हुनु, साँझ पर्नु, चरा बास बस्नु, रात पर्नु, ठुलो साँझ हुनुजस्ता जनबोलीले समय निर्धारण हुन्थयो । पात्रो हेर्न जान्नेले घडीपलाको समयलाई यस्तैमा अनुवाद गरिदिन्थे । रेडियो भएको मानिस उपल्लो कोटीको ठहरिन्थ्यो । उसको घरमा समाचार सुन्ने बहानामा बेलामौकामा भींड पनि लाग्थ्यो । गीत सुन्ने मौका छोप्नेहरू भने गीतको रसस्वादनभन्दा ख्याल ठट्टामा अभ्यस्त हुन्थे । स्कुल जाने समय बलेसींमा छानाको छाञा हेरेर ठमयाइन्थ्यो ।
उमेर सानो भए पनि परिवारको जिम्मेवार सदस्य, बिहनै उठ्नु, भकारो सोहोर्नु, बाख्रापाठाको रेखदेख, घाँसपानीमा लाग्नु पर्ने । लाडप्यारमा कहिलेकाहीँ भुटीभात पनि खाजा खाइयो नत्र बासीभातमा मोही हालेर स्वादले खाइन्थ्यो । आङमा परेको लुगा धुने दिनमा मात्रै खोलियो प्रायः ।
भात खाएपछि दौराको फेरले हात पुछ्दै झोला बोकेर स्कुल दौडन्थें । जाडो समयमा बिहान लगाएको जुत्ताले सँगसँगै स्कुल जाने मौका पनि पाउँथ्यो । बेलुकी भने धारापँधेरामा जानु पर्ने हुनाले स्कुलबाट आएपछि खोल्ने गर्थें । खाजा भुटेको मकै प्रायः दौराको फेरमा थापेर गाई बाख्रालाई चरनबाट फर्काउन जानु पथ्र्यो । पढ्ने लेख्ने स्कुलमा नै हो । घरमा काम सक्दा अँध्यारो भैसक्ने, भाटा बालेर, अडेरीको गोटी बालेर उज्यालो बनाउँदै भात खाने चलन, पढ्ने उज्यालो कहाँ पाउनु राती ? किताब किन्ने पर्ने, हाफ दाममा पाइने हुनाले सकेसम्म पुरानो नै खोजिन्थ्यो साहुमहाजनका छोराले पढेका । खेताला गएर पनि बाआमाले पैसा तिर्न सक्ने ।  शुरुमा स्कुल जाँदा त फल्याकबाट बनाएको पाटी, ढुङ्गे खरी, अलिक सुधारिए पछि स्लेट पाटी र सानो खरी, कापीमा लेख्न रहर लागेपछि इरेजरसहितको पेन्सिल, चारहारे कापी जहाँ अंग्रेजी लेख्ने अभ्यासका लागि ब् दचयलथ ायह त्रगष्अपथि वगmउ यखभच तजभ बिशथ मयन लेखाइन्थ्यो जहाँ अंग्रेजीका सबै बर्ण हुँदारहेछन् ।  माने कापी कुटको गत्ता भएको, अरु कापी बाहिरी पृष्ठमा घोडाको चित्र भएका, हिसाब गर्ने सादा कापी, सोभियत संघ पत्रिकाको कितालाईृ गत्ता रमाइलो थियो त्यो पल । हिउँदमा नै बढी जान्थें स्कुल । चहुरमा घाममा बसेर नै पढिन्थ्यो । कक्षाकोठामा गुन्द्रीबाट शुरु गरेको बसाइ तख्ता हुँदै बेन्चमा बसेर पढ्ने पनि भइयो । टेको कलममा चक्कीबाट बनाएको मसीको प्रयोग गर्न पाउँदा गर्वको अनुभव हुन्थ्यो ।
घरदेखि स्कुलसम्मको बाटोमा पर्ने कसैका घरको कोठेबाबरी चाहार्न उबारिएन । बार नाघेर होस् वा छिरेर । कसको कोठेबारीमा फल्ने आरु, नास्पाती, आलुबखडा, काँक्रा, आलुचाको स्वाद कस्तो थियो अझै सम्झन्छु । गोठमा खोलेमा हाल्न भनेर राखेको नून खोसेलामा बाँधेर लैजाने जुक्ति थियो स्वाद गरेर खानका लागि । काभ्राका कोसा, ठोट्नेको मुन्टा, लहरेआँप खोज्नु खानु शिकारीको शिकार लखेटाइझैं हुन्थ्यो । यस्तै शिकार गर्न टिफिनमा जङ्गल गई फर्कन ढिलो गर्दा मास्टरले छडी लाएको चोट हातबाट हराए पनि आँखामा बसेकै छ ।
फल्याक जोडेर बनाएको पाटीमा मौवाको बोक्रा कुटेर बनाएको कालो झोल लगाएर रङ्गाएको पाटी कतै भेटिए रेडियो, लाइटमा लगाउने सेल ब्याट्रीको भित्री भागको कालो दलेर रङ्गाएको हुन्थ्यो । पढाइ प्रायः घोकेर पाठ बुझाउनु पर्ने, कालो पाटीमा मास्टरले थोरैमात्र लेखिदिन्थे .। कक्षाकोठा आफैं सफा गर्नु पर्ने चलन, तर नियमित बढार्ने चलन थिएन धुलोको डङ्गुर भएपछि मात्र नजिकैको बनमा गएर स्याउला लिएर आउँथ्यौं र बढाथ्र्यैा सबैले, बेठी रोपाइँको झैं रमझम हुन्थ्यो । मास्टरलाई देख्नासाथ जति टाढा भए पनि कलासेर नमस्कार गर्ने चलन थियो ।
स्कुल जानु फुर्सदको उपयोगजस्तै हुन्थ्यो । घरका काम चाहिँ नियमित हुन्थे । गाईबाख्रा चराउन लैजानु नै मुख्य काम मेरो, खेतिपातिको काम गर्न सक्दिनथे.। हिउँदमा गाईबाख्रा छाडा हुनाले स्कुल जान प्रायः मौका भैरहने ।  बिहानको काम भने नियमित नै थियो भकारो सोहोर्ने, खोलेफाँडो पकाउने, बेला भएपछि गाईबाख्रा चरनतिर धपाउने । दिनभरिको गोठकटेरामा रहेकाको घाँसपानी भने बाआमाले नै गर्नुहुन्थ्यो ।
गाईबाख्रा चराउन जाँदा आफूसमान र ठूलासँग पनि रामरमाइलो । गम्भीर भन्दापनि ठट्टा बढी, प्रायः पाल्छी, अस्लिल बोली, पशुका प्रणय लीलाको मस्त चर्चा, चाख त्यसैमा बढी, त्यस्तै बोल्दा जान्नेबुझ्ने भएँझै लाग्ने । तर बोल्ने ठाउँको हेक्का नहुँदा र कहिलेकाहीं त निन्द्रामा पनि बर्बराउने भएँछु । जानेर नबोले पनि घरमा कतिपटक गाल परेको थियो । स्कुलमा पनि सरको आँखा ओझेल पर्नासाथ त्यस्तै बोलीको धाराप्रवाह । जित्न नसके मास्टरलाई पोल लाउने ‘मनपर िभन्यो’ भन्दै । उमेरमा विचरा नै भए पनि कुरामा छिप्पिएको निखार आउँथ्यो लुकीछिपी बोलुन्जेल ।
परीक्षामा फुलिस्केपमा कार्बन राखेर हातले लेखेको प्रश्न, उत्तर लेख्न कापी खोलेर छुट्याइएका पाना दिइन्थ्यो । मसी पनि उही चक्कीबाट बनाइएको पाइने घरबाट लान नपर्ने । रिजल्ट आउँदा विषय लाग्नेलाई तरक्की पास भनिन्थ्यो । तरक्की पास पनि नभएको होइन म ।
रहरले पढ्न कहिल्यै गइएन स्कुल । काम परेका दिन काममै अल्मलियो, काम नपर्दा पनि नजाउँ भन्यो बाआमाको गाली बर्सने डर ! त्यसबेला एकदुई खानदानीको नाम लिएर “त्यसकै हली बन्लास...!”भन्दै । उनीहरूकै हली गोठाला पनि मौकामा मेला भर्न गएका, उतै रमाएर रात बिताएका रमाइला कुरा सुन्दा त्यस्तै भैदिउँ कि पनि लाग्ने तर हुन्छु नि त भन्ने आँट कहिल्यै आएन, सँधै त्रासमात्र..! जीवनका  अघिल्ला झण्ड पौने दर्जन वसन्तहरू यसरी नै भुलभुलैयाको घामछाञामा गुज्रेछन् । सौभाग्य नै मानौ हाम्रै कुलबंशमा अरुहरू पनि पढ्नमा लागेकाले पढाइ अघि बढाउन मलाई पनि रहर र करको संयोग मिल्यो र गाउँ छाडेर पढाइकै शीलशीलामा सहर पसें तर उमेरमा भने बाआमाको काख छाड्ने आँटीभन्दा पनि नाथे नै थिएँ ।                                       २०७७÷०४÷०७, विराटनगर

Saturday, July 18, 2020

बाेध अनुच्छेद

मागअनुसारको उत्पादन बृद्धि गर्न खाने पानीका थप आयोजनाहरु आवश्यक पर्दछन् । काठमाण्डौ राजधानी भएको कारणले यसमाथि परिरहेको जनघनत्वको अत्यधिक चापले खाने पानीको स्थितिमा एकातिर दवाव परिरहेको हुन्छ भने अर्कातिर गलैंचा उद्योग जस्ता उद्योगका कारणले खानेपानी आपूर्तिलाई चुनौति दिइरहेको छ । जलाशयको थप निर्माण र पानीका थप स्रोतको परिचालनको गति जुन सीमा अगाडि बढ्रनु पर्ने हो ,बित्तिय एवं अन्य कारणले अगाडि बढिरहेको छैन । मेलम्ची टाढाकै सपना बनिरहेको छ भने रोसी र बल्खुजस्ता सम्भावनाहरु अहिले विचारणीय भइरहेका छन् । खाने पानी संस्थानले दिएको जानकारीअनुसार प्रतिहजार लिटर पानी उत्पादनका लागि साडे चार रुपिँया लागत पर्छ र अहिले ग्रहकबाट यसले प्रतिहजार लिटर पानीका निमित्त औशत महशुल रु २ रुपैंयाँ १६ पैसा उठाउने गरेको छ । विश्व बैङ्कलाई ऋणको बार्षिक किस्तामात्र २ करोड ४० लाख बुझाउनु पर्ने यो संस्थान बर्षको ८ करोड ५७ लाख आम्दामी गर्ने स्थितिमा पुगेको छ भने यसको खर्च १५ करोड ६८ लाख पुगेको देखिन्छ । थप आयोजना मर्मत संम्भार र सुधार कार्य अगाडि बढाउनु पर्ने संस्थानको आर्थिक चित्र यस्तो भएको अवस्थामा संस्थानको सम्भाब्यता हेरी ऋण, अनुदान दिने अन्तराष्ट्रिय वित्तीय संस्थानले  के विचार गर्लान् ..त्यो विचारणीय छ । संयुक्तराज्य अमेरीकामा होस् वा अन्य मुलुकमा, सबैतिर खाने पानी सस्तो हुँदा बढी खेर जाने कुरामा ब्यापक चिन्ता प्रकट गरिएको छ । चिन्ताको कारण खाने पानीको स्रोत प्रदुषण  सुक्खालगायत खेतिका लागि प्रयोग हुने पानीको बढी परिमाण आदि हुन् ।यस्ता कारणले खासगरि विकासोनमसख मुलुक पानीको समस्याबाट नराम्ररी प्रभावित हुने समभावना हुनछ । स्वयं एसियामा अब खाने पानीको जगेर्ना गर्न खेतिका लागि प्रयोग गरिने पानीको मात्रा कम गरिनु पर्ने वा पानी कम लाग्ने कुरा उत्पादन गर्न ध्यान  दिनुपर्ने कुरामा गम्भीर रुपले विचार विमर्श भइरहेको छ ।
प्रश्नहरु
क) राजधानीमा खाने पानीको आपूर्तिमा कमी आउनका कारणहरु के के हुन् ?
ख) खाने पानीको थप स्रोत परिचालनका निमित्त हाल के–कस्तो सोचाइ रहेको पाइन्छ ?
ग) खाने पानीको थप आपूर्तिका निमित्त संस्थान के कति सक्षम देखिन्छ ?
घ) विकासोन्मुख मुलुकहरु पानीको समस्याले नराम्ररी ग्रसित हुनका कारणहरु के के हुन् ?
ङ) गाढा अक्षरमा भएका पद तथा पदावलीको तात्पर्य के हो ?


बाेध अनुच्छेद


प्रजातन्त्रमा खतराजनक ढंगले निरास भएका व्यक्तिहरुकको संख्या सानो रहेसम्म राजनिितक पद्धकिा सम्बन्धमा कमै चिन्ता रहन्छ तर गम्भीर असन्तुष्टि नै प्रचलित प्रवल धारणा हुन पुगेमा चाहिँ तानाशाही फाँसीवादले खुट्टा टेक्ने ठाउँ पाउँछ । आधुनिक इतिहासले के सावित गरेको छ भने शुरुमा फाँसीवानको स्वरुप कहिल्यै पनि सुष्पष्ट हुँदैन । ऐतिहासिक रुपमा यो प्राय आफ्नो आगमनको कुनै घोषणा नै नगरी उदाएको छ र यसले प्रारम्भमा प्रजातान्त्रिक समाज भित्रको बिल्कुलै सही कानून समातेको पनि छ । त्यसै कारण के कुरा अपरिहार्य रुपमा आवश्यक छ भने यसका लक्षणहरुमाथि तिनीहरुमध्येको कुनै लक्षणले पूर्ण रुपको फासीवादका रुपमा विकसित हुने संयोग वा मौका पाउनुभन्दा अघिदेखि नै व्यापक निगरानी राख्नु पर्दछछ । प्रारम्भमा नाजीवाद अदाधारभूत रुपमा प्रजातान्त्रिक नै रहेको वाइमर गणतन्त्र अन्तर्गतको एउटा सानो दक्षिणपन्थी प्रतिक्रियावादी दल थियो । कसरी यो समूह प्रजातान्त्रिक चुनावहरुकै उपयोग विडम्बना पूर्वक गर्दै अनेक साना दलहरुमध्ये कै एक दलभन्दा ज्यादा नरहेको पूर्वअवस्थाबाट एक अगुवा दलका रुपमा र त्यसपछि पूर्णतः स्थायी तानाशाहीका रुपमा बढ्दै आयो । यसमा निश्चय नै हीटलरको दुष्प्रतिभाले आम जनतामा चतुर अपचालकका रुपमा भूमिका खेल्यो तर विशेष सघन विश्लेषणले चाहिँ के देखाउँछ भने यही नै कथाको संपूर्णता भने होइन । म साहसपूर्वक के भन्छु भने प्रारम्भिक दिनहरुमा जनताका सबै बर्गले नाजी विचारधारालाई तिनीहरुले निम्त्याइरहेको भयावह परिस्थितिको रत्तिभर पूर्वाभ्यास बिना समर्थन गरे । विशेषगरी सन १९२९ को विश्वव्यापी खलबली पछि प्रथम विश्व युद्धमा जर्मनीको पराजयबाट हतोत्साही र आर्थिक अवस्थाबाट सन्त्रस्त साना व्यापारी ,गैरश्रमिक कर्मचारी ,किसान र अत्यधिक बहुसंख्यक विद्यार्र्र्र्थीहरुले नाजी दलको अगुवा पनको अनुसरण गरे किनभने तिनीहरुले यसलाई आफ्नो आवश्यकताहरुको परिपूर्ति गर्न सक्ने एक राजनीतिकका रुपमा तथा साधनका रुपमा माने ।
प्रश्नहरु
    क)के भएमा तानाशाहीले खट्टा टेक्छ ?
    ख)फासीवादको स्वरुप स्पष्ट नहरने कारण के हो ?
    ग)नाजीवाद फाइदाकारी वा बेफाइदाकारी के थियो ? किन?
    घ)नाजीवाद र फासीवाद कसरी विकास भएका हुन् ?
    ङ)पूर्वावस्था र गैरसैनिक शव्दको निर्माण कसरी भएको छ ? लेख्नुहोस् ।

बाेध अनुच्छेद


सामान्य अर्थमा मानिसले आफ्नो वुद्धि,विवेक र ज्ञान प्रयोग गरेर सिर्जना गरेको रचनात्मक सम्पत्तिलाइ बौद्दिक सम्पत्ति भनिन्छ । बौद्दिक सम्पत्ति मानिसको बौद्दिक सिर्जनात्मक कार्य भएको र बुद्दि,विवेक र ज्ञान प्रयोग गरेर सिर्जना गरेको सम्पत्ति भएकाले यसलाई कुनै भौतिक चलअचल सम्पत्ति नभनी बौद्दिक सम्पत्ति नामाकरण गरिएको हो । यसभित्र मानिसका नयाँनयाँ आष्किार ,रचना ,कल्पना, कलात्मक कार्यहरु लगायत मानिसले सिर्जना गरेका नयाँ तथा बिशिष्ट कामहरु पर्दछन् । १९९३ सालमा पेटेण्ट, डिजाइन र टे«डमार्कसम्बन्धी कानूनी ीबस्थालाई ऐन ल्याएर समेटेको पाएन्छ भने साहित्यिक कलात्मक सम्पत्तिहरुलाई कानूनी संरक्षण गर्ने व्यबस्थाको शुरुआत मुलुकी ऐन तथा प्रतिलिसििप अधिकार ऐन ,२०२२ लागु भएपछि भएको पाएन्छ । वौद्धिक सम्पत्तिको दिगो स्पष्ट संरक्षण गर्ने सिलसिलामा र अन्तराष्ट्रिय   सन् सम्धीसम्झौताअनुसार ऐन नियमहरु प्रिवर्तन गर्ने क्रममा प्रतिलिपि अधिकारका सम्बन्धमा २०५९ मा नयाँ ऐन नै ल्याइयो भने पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐनमा पनि समयानुसार संसोधन भइरहेकोपाइन्छ । अन्राष्ट्रिय स्तरमा धेरै भन्दा धेरैनयाँ नयाँ प्रविधिहरुको आविष्कार भइरहेको र ती प्रविधिहरु ऋाफ्ना् देशमा पनि भित्राएर आर्थिक उन्नति गर्न चाहने राष्ट्रहरुले र्वाद्धिक सम्पत्ति अधिकारलाई धेरै महत्वकासाथ हेर्दछन् र कसैबाट त्यसको उल्लंघन भएमा कडाभन्दा कडा सजायका साथै आवश्यक क्षतिपूर्तिहरु पनि तुरुन्तै दिलाउने कानूनी व्यबस्था गरेका छन् । यसबमट नयाँ नयाँ विदेशी लगानी सम्बन्धी आयोजनाहरु भित्रिने भएकाले बाह्य पूँजी आफ्नो देशमा भित्राउन पनि वौद्धिक सम्पत्ति अधिकार सम्बन्धी कानूनी व्यबस्थाहरुले टेवा दिइरहेको पाइन्छ ।  वौद्धिक सम्पत्ति अधिकारलाई देश विकासकै एउटा  अभिन्न अंग मानेर समयानुकुल कानूनी संरक्षण प्रदान गरेमा स्वदेशी उद्योग लगायत अनुसन्धानकर्ता वैज्ञानिकहरुले नयाँ नयाँ आविष्कार गरेर देश विकासमा ठूलो सहयोग पुर्याउन सक्छन् भने विदेशीहरुले धेरै भन्दा भेरै लगानी गरेर पर्याप्त रोजगारको व्यबस्थ ागर्न सक्छन् । तसर्थ आधुनिक समाजमा वौद्धिक सम्पत्तिलाई आर्थिक विकासको मेरुदण्ड मान्न थालिएको छ ।
प्रश्नहरु
क.वौद्धिक सम्पत्ति भनेको के हो ?
ख.  वौद्धिक सम्पत्तिअन्तर्गत कस्ता सम्पत्तिहरु प्र्दछन् ?
ग.प्रतिलिपि अधिकार ऐन २०५९ कुन सन्दर्भमा आएको हो ?
घ.वौद्धिक सम्पत्तिलाई किन आर्थिक विकासको मेरुदण्ड मानिन्छ ?
ङ.तलका शव्दहरुको आधारपद छुट्याउनुहोस् ।
   वौद्धिक,कानूनी

कविता


नञा बर्ष २०७७ ‘कविता’
   
अदृष्य व्याधी हुन्हुनाउँदा
कोरोना सहेर यो आकाशमा
अहिले अशान्त बहन्छ हावा,
मेघभन्दा पनि भयानक हुँदै
छिनछिनमा गर्जन्छ अबिराम मृत्यु,
सुनामी सन्त्रासभन्दा भयानक
हरघडी सीमातीत प्रलयझैं
छाल हानिरहन्छ नभाजी भूगोलका धर्काहरू
र लाग्छ यतिबेला
यो वसन्तको उद्दात्त छातीमा फक्रने
यी पूmलका डालीभन्दा परै बसेर
एक तमास घोत्लिरहूँ कि म जीवनको जीजीविषा,
 
अनिच्छाले बोलेझै लाग्छन् कोइली धून
जहाँ निश्तेज भएर विज्ञान रोइरहेछ
छिनछिनमा हारेको आयु,

शिर निहु¥याएर भजिरहूँजस्तो लाग्छ
मलाई यहाँ ज्ञानको आलाप
चञ्चलताभन्दा प..ऽ..रै बसेर
एक छिन गाउन मन लाग्छ मलाई
पहाडी झरनाका सङ्गीतमा न्याउलीको विरह,

वासना बोकी हिंडेकोे साँझको पवनसँगै
गुन्गुनाऊँ लाग्छ भमराको सरगम,

यो क्षण
वसन्तका उमङ्गसँगै रङ्गिन भै बढिरहून् अदम्य साहस्
डाँफेका रङ्गसँग इन्द्रेणी समेटेर
झाङ्गिऊन सुन्दर सपना
बरु इतिहासलाई बदनाम गरेरै सही
बहादुरीको गाथा
लुकेर जित्ने युद्ध विजेता बनूँ
एक अञ्जुली गुराँस पूmलका थुङ्गाले सजाएर
भजिरहेछु प्रीय वान्धव म
नव बर्ष २०७७ को यही
मंगलमय शुभकामना ! ! !

मुक्तक

उनी त त्यसै भन्ने गर्थिन्, सँधै सँधै मेरो दिलमा अथाह पानी हुन्छ,
कठोर बोल्नै सक्दिनन् रे उनी, मनमा सँधै महको खानी हुन्छ,
भन्छिन् एकै चुम्बन दियौ भने होसले ती अधररले यी अधरलाई भने
वस् ! यही दिलमा पस्ने तिमीलाई त्यो राहदानी हुन्छ ।

मुक्तक

परिधान मखमली होस् वा रेसमी तर यहाँ खाँडी बिटुलो नहोस्,
दोपहरे सिंयाँलमा गुञ्जिऊन् असारे भाका तर यहाँ वाँणी बिटुलो नहोस्,
उम्दा हुन् वा बृद्धा रोपाहारसँगीहरू पनि नहून असुरक्षित कोही कसैबाट,
धान दिवश अभिशाप बनेर अपगाल कसैको यहाँ पाँणी बिटुलो नहोस् !

मुक्तक

डिङ्गोझैं बनाएर दुनियाँँलाई, भाट बनेर भट्याउनेहरूको आफ्नो–आफ्नै दाउ हुन्छ,
निष्ठामा बाँच्नेहरूलाई अर्काको स्तुति गाउनु झन सारै चह¥याउने घाउ हुन्छ,
यो बेला खै कसले जोगाउने यहाँ वीरताको गाथा र साहदातको कहानी  ?
पन हराए पनि अहंकारको बमन गर्नेकै यहाँ विशिष्ट कोटीको सलामी र भाउ हुन्छ ।

मुक्तक

कलि युगका रामजति हराम भैसके,
भट्टी पसल तीर्थाटनका नाम भैसके,
राधे पनि नङ्गा बाबा खोज्दै भौंतारिन्छन्
साधुकुटी डेटिङ जाने ठाम भैसके ।

मुक्तक

तिमीलाई मात लाग्दा मलाई उन्मादचढेपछि।
गहतिर लहसिँदै हात अघि बढेपछि।।
के के हुन्छ त्यतिबेला स्वप्न भङ्ग भयोे भने,
संघारमा सुनसानको रात ढप्प लढेपछि ।।

मुक्तक

अङ्गालोमा फेरि अर्को हुन्छ त्यतिबेला।
आफन्तकै बोली झर्को हुन्छ त्यतिबेला।।
रहरहरु लुटाएर ब्याकुल बनी ज्युनुपर्दा,
जहर पनि दुई नम्बरको हुन्छ त्यतिबेला।।

मुक्तक

होली खेल्ने मन त थियो पानीको समस्या छ
सुरु भएपछि नरोकिने बानीको समस्या छ
पिच्कारीको प्रहारले अङ्ग अङ्ग रुझेपछि
उनी भन्दै थिइन मलाइ त जवानीको समस्या छ

गजल



निन्द्राबाटै खोसेर सपना यो नियास्रो जिन्दगानी बनेर
तिमी प्रेमको समाधी भइ आयौ बिर्सिएको कहानी बनेर,

यो दिल दर्पण बनाइराख्दा सँधै तिम्रो  सानिध्यमा
अल्झिएकी थियौ आँखामा लोभ लाग्दो जवानी बनेर

म प्रेमकै खडेरी तिर्खाउँथे हरपल बन्जर मरुभूमिझैं
तिमी आइनौ कहिल्यै मरुद्यान शीतको तप्कानी बनेर

न थियो संबन्धमा छेकबार न कुनै शरीर सीमामा बध
आँखाआँखामै रोशनी चल्मलाउँथे हाम्रा राहदानी बनेर

म बाग भएर निख्रिउञ्जेल हरपल बर्षाइरहन्थें सुभाष
जलाइ सिद्याइदियौ र उजाडियो पराग खरानी बनेर ।

Friday, July 17, 2020

कथा




                                    संयोग÷वियोग

 
पहिलो पाइलो परेको दिन भएको हुनाले बिछ्याएको गुन्द्री समेत अपरिचित थियो मेरा लागि ।  विहानीको समय हट्दै गइरहेकाले आँगनभरि सूर्यको किरण छरिएको वेला आइसकेको थियो ।ठिङ्ग उभिए जस्तो मात्र देखिने घर सूनसान थियो । भित्र शशीवाहेक अरु कोही पनि थिएन र ऊ आपैंm पनि घरभित्र हराए जस्ती थिई । न त कुनै आवाज थियो न त कुनै पदचाप नै । बाणी शून्य भए पनि सम्भवतः आफ्नै सूरमा आपूmलाई सुम्पिएको काम चुलोचौकोको सजावट र मिष्टाङ्गको तयारी गर्दीहोली तापनि गोधुलीको गगनको सन्नाटा जत्तिकै सुनसान छाएको थियो दिउँसोको संघार भएको वेला पनि त्यस घरमा । तयस घरको पीडीमा पहिलो पाइलो परेको दिन भएको हुनाले बिछ्याएको गुन्द्रीसमेत नौलो वा अपरिचित थियो मेरा लागि ।

    “शशी” उनको नाम मैले कतै सुनेको मात्रै थिएँ । तर मेरो र उनको त्यस दिन पनि त्यसवेलासम्म कुनै सम्वादसम्म भएको थिएन । सूर्य झन झन आकाशिंदै थिए । तयही समयले सन्दर्भलाई निम्त्याएरै होला विहानको खाना खाने वेला हुनलागेको हलुका आभाषसम्म पाउन थालेको थिएँ । मानव आकृतिको त्यही अस्थिपञ्जर हो जसको मैले साक्षात्कार नहुँदै परिचय पट्याएर राखेको थिएँ उही शशीले अपरिचित आँम्खोरामा पानी ल्याएर राख्दै भनी ....“भान्सा गर्न ....! ” लजालु स्वभाव उसको थियो र हो वा कुन्नी पूर्ण वाक्य वोल्न खोजेको भए पनि अघिल्ला र पछिल्ला शब्दहरु अमूर्त झैं अर्थहीन रहेता पनि वोलाइमा लाडेपन झल्कन्थ्यो ।मेरो मन विषाक्त थियो वा कुन्नी केले हो शशीको अनुहारभरि लाली छरे झैं रगत छछल्किएको प्रष्टे देखिन्थ्यो । उसको वोलीको आग्रह भावमा मेरो मौन स्वीकृति मात्रै रह्यो ।

    उमेरले २५ वसन्त बढी खेपेको म ,कल्कलाउँदो शरीरमा यौवन फक्राउन हतारिएजस्ती शशी ,उसमाथि पनि शशी जत्तिकै हुर्किएको त मेरो प्रणय बन्धन नै थियो । त्यसैले ऊ र म बीच अपरिचित बन्धन सिवाय भए त्यसैलाई तोड्नुमात्र थियो र परिचित बन्नु थियो ।आपसी अन्तरसम्बन्भमा अर्को कल्पनासम्म पनि हुन नसक्नु पर्ने हो ।

    त्यो सूनसान घरमा त्यसवेलासम्म शशी र मभन्दा अर्को कुनै कोही थिएन मात्रै निर्जिब साधन जो मुकदर्शक बनेर हाम्रो लीला नियालिरहेका थिए । काठको कुँदुवा पीरामा म बसेको थिएँ । शशी विना वाणी आफ्नो सोमतलमई सम्हाल्दै मलाई दाल ,भात, तरकारी,अचार लगायत सकेसम्मको शिष्टाचार र सम्मान टक्राउँदै थिई । एकआपसमा विना सम्बन्धको अर्थहीन जिन्दगी लिएका शशी र ममा दाेहोरो सम्वाद अहिलेसम्म नै भएको थिएन । ऊ मेरो अनुहार नियाल्दीरहिछ ,आँखा जुझ्न पुगे ।त्यसवेला उसको अनुहार प्रदीप्त प्रकाश पुञ्ज झै थियो । हठात उसको अनुहार लत्रियो र अन्तष्करणका परिकल्पनाहरु छताछुल्ल भएझैं देखियो । जम्मै शरीर छातीभित्र लुकाए झैं फुलेको उसको छातीमा मुटुका धड्कनले कोकोहोलो मचाएको जस्तो लाग्थ्यो । उत्तिखेरै प्रश्नबाट मैले वोल्न शुरु गरें “कति बर्षकी भयौ शशी ?” ऊ सावधानीसाथ टुक्रुक्क बसी ,नजानिदो गरी चम्कामाथिको खरानी हातले बढार्दै भनी “स..त्र ”,त्तिवेला गोडाको बुढी औंलाले कुनै अमूर्त चित्र कोरे झैं कुर्कुच्चा नउठाइकन घुमाउँथी ।बढ्दो यौवनका अतृप्त आभासहरु उसको अनुहारभरि पढेको थिएँ मैले त्यसवेला ।

    मेरो ध्याउन्न कसैलाई नियाल्नु र टिप्पणी गर्नु त थिएन । संयोगवस त्यतिका घटनालाई अनुभूतिका सहज पानामा राख्न पुगेको रहेछु । केहीक्षण पछि नै म त्यस ठाउँबाट हिंडें तर बसिबिसाउनी जस्तो मात्रै भएको त्यस घरमा कसैसङ्ग पनि विदा मागेर हिड्ने मौका मैले पाइँन । शशी फेरि मेरो साम्नेमा पनि आइन । त्यसै दिनदेखि मेरो मानसपटलमा फेरि आफ्ना वैंशालु दिनहरुको सम्झना आउन थाल्यो । जतिवेला म पनि १६ बर्ष पार गरेर १७ बर्षमा चढेको थिएँ त्यसवेला म पनि दाम्पत्य जीवनको गोरेटो पहिल्याउन धुरन्धर भएर लागेको थिएँ । कुरैकुराका भरमा नै मैले मेरीलाई स्वीकारेको पनि थिएँ ।त्यही नै सबभन्दा ठूलो अभिश्राप बनेर भौंतारिंदै थिएँ । “ राम्रो कुल घरानकी छोरी ,रुपालु ,सीपालु ,कुन लक्षण पो छैन र ?टिपनमा पनि उस्तै जुरेको छ ,दैवले नै जोडी जुटाए जस्तै .....” आदि आदि कुराहरु ,बुवा र पण्डितबिच भएको सुनेर म उनीसङ्ग विवाह गर्न उत्साहित नै थिएँ र भएको पनि थियो । जीवनकै अर्धाङ्गिनी हुने रे तर अनुहार सम्म देख्न पाएको थिइँन । स्वयम्बरमा नै पहिलो भेट हुने निश्चितता लिएर असर्फिसाथ दुलाहाको आसनमा बसेको थिएँ । तोरण र धजापताकाले सजिसजाउ भएको घर दलान ,विधिको विधानअनुसार नै दियो ,कलश , नाङ्ला ,टपरा आदि बोकेर कन्याकुमारीहरुले दुलही लिएर आए । असामान्य आकृति थियो उसको । शरीरुका अङ्गका नाममा बुट्टा कुँदिएका हत्केला सिवाय केही देखिंदैनथ्यो । अनुहार घम्लङ्ग छोपेको ,छामछुमको तालको हिंडाइ ,सायद त्यही नै थियो होला सौन्दर्यको प्रतिमूर्ति । स्वयम्बर सकियो । नियम अनुसार नै अरु पनि जे हुनु थियो त्यही भयो । तीन हत्केलाका सबभन्दा तल आफ्नो हत्केलाबाट लावा पोखेर उनको काजकृया आफ्नो थाप्लोमा थापें । अनुहार छोपेको टाउको माथि सिन्दुर हालेर मेरीको प्रण गरें ।तर घरगाउँले ठिटीको ओकल्याइँले हवास नै उडाएर जग्गेमा पनि दुलहीको रुप मेरो नजरको आस पारी नै रह्यो । ं

        वैश फुलाएको प्रकृतिको सौन्दर्य शरदमा देख्न नपाएपछि शिशिरका सिक्रामा कल्पना गरेर रमाउन मेरो मनले पटक्कै मानेन । मेरीको अनुहारको मूर्त सौन्दर्य मेरो मनले कहिल्यै भेटाउन सकेन ।अलिअलिबाट शुरु भएको उनीप्रतिको मेरो घृणा क्रमशः बढ्न थाल्यो ।उनको सुन्दरताले मेरो मन खिच्न सकेन न  त हत्केलाको सीपले नै सन्तोष दियो । मेरो स्नेह उनले पाउन सकिनन् न त उनको अङ्गालो नै मैले स्वीकारें । बरु म त उनीबाट टाढाटाढा हुँदै गएँ ।यथावत दाम्पत्य जीवनबाट वैरागिएको थिएँ र भौंतारिंदै थिएँ ।बैंशले डाँडा काटिसके पनि सयरमा वैंशालु जीवन नियाल्थ्यो अचेतन मनले । त्यसैको परिणति  नै थियो शशीसङ्गको मेरो पहिलो भेट ।

        यता शशी र म आम्नेसाम्ने नभएको पनि धेरै दिन बितिसकेको थियो ।ऋतुराजको आगमनले घर आँगन आफैं सजिएका थिए । गगनको मेघमाला हराइसकेको थियो ।स्वभाविक माधुरी कल्पनाहरु मनव मनभरि भरपूर हुने वेला नै थियो ।सिमलबोटे चहुरभरि अर्थङ्गे फक्रिएको थियो ।मनभरि गिर्जाघर अटाउने रहर कोरलेर हातमा पूःलकोपिला सहितको हाँगा बोकेर चहुरैचहुर सीमलको फेदमा पुगिछ शशी । कहिले फूल सुम्सुम्याउँदै कहिले फरियाले सोहोरेको अर्थङ्गे टिप्दै थिई । फरियाको पारीसम्म सुम्सुम्याउँदै कल्पनाको अनन्त सागरमा हाम्फाले जस्तै टोलाउँदै ,अनुहारभरि गर्भ र ग्लानीका धर्काहरु दगुराउँदै ऊ जीवनको कुन दिनलाई नियाल्न खोज्थी त्यो शशी नै जानोस् । अन्तरङ्गमा उसङ्ग एउटा सम्वाद थियो होला मेरो “कति बर्षकी भयौ शशी ?” र उसको जवाफ “सत्र”। जीवनका अनेकौ आयाम र मोडहरु सम्झन्थी होली ।पातलो निन्द्रा र झस्काइजस्तै क्षण क्षणमा ऊ झस्कन्थी ,नजर घुमाउँथी । बिचरा नारीको त्यो दुर्बल हृदय , उसमा आजसम्म न त कुनै उत्सर्गको कथा थियो न त परिपाकमय कुनै ब्याथा नै थियो । शङ्काका स्वरहरु उसको कानमा परे झै लाग्थ्यो ‘शशी ’ र ऊ आवाजको गोरेटो नियाल्न खोज्थी । मष्तिष्क वेगवान बनेर संसारलाई नै खुम्च्याउँथी ।मुटु भरीको धड्कनलाई छातीले छोप्ने गर्थी ।शशीका यी सब लीलाको मुकदर्शक थियो सीमलको रुख र सिम्लेको चहुर । म नियाल्थें नेपथ्यबाट र मच्चाउँथें महाप्रलयको क्रीडा ।

       जुन दिन मेरो शशीसङ्ग पहिलोचोटि आँखा जुझेका थिए त्यस दिन ऊ प्रदप्ति पूञ्ज झैं उज्यालो शिर र झमकलाग्दो शरीरकी थिई ।अब उसको त्यो शिर र शरीरलाई साक्षात्कार राखेर  आफ्ना नजरका नङ्ग्राले नङ्ग्राउन,चिथर्न थाले र कुरुप बनाउने प्रयत्न गर्न थालें तर मनको मलम आफैं ‘शशी’ दलिन्थ्यो र नङग्रका डोबको निशानसम्म राख्दैनथ्यो । बरु मेरो हृदयभरिको करुणा त्यही शशीमा गएर पोखिन्थ्यो । घरमा मेरी थिई त्यसैले म शशीलाई चाहन्नथें हुँला तथापि हृदयले चाहिं एकैछिन उसलाई नछाडौं झैं गरिरहन्थ्यो । शशी आफ्नै कोमल क्रिडामा अल्मलिएकी थिई तर उसको त्यस सङ्गको कुन कार्य वासनामय रह्यो कुन्नी मैले आपूmलाई नेपथ्यमा मात्रै सम्हालिराख्न सकिनछु । आपैंmलाई थाहा नभई म शशीको साम्नेमा प्रकट भएँछु ।

“शशी”मेरो मुखबाट अनायासै शब्द निस्कियो ।शशीले पुलुक्क मतिर हेरी ,निशब्द केहीवेर टोलाई ,अनुहारभरि लाली चढे झैं देखियो ।हठात ऊ अत्तालिए झैं अपैर्ण तर अभावपूर्ण स्वरमा वोली  “..अँ...ऽ...ऽ.. ” त्यतिवेला मैले उसको अनुहारभरिका पानाहरु पल्टाउँदै पढेको थिएँ ।भय र शंकाको छनकसम्म उसमा थिएन ।बरु उसमा त त्यसवेला अर्धलज्जित चेहरामा अर्ध विक्षिप्त भावको आनन्दको अनुभूत भइरहेको थियो । मैले फेरि सोधेको थिएँ “  यो एकान्तमा आएर किन टोलाएकी शशी ?” मेरो प्रश्नको उत्तर नदिएरै भएपनि उसले मलाई घृणा गरिदिएकी भए हुन्थ्यो तर शशीले त्यसो गरिन । “छि..ऽ..ऽ..हजूर पनि ...के सोधिरहनुभएको ?.कतिदिनदेखि हजूरलाई नदेखेर सम्झनाले मात्र सताइरहेको छ .!”लाडे स्वरमा नै शशीले भनी । अझ उ त चाहँदिरहिछ म उसलाई बलजफ्ती उपयोग गरौं र उसको अङ्गालोलाई स्वीकार गर्दैै आफ्नी बनाऊँ । मानौ ऊ नौनी झैं पग्लिएर बग्न चाहन्थी जसलाई म होसियार साथ संहालौं। अन्तर मनका ब्यथा र कुण्ठालाई शशी मसङ्ग पोख्न चाहन्थी । मेरो पूर्ण अवस्थाको जानकारी हुँदाहुँदै पनि ऊ अनफू मलाई सुम्पन चाहन्थी ।मैले शशीलाई सम्हाल्न खोजेँ तर म आपैंः भने सम्हालिन सकिनछु । सिरीरी हलुका बतास चलेको थियो ।चहुरका घाँसहरु लहलहाउन थालेका थिए । हामी पनि बतासको बहाव सङ्गसङ्गै बग्न थाल्यौ । मनको चञ्चल र आनन्दको स्फूरण वायुबाट बर्षिए झैं बर्सियो । छातीको ढुकढुकी बढेर पेटलाई सोहोरेर लुकाइरहेको थियो । वस् ,त्यहींबाट शशी र मैले नयाँ संसारमा पदार्पण गरेछौं । कुमारी संसारको ऐभात भावनाले उत्सर्ग गरेपछि फर्केर आउन सकेन । समाजले कति दिन सहन सक्थ्यो त्यो शशी नै जानोस् ।

        शशीप्रतिको मेरो स्नेह झन कसिलो भयो तर अपराध वोधले पिरोलेर पश्चातापमा मैले भने “खोकिलामा निर्बल हृदय बोकेकी अवला नारीको कञ्चन चरित्रमा कलङ्क थपिदिएँ । आफ्नो बैंश फूलेर पनि बैंशालु आवेगले तिम्राप्रति ठूलो अनादर गरें नी शशी !” उसले भनी “अँ..ऽ..हजूर पनि ..,मैले मेरो एक्लो संसारको ओझेलबाट आफूलाई अलग गरिसकेकी छु । अबको हाम्रो संसार र हाम्रो जीवन पाउने म कति शौभाग्यवती , बरु तपाइँका जीवनका भावी उज्यालाहरु क्तै मबाट जेलिए भने ......म त्यसको प्रायश्चित कसरी गर्न सकुँला ...?”

        मजस्तो बैराग्य जीवनमा सयर गरिरहेको खपटे बूढो प्रतिको शशीले देखाएको स्नेह र दाम्पत्य जीवनको परिकल्पना यसरी पोखिइँदा आश्चार्य र द्विविधाको घेरामा अल्झिन पुगें ।कै शशीले मलाई आफ्नो जीवन सुम्पेकी हो त ?उसका लागि म लायक छु त ?आफ्नो हृदयमा नै शशीले मलाई बास दिएकी हो त ? मेरो घरमा मेरी छन् भन्ने जानाजान पनि शशीबाट यसो हुन सकेको हो त ? मनमा अनेकौ तरङ्गहरु तरङ्गिन थाले ।आशा र शङ्काका कति आरोह अबरोहहरु म्नमा खचाखच भए ।मानव हृदय कति कमजोर हुँदोरहेछ ? शशीले मलाई र मैले शशीलाई कति चाँडै स्वीकार्न सक्यौं। क्ति पाषाण पनि हृँदोरहेछ मानव हृदय नै , साइतको सिन्दुरलाई साक्षी राखेर पतिव्रत खेपिरहेकी पत्नीले नै हृदयको एक कुनामा पनि वास पाउन सक्दिरहिनछ । मेरी त अब असहाय बनिसकिछ ।

    “शशी ! हाम्रो निम्ति अब संसारमा नपुग्दो के होला नी ! ” सायद प्रश्नको सही उत्तर शशीसङ्ग थिएन  नै होला ?किनकी म त गुराँसको बोटमा फलेदोको कलमी जोडे जसरी मेरीको प्रणय बन्धनमा मेरीलाई बाँध्दै थिएँ ।अलाप ,विलाप ,करुणा ,क्षोभ ,हर्ष विश्मय आदि जति थिए सबै लुकाएर छुट्टिने वेलामा शशीले भनेकी थिई “कृतज्ञ हजूर आफैं हुनुहुन्छ ,संसार हेरीहेरी मर्न पाऊँ । ”

      त्यस दिनदेखि हाम्रो भेटघाट नै बन्द भयो ।कति रात र कति प्रभातहरु म्ेरा आँखाले शशीको रुपलाई कोरलेर विताए ।सपना र निन्द्रा रातभन्दा पनि लामो भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो तर हुन सकेन । मेरी कहाँ छ ? त्यो पनि थाहा पाउन छाडें ।प..ऽ..छि ..सुने शशी त आफ्नै घर परिवारकी पनि कलङ्किनी ठहरिई रे ! एकदिन विहानै त्यही सिमलको फेदमा प्रशवको पीडाले छट्पटाइरहेकी थिई रे । संयोग र सुख पोखेको ठाउँमा वियोग र वेदनाका आँसु टप्काएर पागल्नी जस्तै बनेर हिंडेकी थिई रे ! मेरी त मैले त्यसवेलादुखि नै खोज्न छाडेको थिएँ जुनवेला मैले पहिलो पल्ट शशीलाई देखेको थिएँ । तर अहिले शशी कहाँ छ ? त्यो पनि मलाई थाहा छैन। म कहाँ छु सायद त्यो शशीलाई पनि थाहा छैन होला ? संयोगको सुख कोरल्ने अधरहरु वियोगको वेदना पोखिरहेछन् । संयोगको संसार नियाल्ने आँखाबाट वियोगका बलिन्द्र धारा बगिरहेछन् । संयोग संसार बाहिर भएपछि वियोगको मझेरी कुरेर बसिरहेछु ।

    

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...